Showing posts with label मर्दीखोला. Show all posts
Showing posts with label मर्दीखोला. Show all posts

घुम्दै फिर्‍यौं माछापुच्छ्रे नमुना पदयात्रा-मीना थापा मगरको ल्वाङघलेल यात्रा


      मौसमको अनुकूल वातावरणले ति हिम श्रृङ्खला, छाँगा, छहरा र लहरै मिलेका बस्तीलाई हेर्ने हाम्रा नजरलाई भरपुर साथ मिलिरहेको थियो। लालीगुराँस, सुनाखरी, बुकीफुल र हिमलहरे फूलहरुको सुवासमिश्रित स्वच्छन्द हावाले हामीमा थप उर्जा प्रदान गरिरहेको थियो। बिचबिचमा बिभिन्न जाति अझ बिषेश गरी गुरुङ समुदायका संस्कारगत खानाका परिकार र स्थानीय स्तरमा उत्पादित ताजा भोजनले हामीलाई अमृत दिलाएको थियो। त्यहाँका स्थानीय समुदायले गरेको सत्कार र स्वागतले हामीमा प्रेरणा र उत्साह थपेकै  थियो। 


त्यसैले त हेर्दा आकाश जोडिने कैयौं डाँडा, पखेरा र पहरासँग मितेरी लगाउँदै, अनि हरियाली र बिभिन्न जातका बोटबिरुवाले भरिपूर्ण बनजंगलसँग प्राकृतिक साईनो लगाउँदै ३ दिनको पदयात्रा पछि पुग्यौं हामी खुमई डाँडा। यो समुन्द्र सतहबाट ३२४५ मिटर उँचाईमा पर्दछ। जहाँबाट धौलागिरी, मनास्लु, माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाका कुनाकाप्चा अवलोकन गर्न सकिन्छ। मानौं कि यी हिमश्रृङ्खलाका बलेसी खुमई हो भन्दा फरक नपर्ला। क्रियाशील पत्रकार महिला संघ कास्कीको आयोजनामा १७ जना पत्रकारहरुको टोलीले गत कात्तिक १७ गते शुरु गरेको माछापुच्छे्र नमुना पदयात्राके अन्तिम यात्रास्थल हो यो खुमई डाँडा।  
नागबेलि मर्दीखोला

उक्त पदयात्राको पहिलो दिनको यात्रा पर्यटकीय स्थल हेम्जाकोट, धम्पुस हुँदै खोरामुखबाट ल्वाङघलसम्मको थियों। पोखरा, बिशेष गरी गुरुङ जातिको बाहुल्यता भए तापनि वास्तविक गुरुङ जातिको संस्कारगत स्थलको पहिचान बल्ल त्यहाँ पुगेपछि पाए जस्तो लाग्यो मलाई। बिद्युत आपूर्ति हुँदाको अधेँरी रातमा पनि ति लहरै मिलेका घरका ढुङ्गाका छानाको प्रकाशले झन् दिव्य किरण छाईरहेको थियो। दिनभरिको हिँडाईले थकित भएतापनि गुरुङसेनी आमाको हातले बुनेको गुन्द्रीमाथि टुसुक्क बसी पिएको महकिलो मही र आकाशका तारा जस्ता सेतै लावा बनेका मकैको एकै गाँसले सबै थकाई र प्यास मेटाईदियो। सबै साथीहरु आ–आफ्नै सुरमा त्यहाँको सुन्दर रमणीय वातावरणसँग रमाउँदै थिए। यो पदयात्रा मेरो लागि पहिलो थियो सायद त्यसैले होला मलाई यो सुनौलो अवसरमा सुन्दर बस्तीसँग जिस्किन मन लाग्यो। छिनभरमै धेरै फोटो आफ्नो क्यामेरामा कैद गरें। बस्तीपच्छेका समुदायको सत्कार र स्वागत अनि उनीहरुको शिष्टाचार व्यवहार अति नै बिर्सन नसक्नु थियो।  
माछापुछ्रे हिमाल

हेम्जाकोट, धम्पुस र ल्वाङघलेल पोखरा नगरीबाट एक दिनमा घुमेर फर्कन सकिने स्थल हुन्। दुरीको हिसावले ति गाउँ पोखरा शहरबाट नजिक रहेता पनि त्यहाँको बिभिन्न जातजातिका संस्कारगत पहिचान त्यसमा पनि बिशेष गरी गुरुङ समुदायका रहन सहन, संस्कार, संस्कृति र परम्परागत जीवनशैली बिलकुल परक थियो। राष्ट्रियताको पक्षमा भाषण ओकल्ने हाम्रा महान् नेताहरु सायद त्यो ठाउँमा पुग्ने हो भने बल्ल बुझ्न सक्नेछन् नेपालको राष्ट्रियता, यथार्थता र गौरव के हो भनेर। उक्त गाउँमा विगत ४ वर्षदेखि होम स्टेको व्यवस्था गरिएता पनि अहिलेसम्म जम्मा ५ ओटा घरमा होम स्टेको व्यवस्था गरिएको र केही फाट्टफुट्ट पर्यटकहरु क्याम्पिङमा आउने गरेको स्थानीयबासीको भनाई थियो। यसैगरी धिताल हेम्जाकोटमा भने १५ वटा घरमा होम स्टेको व्यवस्था रहेछ। ल्वाङ्घलेल नगदेवाली चिया खेतीले पनि प्रख्यात मानिन्छ। यहाँ ६० लाख बराबरको चियाँ आम्दानी हुने र उत्पादित चिया डाईरेक्ट जर्मनमा निर्यात गरिएकोमा हाल भने बजार व्यवस्थापन राम्रो नभएकोले नेपालभित्रै बिक्री बितरण गर्ने भएको छ। 
घलेल गाउँ

भोलिपल्ट हामी चिया बगान र त्यहाँबाट देख्ने गाउँबस्ती र शिरैमा उभिएको हिमश्रृङ्खलाको अवलोकन गरी खोरामुख झर्यौंए। त्यहाँबाट रिभानको उकालो बाटो लाग्यौं। रिभान गाबिसको वडा नं. १ अन्तर्गत देउरालीमा खाना खाई मैचेडाँडा, हलहले हुँदै घाँचोक गाविसमा पर्ने ललका डाडाँमा हाम्रो क्याम्पिङ थियो हाम्रो। रिभान गाविस मगर गुरुङ बस्तीले भरिएको ठाउँ, जहाँ घलेक, बख्खु, भाङ्ग्रा, चकटी जस्ता सामाग्री आफैले तयार पार्दा रहेछन्। प्याराग्लाईडिङको लागि सम्भावना बोकेको मैचे डाँडाले थप पर्यटकको पर्खाइमा आफ्नो रुप समतल्ल रुपमा बिछ्याइरहेको थियो। अर्गानिक मलको प्रयोगद्धारा उत्पादित खाना र मर्दी खोलाको माछाको स्वाद सम्झ्यो भने अहिले पनि भोक आफै टर्लाजस्तो महसुस गराउँछ मलाई। हाम्रो यात्रा जति अगाडि बढ्यो उति नै नयाँ र सुनौला रुख बिरुवाहरु हाम्रो स्वागतका लागि अगाडि प्रस्तुत हुन्थे। घोरल, मलसाप्रो, मुसो, खरायो, ढुकुर, यति जस्ता बन्य जन्तु र चराचुरुङ्गीका सलवलावट घना जंगलको सुन्यतामा बीच सुन्न पाउँदा अनौठो खालको अनुभूति हुन्थ्यो।  
Pokhara Canyoning

हामीमध्ये ६ जना भरियाहरु प्राय अघिअघि नै हुन्थे। हामी ५/६ जनाको ग्रुप प्राय बीचमा पर्थ्यौं। घना जङ्गलबीच अगाडिको ग्रुप र पछाडिको ग्रुपलाई देख्न सकिँदैनथ्यो। कहिले काँही हामीले बाटो त बिराएनौ भन्ने भान हुन्थ्यो। एकचोटी त हामी बीचमा यता न उता भइरहेका थियौं। झमक्क रात परिसकेको थियो। जंगलबीच झ्याउकीरी र मलसाप्रोको आवाज बाहेक केही सुनिदैनथ्यो। जंगलको बाटो सबै छरिएका थिए। कता जाउँ कता जाउँ भइरहेको अवस्थामा थियौं। पछि आउने ग्रुप पनि त्यही बाटो आए अथवा अर्को बाटो गए खै कुन्नी? भन्दै त्यही जंगलमा अडिएर बसिरह्यौं। हाम्रो क्याम्पिङ स्थल ललका पुग्न कति समय लाग्छ अनुमान गर्न पनि सकेनौं किनकि हाम्रो गाईड अगाडि नै गईसक्नुभएको थियो। ठिक त्यही समयमा अन्धकार छाएको उन्यूको छाडी भित्रबाट आवाज आयो, मन झसङ्ग भयो। उ हामी भएतिर अगाडि बढ्यो, एकातिर उत्रो घना जंगलबीच निस्केको मान्छे को होला भन्ने डर, त्रास उब्ज्यो भने अर्कोतिर हामीलाई दिशानिर्देश गर्ला कि भन्ने आशा पनि पलायो। उसले केही भन्ने भन्दा पहिले हामीले प्रश्न गर्यौंि \'दाई ललका डाँडा पुग्न अब कति लाग्छ?\' 

उसले दाहिने कोखामा च्यापेको स्याउले घाँसको मुठा म नेरै बिसाउँदै भन्यो–\'यही माथि हो अब जम्मा पाँच मिनेट जति लाग्छ।\'  
यति भनेपछि हामीले एकछिन आनन्दको श्वास फेर्यौंी।  
मैले सोधे– \'तपाई कहाँ जान आउनुभएको यस्तो जंगलमा यतिबेला एक्लै?\' 
\'मेरो दुहुनो भैंसी हराएको २ दिन भयो गोठमा आएको छैन त्यसैले खोज्न गएको फेला परेन\' उसले लामो श्वास तान्दै भन्यो। 
तपाईंको घर कहाँ हो र दाइ भनी सोध्न नपाउँदै उसले भन्यो \'मेरो गोठ यही माथि हो, मेरो गोठ नजिकै हो नि क्याम्प ललका क्याम्प।\'  
अहिले भने उसको भैंसी हराएको दुःख बिर्सेर आज हामी आफ्नो गोठ नजिकै बस्न आएको देखेर खुसीको भाव व्यक्त्यायो। त्यस जङ्गलको एक्लो गोठालो भीमप्रसाद लम्सालसँग कुरा गर्दै हामी क्याम्पमा पुग्दा पाल टाँगिसकेका थिए। सधैँभरी त्यो घना जंगलको बीच एक्लै बस्ने गोठालो आज हाम्रो आगमनले पनि केही फुरुङ्ग थिए। केहीसमय सम्म उनीसँग कुराकानी गरी त्यहाँको परिवेश, वातावरण र त्यस भेगको गोठ राख्ने प्रचलनको बारेमा बुझ्ने मौका पाईयो। आफू सात वर्षको उमेर हुँदा देखि नै लेकमा भेडीगोठ बस्न थालेका भीमप्रसादलाई ति घना जंगलको स्वच्छ वातावरण र त्यहा हुर्केका चराचुरुङ्गी, पशुपंछीसँग रमाउन पाउदा खुशी छन्। 
जुका

उसले अहिले २५ ओटा भैसी पालेका छन् भने गोठमा जम्मा ३ ओटा साना पाडापाडी मात्र छन्। किनभने अरु सबै भैसी दिन रात जंगलमा नै छाडिने रहेछन्। बिहान पख १० रुपिया गिलास दुध पिएर हामी त्यहाँबाट उकालो लाग्यौं। हामी जति लेकतिर लाग्यौं उति नै लट्टा परेका झाडी, लहरे रुख, लाली गुरास र सुनाखरीका झ्याङ छिचोल्नु पर्दथ्यो। आफ्नो अस्तित्व बिर्सन लागेजस्तो गरी कठ्याङग्रिरहेका केही बुट्यानहरुलाई पनि लालीगुराँस, पैँयू, सुनाखरीजस्ता बडेमानका रुखहरुले ओत दिई जीवन रक्षा गरिरहेका थिए। हाम्रो तेस्रो दिनको क्याम्पिङ स्थल वा अन्तिम गन्तव्य स्थल थियो खुमई डाँडा। हिले खर्क, देउराली हुँदै खुमई पुग्दा करिब ४ बजेको थियो।  
युवा अभियान

हामी जति जति माथि चढ्यौं उति उती बनजंगलको झाडी पातलिँदो थियो। नाक टेकिने उकालो बाटो बाबियो र उन्यूको गाँज समाउँदै त कतै काठे भर्यााङ चढ्दै, ढुङ्गाको काप फोर्दै खुमईको टुप्पोमा पाईला टेक्दा मलाई शास्त्रमा उल्लेख गरिएको स्वर्ग नै होकी भन्ने भयो। त्यो उकालो चढ्दा खुमई डाँडाबाट देखिने यो रमणियताको कल्पना समेत गरेको थिईनँ। तीन दिनको हिँडाईको थकानले लखतरान परिरहेको थिएँ त्यसैले माथि पुगेपछि त एकछिन आराम गर्नुपर्ला भन्ने सोचेको थिएँ। तर त्यहाँ पुग्दा थकाई त के अनौठो खालको शक्ति ममा प्रवाह भएजस्तो लाग्यो। बस्ती बिनाको त्यो सुन्दर स्थलमा खोरल, हिउँचितुवा रमाईरहेका थिए। त्यसको अगाडि बैंश फुलाएकी हिमश्रृङ्खलाले चिउँडो माथि हात राखी लालुपाते र सुनाखरीको फूल सिउँरेर मख्ख परिरहेकी थिई। बालापनमा बाबाआमासँग गरिएको लाडप्यार आज माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र धौलागिरीको काखमा लुटपुटिँदै पोखुँजस्तो लाग्यो। दूरसम्म फैलिएका डाँडाकाँडा, गाउँपाखा, हरियाली बनजंगल, पोखरा शहर, पर्यटकीय क्षेत्र लाहचोक खाँचोक, ल्वाङ घलेल, धम्पुस, घान्द्रुकका बस्तीबीच पर्ने खुमई डाँडामा साँच्चै नै सोच्नै नसक्ने हथाह सुन्दरता पाएँ। तीन दिनको हिँडाई र थकाई भुसुक्कै बिर्सेर साथीहरु आ–आफ्नै तालमा र सुरमा रमणिय स्थलको सुटिङमा व्यस्त रहे। हिमालयको काखबाट बहने चिसो, स्वच्छ र सुमधूर हावा, आफ्नो सुन्दर, निश्चल बैंश पोख्नको लागि आतुरमा रहेकी हिमालय पर्वत र नयाँ पर्यटकको पर्खाईमा रहेको मौन वातावरणसँग एकैछिन वार्तालाप गर्न मन लाग्यो। यहीँ हो सुन्दर स्थल कोर्चुङडाँडा हुँदै मोदी हिमाल जाने मार्ग। जुन समुन्द्र  सतहदेखि ५ हजार ५ सय ८७ मिटर उचाईमा पर्दछ। विगत दुई वर्षदेखि सुरु गरिएको माछापुच्छ्रे नमुना पदयात्रा अन्तर्गत पर्ने उक्त ठाउँमा अहिलेसम्म २ हजार जना पर्यटकहरु आउने गरेको माछापुच्छ्रे पर्यटन विकास समितिका सचिव कर्ण गुरुङले जानकारी दिए।  
पानि घट्ट

भोलिपल्ट बिहान सूर्योदयको किरणले हामीलाई उठ्न झक्झकाईरहेको थियो। पालको सानो प्वालबाट पूर्व चियाई हेरे। भर्खरै बिवाह बन्धनमा बाँधिदै गरेकी नव बिवाहित युवतीले शिरमा सिन्दुर पोतेर हिमाललाई काखमा च्यापी मुस्कुराईरहेकी थिई। हामी पनि बाहिरियौं पालबाट, अनि नेपालको प्राकृतिक सुन्दरता, गौरव र शानप्रति गर्वित हुँदै सलाम दिएँ–  \'आहा....... अथाह सुन्दर छ नेपाल\'।  

ट्रेकिङ्को चौंथो दिन, तर भोलिल्ट तिहारको भाईटीका, जसरी पनि फर्कनुपर्थ्यो हामी। बिहानको मधुर दृश्यावलोकन पान गर्दै ८ बजेतिर तितो मन बनाएर रमणीय स्थल छोड्यौं हामी। कैंयौं नजर फर्काउँदै फेरि अर्कोचोटी भेट्ने बाचाका देउराली, पिपरा, करुवा, मिर्सा, तातोपानी, खारपानी हुँदै बेलुकी ७ बजे पोखरा झर्यौंर।  

घर फर्केपछि झन् ति दृश्यहरु एक एक पालैपालो नजरमा आए। प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि त्यसलाई लोकप्रिय बनाउन र त्यसको उचाई बढाउनको लागि आवश्यक पूर्वाधारको निर्माण नभएकोले मन खिन्न भएर आयो। साईनबोर्ड नरहेकाले हामी बीचबीचमा हराउने र अलमलमा पर्नुपर्योय। त्यसैले बीचबीचमा मार्ग निर्देशनको लागि साइनबोर्डको खाँचो तत्कालको अभाव देखिएको छ। बीचबीचमा पानी, पँधेरा र चियानास्ताको अभाव पदयात्रीले झेलिनु परेको छ। बाटोभरी फुलेका हिमाली फूल र औषधिजन्य बुटीहरुले संरक्षण खोजिरहेका छन्, त्यसको उचित संरक्षण, सदुपयोग हुन सकिरहेको छैन। त्यसैले यसप्रति सरकार लगायत सम्बन्धित निकायको छिटोभन्दा छिटो ध्यानाकर्षण होस् जबकी भविष्यमा जाने पर्यटकहरुको मन अझ भरिन सकून् र निर्धारित समयमा उनीहरु गन्तव्यस्थानमा पुग्न सकून्।

शब्द:- मीना थापा मगर, पोखरा
तस्वीर: ल्वाङ घलेलका साथिहरुको फेसबुक वाल

उन्मुक्त पोखरा, स्वच्छन्द पोखरेली कतै यो विख्यात सहरले आफ्नो स्थानीयता त भुलिरहेको छैन ?

 "यहाँ कति वर्ष बिताइयो भनेर गन्न आवश्यक नै छैन किनभने पोखरा कसैलाई कहिल्यै पुग्दैन।" अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नदीपुर, पोखराका स्वयंशु श्रेष्ठ, २३, ले फेसबुक स्ट्याटस लेखे। हुन पनि, स्वयंशुलाई पोखरा कहिल्यै पुरानो लाग्दैन। त्यसैले त पोखरा छाड्नु नपरे हुन्थ्यो भन्ने लागिरहन्छ।  न्यु इयर इभका लागि तयार भएको पोखरा, त्यसमाथि लेक साइड। फेवाताल छेवैमा 'पोखरा स्टि्रट फेस्टिभल'का लागि सजाइएको तीन किलोमिटर लामो बाटो इभको माहोलमा खचाखच छ। बिस्तारै हिँड्नेले पनि तीन किलोमिटर दूरी ३० मिनेटमा सजिलै काट्न सक्छ। तर, न्यु इयरको लेक साइड तीन किलोमिटर दूरी वा ३० मिनेटको समयले मात्र व्याख्या गर्न सक्दैन। त्यहाँ के मात्र थिएन ?
पाइलैपिच्छे हिन्दुस्तानी क्लासिकदेखि पश्चिमा रकसम्मका अनेकौँ संगीत, मानिसका गालामा विभिन्न भावभंगी झल्कने फेस पेन्टिङ्। अझ सडकको ठेलमठेलबीच अलिकति अग्लिएर हेर्न खोज्ने हो भने त्यहाँ हलिउड अभिनेता विल स्मिथ, क्यानेडियन गायक जस्टिन विवर, गायिकाहरू रिहाना, माइली साइरस, फुटबलर डेबिड बेक्यामजस्ता थुप्रै सेलिब्रिटीको हेयर स्टाइलको झल्को पनि देखिन्छ।  लेक साइड जति चमकदमकयुक्त र सानदार छ, उत्तिकै सरल पनि। मानिस सडकमै गीत घन्काएर डिस्कोमा जसरी नाचिरहेका छन्। हातमा बियरका बोतल लिएर हिँड्नेदेखि कतै पेटीमा बसेर 'गेट टुगेदर' गर्ने पनि उत्तिकै थिए। नेपाली जोडी कतै अँगालिएर त कतै कुना लागेर चुम्बन गर्नुसमेत दुर्लभ दृश्य लागेन। "देशमै अन्यत्र भए अस्वाभाविक लाग्ने यी दृश्य यहाँ स्वाभाविक लाग्छन्," लेखनाथका प्रगति सापकोटा भन्छन्, "तारन्तार यस्तो देखिरहँदा पोखरेलीसमेत बिस्तारै नेपाली कम, विदेशी ज्यादाजस्तो हुन पुग्छन्।"  लेक साइडको माहोल स्वच्छन्द छ। सन् '६० र '७० को दशकमा काठमाडौँको झोछेँजस्तै। नहोस् पनि किन, पोखरा पनि त्यस बेला हिप्पीहरू यात्रा गर्ने दक्षिण एसियाली भूमार्गको सुन्दर गन्तव्यजस्तो न थियो।  त्यसैले होला न्यु इयर र पोखरा केही वर्षयता पर्यायजस्ता बनेका छन्। तर, बर्सेनि बढिरहेको भीडले लेक साइड अब निकै साँघुरो बनिसकेको छ। जस्तो: यसपटकको न्यु इयर इभमा देखियो, लेक साइडको तीन किलोमिटर छिचोल्न घन्टौँ लाग्यो। होटल ल्यान्डमार्कका म्यानेजिङ् डाइरेक्टर ध्रुव शर्मा ठट्यउलो पारामा भन्छन्, "न्यु इयरका दिन लेक साइडमा पुगे मात्र हुन्छ, फेरो लगाउने काम भीडले धकेलेरै गरिदिन्छ।"  पोखरेलीमा यसले एउटा यस्तो संस्कारको विकास भएको छ कि उनीहरू रमाउने मामिलामा पश्चिमाजस्तै बिन्दास छन्। लेक साइडको माहोल चियाउँदा सजिलै देखिन्थ्यो, यहाँ कसैलाई कसैको मतलब छैन। न बाटोमा हिँड्दा लाग्ने धक्कालाई उनीहरू समस्या ठान्छन्, न त हिँडिरहँदा कोही अगाडि आएर क्यामेरा तर्साउँदा नै झोकिन्छन्। बरू उल्टै पोज दिन तम्सिन्छन्। पोखरा विश्वविद्यालयमा स्नातक अध्ययन गररिहेकी विन्दु लामिछाने, २३, भन्छिन्, "कसैलाई नराम्रो गर्न पो भएन, नत्र एकअर्कासँग परिचित हुन पाउनु त सबैका लागि राम्रै हो नि!" त्यही विशेषताका कारण पोखरेलीलाई समेत हरेकपल्ट आफ्नै ठाउँ घुम्दा फरकपनको महसुस हुन्छ रे! मतलब यहाँ रमाइलोको मात्रै अर्थ छ, नेपाली हुनु वा पश्चिमा हुनुको होइन।  प्रवेशद्वार पनि  पोखराको प्रसिद्धि देशविदेशमा जति चुलिएको छ, पोखरा मात्रकै कारणले त्यसो भएको भने होइन। पोखरा विभिन्न सांस्कृतिक र प्राकृतिक विविधतापूर्ण क्षेत्रको केन्द्र पनि हो। आसपासका लामा/छोटा पदयात्रा मार्गहरू, अन्नपूर्ण, धवलागिरि, पञ्चासे, रोयल ट्रेक जाने द्वार हो पोखरा। समय लिएर आउनेका लागि झन्डै २३ दिनमा पूरा गर्न सकिने विश्वकै उत्कृष्ट कहलिएको अन्नपूर्ण पदयात्रादेखि तीनदेखि चार दिनसम्ममा सकिने द रोयल ट्रेकजस्ता थुप्रै विकल्प पोखरामा छन्।  रोयल ट्रेक त सन् '८० को दशकमा बेलायती युवराज चाल्र्सले पदयात्रा गरेको रुट हो, जसबाट उनी मोहित नै भए। र, पछि यो मार्ग रोयल ट्रेकको नामबाट चिनिन पुग्यो। अन्नपूर्ण पदमार्गको पुनहिल होस् वा धम्पुस, पोखरा छेवैको सराङकोटबाट देखिने सूर्योदयको दृश्य होस् वा सूर्योदयअघिको राताम्मे हिमाल, जोकोही मोहित हुन्छन्। हिन्दू तथा बौद्धमार्गीले पुज्ने मुक्तिनाथ होस् वा उपल्लो मुस्ताङको साहसिक यात्रा, सुरुआत पोखराबाटै हुन्छ। पोखराको मुटु फेवातालको त कुरै भएन, माछापुछ्रेको छायाँमा दिनभर टहलिन र नौकाविहार गर्न कम्ती रोमाञ्चक हुन्न। त्यही भएर फेवातालमा व्यावसायिक रूपमा चल्ने डुंगा मात्र झन्डै सात सयभन्दा बढी छन्।  पछिल्लो समय पोखरामा पर्यटकलाई अझ बढी समय 'होल्ड' गर्न थुप्रै विकल्प खुलेका छन्। स्टि्रट फेस्टिभलको सुरुआत पनि यहाँ आउने पर्यटक न्यु इयरका बेला भारतको गोवातिर जाने क्रमलाई रोक्न भनेर भएको थियो। फेस्टिभलका सडक शृंगार संयोजकसमेत रहेका व्यवसायी ज्याक तामाङ भन्छन्, "न्यु इयरमा पर्यटक होल्ड त हामीले चाहेजसरी भयो नै, त्यसले आन्तरकि पर्यटनको अनपेक्षित सफलतामा पनि पुर्‍यायो।"  रोमाञ्चक गन्तव्य  विरौटाका सुरेन्द्र पौडेल, २३, अचेल आफूलाई साहसी युवाको पंक्तिमा राख्छन्। दुई महिनाअघि प्याराग्लाइडिङ् नगर्दासम्म उनलाई त्यस्तो लाग्दैनथ्यो। "अरू चराझैँ उडेको देख्दा क्या रोमाञ्चक होला भन्ने लाग्थ्यो," उनले अनुभव सुनाए, "उडेपछि २० मिनेट जति रमाइलो लाग्यो, उत्तिकै डर पनि।" हिमाल र तालतलैयासँगै एयर स्पोट्र्सको कारण पनि पोखराको ख्याति बढेको छ। अल्ट्रालाइट उडान र प्याराग्लाइडिङ् यहाँ बढी लोकप्रिय छन्।  अल्ट्रालाइटतर्फ सन् १९९६ देखि एभिया क्लबले आफ्नो उडान सुरु गरेको थियो भने सन् २०१२ यता थप दुई कम्पनी पोखरा अल्ट्रालाइट र फिस्टेल अल्ट्रालाइट थपिएका छन्। खेलौनाजस्ता दुई किसिमका हलुका जहाजमा पोखराको ३ सय ६० डिग्रीको अवलोकन गर्ने र हिमाललाई अझ स्पष्ट र नजिकबाट हेर्ने अवसर जुराउँछ यसले।  एक खाले बन्द ककपिटसहितको 'फिक्स्ड विङ् एयरक्राफ्ट' छ भने अर्को खाले खुला ककपिटसहितको 'डेल्टा विङ् एयरक्राफ्ट', जसले पाइलटका साथ दुई जनालाई उडाउँछन्। एयरपोर्टको रनवेबाटै उडान भर्ने यी साना जहाज १२ हजार फिटसम्मको उचाइमा उड्न सक्छन्। १५ मिनेट आधा घन्टा र एक घन्टा गरी तीन खाले प्याकेजमा उड्ने यी जहाजले पोखराको फेरो लगाउँदै, फेवातालमाथि पि|mफल हुँदै माछापुछ्रेको फुटहिलसम्मै पुर्‍याउँछन्। "हिमाललाई नजिकबाट हेर्न चाहनेलाई यस्तो उडान सबैभन्दा रोचक हुन्छ," एभिया क्लबका निर्देशक प्रविन गौचन भन्छन्, "त्यसमाथि विश्वमै यसको व्यावसायिक उडान पहिलोपटक नेपालमा भएको हो र संसारका एक-दुई देशले मात्र बल्ल यसलाई व्यावसायिक बनाउने तरखर गर्दै छन्।"  सन् १९९२ मा पहिलोपटक पोखरामा प्याराग्लाइडिङ् अभ्यास गरिएको थियो। यद्यपि, विश्वमै व्यावसायिक प्याराग्लाइडिङ् अभ्यास गरिएको एक दशकपछि नै पोखरामा त्यसको सुरुआत गरिएको थियो। अहिले पोखरामा मात्रै १४ कम्पनीले प्याराग्लाइडिङ् उडान अनुमति लिएका छन्। एक सय जना त स्वदेशी पाइलट नै तयार भइसकेका छन्।  दुई वर्षदेखि भने सराङकोट डाँडाबाट हेम्जाको फेदीसम्मको १.८ किलोमिटरको दूरीमा तारमा यात्रा गरिने 'जिप ड्राइभ' सञ्चालनमा छ, जसमा ६ सय मिटरको त 'भर्टिकल ड्राइभ' नै हुन्छ। जिप फ्लायरका अपरेसन म्यानेजर दिनेश महर्जन भन्छन्, "प्रकृतिसँगै अब साहसिक खेलको अनुभव लिन भनेरै मानिस पोखरा धाउन थालेका छन्।"  सफल उडान भइसक्दा पनि कतिपय साहसिक खेल सरकारी नीति र जनशक्ति अभावमा व्यावसायिक हुन सकेका छैनन्। जस्तो: प्यारामोटरको सहयोगले कुनै डाँडा नचढीकन समथर जमिनबाटै उचाइ लिई उड्न सकिन्छ। बिनाइन्जिन अल्ट्रालाइटमा झैँ उड्न सकिने ह्यान्डग्लाइडरको समेत परीक्षण उडान भइसकेको छ।  सन् २०११ मा विभिन्न नौ देशका पाइलटले हिमालयन पारामोटर यात्रा गरे, जस अन्तर्गत उनीहरू पोखराबाट काठमाडौँ, नारायणगढ, लुम्बिनी, बुटवल हुँदै पोखरा नै फर्केका थिए। एभिया क्लबकी संस्थापक नताशा श्रेष्ठ भन्छिन्, "हवाई खेलमा पोखराले यस्ता एकपछि अर्को प्रोडक्टहरू दिन सक्छ, मात्र त्यसलाई सहयोगी हुने गरी उड्ययन नीति बनाउँदै लैजानुपर्छ।" उनले त्यसो भनिरहँदा नौपटकका विश्व ग्लाइडिङ् च्याम्पियन सिबास्टिन कावा पोखरालाई विश्वको ग्लाइडिङ् केन्द्र बनाउने उद्देश्यका साथ अध्ययनका लागि निजी ग्लाइडरमा पोल्यान्डदेखि पोखरा आएका थिए। 

कलाको संगम  लेक साइडका दर्जनौँ रेस्टुराँ तथा क्लबमा विश्वका विभिन्न विधाका गीत घन्किन्छन्। त्यहाँ मानिस आउँछन् नै, यस्ता फरक परिवेशबाट। र, तिनको सांगीतिक मागलाई पोखराका स्थानीय ब्यान्डले नै धानेका छन्। लेक साइडका रेस्टुराँमा अक्वेस्टिक गीतका लागि चर्चित शैलु राई, २७, ले स्कुले जीवनमै ब्यान्ड बनाएका थिए। त्यसपछि साथीहरू लाखापाखा लागे र उनी एक्लै अक्वेस्टिक गायनमा जम्न थाले। उनले संगीतको दायरा बढ्नुमा त्यहाँ आउने विदेशीहरूको योगदान रहेको सुनाए, "केही निश्चित गीत तयारी गरेर गाइन्थ्यो तर विदेशीहरूले विभिन्न खाले नयाँ गीत गाउन आग्रह गर्न थालेपछि गीतहरू सेयर हुन थाले।" अहिले उनी त्यस्ता नेपाली, हिन्दी र अंग्रेजी गीत पनि गाउँछन्।  पोखराको 'फ्युजन' विविध स्थानीय संस्कृतिमा मात्र नभई त्यहाँका गीतसंगीतमा पनि झल्किएका छन्। स्थानीय गायकहरू लोकपपका अग्रणी पोखरेली गायक अमृत गुरुङलाई आदर्श मान्छन्। नेपथ्य, बोफिन्स ९८, डिमोर्चा, कन्दराजस्ता थुप्रै ख्याति कमाएका ब्यान्डका थुप्रै गीत नेपालीको मुखमा झुन्डिरहेकै छ। नेपहप संगीतमा पछिल्लो समय र्‍याप ब्याटलका कारण चर्चाको शिखरमा पुगेका आशिष राना 'लाहुरे' भन्छन्, "स्थानीय स्वादका गीत सुन्ने छुट्टै सर्कल छ यहाँ, ती एल्बमका रूपमा कम, मोबाइलका ब्लुटुथबाट धेरैमाझ पुग्छन्।"  पोखरेलीको डायस्पोरा सर्कल पनि ठूलो र प्रभावशाली छ, जसले उनीहरूका गीत-संगीत छिट्टै धेरैबीच पुग्छन्। पछिल्लो कडीको रूपमा लाहुरेको र्‍याप ब्याटललाई नै लिन सकिन्छ, जुन युट्युबको माध्यमबाट रातारात चर्चाको शिखरमा पुगेको थियो। १६ माघमा कोरियाको राजधानी सोलमा पोखरेलीले एक कन्सर्ट 'गोल्डेन लाइभ कन्सर्ट' गर्दै छन्, जसमा पोखराका तीन सांगीतिक समूहहरू भाइ गुरुङ, डिमोर्चा र लाहुरे सहभागी हुँदै छन्।  पश्चिमा संगीत र फेसनको प्रभाव पोखरामा धेरैअघिको हो। लाहुरे भएर ब्रिटिस आर्मीमा जानेहरू घर र्फकंदा उनीहरूसँगै पश्चिमा प्रभाव पनि पोखरा भित्रिएको हो। गीतसंगीतका सोखिन ब्रिटिस आर्मीका क्याप्टेन मीनबहादुर गुरुङले '३० को दशकमा आफ्नै घरमा एउटा हल बनाएर व्यावसायिक गायनको सुरुआत गरेका थिए, जुन डाँफे कला मन्दिरको नामबाट चर्चित थियो। "पोखरा एउटा उत्कृष्ट मध्यमवर्गीय समाज हो, जहाँका मानिसलाई खान-लाउन कहिल्यै ठूलो समस्या बनेन," प्रकाशन गृह फाइनप्रिन्टका संस्थापक अजित बराल भन्छन्, "जसले पोखरेलीलाई तुलनात्मक रूपमा बढी स्वच्छन्द र सिर्जनशील बनाउन सहयोग पुर्‍यायो।"  नेपाली कला, साहित्य क्षेत्रका दुर्गा बराल, सरुभक्त, तीर्थ श्रेष्ठलगायत थुप्रै हस्ती अझै पोखरामा बस्छन्। "पोखराको कला-संस्कृतिको पक्षलाई पनि व्यवसायीकरण गर्नबाट व्यवसायी चुकिरहेका छन्," साहित्यकार सरुभक्त भन्छन्, "पेरसि जाँदा पर्यटकहरू पिकासोका पेन्टिङ् उनकै ग्यालरीमा गएर हेर्न खोजेझैँ खै त पोखराले दुर्गा बराललाई त्यसरी ब्रान्डिङ् गर्न सकेको ?"  पोखराको माहोललाई कुनै प्रभावशाली लेखकले सिर्जनशीलताको प्रतिविम्बका रूपमा आफ्नो पुस्तकमा बुन्दो हो त त्यो पोखरा प्रवर्द्धनको राम्रो शैली हुने ठान्छन् बराल । किनभने, यो सहर सांस्कृतिक रूपमा पनि बाहुन, नेवार, मगर, गुरुङ र थकालीको संगमस्थल हो।  पछिल्लो समय काठमाडौँलाई कर्मथलो बनाएका बराल जब आफ्नो गृहनगर र्फकन्छन्, यहाँको दिनचर्याले मोहित हुन्छन्। भन्छन्, "काम/लक्ष्य भन्दै दिनरात कुदिरहेको काठमाडौँबाट एकै छिन फुर्सद निकालेर पोखरा पुग्दा पनि जाडोमा घाम तापिरहेको वा नेपाल बन्दमा घरमा आराम गरेझैँ महसुस हुन्छ।"  पोखरामा तालले मात्र रंग फेर्दैन। न्यु इयरमा 'वाइल्ड' बन्ने पोखरा अर्को दिनदेखि नै शान्त हुन थालिहाल्छ। जब अर्को महिना चिनियाँ नयाँ वर्ष सुरु हुन्छ, यहाँ चिनियाँ प्रतिविम्ब देखिन थाल्छन्। अक्टोबर-नोभेम्बर विभिन्न वर्णका पर्यटकको रंगीचंगी जमघटले भरन्िछ। सारमा पोखरा वर्षभरि विभिन्न रंग फेररिहन्छ। तर, रंग फेर्ने दौडमा कतै यो विख्यात सहरले आफ्नो स्थानीयता त भुलिरहेको छैन ? 
-नेपाल साप्ताहिकबाट -

मर्दी हिमाल ट्रेकिङ्को बारेमा Roland Hunter को अनुभब अङ्रेजी लिपिमा



Photos and trip report for recce trek to Mardi Himal Ridge (Nepal)

     In December I went for a short trek along Mardi Himal ridge as I heard that recently new lodges had been built now making it possible to do this as a teahouse trek rather than camping. I started walking from Phedi a short taxi ride from Pokhara and then walked up to Dhampus following the standard Annapurna Sanctuary trail up to Pitam Deurali where one turns off this main trail to Mardi Himal.
Photo: Mardi Himal map from ACAP

Photo: Dhampus village with Mount Machhapuchhre behind

 Photo: sign for Forest Camp (Kokar)

   Photo: trail in forest
 



Photo: farmhouse



From Pitam Deurali the trail continues through forest and is very quiet compared to the busier trail from Phedi in fact I only saw one other trekker during the whole of my time on Mardi Himal. At Forest Camp (2,600m) there are three small lodges I stayed in one near the camping ground. The rooms are quite basic and there is no dining room so I had my meals in kitchen, so in some ways this is more like a homestay and very enjoyable to get to know this friendly family from Siding village.
Photo: lodges at Forest Camp

Photo: Mardi Himal ridge

Photo: sign for Low Camp (Humal)

Photo: Danphe pheasant in cloud
From Forest Camp to Low Camp the trail continues through the forest and at Low Camp there are two basic lodges one with a basic dining room with open fire. The view from Low Camp is superb with Mount Machhapuchhre visible up the valley. An hour or so above Low Camp along trail to High Camp one breaks out above tree line and towards the west there is a good view to Annapurna South and Hiunchuli. The trail continues along the Mardi Himal ridge mainly on grass with some isolated rhododendron bushes along the way. Look out for colourful Danphe pheasant on this section of the trek.
 
 Photo: lodge at High Camp
The lodge at High Camp is larger than lodges at Low Camp and Forest Camp, this one has eight rooms and a separate dining room with heater. The view from the lodge is superb to Annapurna South, Hiunchuli and Machhapuchhre (Fishtail). My plan for next day was to get up early for sunrise view of the mountains then walk up the ridge towards Mardi Himal.
Photo: dining room with heater at High Camp
The following morning was cold and clear with a heavy frost on the ground and after a quick breakfast I started walking up the ridge. There is a reasonably well established trail through the grass with a few steeper sections however overall not too challenging. Look out for the dzos (yak/ cow crossbreds) grazing up here as well as many more Danphe pheasant. In the summer the sheep and goats from lower villages are brought up to graze I passed a number of herders huts along the way however at this time of year unused as too cold.
  Photo: view of Mount Machhapuchhre
Photo: view of Annapurna South and Hiunchuli
Photo: Mardi Himal ridge
Photo: Mount Machhapuchhre
After three hours I reached Upper View point at 4,200m this is where one can look into the Annapurna Sanctuary unfortunately at this stage the clouds rolled in so I decided not to proceed any further to Mardi Himal Base Camp as it was getting quite cold. From speaking to the lodge owner at High Camp he told me Base Camp was a further hour or so along the ridge from Upper View point therefore it should be possible to do this in a day trip however a long day and no doubt you would feel the effects of altitude at Mardi Himal Base Camp at 4,400m.
Photo: Upper view point at 4,200m
Photo: view into Annapurna Sanctuary
On the way back down I decided to go take the trail down to Siding Village rather than follow Mardi Himal ridge back to Pitam Deurali, this is a better option for a circuit trek and so that you can see these traditional villages in Mardi Himal valley. The owner of lodge at Low Camp has a homestay in Siding so I stayed there for the night. This was very enjoyable as the couple speak good English and interesting to see village life and talk with the family. The owners have a buffalo behind their house so at breakfast I had fresh milk which was very tasty!
Photo: homestay in Siding village
                                                           Photo: buffalo at homestayFrom Siding I walked out to the road head at Lumre, on the way from Siding I passed the villages of Kalimati and Ghalel. I gather Kalimati is mainly a Brahmin village with Ghalel and Siding mixed Brahmin and Gurung. From Lumre there is a shared jeep departing ever hour or so however this is a very crowded so better to organise a jeep from Pokhara in advance. Photo: children walking to school from Kalimati villagePhoto: farmhouse near Kalimati village 
Overall I enjoyed this trek and in some ways this is similar to Kopra Ridge, both of these 


treks would be a good choice if you are looking for a short trip away from the busy trails of Annapurna Sanctuary however still getting superb mountain views. Mardi Himal trek has a good variety of scenery from forest lower down on the ridge to grassy slopes higher up with views of the big mountains followed by visiting several traditional villages on the walk out.
The Mountain Company plans to start organising treks on Mardi Himal Ridge from Spring 2012, shortly we will have a trek webpage set up for Mardi Himal with Trip Dossier on our website however in the meantime please get in touch if you are interested in joining this trek.
  

मर्दीखोला सरसफाई र -याफ्टिङ गरिने



विश्व पर्यटन दिवसको पुर्वसन्ध्यामा बुधबार बिहान पोखरामा खानेपानी आपुर्ति भईरहेको मर्दीखोलाको मुख्य मुहान परिसरमा सरसफाईगरिने भएको छ । त्यससँगै बुधबार नै सेती र मर्दिको दोभानबाट याम्दीको जौबारीसम्म ¥याफ्टिङ पनि गरिने आयोजकले जनाएको छ ।
पोखरा पर्यटन परिषद्को संयोजन तथा नेपाल एशोसिएन अफ ¥याफ्टिङ एजेन्टस (नारा) र ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरको आयोजनामा सरसफाई तथा ¥याफ्टिङ कार्यक्रम राखिएको संयोजक बसन्तराज दवाडिले जानकारी दिए ।
दवाडिका अनुसार सेती र मर्दिको दोभानबाट याम्दीको जौबारीसम्म करिब ५ किलोमिटर क्षेत्रमा ¥याफ्टिङ आयोजना गरिनेछ । त्यसमा पर्यटन व्यवसायी, स्थानीयबासि र संचारकर्मी गरि करिब ४० जना सहभागि हुनेछन् । त्यस्तै मर्दीस्थित खानेपानी मुहान सरसफाईसँगै उक्त स्थानमा जनचेतनामुलक कार्यक्रम पनि संचालन गरिनेछ । पदयात्रा र सरसफाईसँग सम्बन्धि जानकारी दिनेगरि जनचेतनामुलक कार्यक्रम गरिने उनले बताए ।
हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाईन्छ । त्यसै क्रममा यो वर्ष ‘टुरिजम एण्ड वाटर प्रोटेक्टिङ आवर कमन फ्युचर’ (पर्यटन र पानीको बचत, साझा भविष्य) भन्ने नाराका साथ परिषद्ले मर्दी र सेतीमा कार्यक्रम गर्ने पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

परिषदले यसै अवसरमा लेकसाईडको कोमागाने पार्कमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला पनि संचालन गरिरहेको छ । परिषद अध्यक्ष भुृजेलले विश्व पर्यटन दिवसलाई प्रभावकारि बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । परिषद्ले सेप्टेम्बर २७ का दिन पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पहिलो पाईला टेक्ने विदेशी पर्यटकलाई स्वागत गर्ने पनि जानकारी दिए ।
source:http://www.pokharacity.com

कास्की जिल्लाको परिचय र सरकारले यसबर्ष (०७१-७१)का लागि कास्की जिल्लाका गाँउ विकास समितिहरुको लागि विनियोजन गरेको बजेट

               कास्की जिल्लाको परिचय


कास्की जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल]मा अवस्थित पर्यटकीय जिल्ला हो। यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ। कास्की जिल्लाको सदरमुकाम पोखरा हो। राजधानी काठमाडौं देखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो।
यस जिल्लाको सम्पूर्ण भू–भागलाई सप्तगण्डकी प्रवाह प्रणाली अन्तर्गत सेती गण्डकी,मोदी, मादी र तिनका सहायक नदी र खोलाले प्रवाहित गरेका छन्। यो जिल्ला मध्य–पहाडी पर्यावरणीय प्रदेशमा परेता पनि जिल्ला भित्रको थुप्रै भू–भाग उच्च हिमाली क्षेत्रमा पाईन्छ । यो जिल्लाको आकार वृत्ताकार छ भने फैलाबट करिब ७० किलोमिटरको हवाइ दूरीमा पूर्व–पश्चिम एवं उत्तर–दक्षिण फैलिएको छ। समुद्र सतहदेखि मादी नदीको किनारमा करिब ४५० मिटर, सेती नदीको कोत्रे स्थित गल्छी करिब ५५० मिटर र मोदी नदीको विरेठाँटी नजीक लगभग ९५० मिटर उचाइमा यस जिल्लाको होंचो भाग अवस्थित छ। उत्तरको अग्लो अन्नपूर्ण श्रृङ्खला संधै हिउँले ढाकी रहन्छ र ११ वटा विभिन्न हिमशिखरहरू ७,००० मिटरभन्दा बढी उचाइका छन। यीमध्ये अन्नपूर्ण प्रथम (८,०९१) मिटर यसै जिल्लाको उत्तर–पश्चिम सिमानामा पर्छ भने अति मनमोहक कुमारी चुचुरा भर्जिन पिक माछापुच्छ्रे हिमाल(६,९९३ मिटर) जिल्लाको उत्तरी मध्य–भागमा पर्दछ।
यस जिल्लाले देशको कुल भू–भागको २०१७ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ। स्याङ्गजा, तनहुँ, लमजुङ्ग, मनाङ्ग, म्याग्दी र पर्वत जिल्लासँग सिमाना जोडिएको यस जिल्लाको भौगोलिक अवस्थिति २८०५ उत्तरी अक्षांशदेखि २८०३५ उत्तरी अक्षांशसम्म र ८३०४९ पूर्व देशान्तरदेखि ८४०१७ पूर्वी देशान्तरसम्म फैलिएको छ।
उत्तर तर्फको मनमोहक हिमाच्छादित श्रृङ्खला, सेती नदीको गहिरो गल्छी, उपत्यका र ताल–तलैया यस जिल्लाका आभूषण हुन्। माछापु्च्छ्रे र फेवातालको प्रतिविम्ब जिल्ला पर्यटन व्यवसायका रथी हुन्।
यस जिल्लामा एक उप–महानगरपालिका, एक नगरपालिका र ४३ गाविस छन। पोखरा पश्चिमाञ्चल विकास क्षेत्र र यस जिल्लाको सदरमुकाम हो र यो उपमहानगर पालिकाको केन्द्र पनि हो। पर्यटन, वाणिज्य, शिक्षा र स्वास्थ्यसम्बन्धी सेवा र सुविधाले सम्पन्न पोखरा शहर नेपाल अधिराज्यकै एक सुन्दर र सफा नगरको रूपमा पहिचान राख्दछ। प्रतिनिधि सभाका लागि यस जिल्लामा चार निर्वाचन क्षेत्र छन। नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम  गण्डकी अञ्चलको केन्द्रस्थलको रुपमा रहेको कास्की जिल्लापर्यटकीय दृष्टिकोणका आधारमा प्रमुख शहर हो  व्यापारिक केन्द्रको रुपमा समेत परिचित यस जिल्लाको उपनाम " ताल तलैयाकोजिल्ला " पनि हो भन्न सकिन्छ  कास्कीमा  ओटा ताल रहेका छन्  पोखरा बजारको बीचबाट गहिरिएर बगेको सेती नदीकोगल्छीगुफामन्दिरगुम्बाडाँडाकाँडाभिन्दैप्रकारको रहनसहन आदिले यहाँका पर्यटकीय तथा सामाजिकआर्थिक  साँस्कृतिकपक्षलाई उजागर गर्दछ  तर्सथ भनिन्छ, ' नेपाल भित्रिने जोसुकै पर्यटकहरु पोखरा भ्रमण नगरेसम्म नेपाल यात्रा अधुरो ठान्दछन् 'यसको मुख्य कारणमा समुद्र सतहबाट ४५० मिटर देखि ८०९१ मिटरसम्मको उचाई  दक्षिण देखि उत्तरको दुरी करिव ५५किलोमिटरमा अवस्थित यस जिल्लाको भौगोलिक स्वरुपमा पाइने विविधता (Diversified Goegraphy) व्यापक रहेको पाइन्छ 
कास्की जिल्लाको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्टशब्द दिइएको  तहाँ"कास्यप सहिंतानामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै - अपभ्रंस भई ) कास्यपवाट कास्की बनेकोकिंवदन्ति एकातर्फछ भने अर्कोतर्फप्राकृत खनिज स्रोतको भण्डारलाई "काष त्यसबाट "काषकीहुदै कास्की रहन गएको किंवदन्ति  अर्को तर्फसोह्रौं शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित यो राज्य विसं१८४२ जेष्ठमा राजा सिद्धनारायण शाहकोराज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ  जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा  कास्कीकोटबाट नै कास्की जिल्लाकोनाम रहन गएको कुरा नेपाल एकीकरणको सर्न्दर्भमा निकै प्रचलित शब्द "त्रिशक्तिमध्येको एउटा राज्य कास्की भएबाट यो भागऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ  भाषाविदहरुका आधारमा गुरुङ्ग -तमुभाषामा "कासभन्नाले कछाड  "शिवभन्नालेलगाउने अर्थात "कास शिव" (कछाड लगाउनेहरु वस्ने ठाउँशव्दवाट खिइँदै कास्कीको नामाकरण हुन गएको कुरा गुरुङ्ग भाषाविदहरुकोभनाई रहेको पाईन्छ  तर ठोस आधार  तर्कहरुको आधारमा प्रमाणिकरण भने हुन सकेको छैन 
भौगोलिक अवस्था
यस जिल्लाको भू भाग समुद्र सतहबाट ४५० मिटर देखि ८०९१ मिटर सम्मको उचाईमा रहेको जिल्ला सदरमुकाम ७५०मिटरको उचाइमा रहेको   अन्नपूर्ण हिमालय श्रृङ्खलाको तथा माछापुच्छ्रेको काखमा अवस्थित यो जिल्लाको औषत लम्बाई ६३कि.मितथा चौर्डाई ५० कि.मिरहेको   प्रसिद्ध पोखरा उपत्यका तथा विभिन्न तालतलैयाहरु पनि यसै दक्षिणी भू - भागमा नैपर्दछन् 
हावापानी
भौगोलिक विविधता भएकै कारण यहां एकै समयमा ठाँउ अनुसार फरक फरक हावापानी रहेको पाईन्छ  यस जिल्लामा समशितोष्ण देखि शितोष्ण हावा��         
 करिब ३ हजार घरपरिवार सुकुम्बासी रहेको पाईएको छ ।कास्कीमा रहेका ५६ हजार ८ सय १९ घरपरिवार मध्ये २ हजार ७ सय ९५ घरपरिवारको आफ्नै जग्गा जमिन नभएको जिल्ला विकास समितिले जनाएको छ ।यस्तै, ९ हजार १ सय ४५ घरपरिवारको ५ रोपनी भन्दा कम जग्गा भएको र १८ हजार ४ सय ३४ घरपरिवारको ५ रोपनी भन्दा धेरै १० रोपनी भन्दा कम जमिन रहेको जिल्ला विकास समिति कास्कीको तथ्यांक छ।

सरकारले यसबर्ष(०७१-७१)का लागि कास्की जिल्लाका गाँउ विकास समितिहरुको लागि विनियोजन गरेको बजेट
क्रम संख्या
गाँउ विकाससमिति
विनियोजित बजेट
क्रमसंख्या
गाँउ विकाससमिति
विनियोजित बजेट
आर्वा विजयपुर
१५ लाख ७० हजार
२३.
ल्वाङ्गघलेल
३२ लाख ६० हजार
.
अर्मला
२१ लाख २० हजार
२४
माछापुच्छ्रे
१६ लाख ७० हजार
.
भाचोक
१५ लाख
२५.
माझठाना
१५ लाख
.
भदौरे तामागी
१५ लाख १० हजार
२६.
मौजा
१५ लाख
.
भरतपोखरी
३७ लाख ७० हजार
२७.
मिजुरेडाँडा
१९ लाख ७० हजार
.
चापाकोट
१५ लाख
२८.
नामार्जुन
१५ लाख
.
दाङ्गसिङ्ग
१६ लाख २० हजार
२९.
निर्मलपोखरी
१६ लाख ७० हजार
.
देउराली
१५ लाख
३०.
पार्चे
१८ लाख १० हजार
.
धम्पुुस
१५ लाख
३१.
पुम्दीभुम्दी
२८ लाख ३० हजार
२२.
लुम्ले
२० लाख १० हजार
३२.
पुरन्चौर
१५ लाख ३० हजार
२२.
लुम्ले
२० लाख १० हजार
३३.
रिभान
१५ लाख
२२.
लुम्ले
२० लाख १० हजार
३४.
रुपाकोट
१५ लाख
२२.
लुम्ले
२० लाख १० हजार
३५
सैमराङ्ग
१५ लाख
२२.
लुम्ले
२० लाख १० हजार
३६.
सल्यान
१५ लाख
२२.
लुम्ले
२० लाख १० हजार
३७.
सराङ्गकोट
२९ लाख ९० हजार
२२.
लुम्ले
२० लाख १० हजार
३८.
सार्दीखोला
१७लाख २० हजार
२२.
लुम्ले
२० लाख १० हजार
३९.
सिद्ध
१५ लाख
२२.
लुम्ले
२० लाख १० हजार
४०.
सिल्दुजुरे
१५ लाख
२२.
लुम्ले
२० लाख १० हजार
४१.
थुमाकोडाँडा
१५ लाख
२२.
लुम्ले
२० लाख १० हजार
४२.
थुम्की
१५ लाख
२२.
लुम्ले
२० लाख १० हजार
४३.
भलाम
१५ लाख
२२.
लुम्ले
२० लाख १० हजार




कास्की जिल्लाको जनसंख्या विवरण
Households and population by village development committees/municipalities of Kaski
SN
VDC&MCP
Household
Total
Male
Female
Male%
Female%
Total
125,673
492,098
236,385
255,713
  48.04
      51.96
1
Arba Vijaya
963
3,923
1,782
2,141
  45.42
      54.58
2
Armala
1,336
5,328
2,376
2,952
  44.59
      55.41
3
Bhachok
378
1,511
697
814
  46.13
      53.87
4
Bhadaure Tamagi
875
3,257
1,468
1,789
  45.07
      54.93
5
Bharat Pokhari
2,468
9,806
4,353
5,453
  44.39
      55.61
6
Chapakot
680
2,637
1,151
1,486
  43.65
      56.35
7
Dangsing
810
3,058
1,356
1,702
  44.34
      55.66
8
Deurali
648
2,373
1,017
1,356
  42.86
      57.14
9
Dhampus
620
2,537
1,127
1,410
  44.42
      55.58
10
Dhikur Pokhari
1,880
7,318
3,288
4,030
  44.93
      55.07
11
Dhital
767
2,781
1,251
1,530
  44.98
      55.02
12
Ghachok
588
2,707
1,287
1,420
  47.54
      52.46
13
Ghandruk
1,102
4,265
2,054
2,211
  48.16
      51.84
14
Hansapur
963
3,635
1,581
2,054
  43.49
      56.51
15
Hemja
3,019
12,262
5,633
6,629
  45.94
      54.06
16
Kahun
574
2,378
1,119
1,259
  47.06
      52.94
17
Kalika
1,026
3,880
1,745
2,135
  44.97
      55.03
18
Kaskikot
1,508
5,892
2,591
3,301
  43.97
      56.03
19
Kritinachne Chaur
1,344
5,063
2,133
2,930
  42.13
      57.87
20
Lahachok
829
3,129
1,356
1,773
  43.34
      56.66
21
Lamachaur
1,745
7,027
3,179
3,848
  45.24
      54.76
22
Lekhnath Municipality
14,937
58,816
26,865
31,951
  45.68
      54.32
23
Lumle
1,056
4,258
1,910
2,348
  44.86
      55.14
24
Lwangghalel
1,070
4,211
1,943
2,268
  46.14
      53.86
25
Machhapuchchhre
395
1,729
794
935
  45.92
      54.08
26
Majhthana
833
2,993
1,254
1,739
  41.90
      58.10
27
Mauja
379
1,399
633
766
  45.25
      54.75
28
Mijuredada
907
3,787
1,743
2,044
  46.03
      53.97
29
Namarjung
264
1,104
520
584
  47.10
      52.90
30
Nirmal Pokhari
1,088
4,027
1,753
2,274
  43.53
      56.47
31
Parche
589
2,418
1,091
1,327
  45.12
      54.88
32
Pokhara Sub-Metropolitan City
68,236
255,465
126,238
129,227
  49.41
      50.59
33
Pumdibhumdi
1,837
7,391
3,358
4,033
  45.43
      54.57
34
Puranchaur
865
3,597
1,641
1,956
  45.62
      54.38
35
Ribhan
364
1,332
598
734
  44.89
      55.11
36
Rupakot
728
2,958
1,277
1,681
  43.17
      56.83
37
Saimarang
309
1,171
517
654
  44.15
      55.85
38
Salyan
926
3,541
1,566
1,975
  44.22
      55.78
39
Sarangkot
2,080
8,354
3,899
4,455
  46.67
      53.33
40
Sardikhola
879
3,442
1,614
1,828
  46.89
      53.11
41
Siddha
814
2,982
1,253
1,729
  42.02
      57.98
42
Sildujure
570
2,494
1,153
1,341
  46.23
      53.77
43
Thumakodada
734
2,765
1,229
1,536
  44.45
      55.55
44
Thumki
828
3,328
1,500
1,828
  45.07
      54.93
45
Valam
648
2,623
1,181
1,442
  45.02
      54.98

Institutional
214
11,146
8,311
2,835
  74.56
      25.44


Source: Central Bureau of Statistics Nepal



दोश्रो संबिधानसभाको निवार्चनका लागी कास्कीमा २२ दलको उम्मेद्वारी, ६ स्वतन्त्र, तीन वागी (को को उठे नामावली सहित)
सविधान सभाको निवार्चनका लागी कास्कीका २२ दलले उम्मेद्वारी दर्ता गरेका छन् भने ६ जना स्वतन्त्र र तीन जनाले वागी उम्मेद्वारी दर्ता दिएका छन् । कास्की सबै गरेर ८० जनाको उम्मेद्वारी परेको छ । जसमा १० जना महिला छन् भने ७० जना पुरुष रहेका छन् ।
एमोवादी र एमालेकाका वागी उम्मेद्वारी
संविधान सभा निवार्चका लागी कास्कीमा एकिकृत नेकपा माओवादीको क्षेत्र नम्बर ३ र ४ वागी उम्मेद्वारी दिएका छन् । त्यसै गरि एमालेको क्षत्रे नम्बर ४ मा पनी बागी उम्मेदवारी परेको छ । एमाओवादी रामजी बरालको ठाउँमा एमाओवादीका महेश्वर अधिकारी र गुप्त बहादुर हमालको ठाउँमा राजेन्द्र तमुले बागी उम्मेद्वारी दिएका छन् । त्यसै गरि एमालेका सिता गिरीको ठाउँमा बेल बहादुर थापाले बागी उम्मेद्वारी दिएका छन् ।
0

0
5
64
3
1
2



कास्कीमा सडक
कोत्रे - पृथ्वीचोक २० कि.मी.
कुविण्डे - पृथ्वीचोक १३ कि.मी.
नयाँपुल - पृथ्वीचोक ४१ कि.मी.
पोखरा - सराङ्गकोट  कि.मी.
राखी - मिजुरे ९कि.मी.
तालचोक - लमजुङ्ग सिमाना १४ कि.मी.

कास्कीमा सिचाइको स्थिति
वाह्रै महिना सिचाइ
खेती गरिएको क्षेत्रको खेत मध्ये वाह्रै महिना सिचाइ सुविधा (कुलोनहर ) पुगेको क्षेत्रफल ११३९७ हेक्टर अर्थात ४३ प्रतिशत 
बर्षे सिचाइ
वर्षो सिचाई (आकासे समेत ) कुलोभलवाढी सिचाइ भई धान वाली लाग्ने खेत मध्ये १४८३२ हेक्टर अर्थात ५७ प्रतिशत 
कास्की जिल्लाका ठूला सिचाइ आयोजनाहरु
पोखरा जल उपयोग तथा सिचाइ आयोजना (सेती सिचाइ प्रणाली ( १०३० हेक्टर फेवा वाँध सिचाइ प्रणाली (३२० हेक्टर )विजयपुर सिचाइ प्रणाली  (१२८० हेक्टर वेगनास सिचाइ प्रणाली ( ५८० हेक्टर हेम्जा सिचाइ प्रणाली ( ३२० हेक्टर )सार्दी खोला पुरनचौर सिचाइ प्रणाली (३०० हेक्टर )
श्रोत - क्षेत्रीय सिचाइ निर्देशनालयपोखरा

कास्की जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरु

रमुख धार्मिक स्थलहरु:
· विन्ध्यवासिनी मन्दिर, विन्ध्यवासिनी
· तालबाराही मन्दिर, फेवाताल
· भद्रकाली मन्दिर, गौडाको मुख
· विश्व शान्ति स्तूप, अनदुडांडा
· हेम्जा गुम्बा, हेम्जा
· माटेपानी गुम्बा, माटेपानी
· धर्मशिला बौद्ध विहार, नदीपुर
· जामे मस्जिद, मियांपाटन
· रामघाट चर्च, रामघाट
· नयांगाउं चर्च, रामबजार १५
· गीता मन्दिर, रामघाट
· लक्ष्मी नारायण मन्दिर, नदीपुर
· केदारेश्वर महादेवमणी, बैदाम
· गलेश्वर शिवधाम, पोखरा १५
· अकलादेवी माइस्थान, लामाचौर
· गणेश मन्दिर, गणेशटोल
· नरनारायण मन्दिर, रामघाट


आठ तालहरु
· फेवा ताल, लेकसाइड
· बेगनास ताल, लेखनाथ
· रुपा ताल, लेखनाथ
· खास्टे ताल, लेखनाथ ४
· दिपाङ ताल, लेखनाथ
· मैदी ताल, लेखनाथ ९
· न्यूरेनी ताल, लेखनाथ ४
· कमलताल, पोखरा १३
· गुंदे ताल, लेखनाथ ४
गुफाहरु
· महेन्द्र गुफा, बाटुलेचौर १६
· चमेरा गुफा, बाटुलेचौर १६
· गुप्तेश्वर महादेव गुफा, छोरेपाटन १७
पोखराबाट अवलोकन गर्न सकिने हिमालहरु:
· पुठ्ठा हिउंचुली
· धौलागिरी प्रथम
· मोदित्से
· साउथ अन्नपूर्ण
· घान्द्रुक हिउंचुली
· फ्याङ पिक (बराह शिखर)
· नीलगिरि
· अन्नपूर्ण प्रथम
· ग्ल्यासियर डोम (खाङसार काङ)
· रक नोयार(तार्केकाङ)
· गंगापुर्ण
· माछापुच्छ्रे
· मर्दी हिमाल
· अन्नपूर्ण तेस्रो
· अन्नपूर्ण चौथो
· अन्नपूर्ण दोस्रो
· लमजुङ् हिमाल
· सिक्लेस हिमाल (मानापाथी)
· मनास्लु मुख्य
· मनास्लु उत्तरी
· पिक २९ (डाकुरा हिमाल)
· हिमालचुली
· बौद्धचुली
संग्राहालय (म्यूजियम) हरु:
· अन्तर्रार्ष्ट्रिय पर्वतीय संग्राहालय, घारीपाटन
· क्षेत्रिय संग्राहालय, नयांबजार
· अन्नपूर्ण संग्राहालय, पृथ्वीनारायण क्याम्पस बगर
प्रमुख महोत्सवहरु:
· राष्ट्रिय औधोगिक एवं व्यापार महोत्सव, नयााबजार
· पोखरा सडक महोत्सव, लेकसाइड
· फेवा महोत्सव, लेकसाइड
· रोपाई महोत्सव
· पोखरा महोत्सव, अमरसिंहचोक
· क्षेत्रिय पुष्प व्यापार मेला
· लेखनाथ महोत्सव, लेखनाथ
· सराङ्गकोट महोत्सव, सराङ्गकोट
· धम्पुस महोत्सव, धम्पुस
· काहुं धरहरा महोत्सव, काहुं
· तीज महोत्सव, लामाचौर
मुख्य जात्रा/पर्वहरु
· बिस्केट जात्रा
· गाईजात्रा पर्व
· ट्होटे पर्व
· तीज पर्व
· भैरव जात्रा
· ढुङ्गेसांघुको मेला
खेलकुद:
· आहा गोल्डकप -राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता)
· अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ्ग प्रतियोगिता
· हिमालयन गल्फ कोर्स
· पोखरा म्याराथन
अन्य पर्यटकीय स्थलहरु:
· डेभिड फल्स -पातले छांगो), छोरेपाटन
· सराङ्गकोट टावर, सराङ्गकोट
· सेतीनदी अवलोकन स्थल -केआइसिंपुल, महेन्द्रपुल, रामघाट)
· पोखरा भ्यू प्वाइन्ट, पुम्दीभुम्दी
· माछापुच्छ्रे भ्यू प्वाइन्ट
· काहुडांडा भ्यू प्वाइन्ट
· पोखरा औधोगिक क्षेत्र, कुंडहर
· र्‍याफ्टिङ, सेती नदी
· बोटिङ -फेवाताल, बेगनासताल)
· झरना, फेवा पावरहाउसको आडमा पोखरा १७
· पावर ग्लाइडर, पोखरा विमानस्थल
प्रमुख पदयात्रा क्षेत्रहरु:
· पोखरा-घट्टेखोला-धम्पुस -३ घण्टा)
· पोखरा-कंाडे-अष्ट्रियन क्याम्प -१ घण्टा)
· पोखरा-कांडे-पञ्चासे -५ घण्टा)
· पोखरा-वीरेठांटी-घान्द्रुक -५ घण्टा)
· पोखरा-वीरेठांटी-घोरेपानी -१ दिन)
· पोखरा-सिक्लेस -१ दिन)
· पोखरा-घान्द्रुक-छोम्रोङ्ग-माछापुच्छ्रे बेसक्याम्प-अन्नपूर्ण बेसक्याम्प -३-४ दिन)
· रोयल ट्रेक -विजयपुर खोला-ठूलाकोट-माझठाना-हंसपुर-वेगनासताल)
· म्ााछापुच्छ्रे मोडल ट्रेक -३ देखि ८ दिन)
· मट्टखिान लुम्ली भ्यु टावर -पोखराबाट २ घण्टा)
· ग्रामीण पर्यटकीय गाउा, काभ्रे -पोखराबाट २ घण्टा)
· नमुना गाउं अर्मला -पोखराबाट २ घण्टा)
· पोखरा-ताङ्गतिङ्ग-भुजुङ्ग-वेशीसहर -७ देखि ८ दिन)
· घलेगाउा-न्याउलीखर्क-सिक्लेस-पार्चे-पोखरा -५ दिन)
· काभ्रे-किर्कुपास-सिक्लेस-ताङ्गतिङ्ग-पोखरा -५ दिन)
· पोखरा-कास्कीकोट -१ घण्टा)
· पोनी ट्रेक -घोडामा चढेर पदयात्रा)
· पोखरा-काहुंकोट -२ घण्टा)
· पोखरा-हेम्जा-लाहाचोक-मर्दिहिमाल बेसक्याम्प-मर्दिहिमाल -३ दिन)
त्यस्तै ल्वाङ घलेल गा.बी.स. पनि पर्यटकिय गन्तब्य को प्रमुख गन्तब्य मानिन्छ