अमेरिकाको डि भी लटरी भिसा भर्ने कसरी?


 
डिपार्टमेन्ट अफ स्टेटले हालसालै प्रकाशित गरेको सूचनाका आधारमा डी. भी भिषा लोटरी-२०१५ लागि तपाईले अक्टुबर १, २०१३ गते देखि नोभेम्बर २, २०१३ को मिति सम्म अर्थात डिपार्टमेन्ट अफ स्टेटले फर्म भर्न आव्हान गरेको मितिले एक महिना भित्र डिपार्टमेन्टकै एकमात्र सम्बन्धित आधिकारिक वेब साईट (डब्लुडब्लुडब्लु. ड़ीवीलाटरी. स्टेट. गव/) मा गएर तपाईले आफ्नो फर्म भर्नु पर्छ । डी. भी भिषा लोटरी को लागि रजिस्ट्रेशन गर्नु पर्दा पेपरको माध्यमद्वारा अर्थात फर्म भरेर हुलाक द्वारा पठाउन मिल्दैन । डी. भी भिषा लोटरी मा रजिस्ट्रेशन गर्ने एउटा मात्र उपाए भनेको बिदुतीय संजाल अर्थात् ड़ीपार्टमेन्ट अफ स्टेटको वेबसाईट (डब्लुडब्लुडब्लु. डीभीलाटरी. स्टेट. गभ/) द्वारा उपलब्ध गरेको अनलाईन को माध्यमद्वारा मात्र हो ।

पाठकवृन्द, अनलाइन रजिस्ट्रेशन गर्दा तपाईले माथि भनेको समय भित्र आफ्नो सहभागिता दर्ता गर्नु पर्छ। नोभेम्बर २, २०१२ भन्दा पछाडी भरेको फर्म ले मान्यता पाउदैन। डिपार्टमेन्ट अफ स्टेटको वेबसाईट (डब्लुडब्लुडब्लु. डीभीलाटरी. स्टेट. गभ/) मा भएको फर्मलाई क्लिक गरेर तपाईले आफ्नो नाम, ठेगाना, सोधेको अन्य सामान्य विवरणहरु भरेर अनलाईन फाईल गर्नु पर्छ । यसको साथ साथै फारम भर्दा चाहिएको हालसालै खिचेको पासपोर्ट साईजको फोटो कम्प्युटरबाट डाउनलोड गरेर फर्मको साथै अपलोड गर्नु पर्छ । यो फाईल गर्ने तरिका अति सामान्य छ । अनलाईन फाईल गरिसके पछी डिपार्टमेन्टले तपाईले भरेको फर्मलाई सराहना गर्दै वेबपेजको स्क्रीनमा नै तपाईलाई इन्ट्री गरेको प्रमाणको रुपमा एउटा नम्बर दिन्छ जुन तपाईले प्रिन्ट गरेर ड़ी. भी. भिसा लोटरी को रिजल्ट नआउदा सम्म सुरक्षित राख्नु पर्छ।

ड़ी. भी. भिषा लोटरी (चिट्ठा) भनेको यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट संचालित र संसार भरिका योग्य देशका योग्य व्यक्तिहरुलाई अमेरिकामा आउन दिने लोटरी (चिट्ठा) प्रोग्राम हो । यो वार्षिक चिट्ठाद्वारा प्रत्येक वर्ष ५० हजार व्यक्तिहरुलाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्न दिने मौका मिल्छ । ड़ी. भी. भिषा लोटरी प्रोग्राम वर्षेनी अमेरिकाको अध्यागमन कानुन ("आइ. यन. ए." दफा २०३.सी.) अन्तर्गत रहेर यु. एस. डिपार्टमेन्ट अफ स्टेटबाट संचालित गरिन्छ । अमेरिकाको "आइ. यन. ए." भन्ने कानुनले संसारभरिबाट अमेरिकामा कम आप्रबासी भएका मुलुकहरुलाई ड़ी. भी. भिषा लोटरी (चिट्ठा) द्वारा स्थायी भिषा उपलब्ध गराउने अनुमति दिन्छ । जस्तै, नेपाल अहिले सम्म ड़ी. भी. भिषा लोटरी प्रोग्रामका लागि योग्य देशको सुचीमा नै पर्छ।

यु. एस. डिपार्टमेन्ट अफ स्टेटले हालसालै प्रकाशित गरेको सूचनाका आधारमा आर्थिक बर्ष २०१५ का लागि संसारभरिका योग्य मुलुकहरुका लागि ५० हजार ड़ी. भी. भिषा उपलब्ध हुनेछ। पाठकवृन्द, ५० हजार भिषाहरु संसारको ६ वटा भौगोलिक क्षेत्रमा बाडिन्छ र प्रत्येक भौगोलिक क्षेत्रमा भएको देशले कुल भिषाहरु अर्थात ५० हजार भिषाको ७ प्रतिशतसम्मको कोटा एक आर्थिक बर्षमा पाउन सक्छ । तसर्थ नेपालको लागि आर्थिक वर्ष २०१५ का लागि गणितीय हिसाब गर्ने हो भने नेपालीहरुले अत्याधिक भिषा पाउन सक्ने संख्या ५० हजारको सात प्रतिशत मात्र हुन जान्छ । तसर्थ, तपाई भाग्यमानी हुनु भो भने तपाई लाइ भिषा लोटरी (चिट्ठा) २०१४ पर्ने सम्भावना हुनेछ।

ड़ी. भी. भिषा लोटरी फाईल गर्दा तपाई बिबाहित हुनु हुन्छ भने आफ्नो श्रीमान/श्रीमती को नाम समाबेश गर्नु पर्छ। गल्ति ले अर्थात जानी जानी तपाई ले आफ्नो श्रीमान/श्रीमती को नाम समाबेश गर्नु भएन भने तपाई को परेको भिषा चिट्ठा पनि बदर हुने र तपाई अयोग्य ठहरिन सक्नु हुन्छ। फर्म भर्दा २१ वर्ष नपुगेका अबिबाहित छोराछोरीहरु लाई समाबेश गर्न सकिन्छ । ड़ी. भी. भिषा लोटरी फारम दर्ता गर्दा एउटा व्यक्ति ले एउटा भन्दा बढी निवेदन फाईल गरको खण्डमा भने सिधै बदर हुन्छ । तपाईले आफु भरे पनि र तपाईको लागि अरुले भरे पनि एउटा भन्दा बढी निवेदन दर्ता गरेको खण्डमा तपाई अयोग्य ठहरिन्छ । लोग्ने र श्रीमतीले प्रत्येकले भने छुट्टा छुट्टै ड़ी. भी. भिषा लोटरी (चिट्ठा) मा सहभागिता गर्न मिल्छ । एउटा को डी भी. परेमा अर्को पनि अमेरिकामा संगै आउँन पाउछ ।

ड़ी. भी. भिषा लोटरी भर्दा तपाईले कम्ति मा पनि अमेरिका को १२-बर्षे हाई स्कूल सरह को हाई स्कूल (नेपाल मा कम्ति मा पनि "एस. एल. सी." प्लस "२ बर्ष को प्लस टु"=अमेरिका को १२-बर्षे हाई स्कूल) को पढाई सम्पन्न गरेको अथवा विगत पाच वर्ष भित्र मान्यता प्राप्त ड़ी. भी. पेशा (हेर्नुस: ओ. नेट. अनलाइन: ) मा पर्ने पेशाहरु मा तपाईसंग २ बर्षको काम गरेको अनुभव छ भने तपाई योग्य हुन सक्नु हुन्छ। तपाईले ड़ी. भी. भिषा लोटरी मा भाग लिदा आफुले फर्म भरेर आफैले फाईल गर्न सक्नु हुन्छ अथवा कसैले तपाईको फर्म भरि दिन सक्छ। ड़ी. भी. भिषा लोटरी प्रोग्राम मा रजिस्टर गर्नको लागि कुनै फी अर्थात् पैसा लाग्दैन । तपाईले वकिल अर्थात् अरु कसैको सहयोग लिने भन्ने कुरा तपाईले डिसीजन गर्ने कुरा हो । तर जसले फर्म भरे पनि रिजल्टमा कुनै फरक पर्दैन । डी भी. भिषा लाटरी (चिट्ठा) कम्प्युटरद्वारा रय्यान्डम् छनौट गरिन्छ ।

डिपार्टमेन्ट अफ स्टेटले प्रकाशित गरेको सूचनाका आधारमा ड़ी. भी. भिषा लोटरी (चिट्ठा) भरेको व्यक्तिले आफु सम्म भएको कन्फरमेशन नम्बर (यदि तपाईसंग नम्बर छैन भने तपाई आफ्नो रिजल्ट हेर्न सक्नु हुन्न) का आधारमा मे १, २०१४ मा डिपार्टमेन्ट अफ स्टेटको वेबसाईटमा गएर आफु छनौट भएको अर्थात् नभएको कुरा हेर्न सकिने छ। त्यो मात्रै एउटा रिजल्ट हेर्ने आधिकारिक सरकारी वेब पेज हो र छनौट भएको व्यक्तिलाई मात्र सोही वेब पेजको सूचना मार्फत कसरी अगाडी जाने, ड़ी. भी. भिषा बारेमा जानकारी लगायत अन्तरवार्ता का प्रक्रियाहरु लाई निर्देसित गरिएको हुन्छ । तपाई लाइ डी. भी भिषा लोटरी रजिस्ट्रेशन र भविष्यको सफलताका लागि हाम्रो अग्रिम शुभकामना।
@npsanjal