यौन व्यवसाय विश्वकै सबैभन्दा पुरानो व्यवसाय हो ...कसरी

 

 सम्मान कि अपमान ?
सुरुरज हजारे दाहाल
यौन, धर्म, राजनीति र प्रेम यि चार कुरा मानिसलाई प्रत्यक्ष असर गर्ने सामाजिक तत्वहरु हुन् । मानिसको सिर्जना नै यौनबाट भएको हो । स्तनधारी सामाजिक प्राणी मानिस तथा अन्य जनवार वा अण्डाबाट सन्तान जन्माउने चराहरु सबैको जन्म भालेपोथीको समागमबाट हुने गर्दछ । सम्भवत मानव जातीले मात्र शरिरको चाहना हुनासाथ यौनतर्फ उन्मुख हुन्छ भने अन्य जीवहरु वंश अगाडि बढाउनको लागि । अझ स्पष्ट भन्दा सन्तान उत्पादन बाहेक एक आन्तरिक आनन्दको लागि पनि मानिससँग यौनकार्य प्रत्यक्ष सरोकार राख्दछ ।अन्य जीव जस्तो खुलेआम मानिसलले जो कोहीसँग यौन सम्पर्क गर्न सक्दैन । हाम्रो जस्तो मुलुकमा विवाह मात्र यौनको बाटो खोलिदिने लाइसेन्स हो । तथापि विवाह बाहेक आपसी सहमतीमा दुई विपरित लिंगी या समलिंगी वा विवाह या विछोड अगाडि प्रेमिप्रेमिका विच पनि समागम हुन सक्छ । तर यो बाहेक यौनको पनि किनबेच हुने गर्दछ ।संसारको पुरानो व्यापार मध्ये यौन पनि एक हो । निश्चित रकममा केही घण्टादेखि या एक रातको लागी यौनको धन्दा हुने ठाँउ यौनस्थल हो तथापी यसलाई सामान्यतया वेश्यालय भनिन्छ । संसारभर नै पुरुषले नै रकम तिरेर महिलासँग शारिरिक सम्पर्क राख्छन् भने केही देशमा पुरुष यौन धन्दा गर्ने ठाँउहरु पनि रहेका छन् । कानूनी रुपमा खुलेर यौनको व्यापार हुने ठाँउ रेडलाइट क्षेत्र हो भने ति बाहेक अन्य ठाँउमा भएको भए त्यो गैह्र कानूनी लिइन्छ र प्रशासनले छापा मार्न सक्छ ।नेपालसँगै जोडिएको इन्डिया तथा अर्को देश बंग्लादेशमा निश्चित ठाँउमा यौन धन्दालाई कानूनी मान्यता दिएर रेडलाइट क्षेत्र छुट्याइएको छ र ति क्षेत्र बाहेक अन्य ठाँउमा त्यो धन्दा भयो भने गैह्र कानूनी हो । हाम्रो देश नेपालमा भने यौन व्यापार कस्तो रुपमा गैह्र कानूनी हो भनेर कतै पनि उल्लेख गरेको पाइदैन । यस्तै यौनसम्पर्क गर्दागर्दै फेला परेमा त्यसलाई कस्तो सजाय दिने भन्ने पनि उल्लेख छैन । त्यहि भएर प्रशासनले होटल तथा यौनको रुपमा परिचित ठाँउमा छापा मारी यौन जोडी फेला पारेमा धरौती रकम र केही समय हिरासतमा राखेर छोड्ने गर्छ ।हाम्रो अन्तरिम संविधानले मौलिक अधिकारमा गोपनियताको अधिकारलाई पनि ग्यारेण्टी गरेको छ । तर होटलमा रकम तिरेपछि सार्वजनिक ठाउँ निजी हुने कि नहुने र दुई जोडी सहमत छन् भने उनीहरुलाई थुनेर सार्वजनिक गर्ने कुरा माथि पुनर्विचार गर्ने या कानून बनाउने भन्ने पनि बेला आएको छ । निश्चय पनि उमेर पुगेका व्यक्ति विच हुने कुनै पनि शारिरक सम्पर्क तथा पैसामा खरिद हुने यौनले बलात्कार जस्ता जघन्य अपराधलाई कम गर्छ ।रेडलाइट एरियाको बहस हाम्रो जस्तो मुलुकमा धेरैले असमाजिक विषय हो तर पनि अब यौन व्यवसायलाई कानूनी दायरामा ल्याउने बेला आइसकेको छ । हरेकलाई आफ्नो शरिर माथि अधिकार हुन्छ । कुनै पनि महिला यो धन्दामा नलागुन् भनेर सरकारले पेशा व्यवसाय, हरेक नारीलाई जागरुक बनाउन सक्छ । तर नियाल्ने हो भने यो सम्भव छैन । यदि सम्भव हुँदो हो त पश्चिमा राष्ट्रमा कुनै महिला यो धन्दामा आउने थिएनन् ।हल्का रुपमा हेर्दा यौन धन्दमा सामेल हुनेलाई हेयको दृष्टिकोणले हेर्दै अश्लिल शब्दहरुले सम्बोधन गरिन्छ । अरु त अरु तिनै महिलासँग यौन सम्पर्क गरि रकम तिर्ने पुरुष नै यौनसुख दिएर पैसा लिएकी महिलालाई नै साथीभाई माझको कुराकानीमा यस्तीसँग गरियो भन्ने जस्तो तल्ले स्तरको शब्द प्रयोग गरिन्छ । सरकारले समेत यौन व्यवसायलाई कानूनी रुप दिएर केहि क्षेत्रलाई रेडलाइट क्षेत्र घोषण गर्ने बेला आएको छ । कसैले पनि यो धन्दालाई कानूनी हैसियत दिनुपर्छ भनेर बुलन्द आवाज निकालेका छैनन् । कसैले माग गरेपछि मात्र ति कुराको सम्बोधन गर्नुपर्छ भन्ने छैन । यौन व्यवसायलाई कानूनी मान्यता दिंदा यौनबारे सचेतना बढ्ने र यौनजन्य रोगको नियन्त्रणमा राज्यलाई सहयोग पुग्छ ।हिजो सम्म गर्भपतन अपराध थियो र गर्ने महिलालाई मानव हत्याकै अनुसार सजाय हुन्थ्यो तर अहिले त्यसले कानूनी मान्यता पाएको छ । कानून सम्मत बनाइदिने हो भने यौनक्रिडा, यौन बजार र यौनसँग सम्बन्धित शोषण तथा विक्षिप्त मानसिकविकृतिमा कमी आँउन सक्छ । रेडलाइट क्षेत्र घोषणा गर्नु वा कम्तिमा पनि यसको बारेमा बहस चर्चा गर्नु नारीको अपमान होइनबरु सम्मान हो । हो उनीहरुलाई सामन्यतया हेर्दै चिन्न सक्छौ । भद्दा श्रृंगार, भड्किलो कपडा, ठाँउठाँउमा छालामा उनिएका गहना र हाउभाउले उनीहरुको पहिचान हो ।उनीहरुको निधारमा टल्किएका बिन्दिया हुन्छ तर कुनै पुरुषले लगाइदिएको रातो टिका होइन, केही प्लाष्टिक र ढुंगाकोमाला हुन्छ तर पोते या मंगलसुत्र होइन अनि प्राकृति रुपमा सुन्दर भए पनि म यहि धन्दा गर्छु भनेर सजिलै चिनुन् भनेर दलिएकोलाली र क्रिम । के उनीहरुको अन्तिम श्वास यहि धन्दा गर्दागर्दै जाने हो र ? हामी हाम्रो बहिनी, छोरीहरु राम्रो चरित्रको होउन्भन्ने चाहन्छौ र यौनसँग त जोडिएको कुरा कहिल्यै सुन्न नपरोस् भन्ने चाहना राख्छौ तर ती महिलाहरुसँग गएर रकम तिर्ने पुरुषभने को हुन् त ?केहि खुला व्यक्तिहरुको कुरालाई हावामा उडाइन्छ तर पछि समय आएपछि साकार हुन्छ । काठमाण्डौँका मेयर केशवस्थापितहरुले प्रेमीप्रेमीका लागि लभपार्क हुनुपर्छ भन्नु र पूर्व गृहमन्त्री वामदेव गौतमले यौन व्यवसायलाई कानूनी दायरामा ल्याउनेबेला भएको छ भन्नु मुर्खता र असामाजिक होइन । शतप्रतिशत मानिस नै हरेक कुरामा सहमत हुनुपर्छ भन्ने छैन । अझ भन्नेहो भने हाम्रो समाजमा यौनकार्य निरन्तर हुन्छ र त्यसबाट नयाँ पुस्ता जन्मिन्छ तर यस माथि बहस हुँदैन । शहरको बढ्दो महंगीमाबाँच्न, घरेलु मजदुरी अति थोरै तलब, गरिबीको कारण पढाइ अगाडि बढाउन नसक्नु कारण अधिकांश गरीब युवतीहरु यौनकोमुख्य हब वा मसाज सेन्टर, क्याबिन रेष्टुरेन्ट र मसाजपार्लरमा शरणार्थी बन्न पुगेका छन् । अधिकांशलाई त नागरिकता भनेकोनै थाहा नहुँदा सिमकार्ड अरुको नामबाट लिने र धन्दाबाट आएको रकम सबै श्रृंगार सामाग्री, कपडामा खर्च गरि बचत गर्नब्याङ्कमा खाता पनि हुँदेन ।समग्रमा यौन व्यवसाय विश्वकै सबैभन्दा पुरानो व्यवसाय हो । पोखराको समेत खुलेआम अघोषित रेडलाइट क्षेत्र रहेकोकसैबाट लुकेको छैन । सिधै देशको कुनै पनि भागमा तत्काल रेडलाइट क्षेत्र घोषण गर्न सकिदैन र आँखा चिम्लेर कुनै निर्णयपनि गर्नु हुँदैन । सबै तहसँग बहस गरि बिस्तारै सबैको समर्थनबाट कानूनी दायरामा यौन व्यवसायलाई कानूनी मान्यता दिनसकिन्छ । रेडलाइट क्षेत्र घोषणा गर्न अझै केही दशक सम्म नसकिएला तर सहमतीको यौन बलात्कार होइन र यौन कुनै पनिजीविको शारिरिक अधिकार हो ।