Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

एमालेको बाँदरे प्रवृतिले आफु पनि डुब्यो हामीलाई पनि डुबायो, हामीलाई प्राविधिक होइन एमालेले अपराधि बनायो-राम-लक्ष्मण

नेकपा एमालेको नवौ महाधिवेशनले कसैलाई नेतृत्वमा पु¥यो भने कसैले पराजयको पीडा भोगे , अर्को तर्फ भने एमाले महाधिवेशनका लागि भोटिङ मेसिन तयार पर्नेहरुको भने सपनै टुट्यो , उनीहरु यतिबेला ठुलो आर्थिक भारको पीडाले भौतारिरहेका छन । एमाले महाधिवेशनकालागि तयार गरिएको विद्युतिय भोटिङ मसिन निर्माता युवा वैज्ञानिक राम, लक्ष्मण र केबीले यसरी पोखे जयदेशसंवाददाता कृष्ण गिरीसंग पिडा उनीहरुकै शब्दमा तयार पारिएको रिपोर्ट - 

पहिला ४० वटा मसिन राखौला एमाले महाधिवेशनमा भन्ने थियो । तर पछि हामीले ७०वटा जति बनाउनु पर्छ भन्ने भयो । किनकि २ हजार देखि २२ सय प्रतिनिधिले भोट हाल्दा सात आठ घण्टामा सक्ने भन्ने थियो । त्यसै बिच एमालेसंग पनि कुरा अगाडि बढ्यो । उनीहरुलाई 
भोटीङ मसिन
हामीले एड्भान्स माग्यौ ।उनहरुले पनि हुन्छ भने । हामीले उनीहरुसंग बसेर छलफल ग¥यौ । दुई सय जनालाई छान्नु पर्ने रहेछ त्यो पनि पाँच सय बाट । हामीले त्यसको लागि थ्रि डि डिजाइन बनायौ । अन्तिमा उनले भने हामीलाई भोटिङ मसिन १९ गते चाहिन्छ । हामीले पनि त्यो समयमा मसिन बनाएर दिने भयौ । एक मसिनको एक लाख पर्छ । तपाईको महाधिवेशनमा जम्मा जम्मी ७० वटा मसिन चाहिन्छ । ती सबै मसिन तपाइहरुको लागिमात्र बनाउने हो । तपाईहरुले किन्नु होस् पनि भनेका थियौ । तर पछि हामीले नै भन्यौ कि मसिन हामीनै राख्छौ । तपाईहरु हामीलाई भाडा दिनु होला । हामीले यस्तो भन्नुको कारण थियो एमालेको महाधिवेशनमा प्रयोग भएपछि हामीलाई अरुले पनि विश्वास गर्छ । हाम्रो मार्केट बढ्छ । अहिलेलाई घाटा भएपनि पछिलाई फाइदा हेरेर काम गर्न तयार भएका हौ । एमालेको निर्वाचन आयोग र हामी बिच सम्झौता भयो । हामीले दश लाख मागेका थियौ । उनीहरुले पहिलो किस्ता स्वरुप पाँच लाख दिए । हामी पनि ढुक्क थियौ । एमाले जस्तो पार्टीले अर्डर दिदा हामीले निकै जिम्मेवारीका साथ काम ग¥यौ । हामीले मसिन बनाउदै थियौ । केहि मसिन बनी सकेका थिए । एक दिन हामीलाई पार्टी कार्यलयमा बोलाए । हामी दुई मसिन लिएर गयौ । त्यहाँ हामीले मसिनमा भोट हाल्न सिकायौ । झलनाथ खनालले पनि भोट हाल्न सिक्नु भयो । त्यो कुरा पत्रपत्रिकामा पनि आयो । त्यसपछि एमालेका विभिन्न समुहहरु आउने क्रम शुरु भयो , समुहलाई उत्तर दिदा दिदा हैरान भयौं । विभिन्न किसमका मान्छे आउथे मसिनका बारेमा सोध्थे हामी जवाफ दिन्थ्यौ । कोहि पार्टीका हौ भन्दै आउथे । कोहि पार्टीका इन्जिनियर हौ भन्थे । सबैलाई मसिन देखाउथ्यौ । सोधेका प्रश्नको जवाफ दिन्थ्यौ । नेपालमा प्रयोग भइरहेका मसिन पनि कुनै स्टन्र्डड छैनन् हामीले बनाएको मसिन मा दुई ठाँउमा डाटा सेभ हुने बनाएका छौ । भारतबाट ल्याएर निर्वाचन आयोगले प्रयोग गरेको मसिनमा एक ठाँउमात्र डाटा सेभ हुन्छ । एक पटक भोट गनिसके पछि दोबारा त्यहाँ कुनै कुरा हेर्न मिल्दैन ।
एभरेष्ट होटलमा बोलाएर सारै बेइज्जत गरे
२१ गते बानेश्वरको एभरेष्ट होटलमा बोलायो । हामी दुई जना गयौ (राम रिमाल र के बि भण्डारी ) त्यहाँ दस बाह्र जना बसेका थिए । हामी पुग्ने बित्तिकै परिचय माग्यो । हामीले परिय दियौ । उनीहरुले आफ्नो परिचय नै दिएनन् । हामीले तपाईहरुको पनि परिचय दिनु होस् भन्दा बल्ल बल्ल परिचय दिए । त्यहाँ हामीलाई प्रविधि संग भन्दा पनि कसरी तल देखाउने बाहेक अरु केहि काम भएन । केहि समय पछि भीम रावल र माधव नेपाल आउनु भयो । उहाँ दुई जनाले हुन्छ भनेका थिए । उहाँहरु त्यहाँ हुन्जेल माधव नेपालका भाई र उनका पिए मोहन गौतम केहि बोल्नु भएन । नेपाल पन्ध्र मिनेट बसेर जानु भयो र रावल आधा घण्टा । उहाँ दुई जना गएपछि त्यहाँ बसेका दस बाह्र जनाको टोलीका काम भनेको हामीलाई जसरी हुन्छ निच देखाउने । उनीहरुले हामीले लिएर गएको मसिन लाई छुन सम्म छोएनन् । दस मिटर टाढा राखेर मसिनका बारेमा कुरा गरे । त्यहाँ अन्य दुई चार जना ठेट्ना इन्जिनियर लिएर आएका थिए । बाहिर पढेका हौ भन्ने घमण्ड बढी रहेछ । थ्यौरीटीकल कुरा गरेका थिए । प्राइटिकल ज्ञान जिरो रहेछ । पाँच घण्टा पछि बल्ल छोडे । पाँच घण्टा सम्म हामीलाई हिरासतमा राखेको जस्तो व्यवहार गरे । हामी प्राविधिक होइनौ एमालेका अपराधि हौ जस्तो भयो । हामी उनीहरुको हिरासतमा राखिएका छौ । देशको दोस्रो ठूलो पार्टीको कार्यकर्ताको व्यवहार भनेको घटिया रहेछ । अनुशासन भन्ने कुन चराको नाम हो ? उनलाई थाह नै रहेन छ । माधव नेपालका भाई र उनका पिएले नै हो हामीलाई सबै भन्दा अपमान गरे र एमालेको नवौ महाधिवेशनमा भोटीङ मसिनको पै्रयोग हुन दिएनन् ।
नेपालमा स्र्टान्र्डड मापन गर्ने संघसंस्था खोइ त ?
हामीले बनाएका भोटीङ मसिनका बारेमा लास्टमा आएर स्टान्र्डडको कुरा उठाए ।नेपालमा स्टान्र्डड दिने आधिकारीक निकाए खै त देखाई दिउन एमालेका मान्छेहरुले । उनीहरुपनि सत्ता घटक दलका मान्छेहरु हुन् । उनीहरुले भरखर्र उपनिर्वाचनमा प्रयोग गरेको भोटीङ मसिनको स्टान्र्डडता देखाइ दिउन त । चुनौति भयो उहाँहरुलाई । भारतबाट ल्याएको मसिन (VVPAT) voter verified paper audit trail होइन । नेपालीले आफ्नै सिप र प्रविधिमा बनाएको कुराको विरोध मात्र गरेनन् अपमान पनि गरे । हामीले मसिनको प्राविधिक कुरा हेर्न भनेर पुल्चोक इन्जिनियर क्याम्पसलाई,टियूलाई र अरुलाई पत्र पठाएका छौ । पुल्चोक इन्जिनियर क्यम्पसले मसिनको सप्टवेयर ठिक छ भनेर पत्र पठाएको छ । एमालेको बादरे प्रवित्तिले आफुपनि डुब्यो हामीलाई पनि डुबायो , एमाले देशको दोस्रो ठूलो दल मात्र होइन सरकारमा भएको ठूलो घटक पनि हो । त्यसका नेताहरु को प्रवृति देख्दा लाग्यो नेताहरु जनता संग ठिक्कका कुरा गर्ने तर भनेको आफ्ना भाइ भतिजा र पिएको मात्र मान्दा रहेछन् । त्यहि कुरा माधव नेपाल बाट भयो । एमालेले पैसा दिएन भने अदालत जान्छौ हामीले त एमालेको महाधिवेशनको निर्वाचन सम्म गरेपछि सबैमा विश्वास बढ्छ । हामीहरुको पनि बजार बन्छ भनेर फाइदाको कुरै गरेका थिएनौ । तर अहिले मसिन पनि प्रयोग भएन । हामीहरुलाई आर्थिक क्षतिपनि ठूलो भएको छ । एक मसिन बनाउन कम्तीमा एक लाख सकिएको छ । त्यहि हिसाबमा कुरा गर्दा पनि सत्तरी लाख हुन आउछ । हाम्रो अन्य खर्च पनि भएको छ । त्यो सबै जोड्दा लगभग असि लाख खर्च भएको छ । त्यो नेकपा एमालेले दिनु पर्छ ।
r
दिएन भने अदालत जान्छौ। अदालतमा तीन वटा मुद्धा हाल्छौ ।  १. पहिलो हामीलाई आर्थिक क्षति भएको छ ,त्यसको भर्पाइको लागि मुद्धा हाल्छौ ।  २. हाम्रो गुडविलको क्षति भएको छ,त्यसको लागि मुद्धा हाल्छौ  ।  ३. हामीलाई एभरेष्ट होटलमा बोलाएर जुन बेइज्जत गरे त्यसको पनि मुद्धा हाल्छौ ।  पाँच घण्टा सम्म एभरेष्ट होटलमा बसेर एक पटक पनि हाम्रो मसिन छोएनन् । तर रिपोर्ट तिनीहरुले नै बनाए छन् । मसिन नछोएर बनाएको रिपोर्ट हो । हाम्रो मसिनको आठ मेघा बाइट छ । तर उनीहरुले रिपोर्टमा सात मेघा बाइटको छ भनेर भने । सात मेघा बाइट कुनै पनि बेला फेल हुन सक्छ भनेर पत्रकारलाई रघुजी पन्तले भनेको कुरा मिडियामा आयो । यीनीहरुको दिमाग नै अकुपाई रहेछ । नेपाली प्रविधि र प्रतिभा एमालेको गुटबन्दीको सिकार भएको छ । हामी मात्र होइन त्यहाँ हाइटेक बनाउन धरैले काम गरेका थिए । ती सबै अविश्वासको शिकार भएका हुन् । एमाले भनेको कालो पत्थर हो हामी साना भङ्गेरा हौ । हामी उनी संग लडेर भिडेर त लिन सक्दैनौ । हाम्रो अबको बाटो भनेको अदालत हो । समाचार आएको छ एक जना नेताले माफि मागे भनेर तर उनीहरुले माफि माग्न लाएको काम नै गरेका होइनन् । यो त अक्षम अपराध गरेका हुन् । यीनीहरुत आफुबाहेक अरु कसैलाई हेर्दा रहेछन् । यी नेताले त आफुलाई फाइदा हुन्छ भने देशपनि बेच्न समय लगाउदैनन् । एउटा भनाइ छ नपढेको मुर्ख भन्दा पढेको मान्छे बढी मुर्ख हुन्छ । बाई सय भोट गन्न सात दिन लगाए । कार्यकर्ताका बारेमा सोच्ने फुर्सद थिएन । केवल आफु जित्छौ कि जित्दैनौ । हाम्रा तीन वटा मसिन त अहिले पनि एमालेको पार्टी कार्यलय बल्खुमा नै छन् । ती मसिनबाट झलनाथ खनाल देखि अन्य कयौ कार्यकर्ताले भोट हाल्न सिके । मिडिया बोलाए फोटा खिचाए । पत्रपत्रिकामा छपाए । तर अन्त्यमा प्रविधि देखि नै डराए । हामीलाई नत केपि ओली जिताउदा फाइदा थियो । नत माधव नेपाल जिताउदा फाइदा । दुबै एमालेका नेता हुन् । तर आधिको मनमा चिसो पसेको भनेको संसदिय दलको नेताको निर्वाचनमा केपि ओली जिते । कास्कीको जिल्ला अधिवेशनमा पनि ओली प्यानलले जितेका रहेछन् । त्यहि भएर हो जस्तो लाग्छ अर्को पक्षले प्रविधि माथि नै शंका गरेका ।
spurce:-जयदेश

ओलिको गोली र गगन को गहन बोली


gagan-thapa 2

नेपाली कांग्रेसका सभासद् तथा युवा नेता गगन थापाले व्यवस्थापिका संसदको सभामुख र संविधानसभाको अध्यक्ष फरक–फरक हुनुपर्ने बताएका छन् । एउटै व्यक्ति सभामुख र संविधानसभाको अध्यक्ष रहँदा संसदको कामले संविधानसभाको कामलाई प्रभावित गर्ने बताउँदै थापाले सो कुरा बताएका हुन् । रातोपाटीसँग विशेष कुराकानी गर्दै थापाले भने, ‘पहिलो संविधानसभामा विशेष परिस्थितिमा दुई वर्षको अन्तरिमकालका लागि संविधानसभाले नै व्यवस्थापिका संसदको काम गर्ने भनिएको हुँदा त्यस्तो प्रावधान राखिएको थियो । तर हामीले देख्यौं संसदको कामले संविधानसभाको कामलाई पूर्ण रुपमा प्रभावित गर्‍यो । त्यसैले सभामुख छुट्टै र संविधानसभाको अध्यक्ष छुट्टै बनाउनुपर्छ ।’ यसरी छुट्टै व्यक्तिलाई जिम्मेवारी दिँदा संविधानसभामा पक्ष र प्रतिपक्ष भन्ने कुरा पनि नरहने उनको तर्क छ । ‘सरकार बनाउँदा सभामुख भागबण्डा गरे पनि सरकारमा नरहेको दललाई अध्यक्षको जिम्मेवारी दिनुपर्छ । जसले संविधानसभामा पक्ष प्रतिपक्ष भन्ने रहँदैन । यसले सरकारको दिनहुँको कामलाई प्रभावित पनि गर्दैन,’ उनले भने । थापाका अनुसार एक वर्ष भित्र संविधान जारी गर्ने हो भने दलहरुले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताए । पूरानै शैलीमा काम गरेर परिणाम नयाँ खोज्नु चमत्कारमा विश्वास गर्नुजस्तै हो भन्ने धारणा रहेको छ । ‘ हामीले काम गर्ने तरिका नफेरी जस्ताको तस्तै पुरानो शैलीमा काम गरेर परिणाम नयाँ आउँछ भन्यौं भने त्यो जादुमा विश्वास गर्नु जस्तै हुनेछ । यही तरिकाले काम गर्‍यौं भने अघिल्लो पटक जस्तै यसपटक पनि परिणाम असफलता नै हुनेछ ।’ समयमा संविधान लेख्नका लागि दलहरुले एक पछि अर्को काम नगर्दै एकसाथ चार–पाँचवटा काम सँगै लैजानु पर्ने उनको धारणा थियो । उनले भने, ‘हाम्रो कार्यतालिका निकै व्यस्त हुनुपर्छ । त्यसका लागि एकपछि अर्को काम गर्ने भनेर हुँदैन । यसका लागि सँगसँगै चार–पाँच वटा कामहरु सँगसँगै लानुपर्दछ । सरकार र संविधान निर्माणको कामलाई अलग्गै लानुपर्छ ।’ फरक प्रसंगमा थापाले संविधानसभामा बाहिरी हस्तक्षेप कम गर्न दातृ निकाय र अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिने काम पनि बन्द गर्नुपर्ने बताएका छन् । उनका अनुसार दातृ निकायबाट सहयोग लिँदा संविधान लेखनमा हस्तक्षेप हुन्छ । ‘ हामीले बदल्नुपर्ने अर्को काम भनेको बाहिरबाट सहयोग लिने कामलाई बन्द गर्नुपर्छ । यसरी सानो विषयमा सहयोग लिँदा उनीहरुको चाँसो अनुसार काम गर्नु पर्ने हुन्छ,’ उनी भन्छन् । -


सशक्त युवा नेताको रुपमा आम नेपालीबीच परिचित गगन थापा यसपटकको संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद्मा निर्वाचित भएका छन् । स्पष्ट वक्ताका रुपमा पनि चिनिने थापा, दलहरुले एक वर्षभित्र संविधान बनाउने हो भने सबैभन्दा पहिले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने विचार राख्दछन् । संविधानसभामा हरेक विषयलाई छलफल गरेर मात्र अनुमोदन गर्नुपर्ने उनको उडान रहेको छ । तीन महिना बितिसक्दा पनि संविधान लेखनमा प्रगति नभएको र अझै पहिलेकै गल्तीलाई दलहरुले दोहोर्‍याई रहेको सेरोफेरोमा कांग्रेस सभासद् गगन थापासँग गरेको कुराकानीको सम्पादीत अंशः
 संविधानसभाको निर्वाचन भएको तीन महिना बितिसक्दा पनि संविधान निर्माणको विषयमा उल्लेखिय प्रगति हुनसकेको छैन । किन ?
