Showing posts with label खेल. Show all posts
Showing posts with label खेल. Show all posts

सिपी गजुरेल भन्छन्, ‘क्रिकेटले देशमा विकृति भित्र्यायो’ -

CP-Gajurel


८ चैत – नेपाली क्रिकेट टिमले ट्वान्टी–ट्वान्टी विश्वकपमा गरेको सानदार प्रदर्शनले सारा नेपालीलाई खुसी दिइरहेकाबेला नेकपा–माओवादीका उपध्याक्ष सिपी गजुरेलले यसलाई विकृति भनेका छन् ।
‘समय र मान्छे तथा तृष्णा र तृप्ति’ कथा संग्रहको विमोचनका लागि शनिबार राजधानीमा आयोजित कार्यक्रममा गजुरेलले यस्तो बताएका हुन् ।
उनले क्रिकेटबारे दिएको अभिव्यक्ति जस्ताको तस्तै :
‘क्रिकेट खेल्नेहरु आज देशको नायक भएका छन् । हिजो देख्नुभयो होला एयरपोर्टमा क्रिकेटरहरुलाई स्वागत गर्नेको मारामार थियो ।
अनि हामीलाई ति क्रिकेटरहरुबाट सिक भनिँदैछ । नेताहरु हो तिनीहरुबाट सिक रे ! हेनुस् नेपालको राजनीति अहिले यस्तो भाको छ ।
अब हामी सबै त्यसैको पछि लागेर हिँड्ने ? हुँदैन त्यस्तो ।

हो क्रिकेटले एउटा मनोरञ्जन दिन्छ, राम्रो प्रदर्शन गर्नुपर्छ, नेपालको नाम त्यहाँबाट पनि अघि बढाउनु पर्छ, यसको पक्षमा हामी पनि छौं । तर जति राम्रो क्रिकेट खेलेपनि नेपालको मुहार त कहिल्यै पनि फेरिँदैन ।
त्यहाँ क्रिकेट खेल्ने खेलाडीले धेरै पुरस्कार त पाउलान्, एकजनालाई ५ लाख दिने भनेर यहि सरकारले पनि घोषणा ग¥यो । त्यसरी पैसा त ओहिरिएला ।
यहाँका उद्योगपतिहरुले अझै धेरै देलान्, यहाँ धेरै कालो धन जम्मा गर्नेहरुले प्रतिस्पर्धा गर्लान्, तर नेपालको अनुहार चाहिँ फेरिँदैन । नेपाललाई परिवर्तन राजनीतिले नै गर्छ ।
क्रिकेटले, फुटबलले भलिबलले गर्दैन । यो विकृति हो । समाज विकृतितर्फ उद्धत छ, अब हामी सबैले यही रहेछ क्यारे भनेर पछि लाग्नु हुँदैन ।’
यद्यपी विश्वकपमा नेपाली क्रिकेट टिमले गरेको प्रदर्शनको विश्वभर चर्चा छ । क्रिकेट ठूला हस्तीहरुलेसमेत नेपाली क्रिकेट टिमको प्रशंसा गरिरहेकाबेला गजुरेलको यस्तो अभिव्यक्ति आएको हो । नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत माओवादी लगायतका दलहरुले भने विशेष वक्तब्य नै जारी गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।
source :http://kathmandutoday.com/2014/03/35891.html#sthash.amywtWXi.i2CnOUR4.dpuf


‘यो विकृति हो, विकृतितिर उद्दत छ। त्यसैले अब यही रहेछ क्यारे भनेर सबै यसैको पछाडि लाग्न हुँदैन,’ गजुरेलको महावाणी।
हेर्नुस् उनले के भने, उनकै शब्दमा-

किन जितेन नेपालले ?त्यसका कारणहरू....


नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक विराटकृष्ण श्रेष्ठले गत साफ खेललाई नजिकबाट नियाले । नेपालले राम्रो खेलेर पनि किन फाइनलसम्म पुग्न सकेन ? उनले त्यसका कारणहरू राजु घिसिङलाई यसरी बताए  :
नेपालले साफ च्याम्पियनसिपमा सधैं राम्रो प्रदर्शन गर्दै आएको छ । तर, उपाधि जित्न सकेको छैन । आठौं संस्करणमा पनि उही कथा दोहोरियो ।
प्रशिक्षकले प्रतिद्वन्द्वीअनुसार रणनीति बनाउनुपर्छ । समूह चरणका तीन खेलमा नेपालले राम्रो प्रदर्शन गर्‍यो । त्यसमा रणननीतिले काम गर्‍यो । नेपालले सेमिफाइनलको दोस्रो हाफ पनि नियन्त्रणमा राख्यो । पहिले गोल गर्न नसक्ने समस्या बेहोर्दै आएका थियौं । यसपल्ट सुधारियो । भारतविरुद्ध रबिन श्रेष्ठद्वारा सिर्जित अवसरमा जुमनु राईले आकर्षक गोल गरे । बाँकी चार गोल आफैंले बनाएको राम्रो मुभमा भएको थिएन । 'डेड बल'मा हामी राम्रो छौं । तर, खेलकै मुभमेन्टमा गोल गर्न चुकिरहेका छौं । त्यो पुरानै समस्या हो त्यसैले गोल निस्के पनि 'फिनिसिङ'को कमजोरी उस्तै छ ।
डिफेन्स र मिडफिल्डमा हामी राम्रो खेल्छौं । जहाँ विपक्षीले खुलेरै खेल्न दिने गर्छ । प्रतिद्वन्द्वीलाई दबाबमा राख्न र सकेसम्म धेरै गोलको अवसर सिर्जना गर्न अट्याकिङ थर्ड (विपक्षीको पेनाल्टी क्षेत्र वरिपरि) मा खेल्नुपर्छ । जहाँ विपक्षी डिफेन्सको कडा निगरानी हुने गर्छ । मिडफिल्डमा यसपल्ट अलि अगाडि बढेर अट्याकिङ थर्डमा खेल्ने कोसिस गरे । त्यो सुधारको पक्ष हो । अट्याकिङ थर्डमै रहेर खेल्न नसक्दा हामीले विपक्षी डिफेन्स चिर्न सकेनौं । किनभने खेलाडीमा धैर्य भएन । बल पायो कि पोस्टतिर हान्नै हतारिए ।
उपाधि जिते अपार्टमेन्ट र आजीवन भत्ता दिने घोषणा, घरेलु मैदान र समर्थकको साथले खेलाडीको मनोबल उच्च थियो । फुटबलमा कन्डिसनिङ, टेक्निकल, ट्याक्टिकल र मनोवैज्ञानिक पक्ष आधारभूत तत्त्व हुन् । खेल्ने दिमागले हो । त्यो आठौं साफको सबैभन्दा बलियो पक्ष हो । यसअघि नेपाली खेलाडी यस्तो कन्पिmडेन्ट देखिएको थिएन ।
नतिजा हात पार्न बल पोजेसन -बलमाथि नियन्त्रण), सहकर्मीको साथ र सम्पर्क -खेलाडी-खेलाडी र प्रशिक्षक(खेलाडी) एकदमै महत्त्वपूर्ण हुन्छ । बल पोजिसनमा सुधार भयो । पोस्टमा आक्रमण, गोल निस्कन सक्ने 'किलिङ पास' र डि्रब्लिङमा बलमाथि नियन्त्रण गुमाइन्छ । हाम्रो बल पोजिसन दर्शक लोभ्याउने खालको मात्र भयो । हाम्रा खेलाडीले अट्याकिङ थर्डमा नभई मिडफिल्डमै अनावश्यक डि्रब्लिङ गरिरहे ।
बल लिएर बढिरहेका खेलाडीलाई साथ दिने सहकर्मीको अभाव निरन्तरै देखियो । नतिजा निस्कने किलिङ पास भएन । प्रतिद्वन्द्वीले दबाब दिएको बेला हामीले फुटबलको प्रकृति बिर्सियौं । दबाबमा राम्रो खेल्न सक्ने नै अब्बल खेलाडीको विशेषता हो । हामी त्यही चुक्यौं ।
खेलाडीले क्षमताअनुसार शतप्रतिशत खेले । उनीहरूको योगदान प्रशंसनीय छ । खेलाडीको मेहनतअनुसार नेपाल च्याम्पियन हुनुपर्ने हो । उनीहरूलाई निर्देशन दिने काम प्रशिक्षकको हो । प्रशिक्षकमै पुरानो समस्या ज्यूँका त्यूँ भएपछि नेपालको साफ च्याम्पियन बन्ने सपना फेरि टाढियो । नयाँ प्रशिक्षकसँगै सिकाइमै परिवर्तन हुनुपर्छ । त्यो परिवर्तन मैदनामा देखिनुपर्छ । तर, ज्याक स्टेफनोस्कीको आगमनपछि खेलाडीको व्यक्तिगत र टिमको कौशलमा कुनै परिवर्तन देखिएन । पहिले जस्तो थियो, अहिले त्यस्तै छ ।
प्रशिक्ष्ाकले खेलकै अवधिमा खेलाडी कहाँ कमजोर र बलियो छ भन्ने निरीक्षण गर्नुपर्छ । समस्या पहिचान गर्दै त्यसको सही समाधान निकाल्नुपर्छ । त्यसका निम्ति प्रशिक्षक-खेलाडी र खेलाडी-खेलाडीमा नियमित सम्पर्क हुनुपर्छ, जुन भएजस्तो लाग्दैन । प्रशिक्ष्ाकले आ-आफ्नो रणननीतिअनुसार खेलाडी छनोट गर्छन् । तर, स्टेफनोस्कीले नेपालको कमजोरी हटाउन सही समाधान निकाल्न सकेनन् । आँखा दुखेको बिरामीलाई सिटामोल खुवाएजस्तो गरे ।
लेफ्ट विंगर जगजित श्रेष्ठ स्वस्थ नहुँदा पनि प्रकाश बुढाथोकी वा टंक बस्नेतलाई नखेलाउने हो भने किन छानियो ? भरत खवासलाई लेफ्ट विङ्समै खेलाउने हो भने पहिलो खेलमै फरवार्डमा किन राखियो ? फरवार्डको कोटामा किन छानियो ? लेफट् विङ्समै पनि उनको विकल्प खोई ? प्रशिक्ष्ाक आफैं रणभुल्लमा परेजस्तो लाग्यो । राइट विङ्समा राम्रो खेलिरहेका भोला सिलवालले लेफ्टमा सारिएपछि उस्तै प्रदर्शन गर्न सकेनन् । भोलालाई सेन्टर मिडफिल्डमा खेलाउने हो भने विक्रम लामा किन चाहियो ? सुरुबाटै खेल्न नसक्दा पनि भरतलाई ९० मिनेट नै खेलाए । के नेपालमा खेलाडी नै छैन ?
स्टेफनोस्कीले ४-४-१-१ को नयाँ संरचनामा खेलाए । यो नेपालको परम्परागत शैली ४-४-२ जस्तै हो । उनले फागुनमा ४-३-३ को शैलीमा खेलाएका थिए । इङ्ल्यान्डले १९६६ को वल्र्डकप जितेयता ४-४-२ मा परिवर्तन गर्न सकेको छैन । बार्सिलोनाले ४-३-३ खेलेको साढे दुई दशक भइसकेको छ । तर, स्टेफनोस्कीले ५ महिनामै दुई किसिमको टिम संरचना अपनाए । त्यसैले उनको सिस्टममा नेपाली खेलाडी अभ्यस्त भएजस्तो देखिएन ।
खेलाडीअनुसार सिस्टम बनाउनुपर्छ । तर, स्टेफनोस्कीले सिस्टमअनुसार खेलाडी बनाउन खोजे । यस्तो प्रयोगमा उनले च्यालेन्ज कप छनोटमा पनि खेलाडीको विशेषता चिन्न सकेका थिएनन् । उनी यसपल्ट पनि चुके । खेलाडी कुन सिस्टममा योग्य छन्, हेर्नुपर्छ । सिस्टममा योग्य नभेटिए विकल्प खोज्नुपर्छ । उनको नयाँ संरचनामा बेन्चमा खेलाडी नै नभएजस्तो देखियो । समूह चरणमा सबै खेलाडीले मेहनत गरेर राम्रो खेले । भोला र अनिलले समूह चरणमा उत्कृष्ट खेल देखाए । चारै खेलमा सन्दीप राईको प्रदर्शन सबैभन्दा माथि थियो ।
अफगानिस्तानविरुद्ध रोहित चन्द, जुमनु राई, अनिल गुरुङ र भरत खवास जम्नै सकेनन् । उनीहरूको सब्सिटच्युट खोई ? त्यसमा अनुभवी खेलाडीको अभाव थियो । त्यहाँ अन्तिम १० मिनेट मात्र भए पनि सन्तोष साहुखल उपयुक्त रोजाइ हुन सक्थ्यो । तर, उनलाई कुनै पनि खेलमा खेलाइएन । शारीरिक रूपमा बलिया उनीसँग बल राख्ने, डि्रब्लिङ क्षमता र स्किल राम्रो छ । उनलाई बेन्चमै थन्क्याउने भए किन टिममा राखियो ? खेलाडी छनोटमा प्रशिक्षकसँग विकल्प थिएन । अथवा, समस्या पहिचान, त्यसको उपचार र सम्पर्कमै स्टेफनोस्की चुके । त्यसैले एन्फाले प्रशिक्षकको क्षमताभन्दा धेरै विश्वास गरेजस्तो देखियो ।
बल हुँदा वा नहुँदा कहाँ, कहिले र कसरी खेल्ने भन्नेमा खेलाडी स्पष्ट हुनुपर्छ । थाकेको बेला पनि खेलाडीले सेकेन्डको एक अंशमै निर्णय गर्नुपर्छ । यस्तोमा हाम्रा खेलाडी अलमलिए । फुटबल 'गेम अफ मिस्टेक' हो । जित हात पार्न सकभर गल्ती कम गर्नुपर्छ । र, विपक्षीको गल्तीको फाइदा लिनुपर्छ । सेमिफाइनलमा अफगानिस्तानको गल्ती हामीले 'क्यास' गर्न सकेनौं । किरण चेम्जोङको गल्ती उसले उपयोग गर्‍यो । त्यसैमा उसले खेल जित्यो । दुई वर्षअघि नयाँदिल्लीमा नेपालले अफगानिस्तानविरुद्ध अझ राम्रो खेलेको थियो । तर, हामीले एकै गल्तीको चर्को मूल्य चुकाएका थियौं ।
साफको सेमिफाइनल पुगेकोले हाम्रो फुटबल बाँचेको मान्नुपर्छ । समूहबाटै बाहिरिएको भए त बर्बादै हुन्थ्यो । खेलाडी, प्रशिक्षक र व्यवस्थापनको सँगसँगै विकास नभए सफलता हात लाग्दैन । तर, अहिलेको समस्या सिकाइमै हो । राष्ट्रिय टिम प्रतियोगितामा अनुकूल नतिजा दिने हुनुपर्छ । टिममा व्यावसायिक विशेषता चाहिन्छ । सफलता हासिल गर्न ल्याइने प्रशिक्षक असफल भए बर्खास्त पनि गर्नुपर्छ ।
स्टेफनोस्की च्यालेन्ज कपमा पनि 'फ्लप' भएका थिए । उनको सिकाइ प्रक्रिया नै एकेडेमीकै जस्तो एमेच्योर छ । राष्ट्रिय टिम र एकेडेमी फरक हुन् । उनी नाम चलेका खेलाडी वा प्रशिक्षक पनि होइनन् । दुई वर्षअघि आएका प्रशिक्षक ग्राहम रोबर्ट्स ट्याक्टिसमा स्टेफनोस्कीभन्दा धेरै माथि थिए । उनको नेतृत्वमा सातौं साफमा पनि नेपालले निकै राम्रो खेलेको थियो । हामीलाई आकर्षक खेल होइन, अनुकूल नतिजा चाहिएको छ । दुवै भए सुनमा सुगन्ध नै हुनेछ ।
 source:-ekantipur


मायाकुमारी शर्मा राजदूतबाट बर्खास्त "अयोग्य राजदूत मायाकुमारीले कतारमा गरेका कर्तुतहरु"

mayakumari

काठमाडौं, असोज ४–कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई सरकारले फिर्ता बोलाउने तयारी गरेको छ । एमाओवादी कोटाबाट कतारी राजदूतमा नियुक्ति भएकी शर्माले त्यहाँ रहेर विवादास्पद गतिविधि गरेका कारण सरकारले फिर्ता बोलाउने तयारी गरेको हो । शुक्रबार बसेको एमाओवादी केन्द्रीय कार्यालयको बैठकले राजदूत शर्माले एमाओवादी पार्टीको नै वेइज्जत गरेको ठहर गर्दै उनलाई फिर्ता बोलाउन सरकारलाई सहमति दिने निर्णय गरेको थियो । प्रचण्ड निवास लाजिम्पाटमा बसेको सो बैठकले परराष्ट्रमन्त्रालयमार्फत प्रक्रिया अघि बढाई उनलाई फिर्ता बोलाउन सरकारलाई सहमति दिने निर्णय गरेको एमाओवादी उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो । कतारमा रहेर शर्माले दुई देशको सम्बन्ध र त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको हक हितको पक्षमा काम गर्नु पर्नेमा उल्टै श्रमिकहरु विरुद्ध खनिँदै आएकी थिइन् । उनले समस्या लिएर दुतावास जाने श्रमिकहरुको गुनासा समेत सुन्ने नगरेको ३ वर्षदेखि कतारमा काम गर्दै आएका दिवस अधिकारीले बताए । उनका अनुसार नेपाली श्रमिकहरु समेत शर्मालाई राजदूतबाट फिर्ता बोलाउनु पर्ने पक्षमा रहेका छन् । बीबीसी नेपाली सेवाको  साझा सवाल कार्यक्रममा


 शर्माले कतार नेपाली कामदारहरूका लागि खुला जेल हो भन्ने अभिव्यक्ति दिएकी थिइन् । सो विवादाश्पद अभिव्यक्ति पछि कतार सरकारले आपत्ति जनाएको थियो । अभिव्यक्तिपछि कतारी विदेश मन्त्रालयले शर्मासँग स्पष्टीकरण लिएको थियो । उनको विवादास्पद अभिव्यक्ति र कामका विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधे पनि कारबाही भने गर्न 


कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माद्वारा जारी प्रेश विज्ञप्ति

सकेको थिएन ।


कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माद्वारा जारी प्रेश विज्ञप्ति
कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माद्वारा जारी प्रेश विज्ञप्ति

 एमाओवादीको सहमतिपछि उनलाई प्रक्रिया पुर्याएर छिट्टै स्वदेश फिर्ता बोलाइने स्रोतले जनाएको छ । यसअघि कतार सरकारले नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । नेपालका लागि कतारी राजदूत अहमद जासेम अल हमरले मंगलबार गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेलाई भेटी शर्मालाई फिर्ता बोलाएर दुई देशबीचको सुमधुर सम्बन्ध कायम राख्न आग्रह गरेका थिए । source:http://www.ratopati.com/2013/09/20/85909.html#sthash.yHhbCyPQ.dpuf


टक टक - विवादित कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मासँगको कुराकानी !!



यतिबेला एकातिर नेपाली महिलालाई राज्यको हरेक तहमा ३३ मात्र हैन, ५० प्रतिशत नै सहभागित सुनिश्चित हुनुपर्ने माग भइरहेको छ । अर्कातिर मौका पाएर पनि कतिपय महिलाले अवसरको सदुपयोग गर्न नसकेका उदाहरण पनि भेटिन्छन् । कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्माको कथाले यस्तै भन्छ । एमाओवादीले उनलाई कतारमा राजदुत बनाएर त पठायो, तर उनले आफ्नो पदको गरिमा धान्न सकिनन् । विभिन्न विवादास्पद हरकत र अभिव्यक्तिका कारण मुलुक र आफुलाई सिफारिश गर्ने पार्टीकै बेइज्जेती गर्न थालेपछि उनलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
तत्कालिन बाबुराम भट्टराई सरकारको पालामा एमाओवादी कोटामा कतारमा राजदूत भएर गएकी मायाकुमारी शर्मा कृषि विकास बैंकको तृतीय क्षेणीकी अधिकृत मात्र हुन् । उनीजस्ता धेरै कूटनीतिक अनुभवहीन राजदूत भएका कारण नेपालको पछिल्लो समयमा कूटनीतिक असफलता चुलिएको कुटनीतिक क्षेत्रको विश्लेषण छ ।
मायाकुमारीले देश र पार्टीकै बदनाम गर्न थालेपछि गत वैशाखमै एमाओवादीका कतारस्थित जिल्ला संगठनले कूटनीतिक अज्ञानता र कमजोर कार्यक्षमताका कारण मायाकुमारीलाई फिर्ता गर्न केन्द्री कार्यालयमा सिफारिस गरेको थियो । एमाओवादीको अन्तर्राष्ट्रिय ब्युरोअन्तर्गतको कतार संगठनले मायाको व्यवहार श्रमिकमैत्री नभएको, कामदारको दलाली गरेर ठग्नेहरुसँग साँठगाँठ गरेको आरोप लगाएको थियो । गत वर्षको हिउँदमा कतारमा रहेको पार्टी सँगठनको अधिवेशनका लागि एमाओवादी नेता कृष्ण्बहादुर महरा र लेखक नरेन्द्रजंग पिटर कतार पुगेका थिए । उनीहरु समक्ष पनि संगठनका पदाधिकारीले राजदूतको कार्यशैलीप्रति घोर आपत्ती जनाएका थिए । अहिले आएर बल्ल उनलाइ फिर्ता बोलाइएको छ । एमाओवादीले उनलाई फिर्ता बोलाउन सरकारलाई सहमती दिइसकेको छ । कतारमा मायाकुमारीका कर्तुतका केही झलकः
कामदार विरोधी छवी
। कतारमा झन्डै साढे ४ लाख नेपाली कामदार छन् । त्यहाँ म्यानपावर र एजेन्टको ठगीमा परेर बिचल्ली पर्नेको संख्या पनि ठुलै छ । त्यस्तो महत्वपुर्ण ठाउँमा मायाकमारीले कतारमा विचल्लीमा परेका कामदारका समस्या कहिल्यै सुिननन् । उनको छवी कामदार विरोधीका रुपमा प्रकट भइरहयो । कामदारको समस्या समाधानको साटो उनले बरु उल्टै रोजगारीका लागि कतार पुगेर विविध कारणले बिचल्लीमा पर्ने नेपाली कामदारलाई उद्धार गर्न सन् २००८ जनवरीबाट सञ्चालनमा आएको आश्रयस्थल नै बन्द गराइन् ।
पुर्व राजदूत सूर्यनाथ मिश्रले कामदार उद्धार र घर फर्काउन सहयोग पुगोस् भनेर दूतावास परिसरको एउटा कोठामा आश्रयस्थल स्थापना गरेका थिए । दोहामाजस्तै साउदी अरेबिया, कुवेतस्थित दूतावासमा पनि अलपत्र नेपालीको उद्धारमा सेल्टर हाउस छन् । मायाकुमारीले कामदारका समस्यालाई उपेक्षा गर्दै आश्रयस्थल बन्द गरेपछि चर्को विरोध भएको थियो ।
त्यसरी कामदारको समस्या पहिल्याउन छाडेको समाचार आएपछि राजदूत मायाकुमारीसँग परराष्ट्र मन्त्रालयले स्पष्टीकरण मागेको थियो । मायाकुमारीले कामदारको मागपत्र आफैं स्वीकृत गर्ने गरेको, समस्या लिएर दूतावास पुगेका कामदारलाई भेटघाटमा समय नदिने गरेको र नियोगको प्रशासनिक कार्य विभाजनमा ध्यान नदिएको उजुरीसमेत परराष्ट्रमा परेको थियो ।
दिपक भेटवाल प्रकरण
राजदूत मायाकुमारीले एक ब्लगमा लेखिएको टिप्पणीकै आधारमा कतारमै रहेका नेपाली नागरिक दीपक भेटवाललाई केही महिनाअघि देशनिकालाको असफल प्रयास गरेकी थिइन् । आफुविरुध्द ब्लगमा जथाभावी लेखेको आरोपमा मायाकुमारीले कतारस्थित अन्र्तराष्ट्रिय नेपाली साहित्य समितिका संस्थापक अध्यक्ष एवं मजदुर प्रतिनिधि भेटवाललाई देशनिकाला गर्न कतार सरकारलाई पत्र नै लेखेकी थिइन् ।
कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई पठाइएको पत्रमा उल्लेख थियो–
‘२८१५२४१०४०० नम्बर परिचयपत्र वाहक नेपाली नागरिक दीपक भेटवाल नेपाल सरकाविरुद्ध दोहामा नेता भइरहेका छन् । हालसालै उनले दोहास्थित नेपाली दूतावासविरुद्ध लेख लेखेर महामहिम राजदूतको मानहानी गरे । लेखमा उनले तलब नपाएका मजदुरलाई सम्बन्धीत कम्पनीमा हडताल गर्न उकासेका छन् । यदि उनीमाथि कुनै कारबाही गरिएन भने ति मजदुर आगो लगाएर आत्महत्या गर्न सक्छन् ।’ 
पत्रका आधारमा कतारको अनुसन्धान तथा अनुगमन विभागका अधिकारीले भेटवाललाई डिपोर्ट हुन राहदानी र टिकट ल्याउन भनेका थिए । आफू कार्यरत कम्पनीको जमानीमा उनी हाजिर हुनुपर्ने गरी छाडिएको थियो । पछि विभिन्न गैरआवासीय नेपालीको दबाब र नेपाल सरकारको निर्देशनपछि उनले आफ्नो निर्णय फिर्ता लिएकी थिइन् । 
नेपाली श्रमिकका समस्यका विषयमा लेख लेख्ने भेटवाललाई डिपोर्ट गर्न राजदूत शर्माले पत्र लेखेपछि कतारस्थित नेपाली समुदायले तिब्र विरोध गरेको थियो । पत्र फिर्ताको माग गर्दै नेपाली समुदायले एमाओवादी नेतृत्व र तात्कालीन मुख्य सचिव लीलामणि पौडेल समेतलाई सम्पर्क गरी दबाब दिएका थिए । 
सोही विषयमा एम्नेस्टी इन्टरनेसनले भेटवाललाई लेख लेखेवापत निसाना बनाइनु उनको अभिव्यक्ती स्वतन्त्रताको अधिकार उल्लंघन गरेको मात्रै होइन, यसले विदेशमा रहेका आफ्ना नागरिकको संरक्षणमा नेपाल सरकारको प्रणालीगत असफलतालाई समेत प्रदर्शन गरेको भन्दै विरोध जनाएको थियो । मायाकुमारीले नेपालमा परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नै नदिइ त्यसरी आफ्नै नागरीकलाई देश निकालाको सिफारिश गरेको कुरा बाहिर आएपछि परराष्ट्रकै दबाबमा दूतावासले देश निकालाको अनुरोध फिर्ता लिएको थियो ।
ब्लगमा के थियो ?
आफनो ब्लगमा दिपक भेटवालले निम्न तथ्य उल्लेख गरेका थिए–
  • दुतावासको आरामदायी कुर्चीमा बिराजमान रातो पासपोर्टधारीहरु नेपाली मजदुरहरुको पीडा, हैरानीको बुझबुझारथ गर्न गरीव राज्यको ढुकुटीबाट यथेष्ट सेवा सुविधा खाएर बसेका छन् । तर जव दुतावासमा आपनो हक स्थापित गराइमाग्न नेपाली मजदुर सुस्केरा काड्दै आउँछन्, तिनलाई ढाढस दिने, हामी छौ नि भनेर तिनको आत्मबल उकास्ने लन्ठो कसैले गर्दैन । 
  • मजदुरको नाम तलब भत्ता खाने रातो पासपोर्टधारीलाई दुतावासमा दैनिक कुनै गोरखधन्दा लिएर आउने मजदुर पिडक ठग दलालको सेवा सत्कारमा खटिदै फुर्सद हुँदैन । मानौं, तिनले राज्यले तिनलाई ठगदलालहरुको सेवा सत्कारको खातिर खटाइएको हो । तैपनी केही हातलागी हुन्छ की भनेर कोठा–कोठा चहार्दै पीिडत मजदुर राजदुतको कोठाभित्र छिर्न खोज्छन् । राजदुतको कोठा बाहिर बस्ने जब्बर ढोकेले पिडीतलाई झयाप्पै रोक्छ । यो ढोकेको काम बडो लोभलाग्दो छ । ठग, दलाल कम्पनिको मालिक आए सुरुक्क भित्र छिराउँछ, झुत्रारमैला मजदुर आएमा बाहिरै तिनको सातो लिइन्छ । ‘किन आएको ? के काम छ ? राजदुत भित्र मिटिङमा हुनुहुन्छ। एकछिन पख्नुस ।’
  • तर पर्खदा पर्खदै घाम डुब्छ । यसरी आशा र भरोसाको अन्तिम त्यान्द्रो पनि चुडिएपछि कोही कम्पनी छाडेर भाग्छन, कोही ज्यान बचाउन आफ्नो पाउनुपर्ने पसिनाको कमाई माया मारेर जेलको नारकिय बाटो हुदै स्वदेश फर्कन्छन् । कोही आत्मदाह गरेर मर्छन् । कोही बेपत्ता हुन्छन् । 
  • समालको मरुभुमीमा खालि पैतालाले तातो बालुवा टेकेर भेडा चराइरहेको बीरबहादुर १३ बर्ष भयो देश नफिरेको । तपाईका स्वाभिमानी नागरिकले कहिलेसम्म यो नियती भोगिरहने राष्ट्रपति महोदय ? महोदय, दुतावास ओहोर दोहोर गरिरहने भुक्तभोगीहरुले सुनाएको दुईथान घटनाको म बर्णन गर्न चाहान्छु । 
  • दुतावासमा राजदुतको ढोकाबाहिर आफनो समस्याको पुको फुकाउन ओठ तालु सुकाएर अत्यासलाग्दो मुद्रामा पीिडतहरुको घुइँचो छ । कहिले पालो आउला भनेर ढोकातिर हेर्दै ढोकेसँग चाहना गरिरहेका छन् । तैपनी भेट्ने पालो आउँदैन । महामहिम राजदुतसंग घण्टौ चियागफ लडाएर बाहिर निस्केका मानिस भन्छन, त्यसबेला महामहिम मस्तमुद्रामा जी च्यानलको सिरीयल हेरेर बसिरहेकी थिइन् ।
  • एउटा नेपाली म्यानपावरवालाले तलबमान र सेवा सुविधा झुक्याएर कामदार पठाएछ । पीडित कामदार म्यानपावर उपर कारवाही गरीपाउँ भनेर जाहेरी गर्न जाँदा ढोकामै रोकियो । घण्टौ बाहिर कुराइयो । बुझदै जाँदा थाहा लागेछ, हामहिम राजदुत त भित्र तिनै पीडितलाई झुक्याउने म्यानपावर मालिकलाई चिया सत्कार गरिरहेकी थिइन् । 
  • हामी यस्तो अक्षम राजदुत खेप्न बाध्य छौं । बोलेका बोल्यै छौं । बोल्यो हावाले उडाउँछ । न छाति पिटेर रुनु, न भित्तामा टाउको फुटाउनु । मान्छे एउटा निर्भीक प्राणी हो, चारैतिरबाट इमानमा बाँझो पल्टेर सत्यको घाँटी रेटेको हेरिरहँदा उकुसमुकस भएपछि मान्छेले आत्मदाह समेत गर्न पछि नपर्ने रहेछ । के हामी राजदुत फिर्ता गराईपाउँ भनेर अव आत्मदाह गरौं ?’
कतारलाई ‘खुला जेल’ भनेपछि
गत वैशाखमा मायाकुमारीले अर्को बबन्डर मच्चाइन् । उनले बीबीसी टेलिभिजनको साझा सवाल कार्यक्रममा ‘कतार भनेको खुला जेल हो’ भन्ने अभिव्यक्ति दिइन् । उनले सम्बन्धित कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’ कतार छाड्न नपाउने प्रावधानको विरोध गर्र्दै भनेकी थिइन, ‘यस्तो प्रावधानले कतारलाई खुला जेलमा परिणत गरेको छ ।’
उनले त्यस्तो प्रतिकृया दिएपछि काठमाडौंस्थित कतारी दुतावासले पनि राजदुत शर्माको धारणाप्रति खेद व्यक्त गर्दै जानकारी मागेको थियो । अन्तर्वार्ताप्रति कतारका नेपाली समुदायका प्रतिनिधिले पनि व्यापक विरोध गरेका थिए । राजदूतको भनाइले दुई देशबीचको सम्बन्धमाथि आँच पु¥याएकाले राजदूतले सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने माग गरे पनि मायाकुमारीले आत्मालोचना गरिनन् ।
स्मरणीय छ, कतारसहितका खाडी मुलुकमा रहेको ‘स्पोन्सरसिप’ पद्धतीका कारण ती मुलुकबाट बाहिर जाने क्रममा कुनै पनि श्रमिकले ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने प्रावधान छ । यो प्रावधान खुकुलो बनाउन विभिन्न मानवअधिकारवादी संघस्थाले आवाज नआउठाएका होइनन् । तर बहालवाला सरकारी अधिकारीले कुटनीतिक मर्यादा विपरीत गएर ‘कतार खुला जेल हो’ भन्नु गलत भएको एक पुर्व कुटनीतिक अधिकारी बताउँछन् ।
लक्ष्मण पाण्डे, कतारबाट
source:- http://www.ratopati.com/2013/09/21/85975.html#sthash.3elFrXRW.dpuf



नारीले आफुलाइ कम्जोर नठान्नु र पुरुषले आफुलाइ बलवान नठान्नु ♥


 “तिमी बच्चै छौ भने अर्को बच्चा पाउने कोशीस नगर्नु। बच्चा पाउनु भनेको १८ बर्षे लामो प्रोजेक्ट हो । यो प्रोजेक्टमा रातदिनबिहानबेलुकी भन्न पाइदैन । जती बेला पनि आफ्नो समयधनलगन,मिहेनतमाया र अरु धेरै कुरा खर्चिनु पर्ने हुन्छ।“ भनेर मेरो योगा सिकाउने गुरुले भन्नु हुन्थ्यो ।

म र मेरो श्रीमानलाई पनि यस्तै लाग्थ्यो । एउटा नयाँ जीवनलाई जीवन दिनु ठुलो जिम्मेवारी हो,त्यस्को लागि हामी पूर्ण रुपमा तयारी हुनु पर्छ। मेरो उमेर पनि ३० काटी सकेको अवस्था र विवाह भएको केही बर्ष बिती सकेकोले पनि आमा बुवासाथीभाई सबैबाट ठुलो नै प्रेसर आइराखेको छ । बुवा आमाले हामी हुर्काइ दिहाल्छउ नितिमीहरुले पाइदिए मात्र हुन्छ भन्नु हुन्छ तर हामीलाई यस्तो लाग्छ कि छोरा छोरी जन्माउने जिम्मेवारी हाम्रो भए पछी हुर्काउनेसस्कार दिने जिम्मेवारी पनि हाम्रोनै हुन्छ जस्तो लाग्छ। हाम्रो बुवा आमाले आफ्नो जिम्मेवारी राम्रो सँग पुरा गर्नु भयो र हामीले पनि आफ्नो जिम्मेवारी कतै पन्छाउन मिल्दैन।

मलाई लाग्छ पहिले पहिले भन्दा अहिले बच्चा हुर्काउन सार्है गार्हो छ। अहिले बाहिर प्रभाव पार्नी चिज धेरै छ त्यसैले घरको बातावरण आमाबाउले राम्रो राख्न जरुरी छ र राम्रो शिक्षा दिन पनि जरुरी छ ।  सबै भन्दा महत्व पूर्ण कुरा त एक अर्काको सम्मान गर्न केटी मान्छेले केटाको र केटा मान्छेले केटीको । राम्रो शिक्षा दिएको खन्डमा भोली गएर समाजमा नारी हिंसाबलत्कार जस्तो घटना हुने थिएन किमलाई लाग्छ हाम्रो समाजमा नारीले आफुले कम्जोर ठान्नु र पुरुषले आफु बलवान ठान्नु नै नारी हिंसाको प्रमुख कारण हो जस्तो लाग्छ । नेपालमा मात्रै  १६ दिन मा १२ वटा (कान्तिपुर पेपर अनुसार ) महिला हत्या हिंसाका घटना भए। भर्खरै नेपालमा र ईन्डियामा भएको केही घटनाले मेरो मन सार्है दुखायो। हामी बुद्दी भएका मानवहरु पशुहरु भन्दा पनि निचा देखिएका छौ
कहिलेकाही एउटा कुराले मलाई सार्है रिस पनि उठाउछधनी होस् या गरीब,
पढेका हुन या निरक्षरशहर होस् या गाउ सन्तान होस् त छोरा नै होस् भन्ने कामना गर्छन्। केटा मान्छेलाई केटी देखेर नि डराउनेस्वास्नी देखेर डराउने जोइटिङ्ग्रे,
छोरीलाई तेसै छाडा छोड्नेछोरा मान्छे बलवान हुन पर्छ छोरी मान्छेले सहनु पर्छ  भन्ने सस्कार घरबाट सुरु हुन्छ।  प्रसान्त भन्ने एकजनाले बडो इमान्दारी पुर्वक फेसबुकमा लेखेका छन
जब उनको पहिलो सन्तान छोरी भनेर अल्ट्रासाउन्ड बाट था' भयो तब उनी साह्रै दुखी भए रे। 
छोरी पछी उनको लगतै छोरा पनि दोस्रो बच्चा छोरा पनि भयो रे तर छोरी भएको बेला घरको रौनक नै अर्कै हुन्छ रे उनी अगाडि लेख्छन मलाई आज लज्जा महसुस भएको छ कि तेती बेला मैले त्यस्तो पाप सोचे
तर अहिले उनिलाई छोरी सार्है मन पर्छ रे  मेरी श्रीमतीले मानिन् भने म अर्को छोरी जन्माउन तयार छु। 

अब धेरैनै ढिलो भई सक्यो समाजलाई हामी सबै मिलेर बदलनु पर्छ। आफ्नो सोचाइमा परिवर्तन ल्याउन पर्छ।  सभ्य समाजको सुरुवात घरबाटनै सुरु हुन्छ छोरीलाई कोही भन्दा कम् नसम्झिन र छोरा लाइ नारी प्रति इज्जत गर्न घरबाटनै सिकाउनु पर्ने बेला भएको छ।
भनिन्छ बच्चा बच्चिले घर बाट सिकेको कुरा कहिले पनि बिर्सिदैन हजुरहरु आँफै एक अर्का प्रती सम्मानप्रक्रिती र हरेक प्राणी प्रती माया देखाउनु होस सन्तानले हेरेर सिक्छन।

हजुरहरुको नयाँ बर्ष हरेक प्राणीको लागि मायाले भरी पूर्ण होस्!! शुभ-कामना!!

"स्कुल देखि क्याम्पस सम्म: SLC पछि को कथा"SLC मा पास हुने हरु लाई यस्तै हुने गर्छ "स्कुल देखि क्याम्पस सम्म: SLC पछि को कथा"



यो बर्ष पनि एस.एल.सी को रिजल्ट निस्क्यो। आधा जति फेल भएछन। पास भए जति अब स्थानिय देखि राजधानी सम्मका +२ मा भर्नाको लागि दौड धुप चल्छ। कलेजका हाकिमहरु आफ्ना आउरे धुपौरे लगाएर विद्यार्थी खोज्न लागिपर्या होलान्। मेरा साथिहरु मिलेर यो साल देखि नयाँ +२ कलेज खोल्या छन्, अनी तीनलाई पोखरा देखि नारायणघाट सम्म के पड्ने भनेर सेमिनार दिदै हिड्याछन्। आज भन्दा करिब १५ बर्ष अघिको कुरो अर्कै छ।

हुनत एस.एल.सी दिदा बित्तिकै नै हो काठ्मान्डु गएर अङ्रेजी र कम्पुटर सिक्ने भनेर बुवाले नभन्नु भाको त हैन, म पनि मख्ख पर्या थे काठ्मन्डु जना पाइने भयो भनेर। त्यति बेला फेसन आ'थ्यो एस.एल.सी जाच दे पछि कम्पुटर र अङ्रेजी भाषा सिक्ने। तर खै किन हो त्यो पूरा हुन पाएन। एस.एल.सी दिए पछि रिजल्ट ननिस्किदा सम्म घरमा गोबर ग्यास पलान्ट बनाइयो, बाटो पारीको ३ कठ्ठा नयाँ किनेको खेतमा बेमौसमी मकै लगाइयो, धेरै जसो समय त्यहि मकै खेती मै बित्यो। त्यति बेला बनाको गोबर ग्यासले अहिले सम्म पनि काम गरि रा छ। रिजल्ट निस्के पछि भने काठ्मान्डु जाने पक्का जस्तै भयो, त्यो पनि नम्बर को कारणले। पहिलो डिभिजन आयो भने साईन्स पड्नु पर्छ भन्थे। त्यो पढ्न लाई अन्त जना भन्दा काठ्मन्डु नै ठीक पर्थ्यो धेरै कारण ले। असार तिरै होला बुवाको पछि लागेर नाइट् बस चढेर काठ्मान्डु हिंडेको थिए।


मार्क्सिट संगै सिमेन्टको बोरामा तरकारी पनि थिय। काठ्मान्डुमा बासु अन्कलले भर्खर् घर बनाउनु भा'थ्यो। हाम्रो बास त्यहि हुने भयो। त्यो भन्दा ८ बर्ष पहिले आमाको उपचारको सिल सिलामा गा'थे तर सानैमा गा'हुनाले त्यति मेसो पर्या थेन। बिहान पख नयाँ बस पार्क ओर्ले पछि अर्को बस चडेर कोटेश्वरतिर लागिम। एस् ओ एस् को नजिकै बाट पूर्व तिर असारमा मकै घारीको बिचमा अन्कल को घर। अहिले त पुरै घरै घर छन् त्यहा। नयाँ ठाउँ गाऊ बाट शहरको जीवन शैली सिक्दै गरेका कुरा हरु छन्। अहिले त्यता नगैकन म क्याम्पस भर्ना हुने तिर लाग्छु। साइन्स पड्ने माइन्ड मेकअप काठ्मान्डु आउनु भन्दा अगाडि नै भैसकेको थियो। कुन क्याम्पस पड्ने भन्ने फिक्स भै सक्या थेन। साइन्सको लागि अस्कल राम्रो हो भन्ने था'थ्यो। बासु अन्कल्, भोजु अन्कलले पनि अस्कलमै साइन्स पढेकोले। तर त्यहा नाम निकाल्न गार्हो थियो। त्यसैले त्यहा नाम् निस्क्यो भने अस्कलमै पढ्ने नत्र अन्त। अन्त भन्नले त्रिचन्द्र वा पाटन क्याम्पस्। एक दिन गएर ३ वटै क्याम्पसको फर्म किनेर ल्याइम बाउ छोराले र फर्म भरेर बुजाइम्। फर्म भर्दा अर्को आपत्। त्यहा त बायो र फिजिकल हुदो रैछ। कुनमा भर्ने त? पहिलो क्ष्रेणिमा एस.एल.सी पास् भए साइन्स पड्ने अनी साइन्स पढे पछि की डाक्टर की इन्जिनिअर बन्ने। यस्तै त थियो त्यतिबेलाको फर्मुला। धन्न बायो पढ्यो भने डाक्टर बन्ने लाइन तिर गैन्छ भन्ने था'भए पछि बायो छनेर फर्म बुजाइयो। फर्म बुजाएर मात्रै नहुने रैछ नी त। प्रबेश परिक्षा दिनु पार्ने रैछ नाम् निकाल्न लाई त। के सोद्ने हो, के पड्ने होला भन्ने अलि अलि चिन्ता पर्यो। अब नेपालिमा पढेको, प्रश्न अङ्रेजिमा सोद्ने। के होला भन्ने डर लाग्यो। नयाँ परिबेसको बसाइ भएकोले खासै प्रबेश परिक्षाको तयारी गरिन। त्यो परिक्षा भने यौटै परिक्षाले सबै क्याम्सलाई काम गर्ने रैछ। अस्कल एक नम्बरमा, त्रिचन्द्रलाई दुई नम्बरमा र पाटन क्याम्पसलाई तीन नम्बरमा राख्या थे। प्रबेश परिक्षा दे पछि, निराजन अन्कल लाई नाम् निस्क्यो भने भर्ना गर्दिनु भनेर घर फिर्ती सवारी भयो, बाउ छोराकै।

काठ्मान्डु बाट केही खबर आएन। त्यति बेला अहिले जस्तो फोन सोन छ्याप-छ्याप्ती थे'न। घर देखि ४ किलोमिटर टाढा लालमटियामा यौटा लाइन थियो। कस्ले फोन गरेर खबर गर्देउस। काठ्मान्डुमा नाम् निस्केन भने घोराही क्याम्पसमै आर्ट्स पढ्ने त होला बुवाले भने पछि भने अलि चिन्ता लाग्न थाल्यो। के होला त भन्ने। खासमा घोराइ जाने, आर्ट्स पढ्ने तिर कुनै चाख थेन। काठ्मान्डु मै साइन्स पढ्नेतिर दिमाक गैसकेको थियो। ऐले सोच्दा साइन्समै इन्टरेस्ट भएर भन्दा पनि आर्ट्स भन्दा साइन्स पढ्नेको इजेत हुने, यति धेरै नम्बर ल्यार पनि साइन्स नपद्दा अरुले के भन्लान भनेर हो जस्तो लाग्छ। पछि काठ्मान्डु गए पछि थाहा भयो कि, सिदै नाम् निस्केन भने स्वबियुले आफ्नो लिस्ट निकालेर भर्ना गर्ने रैछ। पहिलो लिस्ट निकाले पछि दोश्रो र त्यसपछि तेश्रो लिस्ट निस्किने रैछ। मलाई के लाग्या थ्यो भने, एउटा लिस्ट निस्किन्छ होला, त्यसमा नाम् निस्केन भने बाटो बन्द। केही समय पछि फेरि सिमेन्टका बोरामा तरकारि, सरकारि, सुत्नको लागि तन्न, सिरानि, सिरक बोकेर एक्लै काठ्मान्डु तिर लागे। धन्न अन्कल को घर पत्ता लगाए। एस ओ एस सम्म त बसले लगिदियो, त्यसपछि सबै सामान् आफै बोकेर लान नसक्ने। नजिकै को एउटा पसल (हाम्रो गाऊ तिर दोकान भन्थिम्)मा राखेर खेपै खेप गरि सामान् ओसारे। निराजन अन्कल ले भर्ना गर्दी सक्नु भा रैछ। अस्कलमै नाम् निस्के छा त्यो पनि पहिलो लिस्टमै। पछि क्याम्पस गएर हेर्दा था'भो अन्तिम् अन्तिम् तिर निस्केको रैछ। यसरी क्याम्पस जीवन सुरु भ'को अझै सक्या छैन। साइन्स पनि छोडेको छैन। क्याम्पस सुरु भए पछिको कुरा कुनै दिन लेखम्ला, अहिले लाई यत्ति है त।
                                                                                                     फेसबुक बाट कपि गरीएको