हामी नेपाली नेपाल आमाका बीर सन्तान अनि गोर्खाली "बहादुर" भनेर गौरभ गर्छौ। पृथ्वीनारायण शाह, बलभद्र कुँवर, बहादुर शाह, भिमशेन थापा लगायतका लाखौं बीर हरुले कुनै बेला ईतिहासमा नेपाली जनता, नेपालराष्ट्र, नेपाली राष्ट्रीयता माथी औला उठाउने बिदेशि शक्तिमाथि देखाएको पराक्रम र बहादुरीको उपजनै "बहादुर" हो भनेर बुझिन्छ। शब्दकोषमा हेर्ने हो भने पनी "बहादुर" भनेको अडिग,निडर,पराक्रामी,कार्यसम्पादन मा दक्ष भन्ने नै देखिन्छ।यो त कुरा भयो "बहादुर" भनेर बुझ्ने हरुको हकमा।
कुरा वास्तबिक अर्थनै नबुझि लहलहैको भरमा "बहादुर" शब्द माथिनै घृणा गर्नेहरुको गरौं।खाडी मुलुकमा केहि बर्ष यता बाट प्रसस्थ नेपालीहरु बैदेशिक रोजगारीको क्रममा भित्रीने गरेका छन जसमा म पनि एक हुँ।शिक्षित, अर्ध शिक्षित, सक्षर देखि नीराक्षर सम्मका नेपालीहरु खाडीमा बिबिध पेशामा कार्यरत छन।भाग्य अनि आफ्नो दक्षता अनुशार खाडीको मरुभुमि देखि गगनचुम्वि महल सम्म प्राय सबैखालका कामहरुमा नेपालिको स्ंलग्नता रहेको छ। नेपाली अर्थ तन्त्रको महत्वपुर्ण हिस्सा ओगटेको बैदेशिक रोजगारीको क्रममा नेपलीहरु उँट, भेडा चराउने देखि लीएर बिभिन्न कम्पनि हरुमा, मुदीरहरुको घरमा, बैंकहरुमा, होटल ब्यबशाय लगायत ग्यास, तेल खानि हरुमा बिभिन्न जोखिमपुर्ण काममा प्रसस्थै देख्न पाईन्छ। बिडम्बनाको कुरा खाडि राष्ट्रहरुमा बुझेर वा नबुझेर नेपालीहरु माथि "बहादुर" शब्दको उपमा लगाएर प्रसस्थ अपमान अनि घृणाको दृष्टिले हेर्ने गरेको मैले देखेको अनि भोगेको पनि छु।
पुगनपुग एक दशकको खाडी बसाईको क्रममा हजारौं अन्तराष्ट्रीय मानिश हरुसँग हेलमेल भयो। बिभिन्न देशका नागरिक हरुले नेपाली हरुलाई बास्तविक नाम वा ब्यक्तिगत नाम भन्दापनी "बहादुर" भनेरनै बोलाउने गर्छन।प्रसंग उठेको बेलामा केहि ब्यक्ति हरुसँग मैले "बहादुर"को बारेमा उनिहरु को बुझाइ वा धारणा बुझ्ने मौका मिल्यो।उनीहरुको तर्क बहादुर मुक माफि(दिमाग नभएको), माफिमालुम(काम गर्न नजान्ने) लेब्रा (मजदुर), सबसे कचडा कामकर्ने वाला(सबै भन्दा निच वा फोहोरि काम गर्ने मान्छे) भन्ने थियो। समय भयसम्म मैले वास्तबिकता बुझाउने प्रयास पनि गरेँ कतिले बुझे र महान अर्थ बोकेको शब्द अनि नेपाली प्रतिको घृणा बोधपनि गरे भने कतिले आफ्नै ब्याख्या लाई साँचो ठान्दै बिभिन्न झुटा उदाहरण समेत प्रस्तुत गरे। महान ईतिहास साथै सम्पुर्ण नेपालिहरुको एकमात्र पहिचान बोकेको गौरभशालि अतितको पर्याय शब्द "बहादुर" प्रति केहि नजान्ने मान्छे, बुद्दि नभएको, फोहोरि कामगर्ने जस्तो पदवि झुण्याइँदा कुन नेपालिको चित्त नदुख्ला र ? सरसफाईमा कामगर्ने, सडक मजदुर अथवा अदक्ष्य, कमसल खालको जुनसुकै काम गर्ने भारतियनै भएपनि "बहादुर"को उपमा दिईनुले बहादुर कुनै श्रेष्ठ कामको पर्याबाचि नभैई निच, सानो र घृणित कामको उपज बनाइएको प्रष्ट हुन्छ। स्मरण रहोस आजको स्वार्थि संसारमा काम “जस्तो सुकै भएपनि सानो ठुलो हुँदैन” भन्ने आदर्शको नारा मात्र भएको अबश्था छ। अधिकंश हामि नेपाली दाजुभाई हरुको बास्तबिक नामसँग गासिएर आउने बहादुर शब्दले कहिलेकाहिँ परीचय पत्र वा पासपोर्टमा नामको पछाडि बहादुर देखेपछि उनिहरुको क्षमता,प्रतिभा,अनि अनुभबको मापन नै नगरि अदक्ष्य,लेबर काममा भर्ति गर्ने चलनले बास्तबमै ग्लानी समेत हुन्छ ।हुनत हामी बिदेशमा कामगर्ने नेपालीहरु सच्चा बहादुरको वास्तबिक अर्थ बुझाउन सैद्दान्तिक र ब्यबाहारीक रुपबाट समेत प्रस्तुत हुन तत्पर नहुनाले पनि झनै अपब्याख्या र भ्रमले जरा गाड्दै गएको छ।केहि दिन पहिले दोहाको नेस्नलको सडक किनारा बाट गुज्रदै थिएँ ,भारतीय मुलको एउटा ट्याक्सी ड्राईभरले नजिकैका नेपाली दाजुलाई "बहादुर" भनेर के बोलाएको थियो किनहो कुन्नि नेपाली दजुको पारो तात्यो मेरो न्वारन खाईतिस् ? आदि इत्यादि भनेर यति गालि गरेकि जुन शब्द मैले यहाँ राख्नु सान्दर्भिक ठानिन। तसर्थ कसैले बुझेर वा न बुझेर दिएको श्रेष्ठता लाई केहि नेपालिले ग्रहण गर्न नसकेको अबस्था छ।
अन्तमा हामी नेपाली वास्तबमै बीरका सन्तान हौं। निडर,स्वाभिमानि,अनि स्वाभलम्बि नेपाल आमाका भुमि पुत्र हौं। हिजो पुर्खाले आर्जेको श्रेष्ठताको पदवि "बहादुर" लाइ संरक्षण गर्नु,निरन्तरता दिनु,अनि बास्तविक "बहादुर"को सहि अर्थ सैद्दन्तिक र ब्यबाहारीक रुपमा पहिचान गराउन हामि आफ्नै ज्ञान,बुद्धि,शिप,अनुभब र बिबेकको प्रयोग गर्नु आबश्यक छ। हाम्रा पुर्खाले तर्बार खुकुरि अनि भाला चलाएर गोर्खालि बहादुरको नामले चिनिएका थिए भने अब कलम चलाएर एक्काएसौं सताब्दिको उपजको रुपमा हामि नेपाली कलमबीर अनि सच्चा"बहादुर"को नामले बिश्व जगतमा प्रस्तुत हुन सके भ्रम पालेर हामि बहादुर हरु प्रति घृणा गर्ने कुअर्थ लगाउने अथवा अपब्याख्या गर्नेहरुको दिमागमा घाम कसो नलाग्ला ??????????????????
0 टिप्पणियाँ: