नदेखिने नम्बरबाट फोन आएर दुख दियो ? यसो गर्नुस्

यदि तपाइँलाई कसैले नदेखिने नम्बर अर्थात अननोन नम्बरबाट फोन गरेर हैरान पारेको छ भने चिन्ता नगर्नुस् । नम्बर पत्ता लगाउने तरिका कठिन छैन । स्मार्ट फोनको आजको युगमा एप्सको कमि छैन । प्राइभेट कलर वा नदेखिने नम्बर पत्ता लगाउन कुनै ट्रिक जरुरी छैन यसलाई इन्टरेनेटमा पाइने सफ्टवेयर र एप्स भए पुग्छ । एन्ड्रोइड र ios दुवै अपरेटिङ सिष्टममा युजर्सलाई यस्ता एप्स सहजै पाहिन्छ ।   यहाँ नदेखिने नम्बर पत्ता लगाउने ५ एप्सको जानकारी प्रस्तुत गरिएको छ ।
unknown caller
MOBILE NUMBER LOCATOR मोबाइल नम्बर लोकेटर नामको यो ऐप भारत, नेपाल, अमेरिका र कनाडा लगायतका क्षेत्रमा काम गर्छ । यदि कसैले अननोन नम्बरबाट फोन गर्यो भने यो एप डाउनलोड गर्यो भने यसले टेलिकमको जानकारी र सबै डाटा पत्ता लगाइदिन सक्छ । नम्बर लोकेट गरेपछि यसले गूगल म्यापको सहयोगले स्थान पनि पत्ता लगाइदिन्छ भने यो एपले कुन शहर वा राज्यबाट फोन गरेको समेत बताइदिन्छ । यसको सबै भन्दा राम्रो गुण बिना इन्टरनेट समेत काम गर्छ । यो एपले देखाइरहेको जानकारी हटाउन मन लागे अफ बटन थिच्न सकिन्छ त्यसो गर्दा पनि फोन भने कट्दैन । 
unknown caller 1
TRUE CALLER यो हाल सम्मकै सबै भन्दा बढी मोबाइल नम्बरको डाटाबेस रहेको दावी गर्ने एप्स हो । यसबाट जुनसुकै देशको नम्बर पनि पत्ता लगाउन सकिन्छ । यो प्रयोग गर्न इन्टेरनेट चाहिन्छ तर इन्टरनेट भए जहाँबाट गरेको नम्बरको पनि सबै जानकारी स्क्रिनमा देखिन्छ । फोन उठाउनु अघि नै कहाँबाट कस्ले गरेको फोन भन्ने कुरा थाहा पाउन यो एप्सले मद्दत गर्छ । त्यतिमात्र होइन ब्लफ कलहरु ब्लक गर्ने सुविधा पनि यसले दिएको छ ।
line whose call
LINE whoscall- Caller ID&Block
लाइन कर्पोरेशनले बनाएको यो एप्सले कल डिटेल्स पत्ता लगाउन मद्दत गर्नुका साथै नचाहिने कल ब्लक गर्न पनि सहयोग गर्छ । यसको निर्माता TechCrunch ले रेटिङमा स्पाम कल्सबाट प्रयोगकर्तालाई छुट दिने भनेको छ । यसमा कलर आइडेन्टिफिकेसन सुविधा छ भने युजरले दिएको जानकारी सबै डिस्प्ले देखिन्छ । यो एप्स राखिसकेपछि फोन आउँदा कलरको नम्बर डिटेल्स र अन्य रिपोर्ट समेत देखिन्छ । त्यसैगरी यसले ब्लफ कल र एसएमएस पनि ब्लक गरिदिन्छ । यो एप्सले गुगल प्लेमा दिएको जानकारी अनुसार ६० करोड फोन नम्बर छन् ।

Calls Blacklist
यो एप्स पनि अननोन नम्बरले दुख दिएकाहरुका लागि सहयोगी हुन सक्छ । यसले पनि स्मार्टफोनमा आएका ब्लफ कल र एसएमएस ब्लक गर्न सक्छ । यसमा कुनै पनि नम्बरबाट आएका कल वा एसएमएस ब्लक गर्नका लागि लिष्ट नै बनाउन सकिन्छ । वा कुनै नम्बरको जानकारी चाहिए पनि यसमा लिष्ट गरिदिएपछि कल वा एसएमएस आउँदा जानकारी समेत आउँछ ।
call block list

TalkSide यो पनि गोप्य नम्बर पत्ता लगाउनका लागि चर्चित एप्स हो । यसमा फोन गर्ने ब्यक्तिको फेसबुक र अन्य सामाजिक सञ्जालमा भएका जानकारी समेत उपलब्ध गराइदिन्छ । यसले कलर सम्बन्धी सबै डाटाबेस स्क्रिनमा देखाउँछ । यसले पनि सामाजिक सञ्जालमा नोटिफिकेसन दिन्छ र इनकमिङ र आउट गोइङ कल्सको रेकर्ड समेत राखिदिन्छ ।
talk side
source:http://nepaliheadlines.com/2014-07-05-07-34-55.html