Published by
डील्लीराम भण्डारी"यात्री"
//
// 0
भारतमा
विश्वकै पहिलो बच्चा उद्योग खुल्दैछ । यो उद्योगमा सयौँ गरीब महिलाले काम
गर्नेछन् र उनीहरुको काम धनी महिलाका लागि बच्चा जन्माइदिनु हुनेछ । यो
फ्याक्ट्रीका पेशेवर महिलाले त्यस्ता दम्पतीहरुलाई सन्तानलाभ गरिदिनेछन्
जसले आफैले बच्चा पाउन असमर्थ छन् । त्यस्ता निसन्तान दम्पतीको लोग्नेको
विर्य लिएर त्यसलाई कृत्रिम गर्भाधान मार्फत त्यहाँका महिलाले भाडाकी आमा
भएर बच्चा गर्भमा बोकी जन्माइदिने बताइएको छ ।
करोडौँ रुपैयाँमा
बनाउन लागिएको उक्त निसन्तान क्लिनिकका पेशेवर भाडाका आमा महिलाबाट बच्चा
पाउन चाहनेहरुले एउटा अपार्टमेन्ट नै भाडामा लिनुपर्नेछ र महिलालाई सबै
खानपान र सुविधा दिएर राख्नुपर्नेछ । क्लिनिकमा ती महिलाको डिम्ब र
सम्बन्धित पुरुषको शुक्रकिटबीच टेष्टट्युव विधिमार्फत गर्भाधान गराएर भ्रुण
पाठेघरमा राखिनेछ र ती महिलाले समय पुगेपछि बच्चा जन्माइदिनेछिन् । उक्त
सुविधासम्पन्न बच्चा फ्याक्ट्रीमा भाडाकी आमालाई बस्ने कोठादेखि लिएर
कार्यालय,अस्पताल तथा रेष्टुरेन्ट लगायतका संरचना पनि हुनेछन् ।
यस्तो बच्चा फ्याक्ट्री खोल्ने योजना बनाउने एकजना महिला डाक्टर हुन् ।
उनको नाम नयना पटेल हो । त्यसरी भाडामा बच्चा पाइदिने महिलाले प्रति बच्चा
झण्डै ५ लाख भारु कमाउनेछन् ।
गुजरातको आनन्द सहरमा यस्तो स्वप्निल
परियोजनाका लागि भवन निर्माण भैरहेको छ । पटेलले अहिलेसम्म यस्ता भाडाका
आमाबाट ६ सय जना बच्चा पैदा गरिसकेकी छिन् । यस्तो बच्चाको व्यापार गर्ने
उनको कार्यका कारण उनलाई मार्ने धम्की समेत आउने गरेको बताइन्छ । तर गरीब
भारतीय महिलाले मनग्गे पैसा कमाउने र विशेष गरी पश्चिमा निसन्तान दम्पतीले
सन्तानसुख पाउने आफ्नो यस्तो काम पुण्यको काम भएको उनको ठम्याइ छ ।
source:Hot News Express (हट न्युज एक्सप्रेस)
0 टिप्पणियाँ: