राम चन्द्र क्षेत्री
कास्की हाल अफ्गानिस्तान
गोर्खाली
दुस्मन सामु कदावी , झुक्दैन गोर्खाली
कर्तव्यमा अडिग हुन्छ , चुक्दैन गोर्खाली ।।
बन्दुकको गोली भन्दा , पक्का वचनमा
ईतिहाँस साँच्छी छन् , भुक्दैन गोर्खाली ।।
अग्रपङ्तीमा हुन्छ सँधै , छाती खोलेर
लडाईको मैदान देखी , लुक्दैन गोर्खाली ।।
अन्याय र अत्यचारको , बिरुद्धमा लड्छ
काथर झै पछि हट्दै , थुक्दैन गोर्खाली ।।
रणभुमी कर्म बनाई , ईतिहाँस लेखाको
पुर्खाले छाडेको छाप , सुक्दैन गोर्खाली ।।

0 टिप्पणियाँ: