“कर्तब्य”

“कर्तब्य”

सन्ततीमा यदी हाँसो भर्न सक्छौं भने !
आफ्नै देशको निम्ति मरौं, मर्न सक्छौ भने !!
विरगतीले नाम प्रसिद्धि गर्न सक्छौं भने !
आफ्नै देशको निम्ति मरौं, मर्न सक्छांै भने !!

चारा पानी बटुलेर नेपाल आमा जियाउनु छ !
एकचित्त भई खोजौ चारा चर्न सक्छौं भने !!
अर्को ज्योति बनि शान्ति छर्न सक्छौं भने !
आफ्नै देशको निम्ति मरौं, मर्न सक्छांै भने !!


संघर्षको महासागर साहशले तर्नुपर्छ !
जुटौ सवै लक्ष्यार्थ तर्न सक्छौं भने !!
नेपालीपन धड्कनमा धर्न सक्छौं भने !
आफ्नै देशका निम्ति मरौं मर्न सक्छौं भने !!

सुर्य जस्तै ग्रह बनी रहनुछ हामी विर !
किरण बनी पृथ्वीमा पर्न सक्छौं भने !!
“विर योद्धा” नामको बोट भई सर्न सक्छौं भने !
आफ्नै देशका निम्ति मरौ मर्न सक्छौं भने !!

 बाबुराम गौतम “आशुतोष”
ल्वाङ्गघलेल–४, कास्की