पैसाविनाको जीवन अहिले कल्पना गर्न सकिँदैन । हरेक मानिसको दैनिकी कुनै न
कुनै रूपमा पैसासित गाँसिएको हुन्छ । वस्तु तथा सेवाको विनिमयको माध्यमका
रूपमा प्रचलित पैसा आखिर छापिन्छ कसरी ? धेरैलाई जानकारी नहुन सक्छ ।
पैसा विश्वासको आधार पनि हो । नेपालका कुनै पनि नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट .... रुपैयाँ तुरुन्त पाइनेछ’ लेखिएको हुन्छ । यसको मतलब उक्त नोटबराबरको वस्तु लिन आएमा हामी दिन सक्छाँै भनिएको हो ।
०००
देशको अर्थतन्त्रको आधारमा मुद्राको मूल्य निर्धारण भएको हुन्छ । त्यस देशमा के उत्पादन हुन्छ ? रोजगारीको अवस्था कस्तो छ ? उत्पादन भएका वस्तु कति मात्रामा निर्यात हुन्छन् ? सेवा र वस्तुको व्यापारबाट कत्तिको कमाइ हुन्छ भन्ने आधारमा अर्थतन्त्रको आकार तय हुन्छ ।
नेपालको अर्थतन्त्र १७ खर्बबराबरको छ । यसको अर्थ नेपालको कुल गार्हस्थ्य उत्पादन १७ खर्बबराबरको हुन्छ । हामीले विदेशमा निर्यात गर्ने वस्तुको मूल्य तय गर्न पनि नेपालको अर्थतन्त्रले सहयोग गरेको हुन्छ । नेपालले कुनै वस्तु विदेशबाट मगायो र नेपालले उक्त वस्तुको भुक्तानी दिन सकेन भने भने त्यो अर्थतन्त्रको गहुं्रगोपना रहेनछ भन्ने बुझिन्छ । अर्थात्, मुद्रा कमजोर रहेछ भन्ने बुझिन्छ । सम्बन्धित देशले आर्जन गर्नेभन्दा बढी विदेशबाट आयात गर्नुपर्यो भने देशले धान्न सक्दैन । त्यस्तो अवस्थामा मुद्राको मूल्य कमजोर हुन्छ ।
कुनै पनि देशले सेवा तथा वस्तुको व्यापार गरेर मुद्रा आर्जन गर्न सक्छ । जस्तै, नेपालमा विदेशी पर्यटक आउँछन् । उनीहरूले गर्ने खर्च नेपालको आम्दानी हो । त्यसबाट देशका लागि आवश्यक वस्तु विदेशबाट आयात गर्न सक्छाँै ।
०००
नोट छाप्न निश्चित प्रक्रिया तय गरिएको हुन्छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार सरकारले अन्य देशबाट सुन तथा ‘सेक्युरेटिज’ खरिद गरेको हुन्छ । यस्तो सेक्युरेटीमा लगानी गर्दा त्यसको ब्याज पनि पाइन्छ । चाहिएको वेला लगानी तुरुन्त फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पत्ति हो । यिनै तत्त्वहरूसमेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजनिक गर्नुपर्ने हो, त्योबराबरको सम्पत्ति हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ ।
यस्तो कागजातको नियमन गर्ने सबैभन्दा विश्वसनीय निकाय सोही देशको सरकार हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि ती कागजातको रेखदेख गरिरहेको हुन्छ । मुद्रा कोषलाई बैंकको पनि बैंक मानिन्छ । सरकार र केन्द्रीय बैंकको साख हेर्ने काम इन्टरनेसनल बैंक फर सेटलमेन्ट (जेनेभास्थित) र अन्तर्राष्ट्रिय मुद्रा कोषले गर्छन् । ती निकायले आफ्ना सदस्य राष्ट्रले समय–समयमा दिएको तथ्यांकको आधारमा भौतिक रूपमै ती वस्तुको परीक्षण पनि गर्न सक्छन् ।
नोट प्रकाशनका लागि सम्बन्धित सरकारले आइएमएफमा सुन धितो राखेका हुन्छन् । अन्तर्राष्ट्रिय बजारको आधारमा सुनको मूल्यांकन गरिन्छ । पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘केही वर्षअघि नेपालले तोलाको दुई सय डलरका दरले सुन आइएमएफमा राखेको थियो । अहिले मूल्य बढेर करिब पाँच सय छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार त्यसको मूल्यांकन गरेर नै त्यसरी राखिएको हो ।’
पैसा छाप्नुअघि एक वर्षमा चलनचल्तीका निम्ति कति रुपैयाँबराबरको नोट आवश्यक पर्छ भन्ने देशको केन्द्रीय बैंकले तय गर्नुपर्छ । यो भनेको मुलुकको अर्थतन्त्र धान्न कति रकम चाहिन्छ भन्ने हो । देशको कुल गार्हस्थ्य उत्पादन, बजेटले व्यवस्था गरेको चालू खर्च र त्यस वर्ष आएको रेट्यिान्सको आधारमा कति नोट छाप्ने भन्ने तय गरिन्छ । रेमिट्यान्स डलरमा आउने भएकाले नेपाली रुपैयाँँमा रूपान्तरण गरेर हिसाब निकालिन्छ ।
यसबाहेक बजेटमा विदेशी ऋणको अनुमान गरिएको हुन्छ । विदेशी ऋण डलरमै आउँछ । त्यसका लागि पनि नेपाली रुपैयाँ चाहिन्छ । मूल्यवृद्धिले पैसाको माग बढाएको हुन्छ । गत वर्ष कति रकमबराबरको कारोबार भएको थियो भन्नेलाई पनि ध्यान दिइएको हुन्छ । यी सबै आधारमा अर्थतन्त्रका लागि कति रुपैयाँँबराबरको नोट चाहिन्छ भन्ने आँकलन गरिन्छ । यसवेला भएको पैसाको मौज्दातले कति धान्छ र छाप्न कति समय लाग्छ भन्ने कुराको पनि ध्यान दिनुपर्ने हुन्छ । नोट जुन वर्ष प्रचलनमा ल्याउने हो त्यही वर्षमा छापेर ल्याउन सकिँदैन । त्यसैले केही वर्षअघि दसँैमा नयाँ नोट बजारमा आउन सकेको थिएन ।
राष्ट्र बैंकले निश्चित समयसम्म मौज्दात नोटले भ्याउँछ र त्यसपछिका लागि थप यतिबराबरको नोट अर्थतन्त्रमा पठाउनुपर्छ भन्दै नयाँ नोट छाप्ने प्रस्ताव सरकारमा पठाउँछ । यो प्रस्ताव स्वीकृति भएपछि नेपाल राष्ट्र बैंकले कुन दरका नोट कति छाप्ने (डिनोमिनेसन) भन्ने निर्णय गर्छ । जुन डिनोमिनेसनको नोट बजारमा बढी चलनचल्तीमा छ त्यही नोट बढी मात्रामा छापिन्छ । कुन दरका कति नोट छाप्ने भन्ने आइएमएफलाई जानकारी गराएर सोबमोजिम सुन तथा सेक्युरिटी खरिद गर्नुपर्छ ।
सबै नोटमा ६ अंकको नम्बर राखिएको हुन्छ । जस्तै, देवनागरिको अ १ बाट छाप्न सुरु भएको नोट अ १०० सम्म छापिन्छ । ती सबै नोटमा ६ अंकको नम्बर पनि राखिएको हुन्छ । त्यसपछि फेरि आ १ बाट अरू नोट छापिन्छ । यसरी आवश्यकताका आधारमा ज्ञसम्म नम्बरिङ गरेर नोट छाप्न सकिन्छ ।
०००
राष्ट्र बैंकका डेपुटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, कलाकार(चित्रकार) रहेको नोट डिजाइन समिति हुन्छ । त्यसमा वन्यजन्तुविज्ञले कुन वन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रवद्र्धन गर्ने भन्ने सुझाब दिन्छन् । अहिले नोटलाई पनि समावेशी बनाउन सबै धार्मिक समुदायको प्रतिनिधित्व हुने गरी यस्ता चित्र समावेश गर्न थालिएको छ । सबै पक्षको सुझाबका आधारमा नोटमा कस्ता चित्र समावेश गर्ने भन्ने निर्णय हुन्छ । यसपछि राष्ट्र बैंकमा नोटको डिजाइन गरिन्छ र राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराइन्छ । त्यसपछि मन्त्रिपरिषद्मा नोटको डिजाइन र डिनोमिनेसन स्वीकृतिका लागि पेस गरिन्छ ।
राष्ट्र बैंक नोट छाप्न तयार भएपछि प्रिन्टिङ प्रेसको खोजी गरिन्छ । नोट छाप्न ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’को आवश्यकता पर्छ । नोटमा प्रशस्त मात्रामा सुरक्षा चिह्न (सेक्युरिटी फिचर) राखिएको हुन्छ । पहिले नोटको सेतो भागमा श्रीपेच राखिएको हुन्थ्यो, अहिले लालिगुराँस राखिएको छ । नोटमा ‘सेक्युरिटी थ्रेड’ राखिएको हुन्छ । त्यसमा ‘एनआरबी’ लेखिएको हुन्छ । यो धागोको केही भाग नोटको बाहिर निस्केको हुन्छ भने केही भाग भित्र पसेको हुन्छ । नोट यसरी मिलाएर प्रिन्ट गरिन्छ । नोटमा सामान्य आँखाले देखिने र नदेखिने प्रशस्त सेक्युरिटी फिचर राखिएको हुन्छ । त्यस्तै प्रकृतिको नक्कली नोट बजारमा आउन नसकोस् भनेर यस्ता सुरक्षा चिह्न राखिएको हो । बजारमा नक्कली नोट भेटिएमा यिनै सुषुप्त सुरक्षा चिह्नको आधारमा नक्कली वा सक्कली हो भन्ने छुट्टयाइन्छ ।
विश्व बजारमा नोट छाप्ने प्रतिष्ठित कम्पनीहरू छन् । नोट छाप्न प्रेसको छनोट गर्दा त्यसको के–के योग्यता हेर्ने भन्ने राष्ट्र बैंकले तय गर्छ र टेन्डर आह्वान गर्छ । टेन्डर गर्ने कम्पनीको प्राविधिक र आर्थिक पक्ष हेरिन्छ । प्राविधिक रूपमा उक्त कम्पनीले कति रकमबराबरको कुन्–कुन डेनोमिनेसनको नोट कस्ता सेक्युरिटी फिचर राखेर छापेको छ भन्ने हेरिन्छ । यसका लागि राष्ट्र बैंकले मापदण्ड नै बनाएको हुन्छ । सम्बन्धित कम्पनीले पनि त्यसको प्रमाण पेर गर्नुपर्छ । आर्थिक पक्ष् अन्तर्गत कुन प्रेसले आफूलाई चाहिएको सबै सुविधासहित कम लागतमा नोट प्रिन्ट गर्न सक्छ भन्ने कुरामा ध्यान दिइन्छ र मापदण्ड पूरा गर्न सक्ने प्रेसलाई नोट छाप्ने जिम्मा दिइन्छ ।
जुनसुकै कम्पनीमा नोट छाप्न दिन पाँइदैन । यस्तो प्रेसका लागि राष्ट्रिय/ अन्तर्राष्ट्रिय रूपमा विभिन्न नियम कानुन र मापदण्ड बनेका हुन्छन् । ती मापदण्ड पूरा गरेकाले मात्रै नोट छाप्न सक्छन् । मुद्रा राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय हो ।
०००
पैसा छापेर ल्याउँदासम्म त्यसको महत्त्व सामान्य कागजसरह हुन्छ । जब राष्ट्र बैंकले ‘यतिदेखि यति नम्बरसम्मका चलनचल्तीमा ल्याइएको छ’ भन्ने सार्वजनिक घोषणा गर्छ त्यसपछि मात्र त्यसले पैसाको मान्यता पाउँछ । यसरी नोट सार्वजनिक गर्दा पनि सार्वजानिक गर्न लागिएको रकमबराबरको सम्पत्ति राष्ट्रबैंकले व्यवस्था गर्न सकेको छ कि छैन भनेर सरकारले हेर्छ । उक्त रकमबराबरको सम्पत्ति व्यवस्था भएमा मात्र नोट सार्वजनिक रूपमा बजारमा आउँछ । आइएमएफले कुनै पनि वेला यस्तो सम्पत्तिको विषयमा अनुगमन गर्न सक्छ ।
अहिले एक र दुई रुपैयाँ दरका नोट छापिँदैनन् । यसको उत्पादन लागत नोटको ‘फेस भ्यालु’ले नधान्ने भएकाले छाप्न छाडिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । अहिले ती नोटको सट्टामा सिक्का छाप्न थालिएको छ । यी नोट छाप्न र त्यसलाई साझा राख्नको लागि अत्यधिक खर्च लाग्ने भएकाले ती नोट नछापिएको हो । क्वाइन छाप्न पनि त्यसको ‘फेस भ्यालु’ भन्दा बढी लागत पर्ने भए पनि सरकारको दायित्व भएकाले छाप्नै परेको ती अधिकारीहरूको भनाइ छ । यस्ता क्वाइनको सफाइको लागि भने त्यति धेरै खर्च गर्नुपर्दैन ।
०००
देशमा प्रचलनमा रहेको हरेक नोटमा केन्द्रीय बैंकका गभर्नरको हस्ताक्षर अनिवार्य हुन्छ । यसका लागि गभर्नरको हस्ताक्षर ‘स्क्यान’ गरेर नोटमा राखिन्छ । यद्यपि, सबै गभर्नरले सबै दरका नोटमा हस्ताक्षर गर्ने मौका पाउँदैनन् भने कोहीले छोटो समयका लागि गभर्नर हुँदा पनि सबै नोटमा हस्ताक्षर गर्न भ्याउँछन् । पूर्वगभर्नर क्षेत्री करिब सात महिना गभर्नर भएर राष्ट्र बैंकमा गर्दा पाँच सय दरको नोटमा मात्र हस्ताक्षर गर्न पाए । दीपेन्द्रपुरुष ढकाल क्षेत्रीभन्दा कम समयका लागि गभर्नर भए । तर, उनले करिब सबै दरका नोटमा हस्ताक्षर गरेका छन् । ढकालभन्दा अगाडि तिलक रावल राष्ट्र बैंकमा गभर्नर थिए । उनले नोट छाप्ने तयारी सक्न लाग्दा उनी गर्भनर पदबाट हट्नुपर्यो । त्यसपछि गभर्नर भएर आएका ढकालले पहिले नै तयार गरिएका ती सबै नोटमा हस्ताक्षर गरे । निश्चित अवधिमा नोट छापिने भएकाले गभर्नरका इच्छाले मात्र पनि नोटमा हस्ताक्षर गर्न पाइदैन । रावल भने लामो समय गभर्नर भएर रहेकाले सबै दरका नोटमा उनको हस्ताक्षर छ । यसरी सबै दरका नोटमा हस्ताक्षर गर्न नपाउने गभर्नर धेरै छन् ।
०००
नोट छापिएर बजारमा गएपछि कारोबार हुँदै जाँदा नोट पुन: राष्ट्र बैंकमा फर्कन्छ । राष्ट्र बैंकमा आएका पुराना नोटको सट्टामा नयाँ नोट बजारमा पठाइन्छ । पुराना भएका नोट भने सम्बन्धित देशको कानुनले व्यवस्था गरेको अधीनमा रहेर नष्ट गरिन्छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेका कतिपय नोट प्रयोगका क्रममा च्यातिएर नष्ट भएका हुन्छन् । आगलागी भएर पनि नष्ट भएको हुन्छ । ती नोट राष्ट्र बैंकमा फर्कंदैनन् । यसरी राष्ट्र बैंकमा नफर्केका नोटहरू अर्थतन्त्रमा चलायमान भइरहेको मानिने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
कतिपय डढेकै नोटको पनि भुक्तानी पाउन सकिन्छ । त्यसका लागि नोटको नम्बरसहित नोटको दुई तिहाई भाग हुनुपर्छ । नोटको आधा भाग मात्र भयो भने त्यसको भुक्तानी हुँदैन । आधा नोट एक ठाउँमा र आधा अर्को ठाउँमा पेस गरी दोहोरो भुक्तानी लिन सक्छन् भनेर दुईतिहाइ भाग हुनुपर्ने नियम बनाइएको क्षेत्रीले बताए ।
कतिपय नोट स्मारिकाका लागि पनि छापिएको हुन्छ । विशेष अवसर पारेर यस्तो नोटको प्रकाशन गरिन्छ । पञ्चायतको रजतजयन्तीको अवसर पारेर दुई सय ५० को नोट छापिएको थियो । यो स्मारिकाका रूपमा छापिएकाले चलनचल्तीमा आएन ।
- उद्धव थापा http://nayapatrika.com/index.php?option=com_content&view=article&id=13950:2013-12-26-04-25-25&catid=39:2011-07-03-13-23-23&Itemid=55

0 टिप्पणियाँ: