नेपाललाई अब सगरमाथाको देश भनेर चिनाइराख्नु पर्दैन, बुद्ध जन्मेको देश
भनेर चिनाइराख्नु पर्दैन, नेपालमा त्यस्ता धेरै कुरा छन् जसले नेपालको
महिमालाई परपरसम्म गुञ्जायमान पार्छन् । नेपाल विश्वमै साहसिक कार्यका
रूपमा रहेका हिमाली पदयात्रा, माउनटेन फ्लाइट, प्याराग्लाइडिङ,
रकक्लाइम्बिङ, र्याफ्टिङ, बन्जी जम्पलगायतका क्षेत्रमा राम्रो सम्भावना
बोकेको मुलुक पनि हो । नेपालको भौगोलिक बनावट र प्राकृतिक सुन्दरता पनि
अचम्मको छ । त्यसैले हामीलाई संसारमा अरूभन्दा पृथक र बेग्लै परिचय दिइएको छ
।
नेपाल साहसिक खेलहरूको गन्तव्य स्थलका रूपमा परिचित छ । जसमध्ये एक हो, बन्जी जम्पिङ । बन्जी जम्पिङ भन्नासाथ हामी भोटेकासीको नाम लिन्छौँ किनकि यो खेल नेपालको भोटेकोसीमा खेलाइन्छ ।
काठमाडौंबाट करिव एक सय किलोमिटरको दूरीमा रहेको भोटेकोसी प्राकृतिक दृष्टिले पनि रमणीय छ । नेपालमा भएका नदीहरूमध्ये सबैभन्दा हिंस्रक मानिने भोटेकोसी दुई ठूला पहाडको बीचबाट नागबेली आकारमा बगेको छ । सिन्धुपाल्चोक जिल्लामा रहेको यो नदी पर्यटनका हिसाबले पनि निकै महत्वपूर्ण छ । काठमाडौंबाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोसीमा बन्जी जम्पिङ गरेर, तिब्बतको सिमानामा रहेको तातो पानीमा नुहाएर एकै दिनमा काठमाडौं र्फकन सकिन्छ । बिहान सबेरै काठमाडौंबाट हिँड्यो भने करिब डेढ घण्टामा दोलालघाट पुग्न सकिन्छ । दोलालघाटबाट अरू डेढ घण्टामा बाह्रबीसे हुँदै भोटेकासी पुग्न सकिन्छ ।
सामान्य शारीरिक परीक्षणपछि योग्य ठहरिनेलाई कम्मर र खुट्टामा विशेष किसिमको बेल्ट बाँधिन्छ । त्यसपछि उक्त बेल्टलाई लामो तन्किने डोरीमा जोडिन्छ । जब जम्परलाई पुलको जम्प गर्ने भागमा लगिन्छ तब सुरु हुन्छ खेलाडी र दर्शकको बेजोड हुटिङ । जम्पर हात हल्लाउँछन् दर्शकलाई, अनि हाम फाल्छन् भोटेकोसीकमा । पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा एक सय मिटरसम्म मात्र जम्प गराइन्छ । जम्परले जम्प गर्दा आफ्ना हात फैल्याउँदै चराका पखेँटाझैँ फिजाउँदाको अनुभव नै छुट्टै हुँदो हो ।
भोटेकोसीमा बन्जी जम्पिङको सम्पूर्ण व्यवस्था मिलाएको छ, द लास्ट रिसोर्टले । नेपालमा बन्जी जम्पिङको सुरुवात गर्ने उद्देश्यले यो रिसोर्टले सर्वप्रथम २०५८ सालमा उक्त नदीमा झोलुङ्गे पुलको निर्माण गरेको हो । करिब ४८ लाखको लागतमा निर्माण गरिएको भनिएको उक्त पुलले बन्जी जम्पिङ खेललाई नेपाल प्रवेश गराउन मद्दत मात्र गरेन स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि महत्वपूर्ण काम गर्यो । करिब ६ घण्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याइदियो यो पुलले ।
एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लाग्छ । आफ्नो आम्दानीको एक प्रतिशत रकम स्थानीय विकास निमार्ण लगाउने द लास्ट रिसोर्टले अहिलेसम्म स्थानीयस्तरमा विभिन्न निर्माणका काम गरिसकेको छ । गाउँघरमा बाटोघाटो, खानेपानीको व्यवस्था, विद्यालय भवन, स्वास्थ्य चौकी निमार्ण लगायतका सामाजिक काम गरिदिएको छ यो रिसोर्टले । केही विदेशी र केही नेपाली नागरिक मिलेर सञ्चालन गरेको यो रिसोर्ट पर्यटनको माध्ययमबाट समाजसेवा गर्न चाहनेका लागि राम्रो प्रेरणाको स्रोत बनेको छ ।
नाभाजो ब्रिज, अमेरिका (१४२ मिटर)
साथी हरी कृष्ण दवादी बन्जी जम्प गर्दै |

विश्वका १० अग्ला "बन्जी जम्प" हरु (World 10 highest Bungee jumps)
नाभाजो ब्रिज, अमेरिका (१४२ मिटर)
Navajo Bridges, USA (142 m)
TEN (10)
Add caption |
पेरिन ब्रिज, अमेरिका (१४८ मिटर)
Perrine Bridge, USA (148 m)
NINE (9)
पोंटे कोलोस्स, इटाली (१५२ मिटर)
Ponte Colossus, Italy (152 m)
EIGHT (8)
भोटेकोशी नदी, नेपाल (१६० मिटर)
Bhote Koshi River, Nepal (160 m)
SEVEN (7)
निऔक् ब्रिज, स्विजरल्याण्ड (१९० मिटर)
Niouc Bridge, Switzerland (190 m)
Niouc Bridge, Switzerland (190 m)
SIX (6)
यूरोपाब्रक ब्रिज, ऑस्ट्रिया (१९२ मिटर)
Europabrücke Bridge, Austria (192 m)
Europabrücke Bridge, Austria (192 m)
FIVE (5)
ब्लोक्रन्स ब्रिज, द. अफ्रीका (२१६ मिटर)
Bloukrans Bridge, South Africa (216 m)
Bloukrans Bridge, South Africa (216 m)
FOUR (4)
भर्जस्का ड्याम, स्विजरल्याण्ड (२२० मिटर)
Verzasca Dam, Val Verzasca, Switzerland (220 m)

THREE (3)
मकाउ टावर, मकाउ चिन (२३३ मिटर)
Macau Tower, Macau China (233 m)
Macau Tower, Macau China (233 m)
TWO (2)
रोयल ग्रोज ब्रिज, अमेरिका (३२१ मिटर)
Royal Gorge Bridge, USA (321 m)
Royal Gorge Bridge, USA (321 m)
ONE (1)
pictures:networkedblogs
0 टिप्पणियाँ: