Showing posts with label कास्की जिल्ला. Show all posts
Showing posts with label कास्की जिल्ला. Show all posts

घुम्दै फिर्‍यौं माछापुच्छ्रे नमुना पदयात्रा-मीना थापा मगरको ल्वाङघलेल यात्रा


      मौसमको अनुकूल वातावरणले ति हिम श्रृङ्खला, छाँगा, छहरा र लहरै मिलेका बस्तीलाई हेर्ने हाम्रा नजरलाई भरपुर साथ मिलिरहेको थियो। लालीगुराँस, सुनाखरी, बुकीफुल र हिमलहरे फूलहरुको सुवासमिश्रित स्वच्छन्द हावाले हामीमा थप उर्जा प्रदान गरिरहेको थियो। बिचबिचमा बिभिन्न जाति अझ बिषेश गरी गुरुङ समुदायका संस्कारगत खानाका परिकार र स्थानीय स्तरमा उत्पादित ताजा भोजनले हामीलाई अमृत दिलाएको थियो। त्यहाँका स्थानीय समुदायले गरेको सत्कार र स्वागतले हामीमा प्रेरणा र उत्साह थपेकै  थियो। 


त्यसैले त हेर्दा आकाश जोडिने कैयौं डाँडा, पखेरा र पहरासँग मितेरी लगाउँदै, अनि हरियाली र बिभिन्न जातका बोटबिरुवाले भरिपूर्ण बनजंगलसँग प्राकृतिक साईनो लगाउँदै ३ दिनको पदयात्रा पछि पुग्यौं हामी खुमई डाँडा। यो समुन्द्र सतहबाट ३२४५ मिटर उँचाईमा पर्दछ। जहाँबाट धौलागिरी, मनास्लु, माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाका कुनाकाप्चा अवलोकन गर्न सकिन्छ। मानौं कि यी हिमश्रृङ्खलाका बलेसी खुमई हो भन्दा फरक नपर्ला। क्रियाशील पत्रकार महिला संघ कास्कीको आयोजनामा १७ जना पत्रकारहरुको टोलीले गत कात्तिक १७ गते शुरु गरेको माछापुच्छे्र नमुना पदयात्राके अन्तिम यात्रास्थल हो यो खुमई डाँडा।  
नागबेलि मर्दीखोला

उक्त पदयात्राको पहिलो दिनको यात्रा पर्यटकीय स्थल हेम्जाकोट, धम्पुस हुँदै खोरामुखबाट ल्वाङघलसम्मको थियों। पोखरा, बिशेष गरी गुरुङ जातिको बाहुल्यता भए तापनि वास्तविक गुरुङ जातिको संस्कारगत स्थलको पहिचान बल्ल त्यहाँ पुगेपछि पाए जस्तो लाग्यो मलाई। बिद्युत आपूर्ति हुँदाको अधेँरी रातमा पनि ति लहरै मिलेका घरका ढुङ्गाका छानाको प्रकाशले झन् दिव्य किरण छाईरहेको थियो। दिनभरिको हिँडाईले थकित भएतापनि गुरुङसेनी आमाको हातले बुनेको गुन्द्रीमाथि टुसुक्क बसी पिएको महकिलो मही र आकाशका तारा जस्ता सेतै लावा बनेका मकैको एकै गाँसले सबै थकाई र प्यास मेटाईदियो। सबै साथीहरु आ–आफ्नै सुरमा त्यहाँको सुन्दर रमणीय वातावरणसँग रमाउँदै थिए। यो पदयात्रा मेरो लागि पहिलो थियो सायद त्यसैले होला मलाई यो सुनौलो अवसरमा सुन्दर बस्तीसँग जिस्किन मन लाग्यो। छिनभरमै धेरै फोटो आफ्नो क्यामेरामा कैद गरें। बस्तीपच्छेका समुदायको सत्कार र स्वागत अनि उनीहरुको शिष्टाचार व्यवहार अति नै बिर्सन नसक्नु थियो।  
माछापुछ्रे हिमाल

हेम्जाकोट, धम्पुस र ल्वाङघलेल पोखरा नगरीबाट एक दिनमा घुमेर फर्कन सकिने स्थल हुन्। दुरीको हिसावले ति गाउँ पोखरा शहरबाट नजिक रहेता पनि त्यहाँको बिभिन्न जातजातिका संस्कारगत पहिचान त्यसमा पनि बिशेष गरी गुरुङ समुदायका रहन सहन, संस्कार, संस्कृति र परम्परागत जीवनशैली बिलकुल परक थियो। राष्ट्रियताको पक्षमा भाषण ओकल्ने हाम्रा महान् नेताहरु सायद त्यो ठाउँमा पुग्ने हो भने बल्ल बुझ्न सक्नेछन् नेपालको राष्ट्रियता, यथार्थता र गौरव के हो भनेर। उक्त गाउँमा विगत ४ वर्षदेखि होम स्टेको व्यवस्था गरिएता पनि अहिलेसम्म जम्मा ५ ओटा घरमा होम स्टेको व्यवस्था गरिएको र केही फाट्टफुट्ट पर्यटकहरु क्याम्पिङमा आउने गरेको स्थानीयबासीको भनाई थियो। यसैगरी धिताल हेम्जाकोटमा भने १५ वटा घरमा होम स्टेको व्यवस्था रहेछ। ल्वाङ्घलेल नगदेवाली चिया खेतीले पनि प्रख्यात मानिन्छ। यहाँ ६० लाख बराबरको चियाँ आम्दानी हुने र उत्पादित चिया डाईरेक्ट जर्मनमा निर्यात गरिएकोमा हाल भने बजार व्यवस्थापन राम्रो नभएकोले नेपालभित्रै बिक्री बितरण गर्ने भएको छ। 
घलेल गाउँ

भोलिपल्ट हामी चिया बगान र त्यहाँबाट देख्ने गाउँबस्ती र शिरैमा उभिएको हिमश्रृङ्खलाको अवलोकन गरी खोरामुख झर्यौंए। त्यहाँबाट रिभानको उकालो बाटो लाग्यौं। रिभान गाबिसको वडा नं. १ अन्तर्गत देउरालीमा खाना खाई मैचेडाँडा, हलहले हुँदै घाँचोक गाविसमा पर्ने ललका डाडाँमा हाम्रो क्याम्पिङ थियो हाम्रो। रिभान गाविस मगर गुरुङ बस्तीले भरिएको ठाउँ, जहाँ घलेक, बख्खु, भाङ्ग्रा, चकटी जस्ता सामाग्री आफैले तयार पार्दा रहेछन्। प्याराग्लाईडिङको लागि सम्भावना बोकेको मैचे डाँडाले थप पर्यटकको पर्खाइमा आफ्नो रुप समतल्ल रुपमा बिछ्याइरहेको थियो। अर्गानिक मलको प्रयोगद्धारा उत्पादित खाना र मर्दी खोलाको माछाको स्वाद सम्झ्यो भने अहिले पनि भोक आफै टर्लाजस्तो महसुस गराउँछ मलाई। हाम्रो यात्रा जति अगाडि बढ्यो उति नै नयाँ र सुनौला रुख बिरुवाहरु हाम्रो स्वागतका लागि अगाडि प्रस्तुत हुन्थे। घोरल, मलसाप्रो, मुसो, खरायो, ढुकुर, यति जस्ता बन्य जन्तु र चराचुरुङ्गीका सलवलावट घना जंगलको सुन्यतामा बीच सुन्न पाउँदा अनौठो खालको अनुभूति हुन्थ्यो।  
Pokhara Canyoning

हामीमध्ये ६ जना भरियाहरु प्राय अघिअघि नै हुन्थे। हामी ५/६ जनाको ग्रुप प्राय बीचमा पर्थ्यौं। घना जङ्गलबीच अगाडिको ग्रुप र पछाडिको ग्रुपलाई देख्न सकिँदैनथ्यो। कहिले काँही हामीले बाटो त बिराएनौ भन्ने भान हुन्थ्यो। एकचोटी त हामी बीचमा यता न उता भइरहेका थियौं। झमक्क रात परिसकेको थियो। जंगलबीच झ्याउकीरी र मलसाप्रोको आवाज बाहेक केही सुनिदैनथ्यो। जंगलको बाटो सबै छरिएका थिए। कता जाउँ कता जाउँ भइरहेको अवस्थामा थियौं। पछि आउने ग्रुप पनि त्यही बाटो आए अथवा अर्को बाटो गए खै कुन्नी? भन्दै त्यही जंगलमा अडिएर बसिरह्यौं। हाम्रो क्याम्पिङ स्थल ललका पुग्न कति समय लाग्छ अनुमान गर्न पनि सकेनौं किनकि हाम्रो गाईड अगाडि नै गईसक्नुभएको थियो। ठिक त्यही समयमा अन्धकार छाएको उन्यूको छाडी भित्रबाट आवाज आयो, मन झसङ्ग भयो। उ हामी भएतिर अगाडि बढ्यो, एकातिर उत्रो घना जंगलबीच निस्केको मान्छे को होला भन्ने डर, त्रास उब्ज्यो भने अर्कोतिर हामीलाई दिशानिर्देश गर्ला कि भन्ने आशा पनि पलायो। उसले केही भन्ने भन्दा पहिले हामीले प्रश्न गर्यौंि \'दाई ललका डाँडा पुग्न अब कति लाग्छ?\' 

उसले दाहिने कोखामा च्यापेको स्याउले घाँसको मुठा म नेरै बिसाउँदै भन्यो–\'यही माथि हो अब जम्मा पाँच मिनेट जति लाग्छ।\'  
यति भनेपछि हामीले एकछिन आनन्दको श्वास फेर्यौंी।  
मैले सोधे– \'तपाई कहाँ जान आउनुभएको यस्तो जंगलमा यतिबेला एक्लै?\' 
\'मेरो दुहुनो भैंसी हराएको २ दिन भयो गोठमा आएको छैन त्यसैले खोज्न गएको फेला परेन\' उसले लामो श्वास तान्दै भन्यो। 
तपाईंको घर कहाँ हो र दाइ भनी सोध्न नपाउँदै उसले भन्यो \'मेरो गोठ यही माथि हो, मेरो गोठ नजिकै हो नि क्याम्प ललका क्याम्प।\'  
अहिले भने उसको भैंसी हराएको दुःख बिर्सेर आज हामी आफ्नो गोठ नजिकै बस्न आएको देखेर खुसीको भाव व्यक्त्यायो। त्यस जङ्गलको एक्लो गोठालो भीमप्रसाद लम्सालसँग कुरा गर्दै हामी क्याम्पमा पुग्दा पाल टाँगिसकेका थिए। सधैँभरी त्यो घना जंगलको बीच एक्लै बस्ने गोठालो आज हाम्रो आगमनले पनि केही फुरुङ्ग थिए। केहीसमय सम्म उनीसँग कुराकानी गरी त्यहाँको परिवेश, वातावरण र त्यस भेगको गोठ राख्ने प्रचलनको बारेमा बुझ्ने मौका पाईयो। आफू सात वर्षको उमेर हुँदा देखि नै लेकमा भेडीगोठ बस्न थालेका भीमप्रसादलाई ति घना जंगलको स्वच्छ वातावरण र त्यहा हुर्केका चराचुरुङ्गी, पशुपंछीसँग रमाउन पाउदा खुशी छन्। 
जुका

उसले अहिले २५ ओटा भैसी पालेका छन् भने गोठमा जम्मा ३ ओटा साना पाडापाडी मात्र छन्। किनभने अरु सबै भैसी दिन रात जंगलमा नै छाडिने रहेछन्। बिहान पख १० रुपिया गिलास दुध पिएर हामी त्यहाँबाट उकालो लाग्यौं। हामी जति लेकतिर लाग्यौं उति नै लट्टा परेका झाडी, लहरे रुख, लाली गुरास र सुनाखरीका झ्याङ छिचोल्नु पर्दथ्यो। आफ्नो अस्तित्व बिर्सन लागेजस्तो गरी कठ्याङग्रिरहेका केही बुट्यानहरुलाई पनि लालीगुराँस, पैँयू, सुनाखरीजस्ता बडेमानका रुखहरुले ओत दिई जीवन रक्षा गरिरहेका थिए। हाम्रो तेस्रो दिनको क्याम्पिङ स्थल वा अन्तिम गन्तव्य स्थल थियो खुमई डाँडा। हिले खर्क, देउराली हुँदै खुमई पुग्दा करिब ४ बजेको थियो।  
युवा अभियान

हामी जति जति माथि चढ्यौं उति उती बनजंगलको झाडी पातलिँदो थियो। नाक टेकिने उकालो बाटो बाबियो र उन्यूको गाँज समाउँदै त कतै काठे भर्यााङ चढ्दै, ढुङ्गाको काप फोर्दै खुमईको टुप्पोमा पाईला टेक्दा मलाई शास्त्रमा उल्लेख गरिएको स्वर्ग नै होकी भन्ने भयो। त्यो उकालो चढ्दा खुमई डाँडाबाट देखिने यो रमणियताको कल्पना समेत गरेको थिईनँ। तीन दिनको हिँडाईको थकानले लखतरान परिरहेको थिएँ त्यसैले माथि पुगेपछि त एकछिन आराम गर्नुपर्ला भन्ने सोचेको थिएँ। तर त्यहाँ पुग्दा थकाई त के अनौठो खालको शक्ति ममा प्रवाह भएजस्तो लाग्यो। बस्ती बिनाको त्यो सुन्दर स्थलमा खोरल, हिउँचितुवा रमाईरहेका थिए। त्यसको अगाडि बैंश फुलाएकी हिमश्रृङ्खलाले चिउँडो माथि हात राखी लालुपाते र सुनाखरीको फूल सिउँरेर मख्ख परिरहेकी थिई। बालापनमा बाबाआमासँग गरिएको लाडप्यार आज माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र धौलागिरीको काखमा लुटपुटिँदै पोखुँजस्तो लाग्यो। दूरसम्म फैलिएका डाँडाकाँडा, गाउँपाखा, हरियाली बनजंगल, पोखरा शहर, पर्यटकीय क्षेत्र लाहचोक खाँचोक, ल्वाङ घलेल, धम्पुस, घान्द्रुकका बस्तीबीच पर्ने खुमई डाँडामा साँच्चै नै सोच्नै नसक्ने हथाह सुन्दरता पाएँ। तीन दिनको हिँडाई र थकाई भुसुक्कै बिर्सेर साथीहरु आ–आफ्नै तालमा र सुरमा रमणिय स्थलको सुटिङमा व्यस्त रहे। हिमालयको काखबाट बहने चिसो, स्वच्छ र सुमधूर हावा, आफ्नो सुन्दर, निश्चल बैंश पोख्नको लागि आतुरमा रहेकी हिमालय पर्वत र नयाँ पर्यटकको पर्खाईमा रहेको मौन वातावरणसँग एकैछिन वार्तालाप गर्न मन लाग्यो। यहीँ हो सुन्दर स्थल कोर्चुङडाँडा हुँदै मोदी हिमाल जाने मार्ग। जुन समुन्द्र  सतहदेखि ५ हजार ५ सय ८७ मिटर उचाईमा पर्दछ। विगत दुई वर्षदेखि सुरु गरिएको माछापुच्छ्रे नमुना पदयात्रा अन्तर्गत पर्ने उक्त ठाउँमा अहिलेसम्म २ हजार जना पर्यटकहरु आउने गरेको माछापुच्छ्रे पर्यटन विकास समितिका सचिव कर्ण गुरुङले जानकारी दिए।  
पानि घट्ट

भोलिपल्ट बिहान सूर्योदयको किरणले हामीलाई उठ्न झक्झकाईरहेको थियो। पालको सानो प्वालबाट पूर्व चियाई हेरे। भर्खरै बिवाह बन्धनमा बाँधिदै गरेकी नव बिवाहित युवतीले शिरमा सिन्दुर पोतेर हिमाललाई काखमा च्यापी मुस्कुराईरहेकी थिई। हामी पनि बाहिरियौं पालबाट, अनि नेपालको प्राकृतिक सुन्दरता, गौरव र शानप्रति गर्वित हुँदै सलाम दिएँ–  \'आहा....... अथाह सुन्दर छ नेपाल\'।  

ट्रेकिङ्को चौंथो दिन, तर भोलिल्ट तिहारको भाईटीका, जसरी पनि फर्कनुपर्थ्यो हामी। बिहानको मधुर दृश्यावलोकन पान गर्दै ८ बजेतिर तितो मन बनाएर रमणीय स्थल छोड्यौं हामी। कैंयौं नजर फर्काउँदै फेरि अर्कोचोटी भेट्ने बाचाका देउराली, पिपरा, करुवा, मिर्सा, तातोपानी, खारपानी हुँदै बेलुकी ७ बजे पोखरा झर्यौंर।  

घर फर्केपछि झन् ति दृश्यहरु एक एक पालैपालो नजरमा आए। प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि त्यसलाई लोकप्रिय बनाउन र त्यसको उचाई बढाउनको लागि आवश्यक पूर्वाधारको निर्माण नभएकोले मन खिन्न भएर आयो। साईनबोर्ड नरहेकाले हामी बीचबीचमा हराउने र अलमलमा पर्नुपर्योय। त्यसैले बीचबीचमा मार्ग निर्देशनको लागि साइनबोर्डको खाँचो तत्कालको अभाव देखिएको छ। बीचबीचमा पानी, पँधेरा र चियानास्ताको अभाव पदयात्रीले झेलिनु परेको छ। बाटोभरी फुलेका हिमाली फूल र औषधिजन्य बुटीहरुले संरक्षण खोजिरहेका छन्, त्यसको उचित संरक्षण, सदुपयोग हुन सकिरहेको छैन। त्यसैले यसप्रति सरकार लगायत सम्बन्धित निकायको छिटोभन्दा छिटो ध्यानाकर्षण होस् जबकी भविष्यमा जाने पर्यटकहरुको मन अझ भरिन सकून् र निर्धारित समयमा उनीहरु गन्तव्यस्थानमा पुग्न सकून्।

शब्द:- मीना थापा मगर, पोखरा
तस्वीर: ल्वाङ घलेलका साथिहरुको फेसबुक वाल

छोराले दलित ल्याएपछि पशुपति शर्मा तनावमा, गीतमाथि प्रतिबन्ध माग -दिपक परीयार को बिश्लेषण

