यौनकान्डमा मुछियो काठमाडौंको ओशोधाम

         सेक्स स्क्यान्डलमा फसेका भारतीय गुरु आशाराम र उनको छोरा नारायण साईसँग काठमाडौंको नागाजुर्नमा रहेको आशोधाम समेत विवादमा तानिएको छ ।

आशाराम र उनको छोरा साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको दावीगर्दै जाहेरी दिएका दुई दिदिबहिनीहरुले साईले आफुहरुलाई उनले काठमाडौंको नागार्जुनमा रहेको आशोधाममा लगेको बयान दिएपछी आशोधाम विवादमा तानिएको हो ।
भारतीय टेलिभिजन इन्डिया टिभीले नारायण साईले आफुलाई दुर्ब्यबहार गरेको दावी गर्ने युवतीको अर्न्तवार्ता प्रशारण गरेको थियो । सो अर्न्तवार्तामा ती युवतीले नारायण साईले आफुलाई फकाएर काठमाडौंको आशोधाममा लगेको र उन्मक्त भएर नाचिरहेका युवा–युवती देखाउँदै… युवा–युवतीको उन्मक्त जीवन हेर, कुनै संकोचको कुरै छैन' भनेर उस्काएको बताएकी छिन् ।

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiYyq-d3mWC4YJBoXfltFaT_mAuPtbeNISt-jZH-_Jq_9SBIGdiFRXMaKuuW0wN8m52d-a_Kg0UCZ_mtvrlH19NddECGEC-IXp00Wtvnda2gswlsPRVjt3ahp3VgTMabcybIGO3_dgqIeGe/s1600/osho_meditation_camp.jpg

उनका अनुसार नारायण साईले उनलाई नागार्जुनमा रहेको ओशोधाममा तीन दिनसम्म राखेका थिए। पिडित युवतीको जाहेरी दर्ता भए लगत्तै नारायण साई प्रहरीको सम्पर्कवाट बाहिर छन्। प्रहरी उनको खोजीमा सक्रिय छ । तर, फेला परेको छैन ।
केही दिन अगाडि नारायण साई भारतीय प्रहरीवाट जोगिन नेपाल भागेको र उनी नागार्जुनको आशोधाममा रहेको केही भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् ।
उच्च प्रहरीस्रोतका अनुसार केही दिन अगाडि नेपाल प्रहरीलाई समेत नारायण साई काठमाडौंमा भएको खवर आएको थियो । सोही खवर अनुसार नागार्जुनमा रहेको ओशोधाममा प्रहरीले निगरानी बढाएपनी नारायण साई देखिएनन् ।

पछिल्लो अनुसन्धानमा भने नारायण साई भारतीय भुमिमै रहेको भारतीय प्रहरीलेनै पुष्टी गरेका छन् । आजतकका अनुसार नारायण शाईलाई पक्राउ गर्न दिल्लीको सुरतका विभिन्न आश्रममा छापा मारिरहेको छ । प्रहरीवाट जोगिन नारायण साईले एकै दिनमा १७ वटासम्म सिमकार्ड फेरेका छन् ।

दिल्लीको साथै छाँदवाडा र इन्दौरमा समेत साईको खोजीमा प्रहरी सक्रिय रहेको आजतकले उल्लेख गरेको छ । आशाराम र नारायण साईले आफुहरुसँग अप्राकृतिक सम्बन्ध राखेको र हत्या गर्ने धम्की समेत दिएको दावी गर्दै दुई दीदी बहिनिले सुरत प्रहरीमा जाहेरी दिएपछी नारायण साईको खोजी शुरु भएको थियो ।

पिडित युवतीका अनुसार उनी सन् २००१ देखी सन् २००५ सम्म आशाराम र नारायण साईवाट पटक पटक यौन शोषणमा परेकी थिइन् । आफ्नै आश्रममा एक नावालिगको यौन शोषण गरेको अभियोगमा आशाराम पहिल्यै पक्राउ परिसकेका छन् । यौन प्रकरणमा आशारामकी श्रीमती र छोरी समेत मुछिएका छन् ।

- अपराध डटकमबाट

ढोंगी भारतीय बाबाका ११ किस्सा
हरेक मानिसलाई मुक्ति र मोक्ष दिलाउन सक्छु भन्दै प्रवचन दिने भारतीय आध्यात्मिक गुरु आशाराम यतिवेला थुनामा छन् । आफ्नै साधककी १७ वर्षीया छोरी बलात्कार गरेको आरोप उनलाई लागेको छ । भारतको जोधपुरको एक अदालतले उनलाई १५ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । उनका अनुयायी उनको रिहाइको माग गर्दै आन्दोलन गरिरहेका छन् भने महिला अधिकारकर्मी तथा भारतका मानिस उनलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । प्रस्तुत छ, आशारामका ११ किस्सा :

विवाह गर्दिनँ भनेर भागेका थिए १४ अप्रिल १९४१ मा बेरानी गाउँमा जन्मेका आशारामको खास नाम आशुमल सिरुमलानी हो । सानैदेखि एकोहोरो स्वभावको भएकाले परिवारले उनको बिहे गरिदिने निधो गर्‍यो । विवाहको सबै तयारी पूरा भए पनि आठ दिनअघि उनी घरबाट भागे । पछि करकापमा उनको विवाह भयो । सन् १९६८ मा उनले परिवार छोडेर उत्तर
प्रदेश गए ।
उत्तर प्रदेशको एक आश्रममा उनले ७० दिन ध्यान गरे । त्यसपछि उनले आफूलाई बुद्धत्व प्राप्त भएको भन्दै राजास्थानमा आश्रम खडा गरे । त्यहाँ पनि उनी ध्यानमै बढी समय बिताउने उनको वेबसाइटले दाबी गरेको छ ।

लफडाका शृंखला

लामो समय आशारामबारे खासै समाचार बाहिर आएनन् । उनका समर्थक तथा अनुयायी बिस्तारै बढ्दै गए । उनले दैनिक प्रवचन दिन थाले । सन् २००८ बाट उनीबारे समाचार आउन थाले, तर सबै नकारात्मक ।

सन् २००१ म आशारामको योग वेदान्त समितिलाई सत्संगका लागि ११ दिन प्रयोग गर्न रतलाममा मंगल्य मन्दिर आसपासको क्षेत्र दिइएको थियो । तर, १२ वर्ष बितिसक्दा पनि सात सय करोडभन्दा धेरै पर्ने भनिएको सो जमिन आशारामकै कब्जामा छ ।

त्यस्तै, आशारामलाई सन् २००० मा गुजरात सरकारले नवसारी जिल्लामा १० एकड जमिन दिएको थियो । तर, सो गाउँका मानिसले आशारामले त्यसको वरपर थप ६ एकड जमिन हडपेको आरोप लगाएका छन् ।

आशरामकै आश्रमका एक पूर्वसदस्य राजु चन्डकले पनि पुलिसलाई आशारामले विभिन्न तन्त्र गरेको र महिलामाथि यौन दुव्र्यवहार गरेको देखेको बताएका छन् । राजु चन्डकले आशारामका अन्य गोप्य कुराको खुलासा गरेपछि उनीमाथि सन् २००९ मा गोली हानी हत्या गर्ने प्रयास भएको थियो । सो आक्रमणमा आशारामको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । ५ जुलाइ २००८ मा साबरमती नदीकिनारमा दुई छात्रको शव भेटिएको थियो । ती दुवै आशारामकै आश्रमका विद्यार्थी थिए । उनीहरूको हत्यामा पनि आशारामकै हात रहेको आरोप लगाइएको थियो ।

पहिले रक्सी बेच्थे आशारामका बाबुको कोइला कारखाना थियो । तर, आशाराम सानै हुँदा बाबुको मृत्यु भएको थियो । त्यसैले, उनले आफ्नो जीवन आफैँ चलाउनुपर्ने बाध्यता आयो । आशाराम पहिले चियापसलमा काम गर्थे । सामान्य घरपरिवारमा जन्मेका आशारामले आफ्नो जीवन चलाउन सन् १९६० मा अहमदाबादमा रक्सी पसलमा पनि काम गरे । पछि उनले आफ्नै रक्सी पसल खोले । रक्सी पसलमा काम गर्न थालेपछि उनले केही साथीभाइ बनाएका थिए । तीमध्ये चारजनासँग उनले नयाँ प्रस्ताव गरे । अनि सुरु भयो उनको रक्सी पसल । उनले चार वर्षसम्म चार साझेदारसँग मिलेर मदिरा पसल पनि चलाएका थिए ।

“म नपुंसक हुँ”शक्ति, पद र पैसा प्रयोग गरेर बारम्बार लागेका आरोपबाट उम्केका आशारामले बलात्कारको आरोपबाट छुट्करा नपाउने सोचेर आफूलाई नपुंसक घोषणा गरे । प्रहरीले पक्राउ गरेपछि सोधपुछमा उनले आफू नपुंसक भएको र बलात्कार गर्नै नसक्ने दाबी गरे । उनका छोरा नारायणले पनि उनको कुराको समर्थन गरे । उनका अनुयायीहरूले पनि त्यसलाई स्विकारे । अनुयायीहरूले आशाराम नपुंसक भएको र उनलाई तत्काल छाड्नुपर्ने माग राखे । तर, डाक्टरको सामन्य परीक्षणमै उनी नपुंसक नभएको पुष्टि भयो ।
पहिले त उनले नपुंसकताको परीक्षण गर्नै मानेका थिएनन् । तर, पछि उनले मेरो शरीरलाई जे गर्नुछ, गर भनेर डाक्टरहरूलाई नजिक पर्न दिएका थिए ।

“जेलमा अपवित्र हुन्छु”बलात्कारको आरोप लागेका आशारामलाई अदालतले १४ दिन न्याययिक हिरासतमा राख्न आदेश दियो । तर, उनले अदालतको फैसलापछि पनि आफूलाई जेलमा नराख्न आग्रह गरे । जेलमा राखे आफू अपवित्र हुने भन्दै उनले आफूमाथिको आरोप खण्डन गरेका थिए ।

“चुनाव आउँदै छ, कसैले नभुल्नु” आशारामलाई पक्राउ गर्न प्रहरी र राजस्थनका मुख्यमन्त्रीबीच लामो छलफल भएको थियो । त्यो कुरा आशारामका अनुयायीले उनलाई बताए । त्यसलगत्तै एक प्रवचनमा उनले राजस्थानका नेताहरूलाई धम्की दिए । उनले चुनावको मध्यनजर गर्दै आफ्नो गिरफ्तारीको निर्णय गर्न नेताहरूलाई सुझाएका थिए । उनले भनेका थिए, ‘म राजस्थान सरकारलाई मेरो विषयमा जस्तोसुकै निर्णय गरे पनि आउनै लागेको चुनाव नभुल्न आग्रह गर्छु ।’ उनले आफूलाई फसाउने निर्णय भए चुनावमा ठूलो घाटा हुने चेतावनी दिएका थिए । उनलाई पक्रने निर्णय भए उनका हजारौँ समर्थकको भोटलाई बिर्सन उनले सरकारलाई आग्रह गरेका थिए ।

जेलमा पंखा, कुलर र आरामदायी खाट१४ दिनको न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएपछि आशारामलाई जेल चलान गरियो । पहिले जेलका प्रवक्ताले अन्य कैदीबन्दीसरह उनलाई व्यवहार गरिने बताएका थिए । तर, त्यसो भएन । उनलाई छुट्टै कोठाको व्यवस्था गरिएको छ । कोठामा कुलर र आरामदायी खाट राखिएको छ । उनले यसलाई भगवान्को हातको साहरा भनेका छन् ।

जेलमा साधनालाई सहयोग न्यायिक हिरासतमा रहेका आशारामले एकान्तवासका लागि जेल पनि उत्तम ठाउँ भएको बताएका छन् । उनले जेलमा पनि आफू ध्यान गरिरहेको र यसले आफ्नो साधनालाई झन् सहयोग गरेको बताएका छन् । उनलाई न्यायिक हिरासतमा राखे पनि उनले जेलको खाना खाएका छैनन् । उनको सेवामा उनका समर्थक पनि पुग्छन् । तीनै समर्थकले उनलाई घरबाट खाना लगिदिन्छन् । त्यतिमात्र होइन, आशारामलाई जेलमा नुहाउन गंगाजल पुर्‍याइन्छ । उनले जेलमा रहे पनि आफू साधनामा रहेकाले दैनिक गंगाजल ल्याइदिन आफ्ना समर्थकलाई आग्रह गरेका थिए ।

“जेलबाट निकाल, अफिसर बनाइदिन्छु”न्यायिक हिरासतमा रहेका आशारामले त्यहाँ प्रहरीलाई पैसा र पदको लोभ देखाएका छन् । हिरासतमा मात्र होइन, उनले पक्राउ परेलगत्तै प्रलोभन देखाउन थालेका थिए । उनलाई पक्राउ गर्ने प्रहरी अधिकारीहरूलाई उनले मोटो रकम दिने आश्वासन पनि दिएका थिए । त्यसका साथै उनले आफूलाई छाडिदिने अधिकारीको दुई तह बढाइदिने दाबी गरेका थिए । उनले आध्यात्मिक तरिकाले भए पनि बढुवा गर्ने दाबी गरेको प्रहरी स्रोतले बताएको छ ।

“पत्नी पनि गुरुलाई समर्पण गर्नुपर्छ”आशारामको साबरमती आश्रमको योगवेदान्त सेवा समितिले प्रकाशन गरेको ‘श्री गुरुगीता’ नामक पुस्तकको ३८औँ श्लोकमा भक्तले आफ्नो शरीर, प्राण तथा सबैथोक सद्गुरुलाई अर्पण गर्नुपर्छ भन्ने लेखिएको छ । त्यही श्लोकमा भक्तले आफ्नी श्रीमती पनि सद्गुरुलाई अर्पण गरे मात्र न्याय ठहरिने लेखिएको छ । त्यति मात्र होइन, उनकै आश्रमबाट प्रकाशित अन्य पुस्तकमा पनि ३८औँ श्लोकमा भक्तले श्रीमती गुरुलाई समर्पण गर्नुपर्ने लेखिएको छ ।

करोडौँका मालिक कुनै वेला दुई छाक टार्न धौधौ भएर चियापसल र मदिरा पसलमा काम गरेका आशारामको अहिले करोडौँको सम्पत्ति छ । उनले विश्वभर आफ्ना साधक १५ करोडभन्दा धेरै भएको दाबी गरेका छन् । भारतमा उनका चार सयभन्दा धेरै आश्रम छन्, ५० भन्दा धेरै गुरुकुल छन् । उनको सम्पत्ति १५ करोडभन्दा धेरै भएको अनुमान छ ।

- एजेन्सीको सहयोगमा


सेक्स सम्बन्धमा ओशोको नियममा के छ त?-हिन्दिमा पढौ...

सेक्स का दमन ना करें: ओशो
'हमने सेक्स को सिवाय गाली के आज तक दूसरा कोई सम्मान नहीं दिया। हम तो बात करने में भयभीत होते हैं। हमने तो सेक्स को इस भांति छिपा कर रख दिया है जैसे वह है ही नहीं, जैसे उसका जीवन में कोई स्थान नहीं है। जब कि सच्चाई यह है कि उससे ज्यादा महत्वपूर्ण मनुष्य के जीवन में और कुछ भी नहीं है। लेकिन उसको छिपाया है, उसको दबाया है। दबाने और छिपाने से मनुष्य सेक्स से मुक्त नहीं हो गया, बल्कि मनुष्य और भी बुरी तरह से सेक्स से ग्रसित हो गया। दमन उलटे परिणाम लाया है...।'

सेक्स को समझों : युवकों से मैं कहना चाहता हूँ कि तुम्हारे माँ-बाप तुम्हारे पुरखे, तुम्हारी हजारों साल की पीढ़ियाँ सेक्स से भयभीत रही हैं। तुम भयभीत मत रहना। तुम समझने की कोशिश करना उसे। तुम पहचानने की कोशिश करना। तुम बात करना। तुम सेक्स के संबंध में आधुनिक जो नई खोजें हुई हैं उसको पढ़ना, चर्चा करना और समझने की कोशिश करना कि क्या है सेक्स?

सेक्स का विरोध ना करें : सेक्स थकान लाता है। इसीलिए मैं तुमसे कहता हूँ कि इसकी अवहेलना मत करो, जब तक तुम इसके पागलपन को नहीं जान लेते, तुम इससे छुटकारा नहीं पा सकते। जब तक तुम इसकी व्यर्थता को नहीं पहचान लेते तब तक बदलाव असंभव है।

मैं बिलकुल भी सेक्स विरोधी नहीं हूँ। क्योंकि जो लोग सेक्स का विरोध करेंगे वे काम वासना में फँसे रहेंगे। मैं सेक्स के पक्ष में हूँ क्योंकि यदि तुम सेक्स में गहरे चले गए तो तुम शीघ्र ही इससे मुक्त हो सकते हो। जितनी सजगता से तुम सेक्स में उतरोगे उतनी ही शीघ्रता से तुम इससे मुक्ति भी पा जाओगे। और वह दिन भाग्यशाली होगा जिस दिन तुम सेक्स से पूरी तरह मुक्त हो जाओगे।

धन और सेक्स : धन में शक्ति है, इसलिए धन का प्रयोग कई तरह से किया जा सकता है। धन से सेक्स खरीदा जा सकता है और सदियों से यह होता आ रहा है। राजाओं के पास हजारों पत्नियाँ हुआ करती थीं। बीसवीं सदी में ही केवल तीस-चालीस साल पहले हैदराबाद के निजाम की पाँच सौ पत्नियाँ थीं।

मैं एक ऐसे व्यक्ति को जानता हूँ जिसके पास तीन सौ पैंसठ कारें थीं और एक कार तो सोने की थी। धन में शक्ति है क्योंकि धन से कुछ भी खरीदा जा सकता है। धन और सेक्स में अवश्य संबंध है।

एक बात और समझने जैसी है, जो सेक्स का दमन करता है वह अपनी ऊर्जा धन कमाने में खर्च करने लग जाता है क्योंकि धन सेक्स की जगह ले लेता है। धन ही उसका प्रेम बन जाता है, धन के लोभी को गौर से देखना- सौ रुपए के नोट को ऐसे छूता है जैसे उसकी प्रेमिका हो और जब सोने की तरफ देखता है तो उसकी आँखें कितनी रोमांटिक हो जाती हैं... बड़े-बड़े कवि भी उसके सामने फीके पड़ जाते हैं। धन ही उसकी प्रेमिका होती है। वह धन की पूजा करता है, धन यानी देवी। भारत में धन की पूजा होती है, दीवाली के दिन थाली में रुपए रखकर पूजते हैं। बुद्धिमान लोग भी यह मूर्खता करते देखे गए हैं।

दुख और सेक्स : जहाँ से हमारे सुख दु:खों में रूपांतरित होते हैं, वह सीमा रेखा है जहाँ नीचे दु:ख है, ऊपर सुख है इसलिए दु:खी आदमी सेक्सुअली हो जाता है। बहुत सुखी आदमी नॉन-सेक्सुअल हो जाता है क्योंकि उसके लिए एक ही सुख है। जैसे दरिद्र समाज है, दीन समाज है, दु:खी समाज है, तो वह एकदम बच्चे पैदा करेगा। गरीब आदमी जितने बच्चे पैदा करता है, अमीर आदमी नहीं करता। अमीर आदमी को अकसर बच्चे गोद लेने पड़ते हैं!

उसका कारण है। गरीब आदमी एकदम बच्चे पैदा करता है। उसके पास एक ही सुख है, बाकी सब दु:ख ही ‍दु:ख हैं। इस दु:ख से बचने के लिए एक ही मौका है उसके पास कि वह सेक्स में चला जाए। वह ही उसके लिए एकमात्र सुख का अनुभव है, जो उसे हो सकता है। वह वही है।

सेक्स से बचने का सूत्र : जब भी तुम्हारे मन में कामवासना उठे तो उसमें उतरो। धीरे- धीरे तुम्हारी राह साफ हो जाएगी। जब भी तुम्हें लगे कि कामवासना तुम्हें पकड़ रही है, तब डरो मत शांत होकर बैठ जाओ। जोर से श्वास को बाहर फेंको- उच्छवास। भीतर मत लो श्वास को क्योंकि जैसे ही तुम भीतर गहरी श्वास को लोगे, भीतर जाती श्वास काम-ऊर्जा को नीचे की तरफ धकाती है।

जब तुम्हें कामवासना पकड़े, तब बाहर फेंको श्वास को। नाभि को भीतर खींचो, पेट को भीतर लो और श्वास को फेंको...जितनी फेंक सको फेंको। धीरे-धीरे अभ्यास होने पर तुम संपूर्ण रूप से श्वास को बाहर फेंकने में सफल हो जाओगे।

सेक्स और प्रेम : वास्तविक प्रेमी अंत तक प्रेम करते हैं। अंतिम दिन वे इतनी गहराई से प्रेम करते हैं जितना उन्होंने प्रथम दिन किया होता है; उनका प्रेम कोई उत्तेजना नहीं होता। उत्तेजना तो वासना होती है। तुम सदैव ज्वरग्रस्त नहीं रह सकते। तुम्हें स्थिर और सामान्य होना होता है। वास्तविक प्रेम किसी बुखार की तरह नहीं होता यह तो श्वास जैसा है जो निरंतर चलता रहता है।

प्रेम ही हो जाओ। जब आलिंगन में हो तो आलिंगन हो जाओ, चुंबन हो जाओ। अपने को इस पूरी तरह भूल जाओ कि तुम कह सको कि मैं अब नहीं हूँ, केवल प्रेम है। तब हृदय नहीं धड़कता है, प्रेम ही धड़कता है। तब खून नहीं दौड़ता है, प्रेम ही दौड़ता है। तब आँखें नहीं देखती हैं, प्रेम ही देखता है। तब हाथ छूने को नहीं बढ़ते, प्रेम ही छूने को बढ़ता है। प्रेम बन जाओ और शाश्वत जीवन में प्रवेश करो।

साभार : पथ के प्रदीप, धम्मपद : दि वे ऑफ दि बुद्धा, ओशो उपनिषद, तंत्र सूत्र, रिटर्निंग टु दि सोर्स, एब्सोल्यूट ताओ से संकलित अंश।

सौजन्य : ओशो इंटरनेशनल फाउंडेशन