अन्नपूर्ण संरक्षण क्षेत्र एक चिनारी


अन्नपूर्ण संरक्षण क्षेत्र एक चिनारी

Home

अन्नपूर्ण संरक्षण क्षेत्र पश्चिम नेपालको गण्डकी तथा धौलागिरी अञ्चलका उत्तरी क्षेत्रहरूमा पर्ने नेपालको सबैभन्दा ठूलो संरक्षण क्षेत्र हो। यसको क्षेत्रफल ७,६२९ बर्ग कि.मी. छ। यस अन्तरगत ८,००० मि. भन्दा अग्ला हिमालहरू, संसारको सबैभन्दा गहिरो काली गण्डकी नदीको खोंच, नेपालको सबैभन्दा बढि तथा कम पानी पर्ने ठाउँहरू पर्दछन्। यो नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय गन्तब्य स्थल पनि हो।

नेपाल प्रकृति संरक्षण कोष अर्न्तर्गत स्थापना भएको यस संरक्षण क्षेत्र आयोजनाले कास्कीलमजुङ्गमनाङमुस्ताङ र म्याग्दी गरी ५ जिल्लाका ५६ वटा गा.वि.सहरूमा काम गदै आईरहेको छ । २०४३ साल मंसीर देखि परीक्षण रूपमा कास्की जिल्लाको घान्द्रुकबाट काम गर्न शुरु गरी २०४९ साल श्रावणमा नेपाल सरकारले संरक्षण क्षेत्रको चार किल्ला तोकि सो क्षेत्रको ब्यवस्थापन गर्ने जिम्मा तत्कालिन श्री ५ महेन्द्र प्रकृति संरक्षण क्षेत्र आयोजनालाई दिएको थियो । हाल यस आयोजनाले आंशिक र पुरै गा.वि.स. गरी कास्की जिल्लाको उत्तरी क्षेत्रका १७ वटा गा.वि.स.हरूमा काम गदै आईरहेको छ । ती गा.वि.सहरूको नामावली यस प्रकार छ -
घान्द्रुक नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलकास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक पर्यटकीय सुन्दर ठाँउ हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह ताल आदि रहेका छन भने माछापुच्छ्रे बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।
लुम्ले नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलकास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो।
धम्पुस नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलकास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा ६२० वटा घर छन।
यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू धम्पुसकोट, भुमे मन्दिर, नेवोताल वराह, सिद्घवराह मन्दिर आदि रहेका छन भने पाराग्लाईडिङको लागि थाक डाँडा, तप्राङ मैदान आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।
र आशिक क्षेत्रमा
 प्रकृति संरक्षण कोष अर्न्तर्गतको अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजनाले कास्की, लमजुङ्ग, मनाङ, मुस्ताङ र म्याग्दी गरी ५ जिल्लाका ५६ वटा गा.वि.स. हरुमा काम गदै आईरहेको छ । २०४३ साल मंसीर देखि परिक्षण रुपमा कास्की जिल्लाको घान्द्रुकबाट काम गर्न शुरु गरी २०४९ साल श्रावण ५ को सरकारले संरक्षण क्षेत्रको चार किल्ला तोकि सो क्षेत्रको ब्यवस्थापन गर्ने जिम्मा श्री ५ महेन्द्र प्रकृति संरक्षण क्षेत्र आयोजनालाई दिईएको थियो । हाल यस आयोजनाले आंशिक र पुरै गा.वि.स. गरी कास्की जिल्लाको उत्तरी क्षेत्रका १७ वटा गा.वि.स. हरुमा काम गदै आईरहेको छ । ती गा.वि.स. हरुको नामावली यस प्रकार छ - घान्द्रुक, लुम्ले, दाङसिङ्ग, धम्पुस -आंशिक क्षेत्र), ल्वाङघलेल, रिभान, लाहाचोक, घाचोक, माछापुच्छ्रे, सार्दिखोला, पार्चे, नामार्जुङ, सिल्दुजुरे -आंशिक क्षेत्र) । ती १७ वटा गा.वि.स. कार्यक्रमहर्रुर् इलाका संरक्षण- इ.सं. ) कार्यालय घान्दु्रक, ल्वाङ र सिक्लेसबाट सञ्चालन गरिन्छ ।

कार्यालय अवस्थित ठेगाना 
ठेगाना                 : प्रधान कर्यालय, हरियोखर्क, पोखरा, कास्की
पो.ब.नं.                : १८३, पोखरा ।
टेलिफोन नम्बर   : २११०२, २८२०२
फ्याक्स               : २८२०३
इमेल                  : acap@mos.com.np



उद्देश्य
  • अन्नपूण संरक्षण क्षेत्र भित्रको प्राकृतिक तथा सांस्कृतिक श्रोतहरुको संरक्षण गर्नु ।
  • स्थानीय बासिन्दाहरुको सामाजिक तथा आर्थिक स्थितिमा सुधार ल्याउनु र
    दिगो पर्यटन ब्यवस्थापन गर्नु ।
मुख्य मुख्य कार्यहरु
  • प्राकृतिक स्रोत संरक्षण कार्यक्रम : संरक्षण क्षेत्र ब्यवस्थापन नियमावली २०५३ अनुसार संरक्षण क्षेत्र ब्यवस्थापन समिति तथा संरक्षण क्षेत्र ब्यवस्थापन निर्देशिका २०५६ बमोजिम उपसमितिहरु गठन गर्ने, वन नर्सरी स्थापन गर्ने र नर्सरी नाईकेहरुलाई तालिम दिने, सामुदायिक तथा ब्यक्तिगत बृक्षारोपण समिति तथा उपसमितिका पदाधिकारीहरुलाई प्रशासनिक तथा लेखा सम्वन्धि तालिम, बन ब्यवस्थापन तालिम, अध्ययन भ्रमण, प्राकृतिक वन निरिक्षण, वनपाले तालिम, वन र्सर्वेक्षण, नेतृत्व विकास तालिम, भू-क्षय नियन्त्रणका कार्यहरु, संरक्षण क्षेत्र ब्यवस्थापन समितिलाई आर्थिक तथा भौतिक सहयोगहरु आदि प्राकृतिक वन तथा वन्यजन्तु संरक्षण ब्यवस्थापन कार्ययोजना बनाई लागू गर्ने ।
  • बैकल्पीकर इन्धन कार्यक्र : लघु जलविद्युत निर्माण तथा मर्मत सम्हार, गोबर ग्याँस प्लान्ट निर्माण, सोलार वाटर हिटरमा सहयोग, मट्टतिेल डिपो स्थापना, ब्याब्वाईलर जडान, स्मोक वाटर जडान, सोलार लाईटिङ जडान, सुधारिएको चुलो जडान, विजुली डेक्ची वितरण तथा सम्वन्धित मर्मत सम्हार तालिम आदि ।
  • सामुदायिक विकास कार्यक्रम : खानेपानी निर्माण तथा मर्मत, पुल निर्माण तथा मर्मत, गोरेटो बाटो मर्मत, विद्यालय भवन निर्माण तथा मर्मत, सामुदायिक तथा ब्यक्तिगत चर्पी निर्माणमा सहयोग, फर्निचर सहयोग, स्वास्थ्य चौकी निर्माण, सामुदायिक भवन निर्माण आदि ।
  • संरक्षण शिक्षा तथा प्रचार प्रसार कार्यक्रम : अन्नपूण संरक्षण क्षेत्र भित्रका नि.मा.वि. र मा.वि. - कक्षा ६, ७ र ८ ) हरुमा संरक्षण शिक्षा अध्यापनको ब्यवस्था, घुम्ती प्रचास प्रसार कार्यक्रम, संरक्षण चेतना शिबिर, ग्रीन फोर्स क्लबहरु गठन, वातावरण संरक्षणमा चेतना फैलाउने खालका दिवशहरु मनाउने, विद्यार्थी तथा शिक्षकहरुलाई अध्ययन भ्रमणको ब्यवस्था आदि ।
  • महिला विकास कार्यक्रम : आमा समूहहरु गठन, शिसु स्याहार केन्द्र स्थापना, प्रौढ कक्षा सञ्चालन, आयमूलक तालिम सञ्चालन, छात्रावृत्ति कार्यक्रम, अध्ययन भ्रमण आदि । आवश्यकतानुसार संरक्षण तथा विकासका कार्यक्रमहरु आमा समूह आर्फ लागू गदै आईरहेको छ ।
  • कृषि तथा पशु विकास कार्यक्रम : तरकारी बारी नर्सरी स्थापना, तरकारी विउ बेर्ना वितरण, नगदे बाली विउ बेर्ना वितरण, कृषि बाली विउ बेर्ना वितरण, फलफूल बेर्ना वितरण, तरकारी बारी तालिम, सिंचाई कुलो निर्माण, कृषि औजार वितरण, अध्ययन भ्रमण, भकारा सुधार कार्यक्रम, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिमको ब्यवस्था, नीजि भेटनरी क्लिनिक स्थापनामा सहयोग, पशुहरुलाई खोपको ब्यवस्था आदि ।
  • पर्यटन ब्यवस्थापन कार्यक्रम : पर्यटन ब्यवस्थापन उपसमितिहरु गठन, होटल ब्यवस्थापन तालिम -खाना पकाउने, भाषा आदि ), पर्यटन चेतना शिविर सञ्चालन, अध्ययन भ्रमण, फोहर मैला ब्यवस्थापन, सूचना केन्द्रहरु स्थापना, ब्रोसियर उत्पादन तथा वितरण, गाईड आदि ।
  • साँस्कृतिक सम्पदा संरक्षण कार्यक्रम : गुम्बा तथा मन्दिर मर्मत सम्हार, स्थानीय चाड पर्व मनाउन प्रोत्साहित तथा सहयोग, आदि 
तहगत कर्मचारीको दरबन्दी संख्या
आयोजना निर्देशक
वरिष्ठ संरक्षण अधिकृतहरु
संरक्षण अधिकृतहरु, प्राविधिक अधिकृतहरु, प्रशासकिय अधिकृत, लेखा अधिकृत
१८
सहायक स्तर कर्मचारी
१२३
हेल्पर स्तर कर्मचारी
८६
बजेट विनियोजन 

*******

चल अचल तथा भौतिक पूर्वाधार
  • कास्की जिल्ला, पोखरा उप नगरपालिका वडा नं. १५ हरियोखर्क अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजनाको प्रधान कार्यालय अवस्थित छ । उक्त भवनमा बैठक कोठा, तालिम कोठा, पुस्तकालय न्क्ष्क् कोठा र अन्य नियमित कार्यालय सञ्चालन गर्ने कोठाहरु छन् । त्यस्तै गरी आयोजनाकोर् इलाका संरक्षण कार्यालय घान्द्रुक, ल्वाङ, सिक्लेस र भुजुङको आफ्नै कार्यालय भवन छ भने मनाङ जोमसोम र लोमान्थाङमा भाडामा कार्यालय भवन लिईएको छ । समपूर्ण कार्यालयहरुमा कार्यालय सञ्चालनका लागि आवश्यक आधारभूत भौतिक सुविधाहरु छन् ।
नियमावली संशोधन तथा परिषद्को ढाँचा बनाएर पाँच वर्षपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थानीय समुदायलाई हस्तान्तरणको माग गरिएको छ ।

सरकारले हालै ६ महिनाभित्र अन्नपूर्ण संरक्षण क्षेत्रको दीर्घकालीन वैकल्पिक व्यवस्थापनमा जानका लागि अध्ययन सुरु गरेपछि यस क्षेत्रका बासिन्दाले यस्तो आवाज उठाएका हुन् ।

वन तथा भूसंरक्षण मन्त्रालयले अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन सुम्पिने विषयमा गत साउन १२ गते मन्त्रिपरिषद्मा पेस गरेको थियो । सरकारले सोहीअनुरूप एक्याप क्षेत्रको दीर्घकालीन वैकल्पिक व्यवस्थापनका लागि वन तथा भूसंरक्षण मन्त्रालय महाशाखा प्रमुखको संयोजकत्वमा कार्यटोली गठन गरी अध्ययन अघि बढाएको हो । 

यति बेला अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गत यस क्षेत्रका बासिन्दा एक्यापको समयावधि पाँच वर्ष थप गरेर समुदायलाई हस्तान्तरण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । 

नेपालकै ठूलो संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण क्षेत्रका स्थानीय अहिल्यै आफूहरू पर्यटकीयलगायत प्रकृति संरक्षणमा सक्षम नभएको भन्दै एक्यापको म्याद थप्नुपर्ने बताउँदै आएका छन् । 'स्वदेशी तथा विदेशी पर्यटकको आगमन हुने यस क्षेत्रमा पर्यटकीय क्षेत्रको व्यवस्थापन गर्न अझै हामी सक्षम भएका छैनौं,' संरक्षण व्यवस्थापन समिति मुस्ताङ कोबाङका अध्यक्ष रत्नकुमार शेरचनले भने, 'अझै दस वर्ष यस क्षेत्रको संरक्षणको जिम्मा एक्यापलाई नै दिनुपर्छ ।' 

त्यसो त साताअघि नै ५७ गाविसका संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्षहरूले एक्यापको म्याद थपेर पाँच वर्षपछि समुदायलाई हस्तान्तरण गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका छन् । 

त्यसो त एक्यापले पनि यस क्षेत्रको दीर्घकालीन संरक्षणका लागि योजना र ऐन बनाएर समुदायलाई नै हस्तान्तरण गर्नुपर्ने बताएको छ । 'तत्काल बिनायोजना कुनै पनि निर्णय गर्नु सम्भव छैन,' आयोजना प्रमुख लालप्रसाद गुरुङले भने, 'संरक्षण र विकासको जिम्मा स्थानीयलाई नै दिनुपर्छ ।' उनले सबै नियामवली र परिषद् बने ६ महिनाभित्र पनि अन्नपूर्ण क्षेत्र समुदायलाई हस्तान्तरण गर्न सकिने जनाए । 

स्न १९८६ मा परीक्षणका रूपमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट सुरु भई औपचारिक रूपमा १९९३ मा धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की गरी पाँच जिल्लाका ५७ गाविसमा विस्तार भएको हो । सन् २००२ पछि पुनः दस वर्षका लागि सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषलाई २०१२ सम्मका लागी म्याद थप गरेको थियो । 

थप म्याद सकिएपछि सरकारले नेपालकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रमा पर्ने यस क्षेत्रले ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यस क्षेत्रमा १२ सय ३३ प्रजातिका वनस्पति, ४ सय ८८ प्रजातिका चरा, १ सय २ प्रजातिका स्तनधारी जनावर, ४० प्रजातिका घिसि्रने जनावर र २३ प्रजातिका उभयचर पाइन्छन् । 

वन्यजन्तु चोरीसिकारीका १ सय २५ जनालाई मुद्दा

कास्की -कास)- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) ले वन्यजन्तु चोरी सिकारी र जडीबुटी संकलनमा संलग्न १ सय २५ जनालाई मुद्दा चलाएको छ । एक्याप सम्पर्क अधिकारीको कार्यालयले ०५४ देखि साउन हालसम्म पक्राउ परेका अभियुक्तलाई मुद्दा चलाएको हो । यसरी मुद्दा चलाइएकामा अधिकांश वन्यजन्तु चोरीसिकारी र अन्य जडीबुटी, अवैध काठ संकलन र वन प“mडानीमा संलग्न रहेका छन् ।  पक्राउमध्ये १० जनालाई कैद सजाय सुनाइएको छ भने कतिपय मुद्दा छिनोफानो हुन बाँकी रहेको सम्पर्क अधिकारीको कार्यालयले जानकारी दियो । 

एक वर्षअघि हिउँ चितुवा चोरी सिकारी अभियोगमा पक्राउ परेका मुस्ताङ, मार्फाका श्यामप्रसाद लालचनलाई गत वैशाख २० गते १५ वर्ष जेल सजायसँगै १ लाख जरिवाना गरिएको छ । त्यस्तै यही मितिमा कस्तूरी चोरी सिकारीमा संलग्न रुकुमका घुमीराज कामीसहित तीन जनालाई एक लाख जरिवानासहित १५ वर्ष जेल तोकिएको एक्याप सम्पर्क अधिकारीको कार्यालयका सहायक सम्पर्क अधिकारी अशोक शाहले जानकारी दिए । दुवै अहिलेसम्मका वन्यजन्तु चोरीसिकारीमा सबै सजाय सुनाइएका मुद्दा हुन् । त्यस्तै कस्तूरी मृगकै चोरी सिकारीमा म्याग्दी मुनाका चन्द्रबहादुर गुरुङलाई दस वर्ष मुस्ताङ जोमसोमका फुर्व गुरुङसहित तीन जनालाई दस वर्ष कैदको फैसला भइसकेको छ । 

संरक्षित सूचीमा परेका वन्यजन्तुको चोरी सिकारीमा संलग्न भएकालाई  १० देखि १५ वर्षसम्मको जेल सजाय तेाकिए पनि संरक्षित सूचीमा नरहेका जनावर र जडीबुटी संकलन गर्नेलाई ५ महिनादेखि २ वर्षसम्म सजाय तेाकिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने रमणिय घले गाउँ । यहाँ होमस्टेको सुविधा छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधता र मनोरम दृष्यका लागि विख्यात छ । यहाँ १ हजार २ सय २६ प्रजातिका फूल फुल्ने वनस्पति, एक सय दुई स्तनधारी, ४ सय ७४ प्रजातिका चरा र ३९ सरिसृपको बासस्थल छ ।
वार्षिक १७ देखि २० करोड आम्दानी गर्ने एक्यापले ले अन्नपूर्ण क्षेत्र भ्रमणमा आउने विदेशी पर्यटकका लागि प्रवेश शुल्क घटाउने तयारी गरेको छ ।
एक्यापभित्र पर्ने थोराङ् चुचुरो चढ्न जाँदै पर्यटकहरु ।
एक्याप क्षेत्रमा छोटो समय र लामो समय घुम्न आउने विदेशी पर्यटकका लागि एउटै शुल्क भएको भन्ने गुनसो बढ्न थालेपछि एक्यापले शुल्क घटाउने तयारी गरेको हो । हाल एक्याप क्षेत्रमा प्रवेश गर्नासाथ २ हजार शुल्क लिने गरिएकोमा एक्यापले विदेशी पर्यटकलाई एक दिनका लागि ५ सय,  दुई रात तीन दिनका लागि १ हजार र त्यो भन्दा बढी समयका लागि ३ हजार शुल्क लिने योजना बनाएको छ ।