Showing posts with label फोटो सामाग्री. Show all posts
Showing posts with label फोटो सामाग्री. Show all posts

मोदीले नेपालीमा भाषण गर्दा....

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदको वैठकलाई सम्बोधन गर्ने क्रममा नेपाली भाषामा मन्तव्य सुरु गरेका छन् । आफ्नो लिखित नेपाली मन्तव्यमा उनले आफू धेरै बर्ष अघि नेपाल आएको र फेरि आउन पाउदा हषिर्त भएको बताए ।

उनले गरेको नेपाली मन्तव्यको अंश :
नेपाल आउन पाएकोमा अत्यन्तै हषिर्त छु । धेरैधेरै बर्षअघि एक पथिक यात्रीको रुपमा आएको थिए । यो भनाई छ कि, एकपटक तपाईंले एक पटक नेपालको भ्रमण गर्नुभयो भने यो जीवन पर्यन्त सम्बन्धमा बदलिन्छ । यस सुन्दर देशको साथीको रुपमा म फेरि फर्केर आएको छ । प्रधानमन्त्रीको हैसियतमा पुन आउन पाउदा वास्तवमै मैले भाग्यशाली महसुस गर्छु । यो यस्तो यात्रा थियो जुन म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्ने वित्तिकै गर्न चाहन्थे किनकी हाम्रो नेपालसंगको सम्बन्ध मेरो सरकारको उच्चतम प्राथमिकतामध्येको हो । निमन्त्रणा गर्नु भएकोमा म सरकारर नेपालका जनतालाई धन्यवाद दिन चाहन्छु ।

घुम्दै फिर्‍यौं माछापुच्छ्रे नमुना पदयात्रा-मीना थापा मगरको ल्वाङघलेल यात्रा


      मौसमको अनुकूल वातावरणले ति हिम श्रृङ्खला, छाँगा, छहरा र लहरै मिलेका बस्तीलाई हेर्ने हाम्रा नजरलाई भरपुर साथ मिलिरहेको थियो। लालीगुराँस, सुनाखरी, बुकीफुल र हिमलहरे फूलहरुको सुवासमिश्रित स्वच्छन्द हावाले हामीमा थप उर्जा प्रदान गरिरहेको थियो। बिचबिचमा बिभिन्न जाति अझ बिषेश गरी गुरुङ समुदायका संस्कारगत खानाका परिकार र स्थानीय स्तरमा उत्पादित ताजा भोजनले हामीलाई अमृत दिलाएको थियो। त्यहाँका स्थानीय समुदायले गरेको सत्कार र स्वागतले हामीमा प्रेरणा र उत्साह थपेकै  थियो। 


त्यसैले त हेर्दा आकाश जोडिने कैयौं डाँडा, पखेरा र पहरासँग मितेरी लगाउँदै, अनि हरियाली र बिभिन्न जातका बोटबिरुवाले भरिपूर्ण बनजंगलसँग प्राकृतिक साईनो लगाउँदै ३ दिनको पदयात्रा पछि पुग्यौं हामी खुमई डाँडा। यो समुन्द्र सतहबाट ३२४५ मिटर उँचाईमा पर्दछ। जहाँबाट धौलागिरी, मनास्लु, माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाका कुनाकाप्चा अवलोकन गर्न सकिन्छ। मानौं कि यी हिमश्रृङ्खलाका बलेसी खुमई हो भन्दा फरक नपर्ला। क्रियाशील पत्रकार महिला संघ कास्कीको आयोजनामा १७ जना पत्रकारहरुको टोलीले गत कात्तिक १७ गते शुरु गरेको माछापुच्छे्र नमुना पदयात्राके अन्तिम यात्रास्थल हो यो खुमई डाँडा।  
नागबेलि मर्दीखोला

उक्त पदयात्राको पहिलो दिनको यात्रा पर्यटकीय स्थल हेम्जाकोट, धम्पुस हुँदै खोरामुखबाट ल्वाङघलसम्मको थियों। पोखरा, बिशेष गरी गुरुङ जातिको बाहुल्यता भए तापनि वास्तविक गुरुङ जातिको संस्कारगत स्थलको पहिचान बल्ल त्यहाँ पुगेपछि पाए जस्तो लाग्यो मलाई। बिद्युत आपूर्ति हुँदाको अधेँरी रातमा पनि ति लहरै मिलेका घरका ढुङ्गाका छानाको प्रकाशले झन् दिव्य किरण छाईरहेको थियो। दिनभरिको हिँडाईले थकित भएतापनि गुरुङसेनी आमाको हातले बुनेको गुन्द्रीमाथि टुसुक्क बसी पिएको महकिलो मही र आकाशका तारा जस्ता सेतै लावा बनेका मकैको एकै गाँसले सबै थकाई र प्यास मेटाईदियो। सबै साथीहरु आ–आफ्नै सुरमा त्यहाँको सुन्दर रमणीय वातावरणसँग रमाउँदै थिए। यो पदयात्रा मेरो लागि पहिलो थियो सायद त्यसैले होला मलाई यो सुनौलो अवसरमा सुन्दर बस्तीसँग जिस्किन मन लाग्यो। छिनभरमै धेरै फोटो आफ्नो क्यामेरामा कैद गरें। बस्तीपच्छेका समुदायको सत्कार र स्वागत अनि उनीहरुको शिष्टाचार व्यवहार अति नै बिर्सन नसक्नु थियो।  
माछापुछ्रे हिमाल

हेम्जाकोट, धम्पुस र ल्वाङघलेल पोखरा नगरीबाट एक दिनमा घुमेर फर्कन सकिने स्थल हुन्। दुरीको हिसावले ति गाउँ पोखरा शहरबाट नजिक रहेता पनि त्यहाँको बिभिन्न जातजातिका संस्कारगत पहिचान त्यसमा पनि बिशेष गरी गुरुङ समुदायका रहन सहन, संस्कार, संस्कृति र परम्परागत जीवनशैली बिलकुल परक थियो। राष्ट्रियताको पक्षमा भाषण ओकल्ने हाम्रा महान् नेताहरु सायद त्यो ठाउँमा पुग्ने हो भने बल्ल बुझ्न सक्नेछन् नेपालको राष्ट्रियता, यथार्थता र गौरव के हो भनेर। उक्त गाउँमा विगत ४ वर्षदेखि होम स्टेको व्यवस्था गरिएता पनि अहिलेसम्म जम्मा ५ ओटा घरमा होम स्टेको व्यवस्था गरिएको र केही फाट्टफुट्ट पर्यटकहरु क्याम्पिङमा आउने गरेको स्थानीयबासीको भनाई थियो। यसैगरी धिताल हेम्जाकोटमा भने १५ वटा घरमा होम स्टेको व्यवस्था रहेछ। ल्वाङ्घलेल नगदेवाली चिया खेतीले पनि प्रख्यात मानिन्छ। यहाँ ६० लाख बराबरको चियाँ आम्दानी हुने र उत्पादित चिया डाईरेक्ट जर्मनमा निर्यात गरिएकोमा हाल भने बजार व्यवस्थापन राम्रो नभएकोले नेपालभित्रै बिक्री बितरण गर्ने भएको छ। 
घलेल गाउँ

भोलिपल्ट हामी चिया बगान र त्यहाँबाट देख्ने गाउँबस्ती र शिरैमा उभिएको हिमश्रृङ्खलाको अवलोकन गरी खोरामुख झर्यौंए। त्यहाँबाट रिभानको उकालो बाटो लाग्यौं। रिभान गाबिसको वडा नं. १ अन्तर्गत देउरालीमा खाना खाई मैचेडाँडा, हलहले हुँदै घाँचोक गाविसमा पर्ने ललका डाडाँमा हाम्रो क्याम्पिङ थियो हाम्रो। रिभान गाविस मगर गुरुङ बस्तीले भरिएको ठाउँ, जहाँ घलेक, बख्खु, भाङ्ग्रा, चकटी जस्ता सामाग्री आफैले तयार पार्दा रहेछन्। प्याराग्लाईडिङको लागि सम्भावना बोकेको मैचे डाँडाले थप पर्यटकको पर्खाइमा आफ्नो रुप समतल्ल रुपमा बिछ्याइरहेको थियो। अर्गानिक मलको प्रयोगद्धारा उत्पादित खाना र मर्दी खोलाको माछाको स्वाद सम्झ्यो भने अहिले पनि भोक आफै टर्लाजस्तो महसुस गराउँछ मलाई। हाम्रो यात्रा जति अगाडि बढ्यो उति नै नयाँ र सुनौला रुख बिरुवाहरु हाम्रो स्वागतका लागि अगाडि प्रस्तुत हुन्थे। घोरल, मलसाप्रो, मुसो, खरायो, ढुकुर, यति जस्ता बन्य जन्तु र चराचुरुङ्गीका सलवलावट घना जंगलको सुन्यतामा बीच सुन्न पाउँदा अनौठो खालको अनुभूति हुन्थ्यो।  
Pokhara Canyoning

हामीमध्ये ६ जना भरियाहरु प्राय अघिअघि नै हुन्थे। हामी ५/६ जनाको ग्रुप प्राय बीचमा पर्थ्यौं। घना जङ्गलबीच अगाडिको ग्रुप र पछाडिको ग्रुपलाई देख्न सकिँदैनथ्यो। कहिले काँही हामीले बाटो त बिराएनौ भन्ने भान हुन्थ्यो। एकचोटी त हामी बीचमा यता न उता भइरहेका थियौं। झमक्क रात परिसकेको थियो। जंगलबीच झ्याउकीरी र मलसाप्रोको आवाज बाहेक केही सुनिदैनथ्यो। जंगलको बाटो सबै छरिएका थिए। कता जाउँ कता जाउँ भइरहेको अवस्थामा थियौं। पछि आउने ग्रुप पनि त्यही बाटो आए अथवा अर्को बाटो गए खै कुन्नी? भन्दै त्यही जंगलमा अडिएर बसिरह्यौं। हाम्रो क्याम्पिङ स्थल ललका पुग्न कति समय लाग्छ अनुमान गर्न पनि सकेनौं किनकि हाम्रो गाईड अगाडि नै गईसक्नुभएको थियो। ठिक त्यही समयमा अन्धकार छाएको उन्यूको छाडी भित्रबाट आवाज आयो, मन झसङ्ग भयो। उ हामी भएतिर अगाडि बढ्यो, एकातिर उत्रो घना जंगलबीच निस्केको मान्छे को होला भन्ने डर, त्रास उब्ज्यो भने अर्कोतिर हामीलाई दिशानिर्देश गर्ला कि भन्ने आशा पनि पलायो। उसले केही भन्ने भन्दा पहिले हामीले प्रश्न गर्यौंि \'दाई ललका डाँडा पुग्न अब कति लाग्छ?\' 

उसले दाहिने कोखामा च्यापेको स्याउले घाँसको मुठा म नेरै बिसाउँदै भन्यो–\'यही माथि हो अब जम्मा पाँच मिनेट जति लाग्छ।\'  
यति भनेपछि हामीले एकछिन आनन्दको श्वास फेर्यौंी।  
मैले सोधे– \'तपाई कहाँ जान आउनुभएको यस्तो जंगलमा यतिबेला एक्लै?\' 
\'मेरो दुहुनो भैंसी हराएको २ दिन भयो गोठमा आएको छैन त्यसैले खोज्न गएको फेला परेन\' उसले लामो श्वास तान्दै भन्यो। 
तपाईंको घर कहाँ हो र दाइ भनी सोध्न नपाउँदै उसले भन्यो \'मेरो गोठ यही माथि हो, मेरो गोठ नजिकै हो नि क्याम्प ललका क्याम्प।\'  
अहिले भने उसको भैंसी हराएको दुःख बिर्सेर आज हामी आफ्नो गोठ नजिकै बस्न आएको देखेर खुसीको भाव व्यक्त्यायो। त्यस जङ्गलको एक्लो गोठालो भीमप्रसाद लम्सालसँग कुरा गर्दै हामी क्याम्पमा पुग्दा पाल टाँगिसकेका थिए। सधैँभरी त्यो घना जंगलको बीच एक्लै बस्ने गोठालो आज हाम्रो आगमनले पनि केही फुरुङ्ग थिए। केहीसमय सम्म उनीसँग कुराकानी गरी त्यहाँको परिवेश, वातावरण र त्यस भेगको गोठ राख्ने प्रचलनको बारेमा बुझ्ने मौका पाईयो। आफू सात वर्षको उमेर हुँदा देखि नै लेकमा भेडीगोठ बस्न थालेका भीमप्रसादलाई ति घना जंगलको स्वच्छ वातावरण र त्यहा हुर्केका चराचुरुङ्गी, पशुपंछीसँग रमाउन पाउदा खुशी छन्। 
जुका

उसले अहिले २५ ओटा भैसी पालेका छन् भने गोठमा जम्मा ३ ओटा साना पाडापाडी मात्र छन्। किनभने अरु सबै भैसी दिन रात जंगलमा नै छाडिने रहेछन्। बिहान पख १० रुपिया गिलास दुध पिएर हामी त्यहाँबाट उकालो लाग्यौं। हामी जति लेकतिर लाग्यौं उति नै लट्टा परेका झाडी, लहरे रुख, लाली गुरास र सुनाखरीका झ्याङ छिचोल्नु पर्दथ्यो। आफ्नो अस्तित्व बिर्सन लागेजस्तो गरी कठ्याङग्रिरहेका केही बुट्यानहरुलाई पनि लालीगुराँस, पैँयू, सुनाखरीजस्ता बडेमानका रुखहरुले ओत दिई जीवन रक्षा गरिरहेका थिए। हाम्रो तेस्रो दिनको क्याम्पिङ स्थल वा अन्तिम गन्तव्य स्थल थियो खुमई डाँडा। हिले खर्क, देउराली हुँदै खुमई पुग्दा करिब ४ बजेको थियो।  
युवा अभियान

हामी जति जति माथि चढ्यौं उति उती बनजंगलको झाडी पातलिँदो थियो। नाक टेकिने उकालो बाटो बाबियो र उन्यूको गाँज समाउँदै त कतै काठे भर्यााङ चढ्दै, ढुङ्गाको काप फोर्दै खुमईको टुप्पोमा पाईला टेक्दा मलाई शास्त्रमा उल्लेख गरिएको स्वर्ग नै होकी भन्ने भयो। त्यो उकालो चढ्दा खुमई डाँडाबाट देखिने यो रमणियताको कल्पना समेत गरेको थिईनँ। तीन दिनको हिँडाईको थकानले लखतरान परिरहेको थिएँ त्यसैले माथि पुगेपछि त एकछिन आराम गर्नुपर्ला भन्ने सोचेको थिएँ। तर त्यहाँ पुग्दा थकाई त के अनौठो खालको शक्ति ममा प्रवाह भएजस्तो लाग्यो। बस्ती बिनाको त्यो सुन्दर स्थलमा खोरल, हिउँचितुवा रमाईरहेका थिए। त्यसको अगाडि बैंश फुलाएकी हिमश्रृङ्खलाले चिउँडो माथि हात राखी लालुपाते र सुनाखरीको फूल सिउँरेर मख्ख परिरहेकी थिई। बालापनमा बाबाआमासँग गरिएको लाडप्यार आज माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र धौलागिरीको काखमा लुटपुटिँदै पोखुँजस्तो लाग्यो। दूरसम्म फैलिएका डाँडाकाँडा, गाउँपाखा, हरियाली बनजंगल, पोखरा शहर, पर्यटकीय क्षेत्र लाहचोक खाँचोक, ल्वाङ घलेल, धम्पुस, घान्द्रुकका बस्तीबीच पर्ने खुमई डाँडामा साँच्चै नै सोच्नै नसक्ने हथाह सुन्दरता पाएँ। तीन दिनको हिँडाई र थकाई भुसुक्कै बिर्सेर साथीहरु आ–आफ्नै तालमा र सुरमा रमणिय स्थलको सुटिङमा व्यस्त रहे। हिमालयको काखबाट बहने चिसो, स्वच्छ र सुमधूर हावा, आफ्नो सुन्दर, निश्चल बैंश पोख्नको लागि आतुरमा रहेकी हिमालय पर्वत र नयाँ पर्यटकको पर्खाईमा रहेको मौन वातावरणसँग एकैछिन वार्तालाप गर्न मन लाग्यो। यहीँ हो सुन्दर स्थल कोर्चुङडाँडा हुँदै मोदी हिमाल जाने मार्ग। जुन समुन्द्र  सतहदेखि ५ हजार ५ सय ८७ मिटर उचाईमा पर्दछ। विगत दुई वर्षदेखि सुरु गरिएको माछापुच्छ्रे नमुना पदयात्रा अन्तर्गत पर्ने उक्त ठाउँमा अहिलेसम्म २ हजार जना पर्यटकहरु आउने गरेको माछापुच्छ्रे पर्यटन विकास समितिका सचिव कर्ण गुरुङले जानकारी दिए।  
पानि घट्ट

भोलिपल्ट बिहान सूर्योदयको किरणले हामीलाई उठ्न झक्झकाईरहेको थियो। पालको सानो प्वालबाट पूर्व चियाई हेरे। भर्खरै बिवाह बन्धनमा बाँधिदै गरेकी नव बिवाहित युवतीले शिरमा सिन्दुर पोतेर हिमाललाई काखमा च्यापी मुस्कुराईरहेकी थिई। हामी पनि बाहिरियौं पालबाट, अनि नेपालको प्राकृतिक सुन्दरता, गौरव र शानप्रति गर्वित हुँदै सलाम दिएँ–  \'आहा....... अथाह सुन्दर छ नेपाल\'।  

ट्रेकिङ्को चौंथो दिन, तर भोलिल्ट तिहारको भाईटीका, जसरी पनि फर्कनुपर्थ्यो हामी। बिहानको मधुर दृश्यावलोकन पान गर्दै ८ बजेतिर तितो मन बनाएर रमणीय स्थल छोड्यौं हामी। कैंयौं नजर फर्काउँदै फेरि अर्कोचोटी भेट्ने बाचाका देउराली, पिपरा, करुवा, मिर्सा, तातोपानी, खारपानी हुँदै बेलुकी ७ बजे पोखरा झर्यौंर।  

घर फर्केपछि झन् ति दृश्यहरु एक एक पालैपालो नजरमा आए। प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि त्यसलाई लोकप्रिय बनाउन र त्यसको उचाई बढाउनको लागि आवश्यक पूर्वाधारको निर्माण नभएकोले मन खिन्न भएर आयो। साईनबोर्ड नरहेकाले हामी बीचबीचमा हराउने र अलमलमा पर्नुपर्योय। त्यसैले बीचबीचमा मार्ग निर्देशनको लागि साइनबोर्डको खाँचो तत्कालको अभाव देखिएको छ। बीचबीचमा पानी, पँधेरा र चियानास्ताको अभाव पदयात्रीले झेलिनु परेको छ। बाटोभरी फुलेका हिमाली फूल र औषधिजन्य बुटीहरुले संरक्षण खोजिरहेका छन्, त्यसको उचित संरक्षण, सदुपयोग हुन सकिरहेको छैन। त्यसैले यसप्रति सरकार लगायत सम्बन्धित निकायको छिटोभन्दा छिटो ध्यानाकर्षण होस् जबकी भविष्यमा जाने पर्यटकहरुको मन अझ भरिन सकून् र निर्धारित समयमा उनीहरु गन्तव्यस्थानमा पुग्न सकून्।

शब्द:- मीना थापा मगर, पोखरा
तस्वीर: ल्वाङ घलेलका साथिहरुको फेसबुक वाल

छोराले दलित ल्याएपछि पशुपति शर्मा तनावमा, गीतमाथि प्रतिबन्ध माग -दिपक परीयार को बिश्लेषण

"के को बाहुन, के को कामी, के को जनजाति
जातका कुरा गर्नेहरु देशको लागि घाती
जातका कुरा गर्नेको दिमाग कहाँ छ
मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गइ
मैले गुर्सिनी ल्याकै हो,
हामी नेपाली हौ मलाई त्यत्ति थाहा छ,
www.nayayatri.blogspot.com
पशुपति शर्मा र देविका केसीले गाएको यो गीतमाथि धेरैजनाले धेरै तरिकाले टिप्पणी गरेको पाए । विशेषतः गैरदलित साथीहरुले गीतले राम्रो सन्देश दिएको भनि गरेको टिप्पणी सतही लाग्यो । केही दलित साथीहरु त्यहि हौवाको पछाडि लागेको पाइयो । मेरो विचारमा यसरी विश्लेषण गर्नेहरुले पुरै गीत सुनेकै छैनन् । मात्र माथिको एक अन्तरा र स्थाथी पढेकै भरमा कतिपयले प्रतिक्रिया जनाइरहेका छन् ।
यो गीतको उठानमै दोष छ । ‘के को बाहुन के को कामी, के को जनजाति’ को ठाउँमा ‘के को बाहुन, के को दलित, के को जनजाति’ राख्दा के विग्रिन्थ्यो ? ‘जातका कुरा गर्नेहरु देशको लागि घाती’ भनेर यहाँ सिधासिधा जनजातिहरुलाई लक्षित गरिएको छ । यहाँ कुनै ब्राह्मण, क्षेत्रीले दलितलाई भेदभाव ग¥यो भनेर उनीहरुलाई घाती भनिएको होइन । बरु जातीय पहिचानको कुरा जनजातिहरुले उठाइरहेका छन् । दलितहरुले न्याय र समानताको कुरा उठाइरहेका छन् । उनीहरुलाई घाती भनिएको हो । पहिचानको कुरा उठाउँदा जातजातिको कुरा उठायो भन्नु मनासिव हो र ? के जातीय पहिचान, न्याय र समानताको कुरा उठाउनेहरु देशको लागि घाती नै हुन् त ? ‘जातका कुरा गर्नेको दिमाग कहाँ छ?’ भनेर पनि जनजाति र दलितलाई नै भनिएको हो । अर्को कुरा यो गीतमा दलितको थरहरुलाई प्रयोग गरेर पहिचानवादीहरुलाई घोचपेच गरिएको छ । भन्नुपर्दा, छोरी कुटेर, बुहारी तर्साउन खोजिएको जस्तो देखिन्छ । यसको पुष्टि यो अन्तराले गर्छ :
‘कहाँबाट कसले हिड्यो जातको कुरा बोकी
जातको कुरा गर्नेले देश सिध्याउने हो की’
गीतमा ‘मेरो छोराले कमिनी ल्यायो, मेरो छोरी नी दमाईसित गई’ भनेर अन्तरजातीय विवाहलाई प्रोत्साहन दिन खोजिएको छ । तर यहाँ पनि कामी, दमाईको ठाउँमा दलित शब्द राख्न सकिदैन्थ्यो र? उनले गीतभरी कतै पनि ‘दलित’ शब्दलाई समावेश गरेका छैनन् । फेरि अन्तरजातीय विवाह समस्या समाधानको विधि होइन । यो त एउटा साधन मात्रै हो, साध्य होइन ।
उनको गीतको एउटा अन्तरा यस्तो छ :
‘एउटाको मन दुःख्दा खेरी अन्त पिडा जाओस्
कामीकोमा भात पाक्दा बाहुन खान आओस्’
यहाँ त झन कामी शब्द यसरी प्रयोग गरिएको छ कि यो कत्ति पनि श्रवणयोग्य हुन सकेको छैन । यहाँ कामीको ठाउँमा दलित राख्न किन सकेनन् ? दमाई, कामी शब्दप्रति उनलाई किन यति धेरै लगाव ? यी शब्दहरु उच्चारण गर्दा पशुपति ‘शर्मा’ र कथित उपल्लो जातिलाई आनन्द आउँला तर सुन्दा हामीलाई आवेगमा ल्याउँछ । फेसबुकमै केहि दलित साथीहरुले ‘हामी दमाई, कामीलाई दमाईकामी भन्दा के विग्रियो र! आफ्नो जातिप्रति गर्व गर्नुपर्छ’ भन्ने जस्ता प्रतिक्रिया लेखेको पनि देखे । तर हामीले गर्व गर्नुपर्ने दलित भएकोमा हो । होच्याउने, गिज्याउँने पाराले भनिएको शब्दले आवेग नै निम्त्याउछ, गर्व होइन । फेरि यी शब्द सामन्तीयुगबाटै आएका शब्दहरु हुन् । यसलाई दलितहरुले नै बोकेर हिड्नुपर्छ भन्नु पछौटे सोँचको उपज हो ।
यहि गीत रेडियो, टि.भीबाट बज्न थालिसक्यो । अब चियापसल, होटल, रेष्टुराँ, चोक, सवारीसाधन जताततै यो गीत बज्नेछ । त्यतिखेर जुन पाराले गीतमा होच्याएर भनिएको छ त्यो सुनेर दलितहरुमा हिनताबोध हुने छ । अब झन गैर दलितहरुले यो शब्दको प्रयोगमा बृद्धि गर्ने छन् । यसको परिणाम देखिन थालिसकेको छ । यो गीतको विरोध गर्नेहरुलाई गैरदलितहरुले फेसबुक, अनलाइन खबर लगायतका वेभसाईटमा गरेको गालीको स्तर यसको गतिलो प्रमाण हो ।
त्यसैले यो गीत दलितको पक्षमा छ वा सन्देश दिन खोजेको छ भन्ने बुझाई कम्तिमा मेरो छैन । यस्तो गीतले सन्देश दिने होइन सामाजिक सद्भाव भड्काउने काम गर्छ । संचारमाध्यमहरुले पनि यस्ता गीतलाई प्रवद्र्धन गर्नु हुँदैन ।
जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ मा कसैले श्रव्य, दृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै गरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन नहुने उल्लेख छ । सो कसूर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँचसय रुपैयाँदेखि दशहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तसर्थ सरकारले पनि तत्काल यो गीत र यसको म्युजिक भिडियोको प्रशारणमा रोक लगाउनुपर्छ । यो गीतको प्रशारणमा रोक लगाउन दलित राजनीतिकर्मी, अधिकारकर्मी, मानवअधिकारवादी र सम्पूर्ण सजगवर्गले दबाब दिनु आवश्यक छ ।
‘हामी नेपाली हौ’ भनेर नेपालीहरुलाई भावनात्मक रुपमा बाध्न खोजको भाव गीतमा दिने प्रयास गरेजस्तो देखाउन खोजिएको छ । तर पशुपति शर्माले भन्दैमा हामी नेपाली हुने नत्र नहुने भन्ने कदापी हुँदैन । गर्व साथ हामी नेपाली हौ भनेर भन्न कसैले कर लगाउन आवश्यकै छैन । आदिवासी जनजाति, दलित, मधेशी, पिछडिएका वर्गको अधिकारको लडाईलाई देश सिध्याउन खोजेको भनेर दोषारोपण गर्ने छुट पशुपति शर्मा र देविका के.सीलाई छैन ।

अन्तमाः यो राम्रो सन्देश ‘दिन खोजिएको’ तर सन्देश दिन पुरै असफल भएको गीत हो । यो गीतका एक दुई अन्तरा श्रवणयोग्य छन् तर सुरु देखिनै भएको गल्तिका कारण ति ओझेलमा पर्छन । यहि गीतमा प्रयोग भएको शब्दका कारण दलितहरुमा पिडाबोध उत्पन्न भएर सि.डिहरु जलाइए भने, पशुपति र देविकाको पुत्ला दहन गरियो भने या कुनै सार्वजनिक कार्यक्रममा उनीहरुमाथि ढुंगामुडा भयो भने यसको जिम्मेवार आफैलाई सम्झनुपर्ने बाध्यता उनीहरु सामु हुनेछ ।
गीत यस्तो छ ,

source:सेतो परेवा डट कम
के को बाहुन, के को कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती"-गायक पशुपति शर्माचाँही के भन्छन गीतका बारेमा यो पनि हेर्नुहोस
http://nayayatri.blogspot.com/2014/07/blog-post_23.html

मलाई सधैं सहयोग गरिरहनुहोला : तेरिया मगर (अन्र्तवार्ता)

       तेरिया फौजा मगर, भारतीय टेलिभिजन ‘जीटिभी’बाट प्रशारण भएको रियालिटी शो ‘डान्स इन्डिया डान्स लिटिल मास्टर सिजन थ्री’ विजेता । रुपन्देहीकी १२ वर्षीया तेरियाले छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेकी हुन् ।
www.nayayatri.blogspot.com
तेरिया मगर

१. डीआइडी लिटिल मास्टर सिजन थ्रीको उपाधि जितेपछि अहिले कस्तो महशुस भइरहेको छ ?
पहिला त सम्पूर्ण नेपाली आमा बुवा दिदीबहिनी तथा दाजुभाइलाई मेरो नमस्कार । म तपाइँहरु सबैलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । मेरो ट्यालेन्ट र तपाइँहरुको महत्वपूर्ण भोटको सहयोगले नै म डीआइडी लिटिल मास्टर सिजन थ्रीको विजेता बन्न सफल भएँ ।

म तपाइँहरुको जीवनभरि नै आभारी रहनेछु । मलाई यसरी नै सधैं सहयोग गरिरहनुहोला । तपाइँहरुको सहयोग, साथ र माया पाइरहेमा एक न एक दिन म नेपालको नाम विश्वमा चम्काउने छु ।

डीआइडी लिटिल मास्टरको उपाधि जितेपछि आफूलाई अत्यन्तै भाग्यमानी ठानेकी छु । जतिबेला यो प्रतियोगितामा सहभागी भएको थिए, त्यतिबेलादेखि नै उपाधि जितौँ र आमाबुवा अनि देशको नाम विश्वमा चिनाउँ भन्ने लागेको थियो । त्यो सपना पूरा भएको छ । अत्यन्तै खुशी लागेको छ ।

२. डीआइडी लिटिल मास्टरको उपाधि जितेर आएपछि तपाइँलाई नेपालका विभिन्न जिल्लाहरुमा अभिनन्दन भइरहेको छ । यो सम्मानलाई कसरी लिनुहुन्छ ?
मलाई सबै नेपालीहरुले उपाधि जित्नुअघि जति सहयोग र माया गर्नु भएको थियो, उपाधि जितेपछि पनि त्यति नै माया गर्नुभएको छ । जसले गर्दा विभिन्न जिल्लाबाट सम्मानित भइरहेकी छु । यसबाट मलाई अगाडि बढ्न एकदमै हौसला मिलेको छ ।

३. डीआइडी लिटिल मास्टरमा कसरी सहभागी हुन पुग्नुभयो ?
सानै उमेरदेखि नाच्न भनेपछि म खुब मन पराउँथे । मैले नर्सरी कक्षामा पढ्दादेखि नै नृत्य प्रतियोगितामा सहभागिता जनाउन थालेकी थिए । नर्सरी कक्षामा पढ्दा सानै भएपनि नृत्य प्रतियोगितामा उपाधि जित्नेक्रम त्यहीबाट सुरु भएको थियो ।

मैले थाहा पाएसम्म कुनैपनि नृत्य प्रतियोगिताहरु मैले छुटाएको छैन । नृत्यका लागि मेरो प्रयास भइरहन्थ्यो । मैले कहिले पनि दोस्रो हुनु परेन । डीआइडी लिटिल मास्टर सिजन टु म एकदमै हेरिरहन्थे । पछि सिजन थ्री आयो । टिभीमा सिजन थ्रीका लागि जयपुर, मुम्बई, दिल्ली लगायतका ठाउँमा अडिसन हुँदैछ भने थाहा पाएँ ।

मैलै धेरै नृत्य प्रतियोगिताहरु जितेको हुनाले डीआइडीमा सहभागी हुने हौसला मिलेको थियो । त्यसपछि मैले मेरो ममीलाई भने–एक पटक प्रयास गर्दैमा के नै हुन्छ र ? त्यसपछि घरमा सल्लाह भयो ।

अनि, हामी अडिसन दिन मुम्बई गयौँ । नेपालीले अडिसन दिन पाइन्छ की पाइन्न भनेर कुराकानी भयो । जीटिभिले नेपालबाट पनि भाग लिन पाइने तर छनोट नभए त्यसै फर्काउन गाह्रो हुने बताउँदै बरु त्यसको साटो हिन्दी गीतमा नाचेको भिडियो पठाउन भन्यो । हामीले पनि भिडियो पठायौँ, त्यसलाई जीटिभीले स्वीकार ग¥यो । त्यसपछि नै मेरो नृत्यको सफर सुरु भयो ।

४. तपाइँलाई प्रतियोगितामा सहभागी हुने क्रममा भारत लैजानेदेखि अन्य काममा क–कसको सहयोग रह्यो ?
मेरो ममीले एकदमै धेरै सहयोग गर्नुभयो । पहिलो अडिसन र मेघा अडिसनमा भने मसँग बाजे हुनुहुन्थ्यो । त्यसपछि भने ममी नै मेरो साथमा हुनुहुन्थ्यो ।

५. डीआइडी लिटिल मास्टर्सका जजहरुको प्रतिक्रिया तपाइँप्रति कस्तो रहन्थ्यो ?
मेरो पहिलो शो नै राम्रो भएकाले उहाँहरुले ‘नाइस् एक्ट’ भनेर प्रसंशा गर्नु भएको थियो । त्यसमा पनि मलाई अघिल्लो लिटिल मास्टर्सकी प्रतिस्पर्धी सोम्या राई जस्तै भनेर उहाँहरुले भन्ने गर्नुहुन्थ्यो । निर्णायक मण्डलका एक सरले मेरो नृत्य सहकर्मी गौरभ र मेरो युगल नृत्य हेरेपछि, गौरभ तिमीले बलिउड नृत्य एकदमै राम्रो गर्छौँ । तर, आज तिमीलाई तेरियाले टक्कर दिइन् भनेर मेरो पहिलो शोमा नै प्रसंशा गर्नुभएको थियो । जसबाट म अत्यन्तै खुशी भएकी थिए ।

६. तपाइँले मुम्बईमा रहेर नृत्य गर्ने क्रममा धेरै कुराहरु सिक्न अवसर पाउनुभयो । सिक्ने–सिकाउने कुरामा नेपाल र त्यहाँ के–कति फरक रहेछ ?
नेपालमा हुँदा म दिनमा एक घन्टा जति नृत्य सिक्थें । यहाँ नृत्य सिक्दा दिनमा एउटा एउटा मात्रै स्टेप सिकेर घर गइन्थ्यो । तर, मुम्बईमा बिहान सात बजेदेखि १२/४ बजेसम्ममा एकै दिन लगाएर एउटा सिंगै गीत सिध्याउन लगाइन्थ्यो । यहाँ र त्यहाँमा सिकाउने कुरामा धेरै फरक छ । जसले गर्दा मैले धेरै कुराहरु सिक्न पाएको छु । फेरि मुम्बईमा ६ महिना जति बसेकाले अहिले मेरो बोलीको लवज पनि हिन्दी जस्तै भएको छ । तर......जे गर जसो गर, जतासुकै लैजाऊ मलाई, यो मन त नेपाली हो....!

काठमाडौं विमानस्थलमा तेरिया फौजा ।
डान्स इन्डिया डान्स (डिआइडी) प्रतियोगिताका लागि चार महिनादेखि भारतको मुम्बईमा रहेकी तेरिया अन्तिम पाँचमा छनोट हुने निश्चित भएपछि रूपन्देहीमा नृत्य छायांकनका लागि जीटीभीको टोलीसहित आएकी छन् ।

काठमाडौं विमानस्थलमा तेरिया फौजा । 
तेरियाले नेपालमा रहँदा नृत्य प्रस्तुत गर्ने र आफूलाई भोट दिन आग्रह गर्ने कार्यक्रम छ। १४ वर्ष उमेरसम्मका ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै उनी भोटिङ उत्कृष्ट १० मा पुगेकी थिइन्।

काठमाडौं विमानस्थलमा तेरिया फौजा ।
आकर्षक नृत्य कलाका कारण निर्णायकको मन जितेकी उनले दर्शकबाट पनि सर्वाधिक भोट पाइरहेकी छन् । प्रतियोगिताको अन्तिम पाँचजनामा छनोट हुने तेरिया पहिलो नेपाली र कम उमेरकी प्रतियोगी हुन्।
काठमाडौं विमानस्थलमा तेरिया फौजा ।
मुम्बईबाट काठमाडौं हुँदै भैरहवा आइपुगेकी तेरियाको टोलीलाई गौतमबुद्ध विमानस्थलमा विभिन्न संघसंस्था र तेरियाका आफन्तले भव्य स्वागत गरेका छन् ।

भैरहवा विमानस्थलमा तेरिया । 
भैरहवा हुँदै बुटवल र उनको जन्म गाउँ रुद्रपुर पुग्दासम्म उनको स्वागतमा हुने सबै गतिविधिको जिटिभीले छायांकन र प्रसारण गर्ने भएको छ ।

भैरहवा विमानस्थलमा तेरिया । 
बागेश्वरी संगीतालय बुटवलकी प्रशिक्षार्थी तेरिया रुद्रपुरस्थित विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। तेरियाले गत वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम भएकी थिइन् ।

भैरहवा विमानस्थलमा तेरिया । 
डीआईडी लिटिल मास्टर्सको उपाधि विजेताले ५० लाख भारु नगद र कारलगायतका उपहार प्राप्त गर्नेछन्।

७. मुम्बईमा नृत्य सिक्ने क्रममा तपाइँलाई सिकाउनु हुने गुरुहरुको बानी–व्यवहार कस्तो पाउनुभयोे ?
उहाँहरुले हामीलाई कहिले पनि भेदभाव गर्नु भएन । उहाँहरुले अरु साथीहरु समान मलाई पनि माया गर्नुभयो । माया गरेर सिकाउनु हुन्थ्यो । राम्रो नृत्य गरेको खण्डमा उहाँहरुले गिफ्ट दिने गर्नुहुन्थ्यो । चक्लेटहरु दिने गर्नुहुन्थ्यो ।

८. मुम्बई लामो समयसम्म बस्दा कहिलेकाँही घरको याद आउँदैनथ्यो ?
पहिला–पहिला निक्कै अफ्ट्यारो महशुस हुन्थ्यो । त्यसमा पनि कहिले हिन्दी नबोलेको भाषाको समस्याले झन् गाह्रो भएको थियो । जसले गर्दा कहिलेकाही बोल्ने क्रममा नेपाली शब्द नै मुखबाट निस्कन्थ्यो । बिस्तारै हिन्दी बोल्न थालेपछि सजिलो हुँदै गयो । सुरुको अढाई महिना जति मेरो साथमा ममी हुनुहुन्नथ्यो । त्यसबेला बाजे हुनुहुन्थ्यो । ममी नभएकाले सुरुको महिनामा कसैसँग बोल्न पनि मन लाग्दैनथ्यो । खाली ममीको याद मात्रै आउने, फोनमा ममीसँग कुरा गर्दै रुने गर्थे । जसका कारण मेरो नृत्य पनि राम्रो हुन्दैनथ्यो । तर, पछि ममी आउनुभयो, खुशी लाग्यो ।

९. प्रतिस्पर्धी साथीमध्ये तपाइँको मिल्ने साथी को थियो ?
मेरा दुई बेस्ट फ्रेन्ड थिए । अनुष्का र राजीव ।

१०. फाइनलमा उनै अनुष्कालाई नै पछि पार्दै तपाइँले उपाधि जित्नुभयो, कस्तो लागेको थियो त्यतिबेला ?
मलाई एकदमै खुशी लागेको थियो । खुशी व्यक्त गर्ने शब्द नै छैन । फाइनल राउन्डमा परेदेखि नै मलाई जित्छु जस्तो लागेको थियो । जब विजेताको नाम घोषणा भयो, त्यतिबेला मलाई ठूलै झड्का महशुस भयो । र, मेरो एउटा सपना पनि पूरा भयो । मेरो देश र परिवारको नाम चम्काउन पाएँ ।

११. तपाइँ फाइनल राउन्डमा नाचिरहेको अवस्थामा एउटा बाकसमा तपाइँका लागि गिफ्ट आएको थियो । त्यसभित्रबाट तपाइँको बाबा बाहिर निस्कनुभएको थियो । त्यो भन्दा अगाडि तपाइँलाई आफ्नो बाबा आउनुभएको छ भनेर थाहा थियो ?
नाई, मलाई कसैले पनि भन्नुभएको थिएन । मलाई शंका चाँही लागेको थियो । तर, मैले त्यहाँ खोज्दा खेरी भेट्टाइन, त्यसपछि मेरो आशा नै हराइसकेको थियो । जब मैले मेरो बाबालाई एक्कासी मेरो अगाडि पाएँ, त्यतिबेला विजेता बनेको भन्दा पनि धेरै खुशी लागेको थियो ।

१२. डीआइडी शोका क्रममा ग्रान्ड मास्टरका रुपमा रहेका ‘मिथुन दादा’मा तपाइँले के पाउनुभयो, उहाँ कस्तो व्यक्ति हुनुहुँदोरहेछ ?
ग्रान्ड मास्टरले मलाई एकदमै माया गर्नुहुन्थ्यो । मलाई नेपालकी रानी भन्नुहुन्थ्यो । ‘मेरो एउटा फेब्रेट कन्टेस्टेन्ड हो, गर्लफ्रेन्ड हो’ भन्नुहुन्थ्यो ।  मैले उहाँको एकदमै माया पाएँ । विश्रामको समयमा हामी उहाँसँग कुराकानी गथ्र्याँ ।

यसक्रममा एक पटक ग्रान्ड मास्टरले नेपालीमै भन्नुभएको थियो– ‘नेपालका दाजुभाइ, दिदीबहिनी, आमाबुबा सबैलाई मेरा तर्फबाट हाई ! नमस्कार भनी देऊ है ।’ त्यसपछि म तुरुन्तै नेपाल आउन पाइँन र भन्न पाएको थिइन तर आज तपाइँले ठ्याक्कै सम्झाइ दिनुभयो, भन्न पाएँ ।

१३. अब तपाइँ नेपालमै बसेर अगाडि बढ्नुहुन्छ की मुम्बई जानुहुन्छ ?
राम्रो कोरियोग्राफर हुने मेरो एउटा सोंच छ । त्यसैले मेरो करियर जहाँ राम्रो हुन्छ म त्यही बस्छु । यदि नेपालमा राम्रो भएन भने म मुम्बई गएर सिकेर फेरि नेपालमै आउने छु । र, सिकेको कुरा नेपालमा सिकाउन चाहन्छु । साथै नयाँ–नयाँ डान्स फर्महरुको निर्माण गर्न चाहन्छु । भारतको नृत्यको जुन उचाई छ त्यही लेभलमा नेपालको नृत्यलाई पनि पुर्याउन प्रयास गर्नेछु ।

१४. तपाइँले डीआइडी लिटिल मास्टर्स सिजन थ्रीको उपाधिसँगै जित्नुभएको नगद पुरस्कारका बारेमा विभिन्न खाले कुरा आएका छन् । कतिले ५० लाख भारु र एउटा कार जितेको भन्छन्, कतिले दश लाख भारु भन्छन् कुन चाँही सही हो ?
यस्तो हल्लाबारे मलाई थाहा थिएन । मैले जितेको नगद दश लाख भारु र केबी थ्री कप मात्रै हो । ५० लाख भारु भनेको ‘नचबलिए’ जस्ता ठूला नृत्य प्रतियोगिताको पुरस्कार हो भने कार चाँही डीआइडीको ठूलाहरुको नृत्य प्रतियोगिताको पुरस्कार हो ।

१५. विजेता भएर आएदेखि पछिल्लो समय तपाइँ सम्मान कार्यक्रमहरुमा व्यस्त हुनुहुन्छ, यो क्रम अझै केही समयसम्म चलिरह्यो भने तपाइँको पढाईलाई असर गर्दैन ?
नेपाली दाजुभाइ, दिदीबहिनी तथा बुबाआमाको भोटिङको सहयोगले नै मैले उपाधि जित्न सफल भएकी हुँ । त्यसैले अहिले मैले उहाँहरुको सम्मानका लागि समय दिनै पर्छ । म मेरो पढाई छाड्ने छैन, चाँडै स्कूल जान थाल्ने छु ।

१६. अन्त्यमा तपाइँका सुभचिन्तकहरुलाई केही भन्न चाहनुहुन्छ ?
म तीनओटा कुरा भन्न चाहन्छु । पहिला त मलाई तपाइँहरुले साथ दिनुभएकोमा धेरै–धेरै धन्यवाद । मलाई सधैँ यसरी नै सहयोग गरिरहनुहोला । दोस्रो, जसरी मेरो ममीले मेरो इच्छा बुझेर मलाई नृत्य सिक्ने अवसर दिनुभयो, त्यसरी नै तपाइँहरुले पनि आफ्नो छोराछोरीको इच्छा बुझ्ने कोशिस गर्नुस् । र, मात्रै छोराछोरीको भविष्य बनाउने सोच बनाउनुस् । तेस्रो, जुन कुनै प्रतियोगितामा सहभागिता जनाउने प्रयास गर्नुस्, सोनो होस् वा ठूलो । सानोबाट नै ठूलो ठूलो हुँदै जाने भएकाले तपाइँले प्रयास गर्दै जानुभयो भने एक न एक दिन तपाइँलाई सफलता मिल्ने छ ।



प्रस्तुतिः कमल राना ।
तस्वीर: बबिता बुढाथोकी /ऋषिराम कट्टेल

आफन्त कोहि इराकमा हुनुहुन्छ ? चाँडो नेपाल बोलाउनुहोस , यस्तो भयानक हबिगत छ, ईराकको फोटो फिचर.....

सामाजीक संजालमा राखिएका र स्वतन्त्र रुपमा पुष्टि नभएका तस्वीरहरुमा, उत्तरी इराकमा चरम 

विचारका उग्रवादीहरुले मुसलमानहरुका धार्मिकस्थलहरु नष्ट गरिरहेका देखिन्छ।

केहि तस्वीरहरुमा मोसुल शहरको एउटा प्रसिद्ध शिया मस्जीद अल कुब्बा हुसैनीयालाई विस्फोट गरेर

 नष्ट गरिएको देखिएको छ।

मोसुलमै रहेको र "केटीको चिहान" को नामले प्रसिद्ध अर्को धार्मिकस्थलमा उग्रवादीहरु बुलडोजर 

चलाएका थिए।


उग्रवादीहरुको चरमपन्थी विचारका अनुसार चिहान र अवशेषहरुलाई विशेष मानसम्मान दिइनु 

इस्लामको शिक्षाको विपरीत हो।



मोसुल भन्दा ५० किलोमिटर पश्चिममा अवस्थित ताल अफार शहरमा रहेको साआद बिन अकीइल

 हुसैनीया मस्जीदलाई पनि उग्रवादीहरुले भत्काइदिएका छन्।



आइएसआइएस समूहसंग सम्बद्ध ठानिएका ति उग्रवादीहरुले मोसुलमा रहेका गिर्जाघरहरुमा पनि 

आक्रमण गरेका बताइएको छ।


ताल अफार शहर नजीकैको महलाबिया क्षेत्रमा अवस्थित एउटा पवित्र चिहान र धार्मिक स्थललाई 

पनि बुलडोजर चलाएर नष्ट गरिएको तस्वीरहरु सार्वजनिक गरिएको छ।



उग्रवादीहरुले शिया र सुन्नी दुवै मुसलमान समुदायले पवित्र मान्दै आएका मस्जीदहरु र 

धार्मिकस्थलहरुलाई आक्रमण गरेका छन् र आफूलाई स्वीकार्य नभएका अन्य धार्मिकस्थलहरुमा पनि आक्रमण गर्ने बताएका छन्।




SOURCE:बीबीसी 

नदेखिने नम्बरबाट फोन आएर दुख दियो ? यसो गर्नुस्

यदि तपाइँलाई कसैले नदेखिने नम्बर अर्थात अननोन नम्बरबाट फोन गरेर हैरान पारेको छ भने चिन्ता नगर्नुस् । नम्बर पत्ता लगाउने तरिका कठिन छैन । स्मार्ट फोनको आजको युगमा एप्सको कमि छैन । प्राइभेट कलर वा नदेखिने नम्बर पत्ता लगाउन कुनै ट्रिक जरुरी छैन यसलाई इन्टरेनेटमा पाइने सफ्टवेयर र एप्स भए पुग्छ । एन्ड्रोइड र ios दुवै अपरेटिङ सिष्टममा युजर्सलाई यस्ता एप्स सहजै पाहिन्छ ।   यहाँ नदेखिने नम्बर पत्ता लगाउने ५ एप्सको जानकारी प्रस्तुत गरिएको छ ।
unknown caller
MOBILE NUMBER LOCATOR मोबाइल नम्बर लोकेटर नामको यो ऐप भारत, नेपाल, अमेरिका र कनाडा लगायतका क्षेत्रमा काम गर्छ । यदि कसैले अननोन नम्बरबाट फोन गर्यो भने यो एप डाउनलोड गर्यो भने यसले टेलिकमको जानकारी र सबै डाटा पत्ता लगाइदिन सक्छ । नम्बर लोकेट गरेपछि यसले गूगल म्यापको सहयोगले स्थान पनि पत्ता लगाइदिन्छ भने यो एपले कुन शहर वा राज्यबाट फोन गरेको समेत बताइदिन्छ । यसको सबै भन्दा राम्रो गुण बिना इन्टरनेट समेत काम गर्छ । यो एपले देखाइरहेको जानकारी हटाउन मन लागे अफ बटन थिच्न सकिन्छ त्यसो गर्दा पनि फोन भने कट्दैन । 
unknown caller 1
TRUE CALLER यो हाल सम्मकै सबै भन्दा बढी मोबाइल नम्बरको डाटाबेस रहेको दावी गर्ने एप्स हो । यसबाट जुनसुकै देशको नम्बर पनि पत्ता लगाउन सकिन्छ । यो प्रयोग गर्न इन्टेरनेट चाहिन्छ तर इन्टरनेट भए जहाँबाट गरेको नम्बरको पनि सबै जानकारी स्क्रिनमा देखिन्छ । फोन उठाउनु अघि नै कहाँबाट कस्ले गरेको फोन भन्ने कुरा थाहा पाउन यो एप्सले मद्दत गर्छ । त्यतिमात्र होइन ब्लफ कलहरु ब्लक गर्ने सुविधा पनि यसले दिएको छ ।
line whose call
LINE whoscall- Caller ID&Block
लाइन कर्पोरेशनले बनाएको यो एप्सले कल डिटेल्स पत्ता लगाउन मद्दत गर्नुका साथै नचाहिने कल ब्लक गर्न पनि सहयोग गर्छ । यसको निर्माता TechCrunch ले रेटिङमा स्पाम कल्सबाट प्रयोगकर्तालाई छुट दिने भनेको छ । यसमा कलर आइडेन्टिफिकेसन सुविधा छ भने युजरले दिएको जानकारी सबै डिस्प्ले देखिन्छ । यो एप्स राखिसकेपछि फोन आउँदा कलरको नम्बर डिटेल्स र अन्य रिपोर्ट समेत देखिन्छ । त्यसैगरी यसले ब्लफ कल र एसएमएस पनि ब्लक गरिदिन्छ । यो एप्सले गुगल प्लेमा दिएको जानकारी अनुसार ६० करोड फोन नम्बर छन् ।

Calls Blacklist
यो एप्स पनि अननोन नम्बरले दुख दिएकाहरुका लागि सहयोगी हुन सक्छ । यसले पनि स्मार्टफोनमा आएका ब्लफ कल र एसएमएस ब्लक गर्न सक्छ । यसमा कुनै पनि नम्बरबाट आएका कल वा एसएमएस ब्लक गर्नका लागि लिष्ट नै बनाउन सकिन्छ । वा कुनै नम्बरको जानकारी चाहिए पनि यसमा लिष्ट गरिदिएपछि कल वा एसएमएस आउँदा जानकारी समेत आउँछ ।
call block list

TalkSide यो पनि गोप्य नम्बर पत्ता लगाउनका लागि चर्चित एप्स हो । यसमा फोन गर्ने ब्यक्तिको फेसबुक र अन्य सामाजिक सञ्जालमा भएका जानकारी समेत उपलब्ध गराइदिन्छ । यसले कलर सम्बन्धी सबै डाटाबेस स्क्रिनमा देखाउँछ । यसले पनि सामाजिक सञ्जालमा नोटिफिकेसन दिन्छ र इनकमिङ र आउट गोइङ कल्सको रेकर्ड समेत राखिदिन्छ ।
talk side
source:http://nepaliheadlines.com/2014-07-05-07-34-55.html

ल्वाङ घलेलको अर्को पहिचान क्यानोनिङ

पोखराबाट करिब २७ किलोमिटर टाढाको ल्वाङघलेलको घलेल गाउँमा क्यानोनिङ (पानीको छहरामा डोरीमा झुण्डिएर रमाउने खेल) को सुरु गरिएको छ । पोखरा सहित ल्वाङघलेल गाउँको पर्यटन प्रवद्र्धन गर्नका लागि घट्टेखोलाको कुदीछहरालाई क्यानोनिङस्थलको रुपमा विकास गर्न गाउँले कस्सिएका हुन् । साहसिक पर्यटक आकर्षण गर्नका लागि सुरु गरिएको क्यानोङिको शनिबारदेखि औपचारिक सुरुवात गरिएको छ ।
पर्यटकीय दृष्टिले ओझेलमा परेको यो छहरालाई क्यानोनिङस्थलको रुपमा उपयोग गर्दै विदेशी पर्यटक भित्रयाउने प्रयास गरेको ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्माले बताए । केहिदिनदेखि यसको परिक्षण गरिएको भएपनि शनिबारदेखि औपचारिक रुपमा यसलाई सुरुवात गरिएको हो । एकसय ७ मिटर अग्लो कुदीछहरामा सुरु गरिएको क्यानोनिङले ल्वाङ र आसपासका गाउँमा विदेशी र साहसिक पर्यककको आगमन बढ्नेमा स्थानीयबासि आशावादी छन् । ‘
पोखरामा क्यानोनिङ शुरु
बौद्धसिर्जन युवा क्लवका अध्यक्ष राम गुरुङले भने, ‘नयाँ गन्तब्यले यो गाउँको मुहार फेर्ने हाम्रो विश्वास छ । मर्दीहिमालको पदयात्रामार्गमा पर्ने यो क्यानोनिङस्थलको नजिकैको ल्वाङ गाउँको होमस्टे सेवा पनि यसले प्रवद्र्धन गर्नेमा आफुहरु आशावादी भएको गुरुङले बताए । नेपाल क्यानोनिङ एशोसिएनसका अध्यक्ष कर्णबहादुर लामाका अनुसार ग्रामिण पर्यटन प्रवद्र्धन गर्नका लागि क्यानोनिङ निकै नै प्रभावकारी माध्यम हो । हिमाली क्षेत्रमा मात्र साहसिक पर्यटकीय गतिविधि भईरहेकोमा यस्ता पुर्वाधारले ग्रामिण क्षेत्रको प्रवद्र्धनका लागि पनि सघाउने उनले बताए ।
सरकारी नियम नहुँदा अहिलेसम्म क्यानोनिङले औपचारिकता पाएको थिएन । तर तीनमहिना अघि बनेको पर्यटन नीतिले यसलाई सम्बोधन गरेको छ । उनका अनुसार नेपालमा अहिलेसम्म वर्षमा ५ सय जति विदेशी पर्यटक क्यानोनिङ गर्न आउँछन् । फ्रान्स, इटली, स्पेन, ब्राजिलका साहसिक पर्यटक बढि मात्रामा क्यानोनिङ गर्न रुचाउँछन् । क्यानोनिङ गर्दा एकदिनको १ सय अमेरिकीडलर सम्मको शुल्क तिर्नुपर्ने लामाले बताए ।
लामाका अनुसार सन् २००७ देखिमात्र नेपालमा क्यानोनिङ सुरु भएको हो । लम्जुङमा मात्र क्यानोनिङका ९ वटा स्थल छन् । २०११ मा लम्जुङको स्याँगेमा अन्तर्राष्ट्रियस्तरको क्यानोनिङ प्रतियोगिता भएको थियो । त्यसबाहेक मनाङका नार, सिन्धुपाल्चोकको भोटेकोशी, नुवाकोटको ककनी, काभ्रेमा पनि क्यानोनिङ गरिन्छ । ल्वाङमा सुरु भएपछि क्यानोनिङस्थलका लागि कास्की छैटौ जिल्ला भएको छ ।
पोखरामा क्यानोनिङ शुरु
canning (1)
पोखरा आफैमा सुन्दर ठाउँ हो । विश्वका मानिसहरु पोखरा आएपछि एक सुन्दर र रमणीय ठाउँमा आएको महशुस गर्दछन् । पोखरामा ताल तलैया, प्याराग्लाईडिङ, गुफा र झरनालाई एकै शहरमा हेर्ने र आनन्द लिन पाईन्छ । पर्यटकहरुमा पोखरा प्रतिको आर्कषण त छदैछ त्यस माथिपनि क्यानोनिङ खेलको लागि पनि पोखरा उचित गन्तव्य भएको छ ।
cananing 2
पछिल्लो समय कास्की जिल्लाको ल्वाङघलेल गाविसमा सञ्चालन गरिएको यो साहसी खेलले पर्यटकको मन तान्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक पोखरा आएपछि क्यानोनिङका लागि आकर्षित हुने गरेको यसका संचालकहरु बताउँछन् ।
छहराबाट झरेको पानीसँगै डोरीमा झुण्डीएर गरिने क्यानोनिङ खेलबाट मनोरञ्जन पर्यटकहरुले फरक किसिमको अनुभूति र मनोरञ्जन लिन सकिने भएर पर्यटकहरुको आर्कर्षण यस खेल तर्फ बढेको क्यानोनिङ खेल एक सञ्चालल राम गुरुङ बताउँछन् 
पछिल्लो समय दैनिक नेपाली तथा विदेशी क्यानोनिङ खेल्नको लागि आाउने गरेका छन् । यस क्षेत्रमा क्यानोनिङका लागि आवश्यक गाईडको ब्यवस्था गरिएको छ । सुरुमा यस खेलको बारेमा जानकारी नभएपनि पछिल्लो समय मानिसहरुले चासो राखेकोले पोखरा र नेपालका अन्य क्षेत्रमा यो खेलको आर्कर्षण र सम्भावना देखिएको छ ।
के हो क्यानोनिङ ?
पानीको छहरामा डोरीको सहायताले माथिबाट तल आउने खेल हो क्यानोनिङ । यो खेल साहसीक खेल भएकाले सबै उमेरका मानिसहरुले खेल्न सक्दैनन । खासगरि अग्लो छहरामा पानीसँगै तल झनुपर्ने भएकाले हेर्दा जोखिम पुर्ण पनि देखिन्छ ।
क्यानोनिङ खेलको बारेमा यसका सञ्चालक राम गुरुङ भन्छन्, ‘यो खेलमा खासै गोखिमपूर्ण हुँदैन् जो कोहीले पनि खेल्न सक्छन् तर आत्मबल चाहिन्छ ।’
‘हनि हन्टीङ’ खेलबाट सुरु हो क्यानोनिङ, नेपालमा क्यानोनिङकै यसको इतिहाँस चाही खासै लामो छैन् तर ‘हनि हन्टिङ’ भने नेपालका एक समुदायको पुरानो पेशानै हो । 
पोखरामा हाल सञ्चालनमा आएको क्यानोनिङ खेलमा १६० मिटर अल्को छहराबाट क्यानोनिङ गर्ने सकिन्छ । यद्यपि पहिले यो खेल ४५ मटिरबाट ७५ हुँदै १६० मिटरसम्म पुर्याइएको हो ।
क्यानोनिङका लागि पुगेका नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारीले क्यानोनिङ पछि पानिमा खेल्नुको मजा नै बेग्लै हुने बताए । यो खेल एक पटक खेलेपछि मानिसहरु अर्को पटक पनि आउने उनको विश्वस छ । पनिको छहरामा डोरी लिएर खस्दा डर लागेपनि प्रकृतीसँग डुबुल्की मारेजस्ता अनुभुति भएको अधिकारीले बताए |
canning (2)
canning (3)
source;ganthan.com

ल्वाङघलेलमा उत्पादित आल्मण्डको माग तीव्र"गाउंँमा बसेको भए पनि आफूहरूको विकास गर्ने नयांँ मोडेल अब सफल हुने "अध्यक्ष बाबुराम गौतम

नेपालको पहिलो व्यावसायिक आल्मण्ड खेती र त्यस संँग सम्बन्धित परियोजना अब कहानी मात्रै बनेन, सत्य साबित बन्न थाल्यो । कास्की जिल्लाको ल्वाङघलेल गाबिसबाट सुरु गरिएको आल्मण्डको व्यवसायिक खेती नेपालका दुर्गम जिल्लाहरूमा समेत फैलिन लागेको छ । लगानी गर्न अरू ठाउंँका व्यवसायी भन्दा पोखराका उद्योगी व्यवसायीहरूले बढी चासो देखाएका छन् तापनि पर्वत, म्याग्दी, गोरखा, जाजरकोट, रोल्पा र दोलखाका उद्यमीहरू लगानीको लागि आकर्षित भएका छन् । धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका अम्बर बहादुर गुरुङ भन्छन् ‘आल्मण्डको शेयर लिन खुल्ला गरिएपछि नेपालका विभिन्न शहरबाट व्यवसायीहरूको सहभागिता बढ्दै गएको छ ।’ उनले आफूलाई मन परेको कारण यसमा लगानी गर्न तम्सिएको बताएका छन् ।
कास्की जिल्ला स्तरीय कार्यक्षेत्र भएको मर्दी हिमाल कृषि सहकारी ल्वाङघलेलले आफ्नो परामर्श र तालिमको सेवा निकट भविश्यमा नेपालका अन्य जिल्ला र गाउंँहरूमा समेत थाल्ने जानकारी आल्मण्ड अध्ययन समूहका संयोजक तथा अग्रज पत्रकार कुसुम केशव पराजुलीले बताएका छन् । व्यावसायिक आल्मण्ड खेतीमा पोखरा उद्योग वाणिज्य संघले सहकार्य गर्ने अग्रसरता देखाए पछि उक्त परियोजनामा व्यवसायीहरूको चासो झनै बढेको र शेयर खरिद गर्नेहरुको संख्यामा बृद्धि भएको बताईन्छ । पोखरा उद्योग वाणिज्य संघले संस्थागत चासो लिनुका अतिरिक्त त्यसका पदाधिकारीहरूले व्यक्तिगत रूपमा परियोजनाको शेयर खरिद गरे पछि यो ‘क्रेज’ बढ्दै गएको छ ।




आल्मण्ड परियोजनासंँग जोडिएका अन्य परियोजनाले ल्वाङ्घलेलको भविष्य पनि उज्ज्वल बन्दै गएको छ । प्राप्त जानकारी अनुसार पोखरा स्थित माछापुछ्र्रे सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण ल्वाङको चिया बगान र आल्मण्ड फार्मबाट सुरु गरेको छ । संस्थाका संरक्षक तथा समाजसेवी हेडम्बराज पराजुलीले सहकारीहरूले अब कृषि उद्यमशिलतालाई प्रोत्साहन गर्नु पर्छ भनेर उक्त ठाउँंमा अवलोकन भ्रमण राखेको बताए । संरक्षक पराजुलीले गाउंँलेहरूले सुरु गरेको यस्तो कार्यप्रति निकै खुसी व्यक्त गरे । अहिले कोलेलीबासीहरूलाई विरुवा रोप्न भ्याई नभ्याई छ । आल्मण्डको बिरुवा रोप्ने कार्य भैरहेको अवस्थामा पोखराबाट युवा व्यवसायीहरूको एउटा टोली ल्वाङघलेल पुगेर विरुवा रोप्ने कार्यलाई प्रोत्साहन गर्दै थियो ।


मर्दी हिमाल कृषि सहकारीका सदस्य मञ्जु बरालका अनुसार यो परियोजना आल्मण्डको व्यवसायिक खेतीका अतिरिक्त जैविक विविधता, कृषि, स्वास्थ्य पर्यटन जस्ता विषयसमेत गाँसिएर आएको हुनाले नै व्यवसायीहरूको चासो बढेको हो । यो परियोजनाका लागि अहिले जग्गा उपलब्ध गराउन ल्वाङ घलेलका किसानहरू जति लालायित देखिन्छन् उति तीव्र गतिमा परियोजना अगाडि बढिरहेको देखिन्छ । जैविक चिया उत्पादनको रूपमा विश्वमा परिचित कास्की जिल्ला, ल्वाङको कोलेलीमा अहिले २ हजार मुढामा सीताके च्याउ र पदमचालको नर्सरी पनि सुरु हुंँदै छ । स्थानीय कृषक र पोखराका व्यवसायीहरूको संयुक्त प्रयासमा सञ्चालित उक्त कार्यक्रमलाई समेत नेपाल सरकार र मर्दीहिमाल कृषि सहकारीका प्राविधिकहरूले सघाइरहेका छन् ।
पोखरामा परियोजना कार्यालय खुली सकेको कारण यस बारे बुझ्न दैनिक पन्ध्र बीस जना आउने गरेका छन् । म्याग्दी जिल्ला सहकारी संघका देबराज सुबेदी बताउंँछन् ‘आफ्नो क्षेत्रमा व्यवसाय सञ्चालन गरेता पनि नेपालमा पहिलो हुँदै गरेको व्यावसायिक आल्मण्ड खेती अगुवा बन्दै गएकामा खुशी छु ।’ सहकारीको माध्यमबाट खेती गरिने भएता पनि त्यसको आवश्यकता अनुसार बाटो बनाउन, भवन निर्माण गर्न, आवश्यक उपकरणहरू खरिद गर्न, जैविक उद्यान निर्माण गर्न, व्यावसायिक जैविक कृषि र पर्यटन क्षेत्रको स्थापना र विकास गर्न निजी क्षेत्रलाई आव्हान गरिंँदै छ । यस्को गृह कार्य आरम्भ गरिएको कुरा पोउवासंघका अध्यक्ष सञ्जिव बहादुर कोइराला बताउंँछन् । उनको भनाइ उद्धृत गर्दै अध्ययन समूहका सदस्य तथा पृथ्वी नारायण बहुमुखी क्याम्पसका सहप्राध्यापक वीर बहादुर कार्की भन्छन् ‘अध्यक्षले पोखरादेखि भारतका पर्यटन व्यवसायीसंँग समेत अन्तरक्रिया गरि रहनु भएको छ ।’
अमेरिका, भारत, जर्मन र बुल्गेरियाका विशेषज्ञहरूले आल्मण्डको नेपाली प्रजाति विकास गर्ने चासो दिइरहेका छन् । विदेशी वरिष्ट विशेषज्ञसंँग परामर्श हुंँदै गरेको र  उनीहरूमध्य केही नेपाल आईसकेको कुरा कैलास विकास बैंकका संस्थापक तथा आल्मण्ड परियोजनाका एक लगानीकर्ता विनोद चन्द्र बरालले बताए । सो कार्य सम्पादन गर्न काठमाडौंँस्थित एसइएस जर्मनीका प्रतिनिधि हरिहर सुबेदीले सघाएका छन् । सहकारीका अध्यक्ष बाबुराम गौतमले गाउंँमा बसेको भए पनि आफूहरूको विकास गर्ने नयांँ मोडेल अब सफल हुने बताउंँछन् । सहकारीका सचिव कृष्ण प्रसाद दवाडीका अनुसार अहिले आल्मण्ड रोप्ने समय हो । भू.पू. ब्रिटिस गोर्खा सेना तथा वरिष्ट समाजसेवी डी.वी.शेरचनले कृषि क्षेत्रमा अब लगानी गर्न पछाडि पर्न नहुने र आफ्नो गाउंँमा यस्तै अन्य केही गर्न सकिन्छ कि भनेर विरुवा रोप्न आएको बताए ।

source:http://www.samadhan.com.np/?p=6539
           http://eadarsha.com/wp-content/uploads/2014/07/Ashar-24-2071.pdf 

चराझैं प्याराग्लाइडिङमा उड्दा (फोटोफिचर)



सहासिक खेलको परिचय बनेको प्याराग्लाईडिङ पोखरामा पर्यटक तान्ने गतिलो माध्यम बनेको छ । १५ वर्षअघि व्यवसायिकरुपमा सुरु प्याराग्लाईडिङ खेलले पोखरामा पर्यटकहरुको आगमनमा समेत बृद्धि गराएको छ । केही वर्षयता प्याराग्लाईडिङमा उड्नकै लागि सुन्दर नगरी पोखरा आउने पर्यटकहरु बढ्दै गएका छन् ।मौसम अनुकूल रहेको समयमा पोखराको आकाशमा दैनिक ५ सयजना पर्यटकले उडान भर्ने गरेका छन् । केही वर्ष अघिसम्म पोखरा आएकामध्ये करिव १५ प्रतिशत पर्यटकको रोजाई प्याराग्लाईडिङ पर्ने गरेको थियो । अहिले सो संख्या बढेर २५ प्रतिशत पुगेको छ ।पोखरा घुम्न आउने आन्तरिक पर्यटकमध्ये करिव ७० प्रतिशतले प्याराग्लाईडिङमा रमाउने गरेका छन्,

 पर्यटकहरुको आकर्षण बनिरहेको प्याराग्लाइडिङ खेलको लागि केही समययता उडान क्षेत्रको अभाव हुन थालेको छ । खेल सञ्चालन गर्न उडान अनुमति पाएको कास्कीको सराङ्कोट क्षेत्रमा उडान गर्ने आकाशको कमी हुन थालेपछि सो स्थानको वैकल्पिक क्षेत्र खोजीकार्य शुरु भएको हो ।पोखरामा सन् १९९६ बाट सुरु भएको प्याराग्लाईडिङ खेल १७ वर्षको अवधिमा आन्तरिक तथा बाहृय पर्यटकमाझ निकै लोकपि्रय बनेको छ । पोखरामा हाल २० वटा प्याराग्लाईडिङ कम्पनीले आन्तरिक तथा बाहृय पर्यटकलाई उडाईरहेका छन् ।
प्याराग्लाईडिङमा नागरिक उड्ययन प्राधिकरणले दिएको क्षेत्रभित्र ६ हजार फिटमाथि सम्म उडेर रमाउन सकिन्छ । अहिले कास्कीको सराङकोटका साथै ढिंकी डाँडा, तोरीपानी, तनहुको बन्दीपुर र स्याङजाको सिरकोट लगायतका क्षेत्रबाट पनि प्याराग्लाईडिङ खेल सञ्चालन गरिएको छ । सरकारले भने कास्कीको सराङकोट र तनहुको बन्दीपुरबाट मात्र उडानको लागि अनुमति दिएको छ ।व्यावसायिकरुपमा उडान भर्न सोलो (एक्लै उड्ने) करिव ५ हजार घण्टा उडाउनु पर्छ । एक हजार घण्टा सोलो उडान गरेपछि मात्र टेन्डम उडानको लागि फेडेरेसन एरोनेटिक इन्टरनेश्नल -एफएआई) बाट मान्यता पाइन्छ । पाँच दिनको कोर्ष गरेर टेन्डममा -दुई जना उड्न) पाइन्छ । करिब ३० लाख रुपैयाँ खर्चेर मात्र व्यावसायिक प्याराग्लाइडिङ पाईलट बन्न सकिन्छ ।
प्याराग्यलाईडिङ गर्न फ्रान्स, जर्मनी र रसियाका नागरिकहरु बढी आउने गरेका छन् । प्यराग्लाईडिङ गर्न आउँदा ४ दिन बढी समय लागेर धेरै खर्च हुने भएपछि सोचेजति पर्यटकले यहाँ रमाउन सकेका छैनन् । पोखरासहित देशका अन्य भागमा पनि विस्तार गरेर यसलाई सुरक्षित र व्यवस्थित बनाउन सके नेपालको पर्यटन व्यवसाय फस्टाउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्य भुजेलले बताउनुभयो ।प्याराग्लाईडिङ गर्ने उयुक्त सिजन अक्टोबरदेखि अपि्रल महिना हुन् । कास्कीको सराङकोटबाट फेवातालको किनार खपौदीसम्मको करिब आधा घण्टाको उडानको लागि विदेशी पर्यटकले सय अमेरिकी डलर तिर्नुपर्छ भने नेपालीले प्रतिव्यक्ति ५ हजार ५ सय ५० रुपैया तिर्नुपर्छ । पोखरामा सञ्चालित २० वटा प्याराग्लाइडिङ कम्पनी करको दायरामा आएपछि उडान शुल्क पनि बढेको हो । प्याराग्र्लाडिङ उडान अनुमति दिंदा नागरिक उड्यन प्राधिकरणले ५० अमेरिकी डलर लिने गरेको छ ।

पोखरामा २० वटा प्याराग्लाईडिङ कम्पनी रहेको बताउँदै नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष राजेश बम्जनले ती कम्पनीमा डेढ सयजना नेपाली पुरुष पाईलट रहेका बताउनुभयो । ती कम्पनीमा करिब २५ जना विदेशी पाइलटहरु समेत कार्यरत छन् ।
 त्यस्तै गरेर कास्की जिल्लाको ल्वाङ घलेल गा बि स को ल्वाङ गाउ माथिको चियाबारी बाट पनि प्याराग्लाइडिङ गर्न सकिन्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् । 

प्रतिभा बोगटी पहिलो महिला पाईलट
करिव २ सयको हाराहारीमा रहेका पुरुष पाईलटहरुको बीचमा प्रतिभा वोगटीले व्यावसायिक रुपमा पहिलो नेपाली महिला प्याराग्लाइडिङ पाईलट बनेर उडान सुरु गरेकी छन् । सफल उडान गर्न थालेपछि पहिलो नेपाली प्याराग्लाइडिङ महिला पाईलटको रुपमा उनी आफ्नो परिचय बनाउन सफल भएकी छन् । प्याराग्लाईडिङ पाईलटहरुले मासिक एक लाख रुपैयाँ बढी तलव पाउने गरेका छन् ।








SOURCE:- http://www.onlinekhabar.com/2013/11/132969/