जीवनसँग धेरै गुनासाहरु भएको मान्छे

        त्यो वेला फेसबुकको नौलो सन्सारमा मेरो पाईला धेरै अगाडी बढिसकेको थिएन । शुरुवातका दिनहरुमा फेसबुकमा आफ्ना पुराना मित्रहरुलाई खोज्ने काम गरियो । कति भेटिए पनि । कोहि स्कुले जीवनका, कोहि कलेज जीवनका अनि कोहि जागिरे दिनहरुका अनन्य मित्रहरु । बिस्तारै फेसबुकको नशा बढ्दै जाँदा नयाँ नयाँ मित्रहरु (फेसबुकको भाषामा) थपिने क्रम पनि बढेर गयो । नशा कति सम्म लागेछ भने बिहान उठ्ने बित्तिकै फेसबुक नहेरी दिनको शुरुवात गर्नै मन नलाग्ने अनि राति विस्तारामा परेपछि भगवानको नाम जप्नपनि भुलेर आधा रातसम्म फेसबुक हेर्दै भुसुक्क भएको पत्तै नहुने । अफिसमा पाँच मिनेट समय मिल्यो कि यहि फेसबुक खोलिहाल्नु पर्नै । जानि नजानि नानाथरी स्टाटसहरु अपडेट गरिरहन मन लाग्ने । फुर्सद मिलाएर कता कता गएर तातो पानीले खुईलिएको कपाल मिलाई मिलाई फोटाहरु खिचेर फेसबुकमा अफलोड गर्नै वानी त अझै उदेकलाग्दो । अरुका स्टाटसमा लाईक र कमेन्ट त कति कति । हेर्दै भैसी जस्तीलाई पनि तिमी त साह्रै राम्री भनेर कति लाई गजक्क पारियो अनि भाग अलि बढि खोज्नेको सेखी झर्नपनि कहिले पछि परिएन । कमेन्ट मार्फत आफ्ना नजिकका मित्रहरु सँग मिलेर मन नपरेका अरुको उछितो काट्ने काममा पनि अरु भन्दा के कम हुनु र । हाँसो लाग्छ पहिलेका ति दिनहरु सम्झदा आजकल । “ओ हिरो” अचानक एक दिन अस्ति भर्खरै मेरो फेसबुकमा मित्रताको पगरी गुत्थेकी तर चिनजान नभएकी महिला मित्रले मलाई उतावाट सन्देश पठाउनु भयो । चिन्नु न जान्नु ढुङ्गाले हान्नु भनेजस्तै कत्तिन बर्षाै देखिको मित्रले झै गरिएको उहाँको त्यो अकल्पनीय सम्वोधनले मलाई निशब्द पारिदियो । म मोबाईलमा फेसबुक अनलाईन भएको हुँदा तत्काल उहाँको प्रोफाईल हेर्न असर्मथ रहेँ किन्चित, रातो साडीमा अर्धबैशे आईमाईको एउटा फोटो उहाँको नाम अगाडी झुन्डिएको थियो । उहाँको तस्विर र उहाँको पहिलो सन्देश विचको अन्तर अलि धेरै नै भएको आभास मेरो मानस्पटलमा पुग्नै लाग्दा फेरी अर्कौ प्रश्न थियो उहाँको “किन नबोलेको ?” सधै कुरा गरिरहने मान्छे जो आज रिसाएर नवोले जसरी किन नवोलेको रे । त्यहि पनि मैले उहाँलाई रिप्लाई टाइप गर्दै थिएँ तर दुर्भाग्य उहाँ अफलाईन भैसक्नु भयो । सायद मेरो अनुत्तरताले उहाँलाई नराम्रो लागेछ । केहि दिनको अन्तरालपछि फेरी भेट भयो उहाँ सँग अनलाईनमा मेरो । खेज्दैथिएँ मैले अस्ति रिप्लाई गर्न नसकेकोमा दु:ख मनाउने वाहानाहरु तर “यस्तै हो यो फेसबुकमा” भन्ने उहाँको कुराले राहत मिल्यो मलाई । त्यो दिन हामी विच धेरै कुराकानी भए । परिचय देखी उहाँका केहि ब्यक्तिगत भोगाईहरु सम्मका । हामी विच केही समानताहरु थिए । उहाँ पनि म जस्तै नेपाल देखी धेरै टाढा यद्यपि, उहाँ देखी म सम्मको दुरी नेपाल देखी म सम्मको भन्दा अझै धेरै । साच्चिकै तारिफयोग्य उहाँको कुरा गर्नै शैलीवाट म निकै प्रभावित हुनपुग्येँ । कति ब्यवहारीक मान्छे त्यस माथि धेरैनै सामाजीक सोच उहाँमा । त्यो पहिलो दिनमा “ओ हिरो” भनेर कुरा शुरु गर्नै मान्छे जो प्रति मेरो जुन प्रकारको सोच थियो त्यो विल्कुल चेन्ज गराइरहेका थिए उहाँका कुराहरुले । जीवनसँग धेरै गुनासाहरु भएको मान्छे जो आफ्ना विगतका केहि अप्रिय र्निणयहरुमा दु:ख मनाउ गरिरहेको जस्तो भान हुन्थ्यो उहाँका कुराहरु सुन्दा । यति धेरै भावुकतामा डुव्ने मान्छे पनि विच विचमा सन्कीरहने खालको स्वभाव जस्ले गर्दा झसंग त्यहि “ओ हिरो” भन्ने उहाँको शब्द झल्यास्स याद आउने । क्रमश...!!! अप्रकाशित पुस्तकको केहि भाग... कसैको जीवन भोगाईसँग मेल खान गएमा सम्योग मात्र हुनेछ...!!! - बिकास अकेला