![]() |
यो भनि रहनु पर्ने कुरा होइन की फेसबुक सामाजिक सार्बजनिक चौतारी हो । आजभोली गाउ सहर जताततै (डिजीटल प्रबिधि पुगेका ठाउ) सँसारका कुनै पनि कुनाका मानिसहरु जो कम्प्युटरमा इमेल चलाउन जान्दछन् प्राय उनिहरु सबै फेसबुकबाट अछुतो छैनन । केही प्रतिसत होलान जो सँग प्रयाप्त समय नहोला त कोही होलान जो फेसबुक, हाइफाइव, , स्काइप तथा अर्कुट आदि आदि जस्ता सामाजिक सञ्जाल मार्फत आफ्नो ब्यक्तिगत जिवनलाइ सार्वजनिक गराउन चाहन्नन । यो एउटा सार्वजनिक स्थल जो नया साथी बनाउन रुचाउछन उनिहरुको लागी सबै भन्दा उत्तम स्थान बनेको छ ।
सुरु सुरुमा यो सञ्जाल युवा जमातमा मात्र सिमित थियो, आजभोली फेसबुक युवा जमातमा मात्र नभै सबै उमेर समुहका साथी बनिसकेको छ । सुरुसुरुमा नेपालीहरुको लागी बिदेशिएका आफन्तहरु तथा साथीभाई जो सुकैको लागी छिटो छरितो र सार्वजनिक रुपमा सन्देशबाहकको रुपमा स्थापित यो सञ्जाल हाल आएर सबै कुराको लागी उपयुक्त स्थान बनेको छ । हजारौ मानिसमा हजारौ फरक स्वभाव त पक्कै हुन्छन नै त्यसर्थ हरेक मानिसका आफ्ना आफ्ना प्रयोजनका लागी प्रयोग गरिरहेका हामी पाउछौ । यसलाई कत्तिले उपयुक्त प्रयोग गरेका छन भने कत्तिले अनुपयुक्त प्रयोग पनि गरेका छन । कसै कसैलाइ मनको भावना पोख्ने स्थान त कसैलाई आफ्ना प्रतिभा देखाउने स्थल, कसैलाई आफ्नो फोटो प्रदर्शन त कसैलाई ति फोटोमा नाना थरी अस्लिल कमेन्ट गर्न पनि पछि छैनन् । प्रभा आचार्य दिदीको भाषामा भन्ने हो भने यो फेसबुक युवकले युवतिलाई साथी बनाउने, युवतिले युवकलाई साथी बनाउने यसको अर्थ यती मात्र होइन ।
कसैले यसलाई मनोरञ्जनको लागी मात्र पनि प्रयोग गरिरहेका छन् । जस्तै धेरैले टाइम पास गर्नको लागी नया नया साथी बनाउने उक्त साथीहरु सँग नया तरिकाले कुरा गर्ने । यसरी मनोरञ्जनको लागी मात्र प्रयोग गर्नेहरुमा भने धेरै जस्तो छदम भेषी मित्रहरु रहेका छन् । जो आफ्नो वास्तविक परिचय नखुलाइ कन अरुको तस्विर मात्र राखेर बोलिरहेका हुन्छन उनिहरु देखी सबैजना होसियार । उनिहरुले जे पनि गर्न सक्छन यहा सम्म कि अरुको तस्विर राखेर सार्वजनिक रुपमा गाली ब्यइजती सम्म गर्न पनि पछि पर्दैनन् । छदम भेषी कै कुरा गर्दा म आफैले पनि एक पटक नराम्रो सँग चोट खाएकी छु । म र मेरो छिमेकी दाईको फोटो राखेर मेरा सबै सबै साथीहरुलाई एड गर्ने साथै स्टाटस तथा फोटोहरुमा अश्लिल अश्लिल शव्दले कमेन्ट गर्ने गरेका रहेछन्, एक जना छिमेकी भाईले म्यासेज पठाए पछि मात्र म झसँग भएँ। त्यो ब्यक्ति को हो र किन यसो गरियो भन्ने कुरा अहिले सम्म पनि अन्योलको गर्भ भित्रै छ ।
हामी लाखौ करोडौ मानिसहरुले प्रयोग गरिरहेको यो सञ्जालमा हरेक पटक छदम भेसी मित्रहरुले सबैलाई नै दुख दिइ रहेको हुन्छ । फेसबुकबाट बिभिन्न अपराधीक कामको लागी प्रयोगमा ल्याइएको कुरा देश तथा बिदेशबाट कैयौ पटक समाचार पनि सुनिएको छ । उदाहरणको लागी यहा क्लिक गर्नु होस http://www.nayapatrika.com/newsportal/jhan_naya/10071--.html । सम्म यहा सम्म कि साहित्यिक आकाशका एक तारा नै भन्दा पनि फरक नपर्ला आचार्य प्रभा उहालाई समेत यस्तो घटना घटि सकेको छ (पुरा लेख हेर्नको लागी यहा क्लिक गर्नु होस http://www.onlinepatrika.com/opinion/211-2010-04-13-22-33-59.html । तर प्रभा दिदीलाई जो ब्यक्तिले झुक्कायो उसलाई प्रभा दिदीको प्रभावले ब्यक्तिले ब्यक्ति बनायो कामना गरौ हरेक गलत कार्य गर्ने ब्यक्तिहरुको लागी सहि मार्ग देखाउने पनि कोही भेटियोस् ।
हरेक कुराको दुइ वटा पक्ष भए जस्तै यसको नराम्रोको साथै धेरै फाइदाहरु पनि रहेका छन् । सञ्जालको गहन महत्वको कारण कसैले गुमाएका कुरा पनि पुन प्राप्त गर्न सफल छन् । उदाहरण हेर्न यस लिङ्कमा क्लिक गर्नुसhttp://www.mydcnepal.com/press_release_nepali.php?nid=1638 ।
अन्य प्रयोगकर्ता साथीहरुको त जान्दिन तर मेरो आफ्नो भने यो सञ्जाल प्रयोगबाट कति टाढा भएका साथीहरु पनि पुन भेट हुन पाएको छ, सञ्चार बिछ्छेदका कारण हराइ सकेका साथीहरु पुन भेटिदा भने निकै रमाइलो पनि हुने रहेछ । बर्षौ पश्चात भेटिए पछि खवर ओहोर दोहोरका कारण मित्रता अझ प्रगाढ पनि बन्दो रहेछ । कति त सुरु सुरुमा राम्रो सँग प्रयोग गर्न नजान्दा जो पायो त्यही साथीलाई एसेप्ट गरि साथीको सख्याँ मात्र बढाइन्थ्यो त्यसलाई इडीट गर्ने हुति नहुदा कहिले काही ब्यर्थै छिरेछु भन्ने भान पनि हुने गर्थ्यो तर कुनै फुर्सद समयमा ति अन्जान साथीहरु गफगाफ गरी निकै नजिकको मित्रहरु पनि बनेका छन् । हुन त यो मानिसको जिवनमा साथीहरु आउने र जाने क्रम चलि रहन्छ । साथीको आयु कति हुन्छ भन्ने भेउ मैले अहिले सम्म ठम्याउन सकेकि छुइन बस् भन्न सक्छु आफ्नो तथा उनिहरु दुबै तर्फको ब्यवहारले कोही दिर्घकालिन त कोही अल्पकालिन ।
हुन सक्छ यो "साथी" भन्ने शव्दलाइ हेर्ने नजरियामा भर पर्छ । वर्षौ सम्म सँग सँगै बसेर खाएर हिडे पनि समयकाल सँगै परिधिले फन्को मार्दा कोही कता पुग्छन कोही कता । जीवन भरमा बनाइएको साथी कति नजिकका हुन्छन भावना सँग जोडिएका कोही अलि नाम तथा काम सँग जोडिएका मात्र । तर जे सुकै भए पनि देखभेट भएको साथीहरु कुनै न कुनै दिन भेटिदा अहो फलानो तिमी हामी सँग यस्ता यादगार दिनहरु थिए भन्ने सम्म हुन्छ। उनिहरुको बानि ब्यबहार हेरेर देखेर सुनेर र भोगेर थाहा हुन्छ तर यो फेसबुक मित्रहरुको आयु कति होला ? आफैलाई कहिले काही प्रश्न गर्न मन लाग्छ ।
मैले पनि फेसबुक चलाउन थालेको करिव ४ वर्ष हुन लाग्यो यतिन्जेलमा सयौ साथीहरु सँग भेट भएको छ । यस मध्यमा धेरै जसो मेरा चिनजानका छन् । कति त जीबनमा नभेटेकैहरु पनि निकै नजिकका भएर आइरहेका छन् । तर यसको खासै भरोषा भने हुन्न रहेछ भन्ने मेरो आफ्नो अडकल पनि रहेको छ । किन भने केही दिन च्याटिङमा कुरा भए पछि नजिकिएको सम्बन्ध एउटा सानो कुराको सँका भेट्ने बितिकै एकाउन्ट बन्द गरि दिए पछि यो भावनाको कुनै पनि अर्थ रहन्न रहेछ । फेसबुक बाटै परिचय भएर फोनमा कुराकानी पश्चात एक खालको नजानिदो मित्रतामा बाधिएर (कुरा गर्ने बेलामा भने तिमी मेरो अहिले सम्मको सबै भन्दा उच्च स्थानमा रहेको मित्र) भनिए तापनि कतिपय ब्यक्तिहरु सानो कुरालाई लिएर टाढीए पछि पनि यो मित्रता भन्ने शब्दको अर्थ खोज्नै पर्छ कि जस्तो पनि लाग्न थालेको छ । मन न हो हरेक शँका उपशङ्का साथै प्रश्नहरु गर्छन मलाई । अनुत्तरित छु म यिनै कुराहरुको । आफ्नै मनले कहिले काही झक्झकाइ रहन्छ कि यो फेसबुकबाट बनेको नाता आखिर को? साथै यसको आयु कति हो त? बस् फेसबुकमा अनलाइन भेट भएको बेला हाइहेल्लो मात्र हो या अलि लामो ? के यो एक सञ्जालबाट बनेको मित्रता तथा नाता सधै अडीक रहन्छन् त ? पाठक मित्रहरु तपाइहरुलाई कस्तो लाग्छ के यो फेसबुक मित्रता गाउखाने कथा जस्तै हिड्दै छ पाइला मेटिदै छ त होइन?
" by मनु ठाडा मगर
0 टिप्पणियाँ: