तेरिया फौजा मगर, भारतीय टेलिभिजन ‘जीटिभी’बाट प्रशारण भएको रियालिटी शो ‘डान्स इन्डिया डान्स लिटिल मास्टर सिजन थ्री’ विजेता । रुपन्देहीकी १२ वर्षीया तेरियाले छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेकी हुन् ।
१. डीआइडी लिटिल मास्टर सिजन थ्रीको उपाधि जितेपछि अहिले कस्तो महशुस भइरहेको छ ?
पहिला त सम्पूर्ण नेपाली आमा बुवा दिदीबहिनी तथा दाजुभाइलाई मेरो नमस्कार । म तपाइँहरु सबैलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । मेरो ट्यालेन्ट र तपाइँहरुको महत्वपूर्ण भोटको सहयोगले नै म डीआइडी लिटिल मास्टर सिजन थ्रीको विजेता बन्न सफल भएँ ।
म तपाइँहरुको जीवनभरि नै आभारी रहनेछु । मलाई यसरी नै सधैं सहयोग गरिरहनुहोला । तपाइँहरुको सहयोग, साथ र माया पाइरहेमा एक न एक दिन म नेपालको नाम विश्वमा चम्काउने छु ।
डीआइडी लिटिल मास्टरको उपाधि जितेपछि आफूलाई अत्यन्तै भाग्यमानी ठानेकी छु । जतिबेला यो प्रतियोगितामा सहभागी भएको थिए, त्यतिबेलादेखि नै उपाधि जितौँ र आमाबुवा अनि देशको नाम विश्वमा चिनाउँ भन्ने लागेको थियो । त्यो सपना पूरा भएको छ । अत्यन्तै खुशी लागेको छ ।
२. डीआइडी लिटिल मास्टरको उपाधि जितेर आएपछि तपाइँलाई नेपालका विभिन्न जिल्लाहरुमा अभिनन्दन भइरहेको छ । यो सम्मानलाई कसरी लिनुहुन्छ ?
मलाई सबै नेपालीहरुले उपाधि जित्नुअघि जति सहयोग र माया गर्नु भएको थियो, उपाधि जितेपछि पनि त्यति नै माया गर्नुभएको छ । जसले गर्दा विभिन्न जिल्लाबाट सम्मानित भइरहेकी छु । यसबाट मलाई अगाडि बढ्न एकदमै हौसला मिलेको छ ।
३. डीआइडी लिटिल मास्टरमा कसरी सहभागी हुन पुग्नुभयो ?
सानै उमेरदेखि नाच्न भनेपछि म खुब मन पराउँथे । मैले नर्सरी कक्षामा पढ्दादेखि नै नृत्य प्रतियोगितामा सहभागिता जनाउन थालेकी थिए । नर्सरी कक्षामा पढ्दा सानै भएपनि नृत्य प्रतियोगितामा उपाधि जित्नेक्रम त्यहीबाट सुरु भएको थियो ।
मैले थाहा पाएसम्म कुनैपनि नृत्य प्रतियोगिताहरु मैले छुटाएको छैन । नृत्यका लागि मेरो प्रयास भइरहन्थ्यो । मैले कहिले पनि दोस्रो हुनु परेन । डीआइडी लिटिल मास्टर सिजन टु म एकदमै हेरिरहन्थे । पछि सिजन थ्री आयो । टिभीमा सिजन थ्रीका लागि जयपुर, मुम्बई, दिल्ली लगायतका ठाउँमा अडिसन हुँदैछ भने थाहा पाएँ ।
मैलै धेरै नृत्य प्रतियोगिताहरु जितेको हुनाले डीआइडीमा सहभागी हुने हौसला मिलेको थियो । त्यसपछि मैले मेरो ममीलाई भने–एक पटक प्रयास गर्दैमा के नै हुन्छ र ? त्यसपछि घरमा सल्लाह भयो ।
अनि, हामी अडिसन दिन मुम्बई गयौँ । नेपालीले अडिसन दिन पाइन्छ की पाइन्न भनेर कुराकानी भयो । जीटिभिले नेपालबाट पनि भाग लिन पाइने तर छनोट नभए त्यसै फर्काउन गाह्रो हुने बताउँदै बरु त्यसको साटो हिन्दी गीतमा नाचेको भिडियो पठाउन भन्यो । हामीले पनि भिडियो पठायौँ, त्यसलाई जीटिभीले स्वीकार ग¥यो । त्यसपछि नै मेरो नृत्यको सफर सुरु भयो ।
४. तपाइँलाई प्रतियोगितामा सहभागी हुने क्रममा भारत लैजानेदेखि अन्य काममा क–कसको सहयोग रह्यो ?
मेरो ममीले एकदमै धेरै सहयोग गर्नुभयो । पहिलो अडिसन र मेघा अडिसनमा भने मसँग बाजे हुनुहुन्थ्यो । त्यसपछि भने ममी नै मेरो साथमा हुनुहुन्थ्यो ।
५. डीआइडी लिटिल मास्टर्सका जजहरुको प्रतिक्रिया तपाइँप्रति कस्तो रहन्थ्यो ?
मेरो पहिलो शो नै राम्रो भएकाले उहाँहरुले ‘नाइस् एक्ट’ भनेर प्रसंशा गर्नु भएको थियो । त्यसमा पनि मलाई अघिल्लो लिटिल मास्टर्सकी प्रतिस्पर्धी सोम्या राई जस्तै भनेर उहाँहरुले भन्ने गर्नुहुन्थ्यो । निर्णायक मण्डलका एक सरले मेरो नृत्य सहकर्मी गौरभ र मेरो युगल नृत्य हेरेपछि, गौरभ तिमीले बलिउड नृत्य एकदमै राम्रो गर्छौँ । तर, आज तिमीलाई तेरियाले टक्कर दिइन् भनेर मेरो पहिलो शोमा नै प्रसंशा गर्नुभएको थियो । जसबाट म अत्यन्तै खुशी भएकी थिए ।
६. तपाइँले मुम्बईमा रहेर नृत्य गर्ने क्रममा धेरै कुराहरु सिक्न अवसर पाउनुभयो । सिक्ने–सिकाउने कुरामा नेपाल र त्यहाँ के–कति फरक रहेछ ?
नेपालमा हुँदा म दिनमा एक घन्टा जति नृत्य सिक्थें । यहाँ नृत्य सिक्दा दिनमा एउटा एउटा मात्रै स्टेप सिकेर घर गइन्थ्यो । तर, मुम्बईमा बिहान सात बजेदेखि १२/४ बजेसम्ममा एकै दिन लगाएर एउटा सिंगै गीत सिध्याउन लगाइन्थ्यो । यहाँ र त्यहाँमा सिकाउने कुरामा धेरै फरक छ । जसले गर्दा मैले धेरै कुराहरु सिक्न पाएको छु । फेरि मुम्बईमा ६ महिना जति बसेकाले अहिले मेरो बोलीको लवज पनि हिन्दी जस्तै भएको छ । तर......जे गर जसो गर, जतासुकै लैजाऊ मलाई, यो मन त नेपाली हो....!
७. मुम्बईमा नृत्य सिक्ने क्रममा तपाइँलाई सिकाउनु हुने गुरुहरुको बानी–व्यवहार कस्तो पाउनुभयोे ?
उहाँहरुले हामीलाई कहिले पनि भेदभाव गर्नु भएन । उहाँहरुले अरु साथीहरु समान मलाई पनि माया गर्नुभयो । माया गरेर सिकाउनु हुन्थ्यो । राम्रो नृत्य गरेको खण्डमा उहाँहरुले गिफ्ट दिने गर्नुहुन्थ्यो । चक्लेटहरु दिने गर्नुहुन्थ्यो ।
८. मुम्बई लामो समयसम्म बस्दा कहिलेकाँही घरको याद आउँदैनथ्यो ?
पहिला–पहिला निक्कै अफ्ट्यारो महशुस हुन्थ्यो । त्यसमा पनि कहिले हिन्दी नबोलेको भाषाको समस्याले झन् गाह्रो भएको थियो । जसले गर्दा कहिलेकाही बोल्ने क्रममा नेपाली शब्द नै मुखबाट निस्कन्थ्यो । बिस्तारै हिन्दी बोल्न थालेपछि सजिलो हुँदै गयो । सुरुको अढाई महिना जति मेरो साथमा ममी हुनुहुन्नथ्यो । त्यसबेला बाजे हुनुहुन्थ्यो । ममी नभएकाले सुरुको महिनामा कसैसँग बोल्न पनि मन लाग्दैनथ्यो । खाली ममीको याद मात्रै आउने, फोनमा ममीसँग कुरा गर्दै रुने गर्थे । जसका कारण मेरो नृत्य पनि राम्रो हुन्दैनथ्यो । तर, पछि ममी आउनुभयो, खुशी लाग्यो ।
९. प्रतिस्पर्धी साथीमध्ये तपाइँको मिल्ने साथी को थियो ?
मेरा दुई बेस्ट फ्रेन्ड थिए । अनुष्का र राजीव ।
१०. फाइनलमा उनै अनुष्कालाई नै पछि पार्दै तपाइँले उपाधि जित्नुभयो, कस्तो लागेको थियो त्यतिबेला ?
मलाई एकदमै खुशी लागेको थियो । खुशी व्यक्त गर्ने शब्द नै छैन । फाइनल राउन्डमा परेदेखि नै मलाई जित्छु जस्तो लागेको थियो । जब विजेताको नाम घोषणा भयो, त्यतिबेला मलाई ठूलै झड्का महशुस भयो । र, मेरो एउटा सपना पनि पूरा भयो । मेरो देश र परिवारको नाम चम्काउन पाएँ ।
११. तपाइँ फाइनल राउन्डमा नाचिरहेको अवस्थामा एउटा बाकसमा तपाइँका लागि गिफ्ट आएको थियो । त्यसभित्रबाट तपाइँको बाबा बाहिर निस्कनुभएको थियो । त्यो भन्दा अगाडि तपाइँलाई आफ्नो बाबा आउनुभएको छ भनेर थाहा थियो ?
नाई, मलाई कसैले पनि भन्नुभएको थिएन । मलाई शंका चाँही लागेको थियो । तर, मैले त्यहाँ खोज्दा खेरी भेट्टाइन, त्यसपछि मेरो आशा नै हराइसकेको थियो । जब मैले मेरो बाबालाई एक्कासी मेरो अगाडि पाएँ, त्यतिबेला विजेता बनेको भन्दा पनि धेरै खुशी लागेको थियो ।
१२. डीआइडी शोका क्रममा ग्रान्ड मास्टरका रुपमा रहेका ‘मिथुन दादा’मा तपाइँले के पाउनुभयो, उहाँ कस्तो व्यक्ति हुनुहुँदोरहेछ ?
ग्रान्ड मास्टरले मलाई एकदमै माया गर्नुहुन्थ्यो । मलाई नेपालकी रानी भन्नुहुन्थ्यो । ‘मेरो एउटा फेब्रेट कन्टेस्टेन्ड हो, गर्लफ्रेन्ड हो’ भन्नुहुन्थ्यो । मैले उहाँको एकदमै माया पाएँ । विश्रामको समयमा हामी उहाँसँग कुराकानी गथ्र्याँ ।
यसक्रममा एक पटक ग्रान्ड मास्टरले नेपालीमै भन्नुभएको थियो– ‘नेपालका दाजुभाइ, दिदीबहिनी, आमाबुबा सबैलाई मेरा तर्फबाट हाई ! नमस्कार भनी देऊ है ।’ त्यसपछि म तुरुन्तै नेपाल आउन पाइँन र भन्न पाएको थिइन तर आज तपाइँले ठ्याक्कै सम्झाइ दिनुभयो, भन्न पाएँ ।
१३. अब तपाइँ नेपालमै बसेर अगाडि बढ्नुहुन्छ की मुम्बई जानुहुन्छ ?
राम्रो कोरियोग्राफर हुने मेरो एउटा सोंच छ । त्यसैले मेरो करियर जहाँ राम्रो हुन्छ म त्यही बस्छु । यदि नेपालमा राम्रो भएन भने म मुम्बई गएर सिकेर फेरि नेपालमै आउने छु । र, सिकेको कुरा नेपालमा सिकाउन चाहन्छु । साथै नयाँ–नयाँ डान्स फर्महरुको निर्माण गर्न चाहन्छु । भारतको नृत्यको जुन उचाई छ त्यही लेभलमा नेपालको नृत्यलाई पनि पुर्याउन प्रयास गर्नेछु ।
१४. तपाइँले डीआइडी लिटिल मास्टर्स सिजन थ्रीको उपाधिसँगै जित्नुभएको नगद पुरस्कारका बारेमा विभिन्न खाले कुरा आएका छन् । कतिले ५० लाख भारु र एउटा कार जितेको भन्छन्, कतिले दश लाख भारु भन्छन् कुन चाँही सही हो ?
यस्तो हल्लाबारे मलाई थाहा थिएन । मैले जितेको नगद दश लाख भारु र केबी थ्री कप मात्रै हो । ५० लाख भारु भनेको ‘नचबलिए’ जस्ता ठूला नृत्य प्रतियोगिताको पुरस्कार हो भने कार चाँही डीआइडीको ठूलाहरुको नृत्य प्रतियोगिताको पुरस्कार हो ।
१५. विजेता भएर आएदेखि पछिल्लो समय तपाइँ सम्मान कार्यक्रमहरुमा व्यस्त हुनुहुन्छ, यो क्रम अझै केही समयसम्म चलिरह्यो भने तपाइँको पढाईलाई असर गर्दैन ?
नेपाली दाजुभाइ, दिदीबहिनी तथा बुबाआमाको भोटिङको सहयोगले नै मैले उपाधि जित्न सफल भएकी हुँ । त्यसैले अहिले मैले उहाँहरुको सम्मानका लागि समय दिनै पर्छ । म मेरो पढाई छाड्ने छैन, चाँडै स्कूल जान थाल्ने छु ।
१६. अन्त्यमा तपाइँका सुभचिन्तकहरुलाई केही भन्न चाहनुहुन्छ ?
म तीनओटा कुरा भन्न चाहन्छु । पहिला त मलाई तपाइँहरुले साथ दिनुभएकोमा धेरै–धेरै धन्यवाद । मलाई सधैँ यसरी नै सहयोग गरिरहनुहोला । दोस्रो, जसरी मेरो ममीले मेरो इच्छा बुझेर मलाई नृत्य सिक्ने अवसर दिनुभयो, त्यसरी नै तपाइँहरुले पनि आफ्नो छोराछोरीको इच्छा बुझ्ने कोशिस गर्नुस् । र, मात्रै छोराछोरीको भविष्य बनाउने सोच बनाउनुस् । तेस्रो, जुन कुनै प्रतियोगितामा सहभागिता जनाउने प्रयास गर्नुस्, सोनो होस् वा ठूलो । सानोबाट नै ठूलो ठूलो हुँदै जाने भएकाले तपाइँले प्रयास गर्दै जानुभयो भने एक न एक दिन तपाइँलाई सफलता मिल्ने छ ।
प्रस्तुतिः कमल राना ।
तस्वीर: बबिता बुढाथोकी /ऋषिराम कट्टेल
तेरिया मगर |

डान्स इन्डिया डान्स (डिआइडी) प्रतियोगिताका लागि चार महिनादेखि भारतको मुम्बईमा रहेकी तेरिया अन्तिम पाँचमा छनोट हुने निश्चित भएपछि रूपन्देहीमा नृत्य छायांकनका लागि जीटीभीको टोलीसहित आएकी छन् ।
तेरियाले नेपालमा रहँदा नृत्य प्रस्तुत गर्ने र आफूलाई भोट दिन आग्रह गर्ने कार्यक्रम छ। १४ वर्ष उमेरसम्मका ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै उनी भोटिङ उत्कृष्ट १० मा पुगेकी थिइन्।
आकर्षक नृत्य कलाका कारण निर्णायकको मन जितेकी उनले दर्शकबाट पनि सर्वाधिक भोट पाइरहेकी छन् । प्रतियोगिताको अन्तिम पाँचजनामा छनोट हुने तेरिया पहिलो नेपाली र कम उमेरकी प्रतियोगी हुन्।
मुम्बईबाट काठमाडौं हुँदै भैरहवा आइपुगेकी तेरियाको टोलीलाई गौतमबुद्ध विमानस्थलमा विभिन्न संघसंस्था र तेरियाका आफन्तले भव्य स्वागत गरेका छन् ।
भैरहवा हुँदै बुटवल र उनको जन्म गाउँ रुद्रपुर पुग्दासम्म उनको स्वागतमा हुने सबै गतिविधिको जिटिभीले छायांकन र प्रसारण गर्ने भएको छ ।
बागेश्वरी संगीतालय बुटवलकी प्रशिक्षार्थी तेरिया रुद्रपुरस्थित विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। तेरियाले गत वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम भएकी थिइन् ।
डीआईडी लिटिल मास्टर्सको उपाधि विजेताले ५० लाख भारु नगद र कारलगायतका उपहार प्राप्त गर्नेछन्।

0 टिप्पणियाँ: