उपहार मेरो बिछोडमा












       बिकाश नेपाली ‘‘अकेला’’ 

उपहार मेरो बिछोडमा
आत्मा साँच्चै दुखी रहेको छ, बाक्य फुट्न गाहो् भएको छ
शब्द आफैमा पुर्ण शब्द छैनन्, मुटु झनै साहो् भएको छ
के गरेर थम्ने उल्झन बिदाईको यो क्षणमा
खै अरू म के भनौं ह्दय-बिधारक यो बिछोडमा

स्वागत अनि बिदाई यो रैछ नियम सन्सारको
थेग्नै पनै रैछ पीडा भाग्यमा लेख्या अनुसारको
हुन्छ हुन्न भेट अब जीन्दगीको कोही मोडमा
खै अरू म के भनौं ह्दय-बिधारक यो बिछोडमा


स्मृतिमा सजाइ राख्नु मेरो माया नमार्नु है
हर निमेशमा सम्झिदिनु फेरी आँशु नझार्नु है
कमजोर पार्छन आँशुहरूले, नरूनु है कोही वेलामा
खै अरू म के भनौं हृदय विधारक यो विछोडमा

शुन्यतामै फेरी लीन होलान, भित्रका यादहरू
सम्हालेर अघि बढ्नु जीन्दगीका वाँधहरू
खै आज म के दिउँ अश्रु-विभोर यो क्षणमा
कविताका यीनै हरफ उपहार मेरो विछोडमा !!!