स्कुल कलेज वा अफिसका कम्प्युटर हरु जुन आईटि नियन्त्रणमा हुन्छन जहाँ तपाईँहरुले पनि कयौ पटक आफुलाइ मन पर्ने सोसियल नेटवोर्किङ साईट (फेसबुक, ट्विटर, गूगल प्लस) खोल्ने प्रयास पक्कै गर्नुभएको होला । अथवा भिडियो हेर्न वा डाउनलोडगर्न युटुब वा टोरेन्ट पनि खोल्ने प्रयास गर्नुभयो होला । तर एडमिनिस्ट्रेशन द्वारा यस्ता साइटहरु जुन स्कुल कलेज वा कार्यालयको मर्यादा वा नियम बिपरीत छन् सबै बन्द गराइएका हुन्छन।
यो प्रकिया वहाँ कामगर्ने ब्यक्तिहरुका लागि तनावको बिषयपनि बनेको हुन सक्छ ।यस्ता केही तरीकाहरु छन् जसको सहयोग द्वारा कम्प्युटरमा ब्लक गरीएका वेबसाईटहरु खोल्न सकिन्छ ।आउनुहोस केहि सरल तरीकाहरुको बारेमा जानौँ ।
१. वेबसाइटको IP ऐड्रेस को मद्दतले
वेबसाइटको IP ऐड्रेस को मद्दतले केही वेबसाइटहरु कम्प्युटरमा अनब्लक गर्न सकिन्छ । प्रायजसो कुनैपनि वेबसाईटलाइ ब्लक गर्नको लागि उक्त वेबसाइटको युआरएल को प्रयोग गर्ने गरिन्छ । यस्तो अबस्थामा त्यस्ताखाले वेबसाइटहरु खोल्नका लागि उक्त वेबसाइटको IP ऐड्रेस को प्रयोग गर्न सकिन्छ ।
स्टेप १- सबैभन्दा पहिले आफ्नो कम्प्युटरको स्टार्ट मेनुमा गएर "रन" सेलेक्ट गर्नु ,
स्टेप २- अब रन कमांन्ड बक्समा "cmd" टाईप गरि इन्टर थिच्नुहोस ,
स्टेप ३- त्यसपछि तपाईको कम्प्युटर स्क्रिनमा माथि देखाएजस्तो कालो रङकोकमान्ड विंडो खुल्ने छ।
स्टेप ४-अब कमांड विंडो मा तपाईँले खोल्न चाहेको वेबसाईटको "URL" टाइप गर्नुहोस। उदाहरणको लागि फेसबुक खोल्न चाहानुभएको भएअ- www.facebook.comफेसबुकको "URL" हो ।तर हामिले ध्यान दिनुपर्ने कुरा के छ भने, तपाईंले खोल्न चाकेको वेबसाईटको अगाडि "ping"टाईप गर्नुपर्छ । उदाहरणको लागी "ping www.facebook.com"यो तरीकाले टाइप गरीसकेपछी इन्टर बटन थिच्न नभुल्नुहोला ।
स्टेप ५- पिंग कमांड टाइपगरेर इन्टर थिच्ने बित्तिकै तपाइको कम्प्युटर स्क्रिनमा उक्त वेबसाइटको IP ADDRESS देखिन थाल्छ । जुन यस्तो "173.194.35.114" फर्मेटमा हुन्छ तर अङ्कहरु परक फरक हुन सक्छन् ।
स्टेप ६- अब माथि दीइएको जस्तै IP address को फर्मेटको लाइ आफ्नो कम्प्युटरको ब्राउजर खोलेर address bar मा टाइप गर्नुहोस । इन्टर बटन थिच्नुहोस वेबसाइट खुल्न सक्छ जुन सामान्य अबस्थामा ब्लक हुन्थ्यो ।
तरीका नं-०२"URL address छोटो बनाएर "
जानकारिको लागि अघिल्लो तरिका कमांड प्रॉम्प्ट मा वेबसाइटको URL ब्लक नभएको अबस्थामा मात्र काम गर्छ ।यदी कमांड प्रॉम्प्ट मा वेबसाइटको URL ब्लक भएको अबस्थामा यो नयाँ तरीका अपनाउन सकिन्छ ।
स्टेप १- सबैभन्दा पहीले इन्टरनेट ब्राउजर खोलेर तल दीइएका मध्य कुनै एक साइट खोल्नुहोस ।
http://goo.gl
https://bitly.com
https://bitly.com
त्यस पछि वेब ब्राउजरमा यस्तो देखिन्छ ।
स्टेप २- अब माथि देखिए जस्तै सर्च बक्समा तपाईंले खोल्न चाहेको वेबसाइटको URL टाइप गरेर इन्टर बटन थिच्नुहोस ।त्यसपछि तपाइको वेबसाइट URL छोटो फर्मेटमा देखिने छ ।
स्टेप ३- अब उक्त छोटो URL लाइ आफ्नो कम्प्युटरको वेब ब्राउजरमा लगेर पेस्ट गरि इन्टर बटन थिच्नुहोस वेबसाइट खुल्न सक्छ ।
तरीका नं-०३ प्रॉक्सी (proxy) सर्वरको मद्दतले
Add caption |
हरेस नखानुहोस तरीका नम्बर २ पनि काम नगरेको अबस्थामा तपाईंलाइ यो तरिका उपयोगि हुन सक्छ ।
स्टेप १- गूगल क्रोम ब्राउजर खोल्नुहोस
स्टोप २- Settings > Advance settings >Show advance settingsमा क्लिक गर्नुहोस माथि देखाएजस्तो फर्मेट खुल्छ।
स्टेप ३- ‘Show advance settings ’) ऑप्शनमा क्लिक गर्नुहोस , तलको जस्तो बक्स खुल्छ ।
स्टेप ४-अब माथि देखाईएको क्रमानुसार LAN setting मा क्लिक गर्नुहोस ।दाँया साइडको जस्तो बक्स खुल्नेछ ।
स्टेप ५-अब यहां ‘Use Proxy Server for your LAN’ अप्सनको चेकबक्समा क्लिक गर्नुहोस ।
स्टेप ६- चित्रमा देखाएजस्तै आफुले खोल्न चाहेको वेबसाइट "URL"ऐड्रेस फील्डमा टाइप गर्नुहोस।
स्टेप ७- पोर्ट नंबरको ठाउँमा"80" टाइप गरेर"ok" बटन क्लिक गर्नुहोस ।अब ब्लक साइट खुल्छ ।
तरीका नं-०४ ultrasurf टूलको मद्दतले
यसको प्रयोग गर्नको लागि
स्टेप १-सबै भन्दा पहिलेultrasurf टुल डाउनलोड गर्नुहोस ।डाउनलोड गरेको पाइललाइ अनजिप गरी आफ्नो कम्प्युटरमा इन्सटल गर्नुहोस ।जो विन्डोज खुल्छ त्यस्लाइ मिनिमाइज गर्नुहोस इन्स्टल गरीसकेपछि तपाईँको कम्प्युटरको वेब ब्राउजरमा पहिले ब्लक भएका साईटहरु खुल्न थाल्ने छन ।
माथिका तरीकाहरु केबल सहि सदुपयोग गर्नको लागि मात्र दीइएको हो ।
1 टिप्पणियाँ:
great idea thanks a lot