Showing posts with label यौन. Show all posts
Showing posts with label यौन. Show all posts

गैर चलचित्र क्षेत्रका मानिसको आर्कषण...किन सबै खोल्न तयार छन नेपाली नायिकाहरु ?

नेपाली चलचित्रमा जतिखेर पनि नाङगिन तयार हुने हिरोईनहरुको सूचि लामै बनिसकेको छ । कथाको डिमाण्ड भन्दै अन सिच्यूस्नेल नाङगिने हिरोईनहरुले पछिल्लो समयमा चर्चा र दाम त कमाए तर प्रोड्यूसर कंगाल भए पनि डाईरेक्टरको करियर नै डामा डोल बन्यो ।
पछिल्लो समयमा बनेको अश्लिल सिनेमाको माईलस्टोन चपली हाईटले पैसा कमाएको देखेर यस्ता सिनेमा बनाउनहरुको कलिउडमा बाढी नै आयो । एटीएम, विन्दासको श्रृखला, खेताला, नाईन वो क्लब, स्टार, किन किन, पलपल जस्ता दर्जनौ चलचित्र हरु यो प्रबृत्तिको उदाहरण हुन । अश्लिल चलचित्रहरुको कलिउडमा बाढी नै आए तर चपली हाईट र विन्दासको श्रृंखलाबाहेकका कुनै पनि सिनेमाले दर्शक जुटाउन सकेनन । यो सिनेमा सँगै आएका हिरोईनहरु जिया केसी, विनिता बराल, शुष्मा कार्की, सुमिना घिमिरे,मोनिका दाहाल,सोनिया केसी र सुभेच्छा थापा पनि नेपाली रजत पटमा आए जो खुल्लम खुल्ला जे पनि गर्न तयार देखिन्छ ।
उनीहरुका सिनेमा मात्र होईन । पत्रिकामा छापिएका अन्र्तवार्तामा सेक्स, सिनेमाको दृष्य, विवाह अघिको पुरुषसँगको सम्बन्ध जस्ता जवाफहरु परिवार सँगै बसेर पढन र सुन्न पसिना नै आउने खाल्का हुन्छन । पछिल्लो समयमा सुभेच्छा थापाले अभिनय गरेको मिस नेपालको पोस्टर र फोटोहरु जसरी सार्वजनिक भएका छन । त्यो लगभग नग्न नै छन । संयूक्त परिवारमा बस्ने र सधै एक अर्काको सम्मान गर्ने नेपाली समाजमा कसरी यस्तो छाडा खुल्लापन एकाएक भित्रयो त ? गंभिर अनुसन्धानको विषय बनेको छ ।
किन निर्धक्क कपडा खोल्छन हिरोईनहरु ?

नेपाली चलचित्र उद्योगमा अभिनय सिकेर पर्फेक्ट भएर आउने कलाकारहरु हातको औलामा गन्न सक्ने अवस्थामा छन । अहिले सिनेमालाई समान रुपान्तरणको माध्यम, चेतनाको माध्यम, आमसञ्चारको विशिष्ट रुप भन्दा पनि एक्सपोजर, मनोरञ्जन, रमाईलोको माध्यमको रुपमा हल्का रुपले लिदा पनि यस्तो अवस्था आएको हो ।
पछिल्लो समाय नेपाली चलचित्रमा आएका हिरोईनहरुमा अध्ययनको कमि छ । उनीहरु त्यती साह्रो पढे लेखेका छैनन र म्याच्योर्ड पनि छैनन । चलचित्र र मोडलिङ क्षेत्रमा आफ्नो करिअर बनाउन खोज्ने सबैको त नभनौ अधिकांशको अध्ययन अत्यन्तै कमजोर छ । रमाईलो गर्न रुचाउने कथित खुल्ला समाजका उनीहरुले अरु तिर आफ्नो क्यारिअर बनाउन नसकेपछि शरिर देखाएर, प्रोडुसरलाई आफ्नो रुप जालमा पारेर एनीहाउ फिल्म बनाउन लगाउँछन । यसरी बनाईएको सिनेमा केवल उनीहरुको रुप प्रचार गर्ने र अरुको पनि ध्यान आर्कषित गर्ने माध्यम मात्रै बन्ने गरेका छन । मोडलिङ क्षेत्रमा पनि त्यस्तै विकृति छ । मोडलिङको अन्तिम गन्तब्य सिनेमा भएकोले त्यो रोग यता पनि सरेका विश्लेषण गर्नेको पनि कमि छैन । अझै टिन एजका मोडलहरुहरु बढी हुनाले पनि उनीहरुमा दिर्घकालिन सोच नहुनु पनि यस्को कारण हो ।
गैर चलचित्र क्षेत्रका मानिसको आर्कषण, आमसञ्चार माध्यमको एक माध्यम भन्दा पनि एक्सपोजरको माध्यमको रुपमा लिईनु आदी जस्ता कारणले अहिले चलचित्रमा देखिन जे सुकै पनि कम्परमाईज गर्नेहरुको कमि छैन । यूवतीहरु सिनेमामा आउन सबै खाल्को सम्झौता गर्न तयार छन भने अर्को तर्फ पैसा भएका तर सिनेमाको सि समेतको जानकारी नपाएकाहरु नयाँ नयाँ यूवतीहरुसँगको सम्बन्धकोलागि पैसा खन्याउन तयार हुनेहरुका कारण स्तरीय सिनेमाको खडेरी सुरु भएको छ ।
तर उनीहरु पनि विस्तारै हराउँदै छन । यसको पछाडी नेपाली चलचित्रलाई रंगिन रात ठान्नेहरुको जमावडा नै हो । अभिनय नजान्ने सेक्स पस्कन नहिच्काउनेहरुले गर्दा पनि यस्तो अवस्था आएको हो ।
नेपाली चलचित्रको ईतिहास त्यती लामो छैन । २००८ सालमा भारतको कोलकाताबाट नेपाली भाषाको पहिलो चलचित्रको रुपमा सत्य हरिशचन्द्र को निर्माण भए पछि नेपाली भाषाको चलचित्रको सुरुवात भएको मानिन्छ । दर्शकलाई सत्यता सिकाउने सो चलचित्र पछि नेपालमै भने २०२१ सालमा नेपाल सरकार सूचना विभागले आमा चलचित्रको निर्माण गर्यो नेपाली भाषा चलचित्र नेपालमै बनेको यो पहिलो फिल्म हो । यसमा पनि आमाप्रतिको सम्मान र कर्तब्य बोध गराउने प्रयास गरिएको थियो ।
त्यसपछि २०२३ सालमा माईतीघर, २०२४ सालमा फेरि सरकारले हिजो आज भोली, २०२८ सालमा मनको बाँधको निर्माण भयो, सो समय नेपालमा श्याम श्वेत चलचित्रको यूग थियो । यी सिनेमाहरुले पनि नेपाली समाजका यथार्थलाई उजागर गर्दै दर्शकमा सदचार र परम्परालाई नै पस्केका थिए । पहिलो रंगिन चलचित्रको रुपमा २०३४ सालमा कुमारी फिल्मको निर्माण भयो । त्यसैगरी २०३७ सालमा सिन्दुर, जिवन रेखा जस्ता चर्चित फिल्महरुको निर्माण भए । त्यसपछि नेपाली सिनेमा पनि ब्यवसायीक रुपमै निर्माण हुन थाले त्यसबेला कुसुमेरुमाल, कान्छी, सम्झना, लाहुरे, पच्चिस बसन्त, जस्ता ब्यवसायीकरुपमा सफल चलचित्रहरु निर्माण भए । जसले बनाएको रेकर्ड अझै तोडिन सकेको छैन । त्यो सँगै बलिदान र दक्षिणा जस्ता कलात्मक सफल सिनेमाहरु पनि निर्माण भए ।
नेपाली चलचित्रको ईतिहास सँधै सकारात्मक सन्देश दिने, विकृति, विशंगती, अन्धविश्वास र समाजमा हुने दमन थिचोमिचो विरुद्धको सामाजिक सन्देश दिने खालका थिए । जुन विषयबस्तुहरु नेपाली समाजको आफ्नै कथा भएकोले होला । नेपाली दर्शकहरु नेपाली सिनेमालाई कुरेर बस्ने गर्दथे । कलायूक्त यो काललाई नेपाली चलचित्रको स्वर्ण काल मानिन्छ ।
चलचित्रको विकासको क्रममा प्रजातन्त्रको पुर्नस्थापनपछि नेपाली चलचित्रले उद्योगको रुप लियो तर यो संगै यस क्षेत्रमा भित्रिएको विकृतिले अहिले नेपाली सिनेमा नेपाली दर्शककै लागि असामाजिक विषय बन्न पुगेको छ । ब्यवसायको नाममा अश्लिताले प्रशय पाउँदा अहिले नेपाली चलचित्र श्रीमान श्रीमतीले पनि सँगै हेर्न नसक्ने अवस्थामा पुगेको छ । नेपाली समाजलाई चलचित्रको मार्फत रुपान्तरण गर्दै लैजाने सरकारी प्रयास स्वरुप सुरु भएको नेपाली चलचित्र क्षेत्र कलिउड अहिले विकृत बनेको छ । प्रजातन्त्र र खुल्ला समाजको बहस गरेर मात्रै नेपाली समाजको मुल्य मान्यतालाई विकृत बनाउन पाईदैन । यस विषयमा सम्बन्धीत निकाय गंभिर हुन आवश्यक छ । अन्यथा यस्तो दिन पनि आउने छ नेपालमा नेपाली सिनेमाकोलागि दर्शक घर घरमा गएर खोज्नु पर्ने हुन सक्छ ।

एक ‘लेस्बियन/समलिंगी ’ जोडीको फिल्मजस्तो प्रेमकथा





समलिंगी सम्बन्धलाई नेपालको कानुनले मान्यता दिएको छ, तर समाजमा भने यसलाई विकृतिकै रूपमा लिइन्छ । समलिंगीमा पनि केटी–केटीबीचको (लेस्बियन) सम्बन्ध सहज रूपमा पचाउन मुस्किल नै पर्छ । समाजमा अस्वाभाविक रूपमा लिइने भएकैले कानुनले मान्यता दिए पनि समलिंगीहरू खुलेर आउन सक्दैनन् । 


तर, प्रेमकुमारी नेपाली र रजनी शाही यसमा अपवाद हुन् । उनीहरू आफूहरूबीचको सम्बन्धबारे खुलेर आए, अनि परिवारमै विद्रोह गरेर अहिले ‘लिभिङ पार्टनर’का रूपमा जीवनयापन गरिरहेका छन् । आश्चर्यको कुरा के छ भने आफूलाई समलिंगी बताउने रजनी विवाहित र एक छोरीकी आमासमेत हुन् । आफ्ना श्रीमान््लाई डिभोर्स दिएर अनि फूलजस्ती १० वर्षीया छोरीलाई त्यागेर उनी अर्की महिलासित जीवन बिताइरहेकी छिन् ।

यो जोडी यसरी सँगै बस्न थालेको एक वर्ष बितेको छ । अहिले प्रेमकुमारी लाजिम्पाटमा कफी सप चलाउँछिन् भने रजनी बुटिक चलाउँछिन् । ‘बिहे गरेपछि‘ केही समय हेटौँडा बसेका उनीहरू एक महिनाअघि मात्र काठमाडौं फर्केका हुन् । प्रेमकुमारीले आफ्नै कफी सपमा बसेर नयाँ पत्रिकासित आफूहरूबीचको प्रेमकथा यसरी सुनाइन् :
म अहिले २६ वर्षकी भएँ । स्थायी घर काभ्रे हो । मेरा दुई दिदी, एक दाजु र एक भाइ छन् । पढाइमा रुचि नभएपछि आठ कक्षा पढ्दापढ्दै भागेर काठमाडौं आएकी हुँ । त्यतिन्जेल मलाई आफ्नो फरक यौनव्यवहारबारे कुनै अनुभूति भएको थिएन ।

काठमाडौंको स्वयम्भूमा दिदीहरूसित बस्थेँ । त्यहाँनजिकै मेरो साथीको ब्युटिपार्लरमा गएर दिन बिताउँथँे । त्यही ब्युटिपार्लरमा रजनी शाहीसित चिनजान भयो जो त्यहाँकी नियमित ग्राहक थिइन् । उनी विवाहित थिइन् र श्रीमान््सहित एउटा १० वर्षकी छोरी पनि थिइन् । सामान्य हाई–हेलोबाट सुरु भएको सम्बन्ध गहिरो मित्रतामा परिणत भयो । हामी घनिष्ठ साथी बन्यौँ ।

यत्तिकैमा मेरी दिदी विदेश जानुभएकाले म कोठा सर्नुपर्ने भयो । रजनीकै घरमा दुईवटा कोठा खाली रहेछन् । म त्यहीँ सरेँ । रजनीले घरअगाडि टेलर र कस्मेटिक पसल चलाउन थालेकी थिइन् । म उनकै पसलमा समय बिताउन थालेँ । रजनीको परिवारले यसलाई अन्यथा लिएको थिएन, किनकि दुवैजना केटी थियौँ । हामी पनि सुरुमा साथीकै रूपमा थियौँ ।

०००

हामीबीच धेरै कुरा सेयर हुन्थे । एक दिन रजनीले श्रीमान्बाट आफू सन्तुष्ट नभएको बताइन् । उनले मसित भेट्दा र कुरा गर्दा आफूलाई बेग्लै आनन्द मिल्ने गरेको रहस्य खोलिन् । त्यसपछि त मैले पनि आफूभित्र त्यस्तै महसुस गर्न थालेँ । थाहै नपाई हामी साथीबाट प्रेमीका रूपमा परिणत भइसकेका रहेछौँ । यस्तो प्रेमी जसलाई समाज र परिवारले स्वीकार गर्न सक्दैनथ्यो ।

हाम्रो आकर्षण यति बढ्यो कि दिनभरि भेट हँुदा पनि नपुगेर हामी राति फोन र एसएमएसमा कुरा गथ्र्यौं । हामी दुईबीच शारीरिक आकर्षण सुरु भइसकेको थियो । एक दिन भेट भएन भने छटपटी हुन्थ्यो । हामी घन्टौँसम्म फोनमा कुराकानी गथ्र्यौं । मोबाइलबाटै एक–अर्काको फोटो पठाएर हेराहेर गथ्र्यौं । हामीले आफूहरू दुवैजना समलिंगी भएको यकिन गरिसकेका थियौँ ।

उनी मेरो कोठामा पनि आउने गर्थिन् । सुरु–सुरुमा त एकछिन बसेर जान्थिन् । पछि, लामै समय बिताउन थालिन् । एक दिन हामी टाँसिएर बसेका थियौँ । एक्कासि उनले मलाई अँगालो हालिन् र चुम्न थालिन् । मैले पनि आफूलाई थाम्न सकिनँ । उत्तेजित भएर हामीले सबै किसिमको सम्बन्ध राख्न पुग्यौँ । त्यसपछि त हामीबीच प्रत्येक दिनजसो नै शारीरिक सम्पर्क हुन थाल्यो, त्यो पनि दिउँसै । यौनसम्बन्ध राख्दा रजनी केटाको भूमिकामा हुन्छिन् र म केटीको । करिब डेढ वर्षसम्म यो सिलसिला चल्यो, परिवारले थाहा नपाउने गरी ।

स्वाभाविक रूपमा मसित सम्बन्ध गहिरिँदै जाँदा रजनी श्रीमान्् र परिवारसित भने टाढिँदै आएकी थिइन् । अन्तत: जे हुनु थियो त्यही भयो । उनका श्रीमान्् र परिवारले हाम्रो सम्बन्धमाथि शंका गर्न लागे । अनि उनलाई गाली गर्ने र धम्क्याउन थाले । तर, यसले हामीलाई रोक्न सकेन । हामी एक–अर्काबाट अलग्गिन सकेनौँ ।

०००

उनलाई परिवारले मानसिक सन्तुलन बिग्रिएको भन्दै काउन्सिलिङका लागि तिलगंगास्थित टंकबहादुर आरोग्य केन्द्र लग्यो । थप उपचार गर्न भन्दै उपत्यकाबाहिरका जिल्लामा समेत लगियो । परिवारले साह्रै दु:ख दिएपछि हामी मानवअधिकारवादी संस्था ओरेक हुँदै ‘लेस्बियन’को अधिकारवादी संस्था मितिनी नेपालसम्म पुग्यौँ । १५ दिनसम्म रजनीलाई मितिनी नेपालकै संरक्षणमा राखियो । तर, दबाब आउने क्रम थामिएन । झन् बढ्न थाल्यो । मितिनीले त्यसपछि महिला आयोगको जिम्मा लगायो ।

यसबीचमा रजनीले डिभोर्सका लागि अदालतमा मुद्दा दिइन् । अदालतले उनलाई हाजिर हुन बोलायो । सजिलै अदालत जान सक्ने अवस्था थिएन । प्रहरीकै संरक्षणमा हामी अदालत जान्थ्यौँ ।

२० कात्तिक २०६९ का दिन कानुनी रूपमै हामी एक भयौँ । अदालतले रजनीलाई आफूले चाहेको व्यक्तिसित जीवन बिताउन सक्नै भन्दै हाम्रो मिलनको ढोका खोलिदियो । कानुनले हामीलाई एक बनाए पनि परिस्थिति अनुकूल थिएन । ज्यान मार्ने धम्की बारम्बार आउँथे । विशेषगरी रजनीका आफन्तबाट । मुद्दा फैसलापछि अदालतबाट बाहिरिनेसम्मको स्थिति थिएन ।

खतराको विश्लेषणपछि प्रहरीले स्कर्टिङमै हामीलाई वासस्थान पुर्‍यायो । भाटभटेनीस्थित मितिनी नेपालको कार्यालयमा हाम्रा लागि वासस्थान तय भएको थियो । हामी त्यहीँ गयौँ र बस्न थाल्यौँ । तर, खतराले हामीलाई पछ्याउन छाडेन । ज्यान मार्ने धम्की आइरह्यो । सडकछेउमै थियो कार्यालय । हामी सडकमा नियाल्थ्यौँ । मध्यरातमा पनि अपरिचित झुन्ड दायाँ–बायाँ गरेको देखिन्थ्यो ।
कोठाबाहिर निस्कन सक्ने स्थिति नभएपछि काठमाडौं त्याग्ने निर्णयमा पुग्याँै, हामी । तर, कहाँ जाने ? ठेगान थिएन । पैसा पनि थिएन । त्यसैले बडो अन्योलमा परियो । मितिनी नेपालकी दिदी लक्ष्मी घलान हाम्रो साथ थिइन् । उनकै पहलबाट हामीले कानुनी लडाइँ जितेका थियौँ । हामीले भोगिरहेको परिस्थितिबारे दिदी काफी जानकार थिइन् । काठमाडौं हाम्रा लागि खतरा थियो । जति सक्दो चाँडो काठमाडौं त्याग्ने पक्षमा थियौँ हामी ।


०००

केही दिनको काठमाडौं बसाइपछि हेटौँडा जाने तय भयो । लक्ष्मी दिदीले हाम्रा लागि कोठा खोजिसक्नुभएको रहेछ । हामी त्यहीँ गयौँ । पास त मिल्यो, तर गाँसको व्यवस्था अझै टुंगो लागिसकेको थिएन । लक्ष्मी दिदीकै पहलमा हामीले हेटौँडामा टेलर खोल्यौँ ।

हामी हेटाँैडाका लागि नयाँ थियौँ, हेटौँडा हाम्रा लागि नयाँ । त्यसैले सुरुका दिनमा निकै गाह्रो भयो, एड्जस्ट हुन । गहना बेचेर खोलेका थियौँ टेलर । तर, सोचेजस्तो गरी टेलर चलेन । जीवन चलाउन पैसा नै चाहिने रहेछ भन्ने महसुस पहिलोपटक गर्‍याँै हामीले । तर, हामीले हरेस खाएनौँ । किनकि, हामीसँग पैसाको मात्रै अभाव थियो, मायाको होइन ।

टेलर बेच्यौँ र कफी सप खोल्यौँ । त्यसबाट भने गजबको फाइदा भयो । कफी सपमा हरेका खालका ग्राहक आउने । बाहिरबाट हेर्दा हामी केटी थियौँ । हाम्रो समलिंगी सम्बन्धबारे उनीहरूलाई थाहा थिएन । त्यही भएर होला, केटा ग्राहक हामीसँग अबेरसम्म गफिन खोज्थे । ग्राहकका नाताले हामी उनीहरूलाई ‘इग्नोर’ गर्न पनि सक्दैनथ्यौँ । त्यहीमध्ये एक युवक त मलाई मन पराउन पो थालेछ । सधैँ गफिन खोज्थ्यो । कतिसम्म भने भाँडा माझ्दासमेत मेरो पछि–पछि लाग्थ्यो । पछि, मैले उसलाई सबै कुरा भनेँ । ऊ आफैँ साइड लाग्यो । रजनीका पछि लाग्ने पनि थिए । उनी पनि त्यस्तै गरी पन्छाउने गर्थिन् ।

कफी सपनजिकै फिल्म हल थियो । हामी हलमा चलेको फिल्न नछुटाई हेथ्र्याैं । कसैका लागि कमाउनुपर्ने बाध्यता थिएन हामीसँग । त्यसैले हामी जतिसक्दो धेरै घुम्ने, फिल्न हेर्ने र रमाइलो गर्ने गरेर जीवनलाई अघि बढाउने प्रयत्नमा जुट्यौँ ।

०००

एकवर्षे हाम्रो पार्टनरसिपमा हामीलाई दु:खी तुल्याउने एउटै कारण रह्यो । त्यो हो– रजनीकी छोरी । ११ वर्षकी हँुदा छोडेकी थिइन् रजनीले छोरी । अन्तर्मुखी स्वभावकी छिन् रजनी । त्यसैले मसँग उनले कहिले पनि छोरीको याद आएकोबारे गुनासो गरिनन् । तर, म उनको मनोभाव बुझ्थँे । फोन गर भन्थेँ, तर उनी सक्दिनथिन् ।

जनावरसँग मानिसको मन साटिएको हुन्छ भने रजनी त आमा थिइन् । त्यसैले छोरीको याद आउनु स्वाभाविक नै थियो उनका लागि । उनी दु:खी भएको म हेर्नै सक्दिनँ । मेरो अन्तिम लक्ष्य भनेकै उनलाई खुसी पार्नु हो । छोरीको मायामा जलेकी उनलाई शतप्रतिशत खुसी दिन काठमाडौं फर्कनुको विकल्प मैले देखिनँ । परिस्थिति पनि पहिलेको तुलनामा निकै परिवर्तन भएको महसुस हामीले गर्‍यौँ । अन्त्यमा काठमाडौं फर्कने निधोमा पुग्यौँ ।

जीवन गुजाराका लागि हामीले अहिले लाजिम्पाटमा कफी सप खोलेका छौँ । रजनी बुटिकमा काम गर्छिन् । म कफी सप चलाउँछु । भर्खर एक महिना बितेको छ हामी काठमाडौं आएको । यसबीचमा रजनीले छोरीलाई चारपटकभन्दा धेरै भेटिसकेकी छिन् । तर, घर जाने स्थिति छैन । विद्यालयमै भेट्ििछन छोरीलाई । अहिले छोरी १२ वर्षकी भइन् ।

सम्पत्तिका लागि प्रेमकुमारीले यसो गर्न लागेकी भनेर धेरैले आरोप लगाए । तर, म उनीसँगै बस्न खोज्नु सम्पत्तिका लागि थिएन । अदालतमा पनि मैले त्यही वेला भनेकी थिएँ, ‘मलाई सम्पत्ति चाहिँदैन ।’ त्यही भएर मैले रजनीलाई लैजाँदा एक धरो कपडासम्म पनि सँगै लगिनँ । अहिले पनि मैले केही लिएको छैन । हामीले चाहेजसरी जीवन बिताइरहेका छौँ । यो सबै हाम्रै पौरखले सफल भएको हो । मलाई लाग्छ, जीवन रंगिन छ, रंगको पहिचान गर्ने जिम्मा भने हाम्रै हो ।

- टेकराज थामी http://nayapatrika.com

यौन व्यवसाय विश्वकै सबैभन्दा पुरानो व्यवसाय हो ...कसरी

 

 सम्मान कि अपमान ?
सुरुरज हजारे दाहाल
यौन, धर्म, राजनीति र प्रेम यि चार कुरा मानिसलाई प्रत्यक्ष असर गर्ने सामाजिक तत्वहरु हुन् । मानिसको सिर्जना नै यौनबाट भएको हो । स्तनधारी सामाजिक प्राणी मानिस तथा अन्य जनवार वा अण्डाबाट सन्तान जन्माउने चराहरु सबैको जन्म भालेपोथीको समागमबाट हुने गर्दछ । सम्भवत मानव जातीले मात्र शरिरको चाहना हुनासाथ यौनतर्फ उन्मुख हुन्छ भने अन्य जीवहरु वंश अगाडि बढाउनको लागि । अझ स्पष्ट भन्दा सन्तान उत्पादन बाहेक एक आन्तरिक आनन्दको लागि पनि मानिससँग यौनकार्य प्रत्यक्ष सरोकार राख्दछ ।अन्य जीव जस्तो खुलेआम मानिसलले जो कोहीसँग यौन सम्पर्क गर्न सक्दैन । हाम्रो जस्तो मुलुकमा विवाह मात्र यौनको बाटो खोलिदिने लाइसेन्स हो । तथापि विवाह बाहेक आपसी सहमतीमा दुई विपरित लिंगी या समलिंगी वा विवाह या विछोड अगाडि प्रेमिप्रेमिका विच पनि समागम हुन सक्छ । तर यो बाहेक यौनको पनि किनबेच हुने गर्दछ ।संसारको पुरानो व्यापार मध्ये यौन पनि एक हो । निश्चित रकममा केही घण्टादेखि या एक रातको लागी यौनको धन्दा हुने ठाँउ यौनस्थल हो तथापी यसलाई सामान्यतया वेश्यालय भनिन्छ । संसारभर नै पुरुषले नै रकम तिरेर महिलासँग शारिरिक सम्पर्क राख्छन् भने केही देशमा पुरुष यौन धन्दा गर्ने ठाँउहरु पनि रहेका छन् । कानूनी रुपमा खुलेर यौनको व्यापार हुने ठाँउ रेडलाइट क्षेत्र हो भने ति बाहेक अन्य ठाँउमा भएको भए त्यो गैह्र कानूनी लिइन्छ र प्रशासनले छापा मार्न सक्छ ।नेपालसँगै जोडिएको इन्डिया तथा अर्को देश बंग्लादेशमा निश्चित ठाँउमा यौन धन्दालाई कानूनी मान्यता दिएर रेडलाइट क्षेत्र छुट्याइएको छ र ति क्षेत्र बाहेक अन्य ठाँउमा त्यो धन्दा भयो भने गैह्र कानूनी हो । हाम्रो देश नेपालमा भने यौन व्यापार कस्तो रुपमा गैह्र कानूनी हो भनेर कतै पनि उल्लेख गरेको पाइदैन । यस्तै यौनसम्पर्क गर्दागर्दै फेला परेमा त्यसलाई कस्तो सजाय दिने भन्ने पनि उल्लेख छैन । त्यहि भएर प्रशासनले होटल तथा यौनको रुपमा परिचित ठाँउमा छापा मारी यौन जोडी फेला पारेमा धरौती रकम र केही समय हिरासतमा राखेर छोड्ने गर्छ ।हाम्रो अन्तरिम संविधानले मौलिक अधिकारमा गोपनियताको अधिकारलाई पनि ग्यारेण्टी गरेको छ । तर होटलमा रकम तिरेपछि सार्वजनिक ठाउँ निजी हुने कि नहुने र दुई जोडी सहमत छन् भने उनीहरुलाई थुनेर सार्वजनिक गर्ने कुरा माथि पुनर्विचार गर्ने या कानून बनाउने भन्ने पनि बेला आएको छ । निश्चय पनि उमेर पुगेका व्यक्ति विच हुने कुनै पनि शारिरक सम्पर्क तथा पैसामा खरिद हुने यौनले बलात्कार जस्ता जघन्य अपराधलाई कम गर्छ ।रेडलाइट एरियाको बहस हाम्रो जस्तो मुलुकमा धेरैले असमाजिक विषय हो तर पनि अब यौन व्यवसायलाई कानूनी दायरामा ल्याउने बेला आइसकेको छ । हरेकलाई आफ्नो शरिर माथि अधिकार हुन्छ । कुनै पनि महिला यो धन्दामा नलागुन् भनेर सरकारले पेशा व्यवसाय, हरेक नारीलाई जागरुक बनाउन सक्छ । तर नियाल्ने हो भने यो सम्भव छैन । यदि सम्भव हुँदो हो त पश्चिमा राष्ट्रमा कुनै महिला यो धन्दामा आउने थिएनन् ।हल्का रुपमा हेर्दा यौन धन्दमा सामेल हुनेलाई हेयको दृष्टिकोणले हेर्दै अश्लिल शब्दहरुले सम्बोधन गरिन्छ । अरु त अरु तिनै महिलासँग यौन सम्पर्क गरि रकम तिर्ने पुरुष नै यौनसुख दिएर पैसा लिएकी महिलालाई नै साथीभाई माझको कुराकानीमा यस्तीसँग गरियो भन्ने जस्तो तल्ले स्तरको शब्द प्रयोग गरिन्छ । सरकारले समेत यौन व्यवसायलाई कानूनी रुप दिएर केहि क्षेत्रलाई रेडलाइट क्षेत्र घोषण गर्ने बेला आएको छ । कसैले पनि यो धन्दालाई कानूनी हैसियत दिनुपर्छ भनेर बुलन्द आवाज निकालेका छैनन् । कसैले माग गरेपछि मात्र ति कुराको सम्बोधन गर्नुपर्छ भन्ने छैन । यौन व्यवसायलाई कानूनी मान्यता दिंदा यौनबारे सचेतना बढ्ने र यौनजन्य रोगको नियन्त्रणमा राज्यलाई सहयोग पुग्छ ।हिजो सम्म गर्भपतन अपराध थियो र गर्ने महिलालाई मानव हत्याकै अनुसार सजाय हुन्थ्यो तर अहिले त्यसले कानूनी मान्यता पाएको छ । कानून सम्मत बनाइदिने हो भने यौनक्रिडा, यौन बजार र यौनसँग सम्बन्धित शोषण तथा विक्षिप्त मानसिकविकृतिमा कमी आँउन सक्छ । रेडलाइट क्षेत्र घोषणा गर्नु वा कम्तिमा पनि यसको बारेमा बहस चर्चा गर्नु नारीको अपमान होइनबरु सम्मान हो । हो उनीहरुलाई सामन्यतया हेर्दै चिन्न सक्छौ । भद्दा श्रृंगार, भड्किलो कपडा, ठाँउठाँउमा छालामा उनिएका गहना र हाउभाउले उनीहरुको पहिचान हो ।उनीहरुको निधारमा टल्किएका बिन्दिया हुन्छ तर कुनै पुरुषले लगाइदिएको रातो टिका होइन, केही प्लाष्टिक र ढुंगाकोमाला हुन्छ तर पोते या मंगलसुत्र होइन अनि प्राकृति रुपमा सुन्दर भए पनि म यहि धन्दा गर्छु भनेर सजिलै चिनुन् भनेर दलिएकोलाली र क्रिम । के उनीहरुको अन्तिम श्वास यहि धन्दा गर्दागर्दै जाने हो र ? हामी हाम्रो बहिनी, छोरीहरु राम्रो चरित्रको होउन्भन्ने चाहन्छौ र यौनसँग त जोडिएको कुरा कहिल्यै सुन्न नपरोस् भन्ने चाहना राख्छौ तर ती महिलाहरुसँग गएर रकम तिर्ने पुरुषभने को हुन् त ?केहि खुला व्यक्तिहरुको कुरालाई हावामा उडाइन्छ तर पछि समय आएपछि साकार हुन्छ । काठमाण्डौँका मेयर केशवस्थापितहरुले प्रेमीप्रेमीका लागि लभपार्क हुनुपर्छ भन्नु र पूर्व गृहमन्त्री वामदेव गौतमले यौन व्यवसायलाई कानूनी दायरामा ल्याउनेबेला भएको छ भन्नु मुर्खता र असामाजिक होइन । शतप्रतिशत मानिस नै हरेक कुरामा सहमत हुनुपर्छ भन्ने छैन । अझ भन्नेहो भने हाम्रो समाजमा यौनकार्य निरन्तर हुन्छ र त्यसबाट नयाँ पुस्ता जन्मिन्छ तर यस माथि बहस हुँदैन । शहरको बढ्दो महंगीमाबाँच्न, घरेलु मजदुरी अति थोरै तलब, गरिबीको कारण पढाइ अगाडि बढाउन नसक्नु कारण अधिकांश गरीब युवतीहरु यौनकोमुख्य हब वा मसाज सेन्टर, क्याबिन रेष्टुरेन्ट र मसाजपार्लरमा शरणार्थी बन्न पुगेका छन् । अधिकांशलाई त नागरिकता भनेकोनै थाहा नहुँदा सिमकार्ड अरुको नामबाट लिने र धन्दाबाट आएको रकम सबै श्रृंगार सामाग्री, कपडामा खर्च गरि बचत गर्नब्याङ्कमा खाता पनि हुँदेन ।समग्रमा यौन व्यवसाय विश्वकै सबैभन्दा पुरानो व्यवसाय हो । पोखराको समेत खुलेआम अघोषित रेडलाइट क्षेत्र रहेकोकसैबाट लुकेको छैन । सिधै देशको कुनै पनि भागमा तत्काल रेडलाइट क्षेत्र घोषण गर्न सकिदैन र आँखा चिम्लेर कुनै निर्णयपनि गर्नु हुँदैन । सबै तहसँग बहस गरि बिस्तारै सबैको समर्थनबाट कानूनी दायरामा यौन व्यवसायलाई कानूनी मान्यता दिनसकिन्छ । रेडलाइट क्षेत्र घोषणा गर्न अझै केही दशक सम्म नसकिएला तर सहमतीको यौन बलात्कार होइन र यौन कुनै पनिजीविको शारिरिक अधिकार हो ।