आफन्त कोहि इराकमा हुनुहुन्छ ? चाँडो नेपाल बोलाउनुहोस , यस्तो भयानक हबिगत छ, ईराकको फोटो फिचर.....

सामाजीक संजालमा राखिएका र स्वतन्त्र रुपमा पुष्टि नभएका तस्वीरहरुमा, उत्तरी इराकमा चरम 

विचारका उग्रवादीहरुले मुसलमानहरुका धार्मिकस्थलहरु नष्ट गरिरहेका देखिन्छ।

केहि तस्वीरहरुमा मोसुल शहरको एउटा प्रसिद्ध शिया मस्जीद अल कुब्बा हुसैनीयालाई विस्फोट गरेर

 नष्ट गरिएको देखिएको छ।

मोसुलमै रहेको र "केटीको चिहान" को नामले प्रसिद्ध अर्को धार्मिकस्थलमा उग्रवादीहरु बुलडोजर 

चलाएका थिए।


उग्रवादीहरुको चरमपन्थी विचारका अनुसार चिहान र अवशेषहरुलाई विशेष मानसम्मान दिइनु 

इस्लामको शिक्षाको विपरीत हो।



मोसुल भन्दा ५० किलोमिटर पश्चिममा अवस्थित ताल अफार शहरमा रहेको साआद बिन अकीइल

 हुसैनीया मस्जीदलाई पनि उग्रवादीहरुले भत्काइदिएका छन्।



आइएसआइएस समूहसंग सम्बद्ध ठानिएका ति उग्रवादीहरुले मोसुलमा रहेका गिर्जाघरहरुमा पनि 

आक्रमण गरेका बताइएको छ।


ताल अफार शहर नजीकैको महलाबिया क्षेत्रमा अवस्थित एउटा पवित्र चिहान र धार्मिक स्थललाई 

पनि बुलडोजर चलाएर नष्ट गरिएको तस्वीरहरु सार्वजनिक गरिएको छ।



उग्रवादीहरुले शिया र सुन्नी दुवै मुसलमान समुदायले पवित्र मान्दै आएका मस्जीदहरु र 

धार्मिकस्थलहरुलाई आक्रमण गरेका छन् र आफूलाई स्वीकार्य नभएका अन्य धार्मिकस्थलहरुमा पनि आक्रमण गर्ने बताएका छन्।




SOURCE:बीबीसी