साउने सक्रान्ति र बाल्यकाल-यज्ञ लम्साल

Yahgya lamsal
तिरी, मकरकाचीले रंगीचंगी हात बनाइ
 फुर्‍यौलाका डल्ला मिठा खाने गर्थ्यौ पेटै भरी।
चारै दिशा हुर्‍याएर अगुल्टोले लुतोलाई
 साथीभाइ रमाउथ्यौ आगनमा सधै भरी।
 जुनकीरीको उज्यालोमा झ्याउकिरीको भाकासंगै
भ्यागुताको ट्यार् टुरमा नाच्ने गर्थ्यौ मनै भरी।
चन्द्र लुक्थे बादल भित्र हिमालको साक्षी राखी।
बर्सिरहदा  बर्खे झरी उर्ले खोला रातै भरी।
सुसाउने आन्द्रे खोला, हाडी दह गड्गड गर्ने।
गडगडाउदो सेती गंगा छड्-छड् भन्थिन उसै गरि।

हामी हाम्रो कला तथा संस्कृतिमा सम्भवत बिश्वमै धनी छौ। नेपाली मौलिक चाडपर्बको महत्व घट्दै गर्दा यस्ता महत्वपूर्ण चाडपर्वको अस्तित्व नै गुम हुने त होइन भन्ने यदाकदा भय उत्पन्न हुन्छ। जो जहाँ हुनुहुन्छ यो बिशिस्ट चाड हर्षोल्लासका साथ मनाउनुहोस् ।
संपूर्ण प्रियजन हरुमा साउने सक्रान्ति / कर्कट सक्रान्तिको हार्दिक मंगलमय शुभकामना!

यज्ञ लम्साल
घाचोक कास्की
हाल
कतार