नेपालका आधा जनसख्यासगँ मोवाईल सेट छ । सन् २०१२ मा अन्तराष्ट्रिय टेलिकम्प्युनिकेशन युनियनले जनाए अनुसार विश्वभरका ६ अर्व मानिसले मोबाईल प्रयोग गरिरहेका छन् । धेरै सस्ता र आकर्षण फिचर भएका मोवाईलहरु बजारमा आउन थालेसगै प्रयोगमा सहजता आएको छ । साधारण मोबाईल मात्रै हैन स्मार्ट मोवाईल नै धेरै भन्दा धेरै सस्तोका साथै आकर्षण फिचरमै पाउन सकिन्छ । तर तपाईले बोक्दै आएको मोवाईलको भित्री रहस्यको वारेमा के कति जानकार हुनुहुन्छ ? यस्ता रहस्य थाहा पाईराख्नुस् ।
एउटा एसएमएसमा एक सय ६० अक्षरसम्म मात्रै किन लेख्न मिल्छ ?
सन् १९८५ मा ४५ वर्षिय कम्प्युनिकेशन रिसर्चर फ्राईडहेल्म हिल्लीब्रान्डले एक पटकको एसएमएसमा १६० अक्षर मात्रै पठाउन मिल्ने भनेर परिभाषित गरेका थिए । उनले टाईप राईटरमा क्रमिक रुपमा एउटा छोटो म्यासेज टाईप गर्दा १६० अक्षरमै टाईप गरि सकेका थिए । लस एञ्जलस टाईम्सले जनाए अनुसार प्राविधिक कारण भने १ सय २८ अक्षर सम्मलाई मात्रै एसएमएस भनिए पनी अरु ३२ अक्षर थपे पछि मात्रै प्रयोगकर्तालाई पुर्ण एसएमएस पठाउन सहज हुने सकिने निष्कर्ष निकाल्दै १ सय ६० अक्षर हुनुपर्छ भन्ने मान्यता अघि वढाएको हो ।
सबैभन्दा वढी एसएमएस गर्ने राष्ट्र फिलिपिन्स ।
विश्वमा सवैभन्दा वढी एसएमएस पठाउने राष्ट्रको अग्रसुचिमा फिलिपिन्स पर्न आउछ । एक दशमलव ४ विलियन टेक्स्ट म्यासेज दैनिक सेन्ट हुने गरेको विकिपिडियाले जनाएको छ । सन् १९९० देखी २००० सम्म आईपुग्दा फिलिपिन्सलाई “टेक्स्ट क्यापिटल अफ दि ओल्ड” भनेर चिनिथ्यो । टेक्स्ट म्यासेज निशुल्क थियो । हाल भने एउटा टेक्स्ट म्यासेज पठाउन त्यहाँको मुद्रा “एक पिसो” लाग्ने गरेको छ ।
विश्वको पहिलो म्युजिक फोन ।
दि साईमिन्स एसएल ४५ विश्वको पहिलो म्युजिक प्ले हुने मोवाईल सेट हो । सन् २००१ मा यो मोवाईल बजारमा आएको थियो । सो म्युजिक प्ले मोवाईलमा ३२ एमबी एक्सपान्डेवल मेमोरी राखिएको थियो । साथै एक पटक म्युजिक प्ले भएपश्चात निरन्तर ५ घण्टासम्म गित सुन्न सकिन्थ्यो
विश्वको सवैभन्दा महगों मोवाईल ।
तपाईले हालै चलाईरहनुभएको मोबाईल कतिमा किन्नुभयो ? चार पाच हजार देखी वढीमा लाख रुपैयाँको हाराहारी सम्मका मोवाईल प्रयोग गर्दै हुनुहुन्छ होला हैन । नेपालमा हालै लञ्च गरिएको महगों फोन सामसुङ ग्यालेक्सी एसफोरको मुल्य पनी ७१ हजार ९ सय पर्न जान्छ । तर विश्वको सवैभन्दा महगों मोवाईल भने आईफोन फोर डाईमण्ड रोज हो । यो मोवाईलमा सय क्यारेट्सका पाचँ सय हिराका टुक्राहरु जडान गरिएको छ । एप्पलको लोगोमा मात्रै ५३ वटा हिरा जडान गरिएको थियो । सो मोबाईलको मुल्य ७८ लाख ५० हजार अमेरिकी डलर पर्ने स्टुआर्ट हुगिज्स्ले जनाएको छ ।
पहिलो चित्र म्यासेज ।
जुन ११, सन् १९९७ मा पहिलो चित्र म्यासेज मोवाईलवाट सेयर गरिएको थियो । फिलिप्पी कहनेले भर्खरै जन्मेकी छोरीको फोटो एउटा मोवाईलवाट अर्को मोवाईलमा सेन्ड गरेका थिए । उनै फिलिप्पीले नै क्यामरा फोनको विकास गरेका हुन् भनेर विकिपिडियामा उल्लेख गरिएको छ ।
सवै भन्दा वढी विक्रि भएको मोवाईल ।
नोकिया ११ सय मोडलको सेट विश्वमा सवैभन्दा वढी विक्रि भएको छ । सस्तो र दह्रो सेट भएकै कारण विश्वमा सवैभन्दा वढी विक्रि भएको हो । नोकियाको सो सेट विक्रिलाई क्रान्ति नै मान्नुपर्छ किनभने २ सय ५० मिलियन भन्दा वढी यो सेट विक्रि भईसकेको विकिपिडियाले जनाएको छ ।
साभार: मेरो कलम डट कम
0 टिप्पणियाँ: