जहाँ २ लाखमा बेचिन्छन् महिलाहरु

नेपाल त सून्दरता र सगरमाथाको देश भनेर चिन्थेँ तर त्यहाँको अँध्यारो पाटो म नेपाल पुगेपछि मात्र थाहा पाएँ । त्यो त महिलाहरु किनिने र बेचिने ठाउँ पनि रहेछ । नेपालका चेलीबेटीहरुको नेपाल–भारत सीमा क्षेत्रबाट बेचबिखन हुँदो रहेछ !नेपाल पुगेको बेला मैले राजधानी काठमाडौं र सीमा क्षेत्रहरुमा केही दिन बिताएँ, सोही बेला मैले थाहा पाएँ चेलीबेटी बेचबिखनको बारेमा । युनिसेफको पछिल्लो तथ्याङक अनुसार प्रत्येक वर्ष नेपालबाट ७ हजार महिलाहरु भारतका वेश्यालयहरुमा बेचिँदा रहेछन् । भारतकै वेश्यालयहरुमा अहिले २ लाख महिलाहरु काम गर्छन् । चेलीबेटी बेचबिखन, असुरक्षित बसाइसराइको बारेमा विवरणहरु बुझ्न नेपाल गएको बेला मैले यस्तो डरलाग्दो तथ्य भेटेँ ।यस्तो अवस्था थाहा पाएपछि मलाई त्यहाँका महिलाअधिकारकर्मीहरुसँग कुराकानी गर्न मन लाग्यो । चरिमाया तामाङसँग भेटेँ । 


उनी पनि पहिले भारतको वेश्यालयबाटै नेपाल फर्किएकी हुन् । तर अहिले बेचबिखनविरुद्ध संस्था नै खोलेर काम गरिरहेकी छिन् उनी ।१९ वर्ष पहिले घर पछाडि घाँस काटिरहेको समयमा एक हुल मान्छे आएर उनलाई समातेछन् । हात बाँधेर अनि केही थाहा नपाउने किसिमको पाउडर प्रयोग गरेर उनलाई त्यहाँबाट लगेछन् । होसमा आउँदा उनले भारतको उत्तरी एक शहरमा फेला पारिन् आफूलाई । त्यसअघि उनले कतै ठूला घरहरु देखेकी थिइनन् । निक्कै गर्मीको अनुभव भयो । उनलाई सोडा दिए । उनले खाइन् । त्यसपछि फेरि अचेत भइन् । अर्कोपटक ब्यूझिँदा मुम्बईको वेश्यालउ पुगिसकेकी थिइन् उनी । उनलाई बलजफ्ती २२ महिनासम्म त्यहीँ राखियो । वेश्यालयकी मालिक्निलाई ‘अन्टी’ भन्थिन् उनी । जबरजस्ती यौनसम्पर्क गर्नुपर्ने हुथ्यो ग्राहकसँग ।नेपालमा सोझा साझा महिलाहरुलाई राम्रो काम लगाइदिने भन्दै ललाइफुकाइ बेचिँदोरहेछ । भारतसँगको खुल्ला सीमानाले पनि मानव तस्करहरुलाई सजिलो हुने रहेछ महिलालाई वेश्यालयसम्म पुर्याउन ।वेच्न जानेहरुले महिलाहरुलाई रिक्सामा राखेर सीमा पार गराउँदा रहेछन् । निधारमा रातो टिका लगाइदिएर भर्खरै विहे गरेकी आफ्नै श्रीमती जस्तै बनाएर उनीहरु बेच्न लैजाँदा रहेछन्, जुन कुरा मैले एक जना महिलाअधिकारकर्मी पेमेला गुरुङ्गबाट थाहा पाएँ । 

सीमा क्षेत्रमा रहेका प्रहरीहरुले महिलाहरुको मनोविज्ञान बुझ्ने, शंस्कास्पद जोडी लागे अनुसन्धान गर्ने, धेरै महिलासँग यात्रा गरेको पुरुष रहेछ भने सोधपुछ गर्ने भए पनि केहीसम्म बेचबिखन कम हुने उनको भनाई थियो ।तर कतिपय पुलिसहरुले नै तस्करहरुबाट रकम लिँदा रहेछन् र बेचबिखनमा सहजता ल्याइदिएका रहेछन् । यसमा त ठूलै अपराधिहरुको समेत जालो रहेछ ।अधिकारकर्मी रुपा राइका अनुसार वेश्यालयमा एउटा महिला पुर्याइदिए बापत तस्करहरु दुई हजार डलर (नेपाली दुई लाख रुपैयाँको परपर)सम्म पाउँछन् ।
source:http://online-samacharr.blogspot.com/2013/12/blog-post_1912.html