Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 0टिप्पणियाँ
भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी भारतीय क्रिकेट इतिहासकै सबैभन्दा सफल कप्तान मानिन्छन् । धनीहरुको सूची सार्वजनिक फोर्ब्स म्यागजिनका अनुसार धोनी विश्ववका सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा २२ औं स्थानमा छन् । उनको साथमा ३० मिलियन डलरको सम्पति छ । धनीको उक्त सूचीमा रहेका धोनी एक मात्र भारतीय खेलाडी हुन् । गत वर्ष उनी १६ औं नम्बरमा थिए ।
कमाइ मात्र होइन क्रिकेटरकोरुपमा पनि विश्वकै सबैभन्दा सफल कप्तान हुन् धोनी । यस्तो सफल र धनी ब्यक्तिसँग विभिन्न मोडलका कार हुनु त स्वभाविकै हो धोनी भने कार भन्दा बढी बाइकका शौखिन् छन् । यहाँ धोनीले प्रयोग गर्ने सस्ता देखि महंगा सम्म गरी ९ बाइकको चर्चा गरिएको छ ।
कम मूल्य पर्ने धोनीले प्रयोग गर्ने मध्येको एक बाइक हो यामाहा आर एक्स । Yamaha RXZ-135
यामहाको यो मोडल पनि धोनीको कलेक्शनमा परेको छ ।
Confederate Hellcat X132
यो बाइक हुने धोनी दक्षिण एसियाका एक मात्र ब्यक्ति हुन् । यसको मूल्य करिव ४३ लाख रुपैयाँ पर्छ । धोनीले रातिको समयमा यो बाइक चलाउने गरेका छन् । Harley-Davidson Fat Boy
कलेजका विद्यार्थीलाई साह्रै मन पर्ने यो बाइक पनि धोनीको संकलनमा छ । यसको मूल्य पनि करिव २१ लाख रुपैयाँ पर्छ ।
Ducati 1098
सन् २००७ मा बाइक अफ द इयर बनेको यो बाइक पनि धोनीले राखेका छन् । यसको मूल्य २८ लाख जति पर्छ । Kawasaki ZX14R Ninja
धोनीलाई स्पोर्ट्स् बाइको पनि शौख छ । उनले २१ लाख भन्दा बढि पर्ने यो बाइक पनि साथमा राखेका छन् । यसको इन्जिन १४४१ सिसीको छ । Enfield Mechismo
यो बाइकको आवाज साह्रै अनौठो छ । यसकै लागि धोनीले यो बाइक किनेका हुन् । यस्को मूल्य भने सस्तो छ । Yamaha Thundercat
५९९ सिसीको यो बाइक पनि युवाहरुलाई साह्रै मन पर्ने बाइक हो । धोनीसँग भएको यो उच्च रफ्तारवाला बाइकको मूल्य ३३ लाख भन्दा बढी पर्छ । Karizma -
Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 0टिप्पणियाँ
सुनकोसीका अन्धविश्वासी किस्सा
सिन्धुपाल्चोक : माङ्खा गाविसको जुरेमा गएको पहिरोका प्राविधिक कारणहरुलाई छोडेर स्थानीयका किस्सा सुन्ने हो भने अनौठो लाग्न सक्छ। स्थानीयहरु यहाँको भौगोलिक बनौट, पहिलैदेखि चर्किँदै गएको जमिनका बारेमा एकै शब्द बोल्दैनन्। स्थानीयले भन्ने गरेका किस्साले हाम्रो समाजको अन्धविश्वास झल्काउँछ।
किस्सा १: नागपञ्चमीका दिन नाग मारिएको थियो
त्यति ठूलो पहिरो जानुको मुल कारण स्थानीयले नागपञ्चमीको दिन नाग मारेकोले हो भन्ने किस्सा घटनास्थल वरपर हरेकले भन्छन्। नागपञ्चमीका दिन स्थानीय एकजनाको घरमा नाग पसेको थियो। उनका साना छोरालाई नागले टोक्नसक्ने भन्दै उनले कोदालोले हिर्काएर नाग मारेका थिए। नागपञ्चमी कै भोलिपल्ट अर्थात् २ बजे राति विशाल पहिरो गयो।
नाग मार्नेको पारिवार मात्र हैन पहिरोले पूरै गाउँ नै सखाप पार्यो। ड्यामसाइट र पहिरो खसेको स्थानको बीचमा कोदारी राजमार्ग मै घर भएका इश्वरीलाल श्रेष्ठ भन्छन्, ‘ नागपञ्चमीका दिन दुईवटा नाग मारेकै हो। तामाङ बस्तीमा मारेको हो तर त्यसकै कारण पहिरो गएको हो कि होइन, थाहा छैन,’ उनले भने, ‘विगत पाँच बर्षदेखि सानो सानो गर्दै पहिरो गइरहेको थियो।‘
किस्सा २: एक वर्षअघि अजिंगर मारिएको थियो
पहिरोको कारणको अर्को किस्सा अजिंगरमा गएर जोडिन्छ। चौताराबाट उद्दारका लागि शनिबारै घटनास्थल पुगेका र उद्दारमा खटिइरहेका एक सैनिकले भने, ‘स्थानीयहरुले बताएअनुसार पोहोर साल यही गाउँमा एउटा ठूलो अजिंगर मारेर १० केजी त बोसो निकालिएको थियो रे।‘ यो किस्सालाई माथ दिँदै स्थानीयहरुले अझ अगाडि बढेर भन्छन्, ‘कोसी थुनिएर ताल बनेको ठाउँमा पहेँलो रंगको एउटा बच्चाजस्तोको टाउको देखिन्छ। मान्छेको शव भनेर सेना डुंगा लिएर पुग्छ, तर त्यो गायब हुन्छ।‘
उनीहरु मारिएको अजिंगर भाले भएको र उसको पोथी अजिंगर अझै जिवित भएको विश्वास गर्छन्। त्यही बाँचेको पोथी अजिंगरले आफ्ना बच्चा खोजिरहेको बताउँछन्। तर उद्दार कार्यमा खटिएको सेनाले यसलाई पुष्टि गर्दैन। ‘एकपटक मान्छेको शवजस्तो केही देखिएको हो, तर त्यो काठ नि हुनसक्छ, जुन पानीमा डुब्दै तैरिँदै गर्छ,’ उद्दारमा खटिएका एक सैनिकले बताए।
किस्सा ३: ब्याउने गाई काटिएको थियो
पहिरो गएको माथिल्लो बस्ती तामाङ बस्ती हो। तौथली ड्यामसाइटका बासिन्दाका अनुसार माओवादी जनयुद्दताका यो तामाङबस्ती माओवादीको ‘सेल्टर एरिया’ थियो। त्यतिबेलादेखि नै तामाङबस्तीमा गाई काटेर खाने क्रम बढेको थियो। घटनाको ६ महिना अघि तामाङ बस्तीमा ब्याउने गाई काटेको कारण नै पहिरोको कारण हो भन्छन् स्थानीय। पहिरोमा घर गुमाएका तर आफु भागेर बाँचेका दिनेश नेपालीले भने, ‘सबैजना गाई काटेकोले र नाग मारेकोले भगवानले सजाय दिएको भन्छन्, खै के पत्याउने! के नपत्याउने!’
किस्सा ४: वरिपरीका घर बगे तर मन्दिर बगेन
अन्धविश्वासका किस्सा अझै सकिँदैनन्। स्थानीयहरु ड्यामसाइट पुग्ने जोसुकैलाई किस्सा सुनाउन व्यस्त देखिन्छन्। पहिरोले गाउँ नै सखाप पार्दा स्थानीयबासीहरु कुन घर किन बगेन भनेर किस्सा हालिरहेका छन्। ड्याम साइटको किराना पसलमा बसेर केही अँधबैंसे युवकहरु विश्लेषण गर्दै थिए, ‘वल्लो घर नि बग्यो, पल्लो घर नि बग्यो तर दुई घरको बीचको सानो मन्दिरको एउटा बत्ती सम्म फुटेको छैन। दैवी शक्ति हुँदैन भनेर कसरी मान्नू।‘ पहिरो खस्दा गहिरो भागतिर बग्ने भएपनि एउटै स्तरमा रहेका अरु घर भत्केर मन्दिरमा कुनै क्षति नपुगेकोमा उनीहरु चकित परेका देखिन्थे।
किस्सा ५: माताजी बच्नु भो
स्थानीयबासीहरु पहिरोमा कस्को घर भत्क्यो र कस्को बच्यो भन्ने हिसाब गर्दै उसले पहिला के भनेको थियोसम्म जोडेर किस्सा हाल्छन्। कोही एउटी माताले पहिले नै नागको पूजा गर्नु भनेकी तर गाउँलेले नमानेको किस्सा हाल्छन्। यो किस्साले भन्छ, ‘माताजीले सबै गाउँलेलाई नाग रिसाएको बताएकी थिइन्। गाउँलेले मानेनन्। पछि माताले आफ्नो घरको एउटा कुनामा नाग पूजा गर्ने ठाउँ बनाइन् र पूजा गरिन्। उनको घर त बचेन तर उनी घाइते भएर बचिन्।‘
किस्सा ६: भगवान काशी गए अझ ठूलो पहिरो जान्छ
चौताराबाट पहिरो हेर्न पुगेका एकजनाले उद्दारका लागि खटिएका सैनिकसँग हालेको किस्सा झन् चाखलाग्दो छ। ‘यो ठाउँ नागको बस्ती हो। अजिंगर पनि त्यही नागको एक अंश हो।‘ उनले यति मात्र भनेनन्, थपे, ‘पशुपतिका मूल भट्टले बकिसके, यो ठाउँका मान्छेले नागलाई गरेको व्यवहारले नाग रिसाएका छन्। यी नाग काशी गए भने यो ठाउँमा अझै पहिरो जान्छ र केही पनि बाँकी रहँदैन।‘ सैनिकले ‘ए, हो !’ भनेर प्रतिक्रिया जनाउँदै गर्दा उनले थपे, ‘थाहा पाउनु भएन? भट्ट हेलिकोप्टरमा यो ठाउँ हेरेर गइसके। तपाइँहरुकै हेलिकोप्टर त चढेर आए होलान् नि !’ उनको कुरा सुनेर सैनिकले मुन्टो मात्र हल्लाए र भने, ‘खै, म हिजोदेखि मास्तिर गएकै छैन।‘
पहिरोबाट विस्थापित भएकाहरुलाई लामासाँघुमा राखिएको छ। परिवार गुमाएकाहरु शव फेला परेका र नपरेकाहरु काजकिरीया गर्दैछन्। पहिरो गएको स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उत्खनन् गरिरहेका छन्। यता किस्सा हाल्नेहरु चाहिँ तौथली ड्यामसाइटमा बसेर त्यहाँ पुग्ने नयाँ मानिसहरूलाई किस्सा सुनाइरहेका छन्। किस्सा हाल्नेमा स्थानीयबासी त अग्रपंक्तिमा छँदैछन्, सुरक्षाकर्मी पनि यसबाट अछुतो छैनन्।
सिन्धुपाल्चोकको जुरेमा शनिबार गएको पहिरोमा १ सय ५६ जनाले ज्यान गुमाए। मृत्यु हुनेमा मांखाका ड्याम, कागुने र इटनी बस्तीका १ सय २५, टेकानपुरका दाबी गाउँका २३ र राम्चेका ८ जना रहेको प्रहरी प्रमुख डिएसपी भरतबहादुर बोहराले बताएका छन्।
त्यस्तै पहिरोमा राम्चेका २ सय ७, मांखाका १ सय ९४, टेकानपुरका ४२ र धुस्कुन गाविसका ३४ गरी ४ सय ३६ घरपरिवार विस्थापित भएका छन्। शनिबार बिहान डेढ किलोमिटरमाथिबाट आएको मांखा कान्ले पहिरोले सुनकोसी नदी थुनिएको थियो।
Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 0टिप्पणियाँ
एक निजी क्षेत्रको वित्तीय संस्थाका लागि केही दिनपहिले पत्रिकामा कर्मचारी आवश्यकताको विज्ञापन गरियो। विज्ञापनमा खुलाइए अनुसार योग्यता पुगेका उम्मेदवारले दरखास्त पनि दिए। सम्पूर्ण प्रक्रिया पुगेपछि अन्तर्वार्ताको लागि उनीहरुलाई बोलाइयो। अन्तर्वार्तामा शैक्षिक योग्यता, कामको अनुभव र आत्मविश्वासलाई हेरेर नम्बर दिइयो। अन्त्यमा जो उम्मेदवार सबैभन्दा उच्च नम्बर ल्याएर अग्रपंक्तिमा थिइन्, उनी पछि परिन् भने उनीभन्दा कम नम्बर ल्याउने छनोटमा परिन्। कुरा बुझ्दा थाहा भयो, शारीरिक रुपमा त्यति सुन्दर नभएकाले उनी छनोट नभएकी रैछन्। सुन्दा सामान्य लाग्छ यस्ता कुराहरु। अथक मिहिनेतले अध्ययन गरेर ब्युटिपार्लर धाउन नभ्याएकाहरु जो ‘कस्मेटिक’ जिन्दगीमा बाँच्दैनन्, उनीहरुलाई भने यसले समस्यामा पार्ने गरेको छ।
लेखिका:-जमुना वर्षा शर्मा
भनिन्छ, शारीरिक सुन्दरता क्षणिक हुन्छ, आन्तरिक एवं बौद्धिक सुन्दरताले मानिसलाई सफल बनाउँछ। तर, यहाँ त्यो देखिएन। महिला हिंसाविरुद्ध चर्को विरोध र बहस भइरहँदा यस्ताखालका ‘अदृश्य’ हिंसाहरु पनि देखिइरहेका छन्। यो पनि हिंसाको अर्को रुप हो। जुन लुप्त रुपमा फैलिएको छ। शारीरिक हिंसालाई मात्रै बहसको विषय बनाइरहँदा यस्ता हिंसाहरु झन् फष्टाउँदै गएका छन्। बौद्धिक स्तर उकास्न दिन रात लागिपरेका कतिपय किशोरीहरु ब्युटिपार्लर धाइधाई सुन्दर आवरणमा देखिने सौख राख्दैनन्। पार्लर धाउन नभ्याएकाहरुलाई यस्तो अवस्थामा योग्यताले मात्र करियर सुरु गर्न गाह्रो हुने गर्छ।
यो एउटा महिलामाथिको अदृष्य मानसिक हिंसा हो। मानसिक रुपमा दिइने यस्ता हिंसा पनि कम पीडादायी हुँदैनन्। महिलालाई जहिले पनि उपभोग्य वस्तुको रुपमा मात्र हेर्ने प्रवृत्तिको निरन्तरता हो यो। हुन त अहिले विभिन्न सुन्दरी प्रतियोगिताहरु हुने गरेका छन्। प्रतियोगितामा उत्कृष्ट हुनेहरुले निजी क्षेत्रमा पनि राम्रै अवसर पाइरहेका छन्। यिनीहरुलाई विभिन्न क्षेत्रमा सद्भावनादूत हुने अवसर देखि जागिर पाउने सम्भावना प्रशस्तै देखिन्छ। तर यो सबै महिलाको पहुँच र क्षमतामा छैन, केही सीमित महिलाहरुमात्रै यसको पहुँचमा हुन्छन्। तर, कुरा सीमित महिला र सहरी युवतीको मात्र होइन।
यसरी आकर्षक व्यक्तित्वको जलप लगाएर महिला महिलाबीच नै विभेद गरिनुले पुरूष मानसिकता उजागर गर्छ। कि त दरखास्त आह्वान गर्ने बेलामा भन्नुपर्यो कि शारीरिक रुपमा सुन्दर व्यक्तिहरुले मात्र दरखास्त दिनुहोला। होइन भने योग्यता पुगेका र उत्कृष्ट अंक ल्याउनेलाई शारीरिक सुन्दरता खोज्दै अवसरबाट बञ्चित बनाइयो भने उसले अवसर कहिले पाउने र उसको बौद्धिकताको कदर कहिले हुने?
कतिपय ठाउँमा आकर्षक व्यक्तित्व भन्दै घुमाउरो पाराले पनि सुन्दर आवरणको खोजी गरिन्छ। प्रायःजसो सरकारी क्षेत्रमा भन्दा पनि निजी क्षेत्रमा यो अनिवार्य जस्तै छ। कतिपय निजी क्षेत्रले खुलेरै सुन्दरीको आह्वान गर्छन् जसमा एयरहोस्टेज पर्छन्। त्यसमा त्यस्तै योग्यता पुगेका जान्छन्, यसमा आपत्ति प्रकट गर्नु छैन तर अन्य क्षेत्रमा आवश्यक योग्यता पुगेकालाई घुमाउरो शैलीमा शारीरिक सुन्दरतामा लगेर जोख्दै योग्यताको अवमूल्यन गर्नु कति जायज हो? त्यसो त अन्तर्वाता लिने अधिकांश पुरूषहरु नै हुन्छन्। आकर्षक व्यक्तित्वको दुहाइ दिएर शारीरिक सुन्दरता छान्दै बौद्धिक एवं आन्तरिक सुन्दरीहरुलाई पाखा लगाउन पल्लकेकाहरुमा केहि निहित स्वार्थ हुनसक्छ। निजी क्षेत्रले आफ्नो व्यवसाय प्रवद्र्धनमा सुन्दर युवतीको बढी आवश्यकता ठानेको हुनसक्छ तर यो महिलामाथिको अदृश्य हिंसा हो जो बाहिर देखिँदैन भित्रभित्रै सल्किरहेको छ।
एक महिला मित्रले निजी क्षेत्रमा दरखास्त दिने बेलामा आफ्नै अगाडि केही व्यक्तिले ‘हेर्दा राम्री त पहेँलो ज्याकेट लगाएकी रहिछ’ भनेको सुनेपछि उनलाई दरखास्त दिनै मन लागेन रे। उनले भनिन्, योग्यता नै नहेरी सिधै शारीरिक सुन्दरता हेर्न ठाउँमा कसरी जागिर पाइन्छ र हामीजस्ताले? भर्खर बिबिएस सिध्याएकी उनले फ्रन्ट डेस्कको लागि बौद्धिकभन्दा पनि शारीरिक सुन्दरीको खोजी हुने गरेको बताइन्। ‘झट्ट हेर्दा शहरिया र सुन्दर युवतीहरुका अगाडि हामीले जागिर पाउन गाह्रो रहेको’ उनको अनुभव छ।
देशमा बेरोजगारी चरमचुलीमा छ। अधिकांश पुरुष युवाहरु विदेशतिर पलायन हुन्छन्। देशमा रहेका मध्यम र निम्न वर्गका युवाहरु पनि जागिरको अस्वस्थ्य प्रतिष्पर्धामा जुट्नुपर्ने हुन्छ। सरकारीतर्फ दक्ष जनशक्तिभन्दा निकै कम मात्रामा लोकसेवा आयोग खुल्ने गरेको छ। बाँकी सबै निजी क्षेत्रकै भर पर्नुपर्ने बाध्यता छ, त्यसमा पनि आफ्ना चिने जानेका नै प्राथमिकतामा पर्ने गर्छन्। योभन्दा बाहिर गए पनि राम्रो आवरण खोजिन्छ। हुन त यति भनिरहँदा यो जमानामा मेकअप गरे त सुन्दर भैहालिन्छ नि भन्ने तर्क पनि आउला तर यथार्थमा सुन्दरी नै किन खोजिन्छ काम रुपले गर्ने हो कि उसको कार्यकुशलताले? जागिर खान जाने युवती पक्कै पनि ‘फर्मल गेटअप’मा त गएकै हुन्छन्, बढी रुपवती खोज्नुको कारण के हो? कतिपय संस्थाका आ–आफ्नै नियम होलान्, त्यसमा कसैको आपत्ति छैन तर अन्तर्वार्ताबाट उत्कृष्ट भएकाहरु विभेदको सिकार हुनु चाहिँ पक्कै राम्रो होइन।
देशको संक्रमणकालीन राजनीतिक अवस्थाले रोजगारीका बाटाहरु प्रायः बन्द छन्। त्यहीमाथि पनि निजी क्षेत्रका राम्रो संघसंस्थामा महिलालाई जागिर खान निकै गाह्रो छ। अविवाहितलाई विवाह भएर गइहाल्छन् भनिन्छ भने विवाहितलाई बच्चाबच्ची हुन्छन्, अफिसलाई धेरै समय दिँदैनन्, बिदा बढी खोज्छन्जस्ता कुराहरु तेस्र्याएर रोजगारबाट बञ्चित गराइन्छ। पुरुषको हकमा भने यस्ता कुरा हेरिँदैन। महिलालाई उपभोग्य वस्तुको रुपमा मात्र हेरिँदा यावत समस्याहरु देखिँदै आएका छन्।
महिला हिंसाको कुरा गर्न थालेको पनि वर्षौँ भइसकेको छ। सबैमा समानताको आवाज पनि उठिरहेको छ। तर पनि महिलाहरु विभिन्न किसिमका हिंसामा परि नै राखेका छन्। आफ्नो योग्यता अनुसारको जागिर नपाएपछि निरास भएर कतिपय महिलाहरु भिन्न पेशा अँँगाल्न बाध्य समेत भएका छन्। त्यसो त जागिर लगाइदिने बहानामा महिलामाथि हिंसा भएका थुप्रै घटना पनि हामीले सुन्दै र देख्दै आएका छौं र यस्तो प्रकारको हिंसामा पनि कतिपय बौद्धिक सुन्दरीहरु पर्ने गरेका छन्।
jamuna.barsha@gmail.com
setopati.com
Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 0टिप्पणियाँ
नेपाल से जुड़ी वो दस बातें, जिन्हें आप शायद नहीं जानते होंगे
इंटरनेशनल डेस्क। चीन ने कहा है कि नरेंद्र मोदी की नेपाल यात्रा सफल साबित हुई है। चीन की सरकारी न्यूज एजेंसी शिन्हुआ ने कहा, "17 साल में पहली बार गए किसी भारतीय प्रधानमंत्री ने नेपालियों को दिल जीत लिया है। वे रिश्तों को काफी आगे और नई ऊंचाइयों पर ले गए हैं। हालांकि, नेपाल को अब संदेह हो सकता है कि कहीं भारत उसके ऊर्जा क्षेत्र पर एकाधिकार न जमा ले।"
गौरतलब है कि नेपाल के अगल-बगल में विश्व की दो बड़ी आर्थिक महाशक्ति भारत और चीन है। वह पर्यटकों के बीच लोकप्रिय देशों में से एक है। 147,181 किलोमीटर में फैला दक्षिण एशिया का यह शहर नेचुरल रिसोर्सेस और प्राकृतिक सुंदरता के लिए जाना जाता है। यह छोटा-सा पहाड़ी देश हाइड्रोपावर, राफ्टिंग और माउंटेन ट्रैकिंग के लिए भी मशहूर है। विभिन्न देशों के पर्यटक माउंट एवरेस्ट (दुनिया का सबसे ऊंचा पर्वत) और अरुण घाटी (सबसे गहरी घाटी) को देखने आते हैं।
इस देश में विभिन्न जाति और धर्म के लोग रहते हैं। कई सालों से माओवादी संघर्ष में उलझे होने के कारण यहां नया संविधान बनना बाकी है। इससे इसके विकास पर काफी प्रभाव पड़ा है। इन सबके बावजूद नेपाल प्राकृतिक स्रोतों सहित कई मामलों में अन्य देशों से आगे है।
जानिए नेपाल से जु़ड़े 10 फैक्ट्स...
दुनिया का सबसे स्लो इंटरनेट
नेपाल दुनिया का दूसरा देश हैं, जहां इंटरनेट की गति बहुत धीमी है। यहां 32 फीसद इंटरनेट कनेक्शन या 60 फीसद लोगों का इंटरनेट 256 kbps से भी कम स्पीड में चलता है। नेपाल में कई IPSs और कम्युनिकेशन फर्म कम दाम में इंटरनेट की गति को तेज करने का प्रयास कर रही हैं।
आगे पढ़ें: हमेशा गुल रहती है बिजली...
हालांकि, नेपाल का स्थान वाटर रिसोर्स के मामले में दुनिया में दूसरे नंबर पर है। अगर इसका समुचित उपयोग किया जाए तो यह देश हाइड्रोपावर के क्षेत्र में दुनिया में एक बड़ी ताकत बन सकता है। अभी तक नेपाल में लगभग 83,000 मेगावाट हाइड्रोपावर का उत्पादन होता है। यहां के बेकार इन्फ्रास्ट्रक्चर की वजह से यह देश बिजली पैदा करने में अभी काफी पीछे है। यहां लोगों को रोजाना 9-12 घंटे ही बिजली मिलती है और हर सीज़न में 3 से 4 बार पावर कट होता है। इसी वजह से यह देश इंडस्ट्री, फैक्ट्री और ऑफिस की मूलभूत सुविधाओं के मामले में अभी भी अन्य देशों की अपेक्षा काफी पिछड़ा हुआ है। तंबाकू के लिए फेमस
नेपाल कभी चरस-तंबाकू आदि के लिए बहुत फेसम था। 70 और 80 के दशक में नेपाल की राजधानी काठमांडू में हिप्पीज लोग चरस और अन्य नशे के लिए आया करते थे। इस देश में वीड (चरस, तंबाकू) खरीदना, बेचना और इस्तेमाल करना गैरकानूनी है। फिर भी लोग चोरी-छिपे इसका व्यापार करते हैं। अभी भी वहां तंबाकू की अवैध खेती की जाती है। वर्ल्ड हेरिटेज साइट
15 किलोमीटर के एरिया में नेपाल में सात हेरिटेज साइट्स आती हैं। इनमें पशुपतिनाथ मंदिर, स्वयंभूनाथ मंदिर, बुद्ध स्तूप, काठमांडू, भक्तपुर और पटन दरबार स्क्वॉयर शामिल हैं। यह सभी हेरिटेज काठमांडू वैली के तीन जिलों काठमांडू, भक्तपुर और ललितपुर में पड़ते हैं। नमस्ते करना
नमस्ते करना वैसे तो भारतीय परंपरा में अभिवादन करने का तरीका है। लेकिन नेपाल में भी हाथ मिलाकर या गले लगकर नहीं, बल्कि हाथ जोड़कर अभिवादन करने की परंपरा है। नेपाल के भारत से सटे क्षेत्रों में नमस्ते के साथ ही बड़े बुजुर्गों के पांव छूकर आशीर्वाद लेना भी अभिवादन करने का एक तरीका है। अनेकता में एकता
‘यूनिटी इन डायवर्सिटी’ स्लोगन के साथ नेपाल के लोग देशप्रेम और राष्ट्रीयता को बहुत मानते हैं। नेपाल में भगवान बुद्ध के प्रति लोगों में जबरदस्त श्रद्धा की भावना देखी जा सकती है। महाशिवरात्रि के अवसर नेपाल का बहुत बड़ा त्योहार है। इस मौके पर पशुपतिनाथ मंदिर में अपार भीड़ उमड़ती है। नेशनल फ्लैग
दुनिया में नेपाल का झंडा ही ऐसा है, जो चतुर्भुज नहीं है। इसके अलावा सभी देशों के झंडों के चार कोने होते हैं। हाल में हुए एक रिसर्च में यह माना गया है कि नेपाल का झंडा एक मैथेमैटिकल झंडा है, जो इस देश की पहचान बताता है। नीला बॉर्डर और लाल रंग के साथ ही झंडे में बना चांद और सूरज और दो त्रिकोण हिमालय और दो धर्म हिंदू और बौद्ध को दर्शाते हैं। माउंटेन क्लाइंबिंग, ट्रैकिंग और राफ्टिंग
नेपाल में 8 सबसे ऊंचे पहाड़ या चोटियां हैं। इस वजह से यह देश माउंटेन क्लाइंबिंग, ट्रैकिंग और राफ्टिंग के लिए ट्रैवलर के बीच खासा चर्चित है। यहां हिमालय की वजह से लोग वैसे ही आकर्षित हो जाते हैं, जिस वजह से माउंटेन क्लाइंबिंग करने वालों के लिए यह जन्नत है। वहीं, यहां की त्रिशूली नदी भी रिवर राफ्टिंग करने वालों के बीच बहुत प्रसिद्ध है। एक अनुमान के अनुसार, राफ्टिंग और ट्रैकिंग में रुचि रखने वाले दुनिया के 20 फीसदी से ज्यादा लोग यहां आते हैं। कई रिकॉर्ड हैं देश के नाम
नेपाल के नाम दुनिया के कई रिकॉर्ड हैं। इसमें से सबसे पहले 8,848 मीटर की ऊंचाई वाला माउंट एवरेस्ट है। इसके साथ ही यहां धरती की सबसे ऊंची 4800 मीटर की तिलिचो झील, 3600 मीटर ऊंचाई वाली 145 मीटर गहरी Shey phoksundo झील, 1200 मीटर गहरी Kalidanki वैली और सबसे ऊंची अरुण घाटी है। इसके अलावा भी नेपाल के नाम कई वर्ल्ड रिकॉर्ड हैं, जैसे दुनिया का सबसे छोटा आदमी चंद्र बहादुर इसी देश का है। गोरखा सैनिकों की अतुलनीय बहादुरी
नेपाल के पड़ोसी देश भारत और चीन पर अंग्रेजों ने सालों साल राज किया, लेकिन कोई भी ताकत आज तक नेपाल को हाथ नहीं लगा सकी है। इसका श्रेय 'गुरखा' को जाता है। नेपाल के गोरखा बहादुरी और पराक्रम के लिए जाने जाते हैं। इसका सबसे बड़ा उदाहरण विश्व युद्ध में उनका प्रदर्शन था।
श्रोत :- दैनिक भास्कर
Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 2टिप्पणियाँ
हातमा सुनको चैन, गलामा सुनको मोटो लामो सिक्री, झलल झल्किने टाई सुट, ऐना सरि टल्किने जुत्ता, एक दुइ करोडको घडी, हिन्दा पनि स्लो इमोशनमा टक्क आउछन अनि नेपाली नेताहरुलाइ उत्तेजित हुने छेद बिक्षद पार्ने खालको ब्यबाहार गरेर राजनीतिक दलहरुलाई औलो हालेर धर्मको कुरो अनि धम्कि पूर्ण सैलिमा सन्धि सम्झौता र नेपालि राजनीतिलाइ नया हिंशा तर्फ धकेल्ने गरि मोदी आउदै छन् हामि सबैले सायद यस्तै सोचेका थियौ, हाम्रो मनमा मोदीको आगमनले पिडा दिईरहेको थियो,
तेस्माथी पनि नेपाल सरकारले गरेको भब्य स्वागत र उनले बिमान मार्फत पठायका दुइ वटा अरबौ रुपियाका गाडीले पनि मनमा संका पैदा गरेको थियो,
नेपाली समय अनुसार साउनको अठार गते बिहान दस पचपन्न बजे नेपाली भूमिमा भारतीय प्रधानमन्त्रि मोदीले पाइलाटेके, बिमान बाट मन्द मुस्कुराउदै एक जना व्यक्ति झरे जसको सरिरमा साधारण दौरा सुरुवाल एउटा स्टकोट सामान्य जुत्ता अनि हातमा सामान्य घडी, उनि बिमान बाट ओर्लिय अनि हात हल्लाउँन सुरुगरे, उनको स्वागतमा प्रतीक्षा गरिरहेका नेपालका प्रधानमन्त्रीले जानी नजानी स्वागत गरे, नेपालि प्रधानमन्त्रि सुसिल कोइराला चिटिक्क परेर कालो चस्मामा सजियका थिय, लाग्थ्यो भर्खर कुरकुरे बैश चढेको नौ जवान, धोका दियो चाउरी परेको गाला अनि सेताम्मे फुलेका रौ हरुले, मोदी हायात hotel पुगेर केहि छिन बिश्राम गरे लगत्तै दिउस संसद भबन पुगे, उनको मन्तब्य र नेपालिलाइ सम्बोधन गर्ने कार्यक्रममा मोदीले नेपालि भाषा बाट बोल्न सुरु गरे, म भने एक छिन अल्मल्लीय, होइन के हुदै छ, एक जना भारतीय प्रधानमन्त्रि नेपालि भाषामा सम्बोधन गर्दै छन् ? कसले सिकायो होला, लेखेर दियको पनि कति सुद्द बोलेको, आहा मनमा कति आनन्द आयो, एउटा बिदेशी मुख्य सक्तिले नेपाली भाषामा नेपालीलाई सम्बोधन गर्दा अति आनन्द यो मनमा, उनि बोल्न सुरु गर्दै उनले सुरुमै नेपालको बरण मात्र सुरुगरेनन, उनि आफु गौरब भयको समेत जानकारी गराय, उनले गौतम बुद्दको देशमा सान्तिको कामना गर्न आयको जानकारी दिय, पसुपतिको देशमा दर्शन गर्न र आफुले आसिर्बाद लिन आयको जानकारी मात्र गरायनन सम्पूर्ण भारतीय नागरिकलाई पनि आकर्सण हुने गरि सम्बधन गरे, नेपालले सहयोग चाहे भारतीय नागरिकहरुलाई पर्यटनको रुपमा नेपाल भित्र्याउन सक्ने र आफुले सहयोग गर्ने जानकारी दिय, नेपालले बिजुली उत्पादन गरेर नेपाललाई मात्र होइन भारतलाइ पनि उज्यालो दिन र ब्यापार गर्न आग्रह गरे, उनको मुख बाट निस्कियको हर सब्दले एउटा मात्र भाब झल्किन्थ्यो, नेपाल नरहे भारत रहदैन, nepal कम्जोर भय भारत सक्षम हुन सक्दैन, नेपाललाइ बिस्वका समृद्द देशहरु संग हातमा हात काधमा काध मिलायर हिड्द सक्ने सक्षम मुलुकको रुपमा देख्न चाहेको जस्तो बुझिन्थ्यो, उनि बोल्दै गय, उनि बोल्दै गर्दा एस्तो लाग्थ्यो पशुपतिनाथ मन्दिर छोडेर साक्षात इस्वरिय सक्तिमा संसद भबन प्रवेश गरे अनि नेपाली जनता लाइ सम्बोधन र नेपाली नेतालाई परिवर्तनको सिक्षा दिय, उनि बोल्दै गर्दा संसद भबन उल्लासमय बनेको थियो, हिजो bharat मुर्दाबाद भन्नेहरु लज्जास्पद हुदै टुलुटुलु हेरिरहेका थिय, भारतीय मन्त्रि बोल्दै गय समय सकिदै गयो, तर हाम्रो लागि समय प्रयाप्त भयन हामि अझ धेरै नेतालाई सिक्षा दियको हेर्न चाहान्थेउ, अन्त्यमा उनले नेपाललाई एक खर्ब बराबर नेपालि रुपिया सहयोग गर्ने घोषणा गरे, संसद भबन तालीले गुन्जयमान बन्यो, कतिले त सायद औला भाच्दै थिय होला, मेरो भागमा कति पर्यो,
यसरी भारतीय मन्त्रिले आफ्नो मन्तब्य टुंग्याय, हायत hotel तर्फ जादै गर्दा उनले आफ्नो स्वागतमा रहेका सर्बसाधारण नेपालि देखे, अनि गाडी बाट उत्रिय र स्वागत ग्रहण गरे, हात मिलाय हात हल्लाय, उनि साच्चै महान व्यक्ति हुन, उनीमा जादु छ, मैले भने दुइ वटा कुरा सम्झीरहेको थिय, संबिधान सभा एक हुदा प्रचण्डले गलामा भिरेको माला, प्रचण्डलाइ नेपालि जनताले गरेको बिस्वास, उनले पायको सम्मान, प्रचण्ड द्वारा रास्ट्र नेर्तित्वको प्रतीक्षा, अनि प्रचण्डले एक बर्ष बित्न नपाउदै नेपाली जनतालाई दियको निराशा धोका, उनको पदमोह ब्यबाहार, उनको मस्ती गर्ने सैलीको व्यक्तित्व, प्रचण्डलाइ अवसरले साच्चै पछ्छ्यायको थियो,तर उनले त्यो अवसर गुमाय,
मोदीको अनुहारमा देखियको इस्वरिय सक्तिको रुप अस्ति प्रचण्ड माथि पनि देखेका थिय नेपाली जनताले, तर त्यो अमुल्य घात संबिधान सभा दुइमा महँगो साबित भयो, उनको पाटीले नराम्रो हार ब्योहोर्नु पर्यो, मलाइ बिस्वास छ मोदीको आगमनले नेपालि राजनीतिलाई नया उर्जा दियको हुनुपर्छ, मेरा नेताहरुमा केहि सकारात्मक सोचको बिकाश भयको हुनुपर्छ, एध्धेपी भयन भने नेपालि राजनीत कुकुरको पुच्छार ठहरिने छ,
Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 0टिप्पणियाँ
मौसमको अनुकूल वातावरणले ति हिम श्रृङ्खला, छाँगा, छहरा र लहरै मिलेका बस्तीलाई हेर्ने हाम्रा नजरलाई भरपुर साथ मिलिरहेको थियो। लालीगुराँस, सुनाखरी, बुकीफुल र हिमलहरे फूलहरुको सुवासमिश्रित स्वच्छन्द हावाले हामीमा थप उर्जा प्रदान गरिरहेको थियो। बिचबिचमा बिभिन्न जाति अझ बिषेश गरी गुरुङ समुदायका संस्कारगत खानाका परिकार र स्थानीय स्तरमा उत्पादित ताजा भोजनले हामीलाई अमृत दिलाएको थियो। त्यहाँका स्थानीय समुदायले गरेको सत्कार र स्वागतले हामीमा प्रेरणा र उत्साह थपेकै थियो।
त्यसैले त हेर्दा आकाश जोडिने कैयौं डाँडा, पखेरा र पहरासँग मितेरी लगाउँदै, अनि हरियाली र बिभिन्न जातका बोटबिरुवाले भरिपूर्ण बनजंगलसँग प्राकृतिक साईनो लगाउँदै ३ दिनको पदयात्रा पछि पुग्यौं हामी खुमई डाँडा। यो समुन्द्र सतहबाट ३२४५ मिटर उँचाईमा पर्दछ। जहाँबाट धौलागिरी, मनास्लु, माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाका कुनाकाप्चा अवलोकन गर्न सकिन्छ। मानौं कि यी हिमश्रृङ्खलाका बलेसी खुमई हो भन्दा फरक नपर्ला। क्रियाशील पत्रकार महिला संघ कास्कीको आयोजनामा १७ जना पत्रकारहरुको टोलीले गत कात्तिक १७ गते शुरु गरेको माछापुच्छे्र नमुना पदयात्राके अन्तिम यात्रास्थल हो यो खुमई डाँडा।
नागबेलि मर्दीखोला
उक्त पदयात्राको पहिलो दिनको यात्रा पर्यटकीय स्थल हेम्जाकोट, धम्पुस हुँदै खोरामुखबाट ल्वाङघलसम्मको थियों। पोखरा, बिशेष गरी गुरुङ जातिको बाहुल्यता भए तापनि वास्तविक गुरुङ जातिको संस्कारगत स्थलको पहिचान बल्ल त्यहाँ पुगेपछि पाए जस्तो लाग्यो मलाई। बिद्युत आपूर्ति हुँदाको अधेँरी रातमा पनि ति लहरै मिलेका घरका ढुङ्गाका छानाको प्रकाशले झन् दिव्य किरण छाईरहेको थियो। दिनभरिको हिँडाईले थकित भएतापनि गुरुङसेनी आमाको हातले बुनेको गुन्द्रीमाथि टुसुक्क बसी पिएको महकिलो मही र आकाशका तारा जस्ता सेतै लावा बनेका मकैको एकै गाँसले सबै थकाई र प्यास मेटाईदियो। सबै साथीहरु आ–आफ्नै सुरमा त्यहाँको सुन्दर रमणीय वातावरणसँग रमाउँदै थिए। यो पदयात्रा मेरो लागि पहिलो थियो सायद त्यसैले होला मलाई यो सुनौलो अवसरमा सुन्दर बस्तीसँग जिस्किन मन लाग्यो। छिनभरमै धेरै फोटो आफ्नो क्यामेरामा कैद गरें। बस्तीपच्छेका समुदायको सत्कार र स्वागत अनि उनीहरुको शिष्टाचार व्यवहार अति नै बिर्सन नसक्नु थियो।
माछापुछ्रे हिमाल
हेम्जाकोट, धम्पुस र ल्वाङघलेल पोखरा नगरीबाट एक दिनमा घुमेर फर्कन सकिने स्थल हुन्। दुरीको हिसावले ति गाउँ पोखरा शहरबाट नजिक रहेता पनि त्यहाँको बिभिन्न जातजातिका संस्कारगत पहिचान त्यसमा पनि बिशेष गरी गुरुङ समुदायका रहन सहन, संस्कार, संस्कृति र परम्परागत जीवनशैली बिलकुल परक थियो। राष्ट्रियताको पक्षमा भाषण ओकल्ने हाम्रा महान् नेताहरु सायद त्यो ठाउँमा पुग्ने हो भने बल्ल बुझ्न सक्नेछन् नेपालको राष्ट्रियता, यथार्थता र गौरव के हो भनेर। उक्त गाउँमा विगत ४ वर्षदेखि होम स्टेको व्यवस्था गरिएता पनि अहिलेसम्म जम्मा ५ ओटा घरमा होम स्टेको व्यवस्था गरिएको र केही फाट्टफुट्ट पर्यटकहरु क्याम्पिङमा आउने गरेको स्थानीयबासीको भनाई थियो। यसैगरी धिताल हेम्जाकोटमा भने १५ वटा घरमा होम स्टेको व्यवस्था रहेछ। ल्वाङ्घलेल नगदेवाली चिया खेतीले पनि प्रख्यात मानिन्छ। यहाँ ६० लाख बराबरको चियाँ आम्दानी हुने र उत्पादित चिया डाईरेक्ट जर्मनमा निर्यात गरिएकोमा हाल भने बजार व्यवस्थापन राम्रो नभएकोले नेपालभित्रै बिक्री बितरण गर्ने भएको छ।
घलेल गाउँ
भोलिपल्ट हामी चिया बगान र त्यहाँबाट देख्ने गाउँबस्ती र शिरैमा उभिएको हिमश्रृङ्खलाको अवलोकन गरी खोरामुख झर्यौंए। त्यहाँबाट रिभानको उकालो बाटो लाग्यौं। रिभान गाबिसको वडा नं. १ अन्तर्गत देउरालीमा खाना खाई मैचेडाँडा, हलहले हुँदै घाँचोक गाविसमा पर्ने ललका डाडाँमा हाम्रो क्याम्पिङ थियो हाम्रो। रिभान गाविस मगर गुरुङ बस्तीले भरिएको ठाउँ, जहाँ घलेक, बख्खु, भाङ्ग्रा, चकटी जस्ता सामाग्री आफैले तयार पार्दा रहेछन्। प्याराग्लाईडिङको लागि सम्भावना बोकेको मैचे डाँडाले थप पर्यटकको पर्खाइमा आफ्नो रुप समतल्ल रुपमा बिछ्याइरहेको थियो। अर्गानिक मलको प्रयोगद्धारा उत्पादित खाना र मर्दी खोलाको माछाको स्वाद सम्झ्यो भने अहिले पनि भोक आफै टर्लाजस्तो महसुस गराउँछ मलाई। हाम्रो यात्रा जति अगाडि बढ्यो उति नै नयाँ र सुनौला रुख बिरुवाहरु हाम्रो स्वागतका लागि अगाडि प्रस्तुत हुन्थे। घोरल, मलसाप्रो, मुसो, खरायो, ढुकुर, यति जस्ता बन्य जन्तु र चराचुरुङ्गीका सलवलावट घना जंगलको सुन्यतामा बीच सुन्न पाउँदा अनौठो खालको अनुभूति हुन्थ्यो।
Pokhara Canyoning
हामीमध्ये ६ जना भरियाहरु प्राय अघिअघि नै हुन्थे। हामी ५/६ जनाको ग्रुप प्राय बीचमा पर्थ्यौं। घना जङ्गलबीच अगाडिको ग्रुप र पछाडिको ग्रुपलाई देख्न सकिँदैनथ्यो। कहिले काँही हामीले बाटो त बिराएनौ भन्ने भान हुन्थ्यो। एकचोटी त हामी बीचमा यता न उता भइरहेका थियौं। झमक्क रात परिसकेको थियो। जंगलबीच झ्याउकीरी र मलसाप्रोको आवाज बाहेक केही सुनिदैनथ्यो। जंगलको बाटो सबै छरिएका थिए। कता जाउँ कता जाउँ भइरहेको अवस्थामा थियौं। पछि आउने ग्रुप पनि त्यही बाटो आए अथवा अर्को बाटो गए खै कुन्नी? भन्दै त्यही जंगलमा अडिएर बसिरह्यौं। हाम्रो क्याम्पिङ स्थल ललका पुग्न कति समय लाग्छ अनुमान गर्न पनि सकेनौं किनकि हाम्रो गाईड अगाडि नै गईसक्नुभएको थियो। ठिक त्यही समयमा अन्धकार छाएको उन्यूको छाडी भित्रबाट आवाज आयो, मन झसङ्ग भयो। उ हामी भएतिर अगाडि बढ्यो, एकातिर उत्रो घना जंगलबीच निस्केको मान्छे को होला भन्ने डर, त्रास उब्ज्यो भने अर्कोतिर हामीलाई दिशानिर्देश गर्ला कि भन्ने आशा पनि पलायो। उसले केही भन्ने भन्दा पहिले हामीले प्रश्न गर्यौंि \'दाई ललका डाँडा पुग्न अब कति लाग्छ?\' उसले दाहिने कोखामा च्यापेको स्याउले घाँसको मुठा म नेरै बिसाउँदै भन्यो–\'यही माथि हो अब जम्मा पाँच मिनेट जति लाग्छ।\' यति भनेपछि हामीले एकछिन आनन्दको श्वास फेर्यौंी। मैले सोधे– \'तपाई कहाँ जान आउनुभएको यस्तो जंगलमा यतिबेला एक्लै?\' \'मेरो दुहुनो भैंसी हराएको २ दिन भयो गोठमा आएको छैन त्यसैले खोज्न गएको फेला परेन\' उसले लामो श्वास तान्दै भन्यो। तपाईंको घर कहाँ हो र दाइ भनी सोध्न नपाउँदै उसले भन्यो \'मेरो गोठ यही माथि हो, मेरो गोठ नजिकै हो नि क्याम्प ललका क्याम्प।\' अहिले भने उसको भैंसी हराएको दुःख बिर्सेर आज हामी आफ्नो गोठ नजिकै बस्न आएको देखेर खुसीको भाव व्यक्त्यायो। त्यस जङ्गलको एक्लो गोठालो भीमप्रसाद लम्सालसँग कुरा गर्दै हामी क्याम्पमा पुग्दा पाल टाँगिसकेका थिए। सधैँभरी त्यो घना जंगलको बीच एक्लै बस्ने गोठालो आज हाम्रो आगमनले पनि केही फुरुङ्ग थिए। केहीसमय सम्म उनीसँग कुराकानी गरी त्यहाँको परिवेश, वातावरण र त्यस भेगको गोठ राख्ने प्रचलनको बारेमा बुझ्ने मौका पाईयो। आफू सात वर्षको उमेर हुँदा देखि नै लेकमा भेडीगोठ बस्न थालेका भीमप्रसादलाई ति घना जंगलको स्वच्छ वातावरण र त्यहा हुर्केका चराचुरुङ्गी, पशुपंछीसँग रमाउन पाउदा खुशी छन्।
जुका
उसले अहिले २५ ओटा भैसी पालेका छन् भने गोठमा जम्मा ३ ओटा साना पाडापाडी मात्र छन्। किनभने अरु सबै भैसी दिन रात जंगलमा नै छाडिने रहेछन्। बिहान पख १० रुपिया गिलास दुध पिएर हामी त्यहाँबाट उकालो लाग्यौं। हामी जति लेकतिर लाग्यौं उति नै लट्टा परेका झाडी, लहरे रुख, लाली गुरास र सुनाखरीका झ्याङ छिचोल्नु पर्दथ्यो। आफ्नो अस्तित्व बिर्सन लागेजस्तो गरी कठ्याङग्रिरहेका केही बुट्यानहरुलाई पनि लालीगुराँस, पैँयू, सुनाखरीजस्ता बडेमानका रुखहरुले ओत दिई जीवन रक्षा गरिरहेका थिए। हाम्रो तेस्रो दिनको क्याम्पिङ स्थल वा अन्तिम गन्तव्य स्थल थियो खुमई डाँडा। हिले खर्क, देउराली हुँदै खुमई पुग्दा करिब ४ बजेको थियो।
युवा अभियान
हामी जति जति माथि चढ्यौं उति उती बनजंगलको झाडी पातलिँदो थियो। नाक टेकिने उकालो बाटो बाबियो र उन्यूको गाँज समाउँदै त कतै काठे भर्यााङ चढ्दै, ढुङ्गाको काप फोर्दै खुमईको टुप्पोमा पाईला टेक्दा मलाई शास्त्रमा उल्लेख गरिएको स्वर्ग नै होकी भन्ने भयो। त्यो उकालो चढ्दा खुमई डाँडाबाट देखिने यो रमणियताको कल्पना समेत गरेको थिईनँ। तीन दिनको हिँडाईको थकानले लखतरान परिरहेको थिएँ त्यसैले माथि पुगेपछि त एकछिन आराम गर्नुपर्ला भन्ने सोचेको थिएँ। तर त्यहाँ पुग्दा थकाई त के अनौठो खालको शक्ति ममा प्रवाह भएजस्तो लाग्यो। बस्ती बिनाको त्यो सुन्दर स्थलमा खोरल, हिउँचितुवा रमाईरहेका थिए। त्यसको अगाडि बैंश फुलाएकी हिमश्रृङ्खलाले चिउँडो माथि हात राखी लालुपाते र सुनाखरीको फूल सिउँरेर मख्ख परिरहेकी थिई। बालापनमा बाबाआमासँग गरिएको लाडप्यार आज माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र धौलागिरीको काखमा लुटपुटिँदै पोखुँजस्तो लाग्यो। दूरसम्म फैलिएका डाँडाकाँडा, गाउँपाखा, हरियाली बनजंगल, पोखरा शहर, पर्यटकीय क्षेत्र लाहचोक खाँचोक, ल्वाङ घलेल, धम्पुस, घान्द्रुकका बस्तीबीच पर्ने खुमई डाँडामा साँच्चै नै सोच्नै नसक्ने हथाह सुन्दरता पाएँ। तीन दिनको हिँडाई र थकाई भुसुक्कै बिर्सेर साथीहरु आ–आफ्नै तालमा र सुरमा रमणिय स्थलको सुटिङमा व्यस्त रहे। हिमालयको काखबाट बहने चिसो, स्वच्छ र सुमधूर हावा, आफ्नो सुन्दर, निश्चल बैंश पोख्नको लागि आतुरमा रहेकी हिमालय पर्वत र नयाँ पर्यटकको पर्खाईमा रहेको मौन वातावरणसँग एकैछिन वार्तालाप गर्न मन लाग्यो। यहीँ हो सुन्दर स्थल कोर्चुङडाँडा हुँदै मोदी हिमाल जाने मार्ग। जुन समुन्द्र सतहदेखि ५ हजार ५ सय ८७ मिटर उचाईमा पर्दछ। विगत दुई वर्षदेखि सुरु गरिएको माछापुच्छ्रे नमुना पदयात्रा अन्तर्गत पर्ने उक्त ठाउँमा अहिलेसम्म २ हजार जना पर्यटकहरु आउने गरेको माछापुच्छ्रे पर्यटन विकास समितिका सचिव कर्ण गुरुङले जानकारी दिए।
पानि घट्ट
भोलिपल्ट बिहान सूर्योदयको किरणले हामीलाई उठ्न झक्झकाईरहेको थियो। पालको सानो प्वालबाट पूर्व चियाई हेरे। भर्खरै बिवाह बन्धनमा बाँधिदै गरेकी नव बिवाहित युवतीले शिरमा सिन्दुर पोतेर हिमाललाई काखमा च्यापी मुस्कुराईरहेकी थिई। हामी पनि बाहिरियौं पालबाट, अनि नेपालको प्राकृतिक सुन्दरता, गौरव र शानप्रति गर्वित हुँदै सलाम दिएँ– \'आहा....... अथाह सुन्दर छ नेपाल\'।
ट्रेकिङ्को चौंथो दिन, तर भोलिल्ट तिहारको भाईटीका, जसरी पनि फर्कनुपर्थ्यो हामी। बिहानको मधुर दृश्यावलोकन पान गर्दै ८ बजेतिर तितो मन बनाएर रमणीय स्थल छोड्यौं हामी। कैंयौं नजर फर्काउँदै फेरि अर्कोचोटी भेट्ने बाचाका देउराली, पिपरा, करुवा, मिर्सा, तातोपानी, खारपानी हुँदै बेलुकी ७ बजे पोखरा झर्यौंर।
घर फर्केपछि झन् ति दृश्यहरु एक एक पालैपालो नजरमा आए। प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि त्यसलाई लोकप्रिय बनाउन र त्यसको उचाई बढाउनको लागि आवश्यक पूर्वाधारको निर्माण नभएकोले मन खिन्न भएर आयो। साईनबोर्ड नरहेकाले हामी बीचबीचमा हराउने र अलमलमा पर्नुपर्योय। त्यसैले बीचबीचमा मार्ग निर्देशनको लागि साइनबोर्डको खाँचो तत्कालको अभाव देखिएको छ। बीचबीचमा पानी, पँधेरा र चियानास्ताको अभाव पदयात्रीले झेलिनु परेको छ। बाटोभरी फुलेका हिमाली फूल र औषधिजन्य बुटीहरुले संरक्षण खोजिरहेका छन्, त्यसको उचित संरक्षण, सदुपयोग हुन सकिरहेको छैन। त्यसैले यसप्रति सरकार लगायत सम्बन्धित निकायको छिटोभन्दा छिटो ध्यानाकर्षण होस् जबकी भविष्यमा जाने पर्यटकहरुको मन अझ भरिन सकून् र निर्धारित समयमा उनीहरु गन्तव्यस्थानमा पुग्न सकून्। शब्द:- मीना थापा मगर, पोखरा तस्वीर: ल्वाङ घलेलका साथिहरुको फेसबुक वाल
Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 2टिप्पणियाँ
"के को बाहुन, के को कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती जातका कुरा गर्नेको दिमाग कहाँ छ मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गइ मैले गुर्सिनी ल्याकै हो, हामी नेपाली हौ मलाई त्यत्ति थाहा छ, पशुपति शर्मा र देविका केसीले गाएको यो गीतमाथि धेरैजनाले धेरै तरिकाले टिप्पणी गरेको पाए । विशेषतः गैरदलित साथीहरुले गीतले राम्रो सन्देश दिएको भनि गरेको टिप्पणी सतही लाग्यो । केही दलित साथीहरु त्यहि हौवाको पछाडि लागेको पाइयो । मेरो विचारमा यसरी विश्लेषण गर्नेहरुले पुरै गीत सुनेकै छैनन् । मात्र माथिको एक अन्तरा र स्थाथी पढेकै भरमा कतिपयले प्रतिक्रिया जनाइरहेका छन् । यो गीतको उठानमै दोष छ । ‘के को बाहुन के को कामी, के को जनजाति’ को ठाउँमा ‘के को बाहुन, के को दलित, के को जनजाति’ राख्दा के विग्रिन्थ्यो ? ‘जातका कुरा गर्नेहरु देशको लागि घाती’ भनेर यहाँ सिधासिधा जनजातिहरुलाई लक्षित गरिएको छ । यहाँ कुनै ब्राह्मण, क्षेत्रीले दलितलाई भेदभाव ग¥यो भनेर उनीहरुलाई घाती भनिएको होइन । बरु जातीय पहिचानको कुरा जनजातिहरुले उठाइरहेका छन् । दलितहरुले न्याय र समानताको कुरा उठाइरहेका छन् । उनीहरुलाई घाती भनिएको हो । पहिचानको कुरा उठाउँदा जातजातिको कुरा उठायो भन्नु मनासिव हो र ? के जातीय पहिचान, न्याय र समानताको कुरा उठाउनेहरु देशको लागि घाती नै हुन् त ? ‘जातका कुरा गर्नेको दिमाग कहाँ छ?’ भनेर पनि जनजाति र दलितलाई नै भनिएको हो । अर्को कुरा यो गीतमा दलितको थरहरुलाई प्रयोग गरेर पहिचानवादीहरुलाई घोचपेच गरिएको छ । भन्नुपर्दा, छोरी कुटेर, बुहारी तर्साउन खोजिएको जस्तो देखिन्छ । यसको पुष्टि यो अन्तराले गर्छ : ‘कहाँबाट कसले हिड्यो जातको कुरा बोकी जातको कुरा गर्नेले देश सिध्याउने हो की’ गीतमा ‘मेरो छोराले कमिनी ल्यायो, मेरो छोरी नी दमाईसित गई’ भनेर अन्तरजातीय विवाहलाई प्रोत्साहन दिन खोजिएको छ । तर यहाँ पनि कामी, दमाईको ठाउँमा दलित शब्द राख्न सकिदैन्थ्यो र? उनले गीतभरी कतै पनि ‘दलित’ शब्दलाई समावेश गरेका छैनन् । फेरि अन्तरजातीय विवाह समस्या समाधानको विधि होइन । यो त एउटा साधन मात्रै हो, साध्य होइन । उनको गीतको एउटा अन्तरा यस्तो छ : ‘एउटाको मन दुःख्दा खेरी अन्त पिडा जाओस् कामीकोमा भात पाक्दा बाहुन खान आओस्’ यहाँ त झन कामी शब्द यसरी प्रयोग गरिएको छ कि यो कत्ति पनि श्रवणयोग्य हुन सकेको छैन । यहाँ कामीको ठाउँमा दलित राख्न किन सकेनन् ? दमाई, कामी शब्दप्रति उनलाई किन यति धेरै लगाव ? यी शब्दहरु उच्चारण गर्दा पशुपति ‘शर्मा’ र कथित उपल्लो जातिलाई आनन्द आउँला तर सुन्दा हामीलाई आवेगमा ल्याउँछ । फेसबुकमै केहि दलित साथीहरुले ‘हामी दमाई, कामीलाई दमाईकामी भन्दा के विग्रियो र! आफ्नो जातिप्रति गर्व गर्नुपर्छ’ भन्ने जस्ता प्रतिक्रिया लेखेको पनि देखे । तर हामीले गर्व गर्नुपर्ने दलित भएकोमा हो । होच्याउने, गिज्याउँने पाराले भनिएको शब्दले आवेग नै निम्त्याउछ, गर्व होइन । फेरि यी शब्द सामन्तीयुगबाटै आएका शब्दहरु हुन् । यसलाई दलितहरुले नै बोकेर हिड्नुपर्छ भन्नु पछौटे सोँचको उपज हो । यहि गीत रेडियो, टि.भीबाट बज्न थालिसक्यो । अब चियापसल, होटल, रेष्टुराँ, चोक, सवारीसाधन जताततै यो गीत बज्नेछ । त्यतिखेर जुन पाराले गीतमा होच्याएर भनिएको छ त्यो सुनेर दलितहरुमा हिनताबोध हुने छ । अब झन गैर दलितहरुले यो शब्दको प्रयोगमा बृद्धि गर्ने छन् । यसको परिणाम देखिन थालिसकेको छ । यो गीतको विरोध गर्नेहरुलाई गैरदलितहरुले फेसबुक, अनलाइन खबर लगायतका वेभसाईटमा गरेको गालीको स्तर यसको गतिलो प्रमाण हो । त्यसैले यो गीत दलितको पक्षमा छ वा सन्देश दिन खोजेको छ भन्ने बुझाई कम्तिमा मेरो छैन । यस्तो गीतले सन्देश दिने होइन सामाजिक सद्भाव भड्काउने काम गर्छ । संचारमाध्यमहरुले पनि यस्ता गीतलाई प्रवद्र्धन गर्नु हुँदैन । जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ मा कसैले श्रव्य, दृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै गरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन नहुने उल्लेख छ । सो कसूर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँचसय रुपैयाँदेखि दशहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तसर्थ सरकारले पनि तत्काल यो गीत र यसको म्युजिक भिडियोको प्रशारणमा रोक लगाउनुपर्छ । यो गीतको प्रशारणमा रोक लगाउन दलित राजनीतिकर्मी, अधिकारकर्मी, मानवअधिकारवादी र सम्पूर्ण सजगवर्गले दबाब दिनु आवश्यक छ । ‘हामी नेपाली हौ’ भनेर नेपालीहरुलाई भावनात्मक रुपमा बाध्न खोजको भाव गीतमा दिने प्रयास गरेजस्तो देखाउन खोजिएको छ । तर पशुपति शर्माले भन्दैमा हामी नेपाली हुने नत्र नहुने भन्ने कदापी हुँदैन । गर्व साथ हामी नेपाली हौ भनेर भन्न कसैले कर लगाउन आवश्यकै छैन । आदिवासी जनजाति, दलित, मधेशी, पिछडिएका वर्गको अधिकारको लडाईलाई देश सिध्याउन खोजेको भनेर दोषारोपण गर्ने छुट पशुपति शर्मा र देविका के.सीलाई छैन । अन्तमाः यो राम्रो सन्देश ‘दिन खोजिएको’ तर सन्देश दिन पुरै असफल भएको गीत हो । यो गीतका एक दुई अन्तरा श्रवणयोग्य छन् तर सुरु देखिनै भएको गल्तिका कारण ति ओझेलमा पर्छन । यहि गीतमा प्रयोग भएको शब्दका कारण दलितहरुमा पिडाबोध उत्पन्न भएर सि.डिहरु जलाइए भने, पशुपति र देविकाको पुत्ला दहन गरियो भने या कुनै सार्वजनिक कार्यक्रममा उनीहरुमाथि ढुंगामुडा भयो भने यसको जिम्मेवार आफैलाई सम्झनुपर्ने बाध्यता उनीहरु सामु हुनेछ ।
गीत यस्तो छ ,
source:सेतो परेवा डट कम
के को बाहुन, के को कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती"-गायक पशुपति शर्माचाँही के भन्छन गीतका बारेमा यो पनि हेर्नुहोस
http://nayayatri.blogspot.com/2014/07/blog-post_23.html
Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 0टिप्पणियाँ
दारेचोक, (चितवन)- तपाईंले पिसाब फेरेबापत कहिल्यै पैसा पाउनुभएको छ? बरु २ देखि ५ रुपैयाँसम्म तिर्नुभएको पो होला। तर, पृथ्वी राजमार्ग छेवैमा चितवन, दारेचोक–७ पुग्नुभयो भने तपाईंले पिसाब फेरिदिएबापत उल्टै एक रुपैयाँ पाउनुहुनेछ। स्थानीय श्रीरेन्द्रप्रकाश पोखरेल आफ्नो चर्पीमा पिसाब फेरिदिनेलाई विगत ६ वर्षदेखि पैसा दिइरहेका छन्।
यसरी संकलित पिसाब मलका रूपमा बिक्री गरेर उनी पनि पैसा कमाउँछन्। नबिकेको पिसाब आफ्नै करेसाबारीको तरकारी खेतीमा प्रयोग गरेर पोटाँस, युरियाजस्ता मलमा खर्च हुने पैसा जोगाउँछन्।
पिसाब संकलनका लागि उनको घर, कार्यालयमा मात्रै होइन, अहिले गाउँभरि नै आधुनिक प्रविधिका चर्पी छन्। यस्तो प्रविधिलाई 'इकोसान' भनिन्छ। अनि यो प्रविधिका स्थानीय अगुवा उनै ५० वर्षीय पोखरेल हुन्। दारेचोक–५ को माझागाउँ माविका प्रधानाध्यापक उनले २०६४ सालमा नेपाल सरकारले प्रअहरूलाई दिएको सरसफाइसम्बन्धी तालिमबाट यो प्रविधि सिकेका थिए। 'तालिममा ४५ मिनेट सरसफाइ, खुला दिसामुक्तिका फाइदाबारे सिकाइएको थियो। त्यही बेला इन्जिनियर नवलकिशोर मिश्रले सिकाएको प्रविधि मैले प्रयोगमा उतारेको हुँ,' पोखरेलले भने।
दिसापिसाब जम्मा हुने गरी अन्य स्थानका भन्दा फरकखाले प्यान प्रयोग गरिएका छन्, त्यहाँका चर्पीमा। दिसापिसाब छुट्टाछुट्टै ठाउँमा जम्मा हुन्छ। 'तरकारी, फलफूलका लागि चाहिने पोटाँस, युरिया, फस्फोरसको काम युरिनले गर्छ,' पोखरेलले भने, 'मानिसको पिसाबमा युरिनको मात्रा सबैभन्दा धेरै हुन्छ। यसले रासायनिक मलको तुलनामा कयौं गुणा बढी काम गर्छ।' पिसाब संकलनका लागि फरक–फरक प्यान भएको चर्पी पोखरेलको सेवा नेपाल कार्यालयमा छ। यसरी संकलित पिसाब तीन सातासम्म बन्द भाँडोमा राख्ने र त्यसपछि प्रयोग गरिने उनले जानकारी दिए।
२०६५ सालतिर अभियान सुरु गर्दा उनलाई स्थानीयले साथ दिएका थिएनन्। सुरुमा उनले विद्यालयवरपरका पाँच घरधुरीलाई पिसाबको फाइदाबारे बुझाए। संकलन तरिका सिकाएर आवश्यक चर्पी निर्माणमा सघाए। अहिले उनको टोल र वडा मात्रै होइन, दारेचोक गाविसका १६ सयमध्ये ७ सय घरमा पिसाब संकलन गर्न मिल्ने चर्पी छ। अभियान सुरु गर्नुअघि बनेका पक्की घरमा पनि शौचालयमा जर्किन, ड्रम राखेर सोलीमार्फत पिसाब संकलन गरिँदै आएको छ। रासायनिकभन्दा यसखाले मलले तरकारी तथा फलफूल खेती सप्रिएपछि किसान उत्साहित भएका हुन्। पोखरेल भन्छन्, 'पहिले त श्रीमतीले नै साथ दिन्नथी। एक्लै थिएँ। अहिले त जम्मा भएको पिसाब कसैलाई बाँडे उल्टै गाली गर्छे।'
गाविसमा इकोसान अभियान विस्तारका लागि पोखरेलले २०६७ देखि तीन वर्ष बेतलबी बिदै लिएका थिए। सरकारी सेवाबापत पाउने सबैखाले बिदा पिसाब संकलन अभियान प्रवर्द्धन गर्दैमा सके। बिदापछि जागिरमा फर्किएको केही समयमै उनको पेन्सन भयो। अहिले पूरै समय इकोसान प्रविधिलाई देशव्यापी बनाउने अभियानमा जुटेका छन्। 'अवकाशपछिको जीवनमा मेरो उद्देश्य भनेकै देशभरिका किसानलाई यो प्रविधि सिकाउनु हो,' पोखरेल भन्छन्, 'अहिले विस्तारै माग बढेको छ, तालिम दिनुपर्यो भन्ने धेरै छन्।'
केही वर्षअघि उनी पृथ्वी राजमार्गछेवैमा शौचालय बनाएर यात्रुको पिसाब संकलन गर्थे। तर, सडक विस्तारका क्रममा शौचालय भत्किएको थियो। अहिले उनी नयाँ योजनासाथ राजमार्गछेउमै पिसाब संकलन केन्द्र बनाउने योजनामा छन्। इकोसान प्रविधिबारे सर्वसाधारणलाई प्रशिक्षण तथा परामर्श दिन 'द सेवा नेपाल' नामक संस्था खोलेका छन्। जहाँ बोर्ड टाँगिएका छन्– 'पिसाब फेर्नुस्, एक रुपैयाँ लैजानुस्।' त्यहाँ पुग्न हाइवेबाट एक किलोमिटर हिँड्नुपर्छ।
इकोसान प्रविधिको प्रवर्द्धनबापत पोखरेल वातावरणीय क्षेत्रका विभिन्न संघसंस्थाबाट सम्मानित समेत भइसकेका छन्। अहिले उनको गाउँमा छिमेकीहरूबीच पिसाबको पैँचो चल्छ। एउटाको घरमा जम्मा भएको पिसाब आवश्यक परेका बेला छिमेकीलाई दिने र पछि सापटी तिर्ने चलन छ। पोखरेल भन्छन्, 'पिसाब फेर्नेलाई एक रुपैयाँ दिँदा नाफा छैन तर अभियानलाई निरन्तरता दिन र प्रविधिको महत्व बुझाउन यसो गरेको हुँ।'
source: http://nagariknews.com/society/nation/story
Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 2टिप्पणियाँ
जुलाई महिनाको भिसा बुलेटिनमा अमेरिकी सरकारले ९ हजार ५ सयसम्म केसनम्बर हुने नेपाली डिभी लोटरी विजेताहरु मात्र अमेरिका आउन पाउने भन्दै अगस्त महिनाका लागि भिसा नम्बर तोकिदियो । त्यतीबेला धेरै डिभी विजेता नेपालीहरुले अगस्त महिनाको भिसा बुलेटिनमा अमेरिकी सरकारले सेप्टेम्बरका लागि भिसा नम्बर जारी गर्दा ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेहरुलाई पनि भिसा नम्बर उपलब्ध गराउने आशा गरेका थिए ।
अमेरिकाले सेप्टेम्बरका लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी विजेता नेपालीहरुका लागि भिसा उपलब्ध नहुने भन्दै भिसा बुलेटिन जारी गरेपछि ९ हजार ५ सय भन्दा माथि डिभी लोटरीको केस नम्बर हुने डिभी विजेता नेपालीहरुको अमेरिका आउने ढोका पूर्ण रुपमा बन्द भएको छ । अब उनीहरुको डिभीमार्फत अमेरिका आउने आशा पूर्णरुपमा मृत भएको छ ।
९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी विजेताहरु ६ सयको हाराहारीमा रहेका छन् । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले गतवर्ष डिभी लोटरी पार्न सफल ६ हजार ८२ जनामध्ये कम्तीमा २५ सय नेपालीहरु अमेरिका आउन भने नपाउने निश्चित छ । गत मे महिनामा सन् २०१५ को डिभी लोटरी पार्न सफल ४ हजार ९ सय ९१ नेपालीहरु मध्ये पनि कम्तीमा १४ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित छ ।
चालु आर्थिक वर्षका लागि ६ हजार ८२ जना नेपालीहरुलाई अमेरिकाको डिभी लोटरी परेको थियो । डिभी लोटरीको परिणाम आउँदा नै थाहा थियो, डिभी लोटरी परेका सबैजना अमेरिका आउन पाउनेछैनन् । किनभने अमेरिकाले डिभी लोटरीबाट एक देशबाट हरेकवर्ष ३५ सयको हाराहारीमा मात्र विजेताहरुलाई भिसा दिने गरेको छ । किनभने डिभी लोटरीको नियममा नै अमेरिकाले कुल संख्या झण्डै ५० हजारको ७ प्रतिशतको हाराहारीमा मात्र एउटा देशका लागि डाइभर्सिटी भिसा नम्बर दिने स्पष्ट पारेको छ ।
जस अनुसार अहिलेसम्म कुनै पनि देशले ३५ सयदेखि ३८ भन्दामाथि डाइभर्सिटी भिसा पाएको रेकर्ड छैन । त्यसैले नेपालले पनि ३५ सयको हाराहारीमा भन्दा बढी संख्यामा डाइभर्सिटी भिसा नपाउने निश्चित थियो । जस अनुशार कम्तीमा २५ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित थियो । तर पनि नेपालीहरुले अमेरिका आउन पाउने आशाको त्यान्द्रो भने छाडेका थिएनन् ।
यसैबीचमा गत महिना जुलाई महिनाको भिसा बुलेटिन जारी गर्दै अमेरिकाले ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुले अमेरिकाको भिसा नपाउने स्पष्ट पारिदियो । अगस्त महिनाको लागि भिसा नम्बर जारी गर्दै अमेरिकाले डिभी लोटरी विजेता नेपालीहरुमाथि सिमाबन्दी तोकिदिएपनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने झण्डै ६ सय डिभी लोटरी नेपाली विजेताहरुले झिनो आशा भने मरेको थिएन ।
किनभने अगस्त महिनामा जारी हुने भिसा बुलेटिनमा सेप्टेम्बर महिनाको लागि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेका लागि पनि अमेरिकाले भिसा नम्बर उपलब्ध गराइदिने झिनो आशा बाँकी थियो । तर अमेरिकाले मंगलबार भिसा बुलेटिन जारी गर्दै सेप्टेम्बर महिनाको लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुलाई अमेरिकाको भिसा नदिने स्पष्ट पारेपछि अमेरिका आउने आशा गरेर बसेका ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुको अन्तिम आशा पनि मरेको छ ।
डाइभर्सिटी भिसामार्फत अमेरिका आउन पाउने उनीहरुको ढोका मंगलबारदेखि पूर्णरुपमा बन्द भएको छ । अमेरिकाले भिसा बुलेटिनमार्फत ९ हजार ५ सयभन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुलाई डाइभर्सिटी भिसा नदिने घोषणा गरेपछि पढाई छोडेर, जागिर छोडेर र सम्पत्ति बेचेर अमेरिका आउने आशामा बसेका सयौं नेपालीको विचल्ली भएको छ ।
धेरै नेपालीहरु अमेरिका आइसकेको भन्दै अमेरिकी सरकारले पहिलोपल्ट नेपालका लागि छुट्टै नम्बरमा डाइभर्सिटी भिसा सिमित गरेकाले एसियाका अन्य देशका १३ हजार ३ सय ५० सम्म केस नम्बर भएकाहरुले भिसा पाउने भएपनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर भएका नेपालीहरुले भने भिसा नपाउने भएका हुन् । अमेरिकाको विदेश मन्त्रालय अन्तरगतको ब्युरो अफ कन्सुलर अफेयर्सले मंगलबार जारी गरेको भिसा बुलेटिन नै सन् २०१४ को डिभी लोटरीका लागि अन्तिम भिसा बुलेटिन हो ।
डिभी लोटरी २०१४ का विजेताहरु भनेका सन् २०१२ मा डिभी चिठ्ठा भरेर सन् २०१३ मा परिणाम प्राप्त गर्नेहरु हुन् । डिभी लोटरी २०१४ का लागि छनौट भएका व्यक्तिका लागि अमेरिकाले अक्टोबर १ २०१३ देखि सन् २०१४ को सेप्टेम्बर ३० सम्म भिसा उपलब्ध गराउनेछ । यो अवधिमा भिसा नपाएकाहरु डिभी लोटरी परेपनि स्वत अयोग्य हुनेछन् । गत वर्ष डिभी लोटरी भरेर यो वर्ष परिणाम प्राप्त गर्नेहरु सन् डिभी लोटरी २०१५ का विजेताहरु हुन् । उनीहरुका लागि भने अक्टोबरबाट मात्रै अमेरिकी सरकारले भिसा उपलब्ध गराउनेछ । डिभी लोटरी २०१५ को पहिलो परिणाम अनुशार ४ हजार ९ सय ९१ जना नेपालीहरु छनौट भएका थिए ।
गतवर्ष डिभी भरेर यो वर्ष परिणाम हात पारेकाहरुले भने सन् २०१४ को अक्टोबर १ बाट भिसा पाउन थाल्नेछन् । तर उनीहरुमध्ये पनि ३५ सयको हाराहारीमा मात्र डाइभर्सिटी भिसा पाउने भएकाले कम्तीमा १४ सय विजेताहरु अमेरिका आउन नपाउने निश्चित छ । डिभी लोटरी परेको भन्दै कैयन नेपालीहरु अमेरिका आउनका लागि तयार भएका बसेका थिए । कैयनले आफ्नो पढाई छाडेर बसेका थिए भने कैयनले घरबार बेचेर बसेका थिए । कैयनले त छँदाखाँदाको जागिर छाडेर बसेका थिए ।
तर ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा नपाउने अमेरिकाको अन्तिम घोषणापछि उनीहरुले अब आफ्नो बिचल्ली हुने बताएका छन् । डिभी परेर पनि अमेरिका आउन नपाएका अमर जोशी भन्छन् –“अन्तिममा डिभी पीडित भइयो । मेरो जिन्दगी नै डामाडोल भयो । १४ महिनासम्म कुरेर अन्तिममा अमेरिका जान नपाउँदा निकै पीडा महसुस भएको छ । म अत्यन्तै नर्भस भएको छु । ”
डिभी परेर अमेरिका आउन नपाएपनि उनले दुखेसोसँगै भविश्यप्रतिको आशा भने मारेका छैनन् । उनी भन्छन् –“ अब मज्जाले पढ्छु । कुनै टेन्सन भएन । तर छोरो अमेरिका जाँदैछ भनेर सोंच्नुभएका बुबाआमाले के सोंच्नुहोला भन्ने चिन्ताले पिरोलेको छ । ” त्यस्तै डिभी परेर पनि अमेरिका आउन नपाएका डायमण्ड शर्मा भन्छन् –“हाम्रो लागि अमेरिका सपना हुने भयो । अमेरिकाले डिभी परेकालाई पनि अमेरिका जान नदिएर गल्ती गरेको छ । तर अमेरिकामात्र सबैथोक होइन । यति लामो समय कुरेर अमेरिकाले भिसा नदिदा आशाको पीडादायी अन्त्य भएको छ । मलाई त विश्वास नै गर्न मुस्किल परिरहेको छ । ”
डिभी लोटरीबारे महत्वपूर्ण जानकारीहरु
यदि तपाई डिभी लोटरीमा सहभागी हुन योग्य नरहेको देशमा जन्मनुभएको भएपनि केही परिस्थीतिका कारण डिभी लोटरीका लागि आवेदन दिन योग्य हुन सक्नुहुन्छ । यदि तपाईको दम्पत्ति डिभी लोटरीमा सहभागी हुन योग्य देशमा जन्मनुभएको छ भने तपाईले आफूलाई त्यो देशको तर्फबाट डिभी लोटरीमा सहभागी गराउनसक्नु हुनेछ । तर तपाईको योग्यता तपाईको दम्पत्तिमा आधारित हुनेछ । यदि तपाईको दम्पत्ति डिभी २ भिसाका लागि योग्य भएमा मात्र तपाईले डिभी १ भिसा पाउनुहुनेछ । अनि तपाईहरु दुबैजना एकैपटक अमेरिका प्रवेश गर्नुपर्नेछ । त्यसैगरी तपाईका २१ वर्ष मुनीका छोराछोरीहरु पनि अमेरिका आउन पाउनेछन् ।
अमेरिकामा धेरै व्यक्ति नआएका देशहरुबाट त्यो देशका व्यक्तिलाई अमेरिका आउने अवशर प्रदान गर्नका लागि डिभी लक्ष्यित रहेको हुन्छ । त्यसैले विगतका ५ वर्षमा परिवारको स्पोन्सर र रोजगारका आधारमा कुनै पनि देशबाट ५० हजार भन्दा बढी व्यक्ति अमेरिकामा आएका छन् भने त्यो देशका व्यक्ति डिभी लोटरीका लागि अयोग्य हुन्छन् । हरेक वर्ष अमेरिकाले ५ वर्षमा कुन देशबाट कति व्यक्ति अमेरिकामा आए भन्ने कुराको रुजु गर्छ । त्यसैले यो वर्ष डिभी लोटरीका लागि योग्य देश अर्को वर्ष अयोग्य हुनसक्छ ।
युएससीआईएसले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि युएससीआईएसले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । डिभी लोटरीमा सहभागी हुनका लागि हाइस्कुल वा सो सरहको शैक्षिक योग्यता हुन आवश्यक छ । १२ वर्षसम्मको कोर्श पुरा गरेकोलाई त्यो शैक्षिक मान्यता प्रदान गरिदै आएको छ । तर अमेरिकी सरकारको श्रम विभागले तोकेका पेशामा आवद्ध रहेर ५ वर्षको अनुभव बटुलेका व्यक्ति भने शैक्षिक योग्यता नभएपनि डिभी लोटरीमा सहभागी हुन पाउँछन् ।
Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 0टिप्पणियाँ
तेरिया फौजा मगर, भारतीय टेलिभिजन ‘जीटिभी’बाट प्रशारण भएको रियालिटी शो ‘डान्स इन्डिया डान्स लिटिल मास्टर सिजन थ्री’ विजेता । रुपन्देहीकी १२ वर्षीया तेरियाले छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेकी हुन् ।
तेरिया मगर
१. डीआइडी लिटिल मास्टर सिजन थ्रीको उपाधि जितेपछि अहिले कस्तो महशुस भइरहेको छ ?
पहिला त सम्पूर्ण नेपाली आमा बुवा दिदीबहिनी तथा दाजुभाइलाई मेरो नमस्कार । म तपाइँहरु सबैलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । मेरो ट्यालेन्ट र तपाइँहरुको महत्वपूर्ण भोटको सहयोगले नै म डीआइडी लिटिल मास्टर सिजन थ्रीको विजेता बन्न सफल भएँ ।
म तपाइँहरुको जीवनभरि नै आभारी रहनेछु । मलाई यसरी नै सधैं सहयोग गरिरहनुहोला । तपाइँहरुको सहयोग, साथ र माया पाइरहेमा एक न एक दिन म नेपालको नाम विश्वमा चम्काउने छु ।
डीआइडी लिटिल मास्टरको उपाधि जितेपछि आफूलाई अत्यन्तै भाग्यमानी ठानेकी छु । जतिबेला यो प्रतियोगितामा सहभागी भएको थिए, त्यतिबेलादेखि नै उपाधि जितौँ र आमाबुवा अनि देशको नाम विश्वमा चिनाउँ भन्ने लागेको थियो । त्यो सपना पूरा भएको छ । अत्यन्तै खुशी लागेको छ ।
२. डीआइडी लिटिल मास्टरको उपाधि जितेर आएपछि तपाइँलाई नेपालका विभिन्न जिल्लाहरुमा अभिनन्दन भइरहेको छ । यो सम्मानलाई कसरी लिनुहुन्छ ?
मलाई सबै नेपालीहरुले उपाधि जित्नुअघि जति सहयोग र माया गर्नु भएको थियो, उपाधि जितेपछि पनि त्यति नै माया गर्नुभएको छ । जसले गर्दा विभिन्न जिल्लाबाट सम्मानित भइरहेकी छु । यसबाट मलाई अगाडि बढ्न एकदमै हौसला मिलेको छ ।
३. डीआइडी लिटिल मास्टरमा कसरी सहभागी हुन पुग्नुभयो ?
सानै उमेरदेखि नाच्न भनेपछि म खुब मन पराउँथे । मैले नर्सरी कक्षामा पढ्दादेखि नै नृत्य प्रतियोगितामा सहभागिता जनाउन थालेकी थिए । नर्सरी कक्षामा पढ्दा सानै भएपनि नृत्य प्रतियोगितामा उपाधि जित्नेक्रम त्यहीबाट सुरु भएको थियो ।
मैले थाहा पाएसम्म कुनैपनि नृत्य प्रतियोगिताहरु मैले छुटाएको छैन । नृत्यका लागि मेरो प्रयास भइरहन्थ्यो । मैले कहिले पनि दोस्रो हुनु परेन । डीआइडी लिटिल मास्टर सिजन टु म एकदमै हेरिरहन्थे । पछि सिजन थ्री आयो । टिभीमा सिजन थ्रीका लागि जयपुर, मुम्बई, दिल्ली लगायतका ठाउँमा अडिसन हुँदैछ भने थाहा पाएँ ।
मैलै धेरै नृत्य प्रतियोगिताहरु जितेको हुनाले डीआइडीमा सहभागी हुने हौसला मिलेको थियो । त्यसपछि मैले मेरो ममीलाई भने–एक पटक प्रयास गर्दैमा के नै हुन्छ र ? त्यसपछि घरमा सल्लाह भयो ।
अनि, हामी अडिसन दिन मुम्बई गयौँ । नेपालीले अडिसन दिन पाइन्छ की पाइन्न भनेर कुराकानी भयो । जीटिभिले नेपालबाट पनि भाग लिन पाइने तर छनोट नभए त्यसै फर्काउन गाह्रो हुने बताउँदै बरु त्यसको साटो हिन्दी गीतमा नाचेको भिडियो पठाउन भन्यो । हामीले पनि भिडियो पठायौँ, त्यसलाई जीटिभीले स्वीकार ग¥यो । त्यसपछि नै मेरो नृत्यको सफर सुरु भयो ।
४. तपाइँलाई प्रतियोगितामा सहभागी हुने क्रममा भारत लैजानेदेखि अन्य काममा क–कसको सहयोग रह्यो ?
मेरो ममीले एकदमै धेरै सहयोग गर्नुभयो । पहिलो अडिसन र मेघा अडिसनमा भने मसँग बाजे हुनुहुन्थ्यो । त्यसपछि भने ममी नै मेरो साथमा हुनुहुन्थ्यो ।
५. डीआइडी लिटिल मास्टर्सका जजहरुको प्रतिक्रिया तपाइँप्रति कस्तो रहन्थ्यो ?
मेरो पहिलो शो नै राम्रो भएकाले उहाँहरुले ‘नाइस् एक्ट’ भनेर प्रसंशा गर्नु भएको थियो । त्यसमा पनि मलाई अघिल्लो लिटिल मास्टर्सकी प्रतिस्पर्धी सोम्या राई जस्तै भनेर उहाँहरुले भन्ने गर्नुहुन्थ्यो । निर्णायक मण्डलका एक सरले मेरो नृत्य सहकर्मी गौरभ र मेरो युगल नृत्य हेरेपछि, गौरभ तिमीले बलिउड नृत्य एकदमै राम्रो गर्छौँ । तर, आज तिमीलाई तेरियाले टक्कर दिइन् भनेर मेरो पहिलो शोमा नै प्रसंशा गर्नुभएको थियो । जसबाट म अत्यन्तै खुशी भएकी थिए ।
६. तपाइँले मुम्बईमा रहेर नृत्य गर्ने क्रममा धेरै कुराहरु सिक्न अवसर पाउनुभयो । सिक्ने–सिकाउने कुरामा नेपाल र त्यहाँ के–कति फरक रहेछ ?
नेपालमा हुँदा म दिनमा एक घन्टा जति नृत्य सिक्थें । यहाँ नृत्य सिक्दा दिनमा एउटा एउटा मात्रै स्टेप सिकेर घर गइन्थ्यो । तर, मुम्बईमा बिहान सात बजेदेखि १२/४ बजेसम्ममा एकै दिन लगाएर एउटा सिंगै गीत सिध्याउन लगाइन्थ्यो । यहाँ र त्यहाँमा सिकाउने कुरामा धेरै फरक छ । जसले गर्दा मैले धेरै कुराहरु सिक्न पाएको छु । फेरि मुम्बईमा ६ महिना जति बसेकाले अहिले मेरो बोलीको लवज पनि हिन्दी जस्तै भएको छ । तर......जे गर जसो गर, जतासुकै लैजाऊ मलाई, यो मन त नेपाली हो....!
काठमाडौं विमानस्थलमा तेरिया फौजा ।
डान्स इन्डिया डान्स (डिआइडी) प्रतियोगिताका लागि चार महिनादेखि भारतको मुम्बईमा रहेकी तेरिया अन्तिम पाँचमा छनोट हुने निश्चित भएपछि रूपन्देहीमा नृत्य छायांकनका लागि जीटीभीको टोलीसहित आएकी छन् ।
काठमाडौं विमानस्थलमा तेरिया फौजा ।
तेरियाले नेपालमा रहँदा नृत्य प्रस्तुत गर्ने र आफूलाई भोट दिन आग्रह गर्ने कार्यक्रम छ। १४ वर्ष उमेरसम्मका ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै उनी भोटिङ उत्कृष्ट १० मा पुगेकी थिइन्।
काठमाडौं विमानस्थलमा तेरिया फौजा ।
आकर्षक नृत्य कलाका कारण निर्णायकको मन जितेकी उनले दर्शकबाट पनि सर्वाधिक भोट पाइरहेकी छन् । प्रतियोगिताको अन्तिम पाँचजनामा छनोट हुने तेरिया पहिलो नेपाली र कम उमेरकी प्रतियोगी हुन्।
काठमाडौं विमानस्थलमा तेरिया फौजा ।
मुम्बईबाट काठमाडौं हुँदै भैरहवा आइपुगेकी तेरियाको टोलीलाई गौतमबुद्ध विमानस्थलमा विभिन्न संघसंस्था र तेरियाका आफन्तले भव्य स्वागत गरेका छन् ।
भैरहवा विमानस्थलमा तेरिया ।
भैरहवा हुँदै बुटवल र उनको जन्म गाउँ रुद्रपुर पुग्दासम्म उनको स्वागतमा हुने सबै गतिविधिको जिटिभीले छायांकन र प्रसारण गर्ने भएको छ ।
भैरहवा विमानस्थलमा तेरिया ।
बागेश्वरी संगीतालय बुटवलकी प्रशिक्षार्थी तेरिया रुद्रपुरस्थित विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। तेरियाले गत वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम भएकी थिइन् ।
भैरहवा विमानस्थलमा तेरिया ।
डीआईडी लिटिल मास्टर्सको उपाधि विजेताले ५० लाख भारु नगद र कारलगायतका उपहार प्राप्त गर्नेछन्।
७. मुम्बईमा नृत्य सिक्ने क्रममा तपाइँलाई सिकाउनु हुने गुरुहरुको बानी–व्यवहार कस्तो पाउनुभयोे ?
उहाँहरुले हामीलाई कहिले पनि भेदभाव गर्नु भएन । उहाँहरुले अरु साथीहरु समान मलाई पनि माया गर्नुभयो । माया गरेर सिकाउनु हुन्थ्यो । राम्रो नृत्य गरेको खण्डमा उहाँहरुले गिफ्ट दिने गर्नुहुन्थ्यो । चक्लेटहरु दिने गर्नुहुन्थ्यो ।
८. मुम्बई लामो समयसम्म बस्दा कहिलेकाँही घरको याद आउँदैनथ्यो ?
पहिला–पहिला निक्कै अफ्ट्यारो महशुस हुन्थ्यो । त्यसमा पनि कहिले हिन्दी नबोलेको भाषाको समस्याले झन् गाह्रो भएको थियो । जसले गर्दा कहिलेकाही बोल्ने क्रममा नेपाली शब्द नै मुखबाट निस्कन्थ्यो । बिस्तारै हिन्दी बोल्न थालेपछि सजिलो हुँदै गयो । सुरुको अढाई महिना जति मेरो साथमा ममी हुनुहुन्नथ्यो । त्यसबेला बाजे हुनुहुन्थ्यो । ममी नभएकाले सुरुको महिनामा कसैसँग बोल्न पनि मन लाग्दैनथ्यो । खाली ममीको याद मात्रै आउने, फोनमा ममीसँग कुरा गर्दै रुने गर्थे । जसका कारण मेरो नृत्य पनि राम्रो हुन्दैनथ्यो । तर, पछि ममी आउनुभयो, खुशी लाग्यो ।
९. प्रतिस्पर्धी साथीमध्ये तपाइँको मिल्ने साथी को थियो ?
मेरा दुई बेस्ट फ्रेन्ड थिए । अनुष्का र राजीव ।
१०. फाइनलमा उनै अनुष्कालाई नै पछि पार्दै तपाइँले उपाधि जित्नुभयो, कस्तो लागेको थियो त्यतिबेला ?
मलाई एकदमै खुशी लागेको थियो । खुशी व्यक्त गर्ने शब्द नै छैन । फाइनल राउन्डमा परेदेखि नै मलाई जित्छु जस्तो लागेको थियो । जब विजेताको नाम घोषणा भयो, त्यतिबेला मलाई ठूलै झड्का महशुस भयो । र, मेरो एउटा सपना पनि पूरा भयो । मेरो देश र परिवारको नाम चम्काउन पाएँ ।
११. तपाइँ फाइनल राउन्डमा नाचिरहेको अवस्थामा एउटा बाकसमा तपाइँका लागि गिफ्ट आएको थियो । त्यसभित्रबाट तपाइँको बाबा बाहिर निस्कनुभएको थियो । त्यो भन्दा अगाडि तपाइँलाई आफ्नो बाबा आउनुभएको छ भनेर थाहा थियो ?
नाई, मलाई कसैले पनि भन्नुभएको थिएन । मलाई शंका चाँही लागेको थियो । तर, मैले त्यहाँ खोज्दा खेरी भेट्टाइन, त्यसपछि मेरो आशा नै हराइसकेको थियो । जब मैले मेरो बाबालाई एक्कासी मेरो अगाडि पाएँ, त्यतिबेला विजेता बनेको भन्दा पनि धेरै खुशी लागेको थियो ।
१२. डीआइडी शोका क्रममा ग्रान्ड मास्टरका रुपमा रहेका ‘मिथुन दादा’मा तपाइँले के पाउनुभयो, उहाँ कस्तो व्यक्ति हुनुहुँदोरहेछ ?
ग्रान्ड मास्टरले मलाई एकदमै माया गर्नुहुन्थ्यो । मलाई नेपालकी रानी भन्नुहुन्थ्यो । ‘मेरो एउटा फेब्रेट कन्टेस्टेन्ड हो, गर्लफ्रेन्ड हो’ भन्नुहुन्थ्यो । मैले उहाँको एकदमै माया पाएँ । विश्रामको समयमा हामी उहाँसँग कुराकानी गथ्र्याँ ।
यसक्रममा एक पटक ग्रान्ड मास्टरले नेपालीमै भन्नुभएको थियो– ‘नेपालका दाजुभाइ, दिदीबहिनी, आमाबुबा सबैलाई मेरा तर्फबाट हाई ! नमस्कार भनी देऊ है ।’ त्यसपछि म तुरुन्तै नेपाल आउन पाइँन र भन्न पाएको थिइन तर आज तपाइँले ठ्याक्कै सम्झाइ दिनुभयो, भन्न पाएँ ।
१३. अब तपाइँ नेपालमै बसेर अगाडि बढ्नुहुन्छ की मुम्बई जानुहुन्छ ?
राम्रो कोरियोग्राफर हुने मेरो एउटा सोंच छ । त्यसैले मेरो करियर जहाँ राम्रो हुन्छ म त्यही बस्छु । यदि नेपालमा राम्रो भएन भने म मुम्बई गएर सिकेर फेरि नेपालमै आउने छु । र, सिकेको कुरा नेपालमा सिकाउन चाहन्छु । साथै नयाँ–नयाँ डान्स फर्महरुको निर्माण गर्न चाहन्छु । भारतको नृत्यको जुन उचाई छ त्यही लेभलमा नेपालको नृत्यलाई पनि पुर्याउन प्रयास गर्नेछु ।
१४. तपाइँले डीआइडी लिटिल मास्टर्स सिजन थ्रीको उपाधिसँगै जित्नुभएको नगद पुरस्कारका बारेमा विभिन्न खाले कुरा आएका छन् । कतिले ५० लाख भारु र एउटा कार जितेको भन्छन्, कतिले दश लाख भारु भन्छन् कुन चाँही सही हो ?
यस्तो हल्लाबारे मलाई थाहा थिएन । मैले जितेको नगद दश लाख भारु र केबी थ्री कप मात्रै हो । ५० लाख भारु भनेको ‘नचबलिए’ जस्ता ठूला नृत्य प्रतियोगिताको पुरस्कार हो भने कार चाँही डीआइडीको ठूलाहरुको नृत्य प्रतियोगिताको पुरस्कार हो ।
१५. विजेता भएर आएदेखि पछिल्लो समय तपाइँ सम्मान कार्यक्रमहरुमा व्यस्त हुनुहुन्छ, यो क्रम अझै केही समयसम्म चलिरह्यो भने तपाइँको पढाईलाई असर गर्दैन ?
नेपाली दाजुभाइ, दिदीबहिनी तथा बुबाआमाको भोटिङको सहयोगले नै मैले उपाधि जित्न सफल भएकी हुँ । त्यसैले अहिले मैले उहाँहरुको सम्मानका लागि समय दिनै पर्छ । म मेरो पढाई छाड्ने छैन, चाँडै स्कूल जान थाल्ने छु ।
१६. अन्त्यमा तपाइँका सुभचिन्तकहरुलाई केही भन्न चाहनुहुन्छ ?
म तीनओटा कुरा भन्न चाहन्छु । पहिला त मलाई तपाइँहरुले साथ दिनुभएकोमा धेरै–धेरै धन्यवाद । मलाई सधैँ यसरी नै सहयोग गरिरहनुहोला । दोस्रो, जसरी मेरो ममीले मेरो इच्छा बुझेर मलाई नृत्य सिक्ने अवसर दिनुभयो, त्यसरी नै तपाइँहरुले पनि आफ्नो छोराछोरीको इच्छा बुझ्ने कोशिस गर्नुस् । र, मात्रै छोराछोरीको भविष्य बनाउने सोच बनाउनुस् । तेस्रो, जुन कुनै प्रतियोगितामा सहभागिता जनाउने प्रयास गर्नुस्, सोनो होस् वा ठूलो । सानोबाट नै ठूलो ठूलो हुँदै जाने भएकाले तपाइँले प्रयास गर्दै जानुभयो भने एक न एक दिन तपाइँलाई सफलता मिल्ने छ ।
प्रस्तुतिः कमल राना । तस्वीर: बबिता बुढाथोकी /ऋषिराम कट्टेल