Showing posts with label पूर्वयुवराज. Show all posts
Showing posts with label पूर्वयुवराज. Show all posts

मेरो सास बाँकी राखेर मलाई आफै जिउँदो छ की छैन भन्ने शंका गर्न वाध्य पार्नेगरि यातना दिए राजु श्रेष्ठ

करिव दश बर्षको शसस्त्र लडाइ लडेको माओवादी आफ्नो अध्यक्ष प्रचण्डसँगै शहर पसेको थियो। तत्कालिन माओवादी शहर पसेसँगै आमनागरिकलाई एकातिर शान्तिको आशा थियो। अर्कोतिर अनाहकमा मान्छे नमर्ने भए वा दुख नपाउने भए भन्ने खुसी थियो। गरिखानेहरुले आ आफ्नो गरिखान अब कसैले रोकतोक गर्दैन भन्ने थियो। तर बुढानिलकण्ठका राजु श्रेष्ठलाई माओवादी शहर छिरेपछि शान्ति हैन झन अशान्ति भयो। सुख हैन झन दुख भयो। धन्न ज्यान गुमाएनन् श्रेष्ठले। शहर छिरेका उनै माओवादीले उनलाई शारीरिक तथा मानसिक यातना मात्र दिएनन भएको सवारी साधन र गरगहना र अन्य केहि सामग्री समेत लगे। हाँसिखुसी रहेको परिवार रोएको अवस्थामा पाए श्रेष्ठले। आफ्नो आँखै अगाडी आफ्नो सवारी साधन प्रचण्डले शानले चढेको देख्दा कम्ति रिस उठ्दैनथ्यो राजुलाई। कानुन हातमा लिएर माओवादीले आफूमाथि गरेको ज्यादती धेरैलाई सुनाए राजुले तरपनि सुनुवाइ भएन। रक्षाबन्धनका दिन काठमाडौं गणेशस्थाननिर भेटिएका श्रेष्ठले हाम्रा सहकर्मी अजयबाबु शिवाकोटीसँग आफू माओवादीबाट अपहरण भएको देखि माओवादीले यातनागृहमा दिएको यातना र पीडाका अनेक कुरा भनेका छन। कसरी माओवादीले लगेपछि उनका अध्यक्षले चढ्दै आएको सवारी साधन आफूहरुले खोसेर ल्यायौं भन्नेसम्मका कुरा उनले सो भेटमा गरेका छन्। प्रस्तुत छ सोहि भेटमा श्रेष्ठले बताएका कुराहरु सारसंक्षेपमाः  
समय साप्ताहिकले २०६३ मंसिर ७ मा प्रकाशित गरेको तस्विर। नम्बर प्लेट देखिएको राजु श्रेष्ठको लुटिएको यो सवारी तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले चढ्ने गरेका थिए।
भर्खर दशै सकिएको थियो। तिहारको रमझम शुरु भएको थिएन। तिहार लाग्नै लाग्दा पनि पानी पर्न रोकिएको थिएन। बुढानिलकण्ठमा पानी पर्ने बेलामा अलिअलि चिसो नै हुन्छ। सदा झै विहान नुहाएर नित्य पूजाको तयारी गर्दै थिए। दैनिक रुपमा बिहान पूजा गर्ने मेरो बानी छ। १२ बर्ष जापान गएर आउनुभएका जेठान दाई पूर्ण बहादुर गुरुङ, वायाँ हात र खुट्टा नचल्ने जेठान दाई लोक बहादुर गुरुङले मन्दिर जानलाई गाडी माग्नुभएको थियो। नाताले जेठान दाई नै पर्ने साइला दाई पनि उहाँसँगै जानु भएको थियो। उहाँ सेनाका पूर्व जवान हुनुहुन्थ्यो। उहाँका माइला दाजु सेनामा हुँदा माओवादीले थापेको एम्वुसमा परेर गोरुसिंगेमा मारिनुभएको थियो। पछि उहाले पारिवारीक दवावमा सेनाको जागिर पनि छोड्नुभएको थियो। साथमा उहाँसगै मेरा केहि सहयोगि पनि गएका थिए। उहाँहरु मेरा सासुआमालाई तिहारका लागि लिन आउनुभएको थियो।
जेठान दाइहरु गाडी लिएर घरबाट जानु भएपछि म नित्य पूजा गर्न पूजा कोठामा गए। पूजा सकिनै लागेको थियो। आरति गर्न हातमा शंख घण्ट लिएको थिए। अचानक मेरो पूजा कोठामा मैले कहिले पनि नदेखेका मान्छेहरुले घेरेका रहेछन्। उनीहरु शसस्त्र थिए। हातमा खुँडा खुकुरी र पेस्तोल समेत उनीहरुले बोकेका थिए। उनीहरुले राजु श्रेष्ठ कोहो भन्दै ठूलो स्वरमा हप्कीदप्की गरेको सुने। पूजा कोठामा नै करिव २० जना आएका रहेछन उनीहरु। मेरै घरमा मलाई नै त्यसरी खोजेको देखेर अचम्ममा परे। अलिअलि रीस पनि उठ्यो। मैले म राजु श्रेष्ठ के भनेको थिए एउटाले पछाडीबाट मेरो टाउकामा अचानक रड प्रहार गर्योन। मैले प्रतिकार गर्न पनि भ्याइन। एक्लो मान्छेलाई चौतर्फि प्रहार भयो। केहिलाई त मैले पनि एक दुइ लात हाने। दोहोरो जस्तो भयो मुठभेड। मलाई उनीहरुले जथाभावी हान्दा समेत केहि नलागेपछि उनीहरुले मलाई सबै मिलेर समाते र लडाए। लडाउने क्रममा टेबुलको सीसामा टाउको बजारे। सीसा फुट्यो। स्वभाविक रुपमा मेरो पनि टाउको फुट्यो। भर्खर सात कक्षामा पढ्दै गरेको मेरो छोराले त्यो सबै देखेको रहेछ। उसले मेरो बुबालाई नगर्नुस भन्दै रोएको थियो। तर उनीहरुले मेरै छोराको अगाडी ज्यादति गरिरहे। म लडेको समयमा उनीहरुले मलाई हत्कडी लगाए। र मलाई चप्पल जुत्ता पनि लाउन नदिइ तल झारे। तल आउँदा देखे उनीहरु दर्जनौको संख्यामा आएका रहेछन्। श्रीमती पनि आत्तिएर बसेकी रहिछन्। लानुअघी उनीहरुले मलाइ आँखामा कालो पट्टी बाँधेका थिए। हात खुट्टा बाँधेका थिए। मेरै गाडीमा घरबाट फिल्मी शैलीमा मलाई अपहरण गरे। त्यो मेरै गाडी उनीहरुले मन्दिर गएका मेरा जेठान दाईबाट खोसेर ल्याएका रहेछन्। उहाँहरुलाई भने अर्को गाडीमा राखेर हातखुट्टा बाँधेर अपहरण गरिसकिएको रहेछ। मलाई अपहरण गर्न मेरै गाडीमा उनीहरु मेरो घर आएका रहेछन्। मेरो गाडी देखेर मेरो बहिनिले ढोका खोलेकी रहिछन्। यसको मतलव उनीहरु मलाई अपहरण गर्ने नियोजित योजनामा रहेछन् भन्ने पुष्टी हुन्छ।
माओवादीबाट खोसेर ल्याएपछि राजु श्रेष्ठको गाडी बुढानिलकण्ठमा। तस्विर सौजन्यः राजु श्रेष्ठ।
मलाई कहाँ लगिदैछ भन्ने थाहा थिएन। आखाँमा कालो पट्टि बाँधेर कहाँ लगिदैछ म रनभुल्लमा परे। करिव ४५ मिनेट पछि मलाई गाडीबाट ओरालियो। ओराल्ने वित्तिकै मरो शरीरमा भएका घडी, सिक्री, ‍औंठी लगायतका गरगहना फुकालेर लिए। त्यसपछि एउटा घरको भर्या्ङ जस्तो लाग्ने ठाउँबाट केहि माथि जान भनियो। मलाई समातेर माथि लगियो। गाडीको सर्भिसिङ गर्दा राख्ने सिमेन्टको गाडी उकाल्ने जस्तो ठाउँमा मलाई सुताइयो। मलाई लाग्छ घरको तेस्रो तलामा गाडी सर्भिसिङ गरिन्थयो होला। मलाई अहिले पनि के लाग्छ भने त्यो यातना दिनकै लागि बनाइएको संरचना रहेछ। मलाइ त्यस्तो ठाउँमा के सुताएका मात्र थिए। मलाई पाइपले जथाभावी हान्न थाले। पैतालादेखि टाउकोसम्म अन्धाधुन्द हान्न थाले। कुट्न पनि जुलुस नै जस्तो आएका थिए। म अचेत भएछु। अचेत भएपछि मलाई उनीहरुले घिसार्दै अर्को कोठामा लिएर गए। अर्को कोठामा मेरा जेठान दाइहरुको आवाज सुने। मलाई अपहरण गरेको सुनेर आएकाहरुलाई पनि त्यहि राखिएको रहेछ। यहाँ आएपछि मात्र मैले थाहा पाएकी मलाई माओवादी लुटेराहरुले डकैत शैलीमा अपहरण गरि ल्याएका रहेछन्। कुटाइ अति खाएको थिए। छाती चरक्क दुखेको थियो। पछाडीबाट हत्कडी लगाएका कारण लडाएर राखेको ठाउँमा पनि सुत्न सकिन। इटाकै भएपनि सिरानी देउन भन्दा पनि उल्टो टाउकोमा कुटे। अगाडी हत्कडी राख्देउ भनेको त किन सुन्थे। यमराजको कालकोठरी जस्तै लागिरहेको थियो। होस आएपछि फेरि कुट्थे। होस गुमेपछि कुट्न छोड्थे। यो प्रक्रिया लगभग ३६ घण्टासम्म चलिरह्यो। कतिसम्म गरे भने जेठान दाइ र सालालाई मलाई लात्ताले हान्न लगाए। विचरा उहाँहरुले मलाई लात्ताले हान्न नमान्दा उहाँहरुलाई कुटे। प्यारालाइसिस भएका जेठान दाई लोक बहादुर त केहि समयपछि सोहि पीडाले वित्नु पनि भयो। मलाई तिर्खा लाग्यो भन्दा मेरा घरमा काम गर्ने भाइहरुलाई मलाई मुखमा पिसाव फेर्दे भन्थे। अती पीडा दिन थालेपछि मलाई बरु गोली हानेर मार्दै भने। तर उनीहरुले मलाई तलाई हामी कहाँ सुखले मर्न दिन्छौ भन्दै नङ निकालेर, पीनले रापेर तीन महिना लगाएर मार्ने भन्दै अत्याउथे। मारेपछि पनि ढलान गरेर कसैले थाहा नपाउने गरि गाड्छौ भन्थे। नभन्दै देब्रे हातको कान्छि ‍औंलाको नङ पनि उप्काइदिए। सहनै नसक्ने गरि पटक पटक अमानविय यातना दिन्थे। माओवादीको त्यो यातनागृहमा जो जो नयाँ कमाण्डर भन्ने आउथ्यो पुरुषार्थ देखाउन मलाई आएर कुट्थ्यो। कहिलेकाँही बन्दुकका कुन्दाले पनि कुट्थे। यातना दिने क्रममा मेरो खुटालाई फर्काएर कुल्चिन्थे। मानौ उनीहरुले जानेको र सुनेको यातना सबै मेरो शरीरमा प्रयोग गरे। घाँटीमा बुँटले कुल्चेर सास रोक्ने प्रयोग पनि ममाथि गरे। यातनाको ति प्रयोग हिटलरले पनि प्रयोग गरेका थिएनन होला सायद। मेरो सास बाँकी राखेर मलाई आफै जिउँदो छ की छैन भन्ने शंका गर्न वाध्य पार्नेगरि यातना दिए।
सवारी सहित अपहरण गरेपछि श्रेष्ठलाई माओवादीले कुट्दा बसेको निलडाम। उहाँलाई करिव ३६ घण्टा माओवादीले यातना दिएको थियो। तस्विर सौजन्यः राजु श्रेष्ठ।
मलाई शसस्त्र युद्धको समयमा पनि यस्तो काम गरिएको थिएन। माओवादी शान्ति प्रक्रियामा आएको थियो। दश वर्षे शसस्त्र द्धन्दको अन्त्य हुँदैछ भन्नेमा सबै खुसी थिए। दशै पछि तिहारको स्वागत हँदै थियो। सबैमा जस्तो खुसी थियो ममा पनि त्यस्तै खुसी थियो। तर मेरो शुसी उनीहरुले देख्न सकेनन्। यातना दिएको सायद दोस्रो दिन थियो। मलाई तल झारे। कतै लाने तयारी भएको जस्तो लाग्यो। एकछिनपछि मला२ छोड्ने भन्दै कुरा सुनाए। घर छोड्ने बेलामा मेरा सरसामान र गाडी मागे तर फिर्ता गरेनन्। ट्याक्सीमा घर ल्याए परिवारले । घर आएपछि थाहा भयोकी मेरो घरबाट नगद तथा गरगहना पनि लुट्ने प्रयास भएको रहेछ। सो क्रममा मेरो श्रीमतीमाथि पनि अपशव्द प्रयोग गर्दै हातपात गरिएको रहेछ। तर श्रीमतीले प्रतिकार गरेपछि लुट्न भने पाएका रहेनछन्।
घरमा पुर्याकएपछि उपचारका लागि मेडिकेयरमा लगियो। छाती र देब्रेपट्टिको तल्लो भागको करङ भाचिएको रहेछ। मृगौला फेल पार्ने भन्दै बन्दुकका कुन्दाले हानेर मेरो मृगौला पनि सुन्निएको हालतमा रहेछ। जिउभरी कुटाइ खाँदाको निलडाम त कति हो कति। निलडाम नदेखिने पैतालामा पाएको कुटाइको पीडा पनि कति हो कति। धेरैदिनसम्म मैले आफै हिडडुल गर्न सकिन। श्रीमतीले बोकेर लैजाने गरिन। मलाई उपचार गर्ने क्रममा श्रीमती मैले नदेख्ने गरि रोएकी मलाई आफन्तले पछि सुनाएका थिए।
माओवादीले दिएको यातना पछि बसेको निलडाम देखाउँदै श्रेष्ठ। उहाँलाई करिव ३६ घण्टा माओवादीले यातना दिएको थियो। तस्विर सौजन्यः राजु श्रेष्ठ।
माओवादी वार्तामा थियो। वृहत शान्ति सम्झौतामा हस्ताक्षरको प्रक्रियामा थियो। माओवादीसँग वार्ता जारी थियो। तर वार्तामा बस्दा मेरो अपहरणको कुरा जवर्जस्त रुपमा उठेछ। काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले राजु श्रेष्ठलाई अपहरण मुक्त नगरेसम्म शान्ति वार्तामा नबस्ने अडान राखेपछि मलाई अपहरण  मुक्त गरिएको रहेछ। साथमा संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चआयोग देखि मानवअधिकारवादी संघसंस्था र सञ्चारमाध्यमहरुले पनि मेरो बारेमा चासो राख्दै कुरा उठाएका रहेछन्। र मेरो रिहाइ सम्भव भएको रहेछ।
श्रेष्ठले आफूले यातना यस्तो हुन्छ भनेर सुनेको भएपनि माओवादीले आफूमाथि प्रयोग गरेको सुनाउनुभएको थियो। उहाँलाई करिव ३६ घण्टा माओवादीले यातना दिएको थियो। तस्विर सौजन्यः राजु श्रेष्ठ।
दश बर्षे शसस्त्र द्धन्दको अन्त्य गरेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको बैसठ्ठी त्रिसठ्ठीको आन्दोलमा स्थानियस्तरमा हामीले पनि नेतृत्व गरेका थियौ। तर जसलाई शान्तिप्रक्रियामा ल्याउन राजाको निरंकुश शासन व्यवस्था विरुद्ध आन्दोलनमा गइयो त्यो सबै व्यर्थ भएको जस्तो लाग्यो। अपराध नियन्त्रणका नाममा माओवादीले तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाको पालामा समानान्तर गृह प्रशासन चलाएका थिए। तर राज्य निरिह जस्तो देखिएको थियो। माओवादीले रणनीतिक रुपमा शहरमा आफ्नो डरको मनोविज्ञान बनाइ राख्न यस किसिमको हर्कत गरेका थिए। यसबाट उनीहरुले अकुत सम्पति समेत कव्जा गरे। जस्को उनीहरुले कहि हिसाव किताव देखाउनु पर्दैनथ्यो। यहि डर त्रास देखाएरु उनीहरुले क्यासिनोहरुमा कब्जा जमाए। मुद्धा मामिला परेका कैयन घर तथा त्यस्ता सम्पति उनीहरुले कव्जा गरे।
स्थानियस्तरमा काँग्रेस, एमाले लगायतका दलहरुको तर्फबाट विरोध जारी थियो। प्रकाशमान सिंह, नरहरी आचार्य लगायतले त्यसमा नेतृत्व लिदै विरोध कार्यक्रमलाई सम्वोधन गर्नुभएको थियो। यसैक्रममा सञ्चारमाध्यमको समेत ध्यान मेरो घटनामा परेको थियो। माओवादीले नफर्काएको गाडीको विषय पनि सञ्चारमाध्यमबाट लुक्न सकेन। मेरो गाडीलाई नम्वर परिवर्तन गरेर माओवादी अध्यक्ष प्रचण्डले चढ्न थालेका रहेछन्। प्रचण्ड सो गाडी चढेर शान्ति वार्तामा भाग लिन तत्कालिन प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारदेखि अनमिनका प्रमुख इयान मार्टीन र भारतीय राजदुतलाई समेत भेट्न गएका रहेछन। टेलिभिजनमा सो दृश्य देख्दा माओवादी अध्यक्ष प्रचण्डलाई चढ्ने गाडीको बन्दोबस्ती गर्न मेरो गाडी लुटिएको रहेछ भन्ने खुलस्त भयो। तर एकदम नरमाइलो लाग्यो। पछि हामीले सो कुरा तत्कालिन प्रम कोइरालालाई जानकारी गरायौ। उहाँले तत्कालिन गृहमन्त्री सिटौलालाई सो जानकारी गराउन भने अनुसार गर्यौक। तर सुनुवाइ भएन। हामीले सो गाडी लिने प्रयास भने जारी राखेका थियौ।
सवारी सहित अपहरण गरेपछि श्रेष्ठले माओवादीले दिएको यातना पछि आफ्नो शरीरको निलडाम देखाउँदै। उहाँलाई करिव ३६ घण्टा माओवादीले यातना दिएको थियो। तस्विर सौजन्यः राजु श्रेष्ठ।
अचानक सात महिनापछि मलाई वागवजारबाट मेरो गाडीको बारेमा एक जना भाइले जानकारी गराए। शूरुमा इमेज च्यानलमा आएको रिपोर्ट र त्यसपछि अन्य सञ्चारमाध्यममा  आएको रिपोर्टका कारण मेरो गाडी धेरैको चासोको विषय भएको थियो। मेरा गाडीको वारेमा थाहा पाएका ति भाइले मलाई बताएपछि हामी सो गाडी लिने सुरमा वागवजार गयौ। बागबजारमा पुगे। अतिरिक्त साँचो भएका कारण मैले गाडीलाई स्टार्ट गरेर वाहिर निकाले। त्यहाँ मैले मेरै गाडी निकाल्न खोज्दा म माथि आक्रमणको प्रयास भयो। सो समयमा मेरो लुटिएको गाडीमा सवार हुने देवेन्द्र पौडेल र टोप बहादुर रायमाझीले मलाई त्यहाँ अलमल गराएर रोक्न खोजे। गाडी फिर्ता गराउन ल्याएको बताइरहे। त्यतिबेलै प्रहरी आइपुग्यो। ति मध्येका एकले गाडी राजुजीकै भएको र गाडी फिर्ता गराउन आएको तर गुण्डागर्दी गरेर लान पाइन्छ पो भने उल्टो मलाई। गाडी हनुमानढोका लगियो। गाडीमा फरक फरक पाँचवटा नम्बर प्लेट, केहि थान हतियार र अन्य पर्चा पम्प्लेट थियो। सो सबै निकालेर हामी प्रहरीको उपस्थितिमा त्यहाबाट वाहिरियौ। नेपाली काग्रेसको झण्डा गाडीमा राखेर माओवादी ज्यादतीको विरोधमा नाराजुलस गर्दै। सायद त्यो माओवादी ज्यादती विरुद्धको खुल्ला चेतावनीयुक्त पहिलो प्रदर्शन थियो।  प्रचण्डको पुत्ला जलाउँदा गणेश चिलुवाल मारिएका थिए। तर हामी त्यो सबै कुराबाट नडराई माओवादी ज्यादतीको विरुद्ध टाउकोमा कफन बाँधेर उत्रिएका थियौ।
मैले केहि समयपछि एक साप्ताहिक पत्रिकामा रायमाझीले मेरो गाडीको वियषमा दिएको झुटको पुलिन्दा सहितको अन्तर्वार्ता हेरे। एक होटलमा लुटपाट गर्दै गरेको बेलामा नियन्त्रणमा लिइएको भन्दै मिथ्या आरोप लगाइएको रहेछ। माओवादी जगैदेखि झुटमा टिकेको हुनाले मैले त्यसमा प्रतिक्रिया जनाउन उचित पनि ठानिन।
यो घटनापछि मैले सिकेको एउटै कुरा के हो भने माओवादी, गुण्डा, र आतंककारीहरुले सधै डर र त्रास सिर्जना गरेर आफ्नो राज कायम गर्न चाहँदा रहेछन। जबसम्म हामी डरलाई जित्न सक्दैनौ तबसम्म उनीहरु नागरिकमाथि राज गरिरहन्छन। आजको सभ्य समाजमा कुनै पनि बहाना र वादका नाममा गरिने हत्या हिंसा त्यो कदापी सहि हुन सक्दैन। चाहे त्यो नाथुराम गोड्सेले गरेको होस वा विन लादेन या पुष्कमल दाहाल। हत्या र हिंसा सभ्य समाजले स्विकार्न सक्दैन। यस्ता अपराधीहरुलाई कानुनी दायरामा ल्याएर मात्र समाज सभ्य कहलाउन सक्छ। नत्र उहि अराजकता मात्रै हुन्छ।

- See more at: http://www.hamrakura.com/119026.html#sthash.8cNfqOZB.cP9KCKbD.dpuf



पूर्वयुवराज पारसलाई दशैंमा नेपाल ल्याउन बैंकक पुगेकी हिमानी शाह एक्लै निरास भएर फर्किइन्


himani_shah
पूर्वयुवराज पारसलाई दशैंमा नेपाल ल्याउन बैंकक पुगेकी हिमानी शाह एक्लै फर्किएकी छन्। असोज ५ गते थाई एयरबाट साढे १२ बजे उनी काठमाडौँ फर्किएकी हुन्। स्रोतका अनुसार बैंककबाट फर्किएपछि हिमानी निराश देखिएकी छन्। धेरै प्रयास गर्दा पनि पारसलाई नेपाल फर्काउन उनले सकिनन्। र, रित्तो हात फर्किइन्।
विगत पाँच वर्षअघि पारस र हिमानीको सम्बन्ध चिसिन थालेको थियो। राजतन्त्रको अवसानसँगै पारस नेपाल छाडेर सिंगापुर पुगेपछि उनी विदेशमै रमाउन थाले। पछिल्लो समय उनी बैंकमा बस्दै आएका छन्। मदिरा र युवती मात्र नभई ड्रगको कुलतमा समेत फसेका पारस थाई गर्लफ्रेन्ड कोनिकासँग बस्दै आएका छन्।
उनलाई हृदयाघात हुँदा उनै कोनिकाले पारसलाई अस्पताल पुर्‍याएकी छन्। पूर्वराजपरिवार बैंककमा रहँदा कोनिका पारससँग टाढिए पनि पछिल्लो समय पारस कोनिकासँगै बस्दै आएको स्रोत बताउँछ। गम्भीर किसिमको हृदयघात भए पनि चामत्कारिक रुपमा पारसको उपचार सम्भव भएको थियो। डाक्टरले उनलाई कुनै पनि हालतमा मदिरा तथा धुम्रपान नगर्न चेतावनी दिएका थिए। तर पनि उनको व्यवहार सुधि्रएको छैन। पूर्वराजा ज्ञानेन्द्रले विदेशी बैंकमा राखेको पैसामा उनले मस्ती गर्दै आएका छन्। काठमाडौंबाट पनि उनले पटकपटक पैसा मगाउने गरेको परिवारनिकट स्रोत बताउँछ। एनआरएन थाइल्याण्डका महासचिव सुनील खड्काले पारसलाई बैंककमा सहयोग गर्दै आएका छन्। पारसकै कारण पूर्वराजपरिवार अहिले तनावमा छ। पारस विदेशिएपछि हिमानी भने हिमानी ट्रष्ट नामक एनजीओ खोलेर सामाजिक गतिविधिमा सक्रिय हुँदै आएकी छन्।
साभार :विक्लीनेपाल

पूर्वयुवराज पारसलाई गम्भीर सुरक्षा खतरा !

बितेको एकहप्ताभित्र  पत्रपत्रिका, अनलाईन , रेडियो, टेलिभिजनलगायत सबैजसो सञ्चार माध्यममा पूर्वयुवराज पारस शाहले अर्को विवाह गर्ने र पूर्वयुवराज्ञी हिमानी शाह पारसलाई भेट्न  बैंकक गएको खबरले प्राथमिकता पाएको छ  ।
paras 1पूर्वयुवराज पारस त्यहाँ रहनुका पछाडि आफ्नी प्रेमिकासँग बस्ने मात्र नभएर उनमाथि विभिन्न तरिकाले सुरक्षा खतरा रहेको दरबारनिकट स्रोतले बताएको छ ।  नेपालमा २०६२÷०६३ सालको राजनीतिक व्यवस्था परिवर्तन नभएको भए उनी नेपालको राष्ट्र प्रमुख हुने थिए । तर समयले मानिसलाई धेरैअघि वा धेरैपछि पनि पार्नसक्छ भन्ने उदाहरण नेपालमा राजतन्त्रको अवस्था हेरेर भरपुर उदाहरण दिन सकिन्छ । राजनीतिक व्यवस्था परिवर्तनपछिको सबैभन्दा प्रभावित संस्था राजतन्त्र नै हो । राजतन्त्रका कारण पूर्वराजा ज्ञानेन्द्रले नेपालको राष्ट्र प्रमुख मात्र होइन नारायणहिटी राजदरबार पनि छाड्नु परेको थियो । उनी त बरु पूर्वराजा वीरेन्द्रको वंशज सकिएपछि राजाको रुपमा स्थापित हुने भाग्यमानी थिए ।
तर पूर्वराजाका छोरा अर्थात पूर्वयुवराज पारस चाँहि धेरै नै अभागी सावित भएका छन । त्यसैले त कहिले काँही पारसले आफ्ना साथीहरुसँग बाबुका कारण आफू नेपाल बस्न नसकेको प्रतिक्रिया दिने गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका उपाध्यक्ष डाक्टर तुलसी गिरी राजनीतिमा सक्रिए हुँदा र प्रेसमाथि आक्रमण गर्दा नेपालबाट राजतन्त्रको अन्त्य भएको बताउँछन् । उनले पूर्वराज ज्ञानेन्द्रको व्यवसायीक मोह अर्थात राजनीतिसंँगै व्यापार गर्ने ईच्छाका कारण पनि नेपालबाट राजतन्त्र समाप्त भएको दाबी गरे ।
पूर्वराजाको समर्थन गर्ने र प्रत्यक्ष शासनकालका धेरै नेताहरुका अनुसार पूर्वराजालाई मन्त्रीपरिषद्का सदस्यहरुले सक्रिय राजनीतिमा भाग नलिन आग्रह गरेका थिए । स्रोतले भन्यो “हामीले कि तत्कालिन विद्रोही माओवादीलाई साथमा लिएर अगाडि ‘बढिबक्स्यो’ । कित नेपालका संसदवादी दललाई साथ ‘लिइबक्स्यो’ भनेका थियौं । तर सरकार (ज्ञानेन्द्र) ले ‘मानिबक्सेन’ । आर्थिक नाफा नोक्सान धेरै हेर्ने भएका कारण पनि नेपालबाट राजतन्त्र पतनको बाटोमा गएको हो । रक्सी मनलाग्दी खाने र नराम्रोसँग गाली गर्ने सरकारको बानी बनेको थियो । रक्सीले सनक चढेपछि जे पनि गर्ने सरकारको बानी थियो ।’ शाहीकालीन उपाध्यक्ष गिरी राजतन्त्र पतन हुनुमा स्वयं ज्ञानेन्द्रकै हात रहेको दाबी गर्छन् ।
आफ्ना बाबु ज्ञानेन्द्रको चर्को आलोचक नेपालमा २०६५ साल जेठ १५  गते संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आयो । गणतन्त्र कार्यान्वयनसँगै नेपालबाट २ सय ४० वर्ष पुस्तैनी र परम्परागत शासन गरेकोे राजतन्त्रको अन्त्य भयो । राजतन्त्रको अन्त्य र गणतन्त्र कार्यान्वययनसँगै पूर्वराजा ज्ञानेन्द्रको परिवारमा कहलको बिऊ रोपियो । गणतन्त्र आउनुका पछि आफ्ना बाबुको व्यवहार जिम्मेवार रहेको निष्कर्ष निकालेका पारसले बाबुले नारायणहिटी छाडेर नागार्जुन गएपछि उनी बाबुको पछि लागेनन् । त्यसैले होला पूर्वयुवराज पारसले आफ्ना साथीभाईसँग बाबुको आलोचना गर्ने गरेका छन् । ज्ञानेन्द्र कोमलका साथ एउटै गाडीमा मध्यरातमा नागार्जुन ज्ञानेन्द्र प्रस्थान गरेको अवस्थामा पारस भने निर्मल निवासतिर लागे । उनी निर्मल निवासमै बसे । त्यसपछि उनको विदेश यात्रा क्रमसः सुरु भएको मानिन्छ ।
paras 2जब पूर्वयुवराज पारस ०६६ सालमा काँग्रेस नेतृ सुजाता कोईरालाका छोरी ज्वाई बंगलादेशी नागरिक रुवेल चौधरीसँगको झगडामा फसे अनि उनलाई लाग्यो  सामान्य जीवन जीउनका लागिसमेत उनलाई नेपालमा समस्या छ । त्यसबीचमा भने उनले विभिन्न क्षेत्रमा पूर्वयुवराज्ञी हिमानीमार्फत समाजिक कामको थालनी गरेका थिए  । त्यसले उनलाई नागरिकसँगको सम्बन्ध जीवित राख्नका लागि महत्वपूर्ण सहयोग गरिरहेको थियो । तर आफू नेपालमै असुरक्षित रहेको लागेपछि उनी ०६७ सालदेखि नेपाल लगभग आएका छैनन् भन्दापनि हुन्छ । त्यसको मुख्य कारण हो, उनलाई सुरक्षा खतरा छ नेपालमा । नेपालका विभिन्न गुप्तचर निकायले निकालेका प्रतिवेदनअनुसार नेपालमा पूर्वयुवराज पारस शाहलाई विभिन्न क्षेत्रमा खतरा छ । त्यसको महत्वपूर्ण प्रमाणका रुपमा बेलाबेलामा भारतीय दैनिक पत्रपत्रिकाले लगाउने गरेका ‘पूर्वयुवराज लागुऔषण कारोबार र नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न’ भएको आरोपहरु रहेका छन् । त्यसैले उनी नेपालमा बस्न नसक्नुको वा बस्न नचाहनुको मुख्य कारण बाबुसँगको सम्बन्ध भन्दा पनि असुरक्षा नै हो ।
नेपालको राजा हुनुपर्ने पारस अहिले थाईल्याण्डमा जीवन मरणको अवस्थाबाट सुधारको अवस्थामा आएका छन् । तर नेपाल फर्किने कुरा अहिलेसम्म पूरा हुनसकेको छैन ।  गएको वर्ष फागुन ८ गते अचानक बेहोस भएपछि उनी १ महिना सात दिन त्यहाँको समितिभेज अस्पताल भर्ना भए  । लामोसमयसम्म कोमामा पुगेका उनको निधन भएको समेत विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको थियो । ११ दिनपछि मात्र उनको होस आएको थियो ।
प्रेमिका कन्निकाले उनलाई अस्पताल पुर्याएकी थिइन । उपचारमा पनि झण्डै साढे तीन करोड रुपैयाँ खर्च भएको स्रोतले बताएको छ । १ सय ७ दिनको अस्पताल बसाइपछि उनी थाईल्याण्डको बैंककबाट च्याङमाईमा रहेको सुधार गृहमा पुगेका थिए । उनी अहिले पूर्णरुपमा स्वस्थ भइसकेका छन् । उनले अस्पतालबाट डिस्चार्ज हुने बेलामा सबैलाई आफूले पुनर्जीवन पाएको भन्दै धन्यवाद दिएका थिए । उनले भनेका थिए ‘म अब केहीदिन सुधारगृहमा बस्नेछु । त्यसपछि म नेपाल फर्किएर नेपाल र नेपालीका लागि समाजिक काममा लाग्नेछु । तपाईंहरुले गर्दा मैले पुर्नर्जीवन पाएको छु ।’ लामो समय थाईपे्रमीकाको साथमा बसेका पारसले आफन्त र साथीहरुसँग नेपाल फर्कने भनेको पनि लामो समय बितिसकेको छ । उनी नेपाल आउने प्रतिबद्धताका कारण थाईल्याण्डबाट बाबु ज्ञानेन्द्र, आमा र श्रीमतीलगायत सबै फर्किइसकेका छन् । अहिले फेरि उनी प्रेमिका कन्निकाको सम्पर्कमा छन् ।  त्यसैले पारस नेपाल फर्किने सम्भावना पनि कम हुँदै गएको छ ।
किन खतरा छ पारसलाई ?
विक्रम संवत २०५८ साल जेठ १९ गते नेपालमा शाहवंशीय ईतिहासमा सबैभन्दा ठूलो त्रासदीपूर्ण दुर्घटना भएको थियो । घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी कोमल, युवराज दीपेन्द्र र निराज, युवराज्ञी श्रुतीसहति राजपरिवारका ११ सदस्यको धिन भएको थियो ।  ठूलोबाबु वीरेन्द्रको वंश नै नास हुनेगरी भएको घटनाको जीवित साक्षीमध्येका एक पूर्वयुवराज पारस नै हुन् । उनी घटनाका प्रत्यक्षदर्शी पक्कै हुन्, अरु कुरा  अनुसन्धानको विषय बन्नसक्छ ।
नेपालको राजनीतिमा दख्खल राख्नेहरु नेपालमा मात्र र परिवारमा मात्र यस्तो घटनाका योजनाकार हुन नसक्ने अनुमान गर्छन् । नेपाल प्रहरीको उच्च स्रोत भन्छ ‘तिनै विदेशी जसको दरबार हत्याकाण्डमा संलग्नता हुनसक्छ । तिनैबाट पारस शाह असुरक्षित हुनसक्छन् ।’ जमिम साहको हत्या, युनुस अन्सारीमाथि कारागारभित्रै भएको गोली प्रहारलगायत घटनामा संलग्नहरुकै भनाइबाट पनि पूर्वयुवराज पारस असुरक्षित छन् । यही कुरा बुझेका कारण पारस नेपाल बस्न सकेका छैनन् ।
स्वागत समिति समेत निराश !
दुईहप्ताअघि पूर्वयुवराज पारस शाह नेपाल फर्किने भनेर पूर्वराजावादी र उनका समर्थकहरुले स्वागतका लागि भव्य तयारी गरेका थिए । पूर्वराजानिकट मानिने राप्रपा नेपालकी केन्द्रीय सदस्य  कमला शर्माले पूर्वयुवराज पारसको स्वागतका लागि समितिसमेत गठन गरिएको जानकारी दिइन् । त्यस्तै पारसलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट मोटरसाईकल र्यालीसहित निवाससम्म लैजान भव्य मोटरसाईकल र्याली र दलबलसमेत तयार गरिएको थियो । तर अहिले पारस आउने नआउने समयको टुंगो नलागेपछि पूर्वराजावादीहरु निराश बनेका छन् । शर्माले भनिन् “ भाइहरुले मोटरसाईकल र्याली निकाल्ने तयारी पनि गरेका थिए । स्वागतका लागि समितिसमेत बनाइएको थियो । तर युवराज सरकार आउने नआउने विषयमा कुनै टुंगो नलागेपछि अहिले तयारीमा जुटेका भाइहरु निराश छन् । उहाँ कहिले आईबक्सन्छ कुनै जानकारी नै छैन ।’
त्यसो त पूर्वराजा ज्ञानेन्द्रका सहयोगी सागर तिमिल्सिनाले पूर्वयुवराज आउनेबारेमा कुनै जानकारी नभएको बताएका छन् । स्रोतका अनुसार उनले फेरि पनि नेपालमा आफू असुरक्षित रहेको महसुस गरेका छन् । राप्रपा नेपालका अर्का नेता मोहन श्रेष्ठले स्वागतका लागि विभिन्न समिति बनेपनि पूर्वयुवराज आउने विषयमा अहिले केही टुंगो नलागेको जानकारी दिए ।
स्रोतका अनुसार सकभर पारस नेपाल आउने छैनन् । किन की उनलाई आफ्नो सुरक्षाका विषयमा  गम्भीर चासो र चिन्ता छ । पूर्वसुरक्षाअधिकारीहरुका अनुसार नेपालमा भन्दा उनी विदेशमै सुरक्षित छन् । नेपाल आउने प्रतिबद्धता जनाएका पारस नआएपछि उनको परिवार पनि चिन्तमा छ । एक पूर्वराजावादी नेताका अनुसार पारस नेपाल आए पनि उनले भनेजस्तै समाजिक काम गर्नसक्ने छैनन् । त्यतिमात्र होइन कुनै न कुनै घटनापछि उनी फेरि विदेश पलायन हुनेछन् ।
- See more at: http://kathmandutoday.com/2013/09/4280.html#sthash.lSFgxSND.dpuf

यस्तो रोचक छ ‘मोबाईल ईतिहास’

नेपालका आधा जनसख्यासगँ मोवाईल सेट छ । सन् २०१२ मा अन्तराष्ट्रिय टेलिकम्प्युनिकेशन युनियनले जनाए अनुसार विश्वभरका ६ अर्व मानिसले मोबाईल प्रयोग गरिरहेका छन् । धेरै सस्ता र आकर्षण फिचर भएका मोवाईलहरु बजारमा आउन थालेसगै प्रयोगमा सहजता आएको छ । साधारण मोबाईल मात्रै हैन स्मार्ट मोवाईल नै धेरै भन्दा धेरै सस्तोका साथै आकर्षण फिचरमै पाउन सकिन्छ । तर तपाईले बोक्दै आएको  मोवाईलको भित्री रहस्यको वारेमा के कति जानकार हुनुहुन्छ ? यस्ता रहस्य थाहा पाईराख्नुस् ।
 एउटा एसएमएसमा एक सय ६० अक्षरसम्म मात्रै किन लेख्न मिल्छ ?


सन् १९८५ मा ४५ वर्षिय कम्प्युनिकेशन रिसर्चर फ्राईडहेल्म हिल्लीब्रान्डले एक पटकको एसएमएसमा १६० अक्षर मात्रै पठाउन मिल्ने भनेर परिभाषित गरेका थिए । उनले टाईप राईटरमा क्रमिक रुपमा एउटा छोटो म्यासेज टाईप गर्दा १६० अक्षरमै टाईप गरि सकेका थिए । लस एञ्जलस टाईम्सले जनाए अनुसार प्राविधिक कारण भने १ सय २८ अक्षर सम्मलाई मात्रै एसएमएस भनिए पनी अरु ३२ अक्षर थपे पछि मात्रै प्रयोगकर्तालाई पुर्ण एसएमएस पठाउन सहज हुने सकिने निष्कर्ष निकाल्दै  १ सय ६० अक्षर हुनुपर्छ भन्ने मान्यता अघि वढाएको हो ।
                              सबैभन्दा वढी एसएमएस गर्ने राष्ट्र फिलिपिन्स । 





विश्वमा सवैभन्दा वढी एसएमएस पठाउने राष्ट्रको अग्रसुचिमा फिलिपिन्स पर्न आउछ ।  एक दशमलव ४ विलियन टेक्स्ट म्यासेज दैनिक सेन्ट हुने गरेको विकिपिडियाले जनाएको छ । सन् १९९० देखी २००० सम्म आईपुग्दा फिलिपिन्सलाई “टेक्स्ट क्यापिटल अफ दि ओल्ड” भनेर चिनिथ्यो । टेक्स्ट म्यासेज निशुल्क थियो । हाल भने एउटा टेक्स्ट म्यासेज पठाउन त्यहाँको मुद्रा “एक पिसो” लाग्ने गरेको छ ।
विश्वको पहिलो म्युजिक फोन । 


दि साईमिन्स एसएल ४५  विश्वको पहिलो म्युजिक प्ले हुने मोवाईल सेट हो । सन् २००१ मा यो मोवाईल बजारमा आएको थियो  । सो म्युजिक प्ले मोवाईलमा ३२ एमबी एक्सपान्डेवल मेमोरी राखिएको थियो । साथै एक पटक म्युजिक प्ले भएपश्चात निरन्तर ५ घण्टासम्म गित सुन्न सकिन्थ्यो



विश्वको सवैभन्दा महगों मोवाईल । 



तपाईले हालै चलाईरहनुभएको मोबाईल कतिमा किन्नुभयो ? चार पाच हजार देखी वढीमा लाख  रुपैयाँको हाराहारी सम्मका मोवाईल प्रयोग गर्दै हुनुहुन्छ होला हैन । नेपालमा हालै लञ्च गरिएको महगों फोन सामसुङ ग्यालेक्सी एसफोरको मुल्य पनी ७१ हजार ९ सय पर्न जान्छ । तर विश्वको सवैभन्दा महगों मोवाईल भने आईफोन फोर डाईमण्ड रोज हो । यो मोवाईलमा सय क्यारेट्सका पाचँ सय हिराका टुक्राहरु जडान गरिएको छ । एप्पलको लोगोमा मात्रै ५३ वटा हिरा जडान गरिएको थियो ।  सो मोबाईलको मुल्य ७८ लाख ५० हजार अमेरिकी डलर पर्ने स्टुआर्ट हुगिज्स्ले जनाएको छ ।
   पहिलो चित्र म्यासेज ।


जुन ११, सन् १९९७ मा पहिलो चित्र म्यासेज मोवाईलवाट सेयर गरिएको थियो । फिलिप्पी कहनेले  भर्खरै जन्मेकी छोरीको फोटो एउटा मोवाईलवाट अर्को मोवाईलमा सेन्ड गरेका थिए । उनै फिलिप्पीले नै क्यामरा फोनको विकास गरेका हुन् भनेर विकिपिडियामा उल्लेख गरिएको छ ।
सवै भन्दा वढी विक्रि भएको मोवाईल ।

नोकिया ११ सय मोडलको सेट विश्वमा सवैभन्दा वढी विक्रि भएको छ । सस्तो र दह्रो सेट भएकै कारण विश्वमा सवैभन्दा वढी विक्रि भएको हो । नोकियाको सो सेट विक्रिलाई क्रान्ति नै मान्नुपर्छ किनभने २ सय ५० मिलियन भन्दा वढी यो सेट विक्रि भईसकेको विकिपिडियाले जनाएको छ ।