-बिकाश नेपाली ‘‘अकेला’’
कक्षबाट खसेको तारा जस्तै जीवन
तिम्रो शिक्त कण्ठबाट बगेका बाक्यका धारासँगै
मेरो हृदय-आकाशमा बर्षातको कालो मेघ थुप्रिरहयो!!
एकोहोरिदै गयौ तिमी बाक्यहरुमा भाब-विह्यल बनेर
मेरो आँखा सम्मुख यो सन्सारै एउटा धब्बा बनेर उभिईरहयो!!
कलेजी भिजाउदै लगे तिम्रा कम्पीत एक एक बचनहरुले
रोक्ता रोक्तै परेलीको डील नाघी आँशुको अजस्र धारा झरीरहयो!!
मेरा ति आँशुहरु केबल आँशु बनेर बग्न सकेनन शायद
ति आँशुहरु आजन्मको प्रितीचिन्ह स्वरूप रहिरहयो!!
स्तब्ध बने ओठ अनि निस्तब्ध भयो हृदय एकतमासले
तर निस्तब्धता भित्र हजारौं अनुत्तर प्रश्नहरु उडेर गऐ!!
केलाउदै बसेँ म हरेक प्रश्न अनि त्यसका उत्तरहरु
ब्यर्थैमा ति प्रश्नहरुले एउटा घाउ छाडेर गऐ!!
अहो! बल्लपो मैले परिचय पाएँ आफ्नो हृदय-दुर्बलताको
तब मुटुको फेदमा ठूलो गाँठो परेर आयो!!
अस्पष्टतामा रुमलिएँ म अनि मेरा समस्त भोगहरु
अनि यो आश्रयहीन जीवन कक्षबाट खसेको तारा जस्तै भयो!!
0 टिप्पणियाँ: