गाउँ बदल्ने सूत्र -महाबीर पुन भन्छन :संभाबना धेरै छ नेपालमा

नेपालका प्रत्येक गाउँको आफ्नै विशेषता छ। त्यहाँ जीवनको आफ्नै लय छ। अलग परम्परा, विकासका शैली र सम्भावना छन्। नेपालका र विदेशका सहर देखेपछि मैले ठम्याएको एउटै कुरा हो, सहरमा जीवन जटिल छ, सुखको सास फेर्ने समय पनि छैन। हरदम तनाव र हैरानीहरू। तर, गाउँमा जीवन शान्त छ। गाउँहरू सफा छन्, हावापानी राम्रो छ र चिन्तन र मनन गर्ने अवसर छ। गाउँमा बस्नेहरू लामो समय बाँच्नुको कारण पनि यही हो।

गाउँलेहरू आफूले इच्छ्याएको जीवन बाँच्न स्वतन्त्र छन्। विकासका आधारभूत पूर्वाधार मात्रै पुर्‍याउन सकियो भने नेपालका गाउँहरू स्वर्ग बन्न सक्छन्। पछिल्ला केही वर्ष म नेपालका १५/१६ जिल्लाका ५० भन्दा बढी गाउँ घुमेँ। अझै पनि नेपाली गाउँहरूमा मौलिकता कायम छ। मान्छेहरूमा केही गर्ने जाँगर पनि छ। के गर्ने भन्ने अलमलचाहिँ छ। २० वर्षअघिसम्म सहर र बाहिरी संसारसँग नजोडिएका गाउँहरू अहिले पक्कै बदलिएका छन्। तैपनि, गाउँको सहयोगी चरत्रि मरसिकेको छैन। आफू र आफ्नाका लागि मात्रै बाँच्ने सहरयिा चरत्रि गाउँमा छैन। आफ्नो गाउँ आफैँ बनाउनुपर्छ भन्ने मान्यता अझै छ गाउँमा।

बाह्य सम्पर्कले गाउँमा परविर्तन ल्याइदिएको छ। त्यसलाई थेग्ने र समृद्धितर्फ डोर्‍याउने उपायको भने खोजी भइसकेको छैन। अझै पनि अधिकांश नेपाली गाउँ परम्परागत कृषि प्रणालीमै छन्। आफ्ना लागि आवश्यक पर्ने खाद्यान्न र अन्य सामग्री उत्पादन गर्ने र बचेखुचेको नजिकको सहरमा लगेर बेच्ने नेपाली गाउँहरूको सनातनी प्रवृत्ति हो। सहर र बजारनजिकका गाउँमा पछिल्ला वर्षमा उल्लेख्य परविर्तन देख्न सकिन्छ। गाउँमा बाटो पुगेका छन् र बाटोसँगै नयाँ नयाँ सपना र रहर पनि पुगेका छन्। विगतमा गाउँका मान्छेमा सपना थोरै थिए, पैसा कमाउने ज्ञान थिएन तर पनि उनीहरू सुखी थिए। सुखको आयाम अहिले फेरएिको छ।

स-साना कामहरूले नै गाउँलाई बदल्न सकिन्छ। अस्ट्रेलियाबाट सहयोगस्वरूप पाएका चारवटा कम्प्युटरबाट मैले नांगी गाउँको माध्यमिक विद्यालयमा कम्प्युटर सिकाउन थालेको थिएँ। पछि अन्य क्षेत्रबाट पनि सहयोग पाएँ। १२ वटा गाउँबाट सुरु गरएिको वायरलेस नेटवर्कले गाउँका धेरैको ध्यान खिच्यो। अहिले गाउँलेहरूले वायरलेसबाटै ई-स्वास्थ्यको सुविधा लिएका छन्, बजारमै मह, घिउ, जाम र चौपायाको कारोबार गर्छन्। गाउँका मान्छेहरूलाई आशावादी बनाउन र स्थानीय रूपमै समृद्धि सम्भव छ भनेर बुझाउन मात्रै सकिए पनि धेरै कुरा बदल्न सकिन्छ।

गाउँका सम्भावना हेर्दा कुनै होमस्टेका लागि अब्बल छन्, कुनै स्थानीय कला र संस्कृतिमा। कतै आलु राम्रो फल्ने माटो छ, कतै स्याउ मात्रै उब्जिने। भौगोलिक विशेषताका आधारमा तिनको विकासको बाटो मात्रै देखाउने हो भने गाउँबाट दुःख धपाउनु गाह्रो कुरा होइन। गाउँमा विकास त लैजाने तर त्यसमा गाउँलेलाई सहभागी नगराउने प्रवृत्तिले विकास प्रक्रिया उत्पादनमूलक हुन सकेका छैनन्। गाउँलेको हृदय जित्न सकियो भने, उनीहरूको मन खाने विकासका काम गर्न सकियो भने उनीहरू विकासमा उत्सुक र सक्रिय हुन्छन्। गैरसरकारी संस्थाको विकासे शैलीमा हाम्रा गाउँ परविर्तन हुनै सक्दैनन्। त्यस्तो कामबाट त दुई-चार जनाले मात्रै फाइदा उठाउँछन्। सञ्चार, यातायात र स्वास्थ्यको मात्रै सुविधा हुने हो भने अधिकांश मानिस अहिले पनि गाउँमै बस्न चाहन्छन्। कृषिको आधुनिकीकरण र रैथाने सम्भावनाको विकास गर्न सके गाउँ छाड्न कोही चाहँदैन। अहिले पनि एकाध मान्छे अत्यन्तै मिहिनेतको भरमा गाउँमै सफल छन्। त्यस्ता मान्छेहरूकै बलमा हाम्रा गाउँ पनि समृद्ध बन्न सक्छन् भन्ने सन्देश फैलिएको छ।

पर्यटन व्यवसायबाटै सिरुवारी र घले गाउँले आर्थिक उन्नति गरेका छन्। केही गाउँ हातेकागज, अल्लो उत्पादनबाट समृद्ध बनेका छन्। पर्वतका केही गाउँ तरकारी र सुन्तला बेचेर समृद्ध भएका छन्। गाउँलेलाई आफ्नो गाउँको विशेषता पनि थाहा छ तर त्यस्तो विशेषतालाई उत्पादनशील कसरी बनाउने भन्नेचाहिँ थाहा छैन। त्यति सूत्र सिकाउन सकियो भने गाउँलेले जाँगर देखाउँछन्, प्रगतिको बाटो समाउँछन्।
ग्रामीण भेगमा तार रहित इन्टरनेट सेबा बिस्तार गरेका म्यागासेसे पुरस्कार बिजेता र हाल अमेरिका भ्रमणमा रहेका उनै महाबिर पुन संग वासिंगटन डिसीमा उनका मुख्य काम र  भबिश्यका योजनाका बारेमा विजय थापाले लिएको अन्तर्बार्ता :
mahabir pun
click on bellow link