काठमाडौं, असोज ४–कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई सरकारले फिर्ता बोलाउने तयारी गरेको छ । एमाओवादी कोटाबाट कतारी राजदूतमा नियुक्ति भएकी शर्माले त्यहाँ रहेर विवादास्पद गतिविधि गरेका कारण सरकारले फिर्ता बोलाउने तयारी गरेको हो । शुक्रबार बसेको एमाओवादी केन्द्रीय कार्यालयको बैठकले राजदूत शर्माले एमाओवादी पार्टीको नै वेइज्जत गरेको ठहर गर्दै उनलाई फिर्ता बोलाउन सरकारलाई सहमति दिने निर्णय गरेको थियो । प्रचण्ड निवास लाजिम्पाटमा बसेको सो बैठकले परराष्ट्रमन्त्रालयमार्फत प्रक्रिया अघि बढाई उनलाई फिर्ता बोलाउन सरकारलाई सहमति दिने निर्णय गरेको एमाओवादी उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो । कतारमा रहेर शर्माले दुई देशको सम्बन्ध र त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको हक हितको पक्षमा काम गर्नु पर्नेमा उल्टै श्रमिकहरु विरुद्ध खनिँदै आएकी थिइन् । उनले समस्या लिएर दुतावास जाने श्रमिकहरुको गुनासा समेत सुन्ने नगरेको ३ वर्षदेखि कतारमा काम गर्दै आएका दिवस अधिकारीले बताए । उनका अनुसार नेपाली श्रमिकहरु समेत शर्मालाई राजदूतबाट फिर्ता बोलाउनु पर्ने पक्षमा रहेका छन् । बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा
शर्माले कतार नेपाली कामदारहरूका लागि खुला जेल हो भन्ने अभिव्यक्ति दिएकी थिइन् । सो विवादाश्पद अभिव्यक्ति पछि कतार सरकारले आपत्ति जनाएको थियो । अभिव्यक्तिपछि कतारी विदेश मन्त्रालयले शर्मासँग स्पष्टीकरण लिएको थियो । उनको विवादास्पद अभिव्यक्ति र कामका विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधे पनि कारबाही भने गर्न
कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माद्वारा जारी प्रेश विज्ञप्ति
सकेको थिएन ।

एमाओवादीको सहमतिपछि उनलाई प्रक्रिया पुर्याएर छिट्टै स्वदेश फिर्ता बोलाइने स्रोतले जनाएको छ । यसअघि कतार सरकारले नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । नेपालका लागि कतारी राजदूत अहमद जासेम अल हमरले मंगलबार गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेलाई भेटी शर्मालाई फिर्ता बोलाएर दुई देशबीचको सुमधुर सम्बन्ध कायम राख्न आग्रह गरेका थिए । source:http://www.ratopati.com/2013/09/20/85909.html#sthash.yHhbCyPQ.dpuf
टक टक - विवादित कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मासँगको कुराकानी !!
यतिबेला एकातिर नेपाली महिलालाई राज्यको हरेक तहमा ३३ मात्र हैन, ५० प्रतिशत नै सहभागित सुनिश्चित हुनुपर्ने माग भइरहेको छ । अर्कातिर मौका पाएर पनि कतिपय महिलाले अवसरको सदुपयोग गर्न नसकेका उदाहरण पनि भेटिन्छन् । कतारस्थित नेपाली राजदूत मायाकुमारी शर्माको कथाले यस्तै भन्छ । एमाओवादीले उनलाई कतारमा राजदुत बनाएर त पठायो, तर उनले आफ्नो पदको गरिमा धान्न सकिनन् । विभिन्न विवादास्पद हरकत र अभिव्यक्तिका कारण मुलुक र आफुलाई सिफारिश गर्ने पार्टीकै बेइज्जेती गर्न थालेपछि उनलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
तत्कालिन बाबुराम भट्टराई सरकारको पालामा एमाओवादी कोटामा कतारमा राजदूत भएर गएकी मायाकुमारी शर्मा कृषि विकास बैंकको तृतीय क्षेणीकी अधिकृत मात्र हुन् । उनीजस्ता धेरै कूटनीतिक अनुभवहीन राजदूत भएका कारण नेपालको पछिल्लो समयमा कूटनीतिक असफलता चुलिएको कुटनीतिक क्षेत्रको विश्लेषण छ ।
मायाकुमारीले देश र पार्टीकै बदनाम गर्न थालेपछि गत वैशाखमै एमाओवादीका कतारस्थित जिल्ला संगठनले कूटनीतिक अज्ञानता र कमजोर कार्यक्षमताका कारण मायाकुमारीलाई फिर्ता गर्न केन्द्री कार्यालयमा सिफारिस गरेको थियो । एमाओवादीको अन्तर्राष्ट्रिय ब्युरोअन्तर्गतको कतार संगठनले मायाको व्यवहार श्रमिकमैत्री नभएको, कामदारको दलाली गरेर ठग्नेहरुसँग साँठगाँठ गरेको आरोप लगाएको थियो । गत वर्षको हिउँदमा कतारमा रहेको पार्टी सँगठनको अधिवेशनका लागि एमाओवादी नेता कृष्ण्बहादुर महरा र लेखक नरेन्द्रजंग पिटर कतार पुगेका थिए । उनीहरु समक्ष पनि संगठनका पदाधिकारीले राजदूतको कार्यशैलीप्रति घोर आपत्ती जनाएका थिए । अहिले आएर बल्ल उनलाइ फिर्ता बोलाइएको छ । एमाओवादीले उनलाई फिर्ता बोलाउन सरकारलाई सहमती दिइसकेको छ । कतारमा मायाकुमारीका कर्तुतका केही झलकः
कामदार विरोधी छवी
। कतारमा झन्डै साढे ४ लाख नेपाली कामदार छन् । त्यहाँ म्यानपावर र एजेन्टको ठगीमा परेर बिचल्ली पर्नेको संख्या पनि ठुलै छ । त्यस्तो महत्वपुर्ण ठाउँमा मायाकमारीले कतारमा विचल्लीमा परेका कामदारका समस्या कहिल्यै सुिननन् । उनको छवी कामदार विरोधीका रुपमा प्रकट भइरहयो । कामदारको समस्या समाधानको साटो उनले बरु उल्टै रोजगारीका लागि कतार पुगेर विविध कारणले बिचल्लीमा पर्ने नेपाली कामदारलाई उद्धार गर्न सन् २००८ जनवरीबाट सञ्चालनमा आएको आश्रयस्थल नै बन्द गराइन् ।
पुर्व राजदूत सूर्यनाथ मिश्रले कामदार उद्धार र घर फर्काउन सहयोग पुगोस् भनेर दूतावास परिसरको एउटा कोठामा आश्रयस्थल स्थापना गरेका थिए । दोहामाजस्तै साउदी अरेबिया, कुवेतस्थित दूतावासमा पनि अलपत्र नेपालीको उद्धारमा सेल्टर हाउस छन् । मायाकुमारीले कामदारका समस्यालाई उपेक्षा गर्दै आश्रयस्थल बन्द गरेपछि चर्को विरोध भएको थियो ।
त्यसरी कामदारको समस्या पहिल्याउन छाडेको समाचार आएपछि राजदूत मायाकुमारीसँग परराष्ट्र मन्त्रालयले स्पष्टीकरण मागेको थियो । मायाकुमारीले कामदारको मागपत्र आफैं स्वीकृत गर्ने गरेको, समस्या लिएर दूतावास पुगेका कामदारलाई भेटघाटमा समय नदिने गरेको र नियोगको प्रशासनिक कार्य विभाजनमा ध्यान नदिएको उजुरीसमेत परराष्ट्रमा परेको थियो ।
दिपक भेटवाल प्रकरण
राजदूत मायाकुमारीले एक ब्लगमा लेखिएको टिप्पणीकै आधारमा कतारमै रहेका नेपाली नागरिक दीपक भेटवाललाई केही महिनाअघि देशनिकालाको असफल प्रयास गरेकी थिइन् । आफुविरुध्द ब्लगमा जथाभावी लेखेको आरोपमा मायाकुमारीले कतारस्थित अन्र्तराष्ट्रिय नेपाली साहित्य समितिका संस्थापक अध्यक्ष एवं मजदुर प्रतिनिधि भेटवाललाई देशनिकाला गर्न कतार सरकारलाई पत्र नै लेखेकी थिइन् ।
कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई पठाइएको पत्रमा उल्लेख थियो–
‘२८१५२४१०४०० नम्बर परिचयपत्र वाहक नेपाली नागरिक दीपक भेटवाल नेपाल सरकाविरुद्ध दोहामा नेता भइरहेका छन् । हालसालै उनले दोहास्थित नेपाली दूतावासविरुद्ध लेख लेखेर महामहिम राजदूतको मानहानी गरे । लेखमा उनले तलब नपाएका मजदुरलाई सम्बन्धीत कम्पनीमा हडताल गर्न उकासेका छन् । यदि उनीमाथि कुनै कारबाही गरिएन भने ति मजदुर आगो लगाएर आत्महत्या गर्न सक्छन् ।’
पत्रका आधारमा कतारको अनुसन्धान तथा अनुगमन विभागका अधिकारीले भेटवाललाई डिपोर्ट हुन राहदानी र टिकट ल्याउन भनेका थिए । आफू कार्यरत कम्पनीको जमानीमा उनी हाजिर हुनुपर्ने गरी छाडिएको थियो । पछि विभिन्न गैरआवासीय नेपालीको दबाब र नेपाल सरकारको निर्देशनपछि उनले आफ्नो निर्णय फिर्ता लिएकी थिइन् ।
नेपाली श्रमिकका समस्यका विषयमा लेख लेख्ने भेटवाललाई डिपोर्ट गर्न राजदूत शर्माले पत्र लेखेपछि कतारस्थित नेपाली समुदायले तिब्र विरोध गरेको थियो । पत्र फिर्ताको माग गर्दै नेपाली समुदायले एमाओवादी नेतृत्व र तात्कालीन मुख्य सचिव लीलामणि पौडेल समेतलाई सम्पर्क गरी दबाब दिएका थिए ।
सोही विषयमा एम्नेस्टी इन्टरनेसनले भेटवाललाई लेख लेखेवापत निसाना बनाइनु उनको अभिव्यक्ती स्वतन्त्रताको अधिकार उल्लंघन गरेको मात्रै होइन, यसले विदेशमा रहेका आफ्ना नागरिकको संरक्षणमा नेपाल सरकारको प्रणालीगत असफलतालाई समेत प्रदर्शन गरेको भन्दै विरोध जनाएको थियो । मायाकुमारीले नेपालमा परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नै नदिइ त्यसरी आफ्नै नागरीकलाई देश निकालाको सिफारिश गरेको कुरा बाहिर आएपछि परराष्ट्रकै दबाबमा दूतावासले देश निकालाको अनुरोध फिर्ता लिएको थियो ।
ब्लगमा के थियो ?
आफनो ब्लगमा दिपक भेटवालले निम्न तथ्य उल्लेख गरेका थिए–

- दुतावासको आरामदायी कुर्चीमा बिराजमान रातो पासपोर्टधारीहरु नेपाली मजदुरहरुको पीडा, हैरानीको बुझबुझारथ गर्न गरीव राज्यको ढुकुटीबाट यथेष्ट सेवा सुविधा खाएर बसेका छन् । तर जव दुतावासमा आपनो हक स्थापित गराइमाग्न नेपाली मजदुर सुस्केरा काड्दै आउँछन्, तिनलाई ढाढस दिने, हामी छौ नि भनेर तिनको आत्मबल उकास्ने लन्ठो कसैले गर्दैन ।
- मजदुरको नाम तलब भत्ता खाने रातो पासपोर्टधारीलाई दुतावासमा दैनिक कुनै गोरखधन्दा लिएर आउने मजदुर पिडक ठग दलालको सेवा सत्कारमा खटिदै फुर्सद हुँदैन । मानौं, तिनले राज्यले तिनलाई ठगदलालहरुको सेवा सत्कारको खातिर खटाइएको हो । तैपनी केही हातलागी हुन्छ की भनेर कोठा–कोठा चहार्दै पीिडत मजदुर राजदुतको कोठाभित्र छिर्न खोज्छन् । राजदुतको कोठा बाहिर बस्ने जब्बर ढोकेले पिडीतलाई झयाप्पै रोक्छ । यो ढोकेको काम बडो लोभलाग्दो छ । ठग, दलाल कम्पनिको मालिक आए सुरुक्क भित्र छिराउँछ, झुत्रारमैला मजदुर आएमा बाहिरै तिनको सातो लिइन्छ । ‘किन आएको ? के काम छ ? राजदुत भित्र मिटिङमा हुनुहुन्छ। एकछिन पख्नुस ।’
- तर पर्खदा पर्खदै घाम डुब्छ । यसरी आशा र भरोसाको अन्तिम त्यान्द्रो पनि चुडिएपछि कोही कम्पनी छाडेर भाग्छन, कोही ज्यान बचाउन आफ्नो पाउनुपर्ने पसिनाको कमाई माया मारेर जेलको नारकिय बाटो हुदै स्वदेश फर्कन्छन् । कोही आत्मदाह गरेर मर्छन् । कोही बेपत्ता हुन्छन् ।
- समालको मरुभुमीमा खालि पैतालाले तातो बालुवा टेकेर भेडा चराइरहेको बीरबहादुर १३ बर्ष भयो देश नफिरेको । तपाईका स्वाभिमानी नागरिकले कहिलेसम्म यो नियती भोगिरहने राष्ट्रपति महोदय ? महोदय, दुतावास ओहोर दोहोर गरिरहने भुक्तभोगीहरुले सुनाएको दुईथान घटनाको म बर्णन गर्न चाहान्छु ।
- दुतावासमा राजदुतको ढोकाबाहिर आफनो समस्याको पुको फुकाउन ओठ तालु सुकाएर अत्यासलाग्दो मुद्रामा पीिडतहरुको घुइँचो छ । कहिले पालो आउला भनेर ढोकातिर हेर्दै ढोकेसँग चाहना गरिरहेका छन् । तैपनी भेट्ने पालो आउँदैन । महामहिम राजदुतसंग घण्टौ चियागफ लडाएर बाहिर निस्केका मानिस भन्छन, त्यसबेला महामहिम मस्तमुद्रामा जी च्यानलको सिरीयल हेरेर बसिरहेकी थिइन् ।
- एउटा नेपाली म्यानपावरवालाले तलबमान र सेवा सुविधा झुक्याएर कामदार पठाएछ । पीडित कामदार म्यानपावर उपर कारवाही गरीपाउँ भनेर जाहेरी गर्न जाँदा ढोकामै रोकियो । घण्टौ बाहिर कुराइयो । बुझदै जाँदा थाहा लागेछ, हामहिम राजदुत त भित्र तिनै पीडितलाई झुक्याउने म्यानपावर मालिकलाई चिया सत्कार गरिरहेकी थिइन् ।
- हामी यस्तो अक्षम राजदुत खेप्न बाध्य छौं । बोलेका बोल्यै छौं । बोल्यो हावाले उडाउँछ । न छाति पिटेर रुनु, न भित्तामा टाउको फुटाउनु । मान्छे एउटा निर्भीक प्राणी हो, चारैतिरबाट इमानमा बाँझो पल्टेर सत्यको घाँटी रेटेको हेरिरहँदा उकुसमुकस भएपछि मान्छेले आत्मदाह समेत गर्न पछि नपर्ने रहेछ । के हामी राजदुत फिर्ता गराईपाउँ भनेर अव आत्मदाह गरौं ?’
कतारलाई ‘खुला जेल’ भनेपछि
गत वैशाखमा मायाकुमारीले अर्को बबन्डर मच्चाइन् । उनले बीबीसी टेलिभिजनको साझा सवाल कार्यक्रममा ‘कतार भनेको खुला जेल हो’ भन्ने अभिव्यक्ति दिइन् । उनले सम्बन्धित कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’ कतार छाड्न नपाउने प्रावधानको विरोध गर्र्दै भनेकी थिइन, ‘यस्तो प्रावधानले कतारलाई खुला जेलमा परिणत गरेको छ ।’
उनले त्यस्तो प्रतिकृया दिएपछि काठमाडौंस्थित कतारी दुतावासले पनि राजदुत शर्माको धारणाप्रति खेद व्यक्त गर्दै जानकारी मागेको थियो । अन्तर्वार्ताप्रति कतारका नेपाली समुदायका प्रतिनिधिले पनि व्यापक विरोध गरेका थिए । राजदूतको भनाइले दुई देशबीचको सम्बन्धमाथि आँच पु¥याएकाले राजदूतले सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने माग गरे पनि मायाकुमारीले आत्मालोचना गरिनन् ।
स्मरणीय छ, कतारसहितका खाडी मुलुकमा रहेको ‘स्पोन्सरसिप’ पद्धतीका कारण ती मुलुकबाट बाहिर जाने क्रममा कुनै पनि श्रमिकले ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने प्रावधान छ । यो प्रावधान खुकुलो बनाउन विभिन्न मानवअधिकारवादी संघस्थाले आवाज नआउठाएका होइनन् । तर बहालवाला सरकारी अधिकारीले कुटनीतिक मर्यादा विपरीत गएर ‘कतार खुला जेल हो’ भन्नु गलत भएको एक पुर्व कुटनीतिक अधिकारी बताउँछन् ।

लक्ष्मण पाण्डे, कतारबाट
source:- http://www.ratopati.com/2013/09/21/85975.html#sthash.3elFrXRW.dpuf
0 टिप्पणियाँ: