शिक्षकहरुले आइतबारदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल भन्दै देशभरका लाखौँ विद्यार्थीको पढ्न पाउने अधिकार खोसे। कक्षा ८ को जिल्ला स्तरीय परीक्षा रोकिए। अबोध विद्यार्थीहरुलाई थाहा पनि थिएन, किन स्कूल बन्द भए। देशभित्रका अभिभावकहरु मात्र हैन, कास्कीको ल्वाङ्गघलेल गाबिस घर भई हाल कतारमा रहेका डिल्लीराम भण्डारीलाईसमेत यस्तो खबरले पोल्यो। उनले blog@mysansar.com मा ब्लग पठाएर यस्तो दुखेसो पोखे-
शिक्षकहरुमा मेरो अनुरोध- तपाइँहरु ४५ दिने वर्षे विदाको अवधिमा धान रोप्न आफ्नो खेतमा हैन, आफ्ना मागहरु लिएर शिक्षा मन्त्रालयमा जानुहोस्, सिंहदरबारमा जानुहोस्, आन्दोलन गर्नुहोस्। कयौँ दिन विद्यालय बन्द गरेर आदर्श देखाउन एउटा शनिबारको दिन पठनपाठन गराएर विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरुको आँखामा छारो हाल्ने काम नगर्नुस्।
हिजो आज नेपाली पत्र पत्रीका,टेलिभिजन, एफ्,एम् रेडियो अनि अनलाइनका सबै मुख पृष्ट हरुमा शिक्षकहरुको आमहडतालको बारेमा पढ्न, देख्न अनि सुन्न पाईन्छ। बिभिन्न मागहरु सरकार सामु राखेर आफ्नो शक्ति प्रदर्शन अनि ब्यक्ति बिषेश,सङ्गठन बिषेशको स्वार्थ पुरा गर्ने परम्परा नेपाली राजनितिमा त छँदै थियो अब सरश्वतिको मन्दिर,देशको शम्वेदनशिल शिक्षा क्षेत्रमा पनि हाविहुनु भनेको वास्तबमै गम्भिर सोचनिय बिषय हो ।
२१ औ सताब्दिमा अन्य बिकशित मुलुकको जस्तै प्रगति गर्न शिक्षा क्षेत्रलाई प्रबिधिक,आधुनिक,बैज्ञानिक अनि ब्यबाहारिक बनाउनु पर्ने प्रसस्थ चुनौतिहरुको बिचमा नेपालको शिक्षा क्षेत्र अथवा शैक्षिक निति रहेको अबस्था छ।यस्ता कयौ चुनौतिहरु लाइ चिर्न सकिएमात्र शैक्षिक क्षेत्रमा उन्नति अनि प्रगतिको सुघारको कोल्टे फेर्न सकिने सम्भावना रहन्छ।बर्तमान सन्धर्भमा भन्नुपर्दा नेपाली बिध्यार्थिहरुको लागि फलामे ढोका अनि भविष्यनिर्माणको खुड्कीलो एस्,एल्,सि, परिक्षा नजिकिदै गरेको अबस्था छ।उच्च शिक्षा हाशिल गर्नको लागि चाहे देशमा होस वा बिदेशमा होस यो परिक्षा राम्रो क्ष्रेणिमा पास गर्नु पर्ने हुन्छ।यस्तो संबेदनशिल अनि महत्वपुर्ण समयमा समग्र शिक्षा क्षेत्रलाई प्रभाबित हुनेगरि शिक्षित समाज अनि दक्ष जनसक्ति उत्पादनको जिम्मा पाएका विध्द्वत बर्गले नै आमहड्ताल गर्नु भनेको अत्यन्तै दुखद अनि लाखै बिध्यार्थि,अबिभाबक अनि राष्ट्र प्रतिको धोका हो भन्दा फरक नपर्ला।
बिभिन्न शिक्षक संगठनका नाइके शिक्षक ज्यु हरुले पनि बुझ्नुपर्ने कुरा हो, शिक्षाको उज्यालो घाम बाट देश चम्काउने भाषण पुर्ब एउटा राष्टशेवक कर्मचारि भएर सोच्नुहोस नकि कुनै राजनैतिक कार्यकर्ता हैन कसैको ब्यक्तिगत स्वार्थ पुर्तिको मुर्ति भएर हैन,तपाइ हरुको आम हड्तालले शिक्षाको उझ्यालो घाम लाई कालो बादल बनेर छेक्ने प्रयास हो भन्ने छर्लंग पारेको छ।
नेपाल सरकार,शिक्षा मन्त्रालयले पनि नेपालको शैक्षिक गुणस्तर प्रति ख्याल गर्दै आजको यो आवस्था सम्म आइपुग्न नदिनु पर्ने थियो।सरकारि कर्मचारि वा नेपाली जनाताका जायज माग, आफ्नै हैसियत भित्रका नितान्त आधारभुत मागहरु पनि आन्दोलन हड्ताल अनि दवाब पछि मात्र पुरा गर्ने सरकारको बानि परेजस्तै भएको छ।जुनसुकै सरकारि कर्मचारि लाई पनि सरकारले पुर्ण सरकारि नितिले बाँधेर राख्नु पर्ने हो।चुनाबको बेला पार्टि को झण्डाबोक्ने हरु लाइ सरकारि नियुक्ति दिनु,राजनितिक कार्यकर्ता नभए सम्म राष्ट बाट पाउने शेवा शुबिधा समेत बाट बञ्चित हुनु पर्ने सरकारि कर्मचारि हरुको बाध्यता छ जस्को शिकार कास्की जिल्ला धिताल गा,बि,स,वडा नं:-१ भिडावारि का श्री बराह उच्च मा,बी का शिक्षक टेकनाथ गौतम हुनुहुन्छ जस्ले साढे ३४ बर्ष अस्थाई शिक्षकको रुपमा शेवा गरिसक्नु भएको छ स्मरण रहोस वहाँ आजको मिति सम्म पनि अस्थाई नै हुनुहुन्छ । खुला प्रतिस्पर्धि छनोट निति अबलम्बन गरि पर्टिबाद,नाताबाद कृपाबाद,अनि घुसघोरि बाट माथि उठेर वास्तबमै एउटा सच्चा कर्मचारिको हैशियतमा रहि स्थानिय स्तर बाट उपल्लो केन्द्रीय स्तर सम्म कार्य सम्पादन गर्नेहो भने साँच्चै नेपालि शिक्षा क्षेत्रलाई सफलताको शिखर चढ्न धेरै समय नलाग्ने देखिन्छ। यध्यपि एक स्वतन्त्र नेपालीको नाताले आमहड्तालको नाममा शिक्षक संगठनहरु बाट जुन किसिमको कदम चालिएको छ,यस्तो कदमप्रति जोकोहि शिक्षाप्रेमी नेपाली अनि बिध्यार्थि अबिभाबक सकारात्मक हुनुहुन्छ जस्तो लाग्दैन। शिक्षक हरुमा मेरो अनुरोध तपाइँहरु ४५ दिने बर्षेबिदाको अबधिमा धान रोप्न आफ्नो खेतमा हैन आफ्ना मागहरु लिएर शिक्षामन्त्रालय मा जानुहोस,सडकमा जानुहोस आन्दोलन गर्नुहोस बल्ल राष्ट्रशेवकको पहिचान हुन्छ । कयौ दिन बिध्यालय बन्द गरेर आदर्श देखाउन एउटा सनिबारको दिन पठन पाठन गराएर बिध्यार्थि, अबिभावक तथा शिक्षाप्रेमी हरुको आँखामा छारो हाल्ने कामले राष्ट्रबादी अनि राष्ट्रबादी कर्मचारिको पहिचान कदापि हुन सक्दैन।
अचम्मको कुरा के छ भने नेपाल सरकारको लगानि मा संञ्चालित सरकारि बिध्यालय हरुको तुलनामा निजि लगानि बाट सञ्चालित बिध्यालय हरुले गुणस्तरिय सेवा दीइरहेको पाईन्छ। समग्र लगानिको हिसाबमा तुलना गर्नेहो भने पनि सरकारि बिध्यालय हरु र निजि बिध्यालय हरु बिचमा खासै अन्तर आउँछ जस्तो लाग्दैन,दक्षताको हिसाबले हेर्नेहो भने पनि शैक्षिक स्तर उकास्ने,दक्ष शिक्षक उत्पादनको नाममा बर्षेनि राज्यबाट करोडौको लगानिमा सरकारि बिध्यालयका शिक्षक हरुलाई तालिमको ब्यबस्था गरिन्छ। जुन निजि बिध्यालय हरुमा सम्भब छैन । सरकारि शिक्षकको जागिर खाने सपना पुरा गर्न नसकेका हरु वा सरकारको नजरमा अयोग्य भनीएका अधिकांश शिक्षक हरुद्वारा नै सरकारि तलब भन्दा कम् तलब मा अध्यापन गराइन्छ।फेरि पनि सरकारि बिध्यालय लगानि र दक्षतामा अगाडि हुँदा हुदै शिक्षाको गुणस्तर निजि बिध्यालय को तुलनामा कम किन छ?यो प्रश्न पुरा बिध्यालय बन्द गरि आम हड्ताल गर्ने शिक्षकहरु सँग न सोधेर को सैँग सोध्ने?
असनतुष्टिका कुराहरु लोकतन्त्रमा राख्न पाइन्छ तर,राज्यको सिमा र परिघिभित्र रहेर। कसैलाइ सरकारि नियम प्रति आपत्ति छ चित्त बुझ्दैन भने पसलको कपडा मोलाइ गर्नु पर्दैन पद बाट राजिनाम दिनुहोस,कयौ दक्ष जनशक्ति बेरोजगरिको भुमरिमा पिल्सिएको अबस्था छ पदपुर्तिको लागि सयौको लाईन लाग्ने छ नेपाल सरकारले यो कुरा बुझ्न जरुरि छ।बिध्यालय जानै नपर्ने पढाउनेको त कुरै छोडौं तलब पनि पुरै पाइने आनन्द छ शरकारि शिक्षक हरुलाई, आन्दोलन अनि आम हड्तालको नाममा यो बिध्यार्थि,तिनका अबिभाबक अनि सम्पुर्ण शिक्षाप्रेमि नेपालि माथिको धोकाहो जस्तो लाग्छ मलाई। आन्दोलन र आम हड्तालको नाममा शिक्षक हरुले राजनैतिक,ब्यक्तिगत अनि संगठनिक स्वार्थ पुर्तिगर्न बिध्यालय बन्द गर्छन भने सरकारले काम नगर्दाको दिनको तलबसुबिघा कटौति तथा कारबाहि गर्ने हिम्मत गर्ने होभने यस्तो आम हड्तालमा कमि आउँथ्यो कि?
यसैबीच पछिल्लो खबर- आइतबार राति शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएर सोमबारदेखि स्कूल खुल्ने भएको छ।....
0 टिप्पणियाँ: