पूर्वयुवराज पारसलाई दशैंमा नेपाल ल्याउन
बैंकक पुगेकी हिमानी शाह एक्लै फर्किएकी छन्। असोज ५ गते थाई एयरबाट साढे
१२ बजे उनी काठमाडौँ फर्किएकी हुन्। स्रोतका अनुसार बैंककबाट फर्किएपछि
हिमानी निराश देखिएकी छन्। धेरै प्रयास गर्दा पनि पारसलाई नेपाल फर्काउन
उनले सकिनन्। र, रित्तो हात फर्किइन्।
विगत पाँच वर्षअघि पारस र हिमानीको सम्बन्ध चिसिन थालेको थियो। राजतन्त्रको अवसानसँगै पारस नेपाल छाडेर सिंगापुर पुगेपछि उनी विदेशमै रमाउन थाले। पछिल्लो समय उनी बैंकमा बस्दै आएका छन्। मदिरा र युवती मात्र नभई ड्रगको कुलतमा समेत फसेका पारस थाई गर्लफ्रेन्ड कोनिकासँग बस्दै आएका छन्।
उनलाई हृदयाघात हुँदा उनै कोनिकाले पारसलाई अस्पताल पुर्याएकी छन्। पूर्वराजपरिवार बैंककमा रहँदा कोनिका पारससँग टाढिए पनि पछिल्लो समय पारस कोनिकासँगै बस्दै आएको स्रोत बताउँछ। गम्भीर किसिमको हृदयघात भए पनि चामत्कारिक रुपमा पारसको उपचार सम्भव भएको थियो। डाक्टरले उनलाई कुनै पनि हालतमा मदिरा तथा धुम्रपान नगर्न चेतावनी दिएका थिए। तर पनि उनको व्यवहार सुधि्रएको छैन। पूर्वराजा ज्ञानेन्द्रले विदेशी बैंकमा राखेको पैसामा उनले मस्ती गर्दै आएका छन्। काठमाडौंबाट पनि उनले पटकपटक पैसा मगाउने गरेको परिवारनिकट स्रोत बताउँछ। एनआरएन थाइल्याण्डका महासचिव सुनील खड्काले पारसलाई बैंककमा सहयोग गर्दै आएका छन्। पारसकै कारण पूर्वराजपरिवार अहिले तनावमा छ। पारस विदेशिएपछि हिमानी भने हिमानी ट्रष्ट नामक एनजीओ खोलेर सामाजिक गतिविधिमा सक्रिय हुँदै आएकी छन्।

साभार :विक्लीनेपाल
0 टिप्पणियाँ: