Showing posts with label गाउँ बदल्ने सूत्र. Show all posts
Showing posts with label गाउँ बदल्ने सूत्र. Show all posts

मोदीले नेपालीमा भाषण गर्दा....

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदको वैठकलाई सम्बोधन गर्ने क्रममा नेपाली भाषामा मन्तव्य सुरु गरेका छन् । आफ्नो लिखित नेपाली मन्तव्यमा उनले आफू धेरै बर्ष अघि नेपाल आएको र फेरि आउन पाउदा हषिर्त भएको बताए ।

उनले गरेको नेपाली मन्तव्यको अंश :
नेपाल आउन पाएकोमा अत्यन्तै हषिर्त छु । धेरैधेरै बर्षअघि एक पथिक यात्रीको रुपमा आएको थिए । यो भनाई छ कि, एकपटक तपाईंले एक पटक नेपालको भ्रमण गर्नुभयो भने यो जीवन पर्यन्त सम्बन्धमा बदलिन्छ । यस सुन्दर देशको साथीको रुपमा म फेरि फर्केर आएको छ । प्रधानमन्त्रीको हैसियतमा पुन आउन पाउदा वास्तवमै मैले भाग्यशाली महसुस गर्छु । यो यस्तो यात्रा थियो जुन म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्ने वित्तिकै गर्न चाहन्थे किनकी हाम्रो नेपालसंगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्येको हो । निमन्त्रणा गर्नु भएकोमा म सरकारर नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु ।

हा हा हा 'पिसाब फेर्नुस्, एक रुपैयाँ लैजानुस्'

दारेचोक, (चितवन)- तपाईंले पिसाब फेरेबापत कहिल्यै पैसा पाउनुभएको छ? बरु २ देखि ५ रुपैयाँसम्म तिर्नुभएको पो होला। तर, पृथ्वी राजमार्ग छेवैमा चितवन, दारेचोक–७ पुग्नुभयो भने तपाईंले पिसाब फेरिदिएबापत उल्टै एक रुपैयाँ पाउनुहुनेछ। स्थानीय श्रीरेन्द्रप्रकाश पोखरेल आफ्नो चर्पीमा पिसाब फेरिदिनेलाई विगत ६ वर्षदेखि पैसा दिइरहेका छन्।
यसरी संकलित पिसाब मलका रूपमा बिक्री गरेर उनी पनि पैसा कमाउँछन्। नबिकेको पिसाब आफ्नै करेसाबारीको तरकारी खेतीमा प्रयोग गरेर पोटाँस, युरियाजस्ता मलमा खर्च हुने पैसा जोगाउँछन्।
पिसाब संकलनका लागि उनको घर, कार्यालयमा मात्रै होइन, अहिले गाउँभरि नै आधुनिक प्रविधिका चर्पी छन्। यस्तो प्रविधिलाई 'इकोसान' भनिन्छ। अनि यो प्रविधिका स्थानीय अगुवा उनै ५० वर्षीय पोखरेल हुन्। दारेचोक–५ को माझागाउँ माविका प्रधानाध्यापक उनले २०६४ सालमा नेपाल सरकारले प्रअहरूलाई दिएको सरसफाइसम्बन्धी तालिमबाट यो प्रविधि सिकेका थिए। 'तालिममा ४५ मिनेट सरसफाइ, खुला दिसामुक्तिका फाइदाबारे सिकाइएको थियो। त्यही बेला इन्जिनियर नवलकिशोर मिश्रले सिकाएको प्रविधि मैले प्रयोगमा उतारेको हुँ,' पोखरेलले भने।
पिसाब फेर्नेलाई एक रुपैयाँ दिने अभियान चलाईएको चितवन दारेचोक ७ मा रहेको सौचालय।
दिसापिसाब जम्मा हुने गरी अन्य स्थानका भन्दा फरकखाले प्यान प्रयोग गरिएका छन्, त्यहाँका चर्पीमा। दिसापिसाब छुट्टाछुट्टै ठाउँमा जम्मा हुन्छ। 'तरकारी, फलफूलका लागि चाहिने पोटाँस, युरिया, फस्फोरसको काम युरिनले गर्छ,' पोखरेलले भने, 'मानिसको पिसाबमा युरिनको मात्रा सबैभन्दा धेरै हुन्छ। यसले रासायनिक मलको तुलनामा कयौं गुणा बढी काम गर्छ।' पिसाब संकलनका लागि फरक–फरक प्यान भएको चर्पी पोखरेलको सेवा नेपाल कार्यालयमा छ। यसरी संकलित पिसाब तीन सातासम्म बन्द भाँडोमा राख्ने र त्यसपछि प्रयोग गरिने उनले जानकारी दिए।
२०६५ सालतिर अभियान सुरु गर्दा उनलाई स्थानीयले साथ दिएका थिएनन्। सुरुमा उनले विद्यालयवरपरका पाँच घरधुरीलाई पिसाबको फाइदाबारे बुझाए। संकलन तरिका सिकाएर आवश्यक चर्पी निर्माणमा सघाए। अहिले उनको टोल र वडा मात्रै होइन, दारेचोक गाविसका १६ सयमध्ये ७ सय घरमा पिसाब संकलन गर्न मिल्ने चर्पी छ। अभियान सुरु गर्नुअघि बनेका पक्की घरमा पनि शौचालयमा जर्किन, ड्रम राखेर सोलीमार्फत पिसाब संकलन गरिँदै आएको छ। रासायनिकभन्दा यसखाले मलले तरकारी तथा फलफूल खेती सप्रिएपछि किसान उत्साहित भएका हुन्। पोखरेल भन्छन्, 'पहिले त श्रीमतीले नै साथ दिन्नथी। एक्लै थिएँ। अहिले त जम्मा भएको पिसाब कसैलाई बाँडे उल्टै गाली गर्छे।'
गाविसमा इकोसान अभियान विस्तारका लागि पोखरेलले २०६७ देखि तीन वर्ष बेतलबी बिदै लिएका थिए। सरकारी सेवाबापत पाउने सबैखाले बिदा पिसाब संकलन अभियान प्रवर्द्धन गर्दैमा सके। बिदापछि जागिरमा फर्किएको केही समयमै उनको पेन्सन भयो। अहिले पूरै समय इकोसान प्रविधिलाई देशव्यापी बनाउने अभियानमा जुटेका छन्। 'अवकाशपछिको जीवनमा मेरो उद्देश्य भनेकै देशभरिका किसानलाई यो प्रविधि सिकाउनु हो,' पोखरेल भन्छन्, 'अहिले विस्तारै माग बढेको छ, तालिम दिनुपर्यो भन्ने धेरै छन्।'
केही वर्षअघि उनी पृथ्वी राजमार्गछेवैमा शौचालय बनाएर यात्रुको पिसाब संकलन गर्थे। तर, सडक विस्तारका क्रममा शौचालय भत्किएको थियो। अहिले उनी नयाँ योजनासाथ राजमार्गछेउमै पिसाब संकलन केन्द्र बनाउने योजनामा छन्। इकोसान प्रविधिबारे सर्वसाधारणलाई प्रशिक्षण तथा परामर्श दिन 'द सेवा नेपाल' नामक संस्था खोलेका छन्। जहाँ बोर्ड टाँगिएका छन्– 'पिसाब फेर्नुस्, एक रुपैयाँ लैजानुस्।' त्यहाँ पुग्न हाइवेबाट एक किलोमिटर हिँड्नुपर्छ।
इकोसान प्रविधिको प्रवर्द्धनबापत पोखरेल वातावरणीय क्षेत्रका विभिन्न संघसंस्थाबाट सम्मानित समेत भइसकेका छन्। अहिले उनको गाउँमा छिमेकीहरूबीच पिसाबको पैँचो चल्छ। एउटाको घरमा जम्मा भएको पिसाब आवश्यक परेका बेला छिमेकीलाई दिने र पछि सापटी तिर्ने चलन छ। पोखरेल भन्छन्, 'पिसाब फेर्नेलाई एक रुपैयाँ दिँदा नाफा छैन तर अभियानलाई निरन्तरता दिन र प्रविधिको महत्व बुझाउन यसो गरेको हुँ।'
source: http://nagariknews.com/society/nation/story

अब स्मार्ट होम

घर पनि स्मार्ट ? मोबाइल, टिभी, घडीलगायतका डिभाइस स्मार्ट भइरहेका बेला घर मात्र कसरी अछुतो रहला र ! घरलाई स्मार्ट बनाउने प्रविधिको विकास गरेका छन् इलेक्टि्रकल, इलेक्ट्रोनिक्स र कम्प्युटरका विद्यार्थीले ।



तपाईं बिहान मिटिङमा जानु भएको छ । मिटिङ सकिन ढिला भयो । घर फर्केर अफिस जानु पर्ने । खाना पकाउनै छ । चिन्ता नलिनुस् । बिहानै चामल भिजाइओरी राइसकुकर बिजुलीको प्लगमा जोडेर छाड्नुस् । लाइन भने अफ राख्नुस् । मिटिङबाट निस्कनुअघि मोबाइलबाटै राइसकुकर अन गर्ने अर्डर गर्नुस् । घर पुग्दा खाना पाकिराखेको हुन्छ । खानुस्, कार्यालय जानुस् ।

ट्यांकीमा पानी सकिएको छ । लाइन दिउँसो २ बजे आउँछ । त्यतिखेर तपाईं अफिसमा हुनुहुन्छ । कार्यालय बिदा लिएर आउनु कि पानी तान्ने मोटर जोडेर छाड्नु ? दुवै कुरा तपाईंका लागि असंभवजस्तै छ । पख्नुस् । कार्यालयबाटै मोटर चलाएर ट्यांकी भर्न सक्नु हुन्छ ।

घरबाट निस्कँदा वत्ती, फ्यान अफ गर्न बिर्सनु भयो ? फर्केर आउन तत्काल असम्भव होला ? साँझ घर र्फकन ढिला भयो । घरमा बत्ती बाल्नु पर्ने । यस्ता समस्या हरेक घरले भोगेको हुन्छ । ती सबै कुराको समाधान छ नेशनल कलेज अफ इन्जिनियरिङका केही प्रमोद खड्का र समिरा शर्माको स्मार्ट होम प्रोजेक्टमा ।

मोबाइलमा एउटा एप्स डाउनलोड गर्नुस् । घरमा माइक्रो कन्ट्रोलरसँग आवश्यक स्वीचलाई कनेक्ट गर्नुस् । त्यस कन्ट्रोलरसँग इन्टरनेट भने जोडिएको हुनु पर्छ । त्यसपछि मोबाइलमा भएको एप्सबाट गरिएको अर्डर अनुसार कन्ट्रोलरले सबै डिभाइसमा बिजुली अन/अफ गरिदिन्छ । 'घरबाहिरै रहेर घरमा भएका सबै विद्युतीय सामग्री मोबाइलबाटै नियन्त्रण गर्ने गरी प्रविधि विकास गरेका हौं,' खड्काले भने, 'यसलाई हरेक घरमा प्रयोगमा ल्याउँदा, समय, श्रम र खर्चको बचत हुन्छ ।' स्मार्ट फोन नहुनेले कम्प्युटरबाटै घरका इलेक्ट्रोनिक्स नियन्त्रण गर्न सकिने गरी उनीहरूले वेव पेजको डिजाइनसमेत गरेका छन् ।

पुल्चोक इन्जिनियरिङ कलेजका इलेक्टि्रकल, कम्प्युटर र इलेक्ट्रोनिक्स डिपार्टमेन्टमा अध्ययनरत विद्यार्थीले हरेक बर्ष आयोजना गर्ने प्रविधि मेला (लोकस) मा ती दुईको प्रोजेक्ट अरु विद्यार्थीसँग प्रतिस्पर्धा गर्दै थियो । आयोजकले यस बर्षको मेलाको थिम दिएका थिए 'घरघरमा प्रविधि ।'

थिम अनुसार आफ्नो इन्नोभेसन पस्किएका थिए काठमाडौं इन्जिनियरिङ कलेजका अभिषेक महर्जन, विजयकुमार थिङ, प्रदीप महर्जन, शतीष बज्राचार्य र राहुल बज्राचार्यको समूहले पनि । उनीहरूको प्रोजेक्ट होम अटोमेसनले इन्टरनेटमार्फत मोबाइल/कम्प्युटरबाट घरमा रहेका विद्युतीय सामग्री चलाउने सुविधा दिन्छ नै । यस अतिरिक्त घरको सुरक्षामा समेत सघाउँछ ।

'हामीले मोबाइलबाटै घरको ढोका खोल्ने प्रविधि विकास गरेका छौं,' थिङले भने, 'आफू  घरबाहिर बस्दा कोही घरमा आए उसको भिडियो खिचेर घरधनीलाई पठाउने व्यवस्थासमेत यसमा छ ।' सिंहदरबारलगायत ठूलो कम्पाउन्ड भएका भवनमा अध्यारो भएपछि आफैं विजुली बल्ने र उज्यालो भएपछि अटोमेटिक अफ हुने प्रविधि उनीहरूले विकास गरेका छन् । घरमा आरजिवि लाईट जडान गरेर घन्टै पिच्छे त्यसको कलर चेन्ज गर्ने व्यवस्था मिलाउन सकिने अर्का प्रोजेक्ट डेभलपर अभिषेकले बताए ।

पुल्चोक इन्जिनियरिङकै प्रबल लिगल, रुपेश प्रजापति, प्रदीप बज्राचार्य र प्रसुन श्रेष्ठले डेभलप गरेको होम अटोमेसन सिस्टममा मोबाइल वा कम्प्युटरमा रहेको वेव ब्राउजरबाटै घरायसी सामग्री नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि इन्टरनेट र उनीहरूले विकास गरेको इथरनेट बेस होम अटोमेसन सिस्टम आवश्यक पर्छ । 'यस सिस्टममा इन्टरनेट ब्राउजर चलाउन सकिने जुनसुकै डिभाइसबाट घरायसी इलेक्टोनिक्स कन्ट्रोल गर्न सकिन्छ,' लिगलले भने । त्यही कलेजकै अविसा थापा मगर भने आवाजबाटै इलेक्टि्रोनिक्स डिभाइस कन्ट्रोल गर्न सकिने प्रोजेक्ट देखाउँदै थिइन । उनले हेडफोनमा भएको माइकबाट कुन बत्ति अन/अप गर्ने अर्डर गर्थिन, त्यसैअनुसार बत्ति निभ्ने/बल्ने गथ्र्यो । 'हाम्रो प्रोजेक्टले हिँडडुल गर्न नसक्ने अपाङ्ग, बुढाबुढीलाई विद्युतीय सामग्री कन्ट्रोल गर्न सघाउँछ,' उनले भनिन् । मगरले अनुप शाक्यसग मिलेर यस्तो प्रविधि विकास गरेकी हुन् ।

यी भए घरलाई स्मार्ट बनाउने इनोभेटिभ प्रविधि । यस्ता ३५ वटा प्रोजेक्ट मेलामा राखिएको मिडिया कोअर्डिनेटर गिरिश पाण्डेले जानकारी दिए । मेलामा त्यसबाहेक अरु २५ वटा फरक खालका प्रोजेक्ट थिए । पुल्चोक क्याम्पसकै रुची श्रेष्ठ, सतेन्द्र शाक्य, श्रेया बैद्य र सुभ्रतराम जोशीले डेभलप गरेको स्मार्ट सिकर मोवाइल एप्सले आफ्नो लेकेसन ट्रयाक गर्दै त्यहाँ रहेका बेला आवश्यक सामग्री नोट गरेर राख्न सकिने, आफ्ना साथीहरूको लोकेसन ट्राक गर्ने सुविधा दिन्छ । सोही कलेजकै संदीप उपाध्याय, राजन गौतम र जगदीश गौतमको स्मार्ट नोटवुकले पढ्ने विद्यार्थीदेखि लेखकसम्मलाई कहिल्यै कपी कलम प्रयोग गर्नै नपर्ने गरी ल्यापटप, डेस्कटप, ट्याब्लेटलाई स्मार्ट नोटबुकमा परिवर्तन गरिदिन्छ ।

आफूले पढ्दा हासिल गरेको ज्ञानलाई ब्यवहारमा उतारेर देखाउन पुल्चोक क्याम्पसका इलेक्ट्रोनिक्स, इलेक्ट्रीकल र कम्प्युटरका विद्यार्थीले हरेक बर्ष यस्तै मेला गर्दै आएका छन् । 'अव घरलाई स्मार्ट बनाउनु पर्छ भनेर यस बर्ष मेलाको थिम स्मार्ट होम राखिएको हो,' आयोजक कमिटीको मिडिया कोअर्डिनेटर पाण्डेले भने, 'प्रतिस्पर्धामा निकै उत्कृष्ट प्रोजेक्ट आए ।'  लगानीकर्ता आए नेपालमा विकास भएका प्रोजेक्टलाई व्यवसायीक उत्पादन गरेर हरेक घरलाई स्मार्ट बनाउन सकिने उनको अपेक्षा छ ।
source :-http://www.ekantipur.com/np/2071/3/14/full-story/391542.html

ल्वाङ घलेलको अर्को पहिचान क्यानोनिङ

पोखराबाट करिब २७ किलोमिटर टाढाको ल्वाङघलेलको घलेल गाउँमा क्यानोनिङ (पानीको छहरामा डोरीमा झुण्डिएर रमाउने खेल) को सुरु गरिएको छ । पोखरा सहित ल्वाङघलेल गाउँको पर्यटन प्रवद्र्धन गर्नका लागि घट्टेखोलाको कुदीछहरालाई क्यानोनिङस्थलको रुपमा विकास गर्न गाउँले कस्सिएका हुन् । साहसिक पर्यटक आकर्षण गर्नका लागि सुरु गरिएको क्यानोङिको शनिबारदेखि औपचारिक सुरुवात गरिएको छ ।
पर्यटकीय दृष्टिले ओझेलमा परेको यो छहरालाई क्यानोनिङस्थलको रुपमा उपयोग गर्दै विदेशी पर्यटक भित्रयाउने प्रयास गरेको ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्माले बताए । केहिदिनदेखि यसको परिक्षण गरिएको भएपनि शनिबारदेखि औपचारिक रुपमा यसलाई सुरुवात गरिएको हो । एकसय ७ मिटर अग्लो कुदीछहरामा सुरु गरिएको क्यानोनिङले ल्वाङ र आसपासका गाउँमा विदेशी र साहसिक पर्यककको आगमन बढ्नेमा स्थानीयबासि आशावादी छन् । ‘
पोखरामा क्यानोनिङ शुरु
बौद्धसिर्जन युवा क्लवका अध्यक्ष राम गुरुङले भने, ‘नयाँ गन्तब्यले यो गाउँको मुहार फेर्ने हाम्रो विश्वास छ । मर्दीहिमालको पदयात्रामार्गमा पर्ने यो क्यानोनिङस्थलको नजिकैको ल्वाङ गाउँको होमस्टे सेवा पनि यसले प्रवद्र्धन गर्नेमा आफुहरु आशावादी भएको गुरुङले बताए । नेपाल क्यानोनिङ एशोसिएनसका अध्यक्ष कर्णबहादुर लामाका अनुसार ग्रामिण पर्यटन प्रवद्र्धन गर्नका लागि क्यानोनिङ निकै नै प्रभावकारी माध्यम हो । हिमाली क्षेत्रमा मात्र साहसिक पर्यटकीय गतिविधि भईरहेकोमा यस्ता पुर्वाधारले ग्रामिण क्षेत्रको प्रवद्र्धनका लागि पनि सघाउने उनले बताए ।
सरकारी नियम नहुँदा अहिलेसम्म क्यानोनिङले औपचारिकता पाएको थिएन । तर तीनमहिना अघि बनेको पर्यटन नीतिले यसलाई सम्बोधन गरेको छ । उनका अनुसार नेपालमा अहिलेसम्म वर्षमा ५ सय जति विदेशी पर्यटक क्यानोनिङ गर्न आउँछन् । फ्रान्स, इटली, स्पेन, ब्राजिलका साहसिक पर्यटक बढि मात्रामा क्यानोनिङ गर्न रुचाउँछन् । क्यानोनिङ गर्दा एकदिनको १ सय अमेरिकीडलर सम्मको शुल्क तिर्नुपर्ने लामाले बताए ।
लामाका अनुसार सन् २००७ देखिमात्र नेपालमा क्यानोनिङ सुरु भएको हो । लम्जुङमा मात्र क्यानोनिङका ९ वटा स्थल छन् । २०११ मा लम्जुङको स्याँगेमा अन्तर्राष्ट्रियस्तरको क्यानोनिङ प्रतियोगिता भएको थियो । त्यसबाहेक मनाङका नार, सिन्धुपाल्चोकको भोटेकोशी, नुवाकोटको ककनी, काभ्रेमा पनि क्यानोनिङ गरिन्छ । ल्वाङमा सुरु भएपछि क्यानोनिङस्थलका लागि कास्की छैटौ जिल्ला भएको छ ।
पोखरामा क्यानोनिङ शुरु
canning (1)
पोखरा आफैमा सुन्दर ठाउँ हो । विश्वका मानिसहरु पोखरा आएपछि एक सुन्दर र रमणीय ठाउँमा आएको महशुस गर्दछन् । पोखरामा ताल तलैया, प्याराग्लाईडिङ, गुफा र झरनालाई एकै शहरमा हेर्ने र आनन्द लिन पाईन्छ । पर्यटकहरुमा पोखरा प्रतिको आर्कषण त छदैछ त्यस माथिपनि क्यानोनिङ खेलको लागि पनि पोखरा उचित गन्तव्य भएको छ ।
cananing 2
पछिल्लो समय कास्की जिल्लाको ल्वाङघलेल गाविसमा सञ्चालन गरिएको यो साहसी खेलले पर्यटकको मन तान्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक पोखरा आएपछि क्यानोनिङका लागि आकर्षित हुने गरेको यसका संचालकहरु बताउँछन् ।
छहराबाट झरेको पानीसँगै डोरीमा झुण्डीएर गरिने क्यानोनिङ खेलबाट मनोरञ्जन पर्यटकहरुले फरक किसिमको अनुभूति र मनोरञ्जन लिन सकिने भएर पर्यटकहरुको आर्कर्षण यस खेल तर्फ बढेको क्यानोनिङ खेल एक सञ्चालल राम गुरुङ बताउँछन् 
पछिल्लो समय दैनिक नेपाली तथा विदेशी क्यानोनिङ खेल्नको लागि आाउने गरेका छन् । यस क्षेत्रमा क्यानोनिङका लागि आवश्यक गाईडको ब्यवस्था गरिएको छ । सुरुमा यस खेलको बारेमा जानकारी नभएपनि पछिल्लो समय मानिसहरुले चासो राखेकोले पोखरा र नेपालका अन्य क्षेत्रमा यो खेलको आर्कर्षण र सम्भावना देखिएको छ ।
के हो क्यानोनिङ ?
पानीको छहरामा डोरीको सहायताले माथिबाट तल आउने खेल हो क्यानोनिङ । यो खेल साहसीक खेल भएकाले सबै उमेरका मानिसहरुले खेल्न सक्दैनन । खासगरि अग्लो छहरामा पानीसँगै तल झनुपर्ने भएकाले हेर्दा जोखिम पुर्ण पनि देखिन्छ ।
क्यानोनिङ खेलको बारेमा यसका सञ्चालक राम गुरुङ भन्छन्, ‘यो खेलमा खासै गोखिमपूर्ण हुँदैन् जो कोहीले पनि खेल्न सक्छन् तर आत्मबल चाहिन्छ ।’
‘हनि हन्टीङ’ खेलबाट सुरु हो क्यानोनिङ, नेपालमा क्यानोनिङकै यसको इतिहाँस चाही खासै लामो छैन् तर ‘हनि हन्टिङ’ भने नेपालका एक समुदायको पुरानो पेशानै हो । 
पोखरामा हाल सञ्चालनमा आएको क्यानोनिङ खेलमा १६० मिटर अल्को छहराबाट क्यानोनिङ गर्ने सकिन्छ । यद्यपि पहिले यो खेल ४५ मटिरबाट ७५ हुँदै १६० मिटरसम्म पुर्याइएको हो ।
क्यानोनिङका लागि पुगेका नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारीले क्यानोनिङ पछि पानिमा खेल्नुको मजा नै बेग्लै हुने बताए । यो खेल एक पटक खेलेपछि मानिसहरु अर्को पटक पनि आउने उनको विश्वस छ । पनिको छहरामा डोरी लिएर खस्दा डर लागेपनि प्रकृतीसँग डुबुल्की मारेजस्ता अनुभुति भएको अधिकारीले बताए |
canning (2)
canning (3)
source;ganthan.com

ल्वाङघलेलमा उत्पादित आल्मण्डको माग तीव्र"गाउंँमा बसेको भए पनि आफूहरूको विकास गर्ने नयांँ मोडेल अब सफल हुने "अध्यक्ष बाबुराम गौतम

नेपालको पहिलो व्यावसायिक आल्मण्ड खेती र त्यस संँग सम्बन्धित परियोजना अब कहानी मात्रै बनेन, सत्य साबित बन्न थाल्यो । कास्की जिल्लाको ल्वाङघलेल गाबिसबाट सुरु गरिएको आल्मण्डको व्यवसायिक खेती नेपालका दुर्गम जिल्लाहरूमा समेत फैलिन लागेको छ । लगानी गर्न अरू ठाउंँका व्यवसायी भन्दा पोखराका उद्योगी व्यवसायीहरूले बढी चासो देखाएका छन् तापनि पर्वत, म्याग्दी, गोरखा, जाजरकोट, रोल्पा र दोलखाका उद्यमीहरू लगानीको लागि आकर्षित भएका छन् । धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका अम्बर बहादुर गुरुङ भन्छन् ‘आल्मण्डको शेयर लिन खुल्ला गरिएपछि नेपालका विभिन्न शहरबाट व्यवसायीहरूको सहभागिता बढ्दै गएको छ ।’ उनले आफूलाई मन परेको कारण यसमा लगानी गर्न तम्सिएको बताएका छन् ।
कास्की जिल्ला स्तरीय कार्यक्षेत्र भएको मर्दी हिमाल कृषि सहकारी ल्वाङघलेलले आफ्नो परामर्श र तालिमको सेवा निकट भविश्यमा नेपालका अन्य जिल्ला र गाउंँहरूमा समेत थाल्ने जानकारी आल्मण्ड अध्ययन समूहका संयोजक तथा अग्रज पत्रकार कुसुम केशव पराजुलीले बताएका छन् । व्यावसायिक आल्मण्ड खेतीमा पोखरा उद्योग वाणिज्य संघले सहकार्य गर्ने अग्रसरता देखाए पछि उक्त परियोजनामा व्यवसायीहरूको चासो झनै बढेको र शेयर खरिद गर्नेहरुको संख्यामा बृद्धि भएको बताईन्छ । पोखरा उद्योग वाणिज्य संघले संस्थागत चासो लिनुका अतिरिक्त त्यसका पदाधिकारीहरूले व्यक्तिगत रूपमा परियोजनाको शेयर खरिद गरे पछि यो ‘क्रेज’ बढ्दै गएको छ ।




आल्मण्ड परियोजनासंँग जोडिएका अन्य परियोजनाले ल्वाङ्घलेलको भविष्य पनि उज्ज्वल बन्दै गएको छ । प्राप्त जानकारी अनुसार पोखरा स्थित माछापुछ्र्रे सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण ल्वाङको चिया बगान र आल्मण्ड फार्मबाट सुरु गरेको छ । संस्थाका संरक्षक तथा समाजसेवी हेडम्बराज पराजुलीले सहकारीहरूले अब कृषि उद्यमशिलतालाई प्रोत्साहन गर्नु पर्छ भनेर उक्त ठाउँंमा अवलोकन भ्रमण राखेको बताए । संरक्षक पराजुलीले गाउंँलेहरूले सुरु गरेको यस्तो कार्यप्रति निकै खुसी व्यक्त गरे । अहिले कोलेलीबासीहरूलाई विरुवा रोप्न भ्याई नभ्याई छ । आल्मण्डको बिरुवा रोप्ने कार्य भैरहेको अवस्थामा पोखराबाट युवा व्यवसायीहरूको एउटा टोली ल्वाङघलेल पुगेर विरुवा रोप्ने कार्यलाई प्रोत्साहन गर्दै थियो ।


मर्दी हिमाल कृषि सहकारीका सदस्य मञ्जु बरालका अनुसार यो परियोजना आल्मण्डको व्यवसायिक खेतीका अतिरिक्त जैविक विविधता, कृषि, स्वास्थ्य पर्यटन जस्ता विषयसमेत गाँसिएर आएको हुनाले नै व्यवसायीहरूको चासो बढेको हो । यो परियोजनाका लागि अहिले जग्गा उपलब्ध गराउन ल्वाङ घलेलका किसानहरू जति लालायित देखिन्छन् उति तीव्र गतिमा परियोजना अगाडि बढिरहेको देखिन्छ । जैविक चिया उत्पादनको रूपमा विश्वमा परिचित कास्की जिल्ला, ल्वाङको कोलेलीमा अहिले २ हजार मुढामा सीताके च्याउ र पदमचालको नर्सरी पनि सुरु हुंँदै छ । स्थानीय कृषक र पोखराका व्यवसायीहरूको संयुक्त प्रयासमा सञ्चालित उक्त कार्यक्रमलाई समेत नेपाल सरकार र मर्दीहिमाल कृषि सहकारीका प्राविधिकहरूले सघाइरहेका छन् ।
पोखरामा परियोजना कार्यालय खुली सकेको कारण यस बारे बुझ्न दैनिक पन्ध्र बीस जना आउने गरेका छन् । म्याग्दी जिल्ला सहकारी संघका देबराज सुबेदी बताउंँछन् ‘आफ्नो क्षेत्रमा व्यवसाय सञ्चालन गरेता पनि नेपालमा पहिलो हुँदै गरेको व्यावसायिक आल्मण्ड खेती अगुवा बन्दै गएकामा खुशी छु ।’ सहकारीको माध्यमबाट खेती गरिने भएता पनि त्यसको आवश्यकता अनुसार बाटो बनाउन, भवन निर्माण गर्न, आवश्यक उपकरणहरू खरिद गर्न, जैविक उद्यान निर्माण गर्न, व्यावसायिक जैविक कृषि र पर्यटन क्षेत्रको स्थापना र विकास गर्न निजी क्षेत्रलाई आव्हान गरिंँदै छ । यस्को गृह कार्य आरम्भ गरिएको कुरा पोउवासंघका अध्यक्ष सञ्जिव बहादुर कोइराला बताउंँछन् । उनको भनाइ उद्धृत गर्दै अध्ययन समूहका सदस्य तथा पृथ्वी नारायण बहुमुखी क्याम्पसका सहप्राध्यापक वीर बहादुर कार्की भन्छन् ‘अध्यक्षले पोखरादेखि भारतका पर्यटन व्यवसायीसंँग समेत अन्तरक्रिया गरि रहनु भएको छ ।’
अमेरिका, भारत, जर्मन र बुल्गेरियाका विशेषज्ञहरूले आल्मण्डको नेपाली प्रजाति विकास गर्ने चासो दिइरहेका छन् । विदेशी वरिष्ट विशेषज्ञसंँग परामर्श हुंँदै गरेको र  उनीहरूमध्य केही नेपाल आईसकेको कुरा कैलास विकास बैंकका संस्थापक तथा आल्मण्ड परियोजनाका एक लगानीकर्ता विनोद चन्द्र बरालले बताए । सो कार्य सम्पादन गर्न काठमाडौंँस्थित एसइएस जर्मनीका प्रतिनिधि हरिहर सुबेदीले सघाएका छन् । सहकारीका अध्यक्ष बाबुराम गौतमले गाउंँमा बसेको भए पनि आफूहरूको विकास गर्ने नयांँ मोडेल अब सफल हुने बताउंँछन् । सहकारीका सचिव कृष्ण प्रसाद दवाडीका अनुसार अहिले आल्मण्ड रोप्ने समय हो । भू.पू. ब्रिटिस गोर्खा सेना तथा वरिष्ट समाजसेवी डी.वी.शेरचनले कृषि क्षेत्रमा अब लगानी गर्न पछाडि पर्न नहुने र आफ्नो गाउंँमा यस्तै अन्य केही गर्न सकिन्छ कि भनेर विरुवा रोप्न आएको बताए ।

source:http://www.samadhan.com.np/?p=6539
           http://eadarsha.com/wp-content/uploads/2014/07/Ashar-24-2071.pdf 

चराझैं प्याराग्लाइडिङमा उड्दा (फोटोफिचर)



सहासिक खेलको परिचय बनेको प्याराग्लाईडिङ पोखरामा पर्यटक तान्ने गतिलो माध्यम बनेको छ । १५ वर्षअघि व्यवसायिकरुपमा सुरु प्याराग्लाईडिङ खेलले पोखरामा पर्यटकहरुको आगमनमा समेत बृद्धि गराएको छ । केही वर्षयता प्याराग्लाईडिङमा उड्नकै लागि सुन्दर नगरी पोखरा आउने पर्यटकहरु बढ्दै गएका छन् ।मौसम अनुकूल रहेको समयमा पोखराको आकाशमा दैनिक ५ सयजना पर्यटकले उडान भर्ने गरेका छन् । केही वर्ष अघिसम्म पोखरा आएकामध्ये करिव १५ प्रतिशत पर्यटकको रोजाई प्याराग्लाईडिङ पर्ने गरेको थियो । अहिले सो संख्या बढेर २५ प्रतिशत पुगेको छ ।पोखरा घुम्न आउने आन्तरिक पर्यटकमध्ये करिव ७० प्रतिशतले प्याराग्लाईडिङमा रमाउने गरेका छन्,

 पर्यटकहरुको आकर्षण बनिरहेको प्याराग्लाइडिङ खेलको लागि केही समययता उडान क्षेत्रको अभाव हुन थालेको छ । खेल सञ्चालन गर्न उडान अनुमति पाएको कास्कीको सराङ्कोट क्षेत्रमा उडान गर्ने आकाशको कमी हुन थालेपछि सो स्थानको वैकल्पिक क्षेत्र खोजीकार्य शुरु भएको हो ।पोखरामा सन् १९९६ बाट सुरु भएको प्याराग्लाईडिङ खेल १७ वर्षको अवधिमा आन्तरिक तथा बाहृय पर्यटकमाझ निकै लोकपि्रय बनेको छ । पोखरामा हाल २० वटा प्याराग्लाईडिङ कम्पनीले आन्तरिक तथा बाहृय पर्यटकलाई उडाईरहेका छन् ।
प्याराग्लाईडिङमा नागरिक उड्ययन प्राधिकरणले दिएको क्षेत्रभित्र ६ हजार फिटमाथि सम्म उडेर रमाउन सकिन्छ । अहिले कास्कीको सराङकोटका साथै ढिंकी डाँडा, तोरीपानी, तनहुको बन्दीपुर र स्याङजाको सिरकोट लगायतका क्षेत्रबाट पनि प्याराग्लाईडिङ खेल सञ्चालन गरिएको छ । सरकारले भने कास्कीको सराङकोट र तनहुको बन्दीपुरबाट मात्र उडानको लागि अनुमति दिएको छ ।व्यावसायिकरुपमा उडान भर्न सोलो (एक्लै उड्ने) करिव ५ हजार घण्टा उडाउनु पर्छ । एक हजार घण्टा सोलो उडान गरेपछि मात्र टेन्डम उडानको लागि फेडेरेसन एरोनेटिक इन्टरनेश्नल -एफएआई) बाट मान्यता पाइन्छ । पाँच दिनको कोर्ष गरेर टेन्डममा -दुई जना उड्न) पाइन्छ । करिब ३० लाख रुपैयाँ खर्चेर मात्र व्यावसायिक प्याराग्लाइडिङ पाईलट बन्न सकिन्छ ।
प्याराग्यलाईडिङ गर्न फ्रान्स, जर्मनी र रसियाका नागरिकहरु बढी आउने गरेका छन् । प्यराग्लाईडिङ गर्न आउँदा ४ दिन बढी समय लागेर धेरै खर्च हुने भएपछि सोचेजति पर्यटकले यहाँ रमाउन सकेका छैनन् । पोखरासहित देशका अन्य भागमा पनि विस्तार गरेर यसलाई सुरक्षित र व्यवस्थित बनाउन सके नेपालको पर्यटन व्यवसाय फस्टाउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्य भुजेलले बताउनुभयो ।प्याराग्लाईडिङ गर्ने उयुक्त सिजन अक्टोबरदेखि अपि्रल महिना हुन् । कास्कीको सराङकोटबाट फेवातालको किनार खपौदीसम्मको करिब आधा घण्टाको उडानको लागि विदेशी पर्यटकले सय अमेरिकी डलर तिर्नुपर्छ भने नेपालीले प्रतिव्यक्ति ५ हजार ५ सय ५० रुपैया तिर्नुपर्छ । पोखरामा सञ्चालित २० वटा प्याराग्लाइडिङ कम्पनी करको दायरामा आएपछि उडान शुल्क पनि बढेको हो । प्याराग्र्लाडिङ उडान अनुमति दिंदा नागरिक उड्यन प्राधिकरणले ५० अमेरिकी डलर लिने गरेको छ ।

पोखरामा २० वटा प्याराग्लाईडिङ कम्पनी रहेको बताउँदै नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष राजेश बम्जनले ती कम्पनीमा डेढ सयजना नेपाली पुरुष पाईलट रहेका बताउनुभयो । ती कम्पनीमा करिब २५ जना विदेशी पाइलटहरु समेत कार्यरत छन् ।
 त्यस्तै गरेर कास्की जिल्लाको ल्वाङ घलेल गा बि स को ल्वाङ गाउ माथिको चियाबारी बाट पनि प्याराग्लाइडिङ गर्न सकिन्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् । 

प्रतिभा बोगटी पहिलो महिला पाईलट
करिव २ सयको हाराहारीमा रहेका पुरुष पाईलटहरुको बीचमा प्रतिभा वोगटीले व्यावसायिक रुपमा पहिलो नेपाली महिला प्याराग्लाइडिङ पाईलट बनेर उडान सुरु गरेकी छन् । सफल उडान गर्न थालेपछि पहिलो नेपाली प्याराग्लाइडिङ महिला पाईलटको रुपमा उनी आफ्नो परिचय बनाउन सफल भएकी छन् । प्याराग्लाईडिङ पाईलटहरुले मासिक एक लाख रुपैयाँ बढी तलव पाउने गरेका छन् ।








SOURCE:- http://www.onlinekhabar.com/2013/11/132969/

राम कहानीले त मनै भक्कानियो !!!

चर्चित ढुंगेल/अनन्त पोखरेल
कतारदोहा सहरदेखि झण्डै ७० किलोमिटर टाढा रहेको जमेलियाको मजरामा कार्यरत रामबहादुर नेपाली सात बर्षदेखि एउटै दैनिकी भोगिरहेका छन्। उनी विहान चार बजे बिउँझिन्छन्, उठ्छन्, हातमुख धुन्छन् र फ्रेस हुन्छन्। झण्डै वीस लिटर जाने जार साइकलको पछाडि बाँध्छन् र लाग्छन् दुई किलोमिटर टाढा रहेको एउटा मस्जिदमा चिसो पानी थाप्न। मालिकले ६ वर्षअगाडि मर्मत गर्न भनि लगेको कुलर नल्याइदिएपछि हरेक बिहान पानीको जोहो गर्न यसरी नै मस्जिदतिर भौँतारिने गरेको उनले सुनाए। उनी उखपात गर्मीमा पिचरोडको तातोमा साइकल पेल्दा हत्तुहैरान हुन्छन्। उनलाई गर्मी महिनाहरु नआइदिउन् जस्तो लाग्छ। फ्रिज छैन, भर्खर ल्याएको चिसो पानी एकाध घण्टामै तातिन्छ।
रामबहादुर र साथीहरु त्यही मजरामा पहिले सब्जी खेती गर्थे। मालिकले दिएको चामल हुन्थ्यो। ताजा सब्जी टिप्थे, पकाउँथे, खान्थे। तर अहिले घाँस खेती मात्रै छ। सब्जी किन्नुपर्छ। किन्दा खर्च हुन्छ। चामलबाहेक सवैथोक किन्नुपर्छ। चामल मालिकले दिन्छदुई जनालाई एक महिनाको एक बोरा। ६ सय रियाल तलव छ। त्यसबाट कति खानु? कति बचाउनु?
उनीसँगै एउटै काम गर्ने बंगलादेशी कामदारको भन्दा उनले सय रियाल कम तलव पाउँछन। विहान दुई सिफ्ट काम गर्छन्। मालिकको अर्को मजरामा तीन/चार हजार बाख्रा छन्, तिनै बाख्राका लागि रामबहादुर र अन्य तीन बंगलादेशी विहान साढे पाँच बजेदेखि साढे दस बजे र दिउँसो साढे दुई बजेदेखि साझ पाँच बजेसम्म घाँस काट्छन्, मुठो बाँध्छन्, बोकेर बाटासम्म ल्याउँछन् र राख्छन्। घाँस काट्ने तीनवटा मेसिन छन्। तीनै मेसिनमा घास टुक्रयाउँछन्। गाडि आउँछ, लोड गर्दिन्छन्। घाँसलाई पानी हाल्छन्। मल हाल्छन्।
उनको काम आठ घण्टा घाँससँग कुस्ती खेल्नु हो तर उनी आफ्नै लागि ओभरटायम गर्छन्। पुर्ख्यौली पेसा सिलाइबुनाइ उनलाई आउँछ। वरपरका मजरामा काम गर्ने नेपाली र ति नेपालीका सम्पर्कबाट चिनेका साथीभाइले नया“, उद्रेका लुगा लिएर आउँछन्। रामबहादुर सुलाइदिन्छन्, तुनिदिन्छन्, आइरन पनि लाइदिन्छन्। यसरी उनले सिलाएको, आइरन गरेको बाट महिनामा एक सय पचासदेखि तीन सय रियालसम्म बनाउँछन्। यत्ति पैसा बनाउन उनले हरेक दिन रात बाह्र, एक बजेसम्म जागै रहनु पर्छ।
मालिक हप्तैपिच्छे एकभारी लुगा लिएर आउँछ,’ थकित रामबहादुर भन्छन्, ‘आइरन लाइदिन्छु। कहिले पाँच रियाल दिन्छ। कहिले उहिले नै दिएको भन्छ। कहिले पछि दिउँला भन्छ।उनी निरासामिश्रित भावमा निःशुल्क ओभरटायम गर्नु परेको गुनासो सुनाउँछन्।
उनका आफ्नै दाजु जमेलियामा हाउस ड्राइभरथिए। उनैले लमजुङ्गका लालबहादुर भन्नेसँग पाँच सय रियालमा भिषा किनिदिएर रामबहादुर कतार आएका रहेछन्। दाजुले घरको पैसा घरमै राखेर आइज भन्यो, मैले काठमाण्डौंमा कान्छी भाउजुलाई भिषाको पैसाबापत पन्द्र हजार दिएर आएको। यता आएर कमाएर दे भनेको भए पनि त हुन्थ्यो नि। तर दाजुले किनेको भिषाको पैसा तिर्न म भाइले उतै ऋण खोज्नु पर्योआ’, रामबहादुरले दुखेको पोखे।
दुई बर्षसम्म उनले महिनाको चार सय रियाल तलव थापे। खानलाई एक सय एक्ट्रा पाउँथे। दुई बर्षपछि पचास रियाल तलब बढेर साढे चार सय भयो। उत्तीबेलै म विदामा नेपाल गएँ’, रामबहादुरले भने, ‘यता आएको साढे तीन बर्षपछि विदा पाएँ। छुट्टी काटेर आएपछि एक सय बढाइदियो। अहिले भर्खरै पचास रियाल बढाएर छ सय पुगेको छ।दुतावासले प्रमाणित गर्ने गरेको न्युनतम तलब (बेसिक नौ सय र खानको तीन सय रियाल)ले लाखौरामबहादुरलाई सम्बोधन नै गर्दैन।
एउटा बंगाली साथीले नेपाली बोल्छ। उनको पीरमार्का सुनाउने नजिकको मान्छे नै उही हो। बोल्ने कोही नभएर भाषा बिर्सिने अवस्था आउन दिएको छैन रहेछ बंगालीले।
उनी बर्षमा बढिमा दुईपटक दोहा आउँछन् पाँच, छ महिनामा पाएको एकमुष्ठ तलव पठाउन। अरु बेला सरसापटी पाउँदा अरुहरुलाई नै पैसा पठाउन लाउँछन्।
उनको हेल्थ कार्ड छैन। हेल्थ कार्ड नहुदा कुनै पनि अस्पतालमा उपचारमा छुट पाइदैन, प्राइभेट अस्पतालमा महङ्गो पर्छ, सरकारी अस्पतालमा भर्ना हुन मुस्किल हुन्छ। इन्सुरेन्स छ/छैन उनलाई थाहा छैन। कामको बेला केही भइहाले क्षतिपूर्ती नपाउने सम्भावना धेरै हुन्छ इन्सुरेन्स नभए। हुनेहरुको पनि कामदेखि बाहेकको समयको इन्सुरेन्सले कभर नै गर्दैन। सुतेको सुत्यै भएकाका परिवारले केही पनि पाउँदैनन्।
नुवाकोट चैनपुर बसोबास गर्ने हामी पूणर््ँरुपमा खेतीकिसानी गर्छाै। बुबा कतार गएपछि एक खलो खेत जोड्न भ्यायौ। परिवारमा हजुरबुबा, आमा, बुवा अनि दुई दाजुभाई र हामी तीन दिदीबहिनी छौ। जेठी दिदीको बिबाह भैसक्यो’, तीन महिनादेखि घर जान प्रतिÔारत रामबहादुरको परिवारसँग सम्पर्क गर्दा माइली छोरीले छोटकरीमा यति जानकारी दिइन्।
रामबहादुरका जेठा छोरा काठमाण्डौंको एउटा कलेजमा १२ कÔामा अध्ययनरत रहेछन्। अरु गाउँमै पढ्दै छन्।
आफ्ना वुवाले भोगिरहेको दर्दभरे कथानकबारे जानकारी दिएपछि रामबहादुरकी माइली छोरी भन्छिन्, ‘हामीलाई पढाउनको लागि बुबाले कतारमा बसेर दुःख गर्दै हुनुहुन्छ। हाम्रो परिवार ठूलो छ, चाडपर्व मान्न धनै चाहिन्छ। खेतीपातीबाट आफुलाई खान मात्र ठिक्क हुन्छ। घरब्यबहार चलाउन वुवाले विदेशमा दुःख गर्नुपरेको हो।
कस्तो अवस्थामा वुवाको अभाव महसुस हुन्छ?’ भनेर सोधेपछि उनले आङ्खना बुवा टाढा हुदा सधै अभाव महसुस हुने गरेको बताइन्। चाडबाडमा अझै नरमाइलो अनुभव हुने बताउँदै गर्दा उनको बोली रोकियो। फोनमा सुक्क सुक्क आवाज मात्र आइरह्यो।
माइली छोरीले एसएलसी दिए पनि पास भने गर्न सकिनछन्। अबको छुट्टिमा घर गएर तिनै छोरीको विवाह गरिदिने योजना रामबहादुरले सुनाए। जेठी छोरीको बिबाहमा समेत घर जान नपाएका उनी सात बर्Èको अवधिमा दोस्रोपटक घर जानेकोसिसमा रहेछन्। हरेक दुई बर्षमा कम्पनिको खर्चले आइजाइ गर्न पाउने नियमकानुन छ।
धेरैअघिदेखि परिवारसँग टाढा रहेका उनले यो पटक चाडै गरेर दशै“, तिहार मनाउँला भनेर सरसामान किनेर ठिक्क पारेका रहेछन्। परिवार उता घरमुली पखिर्ने, रामबहादुर यता ख्रुज(एक्जिट परमिट) र टिकट पखिर्ने। दुबैतिर पर्खाइमा बाटोभरि पोखिएका आखामा निरासाको तुवालो पोतिदिएर दशै“, तिहार बिदा भए तर पर्खाइमा अझै ति आखाहरु थाकेका छैनन्। यता रामबहादुरलाई मजबुत बक्सिसदिन्छु भन्दै तीन महिनादेखि अल्झाउँदै गरिदो रहेछ भने उता घरतिरकाले सोध्दा रामबहादुर टिकट आएनभन्दै अल्झाउँदै गर्दा रहेछन्। दुबैतिर आसाको त्यान्द्रो बाँकी छ। त्यही त्यान्द्रोले एकअर्कालाई बाँधेको छ। गम्भिर मुद्रामा रामबहादुर भन्छन्, ‘आखिर एउटा यहि आसा त रहेछ, जसले एकमुठी प्राण् धानेको छ।


source mysansar.com

मावोबादी बिरुद्ध फेशबुकका भित्ताहरु



सबै सामाग्री कपिगरिएको हो....


चुटकिला - एकै छिन हासौ ---------------------- चुनाब हारेपछि प्रचण्ड निरास भएर घर फर्केछन । बुढीले सम्झाई बुझाई गरिछ । अर्को दिन जे भो भै'गो लौ बजार गएर सब्जी किनेर ल्याऊ खानु त पर्यो भनेर बुढीले भनिछ । प्रचण्ड : जान्न भर्खर हारिएको छ । अरुले देखे भने आपत् पर्छ । बुढी : म त जान्न ,बरु मेरो सारी लगाएर जाऊ कसैले चिन्दैन । प्रचण्ड : लु त्यसै गर्नु पर्ला| बुढीको सारी लगाएर प्रचण्ड बजार निस्किन्छ । बजारमा समान किन्दै गर्दा एक जना बुढी आइमाई नजिक आएर सोधिछिन । आइमाई : प्रचण्ड जी तपाई यहाँ ..???? प्रचण्डले तर्सिंदै सोधेछन : कसरी चिन्नु भयो मलाई ?? आइमाई : कमरेड , म बाबुराम हो के .....
राजनीति रेखा थापा संग नाचे जस्तो हुदोरहेनछ ।
कम्रेडहरु मत परीणाम सुन्दासुन्दै अर्धचेत हुनुभएको छ भने , पेरिस डाडा स्थित हस्पिटलमा गएर भर्ना हुनुस त्यहाका डा.द्वारा नि -शुल्क उपचार गरिदै छ ...
Suneel Bhandaree with Ganesh Acharya and 2 others
सबै पार्टी का झण्डा देखीए ।

संबिधान सभामा आ-आफ्ना नाम लेखीए ।

बिचरा माओवादी घाम मा सेकिए ।
माओबादिलाई यसपाली पराजित
गरियो भन्दैमा काङ्ग्रेस र ऐमाले नमात्तिए हुन्छ।

जनताले मायाले जिताएका हैनन्, ज्यानमारा भन्दा चोर नै ठिक
थिए भनेर जिताएका हुन्।
एमाउवादी पार्टीले २०६४ को चुनाबमा भनेको थियो "अरुलाई हेर्यौ पटक पटक , हामीलाई हेरौ एकपटक "

जनताले एकपटक हेरिहाले नि ! पटक पटक हेर्नलाई त नारा खोई र ? हेर एकपटक भन्ने अनि ठुलो ठुलो स्वरले चिच्याउन त सुहाएन नि ! विदेशीसंग बिगत ३ वर्षमा सबैभन्दा बढी विवादास्पद भेटघाट र साठगाठ आफू गर्ने अनि जनताले हराएपछि बिदेशीको षड्यन्त्र भन्ने ?
जनताको घरको मकैभटमास खाएर गुन्द्रीको बास हुँदा जति तिम्रो शक्ति थियो त्यो लाजिम्पाट दरवारमा सुनको पलङमाथि बसेर तिमीले जातीय संघियताको बाँसुरी बजाएर जनतालाई मन लागिनलागी नचाउन खोज्यौ, हो त्यै कारणले तिम्रा मान्छे थोरै भए तर तिमी यसलाई षणयन्त्र भन्छौं भने तिमी अब के गर्छौ त ? बरु काशी जाऊ ।
एमाओबादी हार्नै पर्ने र हार्ने कारण
*********************
१-जातीयताको मुद्दामा देश टुक्राउने सोच
२-बोलिको ठेगाना नहुने प्रचन्ड
३-अर्कोको बुढी देख्नै नहुने नालायक छोरा
४-आफ्नो पार्टी को गल्ती नदेख्ने ------
५- बाहिर भारत को बिरोध ., भित्र गुलामी गर्ने----
६-एशिया कै भ्रस्ट हिसिला
७-लडाकुलाई वास्ता नगर्ने
८-जनता लाई गुलाम सम्झनु ।
९- एयरपोर्ट भारत लाई दिने सोच:
==================

राजनीतिभित्र सामन्तवाद संस्थागत गर्दै परिवारवादमा डुबेपछि यो अवस्थामा पुगिन्छ भन्ने निश्चित थियो ...........लेखनाथ न्यौपाने
१. निकारागुवा बनाउँछन भन्ने थाहा थियो । कम्तीमा यसपटक दोस्रो बनाएर तेस्रो पटकमा निकारागुवा बनाउँछन् कि जस्तो लागेको थियो तर त्यसो भएन । पुरै नजिती सशत्र युद्धवाट फर्केर आउने कम्युनिस्ट पार्टीलाई साम्राज्यवादले सिध्याउँछ भन्ने तथ्य माओवादीको एउटा हिस्साले पहिल्यै बुझ्यो र सतर्क बन्यो तर माओवादीको अर्को हिस्साले नबुझ्दा वा बुझेर बुझ पचाउँदा यो अवस्था आएको विषयलाई पुन गोलमाल नबनाऊ ।
२. बुद्धवादी बनेर जनयुद्धका उपलब्धी सबै विघटन गरेपछि, जनयुद्धको अन्त्य गरेर संसदीय व्यवस्थामा पर्केपछि, बनिबनाऊ पुरानो राज्यसत्ताभित्र गएर परिवर्तन सम्भव हुँदैन भन्ने माक्र्सवादी मान्यता विरुद्ध गएपछि, सामन्तवादी आर्थिक आधार नबदली क्रान्ति पुरा भयो भनेर संसोधनवादी बाटो समातेपछि, काँग्रेसएमालेले भन्दा पनि ठूला ठूला राष्ट्रघात गरेपछि, खास माओवादीहरुलाई पाखा लगाउँदै गैर माओवादीहरुलाई पार्टीमा हुले पछि, जनतालाई पुरै हेपेर रातारात मालिक बन्न खोेजेपछि, राजनीतिभित्र सामन्तवाद संस्थागत गर्दै परिवारवादमा डुबेपछि यो अवस्थामा पुगिन्छ भन्ने निश्चित थियो । यि सबै विषयलाई गम्भीर रुपमा लिएर जनताको सेवामा समर्पित हँुदै साँच्चैको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने हो आधार भत्किएको छैन । माओवादीहरुलाई चेतना भयाँ ।
डन न्युज नेशनल डेली आखिर एयरपोर्ट कमिशन काण्डका खलनायक राजकाजी गुरुङ करण पनि दोस्रो संविधान सभाको निर्वाचनमा पर्वत जिल्लाको क्षेत्र नं. २ बाट पनि हारेछन्। पोखरामा उठ्न नसकेर पर्वत पुगेका त्यहाँ पनि बिचल्ली भएछ यिनको



ShreeKanta Aryal मोटर साइकल को हावा खुस्क्याइनु त छैन नी बुदा मा ......बन्दुके हरू को स्खलित मानसीकता
छद्म रुप धारण गरि एस पेजलाइ गालि गर्ने मित्रहरुलाई सानो अनुरोध

ठुला ठुला आदर्श बोकेर अरुलाई अर्ति उपदेश दिन अगाडी अलिकति सोच्ने सक्ति हुनु पर्यो | कुनै पनि फेसबुक पेज को आडमिनको आइदेनतिती खुल्ला हुदैन | एस पेज अनि अरु सबै फेसबुक पगे पनि येस्तै छ अनि खुलाउनु पर्ने केहि बाध्येता र नियेम पनि छैन | कसैलाई एस बारे टेन्सन लिनु पर्ने कुरै छैन | चाहिने भन्दा जान्ने हुनु पर्ने जरुरत छैन |

माओबादी चोर होइन भने प्रचण्डले कसरि अरबौको सम्पत्ति बनायो? गाउका मान्छेहरुलाई झुटो आश्वाशन दिएर आफ्नो मात्र राशन पानी भर्ने काम गरियो | तपाई जस्ता सचेत नागरिकले कुन हेतुले माओबादीको पछि लाग्नु हुन्छ बुझ्न गार्हो छ | माओबादी चोर मात्र होइन त्यो भन्दा पनि घिनौना हत्यारा हो | हत्याराको पछि तपाई लाग्नुमा केहि स्वार्थ पो छैन? नत्र किन एस्तो हत्याराहरुलाई समर्थन गर्नु हुन्छ? एक चोटी त नेपालीहरुले भुलेर हताश र निराश्तामा माओबादीहरुलाई अवसर दिए तर पटक पटक आफुले भनेको कुरा भएन भने आन्दोलन मा उत्रिने धम्कि दिएर आम गरिब जनताको जीवन अस्त ब्यस्त बनाउने धम्कि दिदै जनताको चाहना भन्दा आफ्नो उत्तरोत्तर प्रगति गर्न सरकारमा बसेको सबैले अहिले राम्ररी बुझेका छन् |

अरु दलका नेताहरु पनि आ-आफ्नो खल्ती भर्न सिपालु नभएका होइनन तर माओबादी जस्ता जनावर भन्दा नीच मारकाट गरि कति आमा बुबा बच्चा स्वास्नीहरुलाई रुवाएर टुहुरो बनाइ सत्तामा आएका होइनन |

यो पेज माओबादीको बिरुद्ध मात्र होइन, सबै किसिमका अनियेमितता, अन्याय, दुराचार, अराजकताको बिरुद्ध को आवाज हो | कुरा येत्ति हो कि अहिलेसम्म को इतिहास हेर्दा एस बिशयेमा माओबादीले नै पहिलो स्थान ओगटेको छ | येही भएर अहिले भन्नु परेको छ "माओबादी चोर देस छोड" |
Dilli Ram Yatri
हरिया पौदा हरुमा बिहानी को शुर्यकिरणको प्रभावले अझै हरियो पन बढेको हो कि ? कसै कसैले त ति यरिया रुख काट्नु पर्छ भनेर हशियामा धार निकाल्न लागेको छन रे त ?
Dilli Ram Yatri YCL का कार्यकर्ता हरु हिजो गाउमा बोकेर हिंडेका झन्डा बिसाउने बेला भएको छ ,अब गुन्द्री काम्लो पोको पारेर जंगल जाने तयारी गर्नुहोस....
पेरिसडाडाबाट गोप्य सन्देश
Aafnai Tika Gautam Utsuk dilli सर त्यसो चाही न्भानिहलौं होला.
. राजनीती हो.. यहाँ जे पनि हुन सक्छ । खहरे खोला र राजनितिक भेल उस्तै हो ।
Dilli Ram Yatri टिका सर खहरेमा अब कमिला हिंडे खै अर्को बर्षा कुर्ने धैर्यता यिनिहरुमा छ जस्तो लागेको छैन मलाई त,,,, हिजो सम्म बैध्यले मार्न खोजेको आरोप लगाउने महाशय आज उनैसग शाहकार्य गरेर अगाडि बढ्ने कुरा बोल्दा जे पनि हुन सक्छ जस्तो लाग्नु स्व्भाबिक हो...
Dilli Ram Yatri अहिले निर्वाचनमा होमिएका पार्टी कुनै दुधले नुहाएका हैनन, जब जब देशमा थोरै भएपनि आशा का किरण छर्ने नेता अगाडी बढ्न खोज्छन, अनि आफ्नै दल, नेता, पार्टी र हितैषीहरु बाट खुट्टा तान्ने काम हुने गरेको इतिहास फेरी एकपल्ट दोहरिदै छ.।बुढा, पटक पटक पद लिएका, जनताबाट बिजयी भएर केहिपनि काम गर्न नसकेका, जोस, होस र जाँघर केहिपनि नभएका नेतालाई समर्थन गर्नु भन्दा अहिलेको परिवर्तनको बाहक, जुझारु, निस्कलंकित उमेदवारलाई जिताउनु पर्छ,समय परिस्थिति अनुसार नेता र पार्टीको सैद्दान्तिक धरातल मात्रै भन्दा ब्यक्तिको स्वच्छता र क्षमता हेरेर समर्थन वा बिरोध गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
Dilli Ram Yatri
भाग्यमानी भए कास्की जिल्ला क्षेत्र न-४ बाट आगामी संबिधान सभाको चुनावमा भारी बहुमातले बिजयी भए, त्यती मात्र नभएर त्यस क्षेत्रमा बिकास निर्माण शन्ती सु ब्यबस्था कायम गर्न अहम भूमिका खेल्दै नेपाल को नयाँ सम्बिधान समयमा नै बनाउन सफल हुनु........
 
 
Sandesh Sapkota Melamc छविलाल दाहाल,
कार्यदिशा, कार्यनीति र कार्यशैलीसँग
सम्बन्धित
बहसहरुमा तिमी खरिपाटी बैठकदेखि नै
हामीसँग निरन्तर पराजित हुँदै
आएका हौ । तर, प्राविधिक जित हासिल
गर्न तिमीले सधैं नानाथरि तिकडम
गरिरह्यौ । तिम्रै शब्दमा, अहिले
तिमीहरुलाई हराउन लागिपरेका देशी
विदेशी प्रतिक्रियावादी
हरुको उक्साहटमा तिमीले
जनयुद्धका सारा उपलब्धिहरुको गला रेट्यौ ।
हामीलाई सिध्याउने काम
तिम्रो कार्यसूचीको पहिलो नम्बरमा पर्यो ।
तर सत्य हारेन, बरु तिमी आफै
सिद्धियौ । मंसिर ४
पछि हामी सिद्धिने घोषणा गरेका थियौ,
त्यो मिति त तिम्रै पुण्य तिथि भयो ।
आज छविलाल जीवित छ, प्रचण्ड मर्यो ।
छविलाल प्रचण्डको मलामी जाँदैछ ।
सम्वेदना व्यक्त गर्न आएको म
प्रचण्डको समाधिस्थलमा उभिएर
शोकपुस्तिकामा यी हरफहरु
लेखेको ठानेको छु ।
तिमी हामीबाट पराजित हुँदा हामीलाई
खुसी लाग्थ्यो । तर, आफ्नै
कुबुद्धिका कारण आफैले प्रधानशत्रु
किटान गरेको भारतीय विस्तारवाद र
उसबाट पालितपोषित घरेलु
प्रतिक्रियावादी हरुबाट
तिमी जसरी पराजित भयौ, हामीलाई दु:ख
लागेको छ । पत्रपत्रिका पढ,
रेडियो सुन र टेलिभिजन हेर,
हिजो जनमुक्ति सेनाको अस्तित्व
समाप्त पार्दा तिमीलाई
स्याबासी दिनेहरु आज
तिम्रो पराजयमा अट्टाहाँस
हाँसो हाँस्दैछन् र उत्सव मनाउँदै
छन् । तिम्रो अन्त्यको दिन गन्दै छन् ।
तर, हामी स्तब्द छौं ।
तिम्रो चिन्ताले भन्ने भ्रम नपरोस्,
तिम्रो राष्ट्रिय
आत्मसमर्पणवादी योजनाको पछि लागेर
चिहान बनेको पेरिसडाँडाको वरपर अझै
केही इमान्दार क्रान्तिकारीहरु छन्,
तिनीहरुको चिन्ताले । छविलाल, तिमीलाई
अनावश्यक भइसकेका ती योद्धाहरु अब
क्रान्तिकारीहरु एकमात्र
किल्ला बनेको बुद्धनगर आउनुपर्छ
किनभने मरेको मुसालाई त उपियाँले
पनि छोड्छ । म त्यही अपील गर्छु ।
आउनुस्, जनयुद्धका शक्तिहरु मिलेर
जनवादी सत्ता स्थापना गर्ने ती महान्
सहिदहरुका सपना साकार बनाउन
ध्रुवीकृत होऔं ।
नेपाली क्रान्ति अवश्यमभावी छ ।
जनताको जित सुनिश्चित छ ।
मेरो प्यारो देश 'नेपाल' कमरेड प्रचण्ड, यी षड्यन्त्रकारीहरुको ललाई फकाईमा नफस्नु होला । यदि फस्नु भयो भने हामी नेपाली जनताहरुले तपाई प्रति गरेको विश्वासमा दाग लाग्नेछ । यो निर्वाचनको परिणाम हाम्रो पार्टीको वास्तविक हार नभएर यी नै षड्यन्त्रकारीहरुबाट वास्तविक रुपमा हराईएको हो ।

Amrit Gautam हो हो गगन थापा लाई दिएको हो, बुथ भित्र गए पछि जस्ता मै हुम भन्ने को पनि भित्र को आस्था बाहिर आउछ...... तलाई क थाहा , आस्था भएको मान्छे भए पो !!
Saroj Lamichhane हार स्वीकार्नुको विकल्प छैन प्रकास!
दोस्रो संविधान सभाको चुनावले सबभन्दा घाटा व्यक्तिगत रुपमा प्रचण्डलाई हुनेभएको छ ।अबको कदमले उनको नेतृत्व शक्तिको
वास्तविक परीक्षण हुनेछ।
मतदानका बेला धाँधली भए, मतपेटिका ओसार्ने क्रममा धाँधली भएको भए र मतपेटिका गन्ने क्रममा धाँधली भएको भए त्यतिबेलै विरोध गरेको भए यसको एउटा अर्थ रहन्थ्यो होला। मत गनेर हार्न थालेपछि गरिएको बहिस्कारले निर्वाचनको वैधतामा प्रश्न उठ्ने छैन।
संविधान सभामा जान्नौँ भने पनि अब यो परिणामलाई स्वीकार्नुको विकल्प छैन। अब आफ्नो एजेन्डाका लागि राजनीतिक रुपमा दबाब दिने हो। त्यो गर्न बन्द हड्ताल गरे जनताबाट झनै टाढिने छौ । मान्छे मर्ने गरी बम हानेर नहुने रहेछ भनेर त वैद्यको आन्दोलनले पनि देखाइसक्यो। प्रचण्डले यी सबको मूल्याङ्कन गरी कसरी आफ्नो बचाउ गर्ने हुन् हेर्न बाँकी छ।
यदि उनी दूरदर्शी नेता हुन् भने जनमतको कदर गर्दै हारलाई स्वीकार गरी किन यस्तो स्थितिमा आइपुगियो भनी कुनै एउटा रिसोर्टमा हैन शान्त गाउँमा गएर ठण्डा दिमागले सोच अर्को गल्ती नगर
त्यसैले हार स्वीकार प्रचण्ड र जनताको
शक्तिलाई बुझ। जनताको मन जितेर अर्को पटक फेरि बहुमतका साथ चुनाव जित्ने वातावरण बनाउन समय खर्च। जनताको मन जित्यौ भने यिनै जनताले अर्को पटक पहिलेको भन्दा बलियो स्थितिमा पुर्‍याउन पनि सक्छ। जनताको अपमान गर्‍यौ भने अस्तित्वै मेटिन पनि सक्छ।किनकी जनता सधै एक छापे रहेनन् अव
Adhikari Chhetri Ryanjan कति चियो चर्चो गरिरहेको प्रभुको ? त्यहाँका २-४ जना जनताको भनाई कस्तो मनमा विझेको गाठेँ, २-२ पटक शेयर नै गर्नुपरेको । यहाँ नेपाली जनताको सुझाव मनन गर्नुपर्छ प्रकाश जी ।
Lums Parajuli प्रकाश जी अब के के गर्न सक्नु हुनछ गरेर देखौनुस अब जनता चुप लगेर बस्ने छैनन....तिमि हरुका ति दिन गए अब बन्दुक देखाएर धम्काउने......................... अबतिमिहरुका टाउको हामी काटिन्छ.........
Raj Limbu एउटा सभामा ४ जाना मान्छे जम्मा गर्नु नसक्ने कांग्रेसले यो परिणाम ल्याउनै सक्दैन । यहाँ धर्म निरपेक्ष, संघियता, पहिचान र परिवर्तनको बिरूद्धमा ठुलो षड्यन्त्र भएको छ । गगनको क्षेत्रमा सुप्रभाले आफैले हालेको मत नभेटाउनु बिभिन्न ठाममा ज़्यादा मत भेटाउनु यसका सिम्पल उदाहारण हुन । यहाँ राता रात मतपेटिका चेन्ज भकै हुन । बाहुन र अतिहिन्दुबादि कर्मचारिको सरकारले बिताए ।
Ram Bhandari विगतको संविधान सभामा माओवादि जनताले विश्वास गरेर दिएको जनमत लाई र्इज्जत गर्न नसक्नाको परिणम अहिले देखियो।।।।।।।।
फेरी पनि लोकतन्त्र मा व्रिवास राख्नेहरु जनमतको कदर गर्न नसक्नु हास्यास्पद कुरा हो यदि मतदान वहिस्कार गर्नुने थियो भने मतगणना पहिला किन नगर्नु -- देश भक्त भए त जसले जितेपनि संविधान बनाउने हो नि - आखिर वास्तविकता त अगाडि आईहाल्यो नि
कमरेडहरु ..........................
Urgen Sherpa हेलिकप्टर चढेर जंगल फर्कन सकिन्न क्यार। वालुवाटार छाडेर ओडार पस्न पनि सकिन्न। लाज पचाएर धाधली भयो भने पछि सडक तताउँदै time pass गर्न लागे जस्तो छ।
Sandesh Sapkota Melamc हिजो हामि (बैद्य)लाई चुनाब बहिस्कारगर्दा आंतककारि देख्ने ए उप्रेतिआज झन मत परिणाम बहिस्कार गर्नेलाई तआंतककारि भन्न किन सक्दैनससक्छस भने यिनिहरुलाई पनि सेना परिचालनगरेर मत परिणाम गरेर देखा..यो मेरो तलाई चुनौति भो
Bhattarai Suresh जातियता, क्षेत्रीयता,साम्प्रदायिकता जस्ता नाराले के हुने रहेछ भन्ने कुरा एनेकपा माओवादी, मधेशवादी दल,अशोक राई को संघिय समाजबादी लगाएतका दल ले राम्रैसँग बुझे होलान नी ।
एक्काइसौ शताव्दीको विश्व राजनीतिमा यस्तो सकीर्ण मानसिकताको राजनीति गर्ने कमरेडहरुले राम्रोसँग हेक्का राखे हुन्छ , नेपाली जनताको चेतानाको स्तर कति उच्च छ भन्ने ।
SuJan AmaGain उ बेलामा मेरा एक घनिष्ठ मित्रले भन्थे झुट र पैसाको खेति गरेपछि कुकुर उठाए पनि चुनाबमा जित्छ आज त्यहि परिणाम देख्दैछु|
Muskan Avinash ठिक भन्नु भो बैसमा अाँखा नदेख्ने, बुढो भए पछि अरुलाइ दोश लगाएर हुंछ र यति यि गल्ति नगरेर जनताको मतको कदर गरेको भए दुइ तिहाइ बहुमतले जित्ने थियो यो चुनाब यदि अहिले सम्मको गल्ति लाइ स्विकारेर अगाडि बढ्यो भने अहिले नभए पनी फ़ेरि को लागि ठिक होला मेरो बिचारमा
Rohan Shah प्रचण्ड को हार संग खुशी मनाउने येथास्थित बादी र तेस्का भारौटे हरु होसियार तिमी हरु एक दिन खून को आशु रुने छौ
Khaling Kirat प्रकाश जि अब माओवादी ले सबै भन्दा धेरै धोका नेपालका सोझा आदिवासी अनी दलितलाई दिएको हो भन्ने पुस्टी हुँदै जादैछ !!! जब पहिलो संबिधान सभाबाट संबिधान जारी गरन स्वम प्रचन्ड लगायत अन्य बाहुन नेताहरु तयार भएनन यो १७ हजार आदिवासी र दलितको रगतले बनीका थिए त्यो ब्क्तीहरु अनी सिङो पार्टी अब त्यो अवसर गुमी सकेको छ !!! अब धैर्य सिवाय अरु केही हुन्न होला र फेरी आदिवासी र दलितले २ ,४ जना बाहुनहरुलाई यो देसको तालाचाबी दिएर टुलु टुलु हेरदै बस्दैन बरु आफै बम र बन्दुक बोक्न सक्छम छन र यो संबिधान सभा २ लाई जसरी सेनाको बन्दुकको नाल बाट जबरजस्त गर्नु भयो अनी १००% आदिवासी र दलितको रास्टिय पार्टीहरुलाई ३३ दल भित्र... कथित बैध बाहुनको हुन्कार दिएर दबाइयो आज तेसैको पापी पारीनाम भोग्दैछौ त्यो भोग्नु नै थियो मात्र चाडो भयो !!! जय आदिवासीवाद..!!! हे social democratic party समाजिक लोकतान्त्रिक पार्टी !!!
Nirajan Parajuli ...इती श्री स्कन्द पुराणे नेपाल खन्डे मंसिर ४ महात्म्य, प्रचण्ड अगस्त्य सम्बादे, संबिधान सभा दोस्रो निर्वाचनद्वारा श्री प्रचण्ड कथा समाप्तम् ..

Mondonputtra Anshuk यी धुर्तहरुले आफ्नो हारलाई जनताको जनादेश भनेर सजिलै ग्रहण गर्ने छैनन् | यिनीहरुले मतगणना बहिस्कार मात्र होइन मतगणना केन्द्रलाई कब्जामा लिएर मतपत्र जलाई अस्थिरता पैदा गरेर सत्ता क्याप्चर गर्ने दूशाहस गर्न पनि पछी पर्ने छैनन् | त्यसैले सम्पूर्ण सुरक्षा निकायहरु, निर्वाचन आयोग, राजनैतिक दलहरु, नागरिक समाज, बुद्धिजिवीहरु, सरकार , नेपाली जनता सबै सतर्क र सजग हुनु आबश्यक छ |

Krisna Paudel जंगल बाट सहर आए ! बाटा को चप्पल बाट जुत्ता मा पुगे ! हिजो साइकल सपना थियो आज प्राडो छ ! गुफा बाट दरबार आइपुगे! गोजी मा २ कौडी थिएन हिजो आज हेलीकप्टरमा ऊड्य़ा छन् ! छोरो लाइ सगरमाथा चडन ३ करोड दिए ! हिजो छोरो को एउटा स्वास्नी थि आज ३ ओटी छ ! यहि हो अग्रगामी छलांग भन्या सर्बहारा जनताको मालिकहरुको ! तर बेहोरा अजै जंगली कै छ !
Suryaman Shrestha धाधली गरेर बदी साचै खसेको मत भन्दा बदी अरु मत हालेको जनताले, ए.मा. को कार्यकर्ता को मोटर साइकल को हावा खुस्कएको जनताले , मतपेटीका लाइ लगेर ४-५ घण्टा आफ्नो घरमा हालेरको जनताले, पहिला याइसियल जनतालाई भाकुरेको थियो र तेस्को बदलामा अहिले याइसियेल लाइ भाकुरेको जनताले, ये.मावोबदी लै हराउन चाएको जनताले किन भने नेपाली जनतालाई उग्र बामपन्थी सुइकार्यो छैन र कटर मावोबाद नेपाली जनताले चाहेको छैन...अरु केहि भन्नु छ महामहिम पुष्पकमल दाहाल जी............अझै समय छ सुद्रनुस नत्र अहिले जति मत तपाइको पार्टीलाई नेपाली जनताले दिएको छ, अर्को चुनाब मा तेती पनि दिने वाला छैन.....नेपाली जनता तपाइको कार्यकर्ता जस्तो छैन जो तपाईले जे बोले पनि तालि पिट्दै हिड्ने अनि नेपाली जनता तपाइको कार्यकर्ता जस्तो भेडा बाख्र जस्तो पनि छैन जो तपाइले जे भनेपनि विश्वास गर्ने...नेपाली जनता संग सहि र गलत छुट्याउने सोबिबेक लगाउने शक्ति छ यो कुरा लाइ तपाइले कहिले बुझ्ने???...तपाई को उदेस्ये के हो भन्ने कुरा बुझन Youtube मा तपैकै कार्य कर्तालेupload गरेको चार वटा विदेओ हेरे पुग्छ, नेपाली जनता तपाइले सोचे जस्तो मुर्ख छैनन् यो कुरा राम्ररी बुझ्नुस..
Tanka Dahal जातिय र धार्मिक सहिस्नता र एसका कारण समाजमा रहेको अमन चयन कायम राख्न सघाउ पुर्याउने काम गरेको भा माओ बादीको पूर्ण बहुमत हुन्थियो होला...अब अर्को पालि येसो गर्नुहोस भनेर सल्लाह दिनु पर्यो मैले चै!!
Alex Nepal जनताको मतको सम्मान गर ।
जीतु खड्का गाउले अस्ती तपाईंले दुई तिहाइ भन्दै उफ्रिदा मैले भनेको होइन कम्रेड चुपलाग्नुस् अहिले पछी उफ्रिउला भनेर जनताको जनमत बुझ्नु छैन
जुटको राजनीति नभएर फुट को राजनीतिमा लाग्नु झुटा आश्वसन बाढ्नु ८२% हिन्दू बसेको ठाउमा धर्मको कुरा उठाउनु धर्म निरपेक्ष गराउनु सबै भन्दा धेर छेत्री जनसख्या भएको देशमा उनी हरुलाई पाखा लाएर केही जाती लाई राज्य को घोषणा गरी अखन्ड नेपाल लाई बिखन्डन गराई संघियताको ओकालत गर्नु जनता अधिकार चाहन्छन देश टुक्राउन चाहन्नन
कृतिपुरबासिलाई रिङ्ग रोडको आशा देखाएर भोट् माग्नु सहिदको परिवार लाई नजरअन्दाज गर्नु
देशको ढुकुटी दुरुपयोग गरी तपाईंले अर्को बिहे गर्नुको निम्ती २ करोड निकाल्नु
यस्ता यावत कुरा हरु जनताले निहालेका हुन्छन
खेर यो पल्ट् यस्तै भयो अब अर्को निर्वाचनमा स सक्त भएर सबै कम्जोरी सुधार गरेर अघी जाउला हामी जनताले अवस्य साथ दिन्छन


हिजो स्वच्छ भएको भनि तिमीले नै भनेको निर्बाचनमा रातभरिमा धाधली भयो भन्ने कुरा कसैले पनि पत्यौदैनन । जग नहसाउ । अब तिमि बिद्रोहि होइनौ । देशको पूर्व प्रधान मन्त्रि हौ । आफ्नो पदको सम्मान गर ।
अब तिम्रो सेवा नेपाली जनतालाई चाहिएको रहेनछ भन्ने बुझ्नुपर्छ ।
राजनीतिमा एउटा चुनाब हार्दैमा हरेश खानु हुन्न । धैर्य गर्नु पर्छ ।सुशील कोइरालालाई हेर ।
नया नेतृत्वले पाठ सिकेर पार्टी अघि बढाउला ।
आशा छ अब देशले एउटा निकाश पाउने छ ।

दुइटा कारणले तिम्रो पार्टीले चुनाब हारेको देखिन्छ:
जातीय संघियताको agenda र तिम्रो परिवारको जीवन सैली
देशले नचाहेको agenda बोकेर अघि बढ्न सकिदैन ।

तिम्रो र तिम्रो पार्टीको हारबाट एउटा राम्रो पाठ सिक्न सकिन्छ । हुनत नेपाली मा उखान पनि छ: मौका आउछ, तर पर्खिदैन । तिमीले त्यो मौका गुजार्यौ जसले तिमि संगै तिम्रो पार्टीलाई पनि बढारेर लग्यो । संयमित राजनीति नगरेमा तिम्रो पार्टी दशकौ सम्म जनताको छनोटमा नपर्न सक्छ किनकि यदि नया संबिधान सभाले बेलैमा संबिधान दियो भने आउने चुनाब पनि अहिले जित्नेले नै जित्ने सम्भावना धेरै हुन्छ 
Sudarshan Ghimire November 22, 2013
जित भनेको त् यो राम्रै हो तर जसरि प्राकृतिक संरचना लाई सन्तुलित राख्न प्रकृति मा नै आब्श्याक अनुसार ऋतु परिबर्तन हुनु , दिन रात , घाम पानि जस्ता आदि को चक्र ब्यूह चलिरहन्छ त्यसरी नै मानब सभ्यतामा मानब जगत को जिबनिको हरेक संरचना लाइ यथेस्ट पारि राख्न देश र राम्रो प्रशासन को जरुरि पर्छ र जस अनुसार प्रजातान्त्रिक प्रशासन यसमा झन् राम्रो हुने अनि यसमा हुने निर्बाचन मा कहिलेकाही घाम पानि भने जस्तै , हारजित हारजित त् भईरहन्छ त्यसैले जित हुदै मा सारै रमाउने र हार्दै मा रुने हुनु हुँदैन !
जे होस् अब यो निर्बाचन मा बढी मत ल्याउने राजनीतिक पार्टी हरुलाई सफलताको शुभकामना को साथै एउटा सुझाब के भने , संसदमा भित्रि गई सकेपछि मन्त्रि हुने र गराउने कुरा को भागबण्डा मा वा कुटनीतिक नियुक्तिको बिषयमा जस्ता अरु अन्य बिषय आदि ईत्यादि को कुरामा झगडा नगरी (बरु गोला प्रथा बाट जसलाई पर्यो त्यहि लाई मन्त्रि हुने ) देश को धर्म , सस्कृति , माटो , धनि- गरिब , अशाहाय बाल , बृद्दा, बिधुवा, अपांग , छुवा-छुत, जस्ता आदि सबै को हितमा हुने र (दण्ड सजाय मा पनि घुस, चोरी, लुटा, फटा, साँध सधियार मिचा, ठगि जस्ता आदि सबै खुलाई ,अनि ज्यान मार्ने लाई मात्र ज्यान को बदला ज्यान को सजाय पनि खुलाई ) समेटी , नेपालको संबिधान बनाउन आग्रह छ साथै है !

नेपाली कांग्रेस तथा एमालेका केही साथीहरूले बढी नै उत्साहित भएर फोन गरे। मैले भनें: "अरूको विफलताबाट प्राप्त सफलता धेरै लामो समय नटिक्न सक्छ। दिगो सफलताका लागि आफ्नै उचाई बढाउनु पर्छ।": Rabindra Mishra

प्रचण्डले भन्थे "हाम्रो लडाई कांग्रेस-एमाले सँग हैन सिधै राजासँग।" हो रैछ,
अहिले राप्रपा नेपालसँग भिड्दैछन् । 

पाधेको निहु पारेर प्रचन्ड का मान्छेले मत गणना स्थल छोड्लान,मत गणना हुन्जेल थामेर बस्नु होला .." 

ज्ञानेन्द्र भन्दा पनि धेरै अधिनायकबाद र सर्बसत्ता बाद बाट ग्रसित रैछन प्रचण्ड। जनमत सम्मान गर ! ज्ञानेन्द्रले बरु जनमत सम्मान गरेका थिए, " 

प्रचण्ड ले बैद्य लाई फोन गरेर भनेछन - अलि अलि बम बचेका छन् भने सापट देउ त | 

बम पड्किदा त चुनाव भयो,
प्रचन्ड पड्किदैमा मतगणना रोकिन्छ होला र ?

वि.सं. 2064, धाक भन्दा धक्कु ठूलो, माकुने भन्दा झक्कु ठूलो ।
वि. सं. 2070, पिँडी भन्दा आँगन ठूलो, प्रचण्ड भन्दा राजन ठूलो ।

सड्यन्त्र भयो रे ,'देशी-बिदेशी' तत्वहरु बाट! निर्वाचन हुँदा होइन, मत गन्न सुरुगर्दा पनि होइन, आफु हार्ने अवस्था देखे पछी! यस्तो राजनीति गर्ने सक्तिले देशलाई कती दु:ख दिने होला!!

एउटा साह्रो गाह्रो कुरा आइपर्यो; सल्लाह सुझाव चाहियो :
यो माओवादी भन्ने पार्टीलाई जिताउँदा (अघिल्लो चुनावमा माओवादीलाई नेपाली जनताले नै जिताएका हुन्) तर मुलुकमा केही भएन । हराउँदा पनि सुख पाइएन । खासमा के गर्नुपर्ने रहेछ ?

एउटा मिठो संयोग भनेर मानिसहरु लेखिरहेछन् -
मंसिरमा नै प्रचण्डले पदम कुवँरको झापड खाए,
मंसिरमा नै प्रचन्नले जनताको ... खाए ।
मंसिर प्रचन्नलाई फाप्दोरहेनछ भनिरहेका मानिसहरु ।

कुनै समय यस्तो थियो- प्रचन्नले भनेका थिए उनी वैद्ध्यबालाई २६ सिट दिन तयार छन् । मने आज सुको माकुनेलगायत बसेछन् र निर्नय गरेछन्- पुकदालाई ति २६ सिट दिउँ ।

नेपाली मारे, विदेशी पोसे ! गाई काटेर खाए, भैंसी-दान गरे ! चुनाव गराए, परिणाम नआउने भएपछि वहिष्कार गरे ! सुल्टो बुद्धि देखाएकै पो कैले हो र !

एक जना व्यक्ति बानेश्वर स्थित संबिधान
सभा भवन भित्र आएर त्यहाँ उभिएका पत्रकार
साथीहरुसंग सोधेछ "एमाओबादी अग्रस्थान मै छ होइन ?"
अनि उसलाई त्यहाँ भएका पत्रकार
साथीहरुले जवाफ दिएछन
"होइन एमाओबादी त तेस्रो स्थानमा छ"
प्रत्येक २ मिनेटमा त्यो मान्छे
आएर पत्रकारहरुसंग सोहि प्रश्न सोध्दो रहेछ,
४-५ पटक उत्तर दिए पछि दिक्क लागेर पत्रकार
साथिले भनेछन
"कति चोटी त्यै उत्तर दिउँ
तपाईंलाई दाई, नेपाली बुझ्नु हुन्न"
त्यो सुनेपछि त्यो व्यक्तिले भनेछ
"बुझ्छु भाई, तर जति पटक सुने पनि सुन्दा
कानलाई रमाइलो लाईरा'को छ के 

पदम कुवरले हानेको झापड त सहेकै हो कमरेड अहिले त जनताले नै दनक दिए लौ न उपाय खोज्नुस । नाक देखाउनै गारो हुने भो रे के

खासमा जातीयता र संघीयताको अमुर्त कुराले माओवादीलाई डुबाएको हो।
हार्नेले धाँधली भो भन्नु त संसारको नियमै हो।
गाउँमा सवै जातजातीका मान्छेहरु एकअर्काको काका काकी, मामा माइजु, दाजु बहिनी, मित मितीनि, बाजे बज्यैको नाता लगाएर बसेका छन्। त्यो सम्बन्ध टुटाउने प्रयासलाई जनताले अस्वीकृत गरीदिए।
कुरा यत्ति हो।

यही हो त लोकतान्त्रिक संस्कार ? आफू जित्दा जनताले जिताएको र निष्पक्ष । अरूले जित्दा प्रतिगामी र धाँधली । मतगणना हुनु अघि कतै पनि सुनेको थिइनँ धाँधली भयो भन्ने कुरा । बरू माओवादीले नै धाँधली गर्‍यो भन्ने सुनिएको थियो । त्यसका बारेमा बाबुरामले हार्ने भयो भनेर धाँधली भयो भन्यो भनेर आफ्नो स्ट्याटसमा लेखेका थिए । फेरि अहिले आएर कहाँबाट भयो धाँधली ? कुरा बुझी नसक्नु छ । 

"यो चुनावको मतगणनाले संकेत गरेरेको जित काँग्रेस र एमालेको मुद्दाहरूको जित होइन, एमाओवादीका मुद्दाहरूको हार हो । काँग्रेस एमालेको लोकप्रियताको उपज होइन, माओवादीको अलोकप्रियताको कारण हो ।"

माओवादीले यो हारलाई शालीनताकासाथ स्वागत गर्‍यो भने जनताको वाहवाही पाउनेछ र भविष्यको लागि बाटो सफा राख्‍नेछ ।
गरेन भने, भविष्य समेत गुमाउनेछ । यस जगतमा सबैको लागि एउटै प्राकृतिक नियम छ - Adapt or die !

यो चुनावमा 'षडयन्त्र' देख्‍नुहुन्छ भने, हो, भएकै हो; नेपाली मतदाताले गरेका हुन् षडयन्त्र । उनिहरूलाई यो अधिकार छ ! 

जस्ले जिते पनि रक्सि पुरानो नै हो बोतल मात्र फेरिएका हुन् ..हारे डामाडोल हुन्थयो जिते झन् माहाडामाडोल हुनेछ .उफ्रिनु जरुरि देख्दिन म ! 

२०६४ मा नेकपा एमालेले बाग्मती अञ्चलमा कुनै सिट ल्याएको थिएन । त्यति हुँदा पनि निर्वाचन तथा मत गणनालाई धाँधलीपूर्ण भनेर बहिस्कार गरेन । एमालेलाई न भाले न पोथी भन्ने खगेन्द्र सङ्ग्रौलाहरुले यतिखेर प्रचण्डलाई जनमतको कदर गर्नुपर्छ भन्ने शिक्षा दिएनन् कि क्या हो । राष्ट्रकै नेता भन्ने स्वघोषित उपाधि पाएका प्रचण्डले खेलमा हार र जीत स्वीकार गर्ने संस्कार बुझेनन् भने राजनेता बन्लान् र ? 

अनेक खडएन्त्र: रातारात कालो जादू गरेर मतपत्रको शोश्तीक छाप एक चिन्नबाट अर्को चिन्नमा सारेछन् । यसमा अन्तराष्ट्रियमात्र नभएर खगोलीय/ब्रम्हाण्डीय खडएन्त्र समेत समाबेस छ ।