"के को बाहुन, के को कामी, के को जनजाति जातका कुरा गर्नेहरु देशको लागि घाती"-पशुपति शर्माचाँही के भन्छन बिबादित गीतका बारेमा

  आजभोली पशुपती शर्माको गीत विवादमा तानिएको छ । केहि दलित समुदायका युवाहरुले गीतको खुलेर बिरोध गरेका छन् । पोखरेली पत्रकार दिपक परियारको लेखले एउटा बहस सिर्जना गरेको छ । यहि बिचमा हामीले पशुपती शर्मासँग कुराकानी गरेका थियौँ । उनले आदर्श नेपाल राष्ट्रिय दैनिकसँग गरेको कुराकानी जस्ताको तस्तै यसप्रकार छ ।


यतिफेर पशुपती शर्माको गीत विवादमा तानिएको छ । केहि दलित समुदायका युवाहरुले गीतको खुलेर बिरोध गरेका छन् । पोखरेली पत्रकार दिपक परियारको लेखले एउटा बहस सिर्जना गरेको छ । यहि बिचमा हामीले पशुपती शर्मासँग कुराकानी गरेका थियौँ । उनले आदर्श नेपाल राष्ट्रिय दैनिकसँग गरेको कुराकानी जस्ताको तस्तै यसप्रकार छ ।
 गित त बिबादमा मुछिएछ नि ?
कामगर्दै जाँदा कहिलेकाही बिबादमा पनि परिन्छ ।
 तपाईले त दलितहरुलाई समान देखाउने नाममा झन उत्पिडनमा पार्नुं भो भन्ने आरोप छ नि के भन्नु हुन्छ ?
बुझाईमा फरक प¥यो कि भन्ने लागेको छ मलाई मैले उत्पिडमा पारेको छु जस्तो लाग्दैन । मैले त झन सबै समान हुनुपर्छ भन्ने शन्देस पो दिएको छु त ।
गितमा नै दमै ,कामी भनेर होच्याउन खोज्नु भएको हो भन्छन त ? त्यस्को ठाउँमा दलित जनजाती राखेको भए हुन्थ्यो भन्दै थिए नि ?
दलित भित्रको थर हो त्यो पनि दलित साथीहरुछन मेरा पनि थुप्रै खै उहाँहरुले त त्यस्तो फिल गर्नु भाको छैन । थर राखेर गित लेख्दैमा अपमान भएको महशुस नगरिदिनु भएको भए राम्रो हुन्छ ।
कुन कार्यक्रममा हो तँपाईलाई गित गाउन नै दिएनन रे नि सत्य कुरा के हो ?
त्यो हल्ला मात्र हो । म हल्लाको पछि लाग्दिन । म गएको कार्यक्रममा त्यस्तो भएको छैन । यो समाचार कहाँ आयो मलाई आश्चर्य लागेको छ ।
गीतको बिरोध पनि भयो टिकाटिप्पणी भयो , के भन्न चाहनुहुन्छ ? 
धेरैले मन पनि पराउनु भाछ नि साथीहरुले राम्रै प्रतिक्रिया पनि दिईरहनु भएको छ ।
मैले उत्पिडनको हैन समानताको नारा उठाएको हो । बुझाई अलिकती फरक प¥यो कि भन्ने हो । सबैप्रति हार्दिक धन्यबाद दिन चाहन्छु ।


 पशुपती शर्माको फेसबुक वालमा पनि यस्तै यस्तै प्रतिकृयाहरु देखिएको छ ।





श्रोत :आदर्श नेपाल राष्ट्रिय दैनिक
तस्विर : पशुपति शर्माको फेशबुक वाल