मध्यान्हको १२ बजेको छ । चर्को घाम लागिरहेको छ । गर्मीपना बढ्दो छ । शरीरबाट पसीनाका धारा बगिरहेको छ ।
मध्यान्हको उज्यालोमा पनि मधुरो रुपमा एउटा घर झाडीभित्र देखिन्छ । धेरैले अड्कल गर्छन्, यतै कतै तिर हुनुपर्छ नन्दप्रसादको घर । सडक छोडेर पाँच कान्ला तल झरेपछि झाडीभित्र जस्ताले छाएको एउटा पुरानो भत्कीन लागेको घर देखिन्छ ।
तहरा छैन । नजिकैको पर्खालको ढुङ्गा झिकेर लगिएको जस्तो देखिन्छ । सडकबाट घरको आँगनसम्म पुग्न तीन मिनेटजति लाग्यो ।
चारकोसे झाडीजस्तै भएको छ अहिले नन्दप्रसादको घर अनि उनको आँगन । झाडी छल्दै छल्दै पिढींमा पुगियो । घरमा दुईवटा ढोका छन् । एउटा मूल, अर्को कोठाको ढोका ।
मूलढोकामा लगाएको साँचो खियाले खाएको छ । कोठाको ढोकामा केही लेखिएको जस्तो देखियो ।
एकछिन घोत्लिएर हेरें । लेखिएको रहेछ, ‘आपतकालीन जीवनको दीर्घकालीन सम्झना के.पी.।’
यतिबेलासम्म गाउँले सबै नन्दप्रसादको घरको आँगनमा आइसकेका थिए । उसो त उनीहरु नन्दप्रसादको कान्छा छोराको २०६१ साल जेठ २४ मा तत्कालीन माओवादीले हत्या गरेपछि त्यो आँगनमा टेकेका थिएनन् ।
स्थानीयमध्येका एक भन्दै थिए, ‘यति नजिक घर भएपनि म पहिलो पटक यो आँगनमा टेकेको ।’ उनले नन्दप्रसाद आफै घर छाडेर गएको दावी गर्दै भने, ‘कान्छो छोरो कृष्णे मरेको केही महिनापछि गाउँलेसँग झगडा भएको थियो । त्यसपछि २०६३ साल पुसको १० गतेजस्तो लाग्छ, नन्दप्रसाद घरबाट भागेको । नन्दप्रसाद र उसको स्वास्नी गंगामाया भागेपछि उनीहरुले पालेको १३ वटा बाख्रा घरसँगैको खोरमा र चारवटा भैंसी तल्लो गराको गोठमा मरे । बाख्राको टाउकोको हड्डी चैं त्यहीं खोरमा छ ।(फोटोमा) भैंसी मरेपछि दुर्गन्ध भयो, अनि पुलिस बोलाएर ऊ.. त्यो छेउमा खाल्डो खनेर गाडिदियौं ।’
यो भनाइ फूजेलका नन्दप्रसाद र गंगामाया अधिकारीको घरमा भेला भएका एमाओवादी निकट गाउँलेको हो । गोरखाका मानव अधिकारकर्मी र पत्रकारको संयुक्त टोलीसँग शुक्रबार उनीहरुले यस्तो धारणा राखे ।
मानव अधिकारकर्मी र पत्रकार गाउँ आउने थाहा पाएका एमाओवादीले गाउँमा उर्दी लगाएर नन्दप्रसादको आँगनसम्म पुग्न गाउँलेलाई लगाएका स्रोतको भनाइ छ ।
नन्दप्रसादको घरमा यसअघि नगएकाहरू अकस्मात एकपछि अर्को गएपछि नन्दप्रसादको घर नजिकै रहेकी उनकी आफ्नै दिदी सुभद्रा तिवारीले भनिन्, ‘२०६३ सालदेखि नन्दप्रसादको घरमा कोही आएको देखेको थिइन, आँगनभरी घाँस उम्रिएको छ । झाडी भएको छ । त्यँही झाडी टेक्न आज सबै गाउँले आए । म त दंग परेको छु । नन्दप्रसादको घरका १३ वटा बाख्रा र भैंसी मर्दा नआएका गाउँलेहरू पत्रकार र मानव अधिकारकर्मी आएको पत्तो पाएर घरभरी भएका छन् ।’
नन्दप्रसादले आफ्नो कान्छा छोरा कृष्णप्रसादको हत्यामा संलग्न रहेको भन्दै गाउँका ११ जनालाई किटानी जाहेरी दिएपछि त्यहाँका माओवादी कार्यकर्ताले नन्दप्रसादकी दिदी सुभद्रा तिवारीलाई पनि कृष्णप्रसादको हत्या आरोपीमध्ये ‘तिमी पनि एक हौ’ भनेर भ्रम फैलाएको छ ।
‘यहाँका गाउँलेहरूले नन्दप्रसादले मेरो नाममा पनि किटानी जाहेरी दिएको छ भनेर भ्रम फैलाएका छन्’ सुभद्राले भनिन्, ‘माओवादीले गल्ती लुकाउन म विरुद्ध गाउँभरी यस्तो हल्ला फैलाएका छन् । उनीहरूले आरोपी ११ जनालाई झुठ सावित गर्न मेरो सपोर्ट खोजिरहेका छन् । तर, म झुटको पछि लाग्दिन । मलाई धम्की पनि दिएका छन् । यतिन्जेल एक्लै बसें, अब किन गाउँलेसँग डराउने?’
पत्रकार र मानवअधिकारकर्मीसँग केही पनि नबोल्न त्यहाँका माओवादीले धम्की दिएको उनले बताइन् ।
पत्रकार र मानवअधिकारर्की नन्दप्रसादको घर आएको थाहा पाएपछि आँगनमा भेला भएकाहरूले कृष्णप्रसादको हत्या तत्कालीन माओवादीले गरेकाले त्यसको समाधान अहिलेको सरकारले दिनुपर्ने बताए । पुनस्र्थापनाका लागि सहयोग गर्ने एमाओवादी निकटका रुद्र पन्तले बताए ।
एकीकृत नेकपा माओवादीले नन्दप्रसादको घरमा गएर पत्रकार र मानवअधिकारकर्मीलाई पक्राउ परेका रामप्रसाद अधिकारीको निसर्त रिहाइ हुनेगरी समाचार लेखिदिन पत्रकारलाई आग्रह गरेका थिए ।
अखिल क्रान्तिकारी र वाइसीएलले पत्रकारको वरीपरी गएर स्थानीयसँग प्रश्न गर्न अबरोध पु¥याएका थिए ।
‘फूजेलबासीको समाचार कान्तिपुरको फ्रन्ट पेजमा अनि एभिन्यूजमय र हिमालयमय बनाउनुपर्छ’ त्यहाँका रमेश अधिकारीले भने, ‘फूजेलका जनताको पीडा लेखिदिनुस् पत्रकार मित्रहरु, नन्दप्रसादको मात्रै कति लेख्नुहुन्छ, फूजेलका जनताको चै मानवअधिकार हनन भएको छैन ?’
यसैबीच पत्रकार र मानवअधिकारर्कीले भात खाएको स्थानीय एक होटलका पुगेर त्यहाँको होटल साहूलाई धम्की दिए एमाओवादी कार्यकर्ताले ।
नन्दप्रसादकी दिदी सुभद्रा तिवारीसँग नन्दप्रसादको घरको बारेमा जिज्ञासा राख्न अबरोध गरे उनीहरूले ।
एमाओवादी कार्यकर्ता, अखिल क्रान्तिकारी र वाइसीएल जम्मा पारेर सँगैको चौतारोमा भाषण गरे ।
कृष्णप्रसादको हत्या फूजेलका जनताले नगरेको र फूजेलमा पनि घटना नभएकाले हत्याको जिम्मा लिने एमाओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराईलाई थुन्न चुनौती दिए । ‘सक्छौ भने प्रहरीहरु प्रचण्ड, बाबुरामलाई थुन’ उनीहरुले भने, ‘जाबो प्रचण्डको कार्यकर्तालाई किन हिरासतमा थुन्छौ ?’ उनीहरुले रामप्रसाद अधिकारीको निशर्त रिहाईको माग गरे ।
नन्दप्रसादको घर वर्र्षौदेखि मर्मतसम्हार नुहुँदा जीर्ण भएको छ । घरका दुईवटा ढोका मक्किएका छन् । छाना चुहिने भएको छ ।
गोरखाका मानवअधिकारकर्मी र नन्दप्रसादका आफन्तले अहिलेकै यही अवस्थमा पुर्नस्थापना गर्न नसकिने बताएका छन् ।
नन्दप्रसाद अधिकारीकी दिदी सुभद्रा तिवारी
नन्दप्रसाद अधिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारी सुत्ने कोठाको ढोकामा कृष्णले लेखेका हरफहरु, ‘आपतकालीन जीवनको दीर्घकालीन सम्झना ।’
नन्दप्रसाद अधिकारीले पालेको तर खाना नपाएर खोरमै मरेको बाख्रा को हड्डी । घरबाट बिस्थापित भएपछि १३ वटा बाख्रा र ४ वटा भैंसी गोठमै मरेका थिए ।
मानव अधिकारकर्मी र पत्रकार फूजेल आएको थाहा पाएपछि भेला भएका स्थानीय । भेलाहुनेहरु सबै एमाओबादी कार्यकर्ता हुन् ।
मानव अधिकारकर्मी र पत्रकार फूजेल आएको थाहा पाएपछि भेला भएका स्थानीय । भेलाहुनेहरु सबै एमाओबादी कार्यकर्ता हुन् ।
यो सामाग्री नेपाली आवाज डटकम बाट लीइएको हो।।।।।
5 टिप्पणियाँ:
Nanda Parsad Adhikari ta yeuta partinidhi patra matra hun.Yestai ra yo bhanda pani kahali lagda dherai dherai ghatana haru pidit sangai dabiyeka chhan dabaiyeka chhan.Dukhko kura yesko chhan bin kunai pani sarkar le garna khojena.
This shows that Nepal is still in dark age. I do not see any consciousness in Nepalese people.
मानवता शुन्य फुजेलको शब्द चित्र पढेर दिल दुख्यो | कुनै दल बिशेषको आड डर त्रासमा बर्षौ सम्म दुखीको दैलो नटेक्ने समुदाय मानव हुन् कसरि भन्नु | अधिकारी परिवार माथि जुनकुनै कारणले कुनै दल बिशेष अपराध जान्दा जान्दै खनिए पनि पशुहरुले कुन दलविशेष संग दुश्मनी साँधेका थिएर फुजेलका आफुलाई मान्छे भन्ने हरुले दाम्लोमै पशु मर्नु पर्ने अवस्था आयो ...राज्यले अपराधी समाउन र कारबाही गर्न त सक्दैन ..चाहदैन ..कमसेकम पशुको गलाको दाम्लो खोल्न त सक्थ्यो नि |..र अर्को कुरा लेखक मित्र काखका बच्चा देखि लट्ठी टेक्ने तस्बिरमा देखिएका फुजेलवासीको निधारमा दल बिशेष को टीको नलगाई दिएको भए अझ राम्रो हुन्थ्यो नि | तस्बिरमा देखियक कतिपय अनुहार लाग्छ यो घटना भन्दा निकै पछी जन्मिएका हुन् ||
Nepal ko paribes ma kura garne ho vane junsukai partyko janma hos jastosukai sidhanta bokera aawos kasaile kehi laxarpato lagaudaina kina ki sabai jiudo manxe swarthi hunda raixan
'अनसन कहिले सम्म सरकार???'
आश्वासनको बोट देखाइ
अन्याय यहाँ फलाउने भो,
नन्द प्रशाद गगां माया
न्याय खोज्दै बिलाउने भो ।
टुलु टुलु हेर्ने सरकारको
मन कहिले पलाउने हो??
अपराधिलाई चोर पुलिस
कहिले सम्म खेलाउने हो??
अब,
सरकार एउटा अडान लेऊ
सक्छौ न्याय दिलाइ देऊ
नत्र अनसन तोडाई देऊ
आज समाई अपराधि
भोलि फेरि छुटाई देऊ ।
न्यायको धागो चुडाइ
नखोज चङ्गा उडाउन,
दिर्घकालिन अनसन
किन सकेनौ तोडाउन??
कि पर्खि बसेका हौ
राष्ट्रिय झण्डा ओडाउन??????
नत्र पहल किन छैन
अनसन तोडाउन?
-'स्वप्नील'