अप्रिल महिनाको दिन हरियाली बिहिन खाडी मरुभुमिमा फाटफुटे पोथ्राहरुका हाँगामा रात्री शितको प्रभावले होला चिसो चिसो देख्न सकिन्थ्यो ।मरुभुमिको सतह शितले लचक्क भिजेको थियो,फराकिला सडकमा गुडेका तेज वहाँनका आवाज कानमा ठोक्किदै थियो ।खै किन हो कुन्नी आज मलाई निकै खुशी लागेको छ।अप्रिल १८ सन २०१३ राती अबेर सुतेपनी खासै निद्रा लागेनछ मलाई शायद आबश्यक नभएरपनी हुन सक्छ ।खाडीको एउटा कन्स्ट्र्क्सन कम्पनी आरामदायी अनी बिलाशी बिस्तारा पक्कै थिएन, साँघुरो कोठामा सुतेका हामी चार जना मध्य तीन जना साथीहरु कृष्ण,ईन्द्र र दानबहादुर दाजु बिहान उठेर काममा गैसक्नु भएको रहेछ, म आज काममा जानु नपर्ने रे त्यसैले अग्लो सिरानीमा टाउको टेकाएर सपनाहरु बुन्दै लम्पशार परेको थिएँ । आँखै अगाडि एउटा कार्टुन अनी माझौला आकारको रातो झोला अलग अलग हरियो डोरीले चटक्क बांधेर कशिएको थियो । बेला बखत घडीको सुइतर्फ पनि आँखा घुमाउदै थिएँ ।बल्ल बल्ल ७ बज्यो, म हातमा ब्रस अनी साबुन लिएर बाथरुम जान बाहिर निस्कें तातो तातो हावाको बहाव संगै झलमल्ल घाम लागेको , पर क्षितिजमा नाङ्गा बालुवाका ढिस्काहरुले चुनौती दिए जस्तो लाग्थ्यो र पनि नियालें मैले तारेबराह जस्तो हरियो पहाड देखें , जहाँ जङली फुल हरु फुलेका थिए भवरा हरु एक फुल बाट आर्को फुलमा चाहर्दै थिए , वर परका स-साना कम्पनिका कोलोनी हरुले जिस्क्याइरहेजस्तो लाग्थ्यो मलाई , तर मैले पल्तिर गणेश अनी मदन का घर हरु देखें कोलोनिहरुमा। वास्तवमै क्या आनन्द थियो त्यो आनुभुती, म बाथरुम मा पसें धाराको टुटी खोलें पल्तिर साहुको ढुङे धाराबाट बहने मुलको पानीको स्पर्श पाएँ, अनी आँखा चिम्म गरेर नेर्कुको चौर , तिप्लेरुम थुम्की हुँदै मेरो शिद्दडाँडा सम्म आउँदै थिएं, अकश्मात मोबाइलको घन्टी बज्यो म झस्किएं कस्तो दिवा सपना जस्तो काल्पनिक संसार क्षणिक रुपमै भएपनी रमाइलो थियो । आखिर कल्पनाले नै उजाड ढिस्कोलाई हराभरा पहाड अनी पानी बिहिन निर्जिब मरुभुमी लाई एउटा स्वर्गको टुक्रा बनाइदिदो रहेछ। मोबाइल खल्तिबाट निकालेर हेरेको अफिसको फोन रहेछ, भारतीय मुलका नागरिकले हिन्दी भाषामा शुभयात्राको कामना सहित नौ बजे बिमान्स्थल जान तयारी रहनु भन्ने जानकारी दिए।म आज मेरो जन्म भुमी नेपाल जाने रे , कस्तो रमाइलो दिन , मानशिक रुपमा त म नेपाल पुगी सकेको थिएँ, बन पाखा संग लगाएको मितेरिलाई ताजा बनाइसकेको भएपनी भौतिक रुपमा म तयार हुनु थियो ।नुवाइ धुवाइ गरेर कोठामा पसेको त हाम्रो क्याम्प अफिसमा कामगर्ने अथवा अर्को तरिकाले भन्नु पर्दा गाउँले अंकल (हिमलाल दाहाल) मेरो प्रतिक्षा गरेर बस्नुभएको रहेछ , केही क्षणको सामान्य कुराकानी पछी वहाँले मैले नेपाल लैजान तयार पारेको झोलाहरु जोख्नु भयो। कतार एयरवेजको नियम अनुसार ३५ किलो लगेज मात्र लग्न पाइने भएकोले लगेज धेरै वजनदार भयोकी भनेर म डराएको थियँ किनकी यो भन्दा पहिलो यात्रामामेरो एउटा अर्को तितो अनुभब पनि छ त्यो म पछी सुनाउँला । घडीले ८ बजाइ सकेको थियो फ्लाइट टिकेट मैले एक हप्ता पहिलेनै लिई सकेको थिएं ।दिउसो तीन बजे कतार स्थित दोहा अन्तराष्ट्रिय बिमानस्थल बाट काठमान्डौको सम्मको दुरी पुग नपुग पाँच घण्टाको अबधिमा पारगर्ने जानकारी टिकेटको माथिपट्टी लेखिएको थियो , म टिकेटको अर्को पेज हेरिरहन चाहदैनथें किन भने ठ्याकै ६० दिन पछी म नेपाल छाडेर कतार आउनुपर्ने जानकारी अनी उडान समय तालिका दिईएको थियो । सन २००६ तिर दोहामा किनेको सामान्य मुल्यको खरानी रङ को पाईन्ट अनी प्यारिले नेपालबाट पठाएको सेतो कमिज लगाएँ नेपाल बाट कतार आउँदा लगाएका काला जुत्ता पोलिस गर्न बिर्सेंछु हत्त पत्त पुरानो तन्नाले पुछेर लगाएँ आखिर म जे लगाएपनी "यात्री" नै हुँ ।मलाई याद छ कक्षा ९ मा हो क्यारे जगन्नाथ गुरुले पढाएको "म जुजुमान" भन्ने पाठको याद आयो । एक पटक हिमलाल अंकल लाई सोधें "अंकल कस्तो देखिएको छ ?" भनेर वहाँले ब्यङ्ग्यात्मक रुपमा "मोटे शरीरमा जे लगाएपनी सुहाउँच हामी जस्ता पिलन्दरे लाई पो शरीरमा मिल्ने कपडा पाउन पनि गाह्रो हुन्छ।" भन्नु भो , मलाई पत्यार लागेन भित्तामा झुन्ड्याइएको ऐनामा एस्सो हेरेको फालिहाल्दो नदेखिएजस्तो लाग्यो ।हिमलाल अंकल ले दिउसो बजेको उडान भोक लाग्ला जहाजको खाना हामी नेपाली मैत्री हुँदैन भन्दै हुनुहुन्थ्यो तर मलाई खाना खान मन थिएन केबल ९ बजाउनु थियो। अनी के के कुरा गर्दा गर्दै नजिकै बाट गाडीको हर्न सुनियो भित्ताको घडीमा आँखा दौडाएको नौ बज्नको लागि पाँच मिनेट बाँकी रहेछ, बाहिर कम्पनिको गाडी मलाई दोहा बिमानस्थल सम्म छाड्न आइ सकेको रहेछ। हिमलाल अंकलले झोला हरु गाडीको पछि राख्दिनुभयो म वहाँ सगं बिदाइ भएर गाडीमा बसें चालक ले अली परको क्याम्प बाट पनि अर्का एकजना नेपाली म सँगै नेपाल जाने कुरा जानकारी गराउदै त्यस तर्फ लगे।मलाई कौतुहलता जाग्यो गाडी चालक संग भएको लिस्ट्मा नाम हेरेको हाम्रै कम्पनिका एक मात्र नेपाली इन्जिनियर दाजु " यज्ञ तिमील्सिना" हुनुहुँदो रहेछ।म भन्दा पहिले नै अर्का एकजना नेपाली पनि गाडी भित्र बसेका थिए उनी सग सामान्य कुराकानी गर्दा गर्दै हामी "यज्ञ" दाजुको कोठानेर पुगिसकेका थियौं।हामी वहाँको प्रतिक्षामा गाडी भित्रै बास्यौ गाडी चालक दाजुलाई बोलाउन वहाँको कोठा तर्फ लगे तर वहाँलाई बिमानस्थल जाने समय साढे १० बजे भनेर गलत समय दिईएको हुनाले वहाँको तयारी पुरा नभएकोरहेछ,बाहिर हामीलाई देखेपछी वहाँ हत्त पत्त गरेर १० बजेनै तयार भएर गाडीमा आउनु भयो उमेरले पनि म भन्दा जेठा यज्ञ दाजु हाम्रो कम्पनिको एकमात्र नेपाली ईन्जिनियर मैले वहाँलाई देख्नेबित्तिकै अभिवादन गरें वहाँले पनि फर्काउनु भयो ।
गाडी आफ्नो रफ्तारमा दोहा तर्फ मोडिदै गर्दा दाजु र म केही कार्यगत कुराहरु बाँडी चुडी गर्दै केही ब्यक्तिगत अनी केही पारिवारिक कुराहरु पनि शेयर गर्यौं। लगभग साढे ११ बजे हामी बिमानस्थल पारकिंग पुगियो तिनै जना गाडी बाट झर्यौ। चाडने बेलामा हिमलाल अंकल ले लोड गरिदिनुभएको झोलाहरु म आँफै झारें अनी ट्रलिमा राखेर बिस्तारै बिमानस्थल प्रबेस द्वार तर्फ लाग्यौं ।मेरो सामान अली धेरै भएजस्तो मानेर होला यज्ञ दाजुले " सामन धेरै भएको भए म सहयोग गर्छु" भनेर सौहर्दता साथ मलाई भन्नु भयो ।
मैले पनि सहमती नजनाउने कुरै भएन, किनकी यसरी सहयोग गर्छु भन्ने ब्यक्ती पाउन मुस्किल पर्छ
। हामी बिमानस्थल भित्र लाग्यौं सामन तौल गर्ने ठाउँ मा गएर आ-आफ्नो झोला जोखिसकेपछी मेरो झोला उल्लेखित तौल ३५ किलो नै भएकोले यज्ञ दाजुलाई पनि दु:ख दीइरहनु परेन । त्यस पछी मलाई निकै हलुका महसुस गरें म सँग केबल अब ल्यापटप मात्र साथमा छ पास्पोर्ट खल्तिमा राखेर निर्देशित गेट तर्फ लाग्नुपुर्ब मेरो अनी यज्ञ दाजुको साथमा धेरै अन्य मुलुकका यात्रु हरुको सुरक्षा चेक जाँच हुँदै थियो केही यात्रु हरुले तोकिएको तौल भन्दा धेरै सामान ल्याएका हरुको हरुको कन्त बिजोग देख्न सकिन्थ्यो।उनी हरुलाई लिनु न छाड्नु निल्नु न ओकल्नु जस्तो भएको देख्न सकिन्थ्यो,, मेरू पनि मन मा कुरा अट्न सकेन अनी साथमा रहेको मोबाइलबाटै फेसबुक खोलेर यस्तो स्टाटस लेखें।
चेक जाँचको क्रममा मेरो पासपोर्टको तस्विर अहिलेको बास्त्बिक "म" भन्दा धेरै फरक भएकोले सामान्य सोधपुछ पछी पासपोर्ट मेरै भएको प्रमाणित गरी उनिहरुले यात्रु कक्ष् मा बस्न भने ।जहाँ बसेर आफ्नो उडान समय कुर्ने गरिन्छ। यज्ञ दाजुले डियुटी फ्री सपमा केही सामान हरु किन्नै ईच्छा जाहेर गरेपछी हामी दुईजना त्यता तर्फ लाग्यौ। मैले त्यहाँको दर भाउको बारेमा सुनेको त थिएँ तर आँफै गएर अनुभब गरेको यो पैलो पटक थियो, सामान्य बाहिरी बजारको मुल्य भन्दा लगभग दोब्बर मुल्य लगाइएका बिभिन्न श्रिङ्गारका सामाग्री लगात उपहार हरु , महँगा चक्लेट हरु, गर गहना अनी सुगन्धित अत्तर हरु देख्न लायक थिए तर किन्न लाएक भएपनी सबै मेरो पहुँच भन्दा बाहिर थिए ।
त्यस बखत सम्झनाको लागि तलको फोटो मोबाइलबाट खिचेको थिएँ ।
तर मदिराजन्य पेय पदार्थहरु अपबादको रुपमा ड्युटी फ्री मा बाहिरी बजार भन्दा अली सस्तो मुल्यमा पाइदो रहेछ ।मलाई एकजना साथीलाई उपहार लगिदिनु पर्ने पनि थीयो यज्ञ दाजुको पनि त्यस्तै त्यस्तै रहेछ अनी दाजु भाईले एक एक कार्टून भित्र प्यक गरिएका ३ बोतल ईण्डियन विस्की किन्यौ,यज्ञ दाजुले अरु के के उपहार सामाग्री पनि थप्नु भयो अनी हामी यात्रु प्रतिक्षा कक्षमा गयौं।तुस्त बिमानस्थल ब्यबस्थापन सफा सुग्गर तथा फराकिलो आरामदायी कक्षमा यज्ञ दाजु र म यसरी बसेका थियौं।
यात्रु कक्षको चारैतिर निकै चहल पहल देखिन्थ्यो, सबैजना आफ्नो गन्तब्य तिर लम्कदै थिए , बुढा बुढि ,केटाकेटि, जवान युवा युवति सन्सारको सबै कुनाको प्रतिनिधित्व गर्ने मान्छे हरु तह्या देख्न सकिन्थ्यो।हरेक मिनेटको अन्तरालमा जहाजहरु उडिरहन्थे जसरि गाउँमा कोइलि ढुकुर ,गौथलि अनि भगेरा,जुरेलि चरिहरु उडिरहन्छन। उडान समय दुई घण्टा पछि भएको हुँदा बिमानस्थलमा यात्रुहरुको शुबिधालाइ मध्यनजर गरेर उच्च गतिको वायरलेश इन्टरनेट शुबिधा उपलब्ध थियो मैले पनि मौकाको फाइदा उठाउँदै ल्यापटप खोलेर साथिहरु सँग अनलाइन मार्फत नेपाल जानलागेको कुरा जानकारि गराएँ । धेरै शुभयात्रा का शब्दहरु साथिहरुले बर्षाउनु भयो ।यज्ञ दाजु पनि खै त्यती बेला सम्म खै कता गएर आइ सक्नु भएको थियो । उडानको समय नजिकै आउँदै गर्दा मैले फोनमा घर बाबा आमा अनि प्यारि लाइ पनि केहि बेरमा उड्न लागेको सुचना दिएँ ।बाबा आमाको आशिर्बाद अनि प्यारिको प्यारले भरिएका शुभ यात्राको कोसेलिले भरिपुर्ण भएँ म।साढे २ बजि सकेको थियो समय तालिका अनुशरनै बोर्डिङ् गेट पनि खुला गरियो त्यस बेला सम्म निकै धेरै यात्रुहरु अन्तिम चेक जाँचको लागि लाइन लागिसकेको हुँदा दजु र म लाइनमा न उभिने निर्णयमा पुग्यौं अनि पहिलेकै ठाउँमा बसेर गफ गर्दै लाइन तर्फ आँखा दौडाउदै गर्यौं।बिस्तारै लाइन कम हुदै गयो, करिब करिब लाइन सकीएको थियो । म र दाजु पनि बोर्डिङ् गेट तर्फ लाग्यौं।दाजु म भन्दा दाँया गेटबाट भित्र गइसक्नुभएको थियो । मैरो पनि पालो आयो खल्ति बाट पासपोर्ट र अघिल्लो गेटमा सामान चेकजाँचको क्रममा दीइएका सबै कागजातहरु चेकजाँचकर्ताको हातमा दिएँ , उनले पुलुक्क मेरो मुखमा हेरेर केहि नबोलि अघिल्लो गेटमा दीइएको जहाजको सिट नम्बर उल्लेख भएको कागज च्यातिदिए,,,,, कैले काहिँ अनयासै सानो तिनो गल्तिको कारण दोहा बिमानस्थलमा नेपालि हरुले निकै झमेला झेल्नुपरेको खबरहरु अखबार अनि साथिहरुले भनेको सुनेको थिएँ , म छाँगाबाट खसे जस्तो भएँ।मनमनै सोचेँ केहि त्यस्तो अबैधानिक कामत जिन्दगिमा गरेको छैन त्यस्तो झमेला न होला भनेर , अन्तमा मेरो अन्तरमनले केहि प्राबिधिक त्रुटि भएको होला भन्ने ठान्दै चेकजाँचकर्ता लाइ के भएको भनेर सोध्न न पाउँदै अर्का एकजना त्यहाँकै कर्मचारि (उनि भन्दा अलि ठुलो पद को जस्तो देखिने)कुरा गर्न लागि, मेरो मनमा ढ्याङ्रो ठोक्न लाग्यो केहि गडबड पक्का छ भनेर , अगाडिको सिसामा देखिएको मलिन अनुहारले मेरो अज्ञात कौतुहल अनि डरलाइ प्रस्ट सँग प्रतिनिधित्व गरेको देख्न सकिन्थ्यो।उडान समय निकै करिब थियो मैले दाजु लाइ पनि साथबाट गुमाइ सकेको थिए, अगाडि पछाडि नजर घुमाएँ कोहि छैन केबल तिनै चेक जाँच गर्ने कर्मचारि अनि म एक्लो यात्रु,,,,,,,,, चेकजाँचकर्ताले बिनम्रताका साथ माफि माग्दै मेरो पासपोर्ट हातमा थमाए अनि खिस्स हाँस्दै अङ्रेजि भाषामा " हजुरलाइ बधाइ छ, तपाइ हाम्रो उडानको बिजनेश क्लासमा उड्दै हुनुहुन्छ।" भन्दै अर्को टिकेट दिए। खै किन इकोनोमि क्लासबाट किन बिजनेश क्लासमा परिबर्तन गराइयो मैले उनलाइ सोध्न चाहेर पनि सोधिरहिन , करिब करिब उडानको समय भै सकेको थियो , त्यहाँका एकजना कर्मचारिले मलाइ गाडिमा राखेर निकै पर देखिने जहाज तर्फ लिएर गए। केहि बेर तनाबमा भएपनि मेरो तनाब दुर भइसकेको अबस्था थियो, जिन्दगिमा हामि जस्तो सर्बसाधारणलाइ बिजनेश क्लासमा उड्ने अबसर कमै प्राप्त हुन्छ।यो अकल्पनिय अबसर पाएकोमा म खुसि थिएँ अर्को तर्फ सगै नेपाल जाने दाजु एउटै जहाजमा भएर पनि सँगै न हुदा केहि नरमाइलो पनि लाग्यो। बिमानस्थलको नियम बमोजिम निकै कम गतिमा गाडि जहाज तर्फ गुड्दै थियो । खै किन हो कुन्नि गाडिको गति भन्दा मेरो मनको गति तिब्र हुदै थियो,बिस्तारै गाडि जहाजको अगाडि पट्टिको ढोकानेर गएर रोकियो सबै जना जहाज भित्र बसिसकेका थिए। लाग्छ जहाज मेरै प्रतिक्षामा थियो, समय ३ बज्न लाइ आझै ६ मिनेट बाँकि रहेछ, मलाइ त्यै आगाडिको ढोकाबाट एकजाना महिला एयर होस्टेजले भित्र लगिन।आफ्नो टिकेटमा अंकित सिट संख्या हेरेर म त्यहाँ उल्लेखित सिटमा बसेँ जुन सिटबाट ककपिट निकै नजिकबाट प्रस्ट देख्न सकिन्थ्यो , २ जना सेतो कमिज लगाएका अरबमुलका जस्तो देखिने पाइलटहरु त्यहाँ के के गर्दै थिए मलाइ जहाजको ककपिट नजिकबाट नियाल्ने यो पहिलो प्रतक्ष अबसर भएको हुदा मैले कुनै कशर बाँकि न राखि आँखा तन्काइ तन्काइ हेर्दै गएँ, यो बिषयमा म निकै उत्सुक पनि भएको हुँदा यु-टियुब मा पनि मैले जहाज कसरि उड्छ कक पिट कस्तो हुन्छ भन्ने कुरा हरु हेरेको थिएँ।बैज्ञानिक युगको एक उपज बास्तबमै अनौठो थियो जता ततै डिजिटल स्क्रिन अनि मिटर तथा गेज इन्डिकेटर हरु जडित जहाजको ढोका बिस्तारै बन्द भयो, घडिले ३ बजाउनै लागेको थियो ककपिटको ढोका पनि बन्द भयो।जहाज धावनमार्गमा गति बढाउंदै गर्दा उडानको क्रममा अपनाउनुपर्ने आधारभुत शुरक्षाका नियमहरु पनि बताइदै थियो। १२ जना सिट संख्या भएको बिजनेश क्लासमा २ जना युरोपेलि यात्रु अनि म जम्मा जम्मी ३ जना यात्रु थियौं।जहाजले धाबनमार्गमा आफ्नो गतिलाइ तिब्रता दिदै गर्दा मैले झ्यालबाट बाहिर हेरिरहेको थिएँ, जहाजले जमिन छाड्यो दोहाका गगन चुम्बि टावरहरु बिस्तारै क्यामराले जुम आउट गरेजस्तै साना बन्दै गए म माथि माथि पुग्दै गएँ, मेरो मनले अनि साथैमा भएको क्यामराले पनि दोहाको आकास माथि बाट खिचेको फोटो,
जमिनमा निर्मित २१औ सताब्दिमा मानब उपज हरुलाइ आकासबाट नियाल्नुको मज्जानै आर्कै थियो,जहाज निकै माथि पुगिसकेको थियो, बिस्तार बिस्तार हाम्रो उचाइ बढ्दै गयो, झ्याल बाट तल केहि देखुन्जेल तल हेरि रहेँ, अब केबल नक्सामा देखाइने धर्तिको रेखाकंन मात्र जस्तो देखिन थाल्यो ।त्यस्तैमा बिभिन्न खाना हरु समाबेस गरिएको मेनु ल्याइयो लाज न मानि भन्दा धेरै जस्तो लिस्टमा भएका खानाहरुको नाम समेत मैले पहिलो पटक देख्दै थिएँ, त्यसैले मैले सामान्य एशियन खानाको लागि अनुरोध गरे त्यसै बमोजिम सं-सम्मान खाना दीइयो,जुन तुलनात्मक हिसाबले इकोनोमि भन्दा निकै फरक थियो, भोक पनि लागेको हुनाले टन्न खाएँ। हाइड्रोलिक सिस्टमबाट आगाडि पछाडि अनि आबश्यकता अनुसार तल माथि गर्न मिल्ने आरामदाइ सिट चाक्लो फराकिलो कक्ष अनि गुण्स्तरिय सेवाले गर्दा नै बिजनेस क्लासको जहाज टिकेट मँहगो हुन्छ बन्थे साचो रहेछ।
बाँकि क्रमस अर्को भागमा पोष्ट गर्ने छु ।
This email is free from viruses and malware because avast! Antivirus protection is active.
|
0 टिप्पणियाँ: