☻☻खुम्चिएका पाइलाहरु ☻☻    
                                                                                                लेखक :-यात्री भण्डारी 
                                                                                                चैत्र  २४ २०६९ 
बिहानिसगै लम्केका पाइलाहरुले सायद्,
तिम्रो मनको सितलतालाई मरुभुमि बनाउदै थिए !
गन्तब्यले जबरजस्ति चाहानाहरुलाई कुल्चि भन्दै थियो ,
म बिबश थिएँ मुटु माथि पहाड राखेर,
अन्धकारमा आफ्नै बाटो पछ्याउँदै थिएं !!
नजरको दृष्टिले आँशुको पर्दा छिचोल्न नसकेपनि
मनको दृष्टिले मेरा पाइला गनिरहेका थिए होलान !
मुक्तकण्ठका शब्दहरुले पिडको बाँध तोड्न न सकेपनि
शुभयात्राका भाबहरु बिच्छिइरहेका थिए होलान् !!
अनगिन्ति सपनाहरुको माझमा म एक्लो थिइन,
तिम्रा पतिब्रता भाबहरुले पच्छयाई रहेका थिए मलाइ !
सिउदोको सिन्दुरले पछ्याईरहेको थियो मेरा पाईलाहरुलाई,
अबोध मनको डोरिले खिचिरहेको थियो मेरो गोरेटो लाई !!
गन्तब्य र तिम्रो मनको युद्ध अनि ,
गन्तब्यको जित सायद मैले गर्दा नै होला!
नत रबिकिरण बनेर प्रकाश छर्न सके मैले,
नत पुर्णिमाको चन्द्र बनेर सितल दिन सके मैले !!
चकमन्न रातमा तप्केका शितका दुइ थोपा बुँदहरुले
भिजेका डिलहरुमा नत आडेस दिन सके मैले!
धिक्कार छ यि आत्माहरुलाइ जस्ले
आत्मकथा बुझ्न सक्दैनन्,
धिक्कार छ यि मन्हरुलाई जस्ले
मनको ब्यथा बुझ्न सक्दैनन् !
सायद ढुङा भित्रका मनहरु भएरहोला जस्ले
कोमलताको भाषा बुझ्न नसकेको,
सायद् निराक्षर आत्मा भएरहोला तिम्रो
कथाको शब्द बुझ्न नसकेको !!
तिमि धन्य छौ , भावना माथिको
कुल्चाईको पिडामा, हाँसि रहेकि छौ
थाहा छ मलाई पल् गन्दाको पिडा,
किनकि मलाइ पनि त्यस्तै रोगले पिरोल्ने गरेको छ !
तिम्रा क्षितिजमा बिच्छियाउदाको नजरको पिडाले
मलाईपनि आखा पोल्ने गरेको छ !!
त्यै बिहानि फिर्ता आउने दिन,
अनि तिम्रा भिजेका परेलिका डिलहरुमा,
हर्षका आशुले परिक्रमा गर्ने छन,
तिम्रा पिडाले जलेका मनहरुमा,
सितल छाँया बनेर आउने छन!
पर्खाइमा साँचेर राखेका अनगिन्ति,
उपहारहरु साटिने छन !!

♥♥♥♥ मिठो मिलनको प्रतिक्षामा तिम्रो मायामा समर्पित ♥♥♥♥