नेपालमै पहिलो पटक ब्यबसयिक रुपमा सुरुहुन लागेको अल्मोण्ड खेतिको बारेमा कहाँ कसरी कहिले बाट शुरु हुँदै छ? जानकारीको लागि
पृष्ठभूमिः
आरु बनस्पतीका धेरै प्रजाति मध्ये आलमण्ड पनि एक हो । नेपालमा यसलाई हाडे बदाम, कागजी बदाम वा चिनिया बदाम भनेर चिनिन्छ । १५ सयमिटर भन्दा माथिको–सित्तोष्ण हावापानीमा आलमण्डको खेती गर्न सकिन्छ । नेपालको कुल भू–भागको करिव ३५ प्रतिशत क्षेत्रमा यसको खेती गर्न सकिने सम्भाव्यता अध्ययनबाट देखिएको छ । हाम्रा छिमेकी मुलुक जहा हाम्रो जस्तै भूखण्ड भएका हिन्दकुश उच्च पहाडि क्षेत्र अन्तर्गत रहेको भूभाग जम्मु काश्मिर उपत्यका, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाञ्चलप्रदेश, तथा अफगानिस्तानका मिजार प्रान्त तथा पञ्चसिल उपत्यका र आसपासका क्षेत्रमा यसको व्यापक खेती गरी उत्पादन गरिएको छ । आलमण्ड पनि स्वादिष्ट र टर्रो गरी दुई प्रमुख जातिका हुन्छन् । ती मध्ये हामीले शुरु गर्ने खेती स्वादिष्ट जातिको आलमण्ड हो ।
(ल्वाङघलेल गा.वि.स. वडा नंं ४ कोलेली)
संस्थाको सदस्य कसरी बन्ने ?
यस आलमण्डको व्यवसायिक खेती मर्दी हिमाल कृषी सहकारी संस्था को एउटा परियोजनाको रुपमा संचालन गरिने छ । संस्थाको प्रधान कार्यालय कास्की जिल्लाको ल्वाङघलेल गा.वि.स. वडा नंं ४ कोलेलीमा रहेको छ । यस संस्थाको प्रमुख लगानीकर्ता वा शेयर सदस्यहरुमा मर्दी हिमाल कृषी सहकारी संस्थाका जग्गादाताहरु र न्यूनतम एक लाख बराबरको नगद शेयर खरिद गर्ने नेपाली नागरिकहरु रहने छन् । जग्गादातालाई निजबाट प्राप्त हुने जग्गालाई नै पूँजीकृत गरी सदस्यता दिलाइने छ । शेयर सदस्य बन्न चाहने जग्गादाताहरुले आफ्नो जग्गा सहकारीका नाममा स्वामित्व हस्तान्तरण गर्नु पर्ने छ । यसरी यो सहकारी संस्था परम्परागत वा हाल सञ्चालन भइरहेका अन्य धेरै सहकारी संस्थाहरु भन्दा भिन्न प्रकृतिको हुने छ । (मर्दी हिमाल कृषी सहकारी संस्था @ (Mardi Himal Agriculty Co-operative Ltd. is a registered socio-economic institution with an aim of becoming pioneer commercial farming of almonds (Prunus dulcis) in agro-forestry sector in Nepal.
It establishes own almond orchard in its 50 hectors of land within beautiful (ACAP) forest and panoramic view of majestic Himalayas at the background. Activities such as beekeeping, animal husbandry, cultivation of medicinal and aromatic plants (MAPs), and training on agro-forestry will be carried out taking great care of conservation of bio-diversity of the area.)को अधिक जानकारीको लागि यहाँ क्लिक गर्नु-http://www.orchardalmonds.com/about-us/)
संभावना र प्रोत्साहनः
विदेशी नविनतम प्रविधि, वैज्ञानिक उत्पादन प्रक्रिया र असल जातको बिरुवाको प्रयोगबाट उत्पादकत्वमा वृद्धि गर्न सकिने सम्भावना उत्तिकै छ । थ्रिफेजको विद्युत लाईन, कृषि सडक, लुम्रे सम्मको बाह्रै महिना सञ्चालनहुने यातायात, सञ्चार माध्यमको सुबिधा छ । सो स्थानमा वस्तुको ढुवानी, भण्डारण आवत जावत गर्नमा सुविधा पुग्ने देखिन्छ । स्वदेशको अतिरिक्त विश्वबजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने प्रवल सम्भावना छ । राष्ट्रिय कृषि नीतिका हरेक बुँदाले आलमण्डको व्यवसायीक खेतीलाई प्रोत्साहन दिने देखिन्छ । हामी सरकारको र विदेशी परामर्शदाताहरुको सहयोग लिइ अन्य कार्य सम्पादन गर्न सक्षम रहने छौँ ।
माटोको तयारी गर्दै किसान
अल्मोण्ड्को बिरुवा लगाउदै कृष्ण ,नेत्रलाल अधिकारि साथमा बाबुराम गौतम
कोलेलीका किसान बाबुराम गौतमको बारीमा परिक्षणको लागि रोपिएको अल्मोण्ड्को बिरुवा
पूजी संरचनाः
यस परियोजनाको लागि सहकारी संस्थाको अधिकृत पूँजी ८ करोड ७९ लाखको हुने छ । । एक हजार रोपनी जग्गालाई पूँजीकृत गरिदै छ । प्रति रोपनी औषत ३० हजारका दरले हुन आउने कुल रकम ३ करोड यस संस्थाको अचल सम्पत्ति पूँजीको स्रोत रहने छ । यसको अलावा परियोजना वा संस्थालाई पूर्ण रुपमा सञ्चालन गर्ने शेयर पूँजी जारी गरेर उठाइने छ । व्यक्तिहरुले यसको शेयर खरीद गरी सदस्य बन्न पाउने छन् । विस्तृत परियोजना प्रतिवदेन (DPR) मा यसबारे थप स्पष्ट पारिने छ ।
जोखिम र बीमा ब्यवस्थाः
आलमण्ड खेतीको बिमा गरिने छ र जग्गाधनीहरु नै स्वामित्व कर्ता र उत्पादनको जनशक्ति हुने हुँदा अन्य मानवीय जोखिम न्यून हुने अपेक्षा गरिएको छ । यस प्रस्तावित परियोजनामा विश्वको औषत उत्पादन प्रति हेक्टरको ६ टन मानिन्छ । हामीले अनुमान गरेको ५० प्रतिशत कम अर्थात प्रति हेक्टर ३ टन उत्पादन हुने छ । अनुमानित आयको हिसाबले आलमण्डको उत्पादन परिक्षणकै अवस्था रहेकोले बजारमा हालको थोक मूल्य प्रति के.जी. रु. ८१०।– हुंदाहुंदै हामीले यस्को न्यूनतम मूल्य रु ५००।– राखिएको छ । यस्तो न्यूनतम मूल्यमा प्रति बोट विश्वको औषत उत्पादन ११ के.जी. हुंदाहुंदै हाम्रो परियोजनामा न्यूनतम ५ के.जी. उत्पादन भए पनि सफल हुने देखिन्छ ।
वित्तिय अवस्था र प्रक्षेपणः
आलमण्ड व्यवसायिक खेतिको परियोजनामा विरुवाको अवधि ३० वर्ष मानिएको छ । विरुवा जमीनमा रोपेको ४ बर्ष देखि उत्पादन शुरु हुनेछ । १ हजार रोपनी अर्थात ५० हेक्टरमा ३० हजार विरुवा लगाई यसको खेती गरिनेछ । ५० हेक्टर मध्य ४८ हेक्टरमा विरुवा रोपिनेछ भने २ हेक्टर जमिन गोरेटो बाटो, नर्सरी, भवन, गोदाम इत्यादि कार्यमा प्रयोग गरिने छ । अहिले कुनै अनुदान वा सहयोग रकमको गणना गरिएको छैन । निम्न तालिकामा पहिलो ६ बर्षको वित्तिय विवरण प्रस्तुत गरिएको छ ।
अल्मोण्ड खेतिको बारेमा रेडियो अन्नपूर्ण का संचारकर्मी "आर जु" ले अल्मोण्ड स्टडी ग्रुप का सम्योजक कुशुमकेशब पराजुली सँग गरेको कुराकानी सुन्न को लागि तल क्लिक गर्नुहोस ( गाउ ठाउँ का कुरामा भाग-०१)
अल्मोण्ड खेतिको बारेमा रेडियो अन्नपूर्ण का संचारकर्मी "आर जु" ले अल्मोण्ड स्टडी ग्रुप का सम्योजक कुशुमकेशब पराजुली सँग गरेको कुराकानी सुन्न को लागि तल क्लिक गर्नुहोस ( गाउ ठाउँ का कुरामा भाग-०२)
अल्मोण्ड खेतिको बारेमा रेडियो अन्नपूर्ण का संचारकर्मी "आर जु" ले अल्मोण्ड स्टडी ग्रुप का सम्योजक कुशुमकेशब पराजुली सँग गरेको कुराकानी youtube च्यानलमा हेर्न यहाँ तल क्लिक गर्नुहोस...
संपर्क प्रधान कार्यालय
Lwang Ghalel, VDC,
Ward No. 4, Koleli,
Kaski District, Nepal
Phone No.: 9846583720 (Babu Ram Gautam)
प्रोजेक्ट कार्यालय
Next to Share Market Complex
Harati Store, Third Floor,
Putalisadak-31, Kathmandu, Nepal
Phone No.: 01-4221099
पोखरा क्षेत्रीय कार्यालय
पोखरा क्षेत्रीय कार्यालय
Bhakti Marga, Adarsha Chowk,
New Road-8, Pokhara, Kaski
Phone No. : 061-691893
source:-http://www.orchardalmonds.com/
0 टिप्पणियाँ: