एमालेको बाँदरे प्रवृतिले आफु पनि डुब्यो हामीलाई पनि डुबायो, हामीलाई प्राविधिक होइन एमालेले अपराधि बनायो-राम-लक्ष्मण

नेकपा एमालेको नवौ महाधिवेशनले कसैलाई नेतृत्वमा पु¥यो भने कसैले पराजयको पीडा भोगे , अर्को तर्फ भने एमाले महाधिवेशनका लागि भोटिङ मेसिन तयार पर्नेहरुको भने सपनै टुट्यो , उनीहरु यतिबेला ठुलो आर्थिक भारको पीडाले भौतारिरहेका छन । एमाले महाधिवेशनकालागि तयार गरिएको विद्युतिय भोटिङ मसिन निर्माता युवा वैज्ञानिक राम, लक्ष्मण र केबीले यसरी पोखे जयदेशसंवाददाता कृष्ण गिरीसंग पिडा उनीहरुकै शब्दमा तयार पारिएको रिपोर्ट - 

पहिला ४० वटा मसिन राखौला एमाले महाधिवेशनमा भन्ने थियो । तर पछि हामीले ७०वटा जति बनाउनु पर्छ भन्ने भयो । किनकि २ हजार देखि २२ सय प्रतिनिधिले भोट हाल्दा सात आठ घण्टामा सक्ने भन्ने थियो । त्यसै बिच एमालेसंग पनि कुरा अगाडि बढ्यो । उनीहरुलाई 
भोटीङ मसिन
हामीले एड्भान्स माग्यौ ।उनहरुले पनि हुन्छ भने । हामीले उनीहरुसंग बसेर छलफल ग¥यौ । दुई सय जनालाई छान्नु पर्ने रहेछ त्यो पनि पाँच सय बाट । हामीले त्यसको लागि थ्रि डि डिजाइन बनायौ । अन्तिमा उनले भने हामीलाई भोटिङ मसिन १९ गते चाहिन्छ । हामीले पनि त्यो समयमा मसिन बनाएर दिने भयौ । एक मसिनको एक लाख पर्छ । तपाईको महाधिवेशनमा जम्मा जम्मी ७० वटा मसिन चाहिन्छ । ती सबै मसिन तपाइहरुको लागिमात्र बनाउने हो । तपाईहरुले किन्नु होस् पनि भनेका थियौ । तर पछि हामीले नै भन्यौ कि मसिन हामीनै राख्छौ । तपाईहरु हामीलाई भाडा दिनु होला । हामीले यस्तो भन्नुको कारण थियो एमालेको महाधिवेशनमा प्रयोग भएपछि हामीलाई अरुले पनि विश्वास गर्छ । हाम्रो मार्केट बढ्छ । अहिलेलाई घाटा भएपनि पछिलाई फाइदा हेरेर काम गर्न तयार भएका हौ । एमालेको निर्वाचन आयोग र हामी बिच सम्झौता भयो । हामीले दश लाख मागेका थियौ । उनीहरुले पहिलो किस्ता स्वरुप पाँच लाख दिए । हामी पनि ढुक्क थियौ । एमाले जस्तो पार्टीले अर्डर दिदा हामीले निकै जिम्मेवारीका साथ काम ग¥यौ । हामीले मसिन बनाउदै थियौ । केहि मसिन बनी सकेका थिए । एक दिन हामीलाई पार्टी कार्यलयमा बोलाए । हामी दुई मसिन लिएर गयौ । त्यहाँ हामीले मसिनमा भोट हाल्न सिकायौ । झलनाथ खनालले पनि भोट हाल्न सिक्नु भयो । त्यो कुरा पत्रपत्रिकामा पनि आयो । त्यसपछि एमालेका विभिन्न समुहहरु आउने क्रम शुरु भयो , समुहलाई उत्तर दिदा दिदा हैरान भयौं । विभिन्न किसमका मान्छे आउथे मसिनका बारेमा सोध्थे हामी जवाफ दिन्थ्यौ । कोहि पार्टीका हौ भन्दै आउथे । कोहि पार्टीका इन्जिनियर हौ भन्थे । सबैलाई मसिन देखाउथ्यौ । सोधेका प्रश्नको जवाफ दिन्थ्यौ । नेपालमा प्रयोग भइरहेका मसिन पनि कुनै स्टन्र्डड छैनन् हामीले बनाएको मसिन मा दुई ठाँउमा डाटा सेभ हुने बनाएका छौ । भारतबाट ल्याएर निर्वाचन आयोगले प्रयोग गरेको मसिनमा एक ठाँउमात्र डाटा सेभ हुन्छ । एक पटक भोट गनिसके पछि दोबारा त्यहाँ कुनै कुरा हेर्न मिल्दैन ।
एभरेष्ट होटलमा बोलाएर सारै बेइज्जत गरे
२१ गते बानेश्वरको एभरेष्ट होटलमा बोलायो । हामी दुई जना गयौ (राम रिमाल र के बि भण्डारी ) त्यहाँ दस बाह्र जना बसेका थिए । हामी पुग्ने बित्तिकै परिचय माग्यो । हामीले परिय दियौ । उनीहरुले आफ्नो परिचय नै दिएनन् । हामीले तपाईहरुको पनि परिचय दिनु होस् भन्दा बल्ल बल्ल परिचय दिए । त्यहाँ हामीलाई प्रविधि संग भन्दा पनि कसरी तल देखाउने बाहेक अरु केहि काम भएन । केहि समय पछि भीम रावल र माधव नेपाल आउनु भयो । उहाँ दुई जनाले हुन्छ भनेका थिए । उहाँहरु त्यहाँ हुन्जेल माधव नेपालका भाई र उनका पिए मोहन गौतम केहि बोल्नु भएन । नेपाल पन्ध्र मिनेट बसेर जानु भयो र रावल आधा घण्टा । उहाँ दुई जना गएपछि त्यहाँ बसेका दस बाह्र जनाको टोलीका काम भनेको हामीलाई जसरी हुन्छ निच देखाउने । उनीहरुले हामीले लिएर गएको मसिन लाई छुन सम्म छोएनन् । दस मिटर टाढा राखेर मसिनका बारेमा कुरा गरे । त्यहाँ अन्य दुई चार जना ठेट्ना इन्जिनियर लिएर आएका थिए । बाहिर पढेका हौ भन्ने घमण्ड बढी रहेछ । थ्यौरीटीकल कुरा गरेका थिए । प्राइटिकल ज्ञान जिरो रहेछ । पाँच घण्टा पछि बल्ल छोडे । पाँच घण्टा सम्म हामीलाई हिरासतमा राखेको जस्तो व्यवहार गरे । हामी प्राविधिक होइनौ एमालेका अपराधि हौ जस्तो भयो । हामी उनीहरुको हिरासतमा राखिएका छौ । देशको दोस्रो ठूलो पार्टीको कार्यकर्ताको व्यवहार भनेको घटिया रहेछ । अनुशासन भन्ने कुन चराको नाम हो ? उनलाई थाह नै रहेन छ । माधव नेपालका भाई र उनका पिएले नै हो हामीलाई सबै भन्दा अपमान गरे र एमालेको नवौ महाधिवेशनमा भोटीङ मसिनको पै्रयोग हुन दिएनन् ।
नेपालमा स्र्टान्र्डड मापन गर्ने संघसंस्था खोइ त ?
हामीले बनाएका भोटीङ मसिनका बारेमा लास्टमा आएर स्टान्र्डडको कुरा उठाए ।नेपालमा स्टान्र्डड दिने आधिकारीक निकाए खै त देखाई दिउन एमालेका मान्छेहरुले । उनीहरुपनि सत्ता घटक दलका मान्छेहरु हुन् । उनीहरुले भरखर्र उपनिर्वाचनमा प्रयोग गरेको भोटीङ मसिनको स्टान्र्डडता देखाइ दिउन त । चुनौति भयो उहाँहरुलाई । भारतबाट ल्याएको मसिन (VVPAT) voter verified paper audit trail होइन । नेपालीले आफ्नै सिप र प्रविधिमा बनाएको कुराको विरोध मात्र गरेनन् अपमान पनि गरे । हामीले मसिनको प्राविधिक कुरा हेर्न भनेर पुल्चोक इन्जिनियर क्याम्पसलाई,टियूलाई र अरुलाई पत्र पठाएका छौ । पुल्चोक इन्जिनियर क्यम्पसले मसिनको सप्टवेयर ठिक छ भनेर पत्र पठाएको छ । एमालेको बादरे प्रवित्तिले आफुपनि डुब्यो हामीलाई पनि डुबायो , एमाले देशको दोस्रो ठूलो दल मात्र होइन सरकारमा भएको ठूलो घटक पनि हो । त्यसका नेताहरु को प्रवृति देख्दा लाग्यो नेताहरु जनता संग ठिक्कका कुरा गर्ने तर भनेको आफ्ना भाइ भतिजा र पिएको मात्र मान्दा रहेछन् । त्यहि कुरा माधव नेपाल बाट भयो । एमालेले पैसा दिएन भने अदालत जान्छौ हामीले त एमालेको महाधिवेशनको निर्वाचन सम्म गरेपछि सबैमा विश्वास बढ्छ । हामीहरुको पनि बजार बन्छ भनेर फाइदाको कुरै गरेका थिएनौ । तर अहिले मसिन पनि प्रयोग भएन । हामीहरुलाई आर्थिक क्षतिपनि ठूलो भएको छ । एक मसिन बनाउन कम्तीमा एक लाख सकिएको छ । त्यहि हिसाबमा कुरा गर्दा पनि सत्तरी लाख हुन आउछ । हाम्रो अन्य खर्च पनि भएको छ । त्यो सबै जोड्दा लगभग असि लाख खर्च भएको छ । त्यो नेकपा एमालेले दिनु पर्छ ।
r
दिएन भने अदालत जान्छौ। अदालतमा तीन वटा मुद्धा हाल्छौ ।  १. पहिलो हामीलाई आर्थिक क्षति भएको छ ,त्यसको भर्पाइको लागि मुद्धा हाल्छौ ।  २. हाम्रो गुडविलको क्षति भएको छ,त्यसको लागि मुद्धा हाल्छौ  ।  ३. हामीलाई एभरेष्ट होटलमा बोलाएर जुन बेइज्जत गरे त्यसको पनि मुद्धा हाल्छौ ।  पाँच घण्टा सम्म एभरेष्ट होटलमा बसेर एक पटक पनि हाम्रो मसिन छोएनन् । तर रिपोर्ट तिनीहरुले नै बनाए छन् । मसिन नछोएर बनाएको रिपोर्ट हो । हाम्रो मसिनको आठ मेघा बाइट छ । तर उनीहरुले रिपोर्टमा सात मेघा बाइटको छ भनेर भने । सात मेघा बाइट कुनै पनि बेला फेल हुन सक्छ भनेर पत्रकारलाई रघुजी पन्तले भनेको कुरा मिडियामा आयो । यीनीहरुको दिमाग नै अकुपाई रहेछ । नेपाली प्रविधि र प्रतिभा एमालेको गुटबन्दीको सिकार भएको छ । हामी मात्र होइन त्यहाँ हाइटेक बनाउन धरैले काम गरेका थिए । ती सबै अविश्वासको शिकार भएका हुन् । एमाले भनेको कालो पत्थर हो हामी साना भङ्गेरा हौ । हामी उनी संग लडेर भिडेर त लिन सक्दैनौ । हाम्रो अबको बाटो भनेको अदालत हो । समाचार आएको छ एक जना नेताले माफि मागे भनेर तर उनीहरुले माफि माग्न लाएको काम नै गरेका होइनन् । यो त अक्षम अपराध गरेका हुन् । यीनीहरुत आफुबाहेक अरु कसैलाई हेर्दा रहेछन् । यी नेताले त आफुलाई फाइदा हुन्छ भने देशपनि बेच्न समय लगाउदैनन् । एउटा भनाइ छ नपढेको मुर्ख भन्दा पढेको मान्छे बढी मुर्ख हुन्छ । बाई सय भोट गन्न सात दिन लगाए । कार्यकर्ताका बारेमा सोच्ने फुर्सद थिएन । केवल आफु जित्छौ कि जित्दैनौ । हाम्रा तीन वटा मसिन त अहिले पनि एमालेको पार्टी कार्यलय बल्खुमा नै छन् । ती मसिनबाट झलनाथ खनाल देखि अन्य कयौ कार्यकर्ताले भोट हाल्न सिके । मिडिया बोलाए फोटा खिचाए । पत्रपत्रिकामा छपाए । तर अन्त्यमा प्रविधि देखि नै डराए । हामीलाई नत केपि ओली जिताउदा फाइदा थियो । नत माधव नेपाल जिताउदा फाइदा । दुबै एमालेका नेता हुन् । तर आधिको मनमा चिसो पसेको भनेको संसदिय दलको नेताको निर्वाचनमा केपि ओली जिते । कास्कीको जिल्ला अधिवेशनमा पनि ओली प्यानलले जितेका रहेछन् । त्यहि भएर हो जस्तो लाग्छ अर्को पक्षले प्रविधि माथि नै शंका गरेका ।
spurce:-जयदेश