 संविधानसभाको निर्वाचन पश्चात बितेको तीन महिनामा जुन अलमल देखिएको छ, त्यसले पक्कै पनि अनिश्चिताको संकेत गरेको छ । यसरी अलमल हुनुको पछाडि मुख्य तीन कारणहरु रहेका छन् । पहिले त हाम्रो अन्तरिम संविधानमा केही कमजोरी र अस्पष्टता रह्यो जसले यो अन्यौलतालाई थप बढावा दियो । जस्तै सरकार गठन कसरी गर्ने ? कसले बैठक बलाउने ? आदि विषयहरुले अनावश्यक रुपमा उल्झनहरु बढाउने काम गर्‍यो । दोस्रो, केही राजनीतिक कारणहरु पनि रहे । जस्तै एकीकृत नेकपा माओवादीले निर्वाचनको परिणाम अस्वीकार गरेको अवस्था थियो । उसलाई मनाएर संविधान निर्माणको प्रक्रियामा ल्याउन पनि केही समय खर्च भयो । तेस्रो भनेको हाम्रो काम गर्ने शैली नै रह्यो । जुन स्थायी प्रवृति हामीले पहिलो संविधानसभामा देखेका थियौं । अहिले ठ्याक्कै त्यही प्रवृतिको पुनरावृत्ति भएको छ । समानुपातिक सभासद् चयनदेखि लिएर अहिले सरकार गठनको प्रक्रियासम्म हेर्ने हो भने ठ्याक्कै त्यही देखिन्छ । हामीले सरकार निर्माणको प्रक्रियासँगै संविधानसभाको कामलाई सँगै लिएर जान सक्थ्यौं । तर हामीले त्यसो गर्न सकेनौं । हामीमा प्रक्रिया, विधि र विधानमा विश्वस नगर्ने र मौका मिले आफू अनुकुल प्रक्रियालाई मिच्ने प्रवृति रहेको छ । हामी परिणाम चहान्छौं तर त्यो परिणाम हासिल गर्न समयबद्ध तरिकाले काम गर्न चाहँदैनौं र अन्तिम समयमा चमत्कारमा विश्वास गर्छौं । यो चरम भाग्वादी चिन्तन हामीमा हावी छ । त्यही भएर चाहना हुँदा हुँदै पनि हामीले काम गर्न सकिरहेका छैनौं ।
 यसलाई कसरी चिर्ने त ? 
संविधान निर्माण तथा सरकार निर्माणको क्रममा राजनीतिक समस्याहरु आइरहन्छन् । त्यो कुनै नौलो होइन । तर त्यसलाई कसरी हल गर्ने विधि र संयन्त्रको निर्माण गर्न जरुरी छ । यहाँ हामीले सुधार्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको हाम्रो काम गर्ने शैली नै हो । हामीले काम गर्ने तरिका नफेरी जस्ताको तस्तै पुरानो शैलीमा काम गरेर परिणाम नयाँ आउँछ भन्यौं भने त्यो जादुमा विश्वास गर्नु जस्तै हुनेछ । यही तरिकाले काम गर्‍यौं भने अघिल्लो पटक जस्तै यसपटक पनि परिणाम असफलता नै हुनेछ ।
 नयाँ तरिकाले काम गर्ने भनेको कसरी ? 
नयाँ तरिकाले काम कसरी गर्ने भन्ने विषयमा मेरो तीन वटा सोँच रहेको छ । अहिले पहिलो संविधान सभाले गरेको कामलाई के गर्ने विषयमा ठूलो अन्यौलता रहेको छ । हुन न पनि यो नयाँ संविधानसभा हो, पुरानो होइन । यो संविधानसभासँग सार्वभौम अधिकार छ, यसले कुनै विषयलाई लिन पनि सक्छ र नलिन पनि सक्छ । यसमा कुनै सन्देह छैन । तर जति यो कुरा सत्य छ, यो पनि सत्य हो कि यो संविधानसभा शुन्यबाट आएको होइन । यो जनआन्दोनको पृष्ठभूमिमा विभिन्न विद्रोह र आन्दोलनको जगमा आएको पहिलो संविधानसभा असफल भएपछि त्यही संविधानसभाले गर्न नसकेको काम पूरा गर्न आएको हो । त्यसैले यो समस्या हल गर्नका लागि सजिलो विधि भनेको ठूला दलहरुले सामुहिक रुपमा यस संविधानसभामा विघटित संविधानसभामा भएका सहमतिहरु माथि छलफल होस् भन्ने प्रस्ताव लिएर आउने र त्यसमा छलफल गर्ने । यसले के गर्छ भने ती अन्तरवस्तुहरुलाई पुनः एक पटक जनतासँग जोड्छ, नयाँ सभासद्हरु पनि त्यस विषयमा सूचित हुन्छन् र उनीहरुलाई पनि जोड्दछ । यसको साथै जुन दलले यसलाई मान्दैनौं भनेका छन् उनीहरु पनि यस छलफलमा भाग लिन पाउँछन् । यसका लागि दिनको ६–८ घण्टा बसेर भएर पनि १५–२० दिन भाग लिन सकिन्छ र अन्त्यमा यसलाई निर्णयार्थ प्रस्तुत गर्न सकिन्छ । यसरी दलले पक्ष र विपक्षमा मतदान गर्न पाउने छन् । आजको शक्ति सन्तुलनले के देखाउँछ भने सजिलै सँग यो विषय पारित हुन्छ । अब जसले यसको विपक्षमा भोट गरेका छन् उनीहरुले पनि निर्णयलाई मान्नुपर्ने हुन्छ किनभने यो अब यही संविधानसभाको प्रक्रिया बनिसकेको हुन्छ । यसरी नयाँ पूरानो भन्ने अन्तहिन छलफल पनि सकिन्छ । तर यसमा हामीले काम गर्ने तरिका फेर्नुपर्छ । कांग्रेस एमाले र एमाओवादीका नेताहरु भने धेरै समयदेखि यस प्रस्तावलाई ल्याउन खोजिरहनुभएको छ तर त्यो एक दिनमा ल्याएर एकै दिनमा पास गर्ने गरी । तीन महिनासम्म सुत्ने, समयको महत्व नबुझी काम नगर्ने र समय दिनुपर्ने कुरालाई समय नै नदिने र एकै दिनमा छलफल नगरी पास गराउने मुडमा वहाँहरु रहेको देखिन्छ । हामीले यहाँ नै काम गर्ने तरिका फेर्न सकिन्छ । त्यस्तै मैले देखे अनुसार संविधानसभाको अध्यक्ष र सभामुख एकै व्यक्ति हुने जुन संवैधानिक प्रावधान छ त्यसलाई बदल्नुपर्ने देखिन्छ । पहिलो संविधानसभामा विशेष परिस्थितिमा दुई वर्षको अन्तरिमकालका लागि संविधानसभाले नै व्यवस्थापिका संसदको काम गर्ने भनिएको हुँदा त्यस्तो प्रावधान राखिएको थियो । तर हामीले देख्यौं संसदको कामले संविधानसभाको कामलाई पूर्ण रुपमा प्रभावित गर्‍यो । त्यसैले सभामुख छुट्टै र संविधानसभाको अध्यक्ष छुट्टै बनाउनुपर्छ । सभामुख भनेको सरकार बनाउने दलहरु बीच भाग बण्डाको विषयमा पर्ने भयो र संविधानसभाको अध्यक्ष भने छुट्टै हुने भने । यसमा के हुन्छ भने जस्तै कांग्रेस एमालेको सरकार बनेको अवस्थामा एमाओवादीलाई संविधानसभाको अध्यक्षको जिम्मेवारी दिने जसले ऊ पनि संविधान निर्माणको प्रक्रियामा आउने छ । त्यस्तै अन्य दल मिलेमा सरकारमा नरहेको दललाई अध्यक्षको जिम्मेवारी दिनुपर्छ । जसले संविधानसभामा पक्ष प्रतिपक्ष भन्ने रहँदैन । यसले सरकारको दिनहुँको कामलाई प्रभावित पनि गर्दैन । हामीले बदल्नुपर्ने अर्को काम भनेको बाहिरबाट सहयोग लिने कामलाई बन्द गर्नुपर्छ । यसरी सानो विषयमा सहयोग लिँदा उनीहरुको चाँसो अनुसार काम गर्नु पर्ने हुन्छ, यसले हस्तक्षेप बढाउने काम गर्छ । संविधानसभालाई केही चाहेको खण्डमा नेपाल सरकारलाई माग्नुपर्छ । संविधानसभालाई चाहिएको कुरा पु¥याउने जिम्मा नेपाल सरकार हो । हामी सानो नियम बनाउन पनि अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायलाई गुहार्छौं । उदाहरणको लागि हामी एउटा कम्प्युटर बनाउन पनि दातृ निकायलाई भन्छौं । हेर्दा यो सानो देखिए पनि यो विषय विस्तारै संविधानसभाभित्र पस्छ र यसले संविधान बनाउने प्रक्रियामा हस्तक्षेप गर्छ । यसलाई हामीले पहिलो संविधानसभामा राम्ररी अनुभव गरिसकेका छौं । त्यसैगरी हामीले एक वर्षमा संविधान बनाउने भने पछि हाम्रो कार्यतालिका निकै व्यस्त हुनुपर्छ । त्यसका लागि एकपछि अर्को काम गर्ने भनेर हुँदैन । यसका लागि सँगसँगै चार–पाँच वटा कामहरु सँगसँगै लानुपर्दछ । सरकार र संविधान निर्माणको कामलाई अलग्गै लानुपर्छ । जस्तै संविधानसभा भित्र हामीले अहिले सोचेको कुरा भनेको एक महिना भित्र संविधानसभाको नियम बनाउने र त्यस सँगसँगै अन्य अन्तरवस्तुमा छलफल पनि सँगै लैजाने । तर शीर्ष नेताहरु भने नियम अहिले नबनाएर एकै पटक पछि बनाउने भन्दै हुनुहुन्छ जुन गलत छ । त्यस्तै सहमति भएका विषयलाई भाषा मिलाएर ड्राफ्ट गर्दै जाने असहमतिका विषयालाई हल गर्ने कुरा पनि पार्टी गत तहमा छलफल गर्दै जाने । यसरी समानान्तर रुपमा कामलाई अघि बढायौं भने पक्कै पनि समयमा संविधान लेख्न सकिन्छ । 
अहिले पनि समस्या शीर्ष नेताहरुको काम गर्ने शैलीमा नै देखियो । यसलाई परिवर्तन गर्न तपाईंजस्ता युवाहरुको भूमिका के हुन्छ ? केही गरिरहनु भएको छ ?
 हामीले दबाब सिर्जना गर्ने कुरा गर्दा संविधानसभा भित्रैबाट दबाब सिर्जना गर्ने प्रयत्न गर्नुपर्छ । अघिल्लो संविधानसभामा हामीले कि त शीर्ष नेताहरुले काम गर्छ भन्ने विश्वासमा चुप लागेर बस्यौं कि हामीले यस प्रक्रियाबाट बाहिर रहेर दबाब सिर्जना गर्ने प्रयत्न गर्‍यौं । जुन सफल भएन । यस गल्तीबाट हामीले पाठ सिक्नुपर्छ । जस्तै हामीले अहिले संविधानसभाको नियम नबनाई अघि लाने कुरालाई हस्तक्षेप गरिरहेका छौं । त्यस्तै संविधान निर्माण प्रक्रियाबाट बाहिर गएको खण्डमा हामी सामुहिक रुपमा त्यसलाई हस्तक्षेप गरेर पुनः प्रक्रियामा ल्याउने प्रयत्न गर्ने छौं । त्यस्तै हामी दिनको ८ घण्टा काम गरेर भए पनि छलफल गरेर मात्र विषयहरुलाई टुंग्याउने छौं । यसका लागि हामी पार्टी भित्र र संविधानसभा नै दबाब सिर्जना गर्ने छौं । किनभने हामीले एक वर्षमा संविधान बनाउन आएका हौं । त्यही भएर हामीले हाम्रो पूरा शक्ति लगाएर दिन रात भएर पनि यस उद्देश्य पूरा गर्न लाग्ने छौं । 
source:-ratopati.com/2014/02/12/109986.html

दसैंको नजिकमा बलिप्रथाको बारेमा के भन्छन त हिन्दू धर्मका जानकार हरु ?



हिन्दु धर्ममा बलिप्रथा : एक विवेचना

 

पशुबलि एउटा आस्थासंग जोडिएको  विषय हो । जहा आस्था हुन्छ, त्यहा  कुनै नियम, कानुन र प्रमाणहरु चल्दैनन् । यो पशुबलि पनि आस्थासंग जोडिएको एउटा प्रथा हो । हामी देवताको  पूजा-अर्चना  गर्छौ,त्यो पनि आस्थाको नै पर्याय हो । सात्विक, राजसी  र तामसी  गरेर तीन प्रकारका  गुणहरु हुन्छन् । गीताका अनुसार  "भूतानि यान्ति भूतेज्या  यान्ति मद्याजिनोऽपि  माम्'' । भूत, प्रेत  आदिको पूजा गर्ने व्यक्ति  अन्त्यमा  भूत, प्रेत आदिकै  योनीमा  जाने र सात्विक भावनाले पूजा गर्ने व्यक्ति  देवतालाई प्राप्त  गर्ने  गर्दछन्  । भावनाको नै सम्बन्ध भएता पनि हिंसा  गर्नु र बलि चढाउनु  तामसी पूजा  अन्तर्गत पर्दछन् । 
              अहिंसा परमो धर्म  भन्ने मूल मन्त्रको आडमा  हिन्दु धर्म अडिएको छ । यहाँ  हिंसा गर्नुलाई  धर्मको संज्ञा दिइदैन । यस भू-मण्डलमा सात द्विप भएको पुष्टि  हाम्रा वेद शास्त्रहरुले गरेका छन् "सप्त द्विप वति पृथ्वी सा द्वी विधा: नित्या अनित्या च ''    तिनका नाम हुन्  जम्बूद्विप,  प्लक्षद्विप, शाल्मलिद्विप,  कुशद्विप,  क्रौन्चद्विप,शाकद्विप ,पुष्करद्विप । त्यसमा पनि भारतवर्षमा  {नेपालभारत}देवताहरुले अवतार लिने र लीला गर्ने जस्ता कार्यहरु हुने गर्छन् । हिन्दमहासागरबाट आविर्भूत भएको  र यहाका मानिसहरु  हिन्द भाषी भएको हुदा यहाका धर्मावलम्बीहरु हिन्दु कहलाउन थाले । उनीहरुको आफ्नै प्रकारको विशेष सनातन धर्म छ, उनीहरु धर्मभीरु  हुन्छन,धर्मप्रति आस्था र विश्वास  गर्ने गर्छन् “ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।  
धर्म भन्ने  वित्तिकै  धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ । धर्मले हत्या हिंसाको पक्ष लिदैन भन्ने बुझ्नुपर्छ । धर्म शब्द कुनै हिंसाको  द्योतक हैन । मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु,प्राणिमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्  ।
हिन्दु धर्ममा मुख्य गरेर तीन प्रकारका सुकृत कर्महरु हुन्छन् :
(१) नित्य (२) नैमित्तिक (३) काम्य 
(१) नित्य - शौच, सन्ध्या, तर्पण आदि नित्य कर्म अन्तर्गत पर्दछन्  । नित्य कर्म गर्नाले  शरीर एवं मन शुद्ध हुने तथा देवपूजन,हवन, यज्ञ आदि गर्नलाई अधिकार प्राप्त हुन्छ भने  नगर्नाले प्रत्यवाय नामको दोष लाग्छ ।
(२) नैमित्तिक - ग्रहण आदिको विशेष अवसरमा  हवन, यज्ञ,देवपूजन आदि गर्नु नैमित्तिक कर्म अन्तर्गत पर्दछन्  । नैमित्तिक कर्म गर्दा अपार लाभ हुन्छ  नगर्दा  प्रत्यवाय नामको दोष लाग्छ ।
(३) काम्य - कुनै कामनापूर्तिका निमित्त  गरिने कर्म काम्य कर्म अन्तर्गत पर्दछन्  । जसलाई गर्नाले कामनाको पूर्ति हुन्छ भने नगर्नाले कुनै पनि दोष लाग्दैन ।
गृहस्थाश्रममा रहने क्रममा मनुष्य जानेर या अन्जानमा नै हिंसा गरिरहन्छ । दाउरा बाल्दा, घर सफाई  गर्दा, लुगा धुदा, ढिकी-जातो गर्दा आदि कार्य  जीवको हिंसा नभई  हुन सक्दैन  ।  त्यसको प्रायश्चित गर्नलाई  पञ्चमहायज्ञ गर्ने  आदेश  शाश्त्रहरुले  दिएकाछन्  ।  तीञ्चमहायज्ञ हुन् :
(१) ब्रह्म यज्ञ :- वेदपुराण, इतिहास, धर्मशास्त्ररामायण,महाभारत  आदिको पठन-पाठन गर्नु ।
(२) पितृ यज्ञ :- जीवित माता-पिता आदिको मान-सम्मान, सेवा र मरेपछि  तर्पण, श्राद्ध आदि गर्नु ।
(३) देव यज्ञ :- समय समयमा हवन, देव-पूजन, तीर्थ यात्रा आदि गर्नु ।
(४) भूत यज्ञ :- भोजन गर्नु भन्दा पहिले वैश्वदेवभूत, गाई,कुकुर, काग आदिलाई बलि दिनु ।
(५) नृयज्ञ  :-  घरमा अतिथि, अभ्यागत आदिको आगमन भएमा स्वागत-सत्कार गर्नु ।
यसरी पाँच प्रकारका यज्ञको विवेचन हाम्रा धर्मशास्त्रमा  भएको छ भने पाँच प्रकारका बलिको पनि  व्यवस्था  गरिएको छ  यी पन्चबलिनिम्न प्रकार छन् :-
 (१) गोबलि :- गाईका  निमित्त गोग्रासका रुपमा पकाइएको  भोजन पातमा गाईलाई दिने 
(२) श्वानबलि :- कुकुरलाई खाना दिने  ।
(३) काकबलि :- पृथ्वीमा  कागलाई बलि दिने  ।
(४) देवादिबलि :- पातमा देवतालाई बलि दिने  ।
(५) पिपीलिकादिबलि:- कीरा-फट्यांग्रा, कमिला आदिलाई पातमा बलि दिने  ।
यसप्रकारले  नित्य पञ्चमहाबलि दिनुपर्ने विधान शास्त्रमा वर्णित छ । जसरी सन्ध्या आदि नित्यकर्म  नगर्दा  प्रत्यवाय नामको दोष लाग्छ त्यसैगरी  पञ्चबलि  नगर्दा पनि दोष लाग्छ भन्ने शास्त्रको निर्णय छ । यहा बलि शब्द  कुनै हत्या हिंसा, मार-काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन । भोजनका लागि जुन हविष्यान्न घरमा पकाइन्छ त्यसैले  बलि दिनुपर्दछ  (अभावमा साग-पात, फल-फूल, गहु,चामल, तिल, मूंग, जौं आदिलाई पात ओछ्याएर पातमा बलि दिने विधान छ) ।
प्रश्न उठ्छ - के शास्त्रमा पशुबलिको विधान छ त ?
समयको कालचक्रानुसार मानवको घनत्व बढ्दै जानु स्वाभाविक हो  । बासस्थान खोज्ने र नयाँ ठाउमा जाने क्रमसंगै हिमाली, पहाडी भेगमा  गएर मानिसहरु बसोबास गर्न थाले ।  अन्नको अभाव, अत्यधिक जाडो हुने हुदा  शरीरलाई  तताउन जाँगर बढाउन पशुपंक्षीलाई  मारेर खान थाले ।  तान्त्रिक युग संग-संगै तन्त्र-साधना गर्ने धामी, झाँक्रीहरुले पनि पशु-पंक्षीको बलि  दिनुलाई  पनि धर्म मान्न थाले  । आखिर मासु खानु नै छ त  देवताको पूजा गरेर नै किन न खाने भन्ने धारणा मानसमा बढ्यो, फलत: पशुबलि  पूजाको एउटा  अभिन्न अङ्गका रुपमा  विकसित भयो । 
       हिन्दुधर्मानुसार  देवतालाई रिझाउने तीन पद्दति  प्रचलित छन् (१) यान्त्रिक (२)तान्त्रिक (३) याज्ञिक । बलि दिनु तान्त्रिक पद्दति अन्तर्गत  पर्दछ,  तर तान्त्रिक पद्दतिको पूजा गर्ने अधिकार ब्राम्हण,क्षत्रियलाई हुदैन । त्यसैले  दुर्गा शप्ततिको विकृतिकम् रहस्यम्को २८ श्लोकमा रुधिराक्तेंन बलिना  मांसेन  सुरया  नृप  । बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता ।। आदि  शब्दको प्रयोग भएको छ ।  जो तामसिक जनहरु मासुको प्रयोग गर्ने गर्छन् उनीहरुलाई मात्र तामसिक पूजा गर्ने अधिकार छ । हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले पशुको बलि दिने,  मासु खाने जस्ता हिंसाका कुरालाई   पुष्टि गरेको छैन । अहिंसा परमो धर्म:”  भनेर अहिंसालाई नै ठूलो  धर्म मान्ने  हाम्रो धर्मले  वेद आदि शास्त्रमा बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु  या गलत तर्क गर्न खोज्नु   अल्पज्ञताको नै परिचय हो ।
प्राचन कालमा बलि:- प्राचिन कालमा अश्वमेध यज्ञ  हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो   । यँहा अश्व भनेको घोडा  नभएर अभिमान हो र  मेध = बध अर्थात  अभिमान रुपी घोडाको बध गरिन्थ्यो । अभिमानको प्रतिक  घोडालाई  यज्ञमा ल्याईन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने  गरिन्थ्यो । कयौ स्थानमा अश्वमेध यज्ञलाई   घोडाको बलि दिने भनेर  गलत अर्थले परिभाषित गरेको पाईन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो । त्यस्तै कयौ मानिसहरु जिज्ञासा गर्छन् यज्ञ गरेर सुरा,मदिरा पान गर्नुपशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा  भनिएको छ आदि । तर स्मरण रहोस् पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ । त्यसैले कुनै श्लोक, कुनै पदकोपनि हिंसापरक अर्थ लाग्दैन  जस्तै भनिएको छ -
यद् घ्राणभक्षो  विहित:सुरायास्तथा पशोरालाभनं न हिंसा  ।
एवं व्यवाया  प्रजया न रत्या इमं विशुद्धम् न विदु: स्वधर्मम् ।।
                                                                    ( श्रीमद्भागवत ११ -५-१३ )
अर्थात्  जो यज्ञ सम्बन्धित नियम  छन्, त्यसअनुसार  यज्ञ गरिएपछि सुरलाई  संसावन प्रासनका रुपमा सुघिन्छ, त्यसपछाडि  अभिमानरुपी पशुलाई आलम्भन (स्पर्शस्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि  पशुको हिंसा नै गर्नु भनेको हो । तर अज्ञानताव शास्त्रमा  मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ  भनेर कु-तर्क प्रस्तुत गर्ने गरिन्छ ।
       कतै-कतै टकाकारहरुले आलभेत, आलम्भनको  अर्थ मार्नु, हिंसा गर्नु भन्ने लगाएको  पाईन्छ,  तर  यदि आलभेत, आलम्भनको अर्थ मार्नु,हिंसा गर्नु हुने हो भने  विवाह पद्दतिमा तत: बर:कन्या हृदयं आलभेत  लेखिएको अर्थ के होला ?  त्यसैले संस्कृतका एउटा शब्दको अनेक ठाउमा अलग-अलग अर्थ लाग्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुदैन । भनिएको पनि छ : अर्धमात्रा लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा” अर्थात् व्याकरणकारहरुले आधा मात्रा मात्रै पनि पाए भने पनि पुत्रोत्सव  मनाउछन् रे ।
त्यति मात्र नभएर रामायण, महाभारत आदि ग्रन्थको  कयौठाउमा मांस शब्दको प्रयोग भएको छ । जस्तै-   वाल्मीकि  रामायण अयोध्या कांड ५३|,  १६  आदि ठाउँमा फलको भित्रि गुदलाई पनि मांस  भनिएको छ ।  त्यसैले  भगवान श्री रामले सीताका निमित्त  यो मांस पाकेको र उपर्युक्त छ,  तिम यसलाई खाऊ” भन्नुभएको  हो ।
नेपालको सन्धर्भमा  बलि :- नेपाल तीन भाग पहाड र एक भाग मात्रै तराई भएको देश हो । देशमा धेरै पहाड भेग भएको हुदा यहाका बासिन्दाले मासु खानु साधारण कुरा नै हो ।  भनिएको छ : दक्षिणे मातुली कन्या उत्तरे मांस भोजनी” अर्थात्   दक्षिण  प्रान्तमा मामाकी छोरसंग पनि  विवाह हुन्छ भने उत्तरी भेगमा बस्ने मानिसहरुले मासु खान्छन् । नेपाल मात्रै नभएर भारतको उत्तरी भेग (गढवाल, कुमाउ,हिमाञ्चलजम्मु, काश्मिर, आसाममा  बस्ने मानिसहरु पनि प्राय: मासु खाने गर्छन्   । आसामको कामाख्या मन्दिरमा त दैनिक हजारौ बोका,राँगा आदिको बलि दिने गरिन्छ । अनादिकालदेखि नै हाम्रो देश नेपालमा पनि तान्त्रिक पद्दतिले प्रश्रय पाएको छ । बाहुन, क्षेत्रीदेखि लिएर राई,लिम्बू, मगर, नेवार तथा अन्य  किरात, मंगोलिन  सबैले प्राय: मासु खाने र  देवी-देवतालाई पनि रगत-मासु चढाउन थाले । दशैँ आदि चाडको बेलामा त झन् हजारौ बोका, पाठा, हाँस, कुखुरा, राँगा आदिको  बलि दिन थालियो । बाबु-बाजेले यह नियम बसाए, छोरा-नातिले  पनि यहसिकेफलत: दशैंको बेलामा प्रत्येक  घरमा बलि दिनु नै पर्छ भन्ने सबैमा भान पर्न गयो  र अहिले यो एउटा  अभिन्न अंगको  रुपमा विकसित भयो  । बलि  दिनु राम्रो होईन, यो प्रथा गलत होबलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेक छ । यसलाई सकारात्मक  सोचको विकास  भएको मान्नु पर्छ । नयाँ सोच ,नयाँ  विचार ,नयाँ भावनाको विकाश  हुदै  जानु समयको माग,परिवर्तन एवं विकाश क्रमको नियम पनि हो र शास्त्र सम्मत  निर्णय पनि यहि नै हो    खुनको बलि ले हैन  नरिवल ,कुभिन्डो,आदिको  बलि दिएर  यज्ञलाई  पूर्ण  गर्न सकिन्छ,देवतालाई  प्रसन्न  गर्न सकिन्छ । देवताहरु  सात्विक  हुने हुँदा  कसैको खुनको भोका अवश्यमेव  देवताहरु हुँदैनन्  ।  झन् दशैँको बेलामा  लाखौ  पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई  पनि अब सुधार गर्दै जानु पर्छ पशुको ठाउमा नरिवल,कुभिन्डो,आदिको बलिदिने  चलन बसाल्नु पर्छ शास्त्रमा पनि नारिकेल  एवं कुश्मांड बलिको नै बिधान छ । अस्तु ......।

आचार्य कुशलकुमार निरौला