ल्वाङघलेलमा उत्पादित आल्मण्डको माग तीव्र"गाउंँमा बसेको भए पनि आफूहरूको विकास गर्ने नयांँ मोडेल अब सफल हुने "अध्यक्ष बाबुराम गौतम
नेपालको पहिलो व्यावसायिक आल्मण्ड खेती र त्यस संँग सम्बन्धित परियोजना अब कहानी मात्रै बनेन, सत्य साबित बन्न थाल्यो । कास्की जिल्लाको ल्वाङघलेल गाबिसबाट सुरु गरिएको आल्मण्डको व्यवसायिक खेती नेपालका दुर्गम जिल्लाहरूमा समेत फैलिन लागेको छ । लगानी गर्न अरू ठाउंँका व्यवसायी भन्दा पोखराका उद्योगी व्यवसायीहरूले बढी चासो देखाएका छन् तापनि पर्वत, म्याग्दी, गोरखा, जाजरकोट, रोल्पा र दोलखाका उद्यमीहरू लगानीको लागि आकर्षित भएका छन् । धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका अम्बर बहादुर गुरुङ भन्छन् ‘आल्मण्डको शेयर लिन खुल्ला गरिएपछि नेपालका विभिन्न शहरबाट व्यवसायीहरूको सहभागिता बढ्दै गएको छ ।’ उनले आफूलाई मन परेको कारण यसमा लगानी गर्न तम्सिएको बताएका छन् ।
कास्की जिल्ला स्तरीय कार्यक्षेत्र भएको मर्दी हिमाल कृषि सहकारी ल्वाङघलेलले आफ्नो परामर्श र तालिमको सेवा निकट भविश्यमा नेपालका अन्य जिल्ला र गाउंँहरूमा समेत थाल्ने जानकारी आल्मण्ड अध्ययन समूहका संयोजक तथा अग्रज पत्रकार कुसुम केशव पराजुलीले बताएका छन् । व्यावसायिक आल्मण्ड खेतीमा पोखरा उद्योग वाणिज्य संघले सहकार्य गर्ने अग्रसरता देखाए पछि उक्त परियोजनामा व्यवसायीहरूको चासो झनै बढेको र शेयर खरिद गर्नेहरुको संख्यामा बृद्धि भएको बताईन्छ । पोखरा उद्योग वाणिज्य संघले संस्थागत चासो लिनुका अतिरिक्त त्यसका पदाधिकारीहरूले व्यक्तिगत रूपमा परियोजनाको शेयर खरिद गरे पछि यो ‘क्रेज’ बढ्दै गएको छ ।
आल्मण्ड परियोजनासंँग जोडिएका अन्य परियोजनाले ल्वाङ्घलेलको भविष्य पनि उज्ज्वल बन्दै गएको छ । प्राप्त जानकारी अनुसार पोखरा स्थित माछापुछ्र्रे सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण ल्वाङको चिया बगान र आल्मण्ड फार्मबाट सुरु गरेको छ । संस्थाका संरक्षक तथा समाजसेवी हेडम्बराज पराजुलीले सहकारीहरूले अब कृषि उद्यमशिलतालाई प्रोत्साहन गर्नु पर्छ भनेर उक्त ठाउँंमा अवलोकन भ्रमण राखेको बताए । संरक्षक पराजुलीले गाउंँलेहरूले सुरु गरेको यस्तो कार्यप्रति निकै खुसी व्यक्त गरे । अहिले कोलेलीबासीहरूलाई विरुवा रोप्न भ्याई नभ्याई छ । आल्मण्डको बिरुवा रोप्ने कार्य भैरहेको अवस्थामा पोखराबाट युवा व्यवसायीहरूको एउटा टोली ल्वाङघलेल पुगेर विरुवा रोप्ने कार्यलाई प्रोत्साहन गर्दै थियो ।
मर्दी हिमाल कृषि सहकारीका सदस्य मञ्जु बरालका अनुसार यो परियोजना आल्मण्डको व्यवसायिक खेतीका अतिरिक्त जैविक विविधता, कृषि, स्वास्थ्य पर्यटन जस्ता विषयसमेत गाँसिएर आएको हुनाले नै व्यवसायीहरूको चासो बढेको हो । यो परियोजनाका लागि अहिले जग्गा उपलब्ध गराउन ल्वाङ घलेलका किसानहरू जति लालायित देखिन्छन् उति तीव्र गतिमा परियोजना अगाडि बढिरहेको देखिन्छ । जैविक चिया उत्पादनको रूपमा विश्वमा परिचित कास्की जिल्ला, ल्वाङको कोलेलीमा अहिले २ हजार मुढामा सीताके च्याउ र पदमचालको नर्सरी पनि सुरु हुंँदै छ । स्थानीय कृषक र पोखराका व्यवसायीहरूको संयुक्त प्रयासमा सञ्चालित उक्त कार्यक्रमलाई समेत नेपाल सरकार र मर्दीहिमाल कृषि सहकारीका प्राविधिकहरूले सघाइरहेका छन् ।
पोखरामा परियोजना कार्यालय खुली सकेको कारण यस बारे बुझ्न दैनिक पन्ध्र बीस जना आउने गरेका छन् । म्याग्दी जिल्ला सहकारी संघका देबराज सुबेदी बताउंँछन् ‘आफ्नो क्षेत्रमा व्यवसाय सञ्चालन गरेता पनि नेपालमा पहिलो हुँदै गरेको व्यावसायिक आल्मण्ड खेती अगुवा बन्दै गएकामा खुशी छु ।’ सहकारीको माध्यमबाट खेती गरिने भएता पनि त्यसको आवश्यकता अनुसार बाटो बनाउन, भवन निर्माण गर्न, आवश्यक उपकरणहरू खरिद गर्न, जैविक उद्यान निर्माण गर्न, व्यावसायिक जैविक कृषि र पर्यटन क्षेत्रको स्थापना र विकास गर्न निजी क्षेत्रलाई आव्हान गरिंँदै छ । यस्को गृह कार्य आरम्भ गरिएको कुरा पोउवासंघका अध्यक्ष सञ्जिव बहादुर कोइराला बताउंँछन् । उनको भनाइ उद्धृत गर्दै अध्ययन समूहका सदस्य तथा पृथ्वी नारायण बहुमुखी क्याम्पसका सहप्राध्यापक वीर बहादुर कार्की भन्छन् ‘अध्यक्षले पोखरादेखि भारतका पर्यटन व्यवसायीसंँग समेत अन्तरक्रिया गरि रहनु भएको छ ।’
अमेरिका, भारत, जर्मन र बुल्गेरियाका विशेषज्ञहरूले आल्मण्डको नेपाली प्रजाति विकास गर्ने चासो दिइरहेका छन् । विदेशी वरिष्ट विशेषज्ञसंँग परामर्श हुंँदै गरेको र उनीहरूमध्य केही नेपाल आईसकेको कुरा कैलास विकास बैंकका संस्थापक तथा आल्मण्ड परियोजनाका एक लगानीकर्ता विनोद चन्द्र बरालले बताए । सो कार्य सम्पादन गर्न काठमाडौंँस्थित एसइएस जर्मनीका प्रतिनिधि हरिहर सुबेदीले सघाएका छन् । सहकारीका अध्यक्ष बाबुराम गौतमले गाउंँमा बसेको भए पनि आफूहरूको विकास गर्ने नयांँ मोडेल अब सफल हुने बताउंँछन् । सहकारीका सचिव कृष्ण प्रसाद दवाडीका अनुसार अहिले आल्मण्ड रोप्ने समय हो । भू.पू. ब्रिटिस गोर्खा सेना तथा वरिष्ट समाजसेवी डी.वी.शेरचनले कृषि क्षेत्रमा अब लगानी गर्न पछाडि पर्न नहुने र आफ्नो गाउंँमा यस्तै अन्य केही गर्न सकिन्छ कि भनेर विरुवा रोप्न आएको बताए ।
source:http://www.samadhan.com.np/?p=6539
http://eadarsha.com/wp-content/uploads/2014/07/Ashar-24-2071.pdf

0 टिप्पणियाँ: