Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

गोर्खाली : गजल


       राम चन्द्र क्षेत्री
     कास्की हाल अफ्गानिस्तान
गोर्खाली

दुस्मन सामु कदावी , झुक्दैन गोर्खाली

कर्तव्यमा अडिग हुन्छ , चुक्दैन गोर्खाली ।।

बन्दुकको गोली भन्दा , पक्का वचनमा


ईतिहाँस साँच्छी छन् , भुक्दैन गोर्खाली ।।

अग्रपङ्तीमा हुन्छ सँधै , छाती खोलेर


लडाईको मैदान देखी , लुक्दैन गोर्खाली ।।

अन्याय र अत्यचारको , बिरुद्धमा लड्छ


काथर झै पछि हट्दै , थुक्दैन गोर्खाली ।।

रणभुमी कर्म बनाई , ईतिहाँस लेखाको


पुर्खाले छाडेको छाप , सुक्दैन गोर्खाली ।।

कक्षबाट खसेको तारा जस्तै जीवन












-बिकाश नेपाली ‘‘अकेला’’
कक्षबाट खसेको तारा जस्तै जीवन

तिम्रो शिक्त कण्ठबाट बगेका बाक्यका धारासँगै
मेरो हृदय-आकाशमा बर्षातको कालो मेघ थुप्रिरहयो!!
एकोहोरिदै गयौ तिमी बाक्यहरुमा भाब-विह्यल बनेर
मेरो आँखा सम्मुख यो सन्सारै एउटा धब्बा बनेर उभिईरहयो!!

कलेजी भिजाउदै लगे तिम्रा कम्पीत एक एक बचनहरुले
रोक्ता रोक्तै परेलीको डील नाघी आँशुको अजस्र धारा झरीरहयो!!
मेरा ति आँशुहरु केबल आँशु बनेर बग्न सकेनन शायद
ति आँशुहरु आजन्मको प्रितीचिन्ह स्वरूप रहिरहयो!!

स्तब्ध बने ओठ अनि निस्तब्ध भयो हृदय एकतमासले
तर निस्तब्धता भित्र हजारौं अनुत्तर प्रश्नहरु उडेर गऐ!!
केलाउदै बसेँ म हरेक प्रश्न अनि त्यसका उत्तरहरु
ब्यर्थैमा ति प्रश्नहरुले एउटा घाउ छाडेर गऐ!!

अहो! बल्लपो मैले परिचय पाएँ आफ्नो हृदय-दुर्बलताको
तब मुटुको फेदमा ठूलो गाँठो परेर आयो!!
अस्पष्टतामा रुमलिएँ म अनि मेरा समस्त भोगहरु
अनि यो आश्रयहीन जीवन कक्षबाट खसेको तारा जस्तै भयो!!

उपहार मेरो बिछोडमा












       बिकाश नेपाली ‘‘अकेला’’ 

उपहार मेरो बिछोडमा
आत्मा साँच्चै दुखी रहेको छ, बाक्य फुट्न गाहो् भएको छ
शब्द आफैमा पुर्ण शब्द छैनन्, मुटु झनै साहो् भएको छ
के गरेर थम्ने उल्झन बिदाईको यो क्षणमा
खै अरू म के भनौं ह्दय-बिधारक यो बिछोडमा

स्वागत अनि बिदाई यो रैछ नियम सन्सारको
थेग्नै पनै रैछ पीडा भाग्यमा लेख्या अनुसारको
हुन्छ हुन्न भेट अब जीन्दगीको कोही मोडमा
खै अरू म के भनौं ह्दय-बिधारक यो बिछोडमा


स्मृतिमा सजाइ राख्नु मेरो माया नमार्नु है
हर निमेशमा सम्झिदिनु फेरी आँशु नझार्नु है
कमजोर पार्छन आँशुहरूले, नरूनु है कोही वेलामा
खै अरू म के भनौं हृदय विधारक यो विछोडमा

शुन्यतामै फेरी लीन होलान, भित्रका यादहरू
सम्हालेर अघि बढ्नु जीन्दगीका वाँधहरू
खै आज म के दिउँ अश्रु-विभोर यो क्षणमा
कविताका यीनै हरफ उपहार मेरो विछोडमा !!!



☻☻खुम्चिएका पाइलाहरु ☻☻    
                                                                                                लेखक :-यात्री भण्डारी 
                                                                                                चैत्र  २४ २०६९ 
बिहानिसगै लम्केका पाइलाहरुले सायद्,
तिम्रो मनको सितलतालाई मरुभुमि बनाउदै थिए !
गन्तब्यले जबरजस्ति चाहानाहरुलाई कुल्चि भन्दै थियो ,
म बिबश थिएँ मुटु माथि पहाड राखेर,
अन्धकारमा आफ्नै बाटो पछ्याउँदै थिएं !!
नजरको दृष्टिले आँशुको पर्दा छिचोल्न नसकेपनि
मनको दृष्टिले मेरा पाइला गनिरहेका थिए होलान !
मुक्तकण्ठका शब्दहरुले पिडको बाँध तोड्न न सकेपनि
शुभयात्राका भाबहरु बिच्छिइरहेका थिए होलान् !!
अनगिन्ति सपनाहरुको माझमा म एक्लो थिइन,
तिम्रा पतिब्रता भाबहरुले पच्छयाई रहेका थिए मलाइ !
सिउदोको सिन्दुरले पछ्याईरहेको थियो मेरा पाईलाहरुलाई,
अबोध मनको डोरिले खिचिरहेको थियो मेरो गोरेटो लाई !!
गन्तब्य र तिम्रो मनको युद्ध अनि ,
गन्तब्यको जित सायद मैले गर्दा नै होला!
नत रबिकिरण बनेर प्रकाश छर्न सके मैले,
नत पुर्णिमाको चन्द्र बनेर सितल दिन सके मैले !!
चकमन्न रातमा तप्केका शितका दुइ थोपा बुँदहरुले
भिजेका डिलहरुमा नत आडेस दिन सके मैले!
धिक्कार छ यि आत्माहरुलाइ जस्ले
आत्मकथा बुझ्न सक्दैनन्,
धिक्कार छ यि मन्हरुलाई जस्ले
मनको ब्यथा बुझ्न सक्दैनन् !
सायद ढुङा भित्रका मनहरु भएरहोला जस्ले
कोमलताको भाषा बुझ्न नसकेको,
सायद् निराक्षर आत्मा भएरहोला तिम्रो
कथाको शब्द बुझ्न नसकेको !!
तिमि धन्य छौ , भावना माथिको
कुल्चाईको पिडामा, हाँसि रहेकि छौ
थाहा छ मलाई पल् गन्दाको पिडा,
किनकि मलाइ पनि त्यस्तै रोगले पिरोल्ने गरेको छ !
तिम्रा क्षितिजमा बिच्छियाउदाको नजरको पिडाले
मलाईपनि आखा पोल्ने गरेको छ !!
त्यै बिहानि फिर्ता आउने दिन,
अनि तिम्रा भिजेका परेलिका डिलहरुमा,
हर्षका आशुले परिक्रमा गर्ने छन,
तिम्रा पिडाले जलेका मनहरुमा,
सितल छाँया बनेर आउने छन!
पर्खाइमा साँचेर राखेका अनगिन्ति,
उपहारहरु साटिने छन !!

♥♥♥♥ मिठो मिलनको प्रतिक्षामा तिम्रो मायामा समर्पित ♥♥♥♥







प्रदेशिको दशैँ

तिज गयो,दशैँ आयो, तिहारपनि आउनेहोला !
गाउँघरमा साथिभाईले देउसि भैलो गाउनेहोला !!
भक्तजनको बाटो हेर्दै होलिन दुर्गा माई !
प्रकृतिनि रुदै होला सम्झि प्रदेशिलाई !!

तिजमा रोए दीदी बहिनि बाबा आमा ऐले !
प्यारी लाईत नरोउ भनि सम्झाको थेँ मैले !!
आउन पाईन यो दशैँमा छुट्टि नमिलेर !
तिहारपनि यही खाडिमा जाने भयो खेर !!

प्रदेशी लाई नत दशैँ नत तिहार आउने !
कस्तो दीनमा बुद्दि पस्यो होला बिदेश धाउने !!
बाबा आमा हेर्दै रोलान जमराको थाली !
अभागि यो प्रदेशिको सँधै नीधार खालि !!

म बिनाको दशैँ तिहार भएपनि फिका !
फोटोमाथि लगाईदिनु जमरा र टिका !!
हजुरहरुकै आशिर्बादले बाँचेको छु ऐले सम्म !
खालि निधार प्रदेशमा बस्नुपर्ने कैले सम्म ????

लेखक:- डील्लिराम भण्डारी "यात्री"
कास्कि ,ल्वाङ घलेल

Email:yatri.kasham@gmail.com