"के को बाहुन, के को कामी, के को जनजाति
जातका कुरा गर्नेहरु देशको लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गइ
मैले गुर्सिनी ल्याकै हो,
हामी नेपाली हौ मलाई त्यत्ति थाहा छ,
www.nayayatri.blogspot.com
पशुपति शर्मा र देविका केसीले गाएको यो गीतमाथि धेरैजनाले धेरै तरिकाले टिप्पणी गरेको पाए । विशेषतः गैरदलित साथीहरुले गीतले राम्रो सन्देश दिएको भनि गरेको टिप्पणी सतही लाग्यो । केही दलित साथीहरु त्यहि हौवाको पछाडि लागेको पाइयो । मेरो विचारमा यसरी विश्लेषण गर्नेहरुले पुरै गीत सुनेकै छैनन् । मात्र माथिको एक अन्तरा र स्थाथी पढेकै भरमा कतिपयले प्रतिक्रिया जनाइरहेका छन् ।
यो गीतको उठानमै दोष छ । ‘के को बाहुन के को कामी, के को जनजाति’ को ठाउँमा ‘के को बाहुन, के को दलित, के को जनजाति’ राख्दा के विग्रिन्थ्यो ? ‘जातका कुरा गर्नेहरु देशको लागि घाती’ भनेर यहाँ सिधासिधा जनजातिहरुलाई लक्षित गरिएको छ । यहाँ कुनै ब्राह्मण, क्षेत्रीले दलितलाई भेदभाव ग¥यो भनेर उनीहरुलाई घाती भनिएको होइन । बरु जातीय पहिचानको कुरा जनजातिहरुले उठाइरहेका छन् । दलितहरुले न्याय र समानताको कुरा उठाइरहेका छन् । उनीहरुलाई घाती भनिएको हो । पहिचानको कुरा उठाउँदा जातजातिको कुरा उठायो भन्नु मनासिव हो र ? के जातीय पहिचान, न्याय र समानताको कुरा उठाउनेहरु देशको लागि घाती नै हुन् त ? ‘जातका कुरा गर्नेको दिमाग कहाँ छ?’ भनेर पनि जनजाति र दलितलाई नै भनिएको हो । अर्को कुरा यो गीतमा दलितको थरहरुलाई प्रयोग गरेर पहिचानवादीहरुलाई घोचपेच गरिएको छ । भन्नुपर्दा, छोरी कुटेर, बुहारी तर्साउन खोजिएको जस्तो देखिन्छ । यसको पुष्टि यो अन्तराले गर्छ :
‘कहाँबाट कसले हिड्यो जातको कुरा बोकी
जातको कुरा गर्नेले देश सिध्याउने हो की’
गीतमा ‘मेरो छोराले कमिनी ल्यायो, मेरो छोरी नी दमाईसित गई’ भनेर अन्तरजातीय विवाहलाई प्रोत्साहन दिन खोजिएको छ । तर यहाँ पनि कामी, दमाईको ठाउँमा दलित शब्द राख्न सकिदैन्थ्यो र? उनले गीतभरी कतै पनि ‘दलित’ शब्दलाई समावेश गरेका छैनन् । फेरि अन्तरजातीय विवाह समस्या समाधानको विधि होइन । यो त एउटा साधन मात्रै हो, साध्य होइन ।
उनको गीतको एउटा अन्तरा यस्तो छ :
‘एउटाको मन दुःख्दा खेरी अन्त पिडा जाओस्
कामीकोमा भात पाक्दा बाहुन खान आओस्’
यहाँ त झन कामी शब्द यसरी प्रयोग गरिएको छ कि यो कत्ति पनि श्रवणयोग्य हुन सकेको छैन । यहाँ कामीको ठाउँमा दलित राख्न किन सकेनन् ? दमाई, कामी शब्दप्रति उनलाई किन यति धेरै लगाव ? यी शब्दहरु उच्चारण गर्दा पशुपति ‘शर्मा’ र कथित उपल्लो जातिलाई आनन्द आउँला तर सुन्दा हामीलाई आवेगमा ल्याउँछ । फेसबुकमै केहि दलित साथीहरुले ‘हामी दमाई, कामीलाई दमाईकामी भन्दा के विग्रियो र! आफ्नो जातिप्रति गर्व गर्नुपर्छ’ भन्ने जस्ता प्रतिक्रिया लेखेको पनि देखे । तर हामीले गर्व गर्नुपर्ने दलित भएकोमा हो । होच्याउने, गिज्याउँने पाराले भनिएको शब्दले आवेग नै निम्त्याउछ, गर्व होइन । फेरि यी शब्द सामन्तीयुगबाटै आएका शब्दहरु हुन् । यसलाई दलितहरुले नै बोकेर हिड्नुपर्छ भन्नु पछौटे सोँचको उपज हो ।
यहि गीत रेडियो, टि.भीबाट बज्न थालिसक्यो । अब चियापसल, होटल, रेष्टुराँ, चोक, सवारीसाधन जताततै यो गीत बज्नेछ । त्यतिखेर जुन पाराले गीतमा होच्याएर भनिएको छ त्यो सुनेर दलितहरुमा हिनताबोध हुने छ । अब झन गैर दलितहरुले यो शब्दको प्रयोगमा बृद्धि गर्ने छन् । यसको परिणाम देखिन थालिसकेको छ । यो गीतको विरोध गर्नेहरुलाई गैरदलितहरुले फेसबुक, अनलाइन खबर लगायतका वेभसाईटमा गरेको गालीको स्तर यसको गतिलो प्रमाण हो ।
त्यसैले यो गीत दलितको पक्षमा छ वा सन्देश दिन खोजेको छ भन्ने बुझाई कम्तिमा मेरो छैन । यस्तो गीतले सन्देश दिने होइन सामाजिक सद्भाव भड्काउने काम गर्छ । संचारमाध्यमहरुले पनि यस्ता गीतलाई प्रवद्र्धन गर्नु हुँदैन ।
जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ मा कसैले श्रव्य, दृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै गरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन नहुने उल्लेख छ । सो कसूर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँचसय रुपैयाँदेखि दशहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तसर्थ सरकारले पनि तत्काल यो गीत र यसको म्युजिक भिडियोको प्रशारणमा रोक लगाउनुपर्छ । यो गीतको प्रशारणमा रोक लगाउन दलित राजनीतिकर्मी, अधिकारकर्मी, मानवअधिकारवादी र सम्पूर्ण सजगवर्गले दबाब दिनु आवश्यक छ ।
‘हामी नेपाली हौ’ भनेर नेपालीहरुलाई भावनात्मक रुपमा बाध्न खोजको भाव गीतमा दिने प्रयास गरेजस्तो देखाउन खोजिएको छ । तर पशुपति शर्माले भन्दैमा हामी नेपाली हुने नत्र नहुने भन्ने कदापी हुँदैन । गर्व साथ हामी नेपाली हौ भनेर भन्न कसैले कर लगाउन आवश्यकै छैन । आदिवासी जनजाति, दलित, मधेशी, पिछडिएका वर्गको अधिकारको लडाईलाई देश सिध्याउन खोजेको भनेर दोषारोपण गर्ने छुट पशुपति शर्मा र देविका के.सीलाई छैन ।

अन्तमाः यो राम्रो सन्देश ‘दिन खोजिएको’ तर सन्देश दिन पुरै असफल भएको गीत हो । यो गीतका एक दुई अन्तरा श्रवणयोग्य छन् तर सुरु देखिनै भएको गल्तिका कारण ति ओझेलमा पर्छन । यहि गीतमा प्रयोग भएको शब्दका कारण दलितहरुमा पिडाबोध उत्पन्न भएर सि.डिहरु जलाइए भने, पशुपति र देविकाको पुत्ला दहन गरियो भने या कुनै सार्वजनिक कार्यक्रममा उनीहरुमाथि ढुंगामुडा भयो भने यसको जिम्मेवार आफैलाई सम्झनुपर्ने बाध्यता उनीहरु सामु हुनेछ ।
गीत यस्तो छ ,

source:सेतो परेवा डट कम
के को बाहुन, के को कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती"-गायक पशुपति शर्माचाँही के भन्छन गीतका बारेमा यो पनि हेर्नुहोस
http://nayayatri.blogspot.com/2014/07/blog-post_23.html

एमालेको बाँदरे प्रवृतिले आफु पनि डुब्यो हामीलाई पनि डुबायो, हामीलाई प्राविधिक होइन एमालेले अपराधि बनायो-राम-लक्ष्मण

नेकपा एमालेको नवौ महाधिवेशनले कसैलाई नेतृत्वमा पु¥यो भने कसैले पराजयको पीडा भोगे , अर्को तर्फ भने एमाले महाधिवेशनका लागि भोटिङ मेसिन तयार पर्नेहरुको भने सपनै टुट्यो , उनीहरु यतिबेला ठुलो आर्थिक भारको पीडाले भौतारिरहेका छन । एमाले महाधिवेशनकालागि तयार गरिएको विद्युतिय भोटिङ मसिन निर्माता युवा वैज्ञानिक राम, लक्ष्मण र केबीले यसरी पोखे जयदेशसंवाददाता कृष्ण गिरीसंग पिडा उनीहरुकै शब्दमा तयार पारिएको रिपोर्ट - 

पहिला ४० वटा मसिन राखौला एमाले महाधिवेशनमा भन्ने थियो । तर पछि हामीले ७०वटा जति बनाउनु पर्छ भन्ने भयो । किनकि २ हजार देखि २२ सय प्रतिनिधिले भोट हाल्दा सात आठ घण्टामा सक्ने भन्ने थियो । त्यसै बिच एमालेसंग पनि कुरा अगाडि बढ्यो । उनीहरुलाई 
भोटीङ मसिन
हामीले एड्भान्स माग्यौ ।उनहरुले पनि हुन्छ भने । हामीले उनीहरुसंग बसेर छलफल ग¥यौ । दुई सय जनालाई छान्नु पर्ने रहेछ त्यो पनि पाँच सय बाट । हामीले त्यसको लागि थ्रि डि डिजाइन बनायौ । अन्तिमा उनले भने हामीलाई भोटिङ मसिन १९ गते चाहिन्छ । हामीले पनि त्यो समयमा मसिन बनाएर दिने भयौ । एक मसिनको एक लाख पर्छ । तपाईको महाधिवेशनमा जम्मा जम्मी ७० वटा मसिन चाहिन्छ । ती सबै मसिन तपाइहरुको लागिमात्र बनाउने हो । तपाईहरुले किन्नु होस् पनि भनेका थियौ । तर पछि हामीले नै भन्यौ कि मसिन हामीनै राख्छौ । तपाईहरु हामीलाई भाडा दिनु होला । हामीले यस्तो भन्नुको कारण थियो एमालेको महाधिवेशनमा प्रयोग भएपछि हामीलाई अरुले पनि विश्वास गर्छ । हाम्रो मार्केट बढ्छ । अहिलेलाई घाटा भएपनि पछिलाई फाइदा हेरेर काम गर्न तयार भएका हौ । एमालेको निर्वाचन आयोग र हामी बिच सम्झौता भयो । हामीले दश लाख मागेका थियौ । उनीहरुले पहिलो किस्ता स्वरुप पाँच लाख दिए । हामी पनि ढुक्क थियौ । एमाले जस्तो पार्टीले अर्डर दिदा हामीले निकै जिम्मेवारीका साथ काम ग¥यौ । हामीले मसिन बनाउदै थियौ । केहि मसिन बनी सकेका थिए । एक दिन हामीलाई पार्टी कार्यलयमा बोलाए । हामी दुई मसिन लिएर गयौ । त्यहाँ हामीले मसिनमा भोट हाल्न सिकायौ । झलनाथ खनालले पनि भोट हाल्न सिक्नु भयो । त्यो कुरा पत्रपत्रिकामा पनि आयो । त्यसपछि एमालेका विभिन्न समुहहरु आउने क्रम शुरु भयो , समुहलाई उत्तर दिदा दिदा हैरान भयौं । विभिन्न किसमका मान्छे आउथे मसिनका बारेमा सोध्थे हामी जवाफ दिन्थ्यौ । कोहि पार्टीका हौ भन्दै आउथे । कोहि पार्टीका इन्जिनियर हौ भन्थे । सबैलाई मसिन देखाउथ्यौ । सोधेका प्रश्नको जवाफ दिन्थ्यौ । नेपालमा प्रयोग भइरहेका मसिन पनि कुनै स्टन्र्डड छैनन् हामीले बनाएको मसिन मा दुई ठाँउमा डाटा सेभ हुने बनाएका छौ । भारतबाट ल्याएर निर्वाचन आयोगले प्रयोग गरेको मसिनमा एक ठाँउमात्र डाटा सेभ हुन्छ । एक पटक भोट गनिसके पछि दोबारा त्यहाँ कुनै कुरा हेर्न मिल्दैन ।
एभरेष्ट होटलमा बोलाएर सारै बेइज्जत गरे
२१ गते बानेश्वरको एभरेष्ट होटलमा बोलायो । हामी दुई जना गयौ (राम रिमाल र के बि भण्डारी ) त्यहाँ दस बाह्र जना बसेका थिए । हामी पुग्ने बित्तिकै परिचय माग्यो । हामीले परिय दियौ । उनीहरुले आफ्नो परिचय नै दिएनन् । हामीले तपाईहरुको पनि परिचय दिनु होस् भन्दा बल्ल बल्ल परिचय दिए । त्यहाँ हामीलाई प्रविधि संग भन्दा पनि कसरी तल देखाउने बाहेक अरु केहि काम भएन । केहि समय पछि भीम रावल र माधव नेपाल आउनु भयो । उहाँ दुई जनाले हुन्छ भनेका थिए । उहाँहरु त्यहाँ हुन्जेल माधव नेपालका भाई र उनका पिए मोहन गौतम केहि बोल्नु भएन । नेपाल पन्ध्र मिनेट बसेर जानु भयो र रावल आधा घण्टा । उहाँ दुई जना गएपछि त्यहाँ बसेका दस बाह्र जनाको टोलीका काम भनेको हामीलाई जसरी हुन्छ निच देखाउने । उनीहरुले हामीले लिएर गएको मसिन लाई छुन सम्म छोएनन् । दस मिटर टाढा राखेर मसिनका बारेमा कुरा गरे । त्यहाँ अन्य दुई चार जना ठेट्ना इन्जिनियर लिएर आएका थिए । बाहिर पढेका हौ भन्ने घमण्ड बढी रहेछ । थ्यौरीटीकल कुरा गरेका थिए । प्राइटिकल ज्ञान जिरो रहेछ । पाँच घण्टा पछि बल्ल छोडे । पाँच घण्टा सम्म हामीलाई हिरासतमा राखेको जस्तो व्यवहार गरे । हामी प्राविधिक होइनौ एमालेका अपराधि हौ जस्तो भयो । हामी उनीहरुको हिरासतमा राखिएका छौ । देशको दोस्रो ठूलो पार्टीको कार्यकर्ताको व्यवहार भनेको घटिया रहेछ । अनुशासन भन्ने कुन चराको नाम हो ? उनलाई थाह नै रहेन छ । माधव नेपालका भाई र उनका पिएले नै हो हामीलाई सबै भन्दा अपमान गरे र एमालेको नवौ महाधिवेशनमा भोटीङ मसिनको पै्रयोग हुन दिएनन् ।
नेपालमा स्र्टान्र्डड मापन गर्ने संघसंस्था खोइ त ?
हामीले बनाएका भोटीङ मसिनका बारेमा लास्टमा आएर स्टान्र्डडको कुरा उठाए ।नेपालमा स्टान्र्डड दिने आधिकारीक निकाए खै त देखाई दिउन एमालेका मान्छेहरुले । उनीहरुपनि सत्ता घटक दलका मान्छेहरु हुन् । उनीहरुले भरखर्र उपनिर्वाचनमा प्रयोग गरेको भोटीङ मसिनको स्टान्र्डडता देखाइ दिउन त । चुनौति भयो उहाँहरुलाई । भारतबाट ल्याएको मसिन (VVPAT) voter verified paper audit trail होइन । नेपालीले आफ्नै सिप र प्रविधिमा बनाएको कुराको विरोध मात्र गरेनन् अपमान पनि गरे । हामीले मसिनको प्राविधिक कुरा हेर्न भनेर पुल्चोक इन्जिनियर क्याम्पसलाई,टियूलाई र अरुलाई पत्र पठाएका छौ । पुल्चोक इन्जिनियर क्यम्पसले मसिनको सप्टवेयर ठिक छ भनेर पत्र पठाएको छ । एमालेको बादरे प्रवित्तिले आफुपनि डुब्यो हामीलाई पनि डुबायो , एमाले देशको दोस्रो ठूलो दल मात्र होइन सरकारमा भएको ठूलो घटक पनि हो । त्यसका नेताहरु को प्रवृति देख्दा लाग्यो नेताहरु जनता संग ठिक्कका कुरा गर्ने तर भनेको आफ्ना भाइ भतिजा र पिएको मात्र मान्दा रहेछन् । त्यहि कुरा माधव नेपाल बाट भयो । एमालेले पैसा दिएन भने अदालत जान्छौ हामीले त एमालेको महाधिवेशनको निर्वाचन सम्म गरेपछि सबैमा विश्वास बढ्छ । हामीहरुको पनि बजार बन्छ भनेर फाइदाको कुरै गरेका थिएनौ । तर अहिले मसिन पनि प्रयोग भएन । हामीहरुलाई आर्थिक क्षतिपनि ठूलो भएको छ । एक मसिन बनाउन कम्तीमा एक लाख सकिएको छ । त्यहि हिसाबमा कुरा गर्दा पनि सत्तरी लाख हुन आउछ । हाम्रो अन्य खर्च पनि भएको छ । त्यो सबै जोड्दा लगभग असि लाख खर्च भएको छ । त्यो नेकपा एमालेले दिनु पर्छ ।
r
दिएन भने अदालत जान्छौ। अदालतमा तीन वटा मुद्धा हाल्छौ ।  १. पहिलो हामीलाई आर्थिक क्षति भएको छ ,त्यसको भर्पाइको लागि मुद्धा हाल्छौ ।  २. हाम्रो गुडविलको क्षति भएको छ,त्यसको लागि मुद्धा हाल्छौ  ।  ३. हामीलाई एभरेष्ट होटलमा बोलाएर जुन बेइज्जत गरे त्यसको पनि मुद्धा हाल्छौ ।  पाँच घण्टा सम्म एभरेष्ट होटलमा बसेर एक पटक पनि हाम्रो मसिन छोएनन् । तर रिपोर्ट तिनीहरुले नै बनाए छन् । मसिन नछोएर बनाएको रिपोर्ट हो । हाम्रो मसिनको आठ मेघा बाइट छ । तर उनीहरुले रिपोर्टमा सात मेघा बाइटको छ भनेर भने । सात मेघा बाइट कुनै पनि बेला फेल हुन सक्छ भनेर पत्रकारलाई रघुजी पन्तले भनेको कुरा मिडियामा आयो । यीनीहरुको दिमाग नै अकुपाई रहेछ । नेपाली प्रविधि र प्रतिभा एमालेको गुटबन्दीको सिकार भएको छ । हामी मात्र होइन त्यहाँ हाइटेक बनाउन धरैले काम गरेका थिए । ती सबै अविश्वासको शिकार भएका हुन् । एमाले भनेको कालो पत्थर हो हामी साना भङ्गेरा हौ । हामी उनी संग लडेर भिडेर त लिन सक्दैनौ । हाम्रो अबको बाटो भनेको अदालत हो । समाचार आएको छ एक जना नेताले माफि मागे भनेर तर उनीहरुले माफि माग्न लाएको काम नै गरेका होइनन् । यो त अक्षम अपराध गरेका हुन् । यीनीहरुत आफुबाहेक अरु कसैलाई हेर्दा रहेछन् । यी नेताले त आफुलाई फाइदा हुन्छ भने देशपनि बेच्न समय लगाउदैनन् । एउटा भनाइ छ नपढेको मुर्ख भन्दा पढेको मान्छे बढी मुर्ख हुन्छ । बाई सय भोट गन्न सात दिन लगाए । कार्यकर्ताका बारेमा सोच्ने फुर्सद थिएन । केवल आफु जित्छौ कि जित्दैनौ । हाम्रा तीन वटा मसिन त अहिले पनि एमालेको पार्टी कार्यलय बल्खुमा नै छन् । ती मसिनबाट झलनाथ खनाल देखि अन्य कयौ कार्यकर्ताले भोट हाल्न सिके । मिडिया बोलाए फोटा खिचाए । पत्रपत्रिकामा छपाए । तर अन्त्यमा प्रविधि देखि नै डराए । हामीलाई नत केपि ओली जिताउदा फाइदा थियो । नत माधव नेपाल जिताउदा फाइदा । दुबै एमालेका नेता हुन् । तर आधिको मनमा चिसो पसेको भनेको संसदिय दलको नेताको निर्वाचनमा केपि ओली जिते । कास्कीको जिल्ला अधिवेशनमा पनि ओली प्यानलले जितेका रहेछन् । त्यहि भएर हो जस्तो लाग्छ अर्को पक्षले प्रविधि माथि नै शंका गरेका ।
spurce:-जयदेश

ल्वाङ घलेलको अर्को पहिचान क्यानोनिङ

पोखराबाट करिब २७ किलोमिटर टाढाको ल्वाङघलेलको घलेल गाउँमा क्यानोनिङ (पानीको छहरामा डोरीमा झुण्डिएर रमाउने खेल) को सुरु गरिएको छ । पोखरा सहित ल्वाङघलेल गाउँको पर्यटन प्रवद्र्धन गर्नका लागि घट्टेखोलाको कुदीछहरालाई क्यानोनिङस्थलको रुपमा विकास गर्न गाउँले कस्सिएका हुन् । साहसिक पर्यटक आकर्षण गर्नका लागि सुरु गरिएको क्यानोङिको शनिबारदेखि औपचारिक सुरुवात गरिएको छ ।
पर्यटकीय दृष्टिले ओझेलमा परेको यो छहरालाई क्यानोनिङस्थलको रुपमा उपयोग गर्दै विदेशी पर्यटक भित्रयाउने प्रयास गरेको ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्माले बताए । केहिदिनदेखि यसको परिक्षण गरिएको भएपनि शनिबारदेखि औपचारिक रुपमा यसलाई सुरुवात गरिएको हो । एकसय ७ मिटर अग्लो कुदीछहरामा सुरु गरिएको क्यानोनिङले ल्वाङ र आसपासका गाउँमा विदेशी र साहसिक पर्यककको आगमन बढ्नेमा स्थानीयबासि आशावादी छन् । ‘
पोखरामा क्यानोनिङ शुरु
बौद्धसिर्जन युवा क्लवका अध्यक्ष राम गुरुङले भने, ‘नयाँ गन्तब्यले यो गाउँको मुहार फेर्ने हाम्रो विश्वास छ । मर्दीहिमालको पदयात्रामार्गमा पर्ने यो क्यानोनिङस्थलको नजिकैको ल्वाङ गाउँको होमस्टे सेवा पनि यसले प्रवद्र्धन गर्नेमा आफुहरु आशावादी भएको गुरुङले बताए । नेपाल क्यानोनिङ एशोसिएनसका अध्यक्ष कर्णबहादुर लामाका अनुसार ग्रामिण पर्यटन प्रवद्र्धन गर्नका लागि क्यानोनिङ निकै नै प्रभावकारी माध्यम हो । हिमाली क्षेत्रमा मात्र साहसिक पर्यटकीय गतिविधि भईरहेकोमा यस्ता पुर्वाधारले ग्रामिण क्षेत्रको प्रवद्र्धनका लागि पनि सघाउने उनले बताए ।
सरकारी नियम नहुँदा अहिलेसम्म क्यानोनिङले औपचारिकता पाएको थिएन । तर तीनमहिना अघि बनेको पर्यटन नीतिले यसलाई सम्बोधन गरेको छ । उनका अनुसार नेपालमा अहिलेसम्म वर्षमा ५ सय जति विदेशी पर्यटक क्यानोनिङ गर्न आउँछन् । फ्रान्स, इटली, स्पेन, ब्राजिलका साहसिक पर्यटक बढि मात्रामा क्यानोनिङ गर्न रुचाउँछन् । क्यानोनिङ गर्दा एकदिनको १ सय अमेरिकीडलर सम्मको शुल्क तिर्नुपर्ने लामाले बताए ।
लामाका अनुसार सन् २००७ देखिमात्र नेपालमा क्यानोनिङ सुरु भएको हो । लम्जुङमा मात्र क्यानोनिङका ९ वटा स्थल छन् । २०११ मा लम्जुङको स्याँगेमा अन्तर्राष्ट्रियस्तरको क्यानोनिङ प्रतियोगिता भएको थियो । त्यसबाहेक मनाङका नार, सिन्धुपाल्चोकको भोटेकोशी, नुवाकोटको ककनी, काभ्रेमा पनि क्यानोनिङ गरिन्छ । ल्वाङमा सुरु भएपछि क्यानोनिङस्थलका लागि कास्की छैटौ जिल्ला भएको छ ।
पोखरामा क्यानोनिङ शुरु
canning (1)
पोखरा आफैमा सुन्दर ठाउँ हो । विश्वका मानिसहरु पोखरा आएपछि एक सुन्दर र रमणीय ठाउँमा आएको महशुस गर्दछन् । पोखरामा ताल तलैया, प्याराग्लाईडिङ, गुफा र झरनालाई एकै शहरमा हेर्ने र आनन्द लिन पाईन्छ । पर्यटकहरुमा पोखरा प्रतिको आर्कषण त छदैछ त्यस माथिपनि क्यानोनिङ खेलको लागि पनि पोखरा उचित गन्तव्य भएको छ ।
cananing 2
पछिल्लो समय कास्की जिल्लाको ल्वाङघलेल गाविसमा सञ्चालन गरिएको यो साहसी खेलले पर्यटकको मन तान्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक पोखरा आएपछि क्यानोनिङका लागि आकर्षित हुने गरेको यसका संचालकहरु बताउँछन् ।
छहराबाट झरेको पानीसँगै डोरीमा झुण्डीएर गरिने क्यानोनिङ खेलबाट मनोरञ्जन पर्यटकहरुले फरक किसिमको अनुभूति र मनोरञ्जन लिन सकिने भएर पर्यटकहरुको आर्कर्षण यस खेल तर्फ बढेको क्यानोनिङ खेल एक सञ्चालल राम गुरुङ बताउँछन् 
पछिल्लो समय दैनिक नेपाली तथा विदेशी क्यानोनिङ खेल्नको लागि आाउने गरेका छन् । यस क्षेत्रमा क्यानोनिङका लागि आवश्यक गाईडको ब्यवस्था गरिएको छ । सुरुमा यस खेलको बारेमा जानकारी नभएपनि पछिल्लो समय मानिसहरुले चासो राखेकोले पोखरा र नेपालका अन्य क्षेत्रमा यो खेलको आर्कर्षण र सम्भावना देखिएको छ ।
के हो क्यानोनिङ ?
पानीको छहरामा डोरीको सहायताले माथिबाट तल आउने खेल हो क्यानोनिङ । यो खेल साहसीक खेल भएकाले सबै उमेरका मानिसहरुले खेल्न सक्दैनन । खासगरि अग्लो छहरामा पानीसँगै तल झनुपर्ने भएकाले हेर्दा जोखिम पुर्ण पनि देखिन्छ ।
क्यानोनिङ खेलको बारेमा यसका सञ्चालक राम गुरुङ भन्छन्, ‘यो खेलमा खासै गोखिमपूर्ण हुँदैन् जो कोहीले पनि खेल्न सक्छन् तर आत्मबल चाहिन्छ ।’
‘हनि हन्टीङ’ खेलबाट सुरु हो क्यानोनिङ, नेपालमा क्यानोनिङकै यसको इतिहाँस चाही खासै लामो छैन् तर ‘हनि हन्टिङ’ भने नेपालका एक समुदायको पुरानो पेशानै हो । 
पोखरामा हाल सञ्चालनमा आएको क्यानोनिङ खेलमा १६० मिटर अल्को छहराबाट क्यानोनिङ गर्ने सकिन्छ । यद्यपि पहिले यो खेल ४५ मटिरबाट ७५ हुँदै १६० मिटरसम्म पुर्याइएको हो ।
क्यानोनिङका लागि पुगेका नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारीले क्यानोनिङ पछि पानिमा खेल्नुको मजा नै बेग्लै हुने बताए । यो खेल एक पटक खेलेपछि मानिसहरु अर्को पटक पनि आउने उनको विश्वस छ । पनिको छहरामा डोरी लिएर खस्दा डर लागेपनि प्रकृतीसँग डुबुल्की मारेजस्ता अनुभुति भएको अधिकारीले बताए |
canning (2)
canning (3)
source;ganthan.com

ल्वाङघलेलमा उत्पादित आल्मण्डको माग तीव्र"गाउंँमा बसेको भए पनि आफूहरूको विकास गर्ने नयांँ मोडेल अब सफल हुने "अध्यक्ष बाबुराम गौतम

नेपालको पहिलो व्यावसायिक आल्मण्ड खेती र त्यस संँग सम्बन्धित परियोजना अब कहानी मात्रै बनेन, सत्य साबित बन्न थाल्यो । कास्की जिल्लाको ल्वाङघलेल गाबिसबाट सुरु गरिएको आल्मण्डको व्यवसायिक खेती नेपालका दुर्गम जिल्लाहरूमा समेत फैलिन लागेको छ । लगानी गर्न अरू ठाउंँका व्यवसायी भन्दा पोखराका उद्योगी व्यवसायीहरूले बढी चासो देखाएका छन् तापनि पर्वत, म्याग्दी, गोरखा, जाजरकोट, रोल्पा र दोलखाका उद्यमीहरू लगानीको लागि आकर्षित भएका छन् । धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका अम्बर बहादुर गुरुङ भन्छन् ‘आल्मण्डको शेयर लिन खुल्ला गरिएपछि नेपालका विभिन्न शहरबाट व्यवसायीहरूको सहभागिता बढ्दै गएको छ ।’ उनले आफूलाई मन परेको कारण यसमा लगानी गर्न तम्सिएको बताएका छन् ।
कास्की जिल्ला स्तरीय कार्यक्षेत्र भएको मर्दी हिमाल कृषि सहकारी ल्वाङघलेलले आफ्नो परामर्श र तालिमको सेवा निकट भविश्यमा नेपालका अन्य जिल्ला र गाउंँहरूमा समेत थाल्ने जानकारी आल्मण्ड अध्ययन समूहका संयोजक तथा अग्रज पत्रकार कुसुम केशव पराजुलीले बताएका छन् । व्यावसायिक आल्मण्ड खेतीमा पोखरा उद्योग वाणिज्य संघले सहकार्य गर्ने अग्रसरता देखाए पछि उक्त परियोजनामा व्यवसायीहरूको चासो झनै बढेको र शेयर खरिद गर्नेहरुको संख्यामा बृद्धि भएको बताईन्छ । पोखरा उद्योग वाणिज्य संघले संस्थागत चासो लिनुका अतिरिक्त त्यसका पदाधिकारीहरूले व्यक्तिगत रूपमा परियोजनाको शेयर खरिद गरे पछि यो ‘क्रेज’ बढ्दै गएको छ ।




आल्मण्ड परियोजनासंँग जोडिएका अन्य परियोजनाले ल्वाङ्घलेलको भविष्य पनि उज्ज्वल बन्दै गएको छ । प्राप्त जानकारी अनुसार पोखरा स्थित माछापुछ्र्रे सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण ल्वाङको चिया बगान र आल्मण्ड फार्मबाट सुरु गरेको छ । संस्थाका संरक्षक तथा समाजसेवी हेडम्बराज पराजुलीले सहकारीहरूले अब कृषि उद्यमशिलतालाई प्रोत्साहन गर्नु पर्छ भनेर उक्त ठाउँंमा अवलोकन भ्रमण राखेको बताए । संरक्षक पराजुलीले गाउंँलेहरूले सुरु गरेको यस्तो कार्यप्रति निकै खुसी व्यक्त गरे । अहिले कोलेलीबासीहरूलाई विरुवा रोप्न भ्याई नभ्याई छ । आल्मण्डको बिरुवा रोप्ने कार्य भैरहेको अवस्थामा पोखराबाट युवा व्यवसायीहरूको एउटा टोली ल्वाङघलेल पुगेर विरुवा रोप्ने कार्यलाई प्रोत्साहन गर्दै थियो ।


मर्दी हिमाल कृषि सहकारीका सदस्य मञ्जु बरालका अनुसार यो परियोजना आल्मण्डको व्यवसायिक खेतीका अतिरिक्त जैविक विविधता, कृषि, स्वास्थ्य पर्यटन जस्ता विषयसमेत गाँसिएर आएको हुनाले नै व्यवसायीहरूको चासो बढेको हो । यो परियोजनाका लागि अहिले जग्गा उपलब्ध गराउन ल्वाङ घलेलका किसानहरू जति लालायित देखिन्छन् उति तीव्र गतिमा परियोजना अगाडि बढिरहेको देखिन्छ । जैविक चिया उत्पादनको रूपमा विश्वमा परिचित कास्की जिल्ला, ल्वाङको कोलेलीमा अहिले २ हजार मुढामा सीताके च्याउ र पदमचालको नर्सरी पनि सुरु हुंँदै छ । स्थानीय कृषक र पोखराका व्यवसायीहरूको संयुक्त प्रयासमा सञ्चालित उक्त कार्यक्रमलाई समेत नेपाल सरकार र मर्दीहिमाल कृषि सहकारीका प्राविधिकहरूले सघाइरहेका छन् ।
पोखरामा परियोजना कार्यालय खुली सकेको कारण यस बारे बुझ्न दैनिक पन्ध्र बीस जना आउने गरेका छन् । म्याग्दी जिल्ला सहकारी संघका देबराज सुबेदी बताउंँछन् ‘आफ्नो क्षेत्रमा व्यवसाय सञ्चालन गरेता पनि नेपालमा पहिलो हुँदै गरेको व्यावसायिक आल्मण्ड खेती अगुवा बन्दै गएकामा खुशी छु ।’ सहकारीको माध्यमबाट खेती गरिने भएता पनि त्यसको आवश्यकता अनुसार बाटो बनाउन, भवन निर्माण गर्न, आवश्यक उपकरणहरू खरिद गर्न, जैविक उद्यान निर्माण गर्न, व्यावसायिक जैविक कृषि र पर्यटन क्षेत्रको स्थापना र विकास गर्न निजी क्षेत्रलाई आव्हान गरिंँदै छ । यस्को गृह कार्य आरम्भ गरिएको कुरा पोउवासंघका अध्यक्ष सञ्जिव बहादुर कोइराला बताउंँछन् । उनको भनाइ उद्धृत गर्दै अध्ययन समूहका सदस्य तथा पृथ्वी नारायण बहुमुखी क्याम्पसका सहप्राध्यापक वीर बहादुर कार्की भन्छन् ‘अध्यक्षले पोखरादेखि भारतका पर्यटन व्यवसायीसंँग समेत अन्तरक्रिया गरि रहनु भएको छ ।’
अमेरिका, भारत, जर्मन र बुल्गेरियाका विशेषज्ञहरूले आल्मण्डको नेपाली प्रजाति विकास गर्ने चासो दिइरहेका छन् । विदेशी वरिष्ट विशेषज्ञसंँग परामर्श हुंँदै गरेको र  उनीहरूमध्य केही नेपाल आईसकेको कुरा कैलास विकास बैंकका संस्थापक तथा आल्मण्ड परियोजनाका एक लगानीकर्ता विनोद चन्द्र बरालले बताए । सो कार्य सम्पादन गर्न काठमाडौंँस्थित एसइएस जर्मनीका प्रतिनिधि हरिहर सुबेदीले सघाएका छन् । सहकारीका अध्यक्ष बाबुराम गौतमले गाउंँमा बसेको भए पनि आफूहरूको विकास गर्ने नयांँ मोडेल अब सफल हुने बताउंँछन् । सहकारीका सचिव कृष्ण प्रसाद दवाडीका अनुसार अहिले आल्मण्ड रोप्ने समय हो । भू.पू. ब्रिटिस गोर्खा सेना तथा वरिष्ट समाजसेवी डी.वी.शेरचनले कृषि क्षेत्रमा अब लगानी गर्न पछाडि पर्न नहुने र आफ्नो गाउंँमा यस्तै अन्य केही गर्न सकिन्छ कि भनेर विरुवा रोप्न आएको बताए ।

source:http://www.samadhan.com.np/?p=6539
           http://eadarsha.com/wp-content/uploads/2014/07/Ashar-24-2071.pdf 

सराङकोटैमा, कति धेरै ग्लाइडर उड्यो एकै पटकमा…

छेउको फोटोमा तपाईँले रङ्गीबिरङ्गी थोप्लाहरु याद गर्नुभयो ?
के हुन् ती ?
बेलुन ? अहँ, हैन। त्यो हरेक थोप्लोमा दुई जना मान्छे छन्।
ती पोखराको आकाशमा प्याराग्लाइडिङ गरिरहेका हुन्। मौसम राम्रो हुँदा सराङकोटबाट स्वदेशी र विदेशी गरी दिनमा एकै पटक यति धेरै उड्छन्। हेर्नुस् ठूला फोटोहरु भित्र।





किन हुन्छ त यत्रो भिड सराङकोटमा ? जवाफका लागि धेरै लेख्नै पर्दैन। यो फोटो हेर्नुस्-

माछापुच्छ्रेसहित अन्नपूर्ण रेञ्जका हिमालहरुलाई हेर्दै फेवातालको सौन्दर्य आकाशबाट चरा झैँ हेर्दा कसको मन रमाउँदैन ?

माथिका फोटो सराङकोट डाँडाबाटै खिचेको भए पनि तलका दुई फोटो चाहिँ फेवातालको डुङ्गाबाट खिचेको हुँ। यस्तो अद्‌भुत दृश्य पोखरामा मात्र हेर्न पाइन्छ। त्यसैले त भिड हुन्छ यहाँ प्याराग्लाइडिङका लागि। प्याराग्लाइडिङ गर्दैगर्दा कस्तो देखिन्छ, त्यो पनि पछि फोटोमा हेरौँला।
डाँडाबाट फाल हालेर आकाशमा रमाउँदै उडेपछि अवतरण भने फेवातालको सिरानमा यसरी गरिन्छ


Source:- http://www.mysansar.com/2014/01/10254/

उन्मुक्त पोखरा, स्वच्छन्द पोखरेली कतै यो विख्यात सहरले आफ्नो स्थानीयता त भुलिरहेको छैन ?

 "यहाँ कति वर्ष बिताइयो भनेर गन्न आवश्यक नै छैन किनभने पोखरा कसैलाई कहिल्यै पुग्दैन।" अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नदीपुर, पोखराका स्वयंशु श्रेष्ठ, २३, ले फेसबुक स्ट्याटस लेखे। हुन पनि, स्वयंशुलाई पोखरा कहिल्यै पुरानो लाग्दैन। त्यसैले त पोखरा छाड्नु नपरे हुन्थ्यो भन्ने लागिरहन्छ।  न्यु इयर इभका लागि तयार भएको पोखरा, त्यसमाथि लेक साइड। फेवाताल छेवैमा 'पोखरा स्टि्रट फेस्टिभल'का लागि सजाइएको तीन किलोमिटर लामो बाटो इभको माहोलमा खचाखच छ। बिस्तारै हिँड्नेले पनि तीन किलोमिटर दूरी ३० मिनेटमा सजिलै काट्न सक्छ। तर, न्यु इयरको लेक साइड तीन किलोमिटर दूरी वा ३० मिनेटको समयले मात्र व्याख्या गर्न सक्दैन। त्यहाँ के मात्र थिएन ?
पाइलैपिच्छे हिन्दुस्तानी क्लासिकदेखि पश्चिमा रकसम्मका अनेकौँ संगीत, मानिसका गालामा विभिन्न भावभंगी झल्कने फेस पेन्टिङ्। अझ सडकको ठेलमठेलबीच अलिकति अग्लिएर हेर्न खोज्ने हो भने त्यहाँ हलिउड अभिनेता विल स्मिथ, क्यानेडियन गायक जस्टिन विवर, गायिकाहरू रिहाना, माइली साइरस, फुटबलर डेबिड बेक्यामजस्ता थुप्रै सेलिब्रिटीको हेयर स्टाइलको झल्को पनि देखिन्छ।  लेक साइड जति चमकदमकयुक्त र सानदार छ, उत्तिकै सरल पनि। मानिस सडकमै गीत घन्काएर डिस्कोमा जसरी नाचिरहेका छन्। हातमा बियरका बोतल लिएर हिँड्नेदेखि कतै पेटीमा बसेर 'गेट टुगेदर' गर्ने पनि उत्तिकै थिए। नेपाली जोडी कतै अँगालिएर त कतै कुना लागेर चुम्बन गर्नुसमेत दुर्लभ दृश्य लागेन। "देशमै अन्यत्र भए अस्वाभाविक लाग्ने यी दृश्य यहाँ स्वाभाविक लाग्छन्," लेखनाथका प्रगति सापकोटा भन्छन्, "तारन्तार यस्तो देखिरहँदा पोखरेलीसमेत बिस्तारै नेपाली कम, विदेशी ज्यादाजस्तो हुन पुग्छन्।"  लेक साइडको माहोल स्वच्छन्द छ। सन् '६० र '७० को दशकमा काठमाडौँको झोछेँजस्तै। नहोस् पनि किन, पोखरा पनि त्यस बेला हिप्पीहरू यात्रा गर्ने दक्षिण एसियाली भूमार्गको सुन्दर गन्तव्यजस्तो न थियो।  त्यसैले होला न्यु इयर र पोखरा केही वर्षयता पर्यायजस्ता बनेका छन्। तर, बर्सेनि बढिरहेको भीडले लेक साइड अब निकै साँघुरो बनिसकेको छ। जस्तो: यसपटकको न्यु इयर इभमा देखियो, लेक साइडको तीन किलोमिटर छिचोल्न घन्टौँ लाग्यो। होटल ल्यान्डमार्कका म्यानेजिङ् डाइरेक्टर ध्रुव शर्मा ठट्यउलो पारामा भन्छन्, "न्यु इयरका दिन लेक साइडमा पुगे मात्र हुन्छ, फेरो लगाउने काम भीडले धकेलेरै गरिदिन्छ।"  पोखरेलीमा यसले एउटा यस्तो संस्कारको विकास भएको छ कि उनीहरू रमाउने मामिलामा पश्चिमाजस्तै बिन्दास छन्। लेक साइडको माहोल चियाउँदा सजिलै देखिन्थ्यो, यहाँ कसैलाई कसैको मतलब छैन। न बाटोमा हिँड्दा लाग्ने धक्कालाई उनीहरू समस्या ठान्छन्, न त हिँडिरहँदा कोही अगाडि आएर क्यामेरा तर्साउँदा नै झोकिन्छन्। बरू उल्टै पोज दिन तम्सिन्छन्। पोखरा विश्वविद्यालयमा स्नातक अध्ययन गररिहेकी विन्दु लामिछाने, २३, भन्छिन्, "कसैलाई नराम्रो गर्न पो भएन, नत्र एकअर्कासँग परिचित हुन पाउनु त सबैका लागि राम्रै हो नि!" त्यही विशेषताका कारण पोखरेलीलाई समेत हरेकपल्ट आफ्नै ठाउँ घुम्दा फरकपनको महसुस हुन्छ रे! मतलब यहाँ रमाइलोको मात्रै अर्थ छ, नेपाली हुनु वा पश्चिमा हुनुको होइन।  प्रवेशद्वार पनि  पोखराको प्रसिद्धि देशविदेशमा जति चुलिएको छ, पोखरा मात्रकै कारणले त्यसो भएको भने होइन। पोखरा विभिन्न सांस्कृतिक र प्राकृतिक विविधतापूर्ण क्षेत्रको केन्द्र पनि हो। आसपासका लामा/छोटा पदयात्रा मार्गहरू, अन्नपूर्ण, धवलागिरि, पञ्चासे, रोयल ट्रेक जाने द्वार हो पोखरा। समय लिएर आउनेका लागि झन्डै २३ दिनमा पूरा गर्न सकिने विश्वकै उत्कृष्ट कहलिएको अन्नपूर्ण पदयात्रादेखि तीनदेखि चार दिनसम्ममा सकिने द रोयल ट्रेकजस्ता थुप्रै विकल्प पोखरामा छन्।  रोयल ट्रेक त सन् '८० को दशकमा बेलायती युवराज चाल्र्सले पदयात्रा गरेको रुट हो, जसबाट उनी मोहित नै भए। र, पछि यो मार्ग रोयल ट्रेकको नामबाट चिनिन पुग्यो। अन्नपूर्ण पदमार्गको पुनहिल होस् वा धम्पुस, पोखरा छेवैको सराङकोटबाट देखिने सूर्योदयको दृश्य होस् वा सूर्योदयअघिको राताम्मे हिमाल, जोकोही मोहित हुन्छन्। हिन्दू तथा बौद्धमार्गीले पुज्ने मुक्तिनाथ होस् वा उपल्लो मुस्ताङको साहसिक यात्रा, सुरुआत पोखराबाटै हुन्छ। पोखराको मुटु फेवातालको त कुरै भएन, माछापुछ्रेको छायाँमा दिनभर टहलिन र नौकाविहार गर्न कम्ती रोमाञ्चक हुन्न। त्यही भएर फेवातालमा व्यावसायिक रूपमा चल्ने डुंगा मात्र झन्डै सात सयभन्दा बढी छन्।  पछिल्लो समय पोखरामा पर्यटकलाई अझ बढी समय 'होल्ड' गर्न थुप्रै विकल्प खुलेका छन्। स्टि्रट फेस्टिभलको सुरुआत पनि यहाँ आउने पर्यटक न्यु इयरका बेला भारतको गोवातिर जाने क्रमलाई रोक्न भनेर भएको थियो। फेस्टिभलका सडक शृंगार संयोजकसमेत रहेका व्यवसायी ज्याक तामाङ भन्छन्, "न्यु इयरमा पर्यटक होल्ड त हामीले चाहेजसरी भयो नै, त्यसले आन्तरकि पर्यटनको अनपेक्षित सफलतामा पनि पुर्‍यायो।"  रोमाञ्चक गन्तव्य  विरौटाका सुरेन्द्र पौडेल, २३, अचेल आफूलाई साहसी युवाको पंक्तिमा राख्छन्। दुई महिनाअघि प्याराग्लाइडिङ् नगर्दासम्म उनलाई त्यस्तो लाग्दैनथ्यो। "अरू चराझैँ उडेको देख्दा क्या रोमाञ्चक होला भन्ने लाग्थ्यो," उनले अनुभव सुनाए, "उडेपछि २० मिनेट जति रमाइलो लाग्यो, उत्तिकै डर पनि।" हिमाल र तालतलैयासँगै एयर स्पोट्र्सको कारण पनि पोखराको ख्याति बढेको छ। अल्ट्रालाइट उडान र प्याराग्लाइडिङ् यहाँ बढी लोकप्रिय छन्।  अल्ट्रालाइटतर्फ सन् १९९६ देखि एभिया क्लबले आफ्नो उडान सुरु गरेको थियो भने सन् २०१२ यता थप दुई कम्पनी पोखरा अल्ट्रालाइट र फिस्टेल अल्ट्रालाइट थपिएका छन्। खेलौनाजस्ता दुई किसिमका हलुका जहाजमा पोखराको ३ सय ६० डिग्रीको अवलोकन गर्ने र हिमाललाई अझ स्पष्ट र नजिकबाट हेर्ने अवसर जुराउँछ यसले।  एक खाले बन्द ककपिटसहितको 'फिक्स्ड विङ् एयरक्राफ्ट' छ भने अर्को खाले खुला ककपिटसहितको 'डेल्टा विङ् एयरक्राफ्ट', जसले पाइलटका साथ दुई जनालाई उडाउँछन्। एयरपोर्टको रनवेबाटै उडान भर्ने यी साना जहाज १२ हजार फिटसम्मको उचाइमा उड्न सक्छन्। १५ मिनेट आधा घन्टा र एक घन्टा गरी तीन खाले प्याकेजमा उड्ने यी जहाजले पोखराको फेरो लगाउँदै, फेवातालमाथि पि|mफल हुँदै माछापुछ्रेको फुटहिलसम्मै पुर्‍याउँछन्। "हिमाललाई नजिकबाट हेर्न चाहनेलाई यस्तो उडान सबैभन्दा रोचक हुन्छ," एभिया क्लबका निर्देशक प्रविन गौचन भन्छन्, "त्यसमाथि विश्वमै यसको व्यावसायिक उडान पहिलोपटक नेपालमा भएको हो र संसारका एक-दुई देशले मात्र बल्ल यसलाई व्यावसायिक बनाउने तरखर गर्दै छन्।"  सन् १९९२ मा पहिलोपटक पोखरामा प्याराग्लाइडिङ् अभ्यास गरिएको थियो। यद्यपि, विश्वमै व्यावसायिक प्याराग्लाइडिङ् अभ्यास गरिएको एक दशकपछि नै पोखरामा त्यसको सुरुआत गरिएको थियो। अहिले पोखरामा मात्रै १४ कम्पनीले प्याराग्लाइडिङ् उडान अनुमति लिएका छन्। एक सय जना त स्वदेशी पाइलट नै तयार भइसकेका छन्।  दुई वर्षदेखि भने सराङकोट डाँडाबाट हेम्जाको फेदीसम्मको १.८ किलोमिटरको दूरीमा तारमा यात्रा गरिने 'जिप ड्राइभ' सञ्चालनमा छ, जसमा ६ सय मिटरको त 'भर्टिकल ड्राइभ' नै हुन्छ। जिप फ्लायरका अपरेसन म्यानेजर दिनेश महर्जन भन्छन्, "प्रकृतिसँगै अब साहसिक खेलको अनुभव लिन भनेरै मानिस पोखरा धाउन थालेका छन्।"  सफल उडान भइसक्दा पनि कतिपय साहसिक खेल सरकारी नीति र जनशक्ति अभावमा व्यावसायिक हुन सकेका छैनन्। जस्तो: प्यारामोटरको सहयोगले कुनै डाँडा नचढीकन समथर जमिनबाटै उचाइ लिई उड्न सकिन्छ। बिनाइन्जिन अल्ट्रालाइटमा झैँ उड्न सकिने ह्यान्डग्लाइडरको समेत परीक्षण उडान भइसकेको छ।  सन् २०११ मा विभिन्न नौ देशका पाइलटले हिमालयन पारामोटर यात्रा गरे, जस अन्तर्गत उनीहरू पोखराबाट काठमाडौँ, नारायणगढ, लुम्बिनी, बुटवल हुँदै पोखरा नै फर्केका थिए। एभिया क्लबकी संस्थापक नताशा श्रेष्ठ भन्छिन्, "हवाई खेलमा पोखराले यस्ता एकपछि अर्को प्रोडक्टहरू दिन सक्छ, मात्र त्यसलाई सहयोगी हुने गरी उड्ययन नीति बनाउँदै लैजानुपर्छ।" उनले त्यसो भनिरहँदा नौपटकका विश्व ग्लाइडिङ् च्याम्पियन सिबास्टिन कावा पोखरालाई विश्वको ग्लाइडिङ् केन्द्र बनाउने उद्देश्यका साथ अध्ययनका लागि निजी ग्लाइडरमा पोल्यान्डदेखि पोखरा आएका थिए। 

कलाको संगम  लेक साइडका दर्जनौँ रेस्टुराँ तथा क्लबमा विश्वका विभिन्न विधाका गीत घन्किन्छन्। त्यहाँ मानिस आउँछन् नै, यस्ता फरक परिवेशबाट। र, तिनको सांगीतिक मागलाई पोखराका स्थानीय ब्यान्डले नै धानेका छन्। लेक साइडका रेस्टुराँमा अक्वेस्टिक गीतका लागि चर्चित शैलु राई, २७, ले स्कुले जीवनमै ब्यान्ड बनाएका थिए। त्यसपछि साथीहरू लाखापाखा लागे र उनी एक्लै अक्वेस्टिक गायनमा जम्न थाले। उनले संगीतको दायरा बढ्नुमा त्यहाँ आउने विदेशीहरूको योगदान रहेको सुनाए, "केही निश्चित गीत तयारी गरेर गाइन्थ्यो तर विदेशीहरूले विभिन्न खाले नयाँ गीत गाउन आग्रह गर्न थालेपछि गीतहरू सेयर हुन थाले।" अहिले उनी त्यस्ता नेपाली, हिन्दी र अंग्रेजी गीत पनि गाउँछन्।  पोखराको 'फ्युजन' विविध स्थानीय संस्कृतिमा मात्र नभई त्यहाँका गीतसंगीतमा पनि झल्किएका छन्। स्थानीय गायकहरू लोकपपका अग्रणी पोखरेली गायक अमृत गुरुङलाई आदर्श मान्छन्। नेपथ्य, बोफिन्स ९८, डिमोर्चा, कन्दराजस्ता थुप्रै ख्याति कमाएका ब्यान्डका थुप्रै गीत नेपालीको मुखमा झुन्डिरहेकै छ। नेपहप संगीतमा पछिल्लो समय र्‍याप ब्याटलका कारण चर्चाको शिखरमा पुगेका आशिष राना 'लाहुरे' भन्छन्, "स्थानीय स्वादका गीत सुन्ने छुट्टै सर्कल छ यहाँ, ती एल्बमका रूपमा कम, मोबाइलका ब्लुटुथबाट धेरैमाझ पुग्छन्।"  पोखरेलीको डायस्पोरा सर्कल पनि ठूलो र प्रभावशाली छ, जसले उनीहरूका गीत-संगीत छिट्टै धेरैबीच पुग्छन्। पछिल्लो कडीको रूपमा लाहुरेको र्‍याप ब्याटललाई नै लिन सकिन्छ, जुन युट्युबको माध्यमबाट रातारात चर्चाको शिखरमा पुगेको थियो। १६ माघमा कोरियाको राजधानी सोलमा पोखरेलीले एक कन्सर्ट 'गोल्डेन लाइभ कन्सर्ट' गर्दै छन्, जसमा पोखराका तीन सांगीतिक समूहहरू भाइ गुरुङ, डिमोर्चा र लाहुरे सहभागी हुँदै छन्।  पश्चिमा संगीत र फेसनको प्रभाव पोखरामा धेरैअघिको हो। लाहुरे भएर ब्रिटिस आर्मीमा जानेहरू घर र्फकंदा उनीहरूसँगै पश्चिमा प्रभाव पनि पोखरा भित्रिएको हो। गीतसंगीतका सोखिन ब्रिटिस आर्मीका क्याप्टेन मीनबहादुर गुरुङले '३० को दशकमा आफ्नै घरमा एउटा हल बनाएर व्यावसायिक गायनको सुरुआत गरेका थिए, जुन डाँफे कला मन्दिरको नामबाट चर्चित थियो। "पोखरा एउटा उत्कृष्ट मध्यमवर्गीय समाज हो, जहाँका मानिसलाई खान-लाउन कहिल्यै ठूलो समस्या बनेन," प्रकाशन गृह फाइनप्रिन्टका संस्थापक अजित बराल भन्छन्, "जसले पोखरेलीलाई तुलनात्मक रूपमा बढी स्वच्छन्द र सिर्जनशील बनाउन सहयोग पुर्‍यायो।"  नेपाली कला, साहित्य क्षेत्रका दुर्गा बराल, सरुभक्त, तीर्थ श्रेष्ठलगायत थुप्रै हस्ती अझै पोखरामा बस्छन्। "पोखराको कला-संस्कृतिको पक्षलाई पनि व्यवसायीकरण गर्नबाट व्यवसायी चुकिरहेका छन्," साहित्यकार सरुभक्त भन्छन्, "पेरसि जाँदा पर्यटकहरू पिकासोका पेन्टिङ् उनकै ग्यालरीमा गएर हेर्न खोजेझैँ खै त पोखराले दुर्गा बराललाई त्यसरी ब्रान्डिङ् गर्न सकेको ?"  पोखराको माहोललाई कुनै प्रभावशाली लेखकले सिर्जनशीलताको प्रतिविम्बका रूपमा आफ्नो पुस्तकमा बुन्दो हो त त्यो पोखरा प्रवर्द्धनको राम्रो शैली हुने ठान्छन् बराल । किनभने, यो सहर सांस्कृतिक रूपमा पनि बाहुन, नेवार, मगर, गुरुङ र थकालीको संगमस्थल हो।  पछिल्लो समय काठमाडौँलाई कर्मथलो बनाएका बराल जब आफ्नो गृहनगर र्फकन्छन्, यहाँको दिनचर्याले मोहित हुन्छन्। भन्छन्, "काम/लक्ष्य भन्दै दिनरात कुदिरहेको काठमाडौँबाट एकै छिन फुर्सद निकालेर पोखरा पुग्दा पनि जाडोमा घाम तापिरहेको वा नेपाल बन्दमा घरमा आराम गरेझैँ महसुस हुन्छ।"  पोखरामा तालले मात्र रंग फेर्दैन। न्यु इयरमा 'वाइल्ड' बन्ने पोखरा अर्को दिनदेखि नै शान्त हुन थालिहाल्छ। जब अर्को महिना चिनियाँ नयाँ वर्ष सुरु हुन्छ, यहाँ चिनियाँ प्रतिविम्ब देखिन थाल्छन्। अक्टोबर-नोभेम्बर विभिन्न वर्णका पर्यटकको रंगीचंगी जमघटले भरन्िछ। सारमा पोखरा वर्षभरि विभिन्न रंग फेररिहन्छ। तर, रंग फेर्ने दौडमा कतै यो विख्यात सहरले आफ्नो स्थानीयता त भुलिरहेको छैन ? 
-नेपाल साप्ताहिकबाट -

चराझैं प्याराग्लाइडिङमा उड्दा (फोटोफिचर)



सहासिक खेलको परिचय बनेको प्याराग्लाईडिङ पोखरामा पर्यटक तान्ने गतिलो माध्यम बनेको छ । १५ वर्षअघि व्यवसायिकरुपमा सुरु प्याराग्लाईडिङ खेलले पोखरामा पर्यटकहरुको आगमनमा समेत बृद्धि गराएको छ । केही वर्षयता प्याराग्लाईडिङमा उड्नकै लागि सुन्दर नगरी पोखरा आउने पर्यटकहरु बढ्दै गएका छन् ।मौसम अनुकूल रहेको समयमा पोखराको आकाशमा दैनिक ५ सयजना पर्यटकले उडान भर्ने गरेका छन् । केही वर्ष अघिसम्म पोखरा आएकामध्ये करिव १५ प्रतिशत पर्यटकको रोजाई प्याराग्लाईडिङ पर्ने गरेको थियो । अहिले सो संख्या बढेर २५ प्रतिशत पुगेको छ ।पोखरा घुम्न आउने आन्तरिक पर्यटकमध्ये करिव ७० प्रतिशतले प्याराग्लाईडिङमा रमाउने गरेका छन्,

 पर्यटकहरुको आकर्षण बनिरहेको प्याराग्लाइडिङ खेलको लागि केही समययता उडान क्षेत्रको अभाव हुन थालेको छ । खेल सञ्चालन गर्न उडान अनुमति पाएको कास्कीको सराङ्कोट क्षेत्रमा उडान गर्ने आकाशको कमी हुन थालेपछि सो स्थानको वैकल्पिक क्षेत्र खोजीकार्य शुरु भएको हो ।पोखरामा सन् १९९६ बाट सुरु भएको प्याराग्लाईडिङ खेल १७ वर्षको अवधिमा आन्तरिक तथा बाहृय पर्यटकमाझ निकै लोकपि्रय बनेको छ । पोखरामा हाल २० वटा प्याराग्लाईडिङ कम्पनीले आन्तरिक तथा बाहृय पर्यटकलाई उडाईरहेका छन् ।
प्याराग्लाईडिङमा नागरिक उड्ययन प्राधिकरणले दिएको क्षेत्रभित्र ६ हजार फिटमाथि सम्म उडेर रमाउन सकिन्छ । अहिले कास्कीको सराङकोटका साथै ढिंकी डाँडा, तोरीपानी, तनहुको बन्दीपुर र स्याङजाको सिरकोट लगायतका क्षेत्रबाट पनि प्याराग्लाईडिङ खेल सञ्चालन गरिएको छ । सरकारले भने कास्कीको सराङकोट र तनहुको बन्दीपुरबाट मात्र उडानको लागि अनुमति दिएको छ ।व्यावसायिकरुपमा उडान भर्न सोलो (एक्लै उड्ने) करिव ५ हजार घण्टा उडाउनु पर्छ । एक हजार घण्टा सोलो उडान गरेपछि मात्र टेन्डम उडानको लागि फेडेरेसन एरोनेटिक इन्टरनेश्नल -एफएआई) बाट मान्यता पाइन्छ । पाँच दिनको कोर्ष गरेर टेन्डममा -दुई जना उड्न) पाइन्छ । करिब ३० लाख रुपैयाँ खर्चेर मात्र व्यावसायिक प्याराग्लाइडिङ पाईलट बन्न सकिन्छ ।
प्याराग्यलाईडिङ गर्न फ्रान्स, जर्मनी र रसियाका नागरिकहरु बढी आउने गरेका छन् । प्यराग्लाईडिङ गर्न आउँदा ४ दिन बढी समय लागेर धेरै खर्च हुने भएपछि सोचेजति पर्यटकले यहाँ रमाउन सकेका छैनन् । पोखरासहित देशका अन्य भागमा पनि विस्तार गरेर यसलाई सुरक्षित र व्यवस्थित बनाउन सके नेपालको पर्यटन व्यवसाय फस्टाउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्य भुजेलले बताउनुभयो ।प्याराग्लाईडिङ गर्ने उयुक्त सिजन अक्टोबरदेखि अपि्रल महिना हुन् । कास्कीको सराङकोटबाट फेवातालको किनार खपौदीसम्मको करिब आधा घण्टाको उडानको लागि विदेशी पर्यटकले सय अमेरिकी डलर तिर्नुपर्छ भने नेपालीले प्रतिव्यक्ति ५ हजार ५ सय ५० रुपैया तिर्नुपर्छ । पोखरामा सञ्चालित २० वटा प्याराग्लाइडिङ कम्पनी करको दायरामा आएपछि उडान शुल्क पनि बढेको हो । प्याराग्र्लाडिङ उडान अनुमति दिंदा नागरिक उड्यन प्राधिकरणले ५० अमेरिकी डलर लिने गरेको छ ।

पोखरामा २० वटा प्याराग्लाईडिङ कम्पनी रहेको बताउँदै नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष राजेश बम्जनले ती कम्पनीमा डेढ सयजना नेपाली पुरुष पाईलट रहेका बताउनुभयो । ती कम्पनीमा करिब २५ जना विदेशी पाइलटहरु समेत कार्यरत छन् ।
 त्यस्तै गरेर कास्की जिल्लाको ल्वाङ घलेल गा बि स को ल्वाङ गाउ माथिको चियाबारी बाट पनि प्याराग्लाइडिङ गर्न सकिन्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् । 

प्रतिभा बोगटी पहिलो महिला पाईलट
करिव २ सयको हाराहारीमा रहेका पुरुष पाईलटहरुको बीचमा प्रतिभा वोगटीले व्यावसायिक रुपमा पहिलो नेपाली महिला प्याराग्लाइडिङ पाईलट बनेर उडान सुरु गरेकी छन् । सफल उडान गर्न थालेपछि पहिलो नेपाली प्याराग्लाइडिङ महिला पाईलटको रुपमा उनी आफ्नो परिचय बनाउन सफल भएकी छन् । प्याराग्लाईडिङ पाईलटहरुले मासिक एक लाख रुपैयाँ बढी तलव पाउने गरेका छन् ।








SOURCE:- http://www.onlinekhabar.com/2013/11/132969/