एमाले
नेता महमोद आलमको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका एमालेकै
नेता रामचन्द्र प्यासी कुशवाहासहित तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको
छ ।
बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर प्यासीसहित तीन जनालाई सार्वजनिक गरेको हो ।
आलमको हत्यामा दुई जना सार्प सुटर सहित पाँच जनाको संलग्नता रहेको भन्दै
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले तीन जनालाइ पक्राउ गरि
सार्वजनिक गरेको हो ।
प्रहरीले बारा बन्जरीया ८ घर भएका नेकपा एमालेका पुर्वसभासद एंव राष्ट्रिय
प्रतिनिधि परिषद सदस्य रामचन्द्र प्यासी कुशवाहा, भारत अलिगढ घर भइ हाल
वीरगन्ज ४ मा बस्दै आएका सिभिल इन्जिनियर अतिक खान र भारत रक्सौल ४ घर भएका
भारतीय पत्रकार राजु श्रीवास्तव बर्मालाइ सार्वजनिक गरेको हो ।
अरू दुई जना सुटरहरुको पहिचान भइसकेपनि उनिहरु नेपालबाहिर रहेकाले पक्राउ
गर्न नसकिएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो
सीआइबीका प्रमुख प्रहरी नायब महानिरिक्षक डिआइजी प्रकाश अर्यालले जानकारी
दिए ।
डिआइजी अर्यालले आलमको हत्या योजना ६ महिना पहिलादेखि मुख्य योजनाकार प्यासीले नै बनाएको बताए ।
डिआइजी अर्यालले आलमको हत्याका लागि प्यासीको योजनामा भारतीय तीन जना
सार्प सुटरहरु दुइ महिना पहिले देखि नै वीरगन्जस्थित रानीपोखरी होटलमा बसेर
काठमाण्डौ गएपनि सफल हुन नसकेको बताए ।
आलम हत्याका लागि सुटरहरु काठमाडौसम्म पुगेर प्रयास गरेको डिआइजी अर्यालले
बताए । ‘आलम हत्या योजना दुबईमा बनेको थियो,’ अर्यालले भने ।
आलमको हत्यामा संलग्न सुटरहरुले नै असोज ११ गते काठमाडौको जोरपाटीमा
भारतीय नागरिक महमद समसुल हक माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
आज सार्वजनिक गरिएका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत
बाराबाट म्याद थप गराउने तयारी गरेको छ । कुशवाहालाई प्रहरीले हिजो बाराको
सिमराबाट पक्राउ गरेको थियो ।
कुशवाहा अघिल्लो संविधानसभामा एमालेबाट समानुपातिक तर्फका सभासद थिए ।
यसपल्ट पनि चुनावमा टिकटको अपेक्षा गरेपनि प्रत्यक्ष उम्मेदवारको सूचीमा
नाम नपरेपछि असन्तुष्ट बनेका कुशवाहाले टिकट नपाएको झोंकमा आलमको हत्याको
योजनामा झन् केन्द्रित भएको प्रहरीले जनाएको छ ।
आलमसँग नियमित सम्पर्क रहेको टेलिफोन नम्बर, घटनाको दिन सम्पर्क भएका फोन
नम्बर, सशस्त्र भूमीगत संगठनका दुई जनासँग सम्पर्कमा देखिएको नम्बरका
आधारमा प्रहरीले कुशवाहामाथि अनुसन्धान केन्द्रित गरेको थियो ।
असोज १८ गते बाराको लिपनीमाल ४ चावासोती राईस मिल नजिक आलममाथि गोली प्रहार भएको थियो ।
उपचारका क्रममा ८ दिनपछि काठमाडौ शिक्षण अस्पतालमा निधन भएको थियो ।
प्रहरीले यसअघि आलम हत्यामा अन्तर्राष्ट्रिय आपराधिक समूहको हात रहेको
हुनसक्ने आशंका गरेको थियो।
यसबाहेक तराईमा सशस्त्र गतिविधि सञ्चालन गरेका भूमिगत समूहहरुले
निर्वाचनको विरोध स्वरुप आलममाथि गोली हानेको दावी गरेर विज्ञप्ति लिएका
थिए ।
आजको पत्रकार सम्मेलनमा महम्मुद आलम हत्या अनुसन्धान समितिका सदस्य एवं
मध्यमाञ्चल प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक विज्ञानराज
शर्मा, अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र
खनाल लगायतका सुरक्षा अधिकारीहरुको सहभागीता रहेको थियो ।
- See more at: http://setopati.com/raajneeti/4955/#sthash.tRS1gFpd.dpufकसले गरेको थियो त हत्या? विभिन्न मान्छेले विभिन्न थरिका अनुमान गरिरहे। अनुसन्धानको जिम्मा थियो केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को। अनुसन्धान नतिजाले सबैलाई अचम्म बनाइदियो। हत्याको योजना त एमाले कै नेताले पो बनाएका रहेछन् !
आलमलाई गोली हान्नेको स्केच।
सिआइबीले हत्याको योजनाकारको अभियोगमा पक्राउ परेका नेता हुन्- रामचन्द्र प्यासी कुसवाहा। उनी विघटित संविधान सभामा एमालेका तर्फबाट सभासद् थिए।
त्यसैगरी हत्यामा सहयोग गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्- एक जना सिभिल इन्जिनियर अतिक खान र एक जना भारतीय पत्रकार राजु श्रीवास्तव। गोली हान्नेहरु चाहिँ पक्राउ परेका छैनन्।
कसरी हत्या योजना बनाइयो त ? सिआइबीको अनुसन्धानले यस्तो भन्छ-
घटनाको अन्दाजी ६ महिना अगाडिदेखि महमुद आलमको हत्या गर्ने योजना बनेको र त्यसको लागि रामचन्द्र प्यासी कुसवाहाले भारत रक्सौलका बर्मा भन्ने राजु श्रीवास्तवसँग छलफल गरेको।
विभिन्न समयमा मृतकको घर र अन्य स्थानहरुको सम्बन्धमा सूचना संकलन कार्य भएको।
हत्याको मुख्य योजनाकार दुबईमा बसी आवश्यक समन्वय र निर्देशन दिने काम भएको।
30 August 2013 मा नै आलमको हत्याको लागि भारतबाट ३ जना सुटरहरु रक्सौल हुँदै वीरगंज आएको र वीरगंजको होटल रानीपोखरीको कोठा नं. १०३ मा बसेको।
उपयुक्त समयको अभाव र निज आलम 5-6 September 2013 तिर काठमाडौँ गएको कारण यस ठाउँमा हत्या गर्न सम्भव नभएकोले तत्कालको लागि यहाँको योजना स्थगित गरी 6 September 2013 मा नै २ जना सुटरहरु काठमाडौँतर्फ गएको।
काठमाडौँको जोरपाटीतर्फ बस्ने एक व्यक्ति र आलमको समेत काठमाडौँ मै हत्या गर्ने उद्देश्यले अतिक खान लगायत अन्य ४ जना व्यक्तिहरु काठमाडौँतर्फ गएको।
काठमाडौँमा पनि आलमलाई हत्या गर्ने उपयुक्त वातावरण नभएकोले जोरपाटी घटनापश्चात् भागेर India गएका व्यक्तिहरु आलम बारा आएको जानकारीपश्चात् पक्राउ अतिक खानसँग समेत सम्पर्क गरी पुन: 2 October 2013 मा रक्सौल हुँदै वीरगंज आई घण्टाघर नजिकैको एक गेष्टहाउसमा बसेको।
उम्मेदवारी दर्ताको दिन आलम चढेको बा ५ च ३३२९ नंवरको कालो टाटा सुमो गाडीको जानकारी रामचन्द्र प्यासी कुसवाहाले सुटरहरुलाई गराएको।
घटनाको दिन बिहानैदेखि २ जना व्यक्तिहरु मोटरसाइकलमा आलमको घर नजिकै बसी पिछा गर्दै गएर बिहान अन्दाजी ११:३० बजेको समयमा जिल्ला बारा लिपनिमाल गा.बि.स. वडा नं. १ स्थित पथलैया वीरगंज सडकखण्डमा पर्ने चवासती दाना मिल अगाडिको सडक छेउमा आलमलाई गोली प्रहार गरी मोटरसाईकल चढी वीरगंजतर्फ भागेको।
वीरगंजको होटल एभरेष्ट अगाडि पुगेपछि चढेर गएको मोटरसाइकल त्यत्तिकै छाडी मध्यान्ह अं.१२:३० बजेतिर रक्सौल भारत तर्फ गएको।
soure:http://www.mysansar.com/2013/10/8197/#more-8197
एमाले
नेता महमोद आलमको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका एमालेकै
नेता रामचन्द्र प्यासी कुशवाहासहित तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको
छ ।
बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर प्यासीसहित तीन जनालाई सार्वजनिक गरेको हो ।
- See more at: http://setopati.com/raajneeti/4955/#sthash.tRS1gFpd.dpuf

0 टिप्पणियाँ: