एमाओवादीको यस्तो निर्णयका पछाडि निम्न कारण छन् :
१) अघिल्लो चुनावमा पराजित भएपछि तत्कालीन एमाले अध्यक्ष माधवकुमार नेपाल र कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले पार्टी पदबाट राजिनामा दिएका थिए । अहिले पराजित भएर तेस्रो स्थानमा खुम्चिनुपरेपछि आफूले पनि पार्टीको सर्वशक्तिमान पदबाट राजिनामा दिनुपर्ने सम्भावनालाई टार्न प्रचण्डले मतगणना बहिष्कारको बाटो समाते ।

२) राजिनामा नदिए पनि पार्टीभित्र अब
प्रचण्डको पहिले जस्तो शक्ति नरहन सक्छ, परिणाम अस्वीकारको नाममा उनले
पार्टी पंक्तिलाई कथित ‘क्रान्तिकारी धार’ मा फर्काउने भ्रम दिन खोजेका छन्
। यसो गरेपछि पार्टीभित्र उठ्नसक्ने आफ्नो सम्भावित विरोधलाई निस्तेज
पार्न सकियोस् ।
३) परिणाम अस्वीकार गर्दागर्दै पनि केही दिनभित्रै एमाओवादी आफूले जितेका सभासद्लाई सपथ गराउने बाध्यतापूर्ण स्थितिमा पुग्ने नै छ, तर, त्यसका लागि सत्ताको बार्गेनिङ गर्न उनले परिणाम अस्वीकारको बखेडा झिकेका हुन सक्छन् ।

४) चुनावी खेल सकिएको छैन, अब
समानुपातिकको मतगणना हुनेछ, पार्टीलाई विद्रोहमा उतारेको भ्रम दिएर
पार्टीभित्रका आफ्ना विरोधीलाई निस्तेज पारेर आफ्नो पक्षकालाई मात्र
समानुपातिकमा सभासद्मा पठाउने काम उनले गर्न सक्छन् । यो प्रयोजनका लागि
पनि चुनाव परिणाम अस्वीकारको उनको वार्गेनिङ कार्ड उपयोग हुन सक्छ ।
५) एमाओवादीको पराजयले प्रकारान्तरले
नेकपा माओवादी अर्थात् वैद्य समूहको शक्ति उजागर भएको छ र वैद्य समूहका
अगाडि अब उनको पहिले जस्तो हुँकार हुन सक्दैन । त्यसैले वैद्य समूहले
समातेको क्रान्तिकारी धारलाई भुत्ते देखाउने प्रयोजनका लागि पनि प्रचण्डले
चुनाव अस्वीकारको ‘शिशु’ निर्णयलाई हतियारका रुपमा प्रयोग गर्नेछन् ।
६) संविधानसभामा मन्त्रिपरिषद्बाट मनोनीत
गरिने २६ सिटमा बार्गेनिङ गर्न र धेरैभन्दा धेरै सिट हात पार्नलाई पनि
परिणाम अस्वीकारको बार्गेनिङ चिप्सलाई प्रचण्डले प्रयोग गर्न सक्छन् ।
७) पराजय स्वीकार गर्न नसक्ने हीन
मानसिकताका कारणले पनि एमाओवादीको यो निर्णय आएको हो । खुला राजनीतिमा
आएपछि हार्न नजानेको र जसरी पनि आफ्ना कुरा लागू गराइछाड्ने निरन्तर
रणनीतिक र राजनीतिक सफलता हासिल गर्दै आएको एमाओवादीका लागि यो पराजयको
पहिलो खुट्किला मात्र हो । यो आकारमा खुम्चिएपछि आगामी दिनमा पराजयका अनेक
शृङखला खुल्नेछ । भावी दिनका समस्यालाई ध्यानमा राखेर पनि एमाओवादीको यो
आश्चर्यजनक निर्णय आएको हो ।
यस्ता कारण अनेक हुनसक्छन्, तर, यो
निर्णमा टिकिरहन र आफूले सोचे जसरी अगाडि बढ्न प्रचण्डका लागि सजिलो हुने
छैन । केही दिन या घन्टाभित्र प्रचण्ड अलि चलिलो बन्न सक्छन् भने परिणाम
अस्विकार गर्ने उनको यो निर्णय पार्टीमा सर्वसम्मत बन्ने छैन, चुनावमा
विजयी उम्मेदवारहरु र भटराई पक्ष यो निर्णयको खिलाफमा उत्रन सक्छ । भटराई
यो निर्णयको खिलाफमा पुग्नलाई भने हिसिला यमीको आक्रोश र पराजयको पीडा केही
साम्य हुनुपर्ने छ ।
परिणाम बहिष्कार गरे पनि एमाओवादी संविधानसभा बाहिर बस्ने छैन, कुनै न कुनै बहाना या सम्झौतामार्फत् एमाओवादी संविधानसभामा पस्ने नै छ तर, यसका लागि केही दिन वार्ता र सहमतिको नाटक भने मञ्चन गर्नुपर्ने निश्चित छ ।

SOURCE :www.nepalsandesh.com
0 टिप्पणियाँ: