भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय स्वतन्त्रता दिबसको अबसरमा लाल किल्ला बाट फेरी नेपाल बुद्दको भुमी नेपाल विश्व शान्तिको एक उदाहरण रहेको कुरा बताएका छन,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रशंसा गरेका छन्। भारतको ६८ औं स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दै मोदीले आन्तरिक द्वन्द व्यवस्थापनका सम्बन्धमा नेपालबाट विश्वले पाठ लिनसक्ने बताएका हुन्।नयाँ दिल्लीस्थित लालकिल्लामा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा मोदीले भगवान बुद्ध भुमी कसरी युद्धबाट शान्ति र लोकतन्त्रतर्फ अगाडि बढ्न सक्यो भन्ने कुरा भारतले समेत सिक्नुपर्ने बताए।
त्यसैगरी, प्रधानमन्त्री मोदीले समारोहमा आफ्नो सरकारको प्रथामिकता समेत प्रस्तुत गरेका छन्। विशेषगरी उनले देशको सरसफाई अभियान, बलत्कार, साम्प्रदायिक हिंसाको अन्त्य र विकास सरकारको प्रथामिकता भएको जानकारी दिए। साथै, देशको विकासका मुद्दामा पब्लिक-प्राइमेट पार्टनसिप (पिपिपी)लाई मुख्य जोड दिने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।