नरेन्द्र मोदीका नेपाली ‘धर्मपुत्र’

नेकपा एमालेको नवौँ महाधिवेशन उद्घाटन कार्यक्रममा काठमाडौँ आइपुगेका भारतीय जनता पार्टीका उपाध्यक्ष विजय जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक नेपालीसँगको सम्बन्धबारे अनौठो खुलासा गरे । २० असारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गुजरातको मुख्यमन्त्री हुनुअगावैदेखि मोदीले ती नेपालीलाई निकटको सहयोगी बनाएको र उनले मोदीको जीवनमा महाभारतकालीन अर्जुनको भूमिका निर्वाह गरिरहेको बताएका थिए । “उनी बाल्यकालमै नेपालबाट भारत गएका हुन् र अहिले पनि मोदीजीसँगै छन्,” जोली भन्दै थिए । तर, उनले ती नेपालीको नाम, तिनको काम र मोदीसँगको घनिष्टताबारे विस्तृतमा केही खुलाएनन् ।


को होलान् त नरेन्द्र मोदीसँग त्यति निकटमा रहेका नेपाली ? कुनै राजनीतिक पार्टीका कार्यकर्ता, कुनै धार्मिक संघसंस्थाका सदस्य या घरेलु कामदारका रूपमा बसिरहेकामध्ये कोही ? यी कुनै पनि अनुमान मिल्दैनन्। ती नेपाली युवक हुन्, नवलपरासीको कावासोती-१ का जितबहादुर सारुमगर, २७।

आर्थिक रूपले विपन्न परिवारका सदस्य जितबहादुर कामकै सिलसिलामा १० वर्षकै उमेरमा भारत गएका हुन्। काम गर्ने ठाउँ परविर्तन गर्दै जाँदा गुजरातको मुख्यमन्त्री पनि भइनसकेका मोदीको सामीप्यमा पुगेपछि उनको जीवनमा कायापलट भइदियो। अहिले भारतको प्रधानमन्त्री भइसकेका मोदीसँग रगतको नाताका नभए पनि जितबहादुर कुनै हिसाबले पनि पुत्रभन्दा कम लाग्दैनन्, धर्मपुत्रजत्तिकै छन्। परविारको सदस्यसरह जितबहादुरको लालनपालन र स्कुले शिक्षा मोदीकै संरक्षकत्वमा भयो, अहिले उनैको अभिभावकत्वमा उच्च शिक्षा पाइरहेका छन्।

परासीदेखि अहमदावादसम्म

अति विपन्न सुकुमबासी परिवारका १० वर्षीय जितबहादुरलाई उनका दाजु दशरथ सारुमगरले ०५५ सालमा भारतको राजधानी नयाँदिल्लीमा आफूले काम गर्ने अमरजित नामका साहूको घरमा पुर्‍याए। त्यहाँ दुई दिन बसेपछि जितबहादुरलाई अमरजितले राजस्थानमा रहेको आफ्नो ससुराली घरमा काम गर्न पठाइदिए। कलिलो भाइलाई एक्लै अन्तै पठाउनुपर्दा दाजुको मन कम्ती भक्कानिएन। तर, नियति त्यही थियो, दाजुभाइ छुट्टिनै पर्‍यो।

दशरथ त्यतिबेला मासिक पाँच सय भारतीय रुपियाँमा अमरजितको घरमा काम गर्थे। भाइको तलब उनलाई थाहै भएन। तिनताक नवलपरासीको देउराली गाविस-३, गिरुबारीमा उनीहरूको छाप्रे घर थियो। जितबहादुर दाजुभाइले घर छाड्दा बहिनी भर्खरै जन्मिएकी थिइन् भने आमा खेगीसराचाहिँ गर्भवती थिइन्।

साँझ-बिहान हातमुख जोर्ने हैसियत नभएका उनीहरूका बाबु चूडामणि धामीझाँक्रीको काम गर्थे। आफैँ रोगी भएकाले गरबिीबाट उम्किने उपाय खोजिरहँदा दशरथलाई आफन्तले दिल्लीमा लगेर काम लगाइदिएका थिए। “घरमा बाबा सधैँ बिरामी, आमा एक्लीको कमाइले खान पुग्दैनथ्यो,” कावासोतीको एक घरमा सिकर्मीको काम गररिहेका जितबहादुरका दाजु दशरथ भन्छन्, “भाइ पाल्ने जिम्मा मेरो काँधमा आयो र उसलाई दिल्ली पुर्‍याएँ।”

दुई वर्षपछि बाबु बितेको खबर पुगेपछि दाजु दशरथ घर आए। बर्सेनि तीन बहिनी जन्मिसकेका रहेछन्। एक्लै घर पुगेपछि आमाको खप्की खाए, भाइलाई किन नल्याएको भनेर। आफू मात्र भएकाले बाबुको काजकिरिया गर्न नपाएपछि दशरथ भाइलाई लिन फेरि दिल्ली गए। आफ्ना साहू अमरजितसँग राजस्थानस्थित उनको ससुरालीमा काम गर्न पठाएको भाइलाई फर्काइदिन अनुरोध गरे। जवाफमा अमरजितले जितबहादुर आफ्नो ससुरालीमा नभएको, भागेर अन्तै कतै गएको बताएछन्। “मन त कति भक्कानियो, भक्कानियो,” उनी सम्झन्छन्, “दिल्ली पुग्दा भाइ छैन, उता घरमा बाबा छैनन्। अनि, आमा र बहिनीहरूले खाने अन्न पनि छैन।” भाइलाई नभेटी दिल्लीबाट रित्तो हात घर फर्किंदासम्म आमाले अरूसँगै बिहे गरसिकेकी थिइन्।

आफू दिल्लीमा छँदा भाइसँग दुई-चारपल्ट फोनमा कुरा भएको दशरथ सम्झन्छन्। ‘मेरो साहूको ढोका त एकदम ठूलो छ, खोल्यो भने साहू कराउँछ, मिल्यो भने त अन्तै काम गर्न जान्छु’ भन्ने भाइको स्वर उनको कानमा गुन्जिरह्यो वर्षौंसम्म। गाउँलेहरूले पनि ‘भाइलाई कता पुर्‍यायो कता’ भनेर टोकसिरहे उनलाई।

उता जितबहादुर भने राजस्थानमा अमरजितको ससुरालीबाट रातको मौका पारेर ढोका नखोली पर्खाल नाघेर घर फर्किन रेलवे स्टेसन आए। लेखपढ गर्न नजान्ने उनी गोरखपुर जान भनेर चढेको रेल त मुम्बई जाने परेछ। यो कुरा जितबहादुर स्वयंले करबि डेढ दशकपछि नेपालमा परिवारसँगको पुनःमिलनपछि दाजु दशरथलाई बताएका हुन्।

त्यसरी रेलमा हिँडेका जितबहादुरको आडैमा एक महिला थिइन्। तिनीसँग उनको परचिय भयो। तिनले जितबहादुरको चासो राखिन् र घरमा लगिन्। चञ्चले स्वभावका जितबहादुर त्यहाँ पनि धेरै दिन टिकेनन्। र, बेलगाम हिँड्दा हिँड्दै पुगेछन्, गुजरातको अहमदावादस्थित नरेन्द्र मोदीको निवासमा।

आजका जितबहादुर

आफ्नो सम्पर्कमा आएदेखि नै जितबहादुरलाई नरेन्द्र मोदी औधी प्रेम गर्थे। त्यही भएर त उनले मोदी परिवारको सदस्यजस्तै भएर हुर्कने र बढ्ने मौका पाए। मोदीले उनको शिक्षामा कुनै कसर बाँकी राखेनन्। उनलाई अहमदावादकै चुनिएको संस्कारधाम विद्यालयमा भर्ना गरियो। जितबहादुरले विद्यालय शिक्षा त्यहीँबाट पूरा गरे। अहिले उनी अहमदावादकै राई विश्वविद्यालयमा बीबीए तेस्रो वर्षमा अध्ययनरत छन्।

मोदी परविारको संगतमा जितबहादुरले करबि डेढ दशक बिताइसकेका छन्। उनी भारत गएकै पनि १६ वर्ष पुगिसकेको छ। त्यही कारण हुनुपर्छ, न उनी नेपाली राम्ररी बोल्न सक्छन्, न त आफ्नो मातृभाषा नै। नेपाली अलिअलि बुझ्छन् तर जवाफ हिन्दीमै फर्काउँछन्। यसबाहेक गुजराती र अंग्रेजी भाषामा उनको दक्खल छ।

धेरैपटक सम्पर्क गर्दा पनि बोल्न नचाहेका जितबहादुर २६ असारमा भने नेपालसँगको टेलिफोन संवादमा थोरै मात्र खुले। उनले मोदीले आफूलाई जितबहादुर भनेर बोलाउने र आफूले ‘साहब’ भन्ने गरेको सुनाए। होस्टलमा बसेर बीबीए पढिरहेका उनी एमबीए अध्ययन गर्न चाहन्छन्। भन्छन्, “एमबीएपछिचाहिँ साहब जे भन्नुहुन्छ, त्यही गर्छु।” आफ्नो भविष्य ‘साहबले भने अनुसार नै हुने’

उनको भनाइ छ

मोदीसँग उनको घनिष्टता कतिसम्म छ भन्ने कुरा स्वयं उनकै भनाइबाटै प्रस्ट हुन्छ। भन्छन्, “कलेज बिदा भएको जानकारी कर्मचारीहरूबाट पाउनासाथ बिदा मनाउन कता जाने, कोसँग जाने, कति दिन जाने भन्नेजस्ता सबै कुरा उहाँकै निर्देशन अनुसार हुन्छ।” मोदी प्रधानमन्त्री भइसकेपछि भने उनको भेट भएको रहेनछ। भन्छन्, ”साहेब दिल्लीमा हुनुहुन्छ, म यता होस्टलमा छु। कहिले भेट हुन्छ, थाहा छैन।” आफ्ना सबै जानकारी मोदीलाई भएको र उनले जे भन्छन्, त्यही गर्ने गरेको उनी सुनाउँछन्। आफ्ना अभिभावक मोदीका आनीबानी र जीवनका बारेमा चाहिँ उनले टिप्पणी गर्न चाहेनन्। यति मात्र भने, “साहबसँग सोध्छु, अनि मात्र अरू कुरा बोलौँला।”

परिवारसँग पुनःमिलन

१० वर्षको उमेरमा काम गर्न भारत हिँडेका जितबहादुर १३ वर्षसम्म परिवारको सम्पर्कमा थिएनन्। उनलाई आफ्नो घरठाउँका बारेमा जानकारीचाहिँ थियो तर परिवारका बारेमा केही थाहा थिएन। आफ्नो घर-परिवारका बारेमा उनले मोदीसँग धेरैपटक कुराकानी गरेका थिए। र, मोदीले पनि उनलाई परिवारसँग पुनःमिलन गराइदिने वचन दिएका थिए। अढाई वर्षअघि गुजरातका मुख्यमन्त्री रहेका मोदी नेपाल उद्योग परसिंघ (सीएनआई)को निम्तोमा नेपाल आउने कार्यक्रम बनेको थियो। यद्यपि, पछि उनको त्यो कार्यक्रम रद्द हुन पुग्यो। उक्त कार्यक्रम बन्ने बेलामा नै मोदीले नेपाल उद्योग परसिंघ (सीएनआई)का तत्कालीन अध्यक्ष एवं उद्योगपति विनोद चौधरीलाई जितबहादुरको परिवार पत्ता लगाइदिन अनुरोध गरसिकेका थिए। र, चौधरीकै सहयोगमा उनको परिवर पत्ता लागेको र पुनःमिलन सम्भव भएको थियो (हेर्नूस्, बक्स)।

तत्कालीन मुख्यमन्त्री मोदीका निजी सचिवले ‘जितबहादुरको घर नवलपरासीमा पर्छ र उसले सानो छँदा चोरमारा भन्थ्यो’ भनेका आधारमा विनोद चौधरीका कर्मचारी रामचन्द्र धितालले चोरमाराबाट उनको परिवारको खोजी सुरु गरेका थिए। गाउँमा खुट्टाका औँला जोडिएका र हाँस्दा गालामा खाल्टा पर्ने जितबहादुरको कुरा गर्नासाथ उनका बालसखा र गाउँलेहरूले उनी हराएको कुरा सम्भिmए। त्यहीँबाट उनको परिवारका बारेमा पत्तो लागेको थियो।

त्यही बेला जितबहादुरको परिवार त्यहाँबाट विरक्तिएर नवलपरासी शिवमन्दिर गाविस-४ स्थित लोकाहा (हाल कावासोती नगरपालिका-१)मा बसाइँ सरेको पनि पत्तो लाग्यो। उनका दाजु दशरथको सुकुमबासी बस्तीमा रहेको घर फेला पर्‍यो। त्यसपछि धिताल लागे, जितबहादुरलाई परिवारसँग मिलन गराउन।

धितालले इलाका प्रशासनबाट उनीहरूको नाता प्रमाणित गरििदए र २८ जेठ ०४४ मा जितबहादुर जन्मेको प्रमाणपत्र बनाएर कुरा परिवारमार्फत पठाइदिए। प्रमाणपत्र पाएपछि जितबहादुर दिल्लीमा रहेका आफ्ना भिनाजुसँग असार ०६८ मा पहिलोपटक नेपाल आए। त्यस बेला एक महिना घर बस्दा जितबहादुर कहीँकतै गएनन्। एकपटक हप्ता दिनका लागि भारत गए। र्फकंदा आमा र बहिनीलाई साडी ल्याइदिएका थिए।

दोस्रोपटक उनले ०६९ को तिहारमा आएर टीका लगाए। त्यस बखतचाहिँ तीनवटै बहिनीलाई एक-एक सय भारु दक्षिणा दिएको माहिली बहिनी प्रेमकुमारी सुनाउँछिन्। त्यसपछि भने पढाइ कडा भएको र होस्टल छाड्ने अनुमति नपाएको भन्दै घर आएका छैनन्।

पहिलोपटक करबि एक महिना आफ्नो घरमा बस्दा उनी आमा, तीनवटी बहिनी, दाजु-भाउजू र भतिजाभतिजीहरूसँग खुब रत्तिए। दाइलाई पहिलोपटक भेट्दा उनका बहिनीहरू निकै बेर हर्षले रोए। दाजु-भाउजू पनि कम्ती भावुक भएनन्।

आमाको त झन् कुरै भएन। अर्को घरजम गरेर सुकुमबासी बस्तीमा घर बनाएर बसेकी आमाले जितबहादुरलाई घरमै लगेर खाना खुवाइन्। भन्छिन्, “छोराको मुख देखेपछि यत्ति खुसी लाग्यो कि मलाई रोगले पनि छोड्यो।” उनलाई जितबहादुर भारतमा छन् भन्नेसम्म थाहा छ, कहाँ, कसको संरक्षण र कस्तो अवस्थामा छन् भन्नेचाहिँ कुनै जानकारी छैन। न त नरेन्द्र मोदीका बारेमा नै उनले सुनेकी छन्। यति मात्र भन्छिन्, “भारतको एकदम राम्रो घरमा पालेको छ रे !”

स्टोरी /तस्बीर साभार  नेपाल साप्ताहिकबाट

- See more at: http://www.nepaljapan.com/2014/07/17/122080/#sthash.wxzxP575.IbnEUfFg.dpuf

यसै सन्दर्भमा हिन्दी च्यानल न्युज आजतक ले आफ्नो वेब साइटमा राखेको सामाग्री जस्ताको तस्तै
भारत के प्रधानमंत्री नरेंद्र मोदी का नेपाल में एक धर्मपुत्र भी है जिसे उन्होंने ना सिर्फ पाला पोसा है बल्कि अच्छी पढ़ाई लिखाई भी कराई. नरेंद्र मोदी के नेपाल यात्रा को लेकर पूरा नेपाल उत्साहित है तो जीत बहादुर के परिवार में उनके प्रति गहरी श्रद्धा का भाव है. बेहद गरीब परिवार का यह लड़का अभी अहमदाबाद में पढ़ाई कर रहा है. जीत बहादुर के परिवारवाले उसे नरेंद्र मोदी का धर्मपुत्र मानते हैं.
जीत बहादुर पिछले 12 वर्षों से मोदी के साथ है और अभी अहमदाबाद में बीबीए की पढ़ाई कर रहा है. 10 साल की उम्र में जीत बहादुर भारत में आकर खो गया था. मोदी ने न सिर्फ उसे पाला और पढ़ाया बल्कि उसको उसके परिवार से मिलाने में भी अहम भूमिका निभाई. इसलिए जीत बहादुर की मां भी उसे मोदी का धर्मपुत्र मानती है. खगिसरा साहू का कहना है कि उसने जीत बहादुर को केवल जन्म दिया है जबकि मोदी ने उसके लिए बहुत कुछ किया.

जीत बहादुर का परिवार नेपाल के नवलपरासी जिले के कवासती लोकाहा गांव का रहनेवाला है. उसका परिवार बेहद गरीब है. 1998 में वो अपने भाई दशरथ के साथ दिल्ली काम की तलाश में गया. कुछ दिन दिल्ली में काम करने के बाद वो राजस्थान चला गया. राजस्थान में उसका मन नहीं लगा तो वो वहां से भाग कर घर आना चाहता था लेकिन नियति को कुछ और ही मंजूर था. वो गोरखपुर की ट्रेन में बैठने की बजाय अहमदाबाद की ट्रेन में बैठ गया. एक महिला ने उसे नरेंद्र मोदी तक पहुंचाया. तब से जीत बहादुर मोदी के साथ है.

इस तरह पता चला जीत बहादुर का
जीत बहादुर के घरवालों को उम्मीद नहीं थी कि वो फिर कभी उससे मिल पाएंगे. जीत बहादुर के उसके परिवार से मिलने की कहानी बहुत दिलचस्प है. नेपाल के जाने-माने बिजनेसमैन विनोद चौधरी फिक्की के निमंत्रण पर 2011 में अहमदाबाद गए थे. उस कार्यक्रम में गुजरात के तत्कालीन सीएम नरेंद्र मोदी ने भी शिरकत की थी. मोदी से मुलाकत के दौरान विनोद चौधरी ने उन्‍हें नेपाल आने का न्‍यौता दिया. तब मोदी ने शर्त रखी कि अगर उनके यहां रह रहे नेपाली लड़के के परिवार का पता लगा दें तो वो जरूर नेपाल आएंगे. इस पर विनोद चौधरी ने अपने सहयोगियों की मदद से 30 घंटे के भीतर न सिर्फ जीत बहादुर के परिवार का पता लगाया बल्कि उसकी बातचीत भी घरवालों से कराई.

जीत बहादुर 12 साल बाद जुलाई 2011 में अपने घर आया था. वो अपने साथ एक तस्‍वीर लाया था जिसमे मोदी उससे हाथ मिलाते हुए दिखते हैं. जीत बहादुर ने घर आकर बताया कि मोदी बहुत ध्यान रखते हैं. उसके रहने खाने और पढ़ाई का पूरा खयाल रखते हैं. यहां तक कि उसे छुट्टियों में बाहर घूमने के लिए भेजते थे. यानी मोदी ने एक पिता कि तरह जीत बहादुर का ख्याल रखा.

बदहाली में रहनेवाला जीत बहादुर का परिवार अब चर्चित हो गया है. खासकर नरेंद्र मोदी की नेपाल यात्रा को लेकर लोगों मे उत्साह और उम्मीद दोनों है. उन्हें लगता है कि शायद मोदी के साथ जीत बहादुर भी नेपाल आए. सब लोग पीएम मोदी से मिलना चाहते हैं और उन्हें धन्यवाद देना चाहते हैं.