Biodata of Khilaraj Regmi-को हुन् नेपालका ३६ औ प्रधानमन्त्रि खिलराज रेग्मी ?
विसं २००६ साल जेठ १८ गते पिता ढुन्डीराज र माता चित्रकुमारीको कोखबाट पाल्पा जिल्लाको पोखराथोक- ६ मा जन्मनुभएका ६३ वर्षीय रेग्मी नेपाल का 36 औ प्रधानमन्त्री र प्रधान न्यायाधिस रहेर प्रधानमन्त्री बन्ने, वहा मुलुकको आधुनिक इतिहासमा कार्यकारी पदमा पुग्ने पहिलो गैर राजनीतिक ऐतिहसिक भाग्यमानी न्यायमूर्ति हुनुभएको छ । न्याय क्षेत्रमा 4 दसक लामो अनुभव रहेका रेग्मीको पद ‘प्रधानमन्त्री’ नभई अन्तरिम चुनावी मन्त्रि परिसदको अध्यक्ष रहने छ ।
रेग्मीले भारतको उत्तरप्रदेशबाट सन् १९६६ आइए
त्रिभुवन विश्वविद्यालयबाट सन् १९६८ मा बीए,
१९७० मा बीएल
१९७२ मा मानविकी संकायमा एमएसम्मको अध्ययन पूरा गर्नुभएको छ ।
पत्नी शान्ता र तीन सन्तानका अभिभावक रेग्मीको घर प्रवचनमार्ग, काठमाडौंमा रहेको छ । प्रधानन्यायाधीश भएपछि दुईवर्ष अघिदेखि उहाँ बालुवाटार बस्दै आउनुभएको छ ।
नेपाली अंग्रेजी र हिन्दी भाषामा दक्ष रेग्मीले सन् १९७२ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रारम्भ गर्नुभएको हो ।
न्यायसेवा प्रवेशको दुईवर्षपछि सन् १९७४ मा उहाँ जिल्ला न्यायाधीश बन्नुभयो भने त्यसको ११ वर्षपछि सन् १९८५ मा सर्वोच्च अदालतमा राजपत्रांकित प्रथम श्रेणीको उप-रजिष्ट्रार बन्नुभयो । ६ वर्ष उप-रजिष्ट्रारमा काम गरेपछि सन् १९९१ बाट उहाँ पुनरावेदन अदालतको न्यायाधीश बन्नुभयो र त्यसको पाँचवर्षपछि १९९६ देखि पुनरावेदन अदालतको मुख्य न्यायाधीशको जिम्मेवारी सम्हाल्नुभयो ।
सन् २००३ देखि सर्वोच्च अदालतमा न्यायाधीश बन्नुभएका रेग्मी ८ वर्षपछि सन् २०११ मा प्रधानन्यायाधीश बन्नुभएको हो । प्रधानन्यायाधीशको कार्यकाल सकिन लगभग २ वर्ष बाँकी छ ।
सन् १९८१ मा गोरखा दक्षिण बाहु चौथोबाट सुशोभित हुनुभएका रेग्मीले सन् १९९० मा गोरखा दक्षिण बाहु तेस्रो र सन् २००० मा त्रिशक्तिपट्ट तेस्रो पदक प्राप्त गर्नुभएको छ । सन् २०१२ मा उहाँले इन्टरनेशनल जुरिस अवार्ड प्राप्त गर्नुभएको छ ।
अन्तरिम चुनावी मन्त्री परिषद्का अध्यक्ष बन्ने सौभाग्य पाउनुभएका रेग्मीले अमेरिका, क्यानडा, ब्राजिल, इटाली, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, स्वीटजरल्याण्ड, फिनल्याण्ड, डेनमार्क, स्वीडेन, जापान, दक्षिण कोरिया, इन्डिोनेसिया, सिंगापुर, मलेसिया, थाइल्याण्ड, भुटान र भारतको भ्रमण गर्नुभएको छ । तर, उहाँले अहिलेसम्म छिमेकी चीनको भ्रमण गर्न भ्याउनुभएको छैन । यद्यपि उहाँ हंगकंगसम्म पुग्नुभएको छ
सर्बोच्च अदालत को वेबसाइट मा राखिएको को रेग्मीको बायो डाटा यस्तो रहेको छ
Biodata and biography of Nepals 36th priminister Khila raj regmi :
सफत ग्रहण भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोला - Date and Place of Birth:- 31st May 1949, Palpa, Nepal
- Gender:- Male
- Marital Status:- Married to Shanta Regmi (Have 3 Children)
- Nationality:- Nepali
- Permanent Home Address:- Pokharathok – 6, Palpa, Lumbini Zone, Nepal
- Current Home Address:- 182/15 Prabachan Marga, Kathmandu, Nepal
- Current Residence:- Chief Justice Residence, Baluwatar, Kathmandu, Nepal
B. ACADEMIC QUALIFICATION
Degree |
University/Board
|
Year of Completion (A.D.)
|
M.A.
(Master in Arts) |
Tribhuvan University, Nepal
|
1972
|
B.L.
(Bachelor in Laws) |
Tribhuvan University, Nepal
|
1970
|
B.A.
(Bachelor in Arts) |
Tribhuvan University, Nepal
|
1968
|
I.A.
(Intermediate in Arts) |
U.P. Board, India
|
1966
|
C. LANGUAGE PROFICIENCY
- Nepali (Native)
- English (Spoken and Writing)
- Hindi (Communicative)
D. AWARDS/MEDALS
- International Jurists Award, 2012 (Conferred by International Council of Jurists, London)
- Gorkha Dakshin Bahu 4th (1981)
- Gorkha Dakshin Bahu 3rd (1990)
- Trishakti Patta 3rd (2000)
E. PROFESSIONAL CAREER
S. No. |
Designation
|
Organization/Institution
|
Tenure Period
|
1.
|
Chief Justice
|
Supreme Court of Nepal
|
May 6, 2011 A.D. - Present
|
2.
|
Justice
|
Supreme Court of Nepal
|
2003-2011 A.D.
|
3.
|
Chief Judge
|
Various Appellate Courts
|
1996-2003 A.D.
|
4.
|
Judge
|
Various Appellate Courts
|
1991-1996 A.D.
|
5.
|
Deputy Registrar
(Gazetted Class I) |
Supreme Court of Nepal
|
1985-1991 A.D.
|
6.
|
District Judge
|
Various District Courts
|
1974-1985 A.D.
|
7.
|
Section Officer
|
Supreme Court of Nepal
|
1972–1974 A.D.
|
F. ADDITIONAL RESPONSIBILITIES
- Coordinator – High Level Committee to Study and Submit Report on Abolition of Attendance (Taarekh) System in the Court Ensuring Representation of Parties, 2009 (Committee constituted by Supreme Court)
- Coordinator – Drafting Committee for Amendments in Supreme Court Regulations to Establish Information Technology Department Instead of Information Technology Section of the Supreme Court, 2010 (Committee constituted by Supreme Court)
- Coordinator – Drafting Committee to Reform the Proposed Draft of Guidelines of Bail Procedure, 2009 (Committee constituted by Supreme Court)
- Coordinator – Drafting Committee to Finalize and Approve the Draft on Code of Conducts of the Judges, 2008 (Committee constituted by Supreme Court)
- Coordinator – Working Team for Reform and Amendments in Civil Code and Civil Procedure Code, 2008 (Committee constituted by Government of Nepal on the recommendation of Judicial Council)
- Coordinator – Committee To Study and Submit Report on Timely Review of Remuneration and Conditions of the Service of Judicial Personnel, 2006 (Committee constituted by the Chief Justice of Nepal)
- Coordinator – Drafting Committee to Draft the Rules Regarding Application of Mediation System in Appellate Level Courts, 2005 (Committee constituted by Supreme Court)
- Coordinator – Drafting Committee to Review the Acts and Rules Related to Judicial Administration, 2004 (Committee constituted by Supreme Court)
- Coordinator – High Level Committee on Distribution of Budget and Resources for the Courts, 2010 (Committee constituted by Supreme Court)
- Coordinator – Committee to Study and Draft a Sketch to Reform Law Relating to Judicial Service in the Context of Implementation of O&M Report of the Supreme Court (Committee constituted by Supreme Court)
- Chairperson – Investigation Commission to Identify Causes and Consequences and Suggest Policy and Action Strategies not to Repeat the Similar Events as Happened in Different Regions of Terai Madhesh with Human and Physical Damages, 2007 (Commission constituted pursuant to Probe Commission Act, 2026 by Government of Nepal on the recommendation of Judicial Council)
- Coordinator – Working Team to Review the Existing Jurisdiction of the Court of Nepal (Team constituted by the Government of Nepal on the recommendation of Judicial Council)
- President – Judges Society, Nepal (2010)
G. SPECIAL RESPONSIBILITIES
- Chairperson – Juvenile Justice Coordination Committee, 2007 – June 2011 (Committee constituted pursuant to Rule 22(1) of Juvenile Justice Procedural Regulations, 2063)
- Chairperson – Case Management Committee, 2008 (Committee constituted pursuant to Rule 13d1. of Supreme Court Regulations, 2049)
- Chairperson – Construction Committee, 2010 – June 2011 (Committee constituted pursuant to Rule 13b. (1) of Supreme Court Regulations, 2049)
- Coordinator – Central Judicial Sector Coordination Committee, 2004 - 2008 (Committee constituted pursuant to Rule 13d4. of Supreme Court Regulations, 2049)
H. INTERNATIONAL PARTICIPATION
- International Conference of Jurists (Organized by International Council of Jurists London), 1st December 2012, New Delhi, India.
- Official Visit to the Supreme Court and Judicial Institutes of Bhutan, 5-9 October 2012, Thimpu, Bhutan.
- World Congress on Justice, Governance and Law for Environmental Sustainability, 17-20 June, 2012, Rio de Janeiro, Brazil.
- Study Visit to the Supreme Court and Judicial Institutes of Finland, 12-14 June, 2012, Helsinki, Finland.
- 14th Conference of the Chief Justices of Asia and Pacific, 12 – 16 June, 2011; Seoul, South Korea.
- Observation Visit of the Canadian Federal Justice System, 26 March – 4 April, 2011; Ottawa, Canada.
- The First Geneva Forum for Judges and Lawyers, 25 -26 October, 2010; Geneva, Switzerland.
- The Seventh Conference of Asian Constitutional Court Judges, 12 – 15 July 2010; Jakarta, Indonesia.
- Civil Reform Through the Seminar on Civil Code and Related Laws – Three Consecutive Programs (18-25 August, 2010; 23-30 January, 2010; 25 July – 8 August, 2009); Tokyo, Japan.
- Exposure Visit to the Juvenile Court and Justice System of Italy (Organized by Department of Justice and Minor of Government of Italy); 2008, Italy.
- Study Visit to study the Functions of American Courts and Judicial Institutions (Organized by ARD Inc. Rule of Law, USAID/Nepal), 18 – 26 February, 2006; USA.
- Observation Visit to the Supreme Court and Judicial Institutions of Singapore and Thailand, 7 – 15 January, 2006; Singapore, Thailand.
- Training on Quest for the Effective and Efficient Treatment of Offenders in Correctional Institutions at UNAFEI (Organized by JICA), 17 April – 11 July, 1986; Tokyo, Japan.
I. COUNTRIES VISITED
USA, Canada, Brazil, Italy, Belgium, France, The Netherlands, Switzerland, Finland, Denmark, Sweden, Japan, South Korea, Indonesia, Hong Kong, Singapore, Malaysia, Thailand, Bhutan, India
USA, Canada, Brazil, Italy, Belgium, France, The Netherlands, Switzerland, Finland, Denmark, Sweden, Japan, South Korea, Indonesia, Hong Kong, Singapore, Malaysia, Thailand, Bhutan, India
मदन भण्डारीको जीवनी-biography of peoples leader Madan Bhandari

मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई बैचारिक रुपले मार्गदर्शन गरिरहेको छ ।
सामन्तवाद विरोधी आन्दोलनका अगुवा र गणतन्त्रका प्रवल पक्षधर कमरेड मदन भण्डारीले अघि सारेका विचारहरुलाई आधार मान्दै नेकपा को आन्दोलन ले निश्चित रूपमा नया नेपाल बन्ने र नेपाली जनताको आमूल परिबर्तनको सपना पुरा हुने संभाबना थियो । पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिविेशन लगायत तराईको पार्टी कामको सिलसिलामा , तत्कालीन परिस्थिति देशी बिदेशी साँठगाँठकाकारण दासढुंगामा उहाको सुनियोजित षडयन्त्रका साथ हत्या गरियो । यो घटना देख्दा देख्दा सामान्य लाग्ने जस्तो देखिए पनि भयावह राजनैतिक चक्रव्यूह थियो जुन जेष्ठ ३ गते भयो । सारा मुलुक शोकमा डुवेको थियो । जनताहरु स्तव्ध भएँ नेपाली धर्ती रोइन् । एक राष्ट्रवादी विलय हुँदा कतिले लाश नभेटुन्जेल खाना खाएनन त कतिले कपाल समेत खौरे । घटनाका दोषीलाई सजाय दिनु कता हो कता घटनामा संलग्न अमर लामालाई समेत केहि वर्ष पहिले हत्या गरियो ।
जननेता भण्डारी पूर्वी पहाड ताप्लेजुंग मा पिता देवी प्रसाद भंडारी का माइलो छोरोको रूपमा शिक्षित परिबार मा जून २७, १९५२ मा भएको हो । ताप्लेजुंगमा सामान्य पढाइ सकेपछि आचार्य सम्म र एम् ए गर्न बनारास बिश्वबिध्यालय जानुभयो र डबल एमए गर्नु भयो जून बिश्वबिध्यालयमा किसुन जी , पुष्प लाल , लगयात धेरै नेपाली नेताहरुले पड्नु भएको हो । भोजपुरमा जन्मिएर मोरंगमा अध्ययन गर्ने र पार्टीको कार्यकर्ता बिद्या देवी पाण्डे त्यतिवेला उहाँ अखिल पाँचौंको तर्फबाट महेंद्र मोरंग क्याम्पसमा स्ववियुको पदाधिकारी र भूमिगत ढंगले माले को महिला संगठनलाई बढाउँने हिसावले मोरंगमा बस्दा तत्कालीन माले को निर्णय बमोजिम जनाबादी बिबाह भएको हो भानिन्छ । बनारसको विद्यार्थी जिबनमा शायद नेपाली पुराना नेता र विशेष गरि गरि भारतका समाजबादी नेता ,कम्युनिस्ट नेताहरु ज्योति बासु ,तत्कालीन भा क पा का नेता हरिकिशुं सुरजीत र नेपाली नेताहरु कोमरेड पुष्प लाल ,मन मोहन ,मोहन बिक्रम सिंह ,नर बहादुर कर्माचार्या , बीपी कोइराला , सहना प्रधानसंगको सम्पर्कले नेपालको आमूल परिबर्तानको लागी सोच्न झक्झकायो उनलाई किनकी भारतमा टप टप कम्युनिस्ट नेताहरु थिए त्यति बेला । भारतमा अन्तन्त गरिवीका कारण कम्युनिस्टहरु बडेका बडै थिए । भंडारी को बामपंथी राजनीति को झुकाब सक्रियता निखार्पण क्रन्तिभाब देशभक्ति गणतांत्रिक र आमुल्परिबर्तन को सोच वनारसको अध्ययनको क्रममा बढेको गएको देखिन्छ ।
मदन भंडारीको राजनितिक यात्रा र नक्सल बादी आन्दोलन र तत्कालीन झापा ससस्त्र बिद्रोह- कोमरेड पुष्प लालले खोल्नु भएको विद्यार्थी मोर्चाको सेंट्रल कमिटी को मेम्बर हुनुभयो । कोमरेड पुष्पलाल ले खोल्नु भएको विद्यार्थी मोर्चा को सेंट्रल कमिटी को मेंबर हुनुभयो १९७२ आर्थात २०२८ सालमा बनारास बिस्वबिद्यालयमा बनारस पढ्न जांदा को समयमा नै उहा बाम्पन्थी राजनितिक प्रभावमा परिसक्नुभएको थियो /उहा पढाईमा अत्यन्त तेजिलो हुनुहुन्थ्यो ,कबिता ,जनाबादी गीत का रचायेता पनि हुनुहुन्थ्यो । “ए हली दाई बांदेर ल्यांउ है सामंती थुले लाई ” र “जमींन हुन्छ जोत्नेको धरती पुत्र हे बीर किसान हो ” लोक लयमा आधारित यी गीतका लेखक नेता भंडारी र यी गीत जनाबादी गीत सायद भाग १ वा २ मा छ ,झीलको ,संकल्पा लगायत भूमिगत प्रकासन मा उहाका दर्जनौ लेख ,दर्शन सम्बन्दी बिचार ,क्रांतिकारी लेख -कबिता -गीत छापिएको थियो भूमिगत अबस्था मा /ऊहा जनाबदी साहित्याकार /कालाकार /रचिता /क्रन्तिकारी लेखक र कबी पनि नेता भंडारी ।
२०२७/२०२८ साल तीर चरम गरीबी ,पंचयात को हुकुमी सासन ,खुकार सामान्त हरु को सोसन ,किसान ,मजदूर माथी को शोसण चरम सीमामा पुगेको बेला तेरथुम बटा भर्खर झरेका खड्ग प्रसाद ओली ,राम नाथ दहल ,किसना कुइकेल ,बिरेन राजबंसी ,मंडल सतार ,चन्द्र प्रकाश मैनाली ,आर के मैनाली ,जीवन घिमिरे ,झलनाथ खनाल अली अगि पछि लगायत को नेतृत्वा माँ सस्त्र आन्दोलान को नेतृत्व सुरु भयो /सामंत चन्द्र प्रसाद ढकाल लगायत कही सामंता हरु को तेहि काम गर्ने किसान लाई प्रयोग गारी ख़तम गर्ने उग्र काम भयो /सफाया /टाउको गिडने काम सुरुवयो सामन्त ,जाली ,फटाहा ,श्रमिक मारा ,किसान मारा ,दलाल जनताको को कमाई मा राज गर्नी सामंता हरुको सफाया नियमित ढंगले अगाडी बड़्दै गयो -सफाया हुँदै गयो -कति लाइ भौतिक कार्बाहि मात्र भयो -कति लाइ सुद्रिने चेतावनी भयो -सोसन नगर्ने /उत्पीडन नगर्ने जनता हरुलाई भनेर -तमासुक चाटने -जलौने -सामंत हरु को जग्गा कब्जा गारी भूमिहीन किसान -मजदूर हरु लाई राख्ने र उनीहरुलाई नै कमौना दिने सामंता हरुको जग्गा तर जनता को चेतना त्यों स्तर सम्मा उठेको थिएन ,संगठन दरो भाको थिएन ,रेड आर्मी हरु ससकता थियेनन ,जनता ले ह्त्या को रूपमा बुझे पंचायति सासन कडा थियो आर्मी पुरै राजा को थियो /बर्ग सत्रु ख़तम अभियान पुर्ब बाट सुरु त भयो तर देश भरी बिसेस पश्चिममा जनता को चेतना को कमी को कारण ले र दमन को कारन ले आन्दोलन सफल हुना सकेन ।
नेपाल का मंडेला भनिने कमरेड मोहन चन्द्र अधिकारी , खड्ग ओली , चंद्र प्रकाश मैनाली, आर के मैनाली, रामनाथ दहल लागायात धेरै जना पंचायति राज को सिकार भय । ९ जनालाई झापा र इलाम को बिच माँ पर्ने शुखानी को जंगलमा आत्मा समर्पण गरना र पार्टी को गोप्या कुरा नखुलेको र छोडेमा खतरनाक हुना सक्ने भनी गोली ठोकर तत्कालीन मा ले का ९ जाना लाई एक्कै जंगल मा गोली हनी मारियो -राम नाथ दहल ,कृष्ण कुइकेल ,बिरेन राजबंशी लागायात । खड्ग ओली,सी पि,आर के,मोहन चन्द्र,घनेंद्र बस्नेत,मन कुमार गौताम,मंडल सतार लागायात नरेश खरेल (एमाले को के स) नया,सानो दुर्गा आधिकारी,अली पछि संजया थापा लागायात लाइ पंचयात ले समात्यो । जेल ब्रेक को मौका बटा सी पि मैनाली,प्रदीप नेपाल,बीर बहादुर लामा,ललित पुर का पुर्बा सवापति पौडेल बहिरा अउना सफल भये तर ओली,मोहन चन्द्र लगायत ली आजीवान काराबास दियो,घतेर मोहन चन्द्र १७ बर्षमा छुते के पि ओळी,आर के,मंडल सतार,नरेश खरेल आदि १४ बर्षमा बहिर आय ।
पंचयात को दमन तिब्र थियो इलाममा रत्ना कुमार बान्तवा को इलाम को देउमाई खोला को किनारमा गोलिहानी तत्कालीन मा ले को एक होनाहार ने ता को ह्त्या गर्यो पंचायती सरकार ले उहा अतान्त्य राम्रो संगठक हुनुहुन्थ्यो तत्कालीन माँ ले को /झापा बिद्रोहा सफल हुन सकेन ,देश भरी क्रांति उठ्न सकेन,सफाया ले जनता माँ तेती राम्रो प्रभाव पर्न सकेन जाती पर्नु पर्थ्यो । १९७६ आर्थात २०३३ तीर कोअर्दिनाशन कमिटी (मा ले) ले बिस्तारै संगठन बदौदै थियो,पुष्पलाल को पार्टी परित्याग गरी मा ले को लाइन ठीक छ भनी १९७८ मा आफ्नो संगठन मुक्ति मोर्चा र मा ले (को के) को एकीकरण जस्तो भयो र कोमरेड भंडारी तत्कालीन मा ले को के क सदस्य हुनुभयो,ओळी,मोहन चन्द्र जेल बताई के क बस्नुभयो । सन १९८० अर्थात २०३४ साल मा गठन भएको नेपाल कोम्मुनिस्ट पार्टी (मा ले) को उहा संस्थापक सदस्य,ओळी कोमरेड र मोहन चन्द्र कोमरेड,घनेंद्र बस्नेत तिने जाना जेल बताई के क हुनुभयो भूमिगत रूपमा पार्टी पूर्ण भूमिगत थियो ।
नेपालका वामपंथी शक्ति, प्रजातान्त्रिक सक्ती र राष्ट्रवादी शक्तिहरुले जननेता भंडारीबाट सिक्नु पर्ने विषय धेरै छ्न् । उहाँ सिद्धानतमा अडिग हुनुहुन्थ्यो , कार्या निति तय गर्दा जैले पनि जनता र देशको स्वार्थ हेर्नुहुन्थ्यो र आर्थिक रूपमा उहाँ कुनै कुरामा बिबादमा आउनु भएन । त्यत्रो पार्टिको महासचिव जस्तो सक्तिसाली पद ग्रहण गर्दा पनि सामान्य डेरा मा बस्नु हुन्थ्यो । काठमाडौंमा उहाको कुनै घर थिएन । बर्ग विश्लेषण र वर्ग वीचको अन्तार्बिरोध र त्यसको निकास जाती, भाषा, अर्थ, संस्कृति, रितिरिबाज, भेष भुषा सम्बन्धी उहाँको राम्रो अध्ययन थियो । सामन्त, शोसक तथा त्यसलाइ सहयोग गर्ने दलालप्रति अत्यन्तै कडा ढंगले प्रस्तुतु हुनुहुन्थ्यो । सादा पोसाक, प्राय कालो भादगाउँले टोपी, सामान्य चस्मा, जाडोमा सस्तो तर सफा जाकेट, प्राय जिल्ला जांदा पैदलै हिडने तथा जनतासँग अत्यन्तै राम्रो सम्बन्ध राख्न सक्ने खूवी उहाँमा थियो नै ।
पहिलो छोटी दशैंमा भूमिगतबाट निस्केपछि सायद २०४८ सालमा मोरंग इतहरामा परिवार संग दशैं मनाउने कार्यक्रम आउँदा सानो् कार्यक्रम माझउहाँले मध्यम बर्गिया किसानहरुको जग्गा कब्जा गर्ने हाम्रो निति होइन । ८ -१० बीगा जग्गा ठुलो परिवारको जग्गा सोस्छ भन्ने भ्रम नराख्नुस् । यी त विरोधीहरुले चलाएका हल्ला मात्र हुन् । हामी एक जना व्यक्तिको नाउँमा भएको ५०० बीघा जग्गा ,१००० बिग्गा जग्गा जून उब्जनी नगरी राखेको छ त्यस्ता सामनतहरुको जग्गा हामी निश्चित रूपमा भूमिहीन किसान जसको सोही ठाउँमा एक धूर जग्गा छैना उनिहरुलाई निशुल्क बाँड्ने चाँहि निश्चित हो, हाम्रो सत्ता आएपछि भने पछी झापा मोरंग का थुप्रो मद्यम बर्गिय परिवारहरु जो आफ्नो जग्गा लैजन्छ भनेर कम्युनिस्ट नबनेका व्यक्तिहरु अहिले सोही पार्टीको गाउको नेता छ्न् उहाँमा स्पस्ट पार्ने र जनताहरुलाई उनीहरुको मुद्दाको विषयमा छर्लङ हुने गरि गाउँले भाषामा नै भनेर संगठनप्रति आकर्षण गर्ने क्षमतामा उहाँमा अति नै थियो |
अहिलेको परिस्थितमा राष्ट्रिय एकताको लागि सम्पूर्ण बामपंथी पार्टी, लोकतान्त्रिक पार्टी, रास्त्रबादी, देशभक्त, जातिय अधिकारवादीहरु, भाषिक अधिकारवादी, सांस्कृतिक आधिकारबादिहरू, धार्मिक अधिकार्बदीहरुले जननेता मदन भण्डारीबाट सिक्ने वेला आएको छ र त्यसबाट सही मानेमा उनीहरु प्रति श्रद्धाञ्जली हुनसक्छ । कमरेड मदन भण्डारीले जहिले पनि जनताको सर्वोच्चता र आमूल परिवर्तनलाई जोड दिनुभएको थियो।सबै प्रकारका तानाशाही त्रास धम्की र एकदलीय निरंकुशतालाई मदन भण्डारीले सदैव विरोध गर्नुभयो ।
कृष्णप्रसाद भट्टराई- जीवनी-Krishna Prashad Bhattarai- Biography

किसुनजी अर्थात कृष्णप्रसाद भट्टराईले आफ्नो पुरै जीवन राजनीतिक आरोह अवरोहमा विताए । मुलुकमा प्रजातन्त्र बहालीको लागि अनवरत सघर्षको पर्याय नै बने । उनले आफ्नो जीवनमा घात, प्रतिघातहरु खेपे तर, कहिल्यै प्रजातन्त्रप्रतिको निष्ठामा आँच आउन दिएनन् । राजनीतिले जनविश्वास गुमाउँदै गएको यो घडीमा राजनीतिमा त्याग, निस्वार्थ तथा इमान्दारिताको पर्याय बनेका किसुनजी सबैका लागि पथ प्रदर्शक बनि रहने छने ।
नेपाली राजनीतिका शिखर पुरुष एवं सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराईको जन्म भारतको वनारसमा भएको हो । उनको बाल्यकाल, शिक्षा र राजनीति समेत वनारशबाटै सुरु भएको थियो । उनको जन्म १९८१ पुस कृष्ण एकादशीका दिन भएको हो । बाबु संकटाप्रसादका दुई श्रीमतीबाट ४ छोरा र ५ छोरी मध्ये आमा ललिताका सन्तान हुन्, कृष्णप्रसाद । ६ दसक लामो राजनीतिमा सक्रिय रहेका भट्टराईलाई कांग्रेसका नेता तथा कार्यकर्ताले बोलाउने प्यारो नाम हो– किसुनजी ।
भट्टराईका पुर्खा राजपुरोहितको काम गर्थे । गोर्खाका पुरोहित यज्ञेश्वर भट्टराईका छोरा श्रीपति भट्टराई श्री ५ पृथ्वीनारायण शाहसंग काठमाडौंमै आएर दरबारमा पुरोहित भई बसेका थिए । त्यसपछि उनका सन्तान क्रमशः विष्णुहरि, कृष्णलाल, मोदिनीधर, कमलकान्त, विश्वानाथ हु“दै पछिल्लो पुस्ताका सन्तान हुन् संकटाप्रसाद । संकटाप्रसादका चार छोरा नै प्रजातान्त्रिक आन्दोलनमा होमिए । कान्छ कृष्णप्रसाद भने नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवा हुन पुगे ।
‘राजनीतिक दशर्ननले मात्रै देश विकास र आधारभूत मानव अधिकारको प्रत्याभूति सम्भव छैन, त्यसका लागि त्याग, तपस्या, समर्पण र प्रतिबद्धता त्यतिकै आवश्यक हुन्छ’ कृष्णप्रसाद बारम्बार भन्ने गर्थे । त्याग र सपर्मणलाई व्यवहारमानै उतार्ने प्रयास गरेका भट्टराई नेपाली राजनीतिक फा“टमा विरलै रहेका निष्ककलंक राजनेता हुन ।
१८ बर्षको विद्यार्थी उमेरदेखिनै भट्टराई सक्रिय राजनीतिमा होमिएका थिए । विद्यार्थी कालदेखिनै उनी किसनुजीको नाममा चिनिन्थे । भट्टराईले सक्रिय राजनीतिको जीवन १९४२ को भारतको स्वाधिनताको लागि भएको भारत छोड आन्दोलनमा प्रत्यक्ष भाग लिएपछि सुरु भएको हो । त्यस आन्दोलनमा भाग लिएका कारण उनलाई तत्कालिन अंग्रेज शासकले एक महिनाको जेल सजाय समेत दिएको थियो ।
र
वनाराशमा स्नातक गरेर एमएको अध्ययन गर्दागर्दै भट्टराईको वीपी संग सन १९४६ अगष्टमा त्यही“ भेट भएको थियो । विश्वविद्यालय अध्ययनका क्रममा उनी नेपाली छात्रा संघको अध्यक्ष र अखिल भारतीय विद्यार्थी कांग्रेसको सचिव समेत बनेका थिए ।
सन् १९४७ मा जनवरी २५ मा कोलकक्तामा उद्घाटन भएको नेपाली राष्ट्रिय कांग्रेसको महामन्त्रीमा उनी चुनिए । २००६ साल चैत २७ गते जनरल सुवर्णशमसेरले नेतृत्व गरेको प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको कलकत्तामा एकिकरण भयो । त्यसपछि पार्टीको नाम नेपाली कांग्रेस राखियो ।
२००६ साल भदौ २६ र २७ गते भारतको विहार प्रान्तमा विशेष अधिवेशन गरेर प्रजातन्त्र स्थापनाका लागि नेपालमा सशस्त्र क्रान्ति गर्ने निर्णय लिईयो । भट्टराईलाई सशसत्र क्रान्तिको नेतृत्वको जिम्मा पार्टीले दिएको थियो । भट्टराई र रुद्र गिरीको नेतृत्वको मुक्ती सेनाले २००६ माघमा उदयपुरगढी कव्जा समेत गरेको थियो । भट्टराईकै नेतृत्वमा रहेको मुक्ती सेनाले जनकपुर, महोत्तरी क्षेत्रपनि कव्जामा लिएको थियो ।
२००७ साल फागुन ७ गते प्रजातन्त्र प्राप्तीपछि राजा त्रिभूवनले शाही घोषणा मार्फत विधान निर्माण गर्नका लागि गठन गरेको ३५ सदस्यीय विधान सल्लाहकार सभाको अध्यक्ष बनाएका थिए ।
भट्टराई २००७ सालदेखि स्थायी रुपमा काठमाडौं बस्न थालेका हुन । त्यसअघिको जीवन उनको वनराशसमै वितेको थियो । काठमाडौं आएपछि केही समय गणेशमान सिंह र सुर्यप्रसाद उपाध्यायका साथ बसे ।
प्रखर बौद्धिकता र कुटनीतिक क्ष्ँमता एवं सुझबुझ भएका नेता भट्टराई त्यसबेलाको संसदीय शासन व्यवस्थामा कुशल नेतृत्व दिएका थिए । २०१७ साल पुस १ गते तरुण दलको सभा हुँदाहुँदै वीपी कोइरालासंगै अधिवेशनस्थल त्रिपुरेश्वरबट उनी पक्राउ परेका थिए । त्यसपछि तकालिन पंचायती शासनले उनलाई निरन्तर दश बर्ष जेल सजायाँ दिईयो । जेलबाट निस्कन धेरै नेताहरुले तत्कालिन शासकसंग कागज गराए । तर भट्टराई कागज गराउन नमान्दा थप दुई बर्षको जेल तोकियो । प्रजातन्त्र स्थापना र पुर्नस्थापनाको अवधिमा सघर्ष गर्दा भट्टराईले आफ्नो जीवनमा १४ बर्ष भन्दा बढी जेल जीवन विताएका छन ।
भट्टराई राजनीतिको प्रेरणाको स्रोत कसैलाई मान्थेनन । कसैले राजनीतिक प्रेरणा को थियो भनेर सोध्यो भने भट्टराई आफ्नो चेतना र सम्पर्कले यस क्षेत्रमा लागेको बताउ“थे । तर उनी केही महात्मागान्धी, केही नेपोलियन, केही वीपी र केही गणेशमानका विचार मन पर्ने बताउँथे ।
०१२ देखि ०१४ माको सत्याग्रहमा भट्टराईले नेतृत्वदायी सक्रियता देखाएका थिए । उनको परिचय राजनीतिज्ञको रुपमा मात्रै सिमित रहेन । समाजवादी चिन्तक, विधायक, पत्रकार र लेखको रुपमा समेत रह्यो ।
२००७ सालमा प्रजातन्त्र स्थापनापछि वनाराशबाट निस्केएको युगवाणी साप्ताहिक र नेपाल पुकारका सम्पादक समेत भए । उनी नेपाल पत्रकार महासंघको पहिलो सभापति रहेका थिए । भट्टराईको छवि कुशल पत्रकारको रुपमा समेत रहेको छ । उनी नेपाल पत्रकार महासंघको प्रथम सभापति समेत बनेका थिए ।
वि.स २०१५ सालको आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याई सरकार गठन गरेपछि भट्टराई प्रतिनिधि सभाको पहिलो सभामुख समेत बने ।
भट्टराईले २०२७ बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना समारोहको उदघाटन गरेर विद्यार्थीलाई राजनीतिक अन्दोलनमा सक्रिय बनाएका थिए । २०३४ मा सम्पन्न भएको पटना सम्मेलनमा वीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यबाहक सभापति बनाएका थिए । वीपीको निधनपछि २०३९ मंसिरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट उनी पुनः कार्यबाहक सभापति चुनिए । कार्यबाहक सभापतिकै रुपमा भट्टराईले डेढ दशक पार्टी नेतृत्व गरे । पार्टीको आठौ महाधिवेशन २०४८ को कलबलबुढी झापाले सर्वसम्मतबाट भट्टराईलाई सभापतिमा निर्वाचित गरेको हो । २०५३ सम्म सभापतिको पद सम्मालेका थिए ।
भट्टराईकै सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह र २०४६ को जनआन्दोलनको घोषणा भएको थियो । प्रजातन्त्र पुर्नस्थापना भएप्छि उनी पहिलो अन्तरिम कालिन प्रधानमन्त्री बन्न पुगे । भट्टराईले त्यतिबेला सर्वोच्च नेता गणेशमान सिंहलाई प्रधानमन्त्री हुन प्रस्ताव गरेका थिए । तर, गणेशमानले प्रधानमन्त्री अस्विकार गरेपछि भट्टराई प्रधानमन्त्री बन्न पुगेका थिए । त्यसबेला अन्तरिम संक्रमणकालिन विकट परिस्थितलाई भट्टराईले सफलताका साथ सम्मालेका थिए । भट्टराईले एक बर्षभित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गरेर संवैधानिक राजा र जनताद्धारा आफूलाई सुम्पिएको काम सफलताका सम्पन्न गरेका थिए । उनले आफू पराजित भएर पनि निर्वाचन निष्पक्ष बनाउने भूमिका खेलेका थिए । २०१५ मा गोर्खाबाट र २०४८, २०५० र २०५१ मा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचनमा पराजित भएका थिए । पराजयको ऐतिहासिक पुष्ठभूमिलाई लिएर कांग्रेस कार्यकर्ताहरु ‘भट्टराइ मनिटर’मा निर्वाचन नजितेको भनेर चर्चा गर्दथे ।
उनले ०५६ को आम निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं १ बाट पहिलोपटक चुनाव जितेका हुन । चुनावमा सफलता हासिल गरेको जीवनमा त्यही थियो । त्यतिबेला भट्टराईलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर पार्टी निर्वाचनमा होमिएको थियो । पार्टीले बहुमत ल्याएपछि उनी दोस्रोपटक प्रधानमन्त्री बने । तर पार्टीभित्रकै विभिन्न आन्तरिक द्धन्द र कलहका कारण एक बर्ष नपुग्दै भट्टराईलाई पद त्याग गर्न बाध्य पारियो ।
स्थापनाकालदेखिनै वीपी, सुवर्ण शमशेर र गणेशमान सिंह तीनैजना नेताहरुसंग समान रुपमले काम गरेका भट्टराई अहिसात्मक आन्दोलनबाट प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र संकल्प बोकेका थिए । पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरवहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएपछि भट्टराई सवैभन्दा दुःखित भएका थिए । पार्टी विभाजनपछिनै उनले सक्रिय राजनीतिबाट विस्तारै विश्राम लिएका हुन ।
२०५० उपनिर्वाचनमा पार्टीकै अन्तघातबाट भट्टराईलाई हराएपछि उनलाई त्यतिबेलै पार्टी फुटाउने उक्साउने नेताहरु धेरै थिए । त्यसका लागि केन्द्रीय समितिमा दुई तिहाई र संसदीय दलमा ४५ प्रतिशत भन्दा बढी सदस्यको हस्ताक्षर समेत तयार गरिएको थियो । तर उनले त्यति बोल भनेका थिए–‘बरु म मेटिन तयार छु, तर पार्टी फुटाउदिन ।’
राजा ज्ञानन्द्रले सम्पुर्ण शासन सक्ता आफ्नो हातमा लिएपछि पार्टीले गणतन्त्रको लाईन पास गर्यो । त्यस निर्णय उनलाई मन नपरेपछि उनी पार्टीका गतिविधिमा समेत सामेल हुन छाडे । प्रजातान्त्रिक आन्दोलनका लागि राजाहरुबाटै कठोर यातना पाएका भट्टराई मृत्यु पर्यन्त संवैधानिक राजतन्त्रको आफ्नो विचार त्यागेनन । मुलुक गणतन्त्रमा गईसकेपछि पनि भट्टराईले संवैधानिक राजतन्त्रकै वकालत गरे ।
जुन विचारका कारण उनी पार्टीको मुलप्रवाहबाट एक्लिन पुगे । आधा सताव्दी भन्दा लामो राजनीतिक जीवनको कठिन यात्रामा सघर्ष गरेका भट्टराई । उनलाई ०५४ सालमा मानवअधिकारवादी सस्थाहरुले मावनअधिकार योद्धा सताव्दी पुरस्कार र सम्मान प्रदान गरेका छन ।
पानका अम्मली भट्टराई
भट्टराई पानका अम्मली थिए । उनलाई दैनिक पान चाहिन्थ्यो । उनी पान खाएर राता दाँत देखाउदै कार्यकर्ता र नेताबीच ठट्यौली पारमा बोल्थे । उनको पान खानी बानीले पान संस्कृतिको विकास समेत गराएको थियो । उनी कहिले ‘अविविवाहित भएपनि कुमार होइन’, कहिले आईमाई र मौसमको भर हुदैन त कहिले ‘म भारतमुखी हुँ’ भनेर चर्चामा आइ रहन्थे । उनी पछिल्लो समय सवैधानिक राजतन्त्रको वकालत गर्दै ०४७ सालको संविधान व्यूताउनु पर्ने माग समेत गरेका थिए । जीवनभर हास्यरसमा स्वाद लिने किसनुजीका बारे दुनियाँले आफ्ना धारणा बदलिरहेपनि उनले भने कहिल्यै आफ्नो धारणा बदलेनन ।
कृष्ण प्रसाद भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनटमा काठमाडौंको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा मृत्यु भयो।
[Source - ekantipur,कुलचन्द्र न्यौपाने र खिम घले) - 2011-03-05]
बीपी कोइराला-a biography of bp koirala

राणा शासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्ने राजनीतिक आन्दोलनमा होमिएका सर्बाधिक लोकप्रिय नेपाली राजनेता बीपी कोइराला २००३ सालमा नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र होइनन्, कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि हुन् ।
तत्कालीन राणा शासकहरूको आूखामा बिझेपछि भारत निर्वासित भएका समाजसुधारक पितासूगै प्रबासमा अंग्रेट हटाऊ आन्दोलनबाट राजनीतिमा होमिएका बीपी कोइरालाले नेपालमा राणा शासन बिस्थापित गरी प्रजातन्त्रको बहालीका लागि देशबाहिर र भित्रबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।
२००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको राजनीतिक आन्दोलनको सफलतापछि अन्तरिम सरकारका गृह मन्त्री भएका बीपी कोइराला नेपाली कांग्रेसको मात्र नभै नेपालकै सबैभन्दा लोकप्रिय नेताका रूपमा राजनीतिको केन्द्रमा थिए । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा दुई तिहाई भन्दा बढी मत आर्जन गर्ने नेपाली कांग्रेसको नेताका रूपमा प्रधानमन्त्री चुनिएर बीपीले २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण नभएसम्म पहिलो जननिर्वाचित सरकार सञ्चालन गरेका थिए । प्रजातन्त्रको अपहरण भएपछि आठ वर्ष निरन्तर जेल जीवन भोगेका बीपी त्यसपछि पुनः प्रवासबाट नेपाली कांग्रेसको नेतृत्व गरी २०३३ सालमा तत्कालीन राष्टिूय र अन्तर्राष्टिूय परिस्थितिको विश्लेषण गरी देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन हार्डलाइनर पञ्चहरूसूग जोखिम स्वीकार गरी राष्टिूय मेलमिलापको नारा लिई नेपाल फर्केका थिए ।
प्रजातान्त्रिक समाजवादी राजनीतिक सिद्धान्त भएका बीपीले सोसलिष्ट इण्टरनेशनलको एक अगुवाका रुपमा पनि अन्तर्राष्टिÇय राजनितिमा आकर्षक भूमिका निर्वाह गरेका थिए ।
द्दण्टघ सालको जनमत संग्रहमा बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका पक्षमा अधिराज्यव्यापी प्रचार प्रसारको नेतृत्व गर्ने बीपीले २०३९ सालमा निधन नभएसम्म संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका खातिर आफूलाई समर्पित गरेका थिए । आफ्नो जीवनकालका देशको राजनीतिमा समर्थन र बिरोधको केन्द्रमा रहेका बीपी अन्तर्राष्टिÇयस्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेतम हुन् । नेपाली कांग्रेस उनकै नाम, सिध्दान्त, कर्म र आकर्षणले अनुप्राणित रहँदैआएको छ ।
शमान सिंह काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासूग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसूगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूद्व सक्रिय रहे । तत्कालीन पञ्चहरूबाट बीपीसूगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो । राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसूग मिलेर पञ्चायत बिरूद्व आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए ।
Biography of Mahakabi Laxmi Prashad Devkota-महाकवि लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा (जन्म वि० सं० १९६६ (सन् १९०९), मृत्यु बिसं २०१६ (सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका बिभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए। बिशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्
साहित्य मन, भावनाको भाव सागर र संसार हो।सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा सशक्त कला पनि हो।साहित्यले धनी, गरिब, रोगी, निरोगी, युवा बृद्ध कसैलाई पनि छुट्ट्याउँदैनन्।जुनसुकै बेला कुनै कुरा पोख्न सजिलो होला तर साहित्य यस्तो चिज हो जुन मनको कठोर प्रशाव पीडाबाट मात्रै साहित्यको जन्म अथाव सिर्जना हुन्छ।साहित्य जो कसैले मन परेर, चाहेर रमाइलोको लागि सिर्जना गर्छु भनेर हुँदैन।
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए ।
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए ।
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो ।
देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए ।
देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले ।
देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए ।
देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।
पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो ।
देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।
देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।
सोह्र वर्षो उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो ।
देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो ।
देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो ।
देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो ।
राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो ।
देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने । तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो ।
देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डार्.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।
लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षम्म जागिरमा छिर्न सकेनन् । अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो । त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए ।
देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । तर त्यहाँ उनी चार महिना मात्र टिके । त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए । त्यहाँ पनि उनी तीन महिना मात्र टिके । उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे ।
देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए । त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन् । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो । त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए । त्यसपछि देवकोटा आफुलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए ।
देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए ।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।
देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए ।
देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।
पारिजात जीवनी
आजीवन साहित्यमा समर्पित पारिजात (सजना गोले तामङ)
साहित्य मन, भावनाको भाव सागर र संसार हो।सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा सशक्त कला पनि हो।साहित्यले धनी, गरिब, रोगी, निरोगी, युवा बृद्ध कसैलाई पनि छुट्ट्याउँदैनन्।जुनसुकै बेला कुनै कुरा पोख्न सजिलो होला तर साहित्य यस्तो चिज हो जुन मनको कठोर प्रशाव पीडाबाट मात्रै साहित्यको जन्म अथाव सिर्जना हुन्छ।साहित्य जो कसैले मन परेर, चाहेर रमाइलोको लागि सिर्जना गर्छु भनेर हुँदैन।
त्यस्तो साहित्य कहिल्यै वास्ताविक साहित्य बन्न सक्दैन अत: साहित्य त्यो हो जुन आफसे आफ आफै मनभित्रैबाट भावनाको प्रस्फुरण भएपछि मात्र शब्दमा उनिएर आउँछ।अनि हामी त्यसैलाई साहित्यको परिभाषामा विभिन्न नाम, उपनामहरु दिइन्छ।जस्तै कविता, कथा, गीत, नाटक, निबन्घ उपन्यास आदि-आदि त्यसो त साहित्य भावनाको सुन्दर अभिव्यक्तिपूर्ण कला पनि हो ।साहित्य कला र विचारको सुन्दर संयोजन पनि हो। साहित्य समाजको ऐना मात्र नभई राष्ट्र, समाजलाई सहि मार्गनिदेर्शन दिने एउटा सशक्त माध्यम पनि हो ।
साहित्य जीवन हो जीवनमा ज्यान हुन्छ।त्यसो त साहित्यमा समाजको द्वन्द्वविग्रह र इतिहासको नियति र विडम्बनालाई राम्रो अभिव्यक्ति दिन सके त्यो पो साहित्य वास्ताविक साहित्य हुन्छ। यो पो कालजयी हुन्छ।लेख्दैमा साहित्य कहाँ हुन्छ र। यस्तै भन्नुहुन्थ्यो पारिजात । कुनै पनि व्यक्तिको वैयक्तिक विशेषता हुन्छ।प्रत्येक व्यक्तिको विशिष्टताले अरुलाई प्रभाव पार्ने गर्दछ।सबै व्यक्तिमा आ-आफ्नै विशिष्टताले भरिपूर्ण रहेका हुन्छन् ।तर पारिजातमा भने आफ्नो लेखनबाट अरुलाई प्रभाव पार्ने छुट्टै विशिष्टताले भरिएको थियो।
यो कुरा उनको समग्र लेखनको संगालोहरुको अध्ययन मार्फत बुझ्न सकिन्छ।साहित्य लेखन यात्रालाई सुरुवात गर्ने क्रममा थुप्रै किताबहरु अध्ययन गर्ने मेलो मेसोमा मैले सबै भन्दा बढि पारिजातकै किताब अध्ययन गरेकी छु।नेपाली साहित्यमा उहाँले दिनु भएको अमुल्य कृतिहरु नै आज हाम्रा लागि गौरवको विषय हुन आएको छ।उनी जीवन, मृत्यु पर्यन्त नेपाली साहित्यको इतिहासमा निर्भीक,निर्लोभी आथक मिहेनतकाको रुपमा परिचित हुनुहुन्छ ।
उनले आफू मात्र नभइ अरुलाई समेत साहित्य लेखनमा हौसला दिएर गइन् । अनादीकालदेखि मेरो कल्पनामा नाँचिरहेको व्यक्तित्वसँगको सम्झनाको साक्षात्कार गर्ने र उहाँको बारेमा केही शब्द कोर्ना पाउँदा आज मैले आफ्नो मन गर्विलो भएको महशुस गरेकी छु। आफूले अध्ययन र अनुभव गरेका र उहाँको बाहिनी सुकान्यसँगको भेटघाटको कुरालाई अधारित गरि आज उहाँको बारेमा केही शब्दहरु अरु साहित्य स्रष्टाहरुमाझ राख्ने कोशीस गरिरहेकी छु ।
नेपाली साहित्यको जगतमा सर्वोच्च नारी प्रतिभा र सौन्दर्यप्रति निष्ठावान, स्पष्ट, निडर र स्वाभिमानी चरित्रकी धनी पारिजात आज हाम्र सामु हुनुहुन्न।तर उहाँका कृतिहरुले हामीलाई सँधै झक्झकाइ रहन्छन् ।आफ्नो सम्पूर्ण जीवन साहित्य सिर्जनामै सर्मपित गरिन पारिजातले।यस ठाउँमा उनको जीवनको आदि र अन्त्य जोडिएको छ । विरलकोटीका साहित्य रचेर नेपाली साहित्यको भण्डार सम्पन्न गर्ने यी महन साहित्यकार पारिजातको जन्म आपा डा. के.एन वाइबा र आमा अमृत मोक्तानको कोखबाट वि.सं. १९९४ वैशाख दार्जिलिङको लिँगिया चियाकमानमा महिनामा भएको हो।
उनको न्वाराणको नाउँ विष्णुकुमारी वाइबा, लामाले (तारारानी, छेकुडोल्मा) राखिदिएका थिए ।तर स्वायमै नै रोजेकी नाउँबाट उनी संसारभरी छरिएका नेपाली साहित्यका सचेत,तप्काहरूबीच परिचित र प्रिय बनिन् ।दार्जिलिङकै सुन्दर प्रक्रृतिको काखमा लडीबुडी खेल्दै पारिजातको बाल्यकाल बित्यो।फ्रकभरि चाँपका कोपिला बटुलेर वा उनिउँ घारीभित्र पल्टेर खुब रमाएर खेल्ने गर्दथे उनी ।प्रारम्भिक शिक्षा दार्जिलिङमै हासिल गरी २०११ सालमा नेपाल (काठमाडौं) भित्रिएकी पारिजाले पद्मकान्य विश्रामबाट एस.एल.सी र पद्मकान्य क्याम्पसबाट बीए.सम्मको अध्ययन हासिल गरिन् ।
उनी भावुक र कल्पनाशील भएकाले पानीमा रूझ्दै-रूझ्दै घुम्ने, बन, जंगल चहार्ने, जंगली फूलहरू टिप्ने गर्थे। सा-साना घटनाले पनि गहिरो प्रभाव पर्दथ्र्यो ।उनी त्यतिकै संवेदनशील, अन्तर्मुखी र कोमल ह्रृदयकी पनि थिइन्।वर्षा ऋतु, गुराँसको फूल र हरियो रङ विशेष मन मन पर्दथ्र्यो।साहित्य लेखन मात्रा नभएर गायनमा पनि विशेष रूची थियो । बन्दी सहयता नियोग संस्था खोलेर असहाय बन्दीका आफन्त बन्न पुगेकी पारिजात बन्दीहरुका निर्दोष बच्चाहरुका निम्ति “बचेर बास” नामक सेवा मुलक संस्था खेली वात्सल्य दिने अभिभावक समेत बनेकी थिइन् भने अन्याय र उत्पीडनमा झेलीरहेका सबै पक्षका मानिसहरुको निम्ति लड्ने भरोसायोग्य योद्धा बनेर यिनले इतिहासलाई समेत आफ्नो मूल्याङ्कन र स्थान निर्धारण गर्न बाध्य पारिन।
उनको जीवनकालभरि नै संघर्षै संघर्ष र विभिन्न अभावहरूले भरिएको थियो ।बाल्यावस्थामै आमाको मृत्यु भएकोले मातृस्नेहबाट बञ्चित भएनी पारिजातले पिताको संरक्षणमा काठमाडौं आफ्नो अध्ययनलाई अगाडी बढाउदै गइन्, तर फेरि पनि वि.सं. २०२९ मा पिताको देहावसान भएपछि पितृस्नेहबाट पनि टाढिनु पर्यो । त्यसपछि पारिजातले जीवनमा झन संघर्ष र शारीरिक र मानसिक यातनासँग जुध्दै आफ्नो पाइलाहरूलाई अघि बढाउदै गइन् बाह्रा बर्षको कलिलो उमेरमै शरीर दुख्ने व्यथाले पीडित थिइन पारिजात फेरि बर्षको लाउ-लाउ खाउ-खाउ भन्ने उमेरमा हाड जोर्नीसम्बन्धी बाथ रोगबाट आक्रान्त भएर ओछ्यानमै थाला परिन ।
त्यसपछि क्षयारोग, दम, र अल्सरजस्ता रोगहरूबाट ग्रासित हुँदै गइन् । उपचारका क्रममा भारतका विभिन्न अस्पसतालहरू समेत चहारिन् तर पारिजातलाई रोगले भने छोडेनन् ।त्यसपछि बाहिनी सुकान्यको साहरामा आफ्नो लेखन यात्रासँगै रोगी जीवनरथलाई अघि बढाउदै गइन्।पारिजातले यसरी शारीरिक रूपले अशक्त भएर पनि साहस र आत्मबल भए समाज र राष्ट्रका लागि ठोस देन दिन सकिन्छ।भन्ने तथ्यलाई प्रमाणित गरेरै छाडिन पारिजातले।जस्तोसुकै विषम परिस्थिति र कठिनाइहरूसाग निरन्तर जुध्दै आफ्नो कार्यक्षेत्रमा अथाक रूपले लागि रहिन् । वि.सं. २०१३ सालमा “धरती” पत्रिकामा कविता प्रकाशनबाट पारिजातले आफ्नो साहित्यिक यात्रालाई सूरूवात गरेकी थिइन। पिताले डा. बनाउने सपनालाई तोडेर उनी सबैका सामु सँधैभरि साहित्यको बगैँचामा मगमगाएर फूलिरहिन ।
पारिजातले साहित्यको विभिन्न विधाहरूमा आफ्नो कलम चलाएका छन् । यसमध्ये शिरिषको फूलले पारिजालाई चर्चाको शिखरमा पुर्यायो।जीवनको अर्थहीनता, विसंगति र निराशालाई मूल विषयवस्तु बनाएर लेखिएको यो उपन्यास अन्तराष्ट्रिय स्तरको भएकोले विभिन्न भाषामा अनुवाद भइसकेको यस कृतिको अंग्रेजी अनुवाद “दब्लुमिमोसा” अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ । पारिजातले महिला मुक्ति सम्बन्धि लेखहरूको संकलन “आधी आकाश” पनि प्रकाशनमा ल्याएको छ।यसका अतिरिक्त एकाङ्की (लघुनाटक) पनि उनको कलम चलेको पाइन्छ।
यसरी उनको लेखनमा विशेषः भाषा शैली अत्यन्त कलात्मक र मिठासपूर्ण रहेको पाइन्छ। उनको साहित्य लेखनमा विभिन्न आधुनिक वादहरूको प्रभाव परेको पाइन्छ ।
शोषित र पीडित जनता र समाजको यथार्थ चित्रण नै उनको साहित्यको मुल विशेषता हो । सामाजिक असमानता, विसंगती र विकृतिका विरूद्धमा उनको लेखनले विजोड गति लिएको देखिन्छ । विभिन्न पेशामा लागेकी पारिजातको सम्पूर्ण जीवन भने साहित्य सिर्जनामै वित्यो ।
(उनको विचारमा साहित्य यस्तो शक्तिशाली हतियार हो जुन बेलामौकामा बन्दुक र बम भन्दा पनि बढि विस्फोट हुन्छ।साहित्य चेतना र जागरणको आलोक हो। यथार्थ साहित्यले समाजको वास्ताविकतालाई प्रस्तुत गरि नागरिकलाई चेतना प्रदान गर्दछ र सुधातर्फ अभिप्रेरित गर्दछ ।)
यसरी उनी विभिन्न साहित्यक, संस्कृतिक, राजनीतिक, सामाजिक संघसंस्थाहरूसँग अबद्ध रहिन ।यतिमात्र नभएर राल्फा नामक साहित्यिक आन्दोलनको नेतृत्व समेत गरेकी थिएन पारिजातले। “प्रगतिशील लेखक संघ” को स्थापनामा समेत सक्रिया भूमिका खेल्दै “अखिल नेपाल महिला मञ्च” र बन्दी सहायता नियोगका संस्थापक अध्यक्ष इन्द्रेणी सांस्कृतिक समाजका मानार्थ अध्यक्ष नेपाल मानवअधिकार संगठनका संस्थापक उपाध्यक्ष र त्रिभुवन विश्वविद्यालयको सभाको मनोनित सदस्य समेत रहनु भएको थियो। वि.सं. २०४६ को जनआन्दोलनमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ। यसका अतिरिक्त उनी “इन्टरनेशल फेमिनिस्ट एम्नेस्टी इन्टरनेशल” जस्ता अन्तराष्ट्रिय संघसंस्थाहरूमा पनि सम्बद्ध हुनुहुन्थ्यो। यसरी देश र जनताको सेवामा सँधै समर्पित रहि रहिन पारिजात।
यसरी उनले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्याएको योगदान कदर स्वरूप उनलाई “मदन पुस्कार” गङ्की वसुन्धारा पुरस्कार” सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार र नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा विद्वद्वृत्ति समेत प्रदान गरिएको थियो। भने विभिन्न संघसंस्थाहरूले समेत अभिनन्दन गरेका थिए ।पारिजातको जन्मथलो दार्जिलिङ भएपनि कर्मथलो नेपाललाई नै बनाएकी कर्मठ एवंम् चिन्तशिल पारिजात आजीवन अविवाहित नै रहेर प्रतिकुल परिस्थितिसँग जुध्दै निरन्तर साधनारत रहिन्।सानै उमेरदेखि नै रोगले ग्रसित पारिजात उपचारको लागि वीर अस्पतालमा भर्ना गरी उपचारको क्रममा वि.सं. २०५० साल वैशाख ५गते उनी सदा-सदाको लागि यस संसारबाट विदा भइन।तर पारिजातले हामी सबैको माझ विश्वसामु उनका अनमोल कृतिहरु छोडेर राखेका छन् ।उनको अमूल्य साहित्य सिर्जनाहरुले पारिजातलाई सँधै पारिजातको फूल मगमगाएझैं मगमगाउने छन् सुवास छरिरहने छन् ।
पारिजातको प्रकाशित कृतिहरूः-
कविता संग्रह
१)आकांक्षो
२) पारिजातका कविताहरू
३) बैंशालु वर्तमान
२) पारिजातका कविताहरू
३) बैंशालु वर्तमान
कथा संग्रह
१) मैले नजन्माएको छोरो
२) आदिम देश
३) सडक र प्रतिभा
४) साल्गीको बलात्कृत आासु
५) बधशाला जाँदा आउँदा
१) मैले नजन्माएको छोरो
२) आदिम देश
३) सडक र प्रतिभा
४) साल्गीको बलात्कृत आासु
५) बधशाला जाँदा आउँदा
उपन्यासहरू
१) शिरीषको फुल
२) महत्ताहीन
३) बैंसाको मान्छे
४) तोरीबारी
५) बाटा र सपनाहरू
६) अन्तर्मुखी
७) उसले रोजेको बाटो
८) पर्खाल भित्र र बाहिर
९) अनिदो पहाडसागै
१०) परिभाषित आँखाहरू र बोनी
१) शिरीषको फुल
२) महत्ताहीन
३) बैंसाको मान्छे
४) तोरीबारी
५) बाटा र सपनाहरू
६) अन्तर्मुखी
७) उसले रोजेको बाटो
८) पर्खाल भित्र र बाहिर
९) अनिदो पहाडसागै
१०) परिभाषित आँखाहरू र बोनी
संस्मरण र निबन्धहरू
१) धुपीसल्ला र लाली गुराँसको फेदमा
२) एउटा चित्रमय सुरूवात
३) अध्ययन र संघर्ष
१) धुपीसल्ला र लाली गुराँसको फेदमा
२) एउटा चित्रमय सुरूवात
३) अध्ययन र संघर्ष
अन्तमा
यतिबेला उहाँलाई भौतिक रुपमा नभेटे पनि भावनात्मक रुपमा साक्षात्कार भएको अनुभव गरेंकी छु मैले।साँच्चिकै नजिकैको कृतिमता भन्दा टाढाको सहजता, सरलता, भावनात्मक निकटताको महत्व अझ बढि हुँदोरहेछ।एकमनले दुःख पनि लागेको छ मेरो सानैदेखिको पारिजातलाई भेट्ने, साहित्य लेखनको बारेमा धेरै कुराकानी गर्ने, र उहाँलाई सुम्सुम्याउँने तिब्र ईच्छा चाँहि आधुरै रह्यो।तर आज एउटा तामाङकी छोरी पारिजात विश्व साहित्यको बगैंचामा फुलिरहेको देख्दा भने हामी सबैलाई असाध्यै गर्व लाग्छ।उहाँको कृतिहरुसँगै हुँदा उहाँसँगै भए झैं लाग्छ।
यतिबेला उहाँलाई भौतिक रुपमा नभेटे पनि भावनात्मक रुपमा साक्षात्कार भएको अनुभव गरेंकी छु मैले।साँच्चिकै नजिकैको कृतिमता भन्दा टाढाको सहजता, सरलता, भावनात्मक निकटताको महत्व अझ बढि हुँदोरहेछ।एकमनले दुःख पनि लागेको छ मेरो सानैदेखिको पारिजातलाई भेट्ने, साहित्य लेखनको बारेमा धेरै कुराकानी गर्ने, र उहाँलाई सुम्सुम्याउँने तिब्र ईच्छा चाँहि आधुरै रह्यो।तर आज एउटा तामाङकी छोरी पारिजात विश्व साहित्यको बगैंचामा फुलिरहेको देख्दा भने हामी सबैलाई असाध्यै गर्व लाग्छ।उहाँको कृतिहरुसँगै हुँदा उहाँसँगै भए झैं लाग्छ।
तर एउटा कुरा विश्वले नेपाली साहित्यको बगैँचामा सर्वोच्च व्यक्तित्वको रुपमा महाकवी देवकोटालाई मात्र चिन्छ।के यसो गर्नु ठीक हो त ? उहाँको साहित्यनिष्ट, प्रेम,लगनशीलता र धैर्यतालाई हामीले ह्दयदेखि नै सम्मान गर्नै पर्छ।आज समय भिन्न छ।सबै ठाउँमा अत्याधुनिक स्रोत पुग्दैछन्। प्रविधिको तरंगमार्फत एउटा कम्प्युटर वा ल्यापटपको माध्यमबाट सबैका आ-आफ्नै घर-घरमा प्रेस, छापाखाना र विश्व घुमिरहेको हुन्छ। नेपाली जगतकी सर्वोच्च साहित्कार पारिजात देवकोटाकै दाँजोमा उभिएकी छिन् ।
तर किन जुन सुकै क्षेत्र र तहमा तामाङ र अन्य जातिका बारेमा हेर्ने दृष्टिकोण भने सँधै भिन्न र फरक नै रहेका हुन्छन् ।यतिखेर सहआस्तित्वको समय छ ।यसप्रति सबैलाई बोध गराउनु आवश्य छ।प्रविधि निष्पक्ष हुन्छ यसले सबैलाई समान व्यवहार गर्छ। देशविदेशका फरक-फरक अनुहार र भिन्न -भिन्न बोलीहरुले पढेका पारिजातलाई यतिखेर नेपाली साहित्य संघ संगठनहरुले जसरी देवकोटाको सप्ताहव्यापी रूपमा जन्मजयन्ती हर्षोल्साका साथ मनाउँछन् त्यतिकै रुपमा पारिजातको जन्म जयन्ती वाषिर्की पनि मनाउनु आवश्यक छ।
यदि होइन भने त्यो चाँहि नेपाली साहित्यप्रतिको ठूलो अपमान हुनेछ। जनताको ओंठमा मुस्कान र अनुहारमा विश्वास जन्माउन सक्ने पारिजात आज मात्र नभइ भोलिका पींढीका निम्ति पनि जीवनदायी प्रेरणाको स्रोतका रुपमा दरिनेछन्।भन्नेमा हामी ढुक्क छौं ।
त्यसैले अब यतिखेर राष्ट्रले मात्र नभई नेपाली साहित्य, आदिवासी जनजाति र तामाङ संघसंगठनहरुले पारिजातको प्रतिभाको सहि मूल्याङ्कन उचित सम्मान गरिनुपर्छ ।भन्दै यिनै शब्दहरु सहित श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
साभार :- तामाङ सामाज डट कम
नेपालको प्रथम शहीद लखन थापा मगर
प्रख्यात इतिहासकारहरूको धारणाः
केही स्वदेशी, विदेशी इतिहासकार एवं विद्वान लेखकहरूले जङ्गबहादुरको एकतन्त्रीय र दमनकारी शासन प्रणालीलाई ध्वस्त पार्न सशस्त्र जनयुद्धको नेतृत्व र सहादत प्राप्त गर्ने लखन थापाको सम्बन्धमा आ-आफ्ना पुस्तकहरूमा प्रत्यक्ष वा परोक्षरूपमा तथ्यपूर्ण विवरण उल्लेख गरेका छन् । उदाहरणकालागि प्रख्यात इतिहासकार प्रमोद शमशेर राणा (सन् १९७८), जङ्गबहादुरका साँहिला छोरा पद्मजङ्ग राणा (सन् १९०९), विक्रमजीत हसरत (सन् १९७०), महेशचन्द्र रेग्मी (सन् १९८०), पुरुषोत्तम शमशेर राणा (२०४७), जोन ह्वेल्पटन (सन् १९९१), ढुण्डिराज भण्डारी (२०५५), जनकलाल शर्मा (२०५५) लगायत अन्य विद्वान लेखकहरूको नाम उल्लेखनीय छ । प्रायः सवै इतिहासकारहरूले नेपालको इतिहासमा जङ्गबहादुर राणाको शासन विरुद्ध पहिलो पटक लखन थापाले विद्रोह गरेको र निमर्मतापूर्वक उनको हत्या गरिएको वास्तविकतालाई स्वीकार गरेका छन् । लखन थापालाई पहिलो शहीदकोरूपमा अरु ककसले माने? वर्तमान समयमा लुम्बिनी विश्वविद्यालयका कुलपति प्रा.डा. त्रिरत्न मानन्धर (२०४८), सोही विश्व विद्यालयका पूर्वउप–कुलपति प्रा.डा. तुलसीराम वैद्य (२०६७), भीम भक्तमान सिंह (२००५), पूर्वमन्त्री चिरञ्जीवी वाग्ले (२०३३), दिपक जोशी (सन् २०११), नगेन्द्र शर्मा (सन् १९९१), मुक्ता श्रेष्ठ (२०५३), संजीवन महर्जन (२०५३), शिवकुमार श्रेष्ठ (२०५३), शिव अप्रिय (२०६६), डा. राजाराम सुवेदी (२०६५), डा. जगमान गुरुङ (२०६७), उ.प्रा. बाबुराम थापाक्षेत्री (२०६७), पूर्वराजदूत प्रा.डा. मोहनप्रसाद लोहनी (२०६७) लगायत अन्य गैर-मगर विद्वानवर्गले आ-आफ्ना पुस्तक, लेख र अन्तरवार्तामा नेपालको सामाजिक राजनैतिक परिवर्तनमा अग्रणी भूमिका खेल्ने लखन थापालाई पहिलो शहीदकोरूपमा स्विकार गरेको पाइन्छ । साथै विभिन्न दृष्टिकोणबाट यसबारे थप गहिरो अध्ययन, अनुसन्धानकोलागि उहाँहरूले दर्शाउनु भएको आवश्यकताप्रति ध्यानाकर्षण गराउनु सान्दर्भिक ठान्दछु । मगर लेखकहरूको धारणा: नेपाल मगर संघको चौथो राष्ट्रिय महाधिवेशन (२०४८) को निर्णयपछि सम्भवतः मगर बुद्विजीवी एवं विद्वान लेखकहरूले लखन थापाका सम्वन्धमा आ-आफ्नो कलम चलाएको पाइन्छ । प्रथमतः एम. एस. थापामगर (२०४८), धर्मप्रसाद श्रीसमगर (२०५०), शिवलाल थापा गुरुछानमगर (२०५२), यमबहादुर झेंडीमगर (२०५३), मगर जुङ (दार्जिलिङ), डा. हर्षबहादुर वुडामगर (२०५४), झकबहादुर रोकामगर (सन् १९९९), वि.के.रानामगर ( २०५४ ), सागर थापा (२०५७), झकेन्द्र घर्तीमगर (२०५७), लोकनेश ढेंगामगर (२०५७), जयबहादुर हितान (२०५९), बालकृष्ण काउछामगर (२०६०), उमेशबहादुर रानामगर (२०६३), जीवन आलेमगर (२०६४), मेकबहादुर रानामगर (२०६६), मीन श्रीसमगर, खिम बहादुर थापामगर, सन्तोष वुढामगर, सञ्जोग लाफामगर, नरेश खपाङ्गीमगर, सुश्री बमकुमारी बुढामगर लगायत लखन थापाबारे विभिन्न मगर विद्वानहरूको रचनात्मक लेखहरू प्रकाशित भइसकेका छन् । तर सम्पूर्ण लेखकहरूको एउटै गुनासो छ– नेपाल सरकारले शहीद लखन थापालाई प्रथम शहीदकोरूपमा अझै किन स्विकार्दैन ? लखन थापाको तस्बिर सन् १९९२ सम्म लखन थापाको कुनै अफिसियल प्रोट्रेट तस्बिर या मूर्ती कही प्रकाशमा आउन सकेको थिएन। यसबिच, लाफा पत्रिकाका प्रधान सम्पादक प्रदीप थापा मगर, कईरन पत्रिकाका प्रधान सम्पादक अमृत योन्जन तामाङ र ईतिहासकार एमएस थापा मगरको सरसल्लाहमा देबलाल मोक्तानले लखन थापाको पहिलो काल्पनिक स्केच तयार परेका थिए। पछि लाफा पत्रिकाद्वारा प्रसिद्द चित्रकार टेकबीर मुखियालाई लखन थापाको बर्तमान प्रचलनमा आएको तस्बिर निर्माण गर्न लगाइयो। ऐतिहासिक दस्तावेज एवं प्रमाणहरू: नेपालका शहीदहरूमध्ये प्रथम शहीद लखन थापाको सम्बन्धमा स्वदेशी–विदेशी इतिहासकार, लेखक एवं बुद्धिजीवीहरूले हालसम्म सबैभन्दा बढी लेखरचना, टिप्पणी एवं ऐतिहासिक तथ्यहरू प्रकाशित गराएको देखिन्छ । प्रचलित जनश्रुति र स्थानीय बुढापाकाहरूको कथनका आधारमा विभिन्न कृतिहरू प्रकाशित भएको देखिन्छ । यी तथ्यपूर्ण प्रमाणहरूको आधारमा लखन थापा (द्वितीय) लाई प्रथम शहीदको स्थान दिलाउन पर्याप्त रहेको कुरा सर्वत्र अनुभव गरिएको छ । लखन थापाको निर्मम हत्या र हिंसापछि तत्कालीन राणा सरकारले उनका शाखासन्तानहरूलाई सताउने र अत्याचारसमेत गर्ने गरेका थिए । फलस्वरूप राणाहरूको घोर दमन र आतंकले गर्दा उनका खलकहरू मध्ये कोही पूर्वको तेह्रथुम त कोही भारततर्फ पलायन भएका थिए । उनीहरूले आफ्नो साथमा सम्बन्धित दस्तावेज एवं ऐतिहासिक महत्वका सामग्रीहरू लिएर गएको अनुमान गर्न सकिन्छ । यसैक्रममा तत्कालीन राणा सरकारले घटनासंग सम्बन्धित प्रमाणहरू, मूल्यवान दस्तावेजहरू, ताम्रपत्र लगायत अन्य ऐतिहासिक महत्वका सामग्रीहरू नष्ट गरेको कुरा स्थानीयस्तरमा थाहा हुन आएको छ । लखन थापाको बुङकोटस्थित विद्रोही किल्लासमेत भत्किएर हाल भग्नावशेषको अवस्थामा पुगेको छ । यद्दपी यस्तो विघ्न सबुतप्रमाणहरू हुँदाहुँदैको अवस्थामा पनि सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्य थप के कस्ता प्रमाण एवं दस्तावेजहरू खोजेको हो ? लखन थापा (द्वितीय) लाई प्रथम शहीद घोषणा गर्न के, कस्तो व्यवहारिक अप्ठ्याराहरू वा कठिनाइ परेको छ कुन्नी ? राज्यले एकपटक सहिदको स्थान दिइसकेको अवस्थामा उल्लेखित प्रमाणहरूको आधारमा लखन थापालाई प्रथम शहीदको दर्जा दिन कुनै समस्या देखिंदैन । उनलाई यो दर्र्जा उपलब्ध गराउन अझै कुनै सबुतप्रमाण वा सम्बन्धित दस्तावेजहरू एवं ऐतिहासिक सामग्रीहरूको आवश्यकता पर्दछ भने पनि त्यसको अध्ययन अनुसन्धान गर्नु, गराउनु सरकारको गृह मन्त्रालय वा सँस्कृति मन्त्रालयको कार्यक्षेत्र, कार्य विभाजन अन्तर्गत पर्दछ । यसको लागि राज्यले आवश्यक सकृयता र उचित तत्परता देखाउन नितान्त जरुरी छ । गोरखाको बुङकोट क्षेत्रमा अझै पनि त्यसबेलाको शिलालेखलगायत अन्य ऐतिहासिक सामग्रीहरू यथावत रहेका छन् । नेपाल सरकारको पुरातत्व विभाग वा अन्य सम्बन्धित निकायहरू मार्फत् सो शिलालेखमा लेखिएका कुराहरूको अविलम्ब विश्लेषण गर्न लगाउनु पर्ने देखिन्छ । त्यस्तै, गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरूमा अझै पनि उक्त घटनासंग सम्बन्धित महत्वपूर्ण कागजात, दस्तावेज, ऐतिहासिक सामग्रीहरू फेला पार्न सकिन्छ कि ? स्थानीयवासीहरूसँग ताम्रपत्र वा ऐतिहासिक सामग्रीहरू पनि फेला पार्न सकिन्छ कि ? त्यसको खोजी, अध्ययन, अनुसन्धान गर्न गराउन आवश्यक छ । अतः यी कार्यहरूको कार्यान्वयनमा सम्बन्धित निकायले प्राथमिकताकासाथ यथाशिघ्र कार्यक्रम सञ्चालन गर्न, गराउन अग्रसर हुनुपर्ने देखिन्छ । शहीद लखन थापा (द्वितीय) लाई प्रथम शहीदको दर्जामा स्थापित गराउन हालसम्मका उपलब्ध आधार प्रमाणहरू तथा इतिहासकारहरूले पेश गरेका ऐतिहासिक दलिलहरू, जनश्रुतिहरू पर्याप्त देखिन्छन् । थप प्रमाण भनेको के हो कुन्नी ? शहीद लखन थापाप्रति कसैले कुनै पूर्वाग्रह नराख्ने हो भने यस कार्यकोलागि थप प्रमाणको कुनै खाँचो देखिंदैन । निष्कर्षः शहीदको सम्मान गर्दा राष्ट्रकै गौरव बढ्छ र राष्ट्रियताको संरक्षण पनि हुन्छ । लखन थापा, जसले नेपालमा प्रजातन्त्रकोलागि पहिलो बिऊ रोपेका थिए, उनी कुनै एक जाति, एक वर्ग, समुदाय वा कुनै क्षेत्र विशेषको मात्र प्रतिनिधित्व गर्दैनन् । उनी सम्पूर्ण नेपालीको गौरव, सिंगो राष्ट्रको सम्मानित पात्र र कुशल नायक हुन् । तर कस्तो विडम्बना ? २००७ सालमा प्रजातन्त्रको प्रार्दुभाव भए पश्चात् आधा शताव्दी बित्दासमेत राज्यले उनलाई प्रजातन्त्रको निम्ति वीरतापूर्वक सहादत प्राप्त शहीद नमानेर उपेक्षा गरेको थियो । नेपालका इतिहासकार, लेखक, बुद्धिजीवी, समाजसेवी, नेपाल मगर संघ जस्तो ठूलो सञ्जाल भएको संस्था र यसका भातृ संगठनहरूले निरन्तर दवाव दिएपछि २०५६ फाल्गुण ११ गते मात्र लखन थापा (द्वितीय) लाई सरकारले शहीदको दर्जा दिएको हो । तर प्रथम वा पहिलो शहीदको दर्जा भने अझै दिइएको छैन । राणाकालदेखि नै नेपालका आदिवासी जनजातिहरूप्रति राज्यले विभेदपूर्ण नीति बोकेको छ, जुन अद्यापि कायम छ । अतः सम्पूर्ण मगर, गैर–मगर विद्वान, बुद्धिजीवी, समाजसेवी र लेखकवर्गहरूकासाथै नेपाल मगर संघ र यसका भगिनी संघसंस्थाहरू, अन्य सामाजिक संघसंगठनहरू एकजूट भएर लखन थापा (द्वितीय) लाई नेपालको राष्ट्रिय विभूतिसहित प्रथम शहीदको दर्जा दिलाउन एकढिक्का भएर अघि बढ्नु पर्ने देखिन्छ । २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव भै हाल संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई सक्दासमेत नेपालमा प्रजातन्त्र वा लोकतन्त्रको निम्ति प्रारम्भमै सहादत प्राप्त लखन थापा (द्वितीय) लाई प्रथम शहीदकोरूपमा स्थापित गरेर मात्र उनको उचित कदर र सम्मान हुन सक्दछ । यसबारे निम्नानुसारका सुझावहरू दिनु उचित ठान्दछु: सुझावहरू: (क) दवावमूलक कार्यक्रम चलाउने: प्रस्तुत विषयका सन्दर्भमा साझा मुद्दा बनाई नेपाल मगर संघ र यसका भातृ संघसंगठनहरू, प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान, मगर जातिले चलाएका राजनैतिक संगठन साथै गैर–मगर वुद्धिजीवीहरूको संघसंगठनहरू मिलेर एकआपसमा एकत्रितभै आउँदो २०६८ फागुण २ गते मनाइने प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस मनाउन काठमाडौंमा भव्य जुलुश, र्याली प्रदर्शन गरेर दवाव सिर्जना गर्ने र यसकालागि सर्वसम्मतिबाट सवैले यो प्रस्ताव अनुसार कार्यक्रममा ऐक्यबद्धता जनाउने । त्यस भेलामा लखन थापालाई प्रथम शहीदकोरूपमा सामुहिकरूपले खुल्ला घोषणा सभा गर्दै प्रथम शहीदप्रति अपार सम्मान प्रकट गर्ने । सोही दिन देशैभरि सम्पूर्ण जिल्लाका मगर, गैर–मगर, विद्वान, लेखक, बुद्धिजीवी, समाजसेवीलगायत सवै संघसंस्थाहरूले नेपाल मगर संघका जिल्ला समितिहरूको आयोजनामा जुलुस प्रदर्शनसहित आमसभाबाट सोही प्रस्तावको खुल्ला घोषणा गर्ने, गराउने । (ख) विद्युतीय सञ्चार माध्ययमको उपयोग गर्ने: संसारभरी फैलिएका मगरहरूको संघसंगठनहरू साथै मगर, गैर–मगर विद्वान, लेखक, बुद्धिजीवी, समाजसेवीहरूकोतर्फबाट लखन थापाको आउँदो २०६८ फागुण २ गते स्मृति दिवस मनाउने दिन प्रधानमन्त्री, गृह मन्त्री, सँस्कृति मन्त्रीका साथै नेपाल इतिहास संशोधन मण्डलमा “लखन थापा (द्वितीय) लाई अविलम्ब प्रथम शहीद घोषणा गर” भनेर ईमेल र फ्याक्सबाट ज्ञापन–पत्र पठाउने । (ग) खोजपूर्ण अध्ययन अनुसन्धान: लखन थापाबारे कतिपय दस्तावेज, कागजपत्र एवं ऐतिहासिक सामग्रीहरू अझै पनि अज्ञात रहेकाले त्यसको शिघ्र खोजबिन हुनु अति आवश्यक भएकोले यसकालागि यथाशिघ्र “लखन थापा (द्वितीय) बृहत् अध्ययन टोली” गठन हुनु पर्ने । टोलीमा श्रोत विशेषज्ञकोरूपमा प्रख्यात इतिहासकार, पुरातत्व विभागका अधिकृतहरू साथै टोलीका अन्य सदस्यहरूमा मगर, गैर–मगर इतिहासकार, लेखक, बुद्धिजीवी, समाजसेवीहरू सम्मिलित हुनु पर्ने । यस अध्ययन टोलीले सम्बन्धित दस्तावेज, प्रमाण, कागजातहरू, ताम्रपत्र, ऐतिहासिक महत्वका अन्य सामग्रीहरूको बृहत् खोजी गर्ने र शिलालेखको अध्ययन गर्ने, गराउने । यसै क्रममा गोरखास्थित सम्बन्धित कार्यालय, पुरातत्व विभाग, सैनिक संग्रहालयका साथै स्यानीय बुढापाकाहरूको मन्तव्य र जनश्रुतिहरूको रेकर्ड तयार पार्नु पर्ने । हङकङ मगर संघका अध्यक्ष एम.वी.थापाबाट प्राप्त सुझावअनुसार सो कार्य योजना वा प्रोजेक्टको आयोजना, समन्वय सम्बन्धित निकायबाट गर्न, गराउन सकिने छ । टोलीको उद्देश्य शहीदको विभिन्न पक्षमा ऐतिहासिक विवरण संकलन गर्ने गराउने मात्र हुनु पर्दछ । प्रथम शहीद लखन थापा (द्वितीय) बारे शोधकार्य गर्न चाहने शोधार्थीहरूलाई प्रोत्साहन स्वरूप संघसंस्थाहरूकातर्फबाट छात्रवृत्ति समेत उपलब्ध गराउने । (घ) सरकारसंग देहायका मागहरू राख्ने: (१) गोरखा नगरपालिकाको नामकरण “प्रथम शहीद लखन थापा मगर (द्वितीय) नगरपालिका” हुनु पर्ने । (२) काठमाडौ उपत्यकाभित्र प्रथम शहीद लखन थापाको पूर्ण कदसहितको सालिक निर्माण हुनु पर्ने । (३) गोरखा, बुङकोट–४ को काहुलेभङ्गारमा अवस्थित किल्लाको ऐतिहासिक भग्नावशेष उत्खनन र जिर्णोद्धार गरेर “प्रथम शहीद लखन थापा मगर (द्वितीय) संग्रहालय” निर्माण गर्नु पर्ने । (४) ऐतिहासिक पर्यटकीय स्थलको रूपमा सो स्थानलाई संरक्षण र विकास गर्न आवश्यक पूर्वाधारहरू तयार पार्ने । (५) नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत् नेपाल सरकारको हुलाक सेवा विभागबाट स्पष्टसंग “प्रथम शहीद लखन थापा मगर(द्वितीय)” अंकित भएको टिकट प्रकाशन गर्न लगाउने । (६) प्रथम शहीद लखन थापा मगर (द्वितीय) को विषयमा खोजपूर्ण लेखहरूको संग्रह प्रकाशित गर्ने । नोट: मिति २०६८।०५।३१ गते शनिवारका दिन ललितपुर, जाउलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजित प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार त्रिलोकसिंह थापामगरले प्रस्तुत गरेको कार्यपत्र उपर बृहत् छलफल भै सहभागी इतिहासकार, विद्वान लेखक र बुद्धिजीवीहरूबाट प्राप्त सुझावहरूलाईसमेत समावेश गरी कार्यपत्रलाई यहाँ अन्तिम रूप दिइएको हो। -Triloksingh Thapa Magar in Kathmandu (लेखक प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका सल्लाहकार हुन्।) सन्दर्भ सामग्रीहरू: आले मगर, जीवन - २०६४, नेपालको प्रथम जन विद्रोही शहीद लखन थापामगर, काठमाडौं, बुडा मगर, हर्षबहादुर - २०५४, राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापा मगर द्वितीय, काठमाडौ बैद्य, तुलसीराम - २०६७, लखन थापामगर नेपालका प्रथम शहीद, प्रथम शहीद स्मारिका २०६७, पृ.२७ राना मगर, उमेश - क्रान्तिकारी लखन थापामगर, काठमाडौ, वि.सं राना मगर, बि. के. -२०५४, गोरखा मगरहरु विगतदेखि वर्तमानसम्म: ऐतिहासिक पृष्ठभूमिमा एक विश्लेषण राणा, पुरुषोत्तम शम्सेर ज.व.रा - २०५५, श्री ३ हरूको तथ्य वृतान्त, काठमाडौं, सुवेदी, राजाराम - २०६५; शहीद कि प्रथम शहीद हुन् लखन थापा, प्रथम शहीद लखन थापा विचार गोष्ठीमा प्रस्तुत कार्यपत्र, २०६५, पौष १९ गते, काठमाडौं शर्मा, बालचन्द्र - २०३३, नेपालको ऐतिहासिक रुपरेखा, वाराणसी Hasrat, Bikram Jit - 1970; History of Nepal A told by its own contemporary chronicles, The UV Research Institute Press, Krishna Nagar, Hoshiyarpur, India Marie Lecomte-Tilouine - 2000; The History of the Massianic Rebel King Lakhan Thapa Magar, utopia and ideology among the Magars, Paper Rana, Padm Jung - 1980; Life of Maharaja Sir, Jung Bahadur Rana, Reprinted Rana, Promod Shamsher- 1995; Rana Intrigues, Kathmandu Regmi, Mahesh -1995; King and Political Leaders of The Gorkhali Empire, Orient Longman प्रथम शहीद लखन थापा मगर (द्वितीय) बारे स्मृति गीत "सेनानी हे मुक्तिका, युग पुरुष लखन - २ चढाउँछौं, हार्दिक मनले, श्रद्दा सूमन -२ उठायौ हतियार मुक्तिकालागि, ज्यानको नगरी प्रवाह बन्न सकेन निरंकुश कालमा, ईतिहास गवाह छामी हेर आलै छ रगत, गोर्खाको भीर पाखामा सबै मिली उठाऔं आवाज, एउटै भाकामा मुक्ती योद्दा जनताका लखन थापा मगर -२ प्रथम शहीद नेपालका, 'घोषणा गर' -३ स्वतन्त्रता अनि न्याय, थियो सधैं उनको, एउटै मूलमन्त्र जहानियाँ शासन, हटाई ल्याउनकालागि, देशमा प्रजातन्त्र बन्धन मुक्त पार्न खोजे, जगत यो सारा तराईदेखि हिमालसम्म, गुन्जियोस् यो नारा मुक्ती योद्दा जनताका लखन थापा मगर -२ प्रथम शहीद नेपालका, 'घोषणा गर' -३ "सेनानी हे मुक्तिका, युग पुरुष लखन - २ चढाउँछौं, हार्दिक मनले, 'श्रद्दा सूमन' -४" रचना: टिकाकुमार पुन मगर, राजेश थापा मगर संगित: जगदिश समाल मगर गिटार: बिष्णु पुन मगर हार्मोनियम: जगदिश समाल मगर मादल: राजेश थापा मगर गायन: जगदिश समाल मगर, राजेश थापा मगर, तिलक श्रेष्ठ, यशोदा खालिङ राइ, विश्व - from: http://usnepalonline.com |
लेखनाथ पौड्याल
लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस१५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवीर पं. दुर्गादत्त थिए।
पौडयालले र्सवप्रथमगङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्नपितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईखर दधिराम मरासिनीको स्नेह,सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमाआफूलाई पुर्याएका थिए ।
पौड्याल आफू पन्ध्र वर्षको हुँदाकाठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । त्यसपछि उनी कविता लेखनमा पनिआबद्ध हुन थाले । त्यही तीन वर्षपढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिनगए, तर उनी फेल भए । त्यसपछिउनले पढ्ने कामबाट मन झिके । यति हुँदाहुँदै पनि नेपाली र संस्कृत भाषामा उनीपण्डितलाई पनि जित्ने भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित 'सूक्तिसूधा' र 'कविताकल्पद्रुम'मा उनका नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे।
पौड्याल पठनपाठनमानभएकाले बरालिन पनि थाले । त्यही क्रममा उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदैतराईको वीरपुर पुगे । त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिंदै भारतको आसामतिरलागे । त्यसैबीच उनीसँग राममणि आदीको सम्पर्क भयो । घटराज भट्टराईका अनुसारत्यसैताका "हलन्त बहिष्कारअभियानमा आचार्य र पौडयालको सहमति बन्यो । पछि राममणि राणाका दरबार घुस्रेपछिपौडयाल उनलाई पछयाउँदै काठमाडौँ आए । तर सुरुका दिनमा उनले काठमाडौंमा राम्ररीटेक्ने ठाउँ भेटेनन् । पछिचाहिं उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागिर पाए।
राणाका सन्तान पढाउनथालेपछि पौड्यालको बिहानबेलुकाको गर्ज पनि राम्ररी टर्न थाल्यो । त्यही समय उनलेआफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए । उनको कविता पढेर नैभीमशमशेरले उनलाई हजुरिया बनाए । तर जुद्धशमशेर श्री ३ भएपछि पौडयालको शिरमाबल्लबल्ल लागेको घाम पनि अस्तायो ।
शारदाको प्रकाशनको आरम्भमा पौड्याल पनिशारदामा लेख्न पुगे । शारदाको अपरिहार्य आवश्यकताका रूपमा उनका रचनाहरू रहन थाले ।त्यस कालखण्डमा उनी राणाको स्तुतिगान लेखेर थाकेनन् । त्यति बेला उनको र देवकोटाकोराणाको स्तुति लेख्न होड चल्थ्यो । तर २००७ सालको प्रजातन्त्र आएपछि पौड्याललाईचाहिं राणाको स्तुति लेखेकोमा पछुतो भएको थियो । त्यसैले त्यसपछि पौडयालले नेपालीकाङ्ग्रेसको चारतारे विल्ला लगाएर आफूलाई जनमाझ कट्टर प्रजातन्त्रवादीको प्रदर्शनगरेका थिए ।
२००८ सालअसार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँआजीवन भत्ता प्रदान गरेका थिए ।
लेखनाथ पौड्यालले 'कविशिरोमणि'को पद पाएपछि उनले र्सवप्रथमआफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे ''मेरा पूज्य गुरू ! तपाईंले मेरा हातसमाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु।''
कविशिरोमणिको सम्मान पाएपछि पौड्यालले आफ्नोशिर उठेको ठाने । त्यसपछि उनी कविता लेखनमा मात्रै आबद्ध हुन थाले । साहित्यिकसङ्घसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले।
लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा खुवैमिल्थे । यिनीहरू प्रायः छुट्टिँदैन थिए । त्यसैले २००९ सालमा उनीहरू इलामको कर्फोकपुग्दा त्यहाँ उनीहरूको भव्य स्वागत भएको थियो । त्यसैताका उनीहरू दार्जीलिङ जाँदात्यहाँका त्रिमूर्ति सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणिप्रधानले यिनीहरूलाई पनि त्रिमूर्तिको सम्बोधन गरेका थिए । त्यसपछि नेपालीभाषासाहित्यमा त्रिमूर्ति भन्ने वित्तिक्कै पौड्याल, सम र देवकोटा कहलिन थाले।
२०११ सालको कुरा हो; पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमाकाठमाडौँमा उनको रथयात्रा गरियो । यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम। साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए। त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए । त्यस दिन पौडयालकाहातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो । त्यसघटनाको खुशियालीमा पौड्याल रोएका थिए ।
पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तमकुँवरले लेखेका छन् "२०११ पुस२० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दैठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए । शिरोमणिका आँखामाआँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । नेपालको निम्ति मात्र होइनसारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो ।"
पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आए ।उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् । उनका कृतिगतयोगदानले उनी नेपाली परिवेशमा र्सवत्र फैलिए । त्यसैले साहित्यप्रतिको कदरस्वरूपउनलाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार पनि प्रदान गरियो।
महाकवि देवकोटाका जोडले पौडयाल नेपालएकेडेमीको पनि सदस्य भए । एकेडेमीका भ्वाइसचान्सलर बालचन्द्र शर्माले पौडयाललाईनपढेको भनेर राजा महेन्द्रलाई एकोहोर्याएका थिए; तर देवकोटाले राजालाई सन्देश पठाए "तीऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन । त्यसपछि पौडयाल पनिसदस्यमा मनोनीत भए ।
पौडयालका मनपर्ने लेखक कालिदास थिए । उनकामनपर्ने अर्का स्रष्टा मैथीलिशरण गुप्ता थिए । साथै नेपाली भाषासाहित्यमा पौड्यालकामन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए । लेखनाथलाई सबैभन्दापहिला कविसम्राट्को उपाधी लेख्ने पनि देवकोटा नै थिए । वास्तवमा पौड्याल आधुनिकनेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए ।
पौड्याललाई आर्थिक अभाव भइरहन्थ्यो । उनलाईगर्ज टार्ने काम राजा महेन्द्रले पनि गरिरहन्थे । त्यति मात्र होइन उनकोबिहानबेलुकाको चुल्हो बाल्ने काम पनि राजा महेन्द्रले नै गरिदिए । यसबारे पौड्याललेभने "मेरा साथ पैसा रहँदैन, दुःखको दुखै हुन्छ । साँझ सबेरचाहिँ राजाको कृपाबाट चलिरहेको छ ।"
राणाकालीन युगमा खुलेर साहित्य लेख्नपाइँदैनथ्यो । राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमासुत्न जानुपथ्र्यो । त्यसैले पौड्यालले जति लेखे धेरै लेखे । यसै प्रसङ्गमा उनी आफैभन्थे "मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो ।तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !"
पौडयालले दुई जनासँग बिहे गरे ।उनका छोरा अनन्त पौडयाल नेपालसरकारका सचिव भए । साथै उनका दुई छोरी पुण्यप्रभादेवी ढुङ्गाना र कुन्तिदेवीभट्टराईले पनि साहित्यमा आफूहरूलाई उभ्याए ।
पौडयालको स्वास्थ्य क्रमशः खच्किन थाल्यो ।खास गरेर २०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेकोथियो; त्यसैले उनी एउटाआँखामात्र देख्थे ।
२०२२ सालमा पौडयाल तीर्थ गर्न बनारस लागे । तरभारतको रक्सौलमा पुगेपछि उनी थला परे । अनि उनले भने "अब म मर्छु । म मर्न मेरै देशमा र्फकन्छु।'' त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणीनदीमा ल्याइपुर्याइयो । उनको त्यो समाचार राजा महेन्द्रलेसुनेर उपचारार्थ तुरुन्तै दस हजार रुपियाँ पठाइदिए ।
अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए । यो समाचार सुन्नेवित्तिकै नाट्यसम्राट्बालकृष्ण सम रोए । त्यसपछि त्यस लहरले नेपाल राष्ट्र ढाक्यो र क्रमशः नेपालीसाहित्य बोलिने सारासंसासरमा यो बेहोराको सम्प्रेषण भयो ।
File Under:
नेपाली ईतीहास
0 टिप्पणियाँ: