Showing posts with label हड्ताल. Show all posts
Showing posts with label हड्ताल. Show all posts

खरानीको थुप्रोमा परिणत भएको गाजा (फोटो फिचर)

इजरायली सेना र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको भिडन्त केही मत्थर भएको छ । १२ घण्टे युद्धविराम अवधी सकिएपनि इजरायलले त्यसलाई विस्तार गरेर २४ घण्टा थप गरेको छ । तर पश्चिमी किनारा नियन्त्रणमा राखेको हमासले भने इजरायली सेना नफर्के सम्म युद्धविराम स्वीकार गर्न नसक्ने बताएको छ । २० दिन सम्मको इजरायली सेनाको आक्रमणमा १ हजार ५० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् भने इजरायल तर्फ ४२ सैनिक र ३ सर्वसाधारण मारिएका छन् ।
gaja debris esp

इजरायली सेनाको आक्रमणबाट गाजाका कतिपय बस्तीहरु खरानीमा परिणत भएका छन् । शुक्रबारको पछिल्लो आक्रमणमा वेष्ट ब्याङ्कको नाब्लुस र हेब्रोनमा ८ प्यालेस्टाइनी मारिएको त्यहाँका स्वास्थ्यकर्मीले जनाएका छन् ।
gaja debris
इजरायलले युद्धविरामको अवधी विस्तार भएको घोषणा गरेपनि हमासले भने इजरायलतर्फ ५ वटा रकेट आक्रमण गरेको बताएको छ । यो आक्रमणले २० दिन लामो आक्रमण रोकेर शान्ति प्रक्रिया थाल्ने अन्तर्राष्ट्रिय प्रयासमा असर पर्ने चिन्ता पनि ब्यक्त भैरहेका छन् ।
gaja debris1

gaja debris1

gaja debris1

gaja debris1

gaja debris1

gaja debris1

gaja debris1

gaja debris1

gaja debris1

gaja debris1

gaja debris1

gaja debris1

गाजा भिडन्त रोक्नका लागि प्रयासरत अमेरिकी विदेशमन्त्री जोन केरीले यसै विषयमा शनिबार युरोपेलीसंघका विदेशमन्त्रीहरुसँग भेटवार्ता गरेका थिए ।
source:-nepaliheadlines.com/2014-07-27-05-28-13.html#sthash.3EVaU2bg.dpuf

सामाजिक निरंकुशताको भुमरीमा नन्दप्रसाद–गंगामाया "द्वन्दकालको एक कहालीलाग्दो घटना "

        कनकमणि दीक्षित 


              आज नन्दप्रसाद र गंगामाया अधिकारीको आमरण अनशनको २७० दिन भएको छ। नसाबाट कहिले जाने कहिले नजाने गरी ‘इन्ट्राभिनस्’ स्लाइन लगाएका कारण उहाँहरू जीवित रहनुभएको छ। शरीरका ‘अर्गन’ हरू आजसम्म ठीकै देखिएका छन् तर जीउ भने हाड–छाला मात्रको अवस्थामा पुगेको छ। गंगामायाको अनुरहारमै निरन्तर पीडा झल्कन्छ भने अघिल्ला दिनमा बोल्न र तर्क गर्न नथाक्ने नन्दप्रसाद आगन्तुकलाई टोलाएर मात्र हेर्नुहुन्छ, प्रतिक्रिया बेगर।

तर आजभोलि आगन्तुक पनि त्यत्तिको छैनन्। मुख्यतः ‘संक्रमणकालीन न्याय’ सम्बन्धी राज्यको कर्तुत तथा दम्पतीको अनशन नत्याग्ने निरन्तर अडानको अगाडि भूमिकाहीन बन्न पुगेका कारण अधिकारकर्मीदेखि अन्य हितैषी तथा सरकारी कर्मचारीको वीर अस्पतालको ‘पुरानो आईसीयू’ को शैय्या नं १७ र १८ मा भेट्न आउनेको संख्या झण्डै शून्यमा झरेको छ।
आज आएर अधिकारी दम्पतीको स्याहार, रेखदेख तथा चासोमात्र त्यहाँ खटिएका प्रहरी जवान तथा आइसियूका नर्स र डाक्टरको हातमा पुगेको छ। दम्पतीको प्रसंगसँग परिचित वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले अवकाश पाइसकेका छन् भने संवेदनशील रहेका प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा पनि एक–दुई दिनमा अवकाश लिंदैछन्।

स्वास्थ्य सन्दर्भ
चिकित्सक तथा नर्स टोलीको प्रयासले यतिका दिन सुतेरै बस्दा पनि ‘प्रेसर सोर’ ले दम्पतीलाई दुःख दिएको छैन। तर मुखबाट खाना नछिरेको २७० दिन भइसक्दा जीउमात्र छालाले मोडेको हाडमा परिणत छ। घाँटीको नसाबाट ‘टोटल प्रोटिन न्यूट्रिसन’ दिन सम्भव थियो तर गंगामायाको त्यो प्रसारण गर्ने ‘सेन्टर लाइन’ नली पनि टालिएको छ। नन्दप्रसादको उक्त नली खुला छ तर लिन मानेका छैनन्, नर्सका अनुसार। केही हप्तालाई ‘टिपिएन’ को थैली पनि आउन छाडेको थियो, आपूर्ति गर्ने ‘हनुमान फर्मा’ लाई सरकारले शुरूदेखिको खर्च नदिलाएकाले, तर मिडिया रिपोर्टिङको कारणले हुनुपर्दछ अहिले थैली उपलब्ध छ। नन्दप्रसाद र गंगामायाको अवस्था हेर्दा कुनै पनि बेला शरीरको कुनै अंगको ‘अर्गन फेल्योर’ हुन सक्दछ, चिकित्सक भछन्। यत्तिको लामो समय, दुई–दुई जना आमरण अनशनकर्ता आफ्नो अभियानलाई निरन्तरता दिनुले उहाँहरूको अठोट, आत्मबल तथा मुलुक–समाजको अवस्था दर्शाउँछ।

दम्पतीको अडान
हरेक सरोकारवाला तथा भेट्न जानेलाई यही लाग्दछ कि दम्पतीले यस्तो कठोर अवस्थामा आफ्नो अनशन किन जारी राखेको? खिलराज रेग्मी सरकारको बेला मन्त्रीहरूको विशेष संवेदनशीलता थियो, र यसअघि विभिन्न दलका शीर्षस्थ नेताले भेट्न गएकै हुन् एक–एक गरी, र दम्पतीलाई आफ्नो छोराको हत्याको सन्दर्भमा न्याय दिलाउने कबुलसहित फर्कन्थे। तर ती नेताकै अगुवाइको वर्तमान सरकार दम्पतीसित बिल्कुलै टाढा रहेकोले बदलिएको राजनीतिक माहोल दर्शाउँछ। लोकतान्त्रिक नेताले मंसिरको निर्वाचनपछि दम्पतीको अवहेलना गरेका छन्। उनीहरूको अभियान र अनशनलाई झन्झटको रूपमा लिएका छन्।

मुद्दा उही, तर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय हरेक क्षेत्रबाट अधिकारी दम्पतीको अनशनबारे चासो र सरोकार घटेको छ, तैपनि उहाँहरू आफ्नो अनशन तोड्न मान्नुहुन्न। यसको कारण यति मात्र हुन सक्दछ— मनमस्तिष्कमा ९ वर्ष अगाडि यातना दिई–दिई माओवादीद्वारा चितवनमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको झल्झली सम्झना तथा उनका हत्याराहरूमाथि कारबाहीको चाहना। अरू कुनै कारण हुन सक्दैन यत्तिको पीडा उहाँहरूले सहनुको, न कसैको उक्साहट न न्यायभन्दा अरू कुनै ‘फल’ को प्राप्ति। अनशनको दिन बढ्दै जाँदा उहाँहरूलाई सरकारले केही गर्ला भन्ने विश्वास हरायो र नेपालमा न्याय सम्पादन कति खस्केको रहेछ भन्ने उहाँहरूको अड्कल सावित हुँदै गयो, यसले अनशनलाई निरन्तरता दिने अठोट बढाइदियो, घटाउनुभन्दा।

अधिकारकर्मीको भूमिका
मानवअधिकारकर्मीहरूको नजरमा अधिकारी दम्पतीले आफ्नो छोराको हत्यारालाई कठघरामा देख्ने चाहना राख्नु एकदमै उचित हो, यो त नागरिक दायित्व समेत हो। आफूलाई प्रत्यक्ष पीडा नपरेकाले ‘फर्गिभ एण्ड फर्गेट’ भन्दै सुझाव दिनु सजिलो होला, तर न्यायको खोजी पीडित परिवारको नितान्त निजी अधिकार अन्तर्गत पर्दछ। नन्दप्रसाद र गंगामाया जस्ता धेरै पीडितजन सामाजिक अवहेलना खेप्दै न्यायको लडाइँमा लागिपरेका छन्।

अधिकारकर्मीले ‘डलरखेती’ गर्दै अधिकारी दम्पतीलाई अनशन बस्न उक्साएको भन्ने आरोप तेस्र्याइने गरिन्छ मुख्यतः माओवादी प्रोपोगाण्डा अन्तर्गत। र नेतागणदेखि अलिपरबाट यो प्रसंग नियालिरहेका व्यक्तित्वहरूको अधिकारकर्मीसँग आग्रह हुने गर्दछ, “लौ न अनशन छुटाउन लगाउनु पर्‍यो !” यसले अधिकारी दम्पतीको अडान र अभियानको अपर्याप्त बुझाइ झल्काउँछ र न्यायको खोजीमा लागेका उहाँहरूप्रति असंवेदनशीलता। अधिकारकर्मीहरूले बारम्बार दम्पतीलाई निजी र सार्वजनिक आह्वानद्वारा अनशन तोड्न गरेको पहलप्रति पनि यस्तो अभिव्यक्तिले अन्याय गर्दछ। मानौं, अधिकारकर्मीले वास्तवमा अधिकारी दम्पतीलाई उक्साएकै हो, र ती अधिकारकर्मीले भन्दाखेरी उहाँहरूले अनशन अन्त्य गरिहाल्नुुहुन्छ। अघिल्लो पटक २३ भदौ २०७० बिहान वरिष्ठ सरकारी कर्मचारी तथा अधिकारकर्मीको पहलमा अधिकारी दम्पतीले ४७ दिनमा अनशन तोडेकै हुन्, तर उहाँहरूले कबुल गरिएका बुँदाहरूको सन्दर्भमा सरकारी निष्क्रियताको निन्दा गर्दै कसैसँग सम्पर्क नगरी ८ कात्तिक २०७० मा पुनः दोस्रो पटक अनशन थाल्नुभएको हो।

सरकारी दायित्व
सरकारी पहललाई नजरअन्दाज गर्न मिल्दैन। आफ्नो नागरिकप्रतिको दायित्व निर्वाह गरी गंगामाया–नन्दप्रसादको सुरक्षासहित स्वास्थ्य सम्बन्धी जिम्मा सरकारले लिएकै हो, लिनुपर्ने पनि थियो। माओवादी दबाबमा कतिपय कुरामा सुस्तता हुँदाहुँदै पनि प्रहरीले अनुसन्धान अगाडि बढाएकै हो। सरकारी अनुसन्धानले कृष्णप्रसादलाई चितवन, टाँडीको बकुलर चोकमा हत्या गर्नेमध्ये दुईको द्वन्द्वकालमा मरण भएको र एक उत्तरी आयरल्याण्डमा रहेको पत्ता लगायो। यस्तै सरकारले चितवन जिल्लामा कारबाही पनि अगाडि बढाएकै हो।

अधिकारी दम्पतीको फुजेल गाउँका सम्भवतः हत्यामा संलग्न मतियारलाई समाउन आग्रह थियो भने सरकारी ध्यान वास्तवमा गोली चलाउने माथि केन्द्रित थियो। ‘मतियार’ आरोपितहरूलाई समाती तारेखमा छुटाउने काम भयो जसले दम्पतीलाई रुष्ट तुल्यायो। अधिकारी दम्पतीलाई धेरैचोटि अधिकारकर्मीहरूले सम्झाउन खोजेकै हुन् कि गोली चलाउने पक्राउ परेपछि अरूहरूको पोल खुल्दछ। तर फुजेलमा बस्ने दम्पती भने आफ्ना गाउँका मतियारतर्फ मात्र लक्षित रहनुभयो, चितवनमा हत्या गर्ने ‘शार्पशूटर’ उहाँहरूको लागि अलिपरको कुरा जस्तो देखियो।

माओवादी प्रभाव
सम्पूर्ण द्वन्द्वकालका घटना छानबिन र कारबाहीको सन्दर्भमा सरकार, नागरिक समाज तथा बौद्धिक वर्गलाई माओवादी अडान र अभिव्यक्तिले असर पारेको देखिन्छ। माओवादी दल द्वन्द्वकालका कुनै पनि घटनालाई अनुसन्धान र कारबाहीमा नलग्ने पक्षमा छ।
शान्ति सम्झौतामा द्वन्द्वको क्रममा मारिएका घटनामा छुट दिने भनेको छ भने माओवादी ‘द्वन्द्वकाल’ का हरेक घटनाको मुद्दा फिर्ता वा निष्क्रिय गराउन चाहन्छ। एउटै पनि द्वन्द्वकालका जघन्य अपराधका दोषीमाथि अनुसन्धान र कारबाही भए आफ्नो पार्टी संरचना गल्र्याम्गुर्लुम् भत्कने डर माओवादी नेतृत्वलाई छ। एउटामाथि कारबाही भए उसले सबैको पोल खोलिदिनेछ भन्ने आशंका छ। यसै कारण माओवादीले हर तरिकाले कृष्णप्रसादको हत्याको छानबिन तथा न्यायिक प्रक्रियालाई अवरोध पु¥याउन चाहन्छ, अन्य अभियोगमा जस्तै— डेकेन्द्र थापा, गुरुप्रसाद लुईंटेल, अर्जुनबहादुर लामा, उज्जनकुमार श्रेष्ठ इत्यादिको हत्या सन्दर्भ।

माओवादी सरकार र सत्तामा रहँदासम्म एमाले र कांग्रेसले द्वन्द्वकालका पीडितलाई आफ्नो सहयात्री सम्झेका थिए होलान्। तर जब मंसीर २०७० को निर्वाचनद्वारा यी दुई दल सत्ता सम्हाल्न पुगे, अरू नै कुरा उनीहरूको प्राथमिकतामा पर्‍यो, र पीडितजनलाई चटक्कै बिर्सिदिए। एक त संविधान बनाउने बेलामा माओवादीलाई बखेडा गर्न अवसर नदिनु उचित भन्दै माओवादी क्रियाकलापलाई तर्क र मानवीयताको सिद्धान्तद्वारा सामना गर्नुको साटो पीडितको मुद्दालाई ओझेलमा पार्न एमाले र कांग्रेसको नेतृत्व राजी भए। जुन कारणले सत्य निरुपण आयोगको कानून पीडकमैत्री हुनगयो, त्यसैगरी पीडितको फौजदारी न्याय अन्तर्गत जघन्य अपराध गर्नेलाई कारबाहीको मागको पनि बेवास्ता भयो। यसै बेवास्ताको शिकार फुजेल गाउँका अधिकारी दम्पती पनि पर्न गए। एमाले र कांग्रेसले निर्वाचन जित्नुको एउटा मूल कारण थियो, पीडितहरूको साहसिक क्रियाशीलता जसले माओवादीको वास्तविक क्रूर अवसरवाद र हत्या–हिंसा मोह छरपस्ट पारिदियो, तर पहिलो घडीमै यी दुई विजेता दल पीडितलाई अवहेलना गर्न र छेउ पार्न अग्रसर भए।

नेपाल सेना यो सब सन्दर्भमा चुपचाप देखिए पनि उसको पर्दा पछाडिको अडानले पीडितको अभियानलाई असर पारेको छ। माओवादी ज्यादतीकर्तालाई कारबाही गर्ने भए आफ्नो माझका ज्यादतीकर्तालाई पनि अदालतीय कारबाही हुने हुँदा सेनाले कांग्रेस र एमाले माथि दबाब पारेको छ र यसको प्रत्यक्ष असर अधिकारी दम्पतीलाई परेको छ। माओवादी, सेना, कांग्रेस र एमालेले आफ्नो स्वार्थ हेरे, वीर अस्पतालको पुरानो आईसीयूका अनशनरत दुई ज्यानलाई मृत्युतर्फको यात्राबाट बचाउन आवश्यक ठानेनन्।

छोरा नूरप्रसाद र मातापिताको सत्याग्रह
स्वर्गीय कृष्णप्रसादका दाइ नूरप्रसाद पनि द्वन्द्वपीडित परिवारका सदस्य हुन् मातापिता जस्तै। उनले पनि धेरै भोगे। यसअघि ४७ दिनको अनशन तोडाउन उनले पनि अन्ततोगत्वा सहयोग गरेकै हुन्। तर अधिकारकर्मीहरूले दोस्रो अनशनको दौरानमा जेठा छोरासँग घरी–घरी सहयोग माग्दा उनी “मेरा बुबाआमाले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ” भन्ने अभिव्यक्ति दिंदै पन्छिए। अधिकारकर्मीको विचारमा एउटा छोराले बाबुआमाको सन्दर्भमा पु¥याउनुपर्ने संवेदनशीलता उनले देखाएनन्, जबकि अधिकारकर्मीको भन्दा उनको आह्वान माता र पिताले सुन्ने र अनशन तोड्ने सम्भावना अलिकति भए पनि थियो। तर उनले पहल गरेनन्। अधिकारकर्मीहरूसँगको विभिन्न छलफलमा उनी यत्तिको चर्को बोले कि ‘हामी शान्तिपूर्ण समस्या समाधानमा विश्वास गर्छौं’ भनी सार्वजनिक विज्ञप्ति निकाल्नुपर्ने अवस्था आयो।

नन्दप्रसाद तथा गंगामायाको अनशनलाई सत्याग्रह नै भन्नुपर्छ किनकि उहाँहरूले मात्र कानूनको बाटो रोजेको र अनुसन्धानको माग राखेको हो।

स्व. कृष्णप्रसादकी माता गंगामाया अनशनमा स्वेच्छाले बसेको हो कि होइन भन्ने पनि प्रश्न उठ्न सक्दछ, र नन्दप्रसादलाई यो लेखक लगायतले पनि गंगामायाको अनशन तोडाउन आग्रह गरेका थियौं। नन्दप्रसादले हामीसामु त्यसो गर्न मान्नुभएन, ‘उनको आफ्नो विचार हो’ भन्दै। तर गत केही महीनाको दौरानमा दुईचोटि यो लेखक गंगामायासँग नजिक गई एक्लै कुरा गर्दा उनी राजीखुशी अनशनमा बसेको भान हुन्थ्यो, ‘अब त मरिने भो क्यार, न्याय पाइने भएन। .... न्याय पाएको हामीले शायद माथिबाट हेरौंला अब। .... हरेक चोटि कृष्णप्रसादको याद आउँछ र मुटुमा कीला रोपे जस्तो हुन्छ....’ — यस्तो थियो उहाँको अभिव्यक्ति।

यस लेखकको बुझाइमा नन्दप्रसाद तथा गंगामायाले अनशन आफ्नो ज्यान लिने गरी बस्नुको दुइटा कारण छः १) दिवंगत छोराको याद मानसपटलमा घरी–घरी आउने अथवा ल्याउन सक्ने मानसिक शक्ति। २) न्याय प्रक्रियामाथिको अडान र आस्था।

अधिकारकर्मीहरूले सरकारलाई न्याय प्रक्रिया अगाडि बढाउन धेरै प्रयास गरेको र त्यो कुरा दम्पतीलाई सुनाउँदै अनशन अन्त्य गर्न धेरै पटक आग्रह गरेकै हो, निजी भेटमा र सार्वजनिक आह्वान समेत गर्दै। तर उहाँहरूले स्वीकार्नुभएन। नन्दप्रसाद र गंगामायाले अनशन अन्त्य नगर्नाले धेरैलाई अप्ठेरो र असजिलो भएको त छ, तर दम्पतीको पीडा, एक्लोपन र मनको विह्वलतासामु ती अप्ठेराहरू केही पनि होइनन्।

एक जना होइन, दुई–दुई जनाको यस्तो अठोट र अडानको पनि शायद विश्वमा अन्यत्र धेरै उदाहरण पाइँदैन। यसरी सत्याग्रहमा बस्ने दम्पतीमाथि जसरी अनादर र गालीको वर्षा भएको छ, त्यस्ता विचार र बोलीलाई सहज आत्मसात् गर्न मिल्दैन। जबकि दम्पतीले ज्यान साँच्दै न्यायको लागि लडेको उचित हुने भनी धेरैचोटि उहाँहरूलाई सम्झाइएको छ। यो लेखकको मान्यता पनि उहाँहरू बाँचेर लड्नुपर्छ भन्ने हो, तर राज्य र न्यायप्रणालीमा अविश्वासको कारण म नतमस्तक हुन सक्छु, तर दम्पतीलाई गाली गर्न भने सक्दिनँ।

फुजेल सन्दर्भ
गोरखाको फुजेल गाउँका माओवादी समर्थकहरू अधिकारकर्मीसँग आक्रोशित भएको देखिन्छ, अधिकारी दम्पतीको मुद्दालाई लिएर अगाडि बढेको कारण। उनीहरूले अधिकारी दम्पतीको गाउँमा त्यतिको राम्रो सामाजिक छवि नभएको कुरा अगाडि सार्दछन्, जबकि आमा र बुबाको समस्या १६ वर्षे छोरालाई हत्या गर्न हुने हो होइन उनीहरू आफैंले बुझ्नुपर्ने कुरा हो। फेरि वास्तविक हत्यारालाई नखोजी आफूलाई फन्दामा पारेको भन्ने आरोप पनि उनीहरू लगाउँछन्। त्यसो हो भने वास्तविक हत्यारा खोज्न आफू समर्थक रहेको माओवादी पार्टीको नेतृत्वलाई दबाब दिन उहाँहरूको कर्तव्य हुनुपर्ने हो।

सच्चा अधिकारकर्मीको माग यत्ति मात्र हो कि वास्तविक हत्यारा तथा हत्याका मतियारहरूलाई न्यायको कठघरामा उभ्याइयोस्। जघन्य अपराधलाई आममाफी दिनुहुन्न, र फौजदारी न्याय प्रणाली अन्तर्गत दण्डित हुनुपर्दछ भन्ने मान्यता अन्तर्राष्ट्रिय पनि हो, आम नेपाली नागरिकको मान्यता पनि हो। यो पनि अन्तर्राष्ट्रिय र नेपाली मान्यता हो कि निर्दोष कोही माथि नाजायज कारबाही नहोस् र गलत या पूर्वाग्रही आरोप खप्नु परेकाहरूले सफाइ पाउन्। तर भान यस्तो हुन्छ कि अधिकारी दम्पतीको दुखद् निधन हुन गयो भने सबै मतियार र आरोपितलाई ‘हाइसञ्चो’ हुन्छ। सच्चा नागरिकले हत्याराको खोजीमा सघाउनुपर्ने हो। कसैको ज्यान हरण हुनुहुँदैन, र कृष्णप्रसादको भएको छ।

 
संक्रमणकालीन न्याय
द्वन्द्वपीडित समुदाय र अधिकारकर्मीहरूको विरोधका बाबजूद सत्य निरुपण आयोगको त्रुटिपूर्ण कानून बन्नाले नन्दप्रसाद र गंगामायाको सत्याग्रहलाई ओझेलमा पारिदिएको छ। यो ठूलो त्रासदी हो। ‘हामीले गर्न सक्ने जति गर्‍यौं अब सबै सत्य निरुपण आयोगको हातमा छ’ भन्दै सरकार र दलका नेतृत्व पन्छिन पाएका छन् जबकि जानाजान पीडकमैत्री कानून आफैंले बनाएका छन्। अन्य द्वन्द्वकालका मुद्दा जस्तै नन्दप्रसाद र गंगामायाको अभियान पनि छेउ लागेको छ र यो अझै कठोर छ किनकि विना आश उनीहरूले अनशनलाई निरन्तरता दिएका हुन्। न त सही संक्रमणकालीन न्यायप्रणाली अगाडि बढ्ने देखिन्छ, न त उत्तरी आयरल्याण्डमा रहेका हत्यारा आरोपितलाई चितवन जिल्ला अदालतको आदेश अनुसार नेपाल ल्याउन सक्रिय पहल गरेको देखिन्छ। अब त अधिकारकर्मीले अनशन तोड्नुस् भनेर तर्क गर्ने ठाउँ नै रहेन, यसैले टुलुटुलु उहाँहरूको अवस्था बिग्रेको देख्नुबाहेक अरू गर्न सक्ने केही छैन। आफ्नो ज्यान बचाउन राष्ट्रिय तवरका नेताहरू लस्करै विदेश गइरहेछन् भने द्वन्द्वपीडितका प्रतीक अधिकारी दम्पतीलाई वीर अस्पतालको शैय्यामा विलीन हुन दिइरहेछन्।

सामाजिक निरंकुशता
न्यायको लागि नन्दप्रसाद र गंगामाया अनशनमा बस्दा धेरैलाई असहज लागेको छ। आफ्नो निष्क्रियता या निष्प्रभाविकताको सन्दर्भमा चित्त बुझाउने धेरै बौद्धिक र विचार निर्माणकर्ताहरूले या त दम्पतीलाई नै गाली वर्षाउने गरेका छन् या त अधिकारकर्मीलाई ‘उक्साएको’ भनेर आरोप लगाउने गरेका छन्। जबकि सही बाटो भनेको ज्यादतीकर्तालाई कठघरामा ल्याउन न्यायको आवाजमा आफ्नो बोली मिसाउनु उचित हुनेथियो।

‘नन्दप्रसादले दुई अर्ब मागे’ भन्दै धेरैलाई पैसाको खेल त रहेछ नि भनेर आफूलाई पन्छिन सजिलो भएको छ। तर त्यो त राज्यसत्ताद्वारा नागरिक समाजप्रतिको आक्रोशको रूपमा लगाइएको आरोपको रूपमा लिनुपर्ने हो, छातीमाथि हात राखेर हेर्ने हो भने। तर नन्दप्रसादले दुई अर्ब मागे भनेर हामी एक–एक नागरिकलाई सजिलो बनाइदिएको छ, दम्पतीको अनशनबारे सैद्धान्तिक अडान नबनाउन र नलिनको लागि। ‘ए, यो त पैसाको खेल त रहेछ नि’, भन्दै हामी पन्छिन पायौं। आफ्नो नागरिक दायित्व पूरा नगर्ने, आफ्नो साहसको कमी लुकाउने र अर्कामाथि गाली थुपार्न रुचाउने बढ्दो प्रवृत्तिलाई ‘दुई अर्ब’ प्रसङ्गले सजिलो बनाइदियो— न्याय, अदालतीय कारबाही, माओवादी आचरण र आफ्नो अकर्मण्यताबारे केही भन्नै परेन। कमजोर बन्दै गएका दम्पतीलाई पैसाखोर भन्न पाइयो, जसरी मानवअधिकारको कुरा गर्नेलाई डलर खेताला भनी हियाउन पाइयो।

नागरिक समाजका ‘अगुवा’ भनिनेहरूले नन्दप्रसाद–गंगामायाको न्यायको मागबारे शब्दोच्चारण नगरेकोमा शायद इतिहासले उहाँहरूलाई प्रश्न गर्नेछ। शक्तिको भक्तिमै त सबथोक अडेको हुँदैन। यस्तै दम्पतीलाई ‘कसैले उक्साएको’ भनेर पन्छिन खोज्ने नेपाली कांग्रेस र एमालेका नेता र अन्य विश्लेषकलाई पनि धिक्कार्नुपर्ने हुन्छ, आफ्नो मानवीयता तथा तर्क–क्षमता बिर्सेकोमा।

यो पनि सम्भव छ कि नन्दप्रसाद र गंगामायाको दुखद् निधन हुन गए वर्तमान शिथिल र गैर जवाफदेही राजनीतिक वातावरणमा समाज हल्लिने अवस्था नआउला। तर नेपालको इतिहासले उहाँहरूको सत्याग्रहलाई उच्च सम्मान दिनेछ किनकि यो न्याय प्राप्तिद्वारा समाज रूपान्तरण गर्ने दर्शनमा आधारित छ, हत्याप्रति संवेदनशीलतामा आधारित छ, आफूलाई दुःखदिने तर अरूलाई नदुखाउने अहिंसामा आधारित छ।  

नन्दप्रसाद र गंगामायालाई वीर अस्पतालमा रहेको कुरा बिर्सिन सबैलाई सजिलो भएको छ। आखिर उनीहरूले आफैंलाई हानि गरेका छन्, कसै विरुद्ध हात उठाएका छैनन्, र न्यायप्रणाली अन्तर्गत नै जान कोशिश गरेका छन्। आफूले भनेजस्तो नहुँदा आफैं भष्म हुन तयार छन्।

हरेक तरिकाले हरेक कोणबाट हेर्दा नन्दप्रसाद र गंगामायाको सत्याग्रहको अवहेलना भएको छ, राज्यको बौद्धिक, सरकारी, दलीय तथा नागरिक समाज क्षेत्रबाट। उहाँहरूले प्राण त्याग्नुभयो भने तत्कालै धेरैलाई केही असर नपर्ला, तर इतिहासले हामी सबलाई धिक्कार्ने छ।

एमालेको बाँदरे प्रवृतिले आफु पनि डुब्यो हामीलाई पनि डुबायो, हामीलाई प्राविधिक होइन एमालेले अपराधि बनायो-राम-लक्ष्मण

नेकपा एमालेको नवौ महाधिवेशनले कसैलाई नेतृत्वमा पु¥यो भने कसैले पराजयको पीडा भोगे , अर्को तर्फ भने एमाले महाधिवेशनका लागि भोटिङ मेसिन तयार पर्नेहरुको भने सपनै टुट्यो , उनीहरु यतिबेला ठुलो आर्थिक भारको पीडाले भौतारिरहेका छन । एमाले महाधिवेशनकालागि तयार गरिएको विद्युतिय भोटिङ मसिन निर्माता युवा वैज्ञानिक राम, लक्ष्मण र केबीले यसरी पोखे जयदेशसंवाददाता कृष्ण गिरीसंग पिडा उनीहरुकै शब्दमा तयार पारिएको रिपोर्ट - 

पहिला ४० वटा मसिन राखौला एमाले महाधिवेशनमा भन्ने थियो । तर पछि हामीले ७०वटा जति बनाउनु पर्छ भन्ने भयो । किनकि २ हजार देखि २२ सय प्रतिनिधिले भोट हाल्दा सात आठ घण्टामा सक्ने भन्ने थियो । त्यसै बिच एमालेसंग पनि कुरा अगाडि बढ्यो । उनीहरुलाई 
भोटीङ मसिन
हामीले एड्भान्स माग्यौ ।उनहरुले पनि हुन्छ भने । हामीले उनीहरुसंग बसेर छलफल ग¥यौ । दुई सय जनालाई छान्नु पर्ने रहेछ त्यो पनि पाँच सय बाट । हामीले त्यसको लागि थ्रि डि डिजाइन बनायौ । अन्तिमा उनले भने हामीलाई भोटिङ मसिन १९ गते चाहिन्छ । हामीले पनि त्यो समयमा मसिन बनाएर दिने भयौ । एक मसिनको एक लाख पर्छ । तपाईको महाधिवेशनमा जम्मा जम्मी ७० वटा मसिन चाहिन्छ । ती सबै मसिन तपाइहरुको लागिमात्र बनाउने हो । तपाईहरुले किन्नु होस् पनि भनेका थियौ । तर पछि हामीले नै भन्यौ कि मसिन हामीनै राख्छौ । तपाईहरु हामीलाई भाडा दिनु होला । हामीले यस्तो भन्नुको कारण थियो एमालेको महाधिवेशनमा प्रयोग भएपछि हामीलाई अरुले पनि विश्वास गर्छ । हाम्रो मार्केट बढ्छ । अहिलेलाई घाटा भएपनि पछिलाई फाइदा हेरेर काम गर्न तयार भएका हौ । एमालेको निर्वाचन आयोग र हामी बिच सम्झौता भयो । हामीले दश लाख मागेका थियौ । उनीहरुले पहिलो किस्ता स्वरुप पाँच लाख दिए । हामी पनि ढुक्क थियौ । एमाले जस्तो पार्टीले अर्डर दिदा हामीले निकै जिम्मेवारीका साथ काम ग¥यौ । हामीले मसिन बनाउदै थियौ । केहि मसिन बनी सकेका थिए । एक दिन हामीलाई पार्टी कार्यलयमा बोलाए । हामी दुई मसिन लिएर गयौ । त्यहाँ हामीले मसिनमा भोट हाल्न सिकायौ । झलनाथ खनालले पनि भोट हाल्न सिक्नु भयो । त्यो कुरा पत्रपत्रिकामा पनि आयो । त्यसपछि एमालेका विभिन्न समुहहरु आउने क्रम शुरु भयो , समुहलाई उत्तर दिदा दिदा हैरान भयौं । विभिन्न किसमका मान्छे आउथे मसिनका बारेमा सोध्थे हामी जवाफ दिन्थ्यौ । कोहि पार्टीका हौ भन्दै आउथे । कोहि पार्टीका इन्जिनियर हौ भन्थे । सबैलाई मसिन देखाउथ्यौ । सोधेका प्रश्नको जवाफ दिन्थ्यौ । नेपालमा प्रयोग भइरहेका मसिन पनि कुनै स्टन्र्डड छैनन् हामीले बनाएको मसिन मा दुई ठाँउमा डाटा सेभ हुने बनाएका छौ । भारतबाट ल्याएर निर्वाचन आयोगले प्रयोग गरेको मसिनमा एक ठाँउमात्र डाटा सेभ हुन्छ । एक पटक भोट गनिसके पछि दोबारा त्यहाँ कुनै कुरा हेर्न मिल्दैन ।
एभरेष्ट होटलमा बोलाएर सारै बेइज्जत गरे
२१ गते बानेश्वरको एभरेष्ट होटलमा बोलायो । हामी दुई जना गयौ (राम रिमाल र के बि भण्डारी ) त्यहाँ दस बाह्र जना बसेका थिए । हामी पुग्ने बित्तिकै परिचय माग्यो । हामीले परिय दियौ । उनीहरुले आफ्नो परिचय नै दिएनन् । हामीले तपाईहरुको पनि परिचय दिनु होस् भन्दा बल्ल बल्ल परिचय दिए । त्यहाँ हामीलाई प्रविधि संग भन्दा पनि कसरी तल देखाउने बाहेक अरु केहि काम भएन । केहि समय पछि भीम रावल र माधव नेपाल आउनु भयो । उहाँ दुई जनाले हुन्छ भनेका थिए । उहाँहरु त्यहाँ हुन्जेल माधव नेपालका भाई र उनका पिए मोहन गौतम केहि बोल्नु भएन । नेपाल पन्ध्र मिनेट बसेर जानु भयो र रावल आधा घण्टा । उहाँ दुई जना गएपछि त्यहाँ बसेका दस बाह्र जनाको टोलीका काम भनेको हामीलाई जसरी हुन्छ निच देखाउने । उनीहरुले हामीले लिएर गएको मसिन लाई छुन सम्म छोएनन् । दस मिटर टाढा राखेर मसिनका बारेमा कुरा गरे । त्यहाँ अन्य दुई चार जना ठेट्ना इन्जिनियर लिएर आएका थिए । बाहिर पढेका हौ भन्ने घमण्ड बढी रहेछ । थ्यौरीटीकल कुरा गरेका थिए । प्राइटिकल ज्ञान जिरो रहेछ । पाँच घण्टा पछि बल्ल छोडे । पाँच घण्टा सम्म हामीलाई हिरासतमा राखेको जस्तो व्यवहार गरे । हामी प्राविधिक होइनौ एमालेका अपराधि हौ जस्तो भयो । हामी उनीहरुको हिरासतमा राखिएका छौ । देशको दोस्रो ठूलो पार्टीको कार्यकर्ताको व्यवहार भनेको घटिया रहेछ । अनुशासन भन्ने कुन चराको नाम हो ? उनलाई थाह नै रहेन छ । माधव नेपालका भाई र उनका पिएले नै हो हामीलाई सबै भन्दा अपमान गरे र एमालेको नवौ महाधिवेशनमा भोटीङ मसिनको पै्रयोग हुन दिएनन् ।
नेपालमा स्र्टान्र्डड मापन गर्ने संघसंस्था खोइ त ?
हामीले बनाएका भोटीङ मसिनका बारेमा लास्टमा आएर स्टान्र्डडको कुरा उठाए ।नेपालमा स्टान्र्डड दिने आधिकारीक निकाए खै त देखाई दिउन एमालेका मान्छेहरुले । उनीहरुपनि सत्ता घटक दलका मान्छेहरु हुन् । उनीहरुले भरखर्र उपनिर्वाचनमा प्रयोग गरेको भोटीङ मसिनको स्टान्र्डडता देखाइ दिउन त । चुनौति भयो उहाँहरुलाई । भारतबाट ल्याएको मसिन (VVPAT) voter verified paper audit trail होइन । नेपालीले आफ्नै सिप र प्रविधिमा बनाएको कुराको विरोध मात्र गरेनन् अपमान पनि गरे । हामीले मसिनको प्राविधिक कुरा हेर्न भनेर पुल्चोक इन्जिनियर क्याम्पसलाई,टियूलाई र अरुलाई पत्र पठाएका छौ । पुल्चोक इन्जिनियर क्यम्पसले मसिनको सप्टवेयर ठिक छ भनेर पत्र पठाएको छ । एमालेको बादरे प्रवित्तिले आफुपनि डुब्यो हामीलाई पनि डुबायो , एमाले देशको दोस्रो ठूलो दल मात्र होइन सरकारमा भएको ठूलो घटक पनि हो । त्यसका नेताहरु को प्रवृति देख्दा लाग्यो नेताहरु जनता संग ठिक्कका कुरा गर्ने तर भनेको आफ्ना भाइ भतिजा र पिएको मात्र मान्दा रहेछन् । त्यहि कुरा माधव नेपाल बाट भयो । एमालेले पैसा दिएन भने अदालत जान्छौ हामीले त एमालेको महाधिवेशनको निर्वाचन सम्म गरेपछि सबैमा विश्वास बढ्छ । हामीहरुको पनि बजार बन्छ भनेर फाइदाको कुरै गरेका थिएनौ । तर अहिले मसिन पनि प्रयोग भएन । हामीहरुलाई आर्थिक क्षतिपनि ठूलो भएको छ । एक मसिन बनाउन कम्तीमा एक लाख सकिएको छ । त्यहि हिसाबमा कुरा गर्दा पनि सत्तरी लाख हुन आउछ । हाम्रो अन्य खर्च पनि भएको छ । त्यो सबै जोड्दा लगभग असि लाख खर्च भएको छ । त्यो नेकपा एमालेले दिनु पर्छ ।
r
दिएन भने अदालत जान्छौ। अदालतमा तीन वटा मुद्धा हाल्छौ ।  १. पहिलो हामीलाई आर्थिक क्षति भएको छ ,त्यसको भर्पाइको लागि मुद्धा हाल्छौ ।  २. हाम्रो गुडविलको क्षति भएको छ,त्यसको लागि मुद्धा हाल्छौ  ।  ३. हामीलाई एभरेष्ट होटलमा बोलाएर जुन बेइज्जत गरे त्यसको पनि मुद्धा हाल्छौ ।  पाँच घण्टा सम्म एभरेष्ट होटलमा बसेर एक पटक पनि हाम्रो मसिन छोएनन् । तर रिपोर्ट तिनीहरुले नै बनाए छन् । मसिन नछोएर बनाएको रिपोर्ट हो । हाम्रो मसिनको आठ मेघा बाइट छ । तर उनीहरुले रिपोर्टमा सात मेघा बाइटको छ भनेर भने । सात मेघा बाइट कुनै पनि बेला फेल हुन सक्छ भनेर पत्रकारलाई रघुजी पन्तले भनेको कुरा मिडियामा आयो । यीनीहरुको दिमाग नै अकुपाई रहेछ । नेपाली प्रविधि र प्रतिभा एमालेको गुटबन्दीको सिकार भएको छ । हामी मात्र होइन त्यहाँ हाइटेक बनाउन धरैले काम गरेका थिए । ती सबै अविश्वासको शिकार भएका हुन् । एमाले भनेको कालो पत्थर हो हामी साना भङ्गेरा हौ । हामी उनी संग लडेर भिडेर त लिन सक्दैनौ । हाम्रो अबको बाटो भनेको अदालत हो । समाचार आएको छ एक जना नेताले माफि मागे भनेर तर उनीहरुले माफि माग्न लाएको काम नै गरेका होइनन् । यो त अक्षम अपराध गरेका हुन् । यीनीहरुत आफुबाहेक अरु कसैलाई हेर्दा रहेछन् । यी नेताले त आफुलाई फाइदा हुन्छ भने देशपनि बेच्न समय लगाउदैनन् । एउटा भनाइ छ नपढेको मुर्ख भन्दा पढेको मान्छे बढी मुर्ख हुन्छ । बाई सय भोट गन्न सात दिन लगाए । कार्यकर्ताका बारेमा सोच्ने फुर्सद थिएन । केवल आफु जित्छौ कि जित्दैनौ । हाम्रा तीन वटा मसिन त अहिले पनि एमालेको पार्टी कार्यलय बल्खुमा नै छन् । ती मसिनबाट झलनाथ खनाल देखि अन्य कयौ कार्यकर्ताले भोट हाल्न सिके । मिडिया बोलाए फोटा खिचाए । पत्रपत्रिकामा छपाए । तर अन्त्यमा प्रविधि देखि नै डराए । हामीलाई नत केपि ओली जिताउदा फाइदा थियो । नत माधव नेपाल जिताउदा फाइदा । दुबै एमालेका नेता हुन् । तर आधिको मनमा चिसो पसेको भनेको संसदिय दलको नेताको निर्वाचनमा केपि ओली जिते । कास्कीको जिल्ला अधिवेशनमा पनि ओली प्यानलले जितेका रहेछन् । त्यहि भएर हो जस्तो लाग्छ अर्को पक्षले प्रविधि माथि नै शंका गरेका ।
spurce:-जयदेश

ओलिको गोली र गगन को गहन बोली


gagan-thapa 2

नेपाली कांग्रेसका सभासद् तथा युवा नेता गगन थापाले व्यवस्थापिका संसदको सभामुख र संविधानसभाको अध्यक्ष फरक–फरक हुनुपर्ने बताएका छन् । एउटै व्यक्ति सभामुख र संविधानसभाको अध्यक्ष रहँदा संसदको कामले संविधानसभाको कामलाई प्रभावित गर्ने बताउँदै थापाले सो कुरा बताएका हुन् । रातोपाटीसँग विशेष कुराकानी गर्दै थापाले भने, ‘पहिलो संविधानसभामा विशेष परिस्थितिमा दुई वर्षको अन्तरिमकालका लागि संविधानसभाले नै व्यवस्थापिका संसदको काम गर्ने भनिएको हुँदा त्यस्तो प्रावधान राखिएको थियो । तर हामीले देख्यौं संसदको कामले संविधानसभाको कामलाई पूर्ण रुपमा प्रभावित गर्‍यो । त्यसैले सभामुख छुट्टै र संविधानसभाको अध्यक्ष छुट्टै बनाउनुपर्छ ।’ यसरी छुट्टै व्यक्तिलाई जिम्मेवारी दिँदा संविधानसभामा पक्ष र प्रतिपक्ष भन्ने कुरा पनि नरहने उनको तर्क छ । ‘सरकार बनाउँदा सभामुख भागबण्डा गरे पनि सरकारमा नरहेको दललाई अध्यक्षको जिम्मेवारी दिनुपर्छ । जसले संविधानसभामा पक्ष प्रतिपक्ष भन्ने रहँदैन । यसले सरकारको दिनहुँको कामलाई प्रभावित पनि गर्दैन,’ उनले भने । थापाका अनुसार एक वर्ष भित्र संविधान जारी गर्ने हो भने दलहरुले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताए । पूरानै शैलीमा काम गरेर परिणाम नयाँ खोज्नु चमत्कारमा विश्वास गर्नुजस्तै हो भन्ने धारणा रहेको छ । ‘ हामीले काम गर्ने तरिका नफेरी जस्ताको तस्तै पुरानो शैलीमा काम गरेर परिणाम नयाँ आउँछ भन्यौं भने त्यो जादुमा विश्वास गर्नु जस्तै हुनेछ । यही तरिकाले काम गर्‍यौं भने अघिल्लो पटक जस्तै यसपटक पनि परिणाम असफलता नै हुनेछ ।’ समयमा संविधान लेख्नका लागि दलहरुले एक पछि अर्को काम नगर्दै एकसाथ चार–पाँचवटा काम सँगै लैजानु पर्ने उनको धारणा थियो । उनले भने, ‘हाम्रो कार्यतालिका निकै व्यस्त हुनुपर्छ । त्यसका लागि एकपछि अर्को काम गर्ने भनेर हुँदैन । यसका लागि सँगसँगै चार–पाँच वटा कामहरु सँगसँगै लानुपर्दछ । सरकार र संविधान निर्माणको कामलाई अलग्गै लानुपर्छ ।’ फरक प्रसंगमा थापाले संविधानसभामा बाहिरी हस्तक्षेप कम गर्न दातृ निकाय र अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिने काम पनि बन्द गर्नुपर्ने बताएका छन् । उनका अनुसार दातृ निकायबाट सहयोग लिँदा संविधान लेखनमा हस्तक्षेप हुन्छ । ‘ हामीले बदल्नुपर्ने अर्को काम भनेको बाहिरबाट सहयोग लिने कामलाई बन्द गर्नुपर्छ । यसरी सानो विषयमा सहयोग लिँदा उनीहरुको चाँसो अनुसार काम गर्नु पर्ने हुन्छ,’ उनी भन्छन् । -


सशक्त युवा नेताको रुपमा आम नेपालीबीच परिचित गगन थापा यसपटकको संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद्मा निर्वाचित भएका छन् । स्पष्ट वक्ताका रुपमा पनि चिनिने थापा, दलहरुले एक वर्षभित्र संविधान बनाउने हो भने सबैभन्दा पहिले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने विचार राख्दछन् । संविधानसभामा हरेक विषयलाई छलफल गरेर मात्र अनुमोदन गर्नुपर्ने उनको उडान रहेको छ । तीन महिना बितिसक्दा पनि संविधान लेखनमा प्रगति नभएको र अझै पहिलेकै गल्तीलाई दलहरुले दोहोर्‍याई रहेको सेरोफेरोमा कांग्रेस सभासद् गगन थापासँग गरेको कुराकानीको सम्पादीत अंशः
 संविधानसभाको निर्वाचन भएको तीन महिना बितिसक्दा पनि संविधान निर्माणको विषयमा उल्लेखिय प्रगति हुनसकेको छैन । किन ?
 संविधानसभाको निर्वाचन पश्चात बितेको तीन महिनामा जुन अलमल देखिएको छ, त्यसले पक्कै पनि अनिश्चिताको संकेत गरेको छ । यसरी अलमल हुनुको पछाडि मुख्य तीन कारणहरु रहेका छन् । पहिले त हाम्रो अन्तरिम संविधानमा केही कमजोरी र अस्पष्टता रह्यो जसले यो अन्यौलतालाई थप बढावा दियो । जस्तै सरकार गठन कसरी गर्ने ? कसले बैठक बलाउने ? आदि विषयहरुले अनावश्यक रुपमा उल्झनहरु बढाउने काम गर्‍यो । दोस्रो, केही राजनीतिक कारणहरु पनि रहे । जस्तै एकीकृत नेकपा माओवादीले निर्वाचनको परिणाम अस्वीकार गरेको अवस्था थियो । उसलाई मनाएर संविधान निर्माणको प्रक्रियामा ल्याउन पनि केही समय खर्च भयो । तेस्रो भनेको हाम्रो काम गर्ने शैली नै रह्यो । जुन स्थायी प्रवृति हामीले पहिलो संविधानसभामा देखेका थियौं । अहिले ठ्याक्कै त्यही प्रवृतिको पुनरावृत्ति भएको छ । समानुपातिक सभासद् चयनदेखि लिएर अहिले सरकार गठनको प्रक्रियासम्म हेर्ने हो भने ठ्याक्कै त्यही देखिन्छ । हामीले सरकार निर्माणको प्रक्रियासँगै संविधानसभाको कामलाई सँगै लिएर जान सक्थ्यौं । तर हामीले त्यसो गर्न सकेनौं । हामीमा प्रक्रिया, विधि र विधानमा विश्वस नगर्ने र मौका मिले आफू अनुकुल प्रक्रियालाई मिच्ने प्रवृति रहेको छ । हामी परिणाम चहान्छौं तर त्यो परिणाम हासिल गर्न समयबद्ध तरिकाले काम गर्न चाहँदैनौं र अन्तिम समयमा चमत्कारमा विश्वास गर्छौं । यो चरम भाग्वादी चिन्तन हामीमा हावी छ । त्यही भएर चाहना हुँदा हुँदै पनि हामीले काम गर्न सकिरहेका छैनौं ।
 यसलाई कसरी चिर्ने त ? 
संविधान निर्माण तथा सरकार निर्माणको क्रममा राजनीतिक समस्याहरु आइरहन्छन् । त्यो कुनै नौलो होइन । तर त्यसलाई कसरी हल गर्ने विधि र संयन्त्रको निर्माण गर्न जरुरी छ । यहाँ हामीले सुधार्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको हाम्रो काम गर्ने शैली नै हो । हामीले काम गर्ने तरिका नफेरी जस्ताको तस्तै पुरानो शैलीमा काम गरेर परिणाम नयाँ आउँछ भन्यौं भने त्यो जादुमा विश्वास गर्नु जस्तै हुनेछ । यही तरिकाले काम गर्‍यौं भने अघिल्लो पटक जस्तै यसपटक पनि परिणाम असफलता नै हुनेछ ।
 नयाँ तरिकाले काम गर्ने भनेको कसरी ? 
नयाँ तरिकाले काम कसरी गर्ने भन्ने विषयमा मेरो तीन वटा सोँच रहेको छ । अहिले पहिलो संविधान सभाले गरेको कामलाई के गर्ने विषयमा ठूलो अन्यौलता रहेको छ । हुन न पनि यो नयाँ संविधानसभा हो, पुरानो होइन । यो संविधानसभासँग सार्वभौम अधिकार छ, यसले कुनै विषयलाई लिन पनि सक्छ र नलिन पनि सक्छ । यसमा कुनै सन्देह छैन । तर जति यो कुरा सत्य छ, यो पनि सत्य हो कि यो संविधानसभा शुन्यबाट आएको होइन । यो जनआन्दोनको पृष्ठभूमिमा विभिन्न विद्रोह र आन्दोलनको जगमा आएको पहिलो संविधानसभा असफल भएपछि त्यही संविधानसभाले गर्न नसकेको काम पूरा गर्न आएको हो । त्यसैले यो समस्या हल गर्नका लागि सजिलो विधि भनेको ठूला दलहरुले सामुहिक रुपमा यस संविधानसभामा विघटित संविधानसभामा भएका सहमतिहरु माथि छलफल होस् भन्ने प्रस्ताव लिएर आउने र त्यसमा छलफल गर्ने । यसले के गर्छ भने ती अन्तरवस्तुहरुलाई पुनः एक पटक जनतासँग जोड्छ, नयाँ सभासद्हरु पनि त्यस विषयमा सूचित हुन्छन् र उनीहरुलाई पनि जोड्दछ । यसको साथै जुन दलले यसलाई मान्दैनौं भनेका छन् उनीहरु पनि यस छलफलमा भाग लिन पाउँछन् । यसका लागि दिनको ६–८ घण्टा बसेर भएर पनि १५–२० दिन भाग लिन सकिन्छ र अन्त्यमा यसलाई निर्णयार्थ प्रस्तुत गर्न सकिन्छ । यसरी दलले पक्ष र विपक्षमा मतदान गर्न पाउने छन् । आजको शक्ति सन्तुलनले के देखाउँछ भने सजिलै सँग यो विषय पारित हुन्छ । अब जसले यसको विपक्षमा भोट गरेका छन् उनीहरुले पनि निर्णयलाई मान्नुपर्ने हुन्छ किनभने यो अब यही संविधानसभाको प्रक्रिया बनिसकेको हुन्छ । यसरी नयाँ पूरानो भन्ने अन्तहिन छलफल पनि सकिन्छ । तर यसमा हामीले काम गर्ने तरिका फेर्नुपर्छ । कांग्रेस एमाले र एमाओवादीका नेताहरु भने धेरै समयदेखि यस प्रस्तावलाई ल्याउन खोजिरहनुभएको छ तर त्यो एक दिनमा ल्याएर एकै दिनमा पास गर्ने गरी । तीन महिनासम्म सुत्ने, समयको महत्व नबुझी काम नगर्ने र समय दिनुपर्ने कुरालाई समय नै नदिने र एकै दिनमा छलफल नगरी पास गराउने मुडमा वहाँहरु रहेको देखिन्छ । हामीले यहाँ नै काम गर्ने तरिका फेर्न सकिन्छ । त्यस्तै मैले देखे अनुसार संविधानसभाको अध्यक्ष र सभामुख एकै व्यक्ति हुने जुन संवैधानिक प्रावधान छ त्यसलाई बदल्नुपर्ने देखिन्छ । पहिलो संविधानसभामा विशेष परिस्थितिमा दुई वर्षको अन्तरिमकालका लागि संविधानसभाले नै व्यवस्थापिका संसदको काम गर्ने भनिएको हुँदा त्यस्तो प्रावधान राखिएको थियो । तर हामीले देख्यौं संसदको कामले संविधानसभाको कामलाई पूर्ण रुपमा प्रभावित गर्‍यो । त्यसैले सभामुख छुट्टै र संविधानसभाको अध्यक्ष छुट्टै बनाउनुपर्छ । सभामुख भनेको सरकार बनाउने दलहरु बीच भाग बण्डाको विषयमा पर्ने भयो र संविधानसभाको अध्यक्ष भने छुट्टै हुने भने । यसमा के हुन्छ भने जस्तै कांग्रेस एमालेको सरकार बनेको अवस्थामा एमाओवादीलाई संविधानसभाको अध्यक्षको जिम्मेवारी दिने जसले ऊ पनि संविधान निर्माणको प्रक्रियामा आउने छ । त्यस्तै अन्य दल मिलेमा सरकारमा नरहेको दललाई अध्यक्षको जिम्मेवारी दिनुपर्छ । जसले संविधानसभामा पक्ष प्रतिपक्ष भन्ने रहँदैन । यसले सरकारको दिनहुँको कामलाई प्रभावित पनि गर्दैन । हामीले बदल्नुपर्ने अर्को काम भनेको बाहिरबाट सहयोग लिने कामलाई बन्द गर्नुपर्छ । यसरी सानो विषयमा सहयोग लिँदा उनीहरुको चाँसो अनुसार काम गर्नु पर्ने हुन्छ, यसले हस्तक्षेप बढाउने काम गर्छ । संविधानसभालाई केही चाहेको खण्डमा नेपाल सरकारलाई माग्नुपर्छ । संविधानसभालाई चाहिएको कुरा पु¥याउने जिम्मा नेपाल सरकार हो । हामी सानो नियम बनाउन पनि अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायलाई गुहार्छौं । उदाहरणको लागि हामी एउटा कम्प्युटर बनाउन पनि दातृ निकायलाई भन्छौं । हेर्दा यो सानो देखिए पनि यो विषय विस्तारै संविधानसभाभित्र पस्छ र यसले संविधान बनाउने प्रक्रियामा हस्तक्षेप गर्छ । यसलाई हामीले पहिलो संविधानसभामा राम्ररी अनुभव गरिसकेका छौं । त्यसैगरी हामीले एक वर्षमा संविधान बनाउने भने पछि हाम्रो कार्यतालिका निकै व्यस्त हुनुपर्छ । त्यसका लागि एकपछि अर्को काम गर्ने भनेर हुँदैन । यसका लागि सँगसँगै चार–पाँच वटा कामहरु सँगसँगै लानुपर्दछ । सरकार र संविधान निर्माणको कामलाई अलग्गै लानुपर्छ । जस्तै संविधानसभा भित्र हामीले अहिले सोचेको कुरा भनेको एक महिना भित्र संविधानसभाको नियम बनाउने र त्यस सँगसँगै अन्य अन्तरवस्तुमा छलफल पनि सँगै लैजाने । तर शीर्ष नेताहरु भने नियम अहिले नबनाएर एकै पटक पछि बनाउने भन्दै हुनुहुन्छ जुन गलत छ । त्यस्तै सहमति भएका विषयलाई भाषा मिलाएर ड्राफ्ट गर्दै जाने असहमतिका विषयालाई हल गर्ने कुरा पनि पार्टी गत तहमा छलफल गर्दै जाने । यसरी समानान्तर रुपमा कामलाई अघि बढायौं भने पक्कै पनि समयमा संविधान लेख्न सकिन्छ । 
अहिले पनि समस्या शीर्ष नेताहरुको काम गर्ने शैलीमा नै देखियो । यसलाई परिवर्तन गर्न तपाईंजस्ता युवाहरुको भूमिका के हुन्छ ? केही गरिरहनु भएको छ ?
 हामीले दबाब सिर्जना गर्ने कुरा गर्दा संविधानसभा भित्रैबाट दबाब सिर्जना गर्ने प्रयत्न गर्नुपर्छ । अघिल्लो संविधानसभामा हामीले कि त शीर्ष नेताहरुले काम गर्छ भन्ने विश्वासमा चुप लागेर बस्यौं कि हामीले यस प्रक्रियाबाट बाहिर रहेर दबाब सिर्जना गर्ने प्रयत्न गर्‍यौं । जुन सफल भएन । यस गल्तीबाट हामीले पाठ सिक्नुपर्छ । जस्तै हामीले अहिले संविधानसभाको नियम नबनाई अघि लाने कुरालाई हस्तक्षेप गरिरहेका छौं । त्यस्तै संविधान निर्माण प्रक्रियाबाट बाहिर गएको खण्डमा हामी सामुहिक रुपमा त्यसलाई हस्तक्षेप गरेर पुनः प्रक्रियामा ल्याउने प्रयत्न गर्ने छौं । त्यस्तै हामी दिनको ८ घण्टा काम गरेर भए पनि छलफल गरेर मात्र विषयहरुलाई टुंग्याउने छौं । यसका लागि हामी पार्टी भित्र र संविधानसभा नै दबाब सिर्जना गर्ने छौं । किनभने हामीले एक वर्षमा संविधान बनाउन आएका हौं । त्यही भएर हामीले हाम्रो पूरा शक्ति लगाएर दिन रात भएर पनि यस उद्देश्य पूरा गर्न लाग्ने छौं । 
source:-ratopati.com/2014/02/12/109986.html

"आफ्नै मृत्युको समाचार खण्डन गर्दै हिँडेँ" कृष्णबहादुर महरा, एमाओवादी नेता



जागिरले मलाई खोज्यो
बाल कल्याण मावि लिबाङमा अध्यापन गर्दा २१/२२ वर्षको थिएँ । जब ०३६ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट आइएस्सी उत्तीर्ण गरेँ, रोल्पाका प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीले ‘तपाईं लिबाङ आएर पढाइदिनुपर्‍यो’ भनेर मलाई आग्रह गरे । मैले जागिर खोजेको थिइनँ । तर, जागिरले मलाई खोज्यो । र, म आग्रहलाई स्विकारेर लिबाङमा विज्ञान शिक्षक नियुक्ति भएँ । ०३६ सालदेखि मेरो शिक्षणयात्रा सुरु भयो ।
मेरो तह निमाविको थियो । पढाउनचाहिँ माविमा पढाउँथेँ । त्यस वेला बिएस्सी पास गरेका मान्छे रोल्पामा पाउन असम्भवप्राय: थियो । आइएस्सी गरेका पनि निकै कम थिए । त्यस वेला १० कक्षामा पढ्ने विद्यार्थी र म उस्तै–उस्तै उमेरका थियौँ । साथीजस्तो सम्बन्ध हुन्थ्यो ।

शिक्षण पेसा र राजनीति मेरो सँगसँगै सुरु भएका हुन् । सुरुको दुई/तीन वर्ष त शिक्षणभन्दा राजनीति बढीजस्तो भयो । विद्यार्थीलाई मैले यो संगठनमा लाग भनेर सिकाउँथेँ पनि । अनेरास्ववियुको सदस्यता आफँै काटेर हिँड्थेँ । विज्ञानकोठा अलग्गै थियो । म त्यहाँ बस्थेँ । कतिपय विद्यार्थीलाई त्यहीँ बोलाएर अनेरास्ववियु र नेविसंघबारे सिकाउँथेँ । अन्य शिक्षकले ‘तपाईंले अलि बढी गर्नुभयो । ४ बजेपछि वा १० बजेअगाडि गरे हुन्छ । त्यसबीचमा नगरेहुन्थ्यो’ भन्थे । हुन त विद्यार्थी कालदेखि नै राजनीतिमा आकर्षित थिएँ । ०३४/३५ सालमा नेपालगन्जमा आइएस्सी पढ्दै गर्दा राजनीतिमा आकर्षित भएको हुँ ।

मैले पढाउँदा अहिलेको हाम्रो पार्टीका युवा नेता वर्षमान पुन, नन्दकिशोर पुन, नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द, कुलप्रसाद केसी, जयपुरी घर्ती मेरा विद्यार्थी हुनुहुन्थ्यो । जोखबहादुर महरा, सन्तोष बुढा, सहिद किमबहादुर थापा अरू स्कुलमा पढ्नुहुन्थ्यो । कांग्रेसका रोल्पा जिल्ला सभापति कृष्णबहादर घर्ती, जिल्ला पूर्वसभापति माधव आचार्य, एमालेका अघिल्लो नेतृत्व हरि बस्नेत, राप्रपा नेपालका दलवीर पुनलाई मैले पढाएको हो । अरू थुप्रै पार्टीमा छन्, कोही व्यवसायमा छन् । पञ्चायतविरोधी आन्दोलन थियो । म पनि पञ्चायतविरोधी भएकाले विरोधीको बढी माया लाग्थ्यो । उनीहरूप्रति मेरो सहानुभूति थियो । उनीहरू जुनसुकै पार्टीका समर्थक होऊन् । हाम्रो पार्टीकालाई त राजनीति पनि सिकाएँ ।

शिक्षकबाट संसद्शिक्षक संगठन पनि त्यही वेला सुरु भयो । मैले बाह्य रूपमा शिक्षक संगठनको काम गर्न थालेँ । ०३६ सालदेखि नै आन्तरिक रूपमा कम्युनिस्ट पार्टीमा पनि जोडिएँ । पार्टीको नाम त्यो वेला नेकपामात्रै थियो । १२ वर्षजति त्यहाँ पढाएँ । त्यो बीचमा ०३८ मा जनमतसंग्रह भयो । ०३९ सालमा बिएस्सी पढ्ने मौका पाएँ, महिनामा तीन सय पाउने गरी सरकारी कोटामा । पोखरा पढ्न गएँ । त्यहाँ विद्यार्थी संगठनमा निकै सक्रिय भएँ । बिएस्सी सकाएर फेरि शिक्षक भएँ । त्यस वेला राजनीतिमा उभार कम भएको थियो । त्यसबीचमा पार्टीमा विभाजन पनि आयो । ०३८ सालमा एउटा विभाजन देखियो । एउटा नेकपा चौथो महाधिवेशन र अर्को मशाल भयो । ०४१/४२ तिर मशाल पनि मशाल र मसाल भन्ने भयो । ०४६/४७ को आन्दोलनमा निकै सक्रिय भइयो । मैले ११ वर्ष केही महिना स्थायी शिक्षण गरेँ । ०४८ सालमा संसद्मा उठ्ने भएपछि शिक्षण पेसा छोडेँ ।

०४८ सालको निर्वाचनमा म रोल्पा क्षेत्र–२ बाट निर्वाचित भएँ । निर्वाचन जित्दा ३२ वर्षको थिएँ । जिविस पूर्वसभापति भइसकेका नेपाली कांग्रेसका अमृतबहादुर घर्तीलाई पराजित गरेको थिएँ । क्षेत्र–१ मा हाम्रै पार्टीका बर्मान बुढाले बालाराम घर्तीलाई पराजित गर्नुभयो । पार्टीले नौ सिट जित्यो । हाम्रो पार्टीबाट संसद्मा म सबभन्दा कान्छो थिएँ ।

संसद् भवनमा छिर्दा यो ठूलो ठाउँ हो भन्ने लाग्थ्यो । सैद्धान्तिक रूपमा संसद् भनेको ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने लेनिनको भनाइलाई स्पष्टसँग बुझेका थियौँ । संसद्बाट केही हुँदैन भन्ने थाहा थियो । भण्डाफोर गर्न संसद्मा जाने नीति थियो । त्यहाँभित्र हुने निर्णय हामीले हेर्‍यौँ । हाम्रो सिद्धान्त जे थियो, त्यहाँ हुने क्रियाकलापले त्यो पुष्टि हुँदै गयो । कांग्रेसको बहुमतको सरकार हुँदाहुँदै अन्तरकलह भएपछि तीन वर्षमा मध्यावधि निर्वाचन भयो ।

अनि भूमिगत भएँपार्टीले जनयुद्ध गर्ने निर्णय गर्‍यो । खुला वा भूमिगत काम गर्ने भन्ने निर्णय गर्नुपर्ने भएपछि मैले भूमिगत हुने निर्णय गरेँ । १ फागुन ०५२ देखि जनयुद्ध सुरु हुने निश्चित भयो । म माघमा भूमिगत भएँ । लिबाङबाट माडिचौर हुँदै जंकोट गएँ । पहिलो मेरो आश्रय स्थल जंकोट बन्यो । मैले घरमा पनि आउँदिनँ भनेँ । त्यस वेला हाम्रो युवाशक्ति असाध्यै क्रान्तिकारी र ऊर्जाशील थियो । विद्रोहको झन्डा बोक्न तयार थियो । निर्णयपछि जनयुद्धको घोषणा गर्न आक्रमणका लागि होलेरी छान्यौँ । त्यो वेला रुकुम र रोल्पाको विशेष क्षेत्र बनाइएको थियो । म इन्चार्ज थिएँ । रुकुममा हेमन्तप्रकाश वली र रोल्पा तेजमान घर्ती हुनुहुन्थ्यो । हामी तीनजनालाई पहिलो पुस्ता भने पनि हुन्छ । रोल्पाको डिसिएस प्रतापजी हुनुहुन्थ्यो । होलेरी आक्रमण गर्दा वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा ३५ जना टिम बनायौँ । ओनसरी र तारा घर्ती दुईजना महिला हुुनुहुन्थ्यो । पासाङ सहायक कमान्डर हुनुहुन्थ्यो । हतियारको बन्दोबस्तसहित टोली गयो । म दार्बोटमा बसेँ । उहाँहरू आक्रमण गरेर आउनुभयो । जिल्लाभर मशाल जुलुस, फायरिङ गरेर भव्य रूपमा जनयुद्धको सुरुवात गर्‍यौँ ।

मेरो घर सदरमुकाममै छ । भूमिगत भएर हिँड्ने वेला मेरी ठूली छोरी १५/१६ की थिई । सानो छोरा सात वर्षको थियो । ठूला छोरा र छोरी आठ कक्षामा पढ्थे । सानाले दुई/तीनमा पढ्थे । उनीहरूलाई ‘चम्किलो रातो तारा’ भन्ने किताब पढाउँथेँ । चीनमा जनवादी क्रान्तिको वेला बालबालिकाले दु:ख पाएका, बाबुआमा बाँडिएका कुरा सुनाउँथेँ । प्रगतिशील गीतहरू सुन्थ्यौँ । उनीहरूलाई मैले सबै कुरा भनेको थिएँ । म चम्किलो रातो ताराको एउटा योद्धा हिँडेको जस्तैगरी जान्छु । प्रहरी आउन सक्छ, दमन गर्न सक्छ । उनीहरू सुन्थे । कतिखेर डराएजस्तो गर्थे । कतिखेर ‘ठीक छ तपाईं जानुस् हामी जसरी पनि बस्छौँ’ भनेर ढाडस दिन्थे । म हिँडिसकेपछि प्रहरीले दु:ख दिन थाल्यो । त्यसपछि कोही पनि परिवार घरमा बस्न सकेनन् ।

अर्को साउनमा मेरो पूरै परिवार घरबाट निस्कियो । ठूलो छोरा र छोरी प्रत्यक्ष रूपमा जनयुद्धमा होमिए । अर्को कुनै विकल्प थिएन । साना छोराछोरी लाग्न सक्ने अवस्थाका थिएनन् । उनीहरूलाई दाङमा केही शिक्षक साथीहरूलाई पाल्ने र पढाइदिनुपर्‍यो भनेर अनुरोध गरेँ । मान्नु भयो । मेरी पत्नी पनि त्यतै केटाकेटी हुर्काएर बसिन् । ६/७ कक्षा पढ्ने र १४/१५ वर्ष भएपछि उनीहरू हामी पनि हिँड्छौँ भनेर प्रत्यक्ष युद्धमा हिँडे । त्यसपछि चार छोराछोरी र हामी दुई गरी ६ जना नै प्रत्यक्ष युद्धमा होमियौँ । औपचारिक रूपमा मेरा छोराछोरी आठ कक्षाभन्दा बढी पढेनन् । अहिले आफ्नै मिहिनेतले पढेका छन् ।

रोल्पाको कोर्चाबाङमा पार्टीले घरेलु उद्योग खोलेको थियो । मेरी पत्नी त्यो उद्योगमा काम गर्थिन् । वेला–वेला हाम्रो परिवारको भेट हुन्थ्यो । छोराछोरीको आफ्नै ढंगले बिहे पनि भयो । छोराहरू जनसेनामा थिए । जेठी छोरी जिल्लामै काम गर्थिन् । कान्छी छोरी सांस्कृतिक फाँटमा थिइन् । भेट्दा राजनीतिक कता गइरहेको छ, युद्ध कसले जित्छ, कसरी जितिन्छ आदि विषयमा कुरा हुन्थ्यो । मैले उत्साहित पार्ने गरी कुरा गर्थें । उनीहरू सबै युद्धमा रमाएका थिए । मेरो परिवार कोही पनि युद्धभन्दा बाहिर थिएन । परिवार युद्धमा खुसी थियो । पारिवारिक कुरा पनि गथ्र्याैं । मेरा दुई छोरी र एक छोराको बिहे युद्धमै भयो । म दुवै छोरी र एक छोराको बिहेमा उपस्थित हुन पाइनँ । मेरी पत्नीचाहिँ भइन् । उनीहरूको बिहेको खबर थाहा थियो । मेरो अनुमति थियो ।

आफ्नै मृत्युको समाचार०५४ सालमा एउटा ठूलो घटना घट्यो । म बालबाल बचेँ । सल्यानको कागपानीमा भएको घटना हो । त्यहाँ मेरो अंगरक्षक कमरेडलाई गुमाएँ । उहाँसहित अन्य दुई सहयोगी पनि सहिद हुनुभयो । हामी बिहान नित्यकर्मका लागि निस्किएका थियौँ । त्यही वेला प्रहरीले घर घेरा हाल्यो । म केही साथीसहित बाहिरबाट भाग्न सफल भएँ । प्रहरीले लखेट्यो । म धेरै दौड्न सक्दिन थिएँ । खोल्सीमा लुकेर बाँचे । साथीहरूलाई अलि परसम्म लखेट्यो प्रहरीले । त्यतिखेर मसँग भएको एउटा राइफल, बन्दुक गुम्यो । सल्यानको अर्को घटना पनि भयो । बैठक बसेको ठाउँमै प्रहरीले घेरा हाल्दै छ भन्ने खबर पाएर बच्यौँ ।

जनयुद्धमा मेरोबारेमा विभिन्न प्रचार भए । गाउँ–घरको हल्ला त सामान्य नै हुन्थ्यो । ०५८ सालपछि मलाई थुप्रै ठाउँमा मारिएको हल्ला फिँजियो । दुश्मनले मलाई तीनपटकसम्म मारेको हल्ला फैलाए । अर्घाखाँचीको बाटोमा महराको लास भेटियो पनि भने । भालुबाङको जंगलमा पनि मारियो भने । मैले म मरेको छैन भनेर आफैँ वक्तव्य दिएर खण्डन गरेँ । दुश्मनले हाम्रा र मेरोविरुद्ध अनर्गल प्रचार गर्थे । टाउकोको मूल्य तोकिएको थियो ।

पहिलोचोटि सार्वजनिक०५८ साल भदौमा युद्धविराम गरेर हामी वार्ताका लागि तयार भयौँ । हाम्रो एजेन्डा र देशको शक्ति सन्तुलन अलि फरक ठाउँमा गयो । हामीले सुरु गरेको जनयुद्ध निकै छोटो समयमा सफलतातिर अगाडि बढिरहेको थियो । प्रतिक्रियावादीमाथि निकै ठूलो धावा बोलिरहेका थिए । जनतामा देशभर आक्रर्षण बढिरहेको थियो । मध्यम वर्गीय तप्का पनि आकर्षित भइरहेको थियो । अर्कोतर्फ प्रतिक्रियावादी सत्ताभित्र आतंक फैलिरहेको थियो । यो स्थितिमा संविधानसभाको मूल नारा लिएर अनि अन्तरिम सरकार र गोलमेच सम्मेलनको एजेन्डा लिएर हामी वार्ताका लागि तयार भयौँ । ती एजेन्डा लोकप्रिय पनि थिए ।

म ०४८ सालमा संसद् भइसकेको थिएँ । अरू पार्टीका धेरै नेता पनि मैले चिन्थेँ । त्यतिखेर कांग्रेसको सरकार थियो । एकपटक संसद्मा गइसकेको मान्छे भइसकेकाले मलाई अनुकूल हुनसक्थ्यो । अरू पार्टीका नेतासँग चिनजान पनि थियो । त्यही भएर पार्टीले विश्वास गरेर मलाई वार्ता टोली संयोजक बनाएर पठाएको हुन सक्छ । ०५२ देखि ०५८ सम्म भने अन्य पार्टीका नेतासँग कुनै सम्पर्क भएको थिएन ।

वार्ताका लागि पहिलोपटक काठमाडौं आउँदा म भैरहवाबाट भित्र पसेँ । वार्तामा आउने भएपछि युद्धविराम भइसकेको थियो । काठमाडौंसम्म हामी कुनै जानकारी नदिएरै आयौँ । अग्नि सापकोटा र टोपबहादुर रायमाझी वार्ता टोली सदस्य हुनुहुन्थ्यो । अग्निजी उपत्यकावरिपरि काम गर्नुहुन्थ्यो, टोपबहादुरजी बुटवलआसपास हुनुहुन्थ्यो । म दाङबाट आएको थिएँ । हामी भूमिगत भए पनि मोटरबाटै आएका थियौँ । हाम्रो भेट यहीँ भयो । कीर्तिपुरको पाँगामा सभा गर्‍यौँ । माओवादीको वार्ताटोली सार्वजनिक हुने रे भन्ने प्रचार भयो । सभाबाट सार्वजनिक भयौँ । बसाइ पनि त्यहीँ भयो । दिलीप महर्जनको घरमा बस्थ्यौँ ।

काठमाडौंमा म ०५१ सालसम्म थिएँ । सात वर्षपछि देखिँदा केही अनौठोजस्तो त भयो नै । अरू मान्छेले पनि निकै ठूलो युद्ध लडेर आएको भन्थे । धादिङको लुइटेल बुवा हुनुहुन्छ, केही समयअगाडि हामी धादिङ गएका वेला उहाँले मलाई भन्नुभयो, ‘तैँ होस् महरा † तँलाई देख्न मन लाथ्यो ।’ ९० वर्षको बूढो हुनुहुन्छ । उहाँले ‘यो काठमाडांै आउँदा दायाँबाट हान्छ कि, बायाँबाट हान्छ कि, अगाडिबाट हान्छ कि, पछाडिबाट हान्छ कि भन्ने थियो । अरू त सबै वातावरण बनाइदिएपछि आएका हुन् । सुरुमा आउने मान्छे बहादुर हुन्छ । तँ त बहादुरै होस्’ भन्नुभो ।

हेर्नेहरूको भीडपहिलोपटक सार्वजनिक हुँदा सामान्यतया नौलो अनुभूति हुन्थ्यो । सहरका मान्छेहरू के भन्ठान्थे भने यिनीहरू जंगलमा बसेका हुन् । यिनले खान पनि पाएका छैनन् । रोल्पाका त हामी गाउँघरमा नै बस्थ्यौँ । एक–दुई वर्ष हामी राति हिँड्यौँ । त्यसपछि त खुला रूपमा जनताको बीचमै बस्यौँ । सुरुमा ओडारमा पनि सुत्यौँ । त्यो अनुभूति यहाँका मान्छेलाई सुनाउँदा अचम्म मान्थे । भन्थे, ‘त्यस्तो पनि थियो र ? जनताकै बीचमा हुनुहुन्थ्यो र ?’ हामी जनताकै बीचमा थियौँ भन्ने सुनाउँदा गौरव लाग्थ्यो । कतिपयले माओवादी भन्नेबित्तिकै अर्कै मान्थे । म ट्याक्सीमा हिँड्थेँ । मेरो दाह्री थियो । एकदिन मलाई ट्याक्सीमा देखेर केटाकेटीदेखि बूढापाकासम्मले ऊ माओवादी–माओवादी भने । मलाई हेर्न धरै आए । मलाई हेर्नेहरूको भीड नै लाग्थ्यो ।

एक दिन एउटा उद्योग वाणिज्य महासंघको कार्यक्रममा मलाई अतक्र्रियामा बोलाइयो । विनोदबहादुर श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । उहाँहरूलाई मैले जनावरजस्तो, राक्षसजस्तो खतरनाक कुरा गर्छु होलाजस्तो लागेको रहेछ । तर, मैले राजनीतिक विश्लेषण गरेँ । एकजना महिलाले तपाईंले यस्तो राम्रो कुरा गर्नुहुन्छजस्तो लागेको थिएन । मेरो नातिले माओवादीलाई नछुनु होला है भन्थ्यो । तपाईंलाई भेट्दा धेरै खुसी लाग्यो भनेर हात मिलाउनुभयो । दुई–चार दिनपछिको अर्को भेटमा उहाँले ‘मेरो नातिले त तपाईंले माओवादीसँग हात मिलाउनुभाछ । साबुन पानीले हात धुनुस् भनेर भन्यो’ भन्ने सुनाउनुभयो । सहरका मान्छेमा सायद माओवादी भनेको अर्कै प्राणी हो भन्नेजस्तो थियो । माओवादीबारे केही बुझेकै थिएनन् । बिस्तारै बुझ्दै गए । माओवादी भनेको राजनीतिक शक्ति हो । माओवादी भनेको जनताको शक्ति हो भन्ने कुरा वार्ताका बीचमा सहरका जनतालाई बुझाउन सक्यौँ ।

असफल वार्ता०५८ मा हाम्रो पहिलो वार्ता काठमाडौंको गोदावरीमा भयो । दोस्रो वार्ता बर्दिया ठाकुरद्वारामा र तेस्रो पनि गोदावरीमै भयो । हामीले वार्ताका लागि सहजकर्ताको भूमिका खेल्न पद्मरत्न तुलाधर र दमननाथ ढुंगानालाई रोज्यौँ । तुलाधर पहिले पनि संसद् हुनुहुन्थ्यो । ढुंगाना ०४८ सालमा सभामुख हुनुहुन्थ्यो । उहाँले मलाई राम्रैसँग चिन्नुहुन्थ्यो । पहिले हामीले उहाँहरूसँग आफ्नो उद्देश्यबारे भन्थ्यौँ । उहाँहरूलाई साक्षी लिएर हिँड्थ्यौँ । सरकारी वार्ता टोलीका सदस्य धेरैजसो ०४८ सालका संसद् थिए । चिनेकै अनुहार थिए ।
त्यस वेला हामी एकआपसमा युद्ध लडेर आएका थियौँ । हामीले वार्तामा भेट्दा त्यस वेलाको नेपालको राजनीतिक व्यवस्थाको विरोध गर्‍यौँ । ‘तपाईंहरूको सिस्टम ठीक छैन । हामी त्यसको भण्डाफोर गर्न आएको, सरकार परिवर्तनको जिम्मा जनतालाई दिऔँ । सिस्टम फेरिदिउँ’ भन्यौँ । तपाईंहरू संविधानसभाका लागि तयार हुनुहोस् भन्थ्यौँ । उहाँहरू राज्य व्यवस्था परिवर्तन, राजतन्त्र फाल्ने कुरा गर्दा हच्किनुहुन्थ्यो । अहिले त्यतातिर नजाऔँ, शान्तिप्रक्रियामा आउनुस् भन्नुहुन्थ्यो । अनौपचारिक कुरा पनि हुन्थ्यो । हामीलाई जंगले भन्थे । जंगलमा कसरी खानुहुन्छ ? के खानुहुन्छ ? कसरी बस्नुहुन्छ ? भनेर सोध्थे । हामी जनताका बीचमा बसेका छौँ । जनताले जे दिन्छन् त्यही खान्छाँै भन्थ्यौँ ।
सरकारी वार्ताटोलीले संविधासभा सम्भव छैन भन्ने देखायो । मूल राजनीतिक एजेन्डाप्रति सरकारी टोली नकारात्मक देखियो । केवल अन्तरिम सरकारको कुरा गर्‍यो । सरकारी टोली राजतन्त्रको अन्त्य र संविधानसभाको निर्वाचन सोच्न पनि सकिँदैन भनेर आयो । मलाई शेरबहादुर देउवाले भेटेरै भने, ‘यो राजतन्त्रको अन्त्य र संविधानसभाको विषय हुँदैन । नसक्ने कुरा म कसरी सक्छु ?’ अन्तरिम सरकारमा आउनुस्, मन्त्री हुनुस् भन्थे । हामीले त्यो वेलामा गिरिजालाई भेट्यौँ । उनलाई धेरैजसो श्रीहर्ष कोइरालाको घरमा भेट्थ्यौँ । माधव नेपाल, केपी वली, नारायणमान बिजुक्छे सबैलाई भेट्यौँ । र, कुरा राख्यौँ ।

कुरा नमिल्ने थाहा थियो । तर, वार्ता हुँदैन भनेर फर्किहाल्ने कुरा भएन । त्यसोभन्दा यही थुनिन्छौँ भन्ने हामीलाई थाहा थियो । अन्तिम वार्तामा पुरानै एजेन्डामा कुरा भयो । उनीहरू गम्भीर देखिएनन् । राजनीतिक एजेन्डामा प्रवेश गर्नै चाहेनन् । हाम्रो राजनीतिक एजेन्डा मुख्य थियो । उनीहरू ‘युद्धको व्यवस्थापन गरौँ, राजनीतिक कुरा पछि गरौँला’ भन्ने उधारो कुरा गर्थे । हामीले त्यसपछि वार्ताबाट सम्भावना देखेनौँ । ५ असोजमा काठमाडौंमा भव्य सभा गर्ने योजना बनाएका थियौँ । काठमाडौंमा पाँच लाखको सभा हुन्छ भन्ने भएपछि उनीहरू आतंकित भइहाले । उनीहरूले काठमाडौं कब्जा गर्न लागे भन्ने सोचे । काठमाडौंमा नगर्नुस् भनेर अनुनयविनय गरे । सरकारले प्रतिबन्ध नै लगायो । त्यसपछि हामीले चितवनमा गर्‍यौँ । चितवनमा झन्डै चार लाख मान्छे जुटे । त्यहाँ मैले भाषण गरेँ । त्यहाँबाट आएपछि देउवालाई भेटेँ । उहाँले ‘अहो  यत्ति धेरै मान्छे । चुनावमा आउनुभयो भने देशैभरि जित्नुहुन्छ’ भनेर लोभ्याउन खोज्नुभयो । तेस्रो वार्ता गोदावरीमा सकेपछि अर्को वार्ता कहाँ र कहिले गर्ने भन्ने पछि सल्लाह गरौँला भनेर हामी हिँड्यौँ ।

फेरि भूमिगतहाम्रो संयुक्त जनपरिषद् थियो । रोल्पाको थबाङमा जनमुक्ति सेनाको भेला गर्‍यौँ । जनसत्ताको पनि गर्‍यौँ । त्यसपछि हामी अब वार्ताबाट हुँदैन भन्ने निष्कर्षमा पुगेर अलि अगाडि बढेर जानुपर्छ भन्ने भयो । त्यसपछि उच्चतम् तयारीसाथ घोराही ब्यारेकमाथि आक्रमण गरियो । त्यति वेलासम्म हामी वार्ताटोलीका तीनजना भूमिगत थिएनौँ । आक्रमणपछि हामी पनि भूमिगत भयौँ । घोराही आक्रमण गर्दा म दाङमै थिएँ ।

त्यसपछिका दिनमा राज्यसत्ता, राजनीतिक पार्टी, अन्तर्राष्ट्रिय समुदाय, मिडियासँग नियमित भेट भइरह्यो । दोस्रो वार्ताटोली पाँचजनाको थियो । त्यसको वातावरण बनाउन म र दीनानाथ शर्मा झन्डै एक महिना पहिले काठमाडौं आएर धेरै मान्छेसँग कुरा गर्‍यौँ । युद्धविराम भएको थियो । त्यसपछि बाबुरामजी आउनुभयो । आइसिसी भवनमा पत्रकार सम्मेलन गरेर हामी सार्वजनिक भयौँ । हामीले त्यसमा पाँच महिना बितायौँ । हाम्रो मूल राजनीतिक एजेन्डा संविधानसभा नै थियो । तर, उनीहरूले मानेनन् । वार्ता टोली पनि फेरिए ।

लोकेन्द्रबहादुर चन्दको सरकारका वेला बद्रीप्रसाद मण्डल, रमेशनाथ पाण्डे र नारायणसिंह पुनको वार्ता टोली थियो । पछि सूर्यबहादुर थापा प्रधानमन्त्री भए । त्यसपछि प्रकाशचन्द्र लोहनी र कमल थापा वार्ताटोलीमा थिए । उनीहरूसँग पनि कुरा भयो । त्यस वेला नेपालगन्जमा वार्ता गर्‍यौँ । त्यसपछि दाङको हापुरेमा वार्ता गर्‍यौँ । हापुरेमा वार्ता हुँदै गर्दा रामेछापको डोरम्बामा हाम्रा साथीलाई सशस्त्र प्रहरीले मार्‍यो । त्यो घटनापछि राज्य वार्ताप्रति सकारात्मक छैन भन्ने भयो । त्यसपछि ब्रेक गरेर फर्कियौँ ।

तेस्रोपटकको वार्ताका वेला धेरै कुरा गरिसकेका थियौँ । अनमिनसँग, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रसँग पनि कुरा कुरा गरेका थियौँ । ०६० देखि ०६५ सालसम्म त मेरो काम वार्ता गर्ने नै भयो । दोस्रो वार्ता कालमा वार्ताटोलीको प्रवक्ता भएँ, भूमिगत रूपमा पार्टीको प्रवक्ता पनि भएँ । प्रवक्ताकै रूपमा कुरा गर्नुपर्ने भयो । प्राय: वार्ता भइरहन्थ्यो । धेरैजसो मान्छेसँग वार्ता भइरहन्थ्यो । त्यसकारणले सकारात्मक वातावरण बनेको थियो ।

गिरिजाप्रसाद कोइराला, कृष्ण सिटौलासँग भारतमा भेटेका थियौँ । एमालेका नेतासँग पनि भेटेका थियौँ । धेरैपटक भेटघाट भयो । अनौपचारिक वातावरण बनेको थियो । बाह्रबुँदे समझदारी पनि गोप्य रूपमै भएको थियो । त्यो समझदारीपछि जनआन्दोनल भयो । जनआन्दोलनले एउटा रूप लियो । राजा संसद् पुनस्र्थापनातिर गए । हामी संसद् पुनस्र्थापना हुनुपर्छ भन्नेमा थिएनौँ । पुनस्र्थापना भएपछि हामीलाई वार्तामा बोलाइयो । हामी वार्तामा आयौँ । त्यस वेला सुरुमा म आएको थिएँ । देव गुरुङ, दीनानाथ जी र म आएका थियौँ । हामीले एक महिना वातावरण बनायौँ । त्यसपछि अध्यक्ष प्रचण्ड, बाबुरामजीहरू आउनुभयो र वार्ता घनीभूत रूपले अगाडि बढ्यो । त्यसपछि अलिकति मूर्त रूप लिन थाल्यो । ०५८ सालको एजेन्डाले ०६३ मा मूर्त रूप लिन थाल्यो । संविधानसभामा जाने एजेन्डामा सहमति जुट्यो । र, वार्ता सफल भयो । यसबीचमा हामीले गरेका ठुल्ठूला हमलाले उनीहरूलाई पनि बाध्य बनायो । उनीहरूले जित्ने स्थिति थिएन । एउटा सम्झौताको बाटो खोज्नैपर्ने थियो । संविधानसभामा जाने तयार हुनु नै वार्ताको निष्कर्ष र सफलता हो ।

प्रस्तुति : मनोज घर्तीमगर
source:http://nayapatrika.com/index.php?option=com_content&view=article&id=14103%3A2014-01-02-03-46-13&catid=39%3A2011-07-03-13-23-23&Itemid=55

गुरु भन्या गोरु हैनन्, वाहियात बन्द नगर्नु होला

शिक्षकहरुले आइतबारदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल भन्दै देशभरका लाखौँ विद्यार्थीको पढ्न पाउने अधिकार खोसे। कक्षा ८ को जिल्ला स्तरीय परीक्षा रोकिए। अबोध विद्यार्थीहरुलाई थाहा पनि थिएन, किन स्कूल बन्द भए। देशभित्रका अभिभावकहरु मात्र हैन, कास्कीको ल्वाङ्गघलेल गाबिस घर भई हाल कतारमा रहेका डिल्लीराम भण्डारीलाईसमेत यस्तो खबरले पोल्यो। उनले blog@mysansar.com मा ब्लग पठाएर यस्तो दुखेसो पोखे-
शिक्षकहरुमा मेरो अनुरोध- तपाइँहरु ४५ दिने वर्षे विदाको अवधिमा धान रोप्न आफ्नो खेतमा हैन, आफ्ना मागहरु लिएर शिक्षा मन्त्रालयमा जानुहोस्, सिंहदरबारमा जानुहोस्, आन्दोलन गर्नुहोस्। कयौँ दिन विद्यालय बन्द गरेर आदर्श देखाउन एउटा शनिबारको दिन पठनपाठन गराएर विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरुको आँखामा छारो हाल्ने काम नगर्नुस्।

डिल्लीराम भण्डारी “यात्री”-
हिजो आज नेपाली पत्र पत्रीका,टेलिभिजन, एफ्,एम् रेडियो अनि अनलाइनका सबै मुख पृष्ट हरुमा शिक्षकहरुको आमहडतालको बारेमा पढ्न, देख्न अनि सुन्न पाईन्छ। बिभिन्न मागहरु सरकार सामु राखेर आफ्नो शक्ति प्रदर्शन अनि ब्यक्ति बिषेश,सङ्गठन बिषेशको स्वार्थ पुरा गर्ने परम्परा नेपाली राजनितिमा त छँदै थियो अब सरश्वतिको मन्दिर,देशको शम्वेदनशिल शिक्षा क्षेत्रमा पनि हाविहुनु भनेको वास्तबमै गम्भिर सोचनिय बिषय हो ।
२१ औ सताब्दिमा अन्य बिकशित मुलुकको जस्तै प्रगति गर्न शिक्षा क्षेत्रलाई प्रबिधिक,आधुनिक,बैज्ञानिक अनि ब्यबाहारिक बनाउनु पर्ने प्रसस्थ चुनौतिहरुको बिचमा नेपालको शिक्षा क्षेत्र अथवा शैक्षिक निति रहेको अबस्था छ।यस्ता कयौ चुनौतिहरु लाइ चिर्न सकिएमात्र शैक्षिक क्षेत्रमा उन्नति अनि प्रगतिको सुघारको कोल्टे फेर्न सकिने सम्भावना रहन्छ।बर्तमान सन्धर्भमा भन्नुपर्दा नेपाली बिध्यार्थिहरुको लागि फलामे ढोका अनि भविष्यनिर्माणको खुड्कीलो एस्,एल्,सि, परिक्षा नजिकिदै गरेको अबस्था छ।उच्च शिक्षा हाशिल गर्नको लागि चाहे देशमा होस वा बिदेशमा होस यो परिक्षा राम्रो क्ष्रेणिमा पास गर्नु पर्ने हुन्छ।यस्तो संबेदनशिल अनि महत्वपुर्ण समयमा समग्र शिक्षा क्षेत्रलाई प्रभाबित हुनेगरि शिक्षित समाज अनि दक्ष जनसक्ति उत्पादनको जिम्मा पाएका विध्द्वत बर्गले नै आमहड्ताल गर्नु भनेको अत्यन्तै दुखद अनि लाखै बिध्यार्थि,अबिभाबक अनि राष्ट्र प्रतिको धोका हो भन्दा फरक नपर्ला।
बिभिन्न शिक्षक संगठनका नाइके शिक्षक ज्यु हरुले पनि बुझ्नुपर्ने कुरा हो, शिक्षाको उज्यालो घाम बाट देश चम्काउने भाषण पुर्ब एउटा राष्टशेवक कर्मचारि भएर सोच्नुहोस नकि कुनै राजनैतिक कार्यकर्ता हैन कसैको ब्यक्तिगत स्वार्थ पुर्तिको मुर्ति भएर हैन,तपाइ हरुको आम हड्तालले शिक्षाको उझ्यालो घाम लाई कालो बादल बनेर छेक्ने प्रयास हो भन्ने छर्लंग पारेको छ।
नेपाल सरकार,शिक्षा मन्त्रालयले पनि नेपालको शैक्षिक गुणस्तर प्रति ख्याल गर्दै आजको यो आवस्था सम्म आइपुग्न नदिनु पर्ने थियो।सरकारि कर्मचारि वा नेपाली जनाताका जायज माग, आफ्नै हैसियत भित्रका नितान्त आधारभुत मागहरु पनि आन्दोलन हड्ताल अनि दवाब पछि मात्र पुरा गर्ने सरकारको बानि परेजस्तै भएको छ।जुनसुकै सरकारि कर्मचारि लाई पनि सरकारले पुर्ण सरकारि नितिले बाँधेर राख्नु पर्ने हो।चुनाबको बेला पार्टि को झण्डाबोक्ने हरु लाइ सरकारि नियुक्ति दिनु,राजनितिक कार्यकर्ता नभए सम्म राष्ट बाट पाउने शेवा शुबिधा समेत बाट बञ्चित हुनु पर्ने सरकारि कर्मचारि हरुको बाध्यता छ जस्को शिकार कास्की जिल्ला धिताल गा,बि,स,वडा नं:-१ भिडावारि का श्री बराह उच्च मा,बी का शिक्षक टेकनाथ गौतम हुनुहुन्छ जस्ले साढे ३४ बर्ष अस्थाई शिक्षकको रुपमा शेवा गरिसक्नु भएको छ स्मरण रहोस वहाँ आजको मिति सम्म पनि अस्थाई नै हुनुहुन्छ । खुला प्रतिस्पर्धि छनोट निति अबलम्बन गरि पर्टिबाद,नाताबाद कृपाबाद,अनि घुसघोरि बाट माथि उठेर वास्तबमै एउटा सच्चा कर्मचारिको हैशियतमा रहि स्थानिय स्तर बाट उपल्लो केन्द्रीय स्तर सम्म कार्य सम्पादन गर्नेहो भने साँच्चै नेपालि शिक्षा क्षेत्रलाई सफलताको शिखर चढ्न धेरै समय नलाग्ने देखिन्छ। यध्यपि एक स्वतन्त्र नेपालीको नाताले आमहड्तालको नाममा शिक्षक संगठनहरु बाट जुन किसिमको कदम चालिएको छ,यस्तो कदमप्रति जोकोहि शिक्षाप्रेमी नेपाली अनि बिध्यार्थि अबिभाबक सकारात्मक हुनुहुन्छ जस्तो लाग्दैन। शिक्षक हरुमा मेरो अनुरोध तपाइँहरु ४५ दिने बर्षेबिदाको अबधिमा धान रोप्न आफ्नो खेतमा हैन आफ्ना मागहरु लिएर शिक्षामन्त्रालय मा जानुहोस,सडकमा जानुहोस आन्दोलन गर्नुहोस बल्ल राष्ट्रशेवकको पहिचान हुन्छ । कयौ दिन बिध्यालय बन्द गरेर आदर्श देखाउन एउटा सनिबारको दिन पठन पाठन गराएर बिध्यार्थि, अबिभावक तथा शिक्षाप्रेमी हरुको आँखामा छारो हाल्ने कामले राष्ट्रबादी अनि राष्ट्रबादी कर्मचारिको पहिचान कदापि हुन सक्दैन।
अचम्मको कुरा के छ भने नेपाल सरकारको लगानि मा संञ्चालित सरकारि बिध्यालय हरुको तुलनामा निजि लगानि बाट सञ्चालित बिध्यालय हरुले गुणस्तरिय सेवा दीइरहेको पाईन्छ। समग्र लगानिको हिसाबमा तुलना गर्नेहो भने पनि सरकारि बिध्यालय हरु र निजि बिध्यालय हरु बिचमा खासै अन्तर आउँछ जस्तो लाग्दैन,दक्षताको हिसाबले हेर्नेहो भने पनि शैक्षिक स्तर उकास्ने,दक्ष शिक्षक उत्पादनको नाममा बर्षेनि राज्यबाट करोडौको लगानिमा सरकारि बिध्यालयका शिक्षक हरुलाई तालिमको ब्यबस्था गरिन्छ। जुन निजि बिध्यालय हरुमा सम्भब छैन । सरकारि शिक्षकको जागिर खाने सपना पुरा गर्न नसकेका हरु वा सरकारको नजरमा अयोग्य भनीएका अधिकांश शिक्षक हरुद्वारा नै सरकारि तलब भन्दा कम् तलब मा अध्यापन गराइन्छ।फेरि पनि सरकारि बिध्यालय लगानि र दक्षतामा अगाडि हुँदा हुदै शिक्षाको गुणस्तर निजि बिध्यालय को तुलनामा कम किन छ?यो प्रश्न पुरा बिध्यालय बन्द गरि आम हड्ताल गर्ने शिक्षकहरु सँग न सोधेर को सैँग सोध्ने?
असनतुष्टिका कुराहरु लोकतन्त्रमा राख्न पाइन्छ तर,राज्यको सिमा र परिघिभित्र रहेर। कसैलाइ सरकारि नियम प्रति आपत्ति छ चित्त बुझ्दैन भने पसलको कपडा मोलाइ गर्नु पर्दैन पद बाट राजिनाम दिनुहोस,कयौ दक्ष जनशक्ति बेरोजगरिको भुमरिमा पिल्सिएको अबस्था छ पदपुर्तिको लागि सयौको लाईन लाग्ने छ नेपाल सरकारले यो कुरा बुझ्न जरुरि छ।बिध्यालय जानै नपर्ने पढाउनेको त कुरै छोडौं तलब पनि पुरै पाइने आनन्द छ शरकारि शिक्षक हरुलाई, आन्दोलन अनि आम हड्तालको नाममा यो बिध्यार्थि,तिनका अबिभाबक अनि सम्पुर्ण शिक्षाप्रेमि नेपालि माथिको धोकाहो जस्तो लाग्छ मलाई। आन्दोलन र आम हड्तालको नाममा शिक्षक हरुले राजनैतिक,ब्यक्तिगत अनि संगठनिक स्वार्थ पुर्तिगर्न बिध्यालय बन्द गर्छन भने सरकारले काम नगर्दाको दिनको तलबसुबिघा कटौति तथा कारबाहि गर्ने हिम्मत गर्ने होभने यस्तो आम हड्तालमा कमि आउँथ्यो कि?
यसैबीच पछिल्लो खबर- आइतबार राति शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएर सोमबारदेखि स्कूल खुल्ने भएको छ।....