Showing posts with label बहादुर. Show all posts
Showing posts with label बहादुर. Show all posts

हा हा हा 'पिसाब फेर्नुस्, एक रुपैयाँ लैजानुस्'

दारेचोक, (चितवन)- तपाईंले पिसाब फेरेबापत कहिल्यै पैसा पाउनुभएको छ? बरु २ देखि ५ रुपैयाँसम्म तिर्नुभएको पो होला। तर, पृथ्वी राजमार्ग छेवैमा चितवन, दारेचोक–७ पुग्नुभयो भने तपाईंले पिसाब फेरिदिएबापत उल्टै एक रुपैयाँ पाउनुहुनेछ। स्थानीय श्रीरेन्द्रप्रकाश पोखरेल आफ्नो चर्पीमा पिसाब फेरिदिनेलाई विगत ६ वर्षदेखि पैसा दिइरहेका छन्।
यसरी संकलित पिसाब मलका रूपमा बिक्री गरेर उनी पनि पैसा कमाउँछन्। नबिकेको पिसाब आफ्नै करेसाबारीको तरकारी खेतीमा प्रयोग गरेर पोटाँस, युरियाजस्ता मलमा खर्च हुने पैसा जोगाउँछन्।
पिसाब संकलनका लागि उनको घर, कार्यालयमा मात्रै होइन, अहिले गाउँभरि नै आधुनिक प्रविधिका चर्पी छन्। यस्तो प्रविधिलाई 'इकोसान' भनिन्छ। अनि यो प्रविधिका स्थानीय अगुवा उनै ५० वर्षीय पोखरेल हुन्। दारेचोक–५ को माझागाउँ माविका प्रधानाध्यापक उनले २०६४ सालमा नेपाल सरकारले प्रअहरूलाई दिएको सरसफाइसम्बन्धी तालिमबाट यो प्रविधि सिकेका थिए। 'तालिममा ४५ मिनेट सरसफाइ, खुला दिसामुक्तिका फाइदाबारे सिकाइएको थियो। त्यही बेला इन्जिनियर नवलकिशोर मिश्रले सिकाएको प्रविधि मैले प्रयोगमा उतारेको हुँ,' पोखरेलले भने।
पिसाब फेर्नेलाई एक रुपैयाँ दिने अभियान चलाईएको चितवन दारेचोक ७ मा रहेको सौचालय।
दिसापिसाब जम्मा हुने गरी अन्य स्थानका भन्दा फरकखाले प्यान प्रयोग गरिएका छन्, त्यहाँका चर्पीमा। दिसापिसाब छुट्टाछुट्टै ठाउँमा जम्मा हुन्छ। 'तरकारी, फलफूलका लागि चाहिने पोटाँस, युरिया, फस्फोरसको काम युरिनले गर्छ,' पोखरेलले भने, 'मानिसको पिसाबमा युरिनको मात्रा सबैभन्दा धेरै हुन्छ। यसले रासायनिक मलको तुलनामा कयौं गुणा बढी काम गर्छ।' पिसाब संकलनका लागि फरक–फरक प्यान भएको चर्पी पोखरेलको सेवा नेपाल कार्यालयमा छ। यसरी संकलित पिसाब तीन सातासम्म बन्द भाँडोमा राख्ने र त्यसपछि प्रयोग गरिने उनले जानकारी दिए।
२०६५ सालतिर अभियान सुरु गर्दा उनलाई स्थानीयले साथ दिएका थिएनन्। सुरुमा उनले विद्यालयवरपरका पाँच घरधुरीलाई पिसाबको फाइदाबारे बुझाए। संकलन तरिका सिकाएर आवश्यक चर्पी निर्माणमा सघाए। अहिले उनको टोल र वडा मात्रै होइन, दारेचोक गाविसका १६ सयमध्ये ७ सय घरमा पिसाब संकलन गर्न मिल्ने चर्पी छ। अभियान सुरु गर्नुअघि बनेका पक्की घरमा पनि शौचालयमा जर्किन, ड्रम राखेर सोलीमार्फत पिसाब संकलन गरिँदै आएको छ। रासायनिकभन्दा यसखाले मलले तरकारी तथा फलफूल खेती सप्रिएपछि किसान उत्साहित भएका हुन्। पोखरेल भन्छन्, 'पहिले त श्रीमतीले नै साथ दिन्नथी। एक्लै थिएँ। अहिले त जम्मा भएको पिसाब कसैलाई बाँडे उल्टै गाली गर्छे।'
गाविसमा इकोसान अभियान विस्तारका लागि पोखरेलले २०६७ देखि तीन वर्ष बेतलबी बिदै लिएका थिए। सरकारी सेवाबापत पाउने सबैखाले बिदा पिसाब संकलन अभियान प्रवर्द्धन गर्दैमा सके। बिदापछि जागिरमा फर्किएको केही समयमै उनको पेन्सन भयो। अहिले पूरै समय इकोसान प्रविधिलाई देशव्यापी बनाउने अभियानमा जुटेका छन्। 'अवकाशपछिको जीवनमा मेरो उद्देश्य भनेकै देशभरिका किसानलाई यो प्रविधि सिकाउनु हो,' पोखरेल भन्छन्, 'अहिले विस्तारै माग बढेको छ, तालिम दिनुपर्यो भन्ने धेरै छन्।'
केही वर्षअघि उनी पृथ्वी राजमार्गछेवैमा शौचालय बनाएर यात्रुको पिसाब संकलन गर्थे। तर, सडक विस्तारका क्रममा शौचालय भत्किएको थियो। अहिले उनी नयाँ योजनासाथ राजमार्गछेउमै पिसाब संकलन केन्द्र बनाउने योजनामा छन्। इकोसान प्रविधिबारे सर्वसाधारणलाई प्रशिक्षण तथा परामर्श दिन 'द सेवा नेपाल' नामक संस्था खोलेका छन्। जहाँ बोर्ड टाँगिएका छन्– 'पिसाब फेर्नुस्, एक रुपैयाँ लैजानुस्।' त्यहाँ पुग्न हाइवेबाट एक किलोमिटर हिँड्नुपर्छ।
इकोसान प्रविधिको प्रवर्द्धनबापत पोखरेल वातावरणीय क्षेत्रका विभिन्न संघसंस्थाबाट सम्मानित समेत भइसकेका छन्। अहिले उनको गाउँमा छिमेकीहरूबीच पिसाबको पैँचो चल्छ। एउटाको घरमा जम्मा भएको पिसाब आवश्यक परेका बेला छिमेकीलाई दिने र पछि सापटी तिर्ने चलन छ। पोखरेल भन्छन्, 'पिसाब फेर्नेलाई एक रुपैयाँ दिँदा नाफा छैन तर अभियानलाई निरन्तरता दिन र प्रविधिको महत्व बुझाउन यसो गरेको हुँ।'
source: http://nagariknews.com/society/nation/story

"बन्जी जम्प "को रोमान्स..विश्वका १० अग्ला "बन्जी जम्प" हरु भिडियो तथा फोटो साहित

   नेपाललाई अब सगरमाथाको देश भनेर चिनाइराख्नु पर्दैन, बुद्ध जन्मेको देश भनेर चिनाइराख्नु पर्दैन, नेपालमा त्यस्ता धेरै कुरा छन् जसले नेपालको महिमालाई परपरसम्म गुञ्जायमान पार्छन् । नेपाल विश्वमै साहसिक कार्यका रूपमा रहेका हिमाली पदयात्रा, माउनटेन फ्लाइट, प्याराग्लाइडिङ, रकक्लाइम्बिङ, र्‍याफ्टिङ, बन्जी जम्पलगायतका क्षेत्रमा राम्रो सम्भावना बोकेको मुलुक पनि हो । नेपालको भौगोलिक बनावट र प्राकृतिक सुन्दरता पनि अचम्मको छ । त्यसैले हामीलाई संसारमा अरूभन्दा पृथक र बेग्लै परिचय दिइएको छ ।
साथी हरी कृष्ण दवादी बन्जी जम्प गर्दै

            नेपाल साहसिक खेलहरूको गन्तव्य स्थलका रूपमा परिचित छ । जसमध्ये एक हो, बन्जी जम्पिङ । बन्जी जम्पिङ भन्नासाथ हामी भोटेकासीको नाम लिन्छौँ किनकि यो खेल नेपालको भोटेकोसीमा खेलाइन्छ ।
          काठमाडौंबाट करिव एक सय किलोमिटरको दूरीमा रहेको भोटेकोसी प्राकृतिक दृष्टिले पनि रमणीय छ । नेपालमा भएका नदीहरूमध्ये सबैभन्दा हिंस्रक मानिने भोटेकोसी दुई  ठूला पहाडको बीचबाट नागबेली आकारमा बगेको छ । सिन्धुपाल्चोक जिल्लामा रहेको यो नदी पर्यटनका हिसाबले पनि निकै महत्वपूर्ण छ । काठमाडौंबाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोसीमा बन्जी जम्पिङ गरेर, तिब्बतको सिमानामा रहेको तातो पानीमा नुहाएर एकै दिनमा काठमाडौं र्फकन सकिन्छ । बिहान सबेरै काठमाडौंबाट हिँड्यो भने करिब डेढ घण्टामा दोलालघाट पुग्न सकिन्छ । दोलालघाटबाट अरू डेढ घण्टामा बाह्रबीसे हुँदै भोटेकासी पुग्न सकिन्छ ।
            सामान्य शारीरिक परीक्षणपछि योग्य ठहरिनेलाई कम्मर र खुट्टामा विशेष किसिमको बेल्ट बाँधिन्छ । त्यसपछि उक्त बेल्टलाई लामो तन्किने डोरीमा जोडिन्छ । जब जम्परलाई पुलको जम्प गर्ने भागमा लगिन्छ तब सुरु हुन्छ खेलाडी र दर्शकको बेजोड हुटिङ । जम्पर हात हल्लाउँछन् दर्शकलाई, अनि हाम फाल्छन् भोटेकोसीकमा । पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा एक सय मिटरसम्म मात्र जम्प गराइन्छ । जम्परले जम्प गर्दा आफ्ना हात फैल्याउँदै चराका पखेँटाझैँ फिजाउँदाको अनुभव नै छुट्टै हुँदो हो ।





          भोटेकोसीमा बन्जी जम्पिङको सम्पूर्ण व्यवस्था मिलाएको छ, द लास्ट रिसोर्टले । नेपालमा बन्जी जम्पिङको सुरुवात गर्ने उद्देश्यले यो रिसोर्टले सर्वप्रथम २०५८ सालमा उक्त नदीमा झोलुङ्गे पुलको निर्माण गरेको हो । करिब ४८ लाखको लागतमा निर्माण गरिएको भनिएको उक्त पुलले बन्जी जम्पिङ खेललाई नेपाल प्रवेश गराउन मद्दत मात्र गरेन स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि महत्वपूर्ण काम गर्‍यो । करिब ६ घण्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याइदियो यो पुलले ।
           एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लाग्छ । आफ्नो आम्दानीको एक प्रतिशत रकम स्थानीय विकास निमार्ण लगाउने द लास्ट रिसोर्टले अहिलेसम्म स्थानीयस्तरमा विभिन्न निर्माणका काम गरिसकेको छ । गाउँघरमा बाटोघाटो, खानेपानीको व्यवस्था, विद्यालय भवन, स्वास्थ्य चौकी निमार्ण लगायतका सामाजिक काम गरिदिएको छ यो रिसोर्टले । केही विदेशी र केही नेपाली नागरिक मिलेर सञ्चालन गरेको यो रिसोर्ट पर्यटनको माध्ययमबाट समाजसेवा गर्न चाहनेका लागि राम्रो प्रेरणाको स्रोत बनेको छ । 

विश्वका १० अग्ला "बन्जी जम्प" हरु (World 10 highest Bungee jumps) 

नाभाजो ब्रिज, अमेरिका (१४२ मिटर)
Navajo Bridges, USA (142 m) 

TEN (10)

http://nayayatri.blogspot.com/
Add caption

पेरिन ब्रिज, अमेरिका (१४८ मिटर) 
Perrine Bridge, USA (148 m)
NINE (9)
http://nayayatri.blogspot.com/ 
पोंटे कोलोस्स, इटाली (१५२ मिटर)
Ponte Colossus, Italy (152 m)
EIGHT (8)
http://nayayatri.blogspot.com/ 
भोटेकोशी नदी, नेपाल (१६० मिटर) 
Bhote Koshi River, Nepal (160 m)
SEVEN (7)
http://nayayatri.blogspot.com/
 निऔक् ब्रिज, स्विजरल्याण्ड (१९० मिटर)
Niouc Bridge, Switzerland (190 m)
SIX (6)
http://nayayatri.blogspot.com/
 यूरोपाब्रक ब्रिज, ऑस्ट्रिया (१९२ मिटर)
Europabrücke Bridge, Austria (192 m)
FIVE (5)
http://nayayatri.blogspot.com/
ब्लोक्रन्स ब्रिज, द. अफ्रीका (२१६ मिटर)
Bloukrans Bridge, South Africa (216 m)
FOUR (4)
 http://nayayatri.blogspot.com/
भर्जस्का ड्याम, स्विजरल्याण्ड (२२० मिटर)
Verzasca Dam, Val Verzasca, Switzerland (220 m)
THREE (3)
 
मकाउ टावर, मकाउ चिन (२३३ मिटर)
Macau Tower, Macau China (233 m) 
TWO (2)
http://nayayatri.blogspot.com/ 
रोयल ग्रोज ब्रिज, अमेरिका (३२१ मिटर)
Royal Gorge Bridge, USA (321 m)
ONE (1)
http://nayayatri.blogspot.com/
pictures:networkedblogs

साँच्चै "बहादुर"को अर्थ यो हो त???????

हामी नेपाली नेपाल आमाका बीर सन्तान अनि गोर्खाली "बहादुर" भनेर गौरभ गर्छौ। पृथ्वीनारायण शाह, बलभद्र कुँवर, बहादुर शाह, भिमशेन थापा लगायतका लाखौं बीर हरुले कुनै बेला ईतिहासमा नेपाली जनता, नेपालराष्ट्र, नेपाली राष्ट्रीयता माथी औला उठाउने बिदेशि शक्तिमाथि देखाएको पराक्रम बहादुरीको उपजनै "बहादुर" हो भनेर बुझिन्छ। शब्दकोषमा हेर्ने हो भने पनी "बहादुर" भनेको अडिग,निडर,पराक्रामी,कार्यसम्पादन मा दक्ष भन्ने नै देखिन्छ।यो कुरा भयो "बहादुर" भनेर बुझ्ने हरुको हकमा।
कुरा वास्तबिक अर्थनै नबुझि लहलहैको भरमा "बहादुर" शब्द माथिनै घृणा गर्नेहरुको गरौं।खाडी मुलुकमा केहि बर्ष यता बाट प्रसस्थ नेपालीहरु बैदेशिक रोजगारीको क्रममा भित्रीने गरेका छन जसमा पनि एक हुँ।शिक्षित, अर्ध शिक्षित, सक्षर देखि नीराक्षर सम्मका नेपालीहरु खाडीमा बिबिध पेशामा कार्यरत छन।भाग्य अनि आफ्नो दक्षता अनुशार खाडीको मरुभुमि देखि गगनचुम्वि महल सम्म प्राय सबैखालका कामहरुमा नेपालिको स्ंलग्नता रहेको छ। नेपाली अर्थ तन्त्रको महत्वपुर्ण हिस्सा ओगटेको बैदेशिक रोजगारीको क्रममा नेपलीहरु उँट, भेडा चराउने देखि लीएर बिभिन्न कम्पनि हरुमा, मुदीरहरुको घरमा, बैंकहरुमा, होटल ब्यबशाय लगायत ग्यास, तेल खानि हरुमा बिभिन्न जोखिमपुर्ण काममा प्रसस्थै देख्न पाईन्छ। बिडम्बनाको कुरा खाडि राष्ट्रहरुमा बुझेर वा नबुझेर नेपालीहरु माथि "बहादुर" शब्दको उपमा लगाएर प्रसस्थ अपमान अनि घृणाको दृष्टिले हेर्ने गरेको मैले देखेको अनि भोगेको पनि छु।
पुगनपुग एक दशकको खाडी बसाईको क्रममा हजारौं अन्तराष्ट्रीय मानिश हरुसँग हेलमेल भयो। बिभिन्न देशका नागरिक हरुले नेपाली हरुलाई बास्तविक नाम वा ब्यक्तिगत नाम भन्दापनी "बहादुर" भनेरनै बोलाउने गर्छन।प्रसंग उठेको बेलामा केहि ब्यक्ति हरुसँग मैले "बहादुर"को बारेमा उनिहरु को बुझाइ वा धारणा बुझ्ने मौका मिल्यो।उनीहरुको तर्क बहादुर मुक माफि(दिमाग नभएको), माफिमालुम(काम गर्न नजान्ने) लेब्रा (मजदुर), सबसे कचडा कामकर्ने वाला(सबै भन्दा निच वा फोहोरि काम गर्ने मान्छे) भन्ने थियो। समय भयसम्म मैले वास्तबिकता बुझाउने प्रयास पनि गरेँ कतिले बुझे महान अर्थ बोकेको शब्द अनि नेपाली प्रतिको घृणा बोधपनि गरे भने कतिले आफ्नै ब्याख्या लाई साँचो ठान्दै बिभिन्न झुटा उदाहरण समेत प्रस्तुत गरे। महान ईतिहास साथै सम्पुर्ण नेपालिहरुको एकमात्र पहिचान बोकेको गौरभशालि अतितको पर्याय शब्द "बहादुर" प्रति केहि नजान्ने मान्छे, बुद्दि नभएको, फोहोरि कामगर्ने जस्तो पदवि झुण्याइँदा कुन नेपालिको चित्त नदुख्ला ? सरसफाईमा कामगर्ने, सडक मजदुर अथवा अदक्ष्य, कमसल खालको जुनसुकै काम गर्ने भारतियनै भएपनि "बहादुर"को उपमा दिईनुले बहादुर कुनै श्रेष्ठ कामको पर्याबाचि नभैई निच, सानो घृणित कामको उपज बनाइएको प्रष्ट हुन्छ। स्मरण रहोस आजको स्वार्थि संसारमा काम जस्तो सुकै भएपनि सानो ठुलो हुँदैनभन्ने आदर्शको नारा मात्र भएको अबश्था छ। अधिकंश हामि नेपाली दाजुभाई हरुको बास्तबिक नामसँग गासिएर आउने बहादुर शब्दले कहिलेकाहिँ परीचय पत्र वा पासपोर्टमा नामको पछाडि बहादुर देखेपछि उनिहरुको क्षमता,प्रतिभा,अनि अनुभबको मापन नै नगरि अदक्ष्य,लेबर काममा भर्ति गर्ने चलनले बास्तबमै ग्लानी समेत हुन्छ ।हुनत हामी बिदेशमा कामगर्ने नेपालीहरु सच्चा बहादुरको वास्तबिक अर्थ बुझाउन सैद्दान्तिक ब्यबाहारीक रुपबाट समेत प्रस्तुत हुन तत्पर नहुनाले पनि झनै अपब्याख्या भ्रमले जरा गाड्दै गएको छ।केहि दिन पहिले दोहाको नेस्नलको सडक किनारा बाट गुज्रदै थिएँ ,भारतीय मुलको एउटा ट्याक्सी ड्राईभरले नजिकैका नेपाली दाजुलाई "बहादुर" भनेर के बोलाएको थियो किनहो कुन्नि नेपाली दजुको पारो तात्यो मेरो न्वारन खाईतिस् ? आदि इत्यादि भनेर यति गालि गरेकि जुन शब्द मैले यहाँ राख्नु सान्दर्भिक ठानिन। तसर्थ कसैले बुझेर वा बुझेर दिएको श्रेष्ठता लाई केहि नेपालिले ग्रहण गर्न नसकेको अबस्था छ।
अन्तमा हामी नेपाली वास्तबमै बीरका सन्तान हौं। निडर,स्वाभिमानि,अनि स्वाभलम्बि नेपाल आमाका भुमि पुत्र हौं। हिजो पुर्खाले आर्जेको श्रेष्ठताको पदवि "बहादुर" लाइ संरक्षण गर्नु,निरन्तरता दिनु,अनि बास्तविक "बहादुर"को सहि अर्थ सैद्दन्तिक ब्यबाहारीक रुपमा पहिचान गराउन हामि आफ्नै ज्ञान,बुद्धि,शिप,अनुभब बिबेकको प्रयोग गर्नु आबश्यक छ। हाम्रा पुर्खाले तर्बार खुकुरि अनि भाला चलाएर गोर्खालि बहादुरको नामले चिनिएका थिए भने अब कलम चलाएर एक्काएसौं सताब्दिको उपजको रुपमा हामि नेपाली कलमबीर अनि सच्चा"बहादुर"को नामले बिश्व जगतमा प्रस्तुत हुन सके भ्रम पालेर हामि बहादुर हरु प्रति घृणा गर्ने कुअर्थ लगाउने अथवा अपब्याख्या गर्नेहरुको दिमागमा घाम कसो नलाग्ला ??????????????????