"के को बाहुन, के को कामी, के को जनजाति
जातका कुरा गर्नेहरु देशको लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गइ
मैले गुर्सिनी ल्याकै हो,
हामी नेपाली हौ मलाई त्यत्ति थाहा छ,
पशुपति शर्मा र देविका केसीले गाएको यो गीतमाथि धेरैजनाले धेरै तरिकाले टिप्पणी गरेको पाए । विशेषतः गैरदलित साथीहरुले गीतले राम्रो सन्देश दिएको भनि गरेको टिप्पणी सतही लाग्यो । केही दलित साथीहरु त्यहि हौवाको पछाडि लागेको पाइयो । मेरो विचारमा यसरी विश्लेषण गर्नेहरुले पुरै गीत सुनेकै छैनन् । मात्र माथिको एक अन्तरा र स्थाथी पढेकै भरमा कतिपयले प्रतिक्रिया जनाइरहेका छन् ।
यो गीतको उठानमै दोष छ । ‘के को बाहुन के को कामी, के को जनजाति’ को ठाउँमा ‘के को बाहुन, के को दलित, के को जनजाति’ राख्दा के विग्रिन्थ्यो ? ‘जातका कुरा गर्नेहरु देशको लागि घाती’ भनेर यहाँ सिधासिधा जनजातिहरुलाई लक्षित गरिएको छ । यहाँ कुनै ब्राह्मण, क्षेत्रीले दलितलाई भेदभाव ग¥यो भनेर उनीहरुलाई घाती भनिएको होइन । बरु जातीय पहिचानको कुरा जनजातिहरुले उठाइरहेका छन् । दलितहरुले न्याय र समानताको कुरा उठाइरहेका छन् । उनीहरुलाई घाती भनिएको हो । पहिचानको कुरा उठाउँदा जातजातिको कुरा उठायो भन्नु मनासिव हो र ? के जातीय पहिचान, न्याय र समानताको कुरा उठाउनेहरु देशको लागि घाती नै हुन् त ? ‘जातका कुरा गर्नेको दिमाग कहाँ छ?’ भनेर पनि जनजाति र दलितलाई नै भनिएको हो । अर्को कुरा यो गीतमा दलितको थरहरुलाई प्रयोग गरेर पहिचानवादीहरुलाई घोचपेच गरिएको छ । भन्नुपर्दा, छोरी कुटेर, बुहारी तर्साउन खोजिएको जस्तो देखिन्छ । यसको पुष्टि यो अन्तराले गर्छ :
‘कहाँबाट कसले हिड्यो जातको कुरा बोकी
जातको कुरा गर्नेले देश सिध्याउने हो की’
गीतमा ‘मेरो छोराले कमिनी ल्यायो, मेरो छोरी नी दमाईसित गई’ भनेर अन्तरजातीय विवाहलाई प्रोत्साहन दिन खोजिएको छ । तर यहाँ पनि कामी, दमाईको ठाउँमा दलित शब्द राख्न सकिदैन्थ्यो र? उनले गीतभरी कतै पनि ‘दलित’ शब्दलाई समावेश गरेका छैनन् । फेरि अन्तरजातीय विवाह समस्या समाधानको विधि होइन । यो त एउटा साधन मात्रै हो, साध्य होइन ।
उनको गीतको एउटा अन्तरा यस्तो छ :
‘एउटाको मन दुःख्दा खेरी अन्त पिडा जाओस्
कामीकोमा भात पाक्दा बाहुन खान आओस्’
यहाँ त झन कामी शब्द यसरी प्रयोग गरिएको छ कि यो कत्ति पनि श्रवणयोग्य हुन सकेको छैन । यहाँ कामीको ठाउँमा दलित राख्न किन सकेनन् ? दमाई, कामी शब्दप्रति उनलाई किन यति धेरै लगाव ? यी शब्दहरु उच्चारण गर्दा पशुपति ‘शर्मा’ र कथित उपल्लो जातिलाई आनन्द आउँला तर सुन्दा हामीलाई आवेगमा ल्याउँछ । फेसबुकमै केहि दलित साथीहरुले ‘हामी दमाई, कामीलाई दमाईकामी भन्दा के विग्रियो र! आफ्नो जातिप्रति गर्व गर्नुपर्छ’ भन्ने जस्ता प्रतिक्रिया लेखेको पनि देखे । तर हामीले गर्व गर्नुपर्ने दलित भएकोमा हो । होच्याउने, गिज्याउँने पाराले भनिएको शब्दले आवेग नै निम्त्याउछ, गर्व होइन । फेरि यी शब्द सामन्तीयुगबाटै आएका शब्दहरु हुन् । यसलाई दलितहरुले नै बोकेर हिड्नुपर्छ भन्नु पछौटे सोँचको उपज हो ।
यहि गीत रेडियो, टि.भीबाट बज्न थालिसक्यो । अब चियापसल, होटल, रेष्टुराँ, चोक, सवारीसाधन जताततै यो गीत बज्नेछ । त्यतिखेर जुन पाराले गीतमा होच्याएर भनिएको छ त्यो सुनेर दलितहरुमा हिनताबोध हुने छ । अब झन गैर दलितहरुले यो शब्दको प्रयोगमा बृद्धि गर्ने छन् । यसको परिणाम देखिन थालिसकेको छ । यो गीतको विरोध गर्नेहरुलाई गैरदलितहरुले फेसबुक, अनलाइन खबर लगायतका वेभसाईटमा गरेको गालीको स्तर यसको गतिलो प्रमाण हो ।
त्यसैले यो गीत दलितको पक्षमा छ वा सन्देश दिन खोजेको छ भन्ने बुझाई कम्तिमा मेरो छैन । यस्तो गीतले सन्देश दिने होइन सामाजिक सद्भाव भड्काउने काम गर्छ । संचारमाध्यमहरुले पनि यस्ता गीतलाई प्रवद्र्धन गर्नु हुँदैन ।
जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ मा कसैले श्रव्य, दृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै गरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन नहुने उल्लेख छ । सो कसूर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँचसय रुपैयाँदेखि दशहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तसर्थ सरकारले पनि तत्काल यो गीत र यसको म्युजिक भिडियोको प्रशारणमा रोक लगाउनुपर्छ । यो गीतको प्रशारणमा रोक लगाउन दलित राजनीतिकर्मी, अधिकारकर्मी, मानवअधिकारवादी र सम्पूर्ण सजगवर्गले दबाब दिनु आवश्यक छ ।
‘हामी नेपाली हौ’ भनेर नेपालीहरुलाई भावनात्मक रुपमा बाध्न खोजको भाव गीतमा दिने प्रयास गरेजस्तो देखाउन खोजिएको छ । तर पशुपति शर्माले भन्दैमा हामी नेपाली हुने नत्र नहुने भन्ने कदापी हुँदैन । गर्व साथ हामी नेपाली हौ भनेर भन्न कसैले कर लगाउन आवश्यकै छैन । आदिवासी जनजाति, दलित, मधेशी, पिछडिएका वर्गको अधिकारको लडाईलाई देश सिध्याउन खोजेको भनेर दोषारोपण गर्ने छुट पशुपति शर्मा र देविका के.सीलाई छैन ।
अन्तमाः यो राम्रो सन्देश ‘दिन खोजिएको’ तर सन्देश दिन पुरै असफल भएको गीत हो । यो गीतका एक दुई अन्तरा श्रवणयोग्य छन् तर सुरु देखिनै भएको गल्तिका कारण ति ओझेलमा पर्छन । यहि गीतमा प्रयोग भएको शब्दका कारण दलितहरुमा पिडाबोध उत्पन्न भएर सि.डिहरु जलाइए भने, पशुपति र देविकाको पुत्ला दहन गरियो भने या कुनै सार्वजनिक कार्यक्रममा उनीहरुमाथि ढुंगामुडा भयो भने यसको जिम्मेवार आफैलाई सम्झनुपर्ने बाध्यता उनीहरु सामु हुनेछ ।
source:सेतो परेवा डट कम
के को बाहुन, के को कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती"-गायक पशुपति शर्माचाँही के भन्छन गीतका बारेमा यो पनि हेर्नुहोस
http://nayayatri.blogspot.com/2014/07/blog-post_23.html

गीत यस्तो छ ,

2 टिप्पणियाँ:
comment laaai tippaniya lekhne timi wahiyat manchhe bhanda kamjori ka babjud pashupati ko geet swikarya chha....
Hoena ho, kami, damai, sarki ...jat ho, dalit jat hoena. Dalit kebal nischit samay Agadi bibed ko lagi sirjit sabda ho, aitihasik, sascritik sabda hoena. Jat ko sawal ma hami le Rastiya akatako Adhar nirman garna, sabaile sabaiko samman garna samabeta ko Awaj uthaAko ho, hamile jatiya bibed ko lagi jatiya kura gareko hoenau! K tapai lai lagxa ki yas bahas ko nyayochit niskarsa nahuda pani Rastiya ekata sambhab xa? Hami mathi soshan bhaAko hamro etihas ka sachji patra haru(buba, hajur buba) ajhai jibitai xa, tyasko kehi sawal bahas ma lyauna mildaina????